२०८३ भाद्र ४
२०८३ भाद्र ४

हेमन्त केसी सुर्खेत, १ कार्तिक ।

रुकुम पश्चिमको सदरमुकाम मुसीकोटको एक होटेलमा मृत अवस्थामा भेटिएकी छिन् ।

 

ती महिलाकाे महिलाको विभत्स तरिकाले हत्या गरिएको बताईएको छ ।

 

मुसीकोट नगरपालिका –१ खलङगामा रहेको होटेल सत्कारको कोठा नम्वर १ मा मंगलबार बिहान मृत अवस्थामा भेटिएकी मुसीकोट नगरपालिका –७ साँख घर भइ मुसीकोट नगरपालिका १ छिङस्थित माईती घरमा बस्दै आएकी २८ वर्षिया भावना बिकको घाँटी रेटेर हत्या गरिएको प्रहरीको भनाई छ ।

 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक (डिएसपी) नमराज भट्टराईका अनुसार घटनास्थल प्रकृति हेर्दा महिलाको हत्या विभत्स तरिकाले गरिएको छ । डिएसपी भट्टराईले घाँटी रेटिएको र आँखा छोपिएको अवस्थामा शव रहेको बताए ।

 

प्रहरीले घटनास्थलबाट धारिलो चक्कु समेत बरामद गरेको छ ।  महिलाको घाँटिको भाग आधा भन्दा बढी छिनाईएको छ ।

 

प्रहरीले महिला हत्याको घटनाको अनुसन्धानको लागि कुकुरसहितको अनुसन्धान टोली मगाएको थियो । मंगलबार बेलुका घटनास्थल पुगेको कुकरसहितको बिशेष प्रहरी टोलीले अनुसन्धान गरिरहेको छ । घटनाको सफल अनुसन्धानको नजिक पुगिसकेको प्रहरीले जनाएको हाे ।

 

घटनामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा समेत लिएको छ । पक्राउ परेकाको विवरण भने सार्वजनिक गरिएको छैन ।

 

घटनाको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम, नेपाल प्रहरीको केनाइन कुकुर शाखा कोहलपुरबाट तालिम प्राप्त कुकुर र प्रदेश प्रहरी कार्यालयबाट प्रहरी नायब निरिक्षक बिष्णुप्रसाद पौडेलको नेतृत्वमा आएको टोलीले अनुसन्धान गरिरहेको छ ।

जोमसोम, १ कार्तिक ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुस्ताङ जिल्लाको कागबेनी, मुक्तिनाथ मन्दिर र कोरला नाकाको अवलोकन गरेका छन ।


बुधबार बिहान जलवायु संवादका लागि मुस्ताङ आइपुगेका प्रधानमन्त्री प्रचण्डले उक्त क्षेत्रको अवलोकन गरेका हुन ।

सो भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा आयोजित जलवायु संवादमा सम्बोधन गर्ने र स्थानीय जनतासँग अन्तरक्रिया गर्ने उनको सचिवालयले जनाएको छ ।

पेरिस, १ कार्तिक ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले अल(अहली अरब अस्पतालमा भएको आक्रमणको निन्दा गर्दै छानबिन गर्न आग्रह गरेका छन्।

 

सामाजिक सञ्जाल प्लेटफर्म एक्समा म्याक्रोनले एक पोस्ट पोस्ट गर्दै फ्रान्सले गाजामा अल(अहली अरब अस्पतालमा भएको आक्रमणको निन्दा गरेको जनाएका छन । उनले सो आक्रामणमा परी धेरै प्यालेस्टिनीहरूको ज्यान गएको घटना माफी योग्य नभएको भन्दै मृतक परिवार प्रति समवेदन प्रकट गरेका छन ।

 

सो अस्पतालमा भएको आक्रामणमा परी ५०० जना भन्दा बढीको ज्यान गएको थियो भने हजार भन्दा बढी घाइते भएको प्रारम्भिक रिर्पोट आएका छन् ।

 

उनले लेखेका छन, ‘अस्पतालमा आक्रामण गर्नुलाई कुनै पनि कुराले औचित्य दिन सक्दैन्, कुनै पनि कुराले नागरिकलाई निशाना बनाएको जायज ठहराउन सकिदैन।’

 

उनी अगाडी लेख्छन, ‘फ्रान्सले गाजाको अल अहली अरब अस्पतालमा भएको आक्रमणको निन्दा गर्दछ, जसले धेरै प्यालेस्टाइनीहरूलाई मारेको थियो। हाम्रो मन उहाँहरूसँग छ। सबै परिस्थितिमा प्रकाश पार्नुपर्छ ।’

काठमाडौं, १ कार्तिक ।

भारतीय बिमानमार्फत १८ जना नेपाली स्वदेश फर्कदैछन् ।

 

भारत सरकारको इजरायलबाट भारत फर्काउने अभियान‘अपरेशन अजय’ अन्तर्गत उनीहरू नेपाल फर्किएका हुन । उनीहरू नयाँ दिल्लीस्थित बिमानस्थलमा उत्रने छन् ।

भारतीय बिदेश मन्त्री एस जयशंकरले टविट गर्दै भनेका छन, सो अभियान अन्तर्गत २ सय ८६ भारतीय स्वदेश फर्कदैछन । जुन बिमानले १८ जना नेपाली नागरिकसमेत बोकेर इजरायलवाट प्रस्थान गरेको छ ।

गाजा, १ कार्तिक ।

गाजास्थित अल अहली अस्पतालमा इजरायलले गरेको आक्रामणको विश्वभरीवाट निन्दा भएको छ ।

 

गए राती सो आक्रामणमा परी सो अस्पतालमा उपचाररत तथा आश्रय लिएका मध्ये ५०० भन्दा बढीको एकैपटक हत्या भए पछि विश्वभरीका मानवअधिकारवादी संस्थाहरुले निन्दा र भत्सर्ना गरेका छन् ।

सोही क्रममा ह्युमन राइट्स वाचले अल अहली अस्पतालमा भएको आक्रमणलाई ‘शब्दहरू भन्दा बाहिरको भयानक’ भएको प्रतिक्रिया दिएको छ ।

र, उसले गाजामा थप ‘ठूलो मात्रामा अत्याचार’ रोक्न विश्व नेताहरूलाई आह्वानसमेत गरेको छ।

 

‘अस्पतालहरूमा विशेष सुरक्षा हुन्छ। जानाजानी वा लापरवाहीपूर्वक गरिएका गैरकानूनी आक्रमणहरू युद्ध अपराध हुन्,’ अधिकार समूहले सामाजिक सञ्जालमा लेख्यो।

तेहरान, १ कार्तिक ।

गाजास्थित अस्पतालमा भएको आक्रामणमा परी ५ सय जनाले ज्यान गुमाए पछि इरान सरकार क्रुध भएको छ ।

 

अस्पतालमा आक्रामण गरे पछि इरान सरकारले ‘दुष्ट इजरायल’ बिरुद्ध विश्वलाई एक हुन आब्हानसमेत गरेको छ ।

 

गाजा सहरको अल–अहली अरब अस्पतालमा ५०० भन्दा बढी निर्दोष महिला र बालबालिकाको नरसंहारपछि इरानी विदेशमन्त्री होसेन अमीराब्दुल्लाहियानले इजरायलविरुद्ध विश्वभर एकजुट हुन आमजनतालाई आह्वान गरेका छन्।

 

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अस्पताल बम विष्फोटमा जियोनिस्ट शासनको भयानक अपराध र एक हजार भन्दा बढी निर्दोष महिला र बालबालिकाको नरसंहार पछि आईएसआईएस भन्दा पनि घृणा गरिएको यो नक्कली शासन विरुद्ध विश्वव्यापी एकताको समय आएको छ।’

काठमाडौं, १ कार्तिक ।

इजरायल र हमास बीचको वर्तमान युद्धले दिन प्रतिदिन नयाँ आकार लिइरहेको छ। आज युद्ध १२ औं दिनमा प्रवेश गरेको छ ।

यस युद्धका कारण दुवै देशले धेरै नोक्सानी बेहोरेका छन् । पछिल्लो जानकारी अनुसार युद्धमा हालसम्म १४०० इजरायलीको मृत्यु भएको छ भने ४ हजार ३९९ घाइते भएका छन् ।

 

गाजाको अस्पतालमा भएको बम विस्फोटका कारण प्यालेस्टाइनमा मृत्यु हुनेको संख्या चिन्ताजनक रूपमा बढेको छ । जसका कारण गाजा पट्टीमा कुल ३५०० जनाको मृत्यु भएको छ भने १२ हजार घाइते भएका छन् ।

 

गाजाको स्वास्थ्य मन्त्रालयले अल अहली ब्याप्टिस्ट अस्पतालमा कम्तीमा ५०० जनाको ज्यान गएको बताएको छ, जसमध्ये धेरै महिला र बालबालिका छन्। संयुक्त राष्ट्रसंघद्वारा सञ्चालित शरणार्थीहरूको आवासीय विद्यालयमा पनि आक्रमण भएको थियो।

 

गाजामा प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका प्रवक्ताले टेलिग्राममा अरबी भाषामा पोष्ट गरेको विज्ञप्तिमा अल अहली ब्याप्टिस्ट अस्पतालमा भएको आक्रमणमा मारिने अधिकांश बालबालिका र महिला रहेको बताए। प्रवक्ताले पीडितको संख्या मेडिकल स्टाफ र एम्बुलेन्सको क्षमताभन्दा बाहिर रहेको बताए।

 

यसैबीच, इजरायली सेनाले अल अहली ब्याप्टिस्ट अस्पतालमा भएको बम विष्फोटको पछाडि इस्लामिक जिहादको हात रहेको प्रमाणित गर्न भिडियो फुटेज जारी गर्ने दाबी गरेको छ।

 

यसबाहेक इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजाको अस्पतालमा भएको हमला आइडीएफले नभई आतंकवादीहरूले गरेको हो भन्ने कुरा सारा विश्वले जान्नुपर्दछ भन्ने प्रतिक्रिया दिएका छन् ।

काठमाडौं

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

 

जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ ।

 

राष्ट्र बैंकले आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९२ पैसा र बिक्री दर १३३ रुपैयाँ ५२ पैसा तथा युरोपियन युरो एकको खरिद दर १४० रुपैयाँ ५१ पैसा र बिक्री दर १४१ रुपैयाँ १४ पैसामा कारोबारको अनुमति दिएको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ८७ पैसा र बिक्री दर १६२ रुपैयाँ ६० पैसाले भाउँ पाउँदा क्यानेडियन डलर १ को खरिददर ९७ रूपैयाँ ९२ पैसा तथा बिक्रीदर ९७ रूपैयाँ ९६ पैसा तथा अष्ट्रेलियन डलर १ को खरिद दर ८४ रूपैयाँ ५२ पैसा तथा बिक्री दर ८४ रूपैयाँ ९१ पैसा कायम गरिएको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४४ पैसा र बिक्री दर ३६ रुपैयाँ ६१ पैसा रहेको जनाएको राष्ट्र बैंकले साउदी रियाल १ को ३५ रूपैयाँ ४४ पैसा तथा बिक्री दर ३५ रूपैयाँ ६० पैसा कायम गरिएको छ ।

काठमाडौं, १ कार्तिक ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मुस्ताङ प्रस्थान गरेका छन् ।

 

जलवायु परिवर्तन र हिमाली क्षेत्रमा तापमान वृद्धिका असरहरूबारे अध्ययन र स्थानीय जनतासँग अन्तरक्रिया गर्न प्रधानमन्त्री प्रचण्ड बुधबार बिहानै मुस्ताङ प्रस्थान गरेका हुन ।

 

प्रधानमन्त्रीको सचिवालयका अनुसार सो क्रममा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय प्रकृति संरक्षण कोष र अन्नपूर्ण संरक्षण क्षेत्रका अधिकारीहरूसँग समेत अन्तरक्रिया गर्नेछन् ।

 

हिजो साँझ मात्रै अचानक अस्वस्थ्य भएको महशुश पछि प्रधानमन्त्री प्रचण्ड नर्भिक अस्पतालमा पुगेका थिए । छात्तिमा असहजता महसुस भएकाले स्वास्थ्य जाँचका लागि उक्त अस्पताल गएको उनको अवस्था सामान्य भएको अस्पतालले जनाइसकेकाे छ ।

‘स्वास्थ्य जाँचका क्रममा प्रधानमन्त्री दाहालको रगत परीक्षण गर्दा ‘कार्डियाक इन्जाइम पोजेटिभ’ देखिएकाले उहाँको उपचारमा संलग्न चिकित्सकहरूद्वारा ‘एन्जियोग्राफी’ परीक्षण गरिएको र रिपोर्ट सामान्य रहेको’ जनाए पछि उनी बुधबार बिहानै मुस्ताङ प्रस्थान गरेका हुन् ।

हेमन्त केसीसुर्खेत, १ कात्तिक ।

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तीन महिनाको अवधिमा प्रदेश सरकारबाट सम्पादन भएका कार्य प्रगति सार्वजनिक गरेका छन् ।

 

त्रैमासिक प्रगति सार्वजनिक कार्यक्रममा मुख्यमन्त्री शर्माले चालु आर्थिक वर्षको साउन १ गतेदेखि हालसम्म प्रदेश सरकारले गरेका गतिविधिहरु सार्वजनिक गरेका हुन् । कार्य प्रगति सार्वजनिक गर्दै मुख्यमन्त्री शर्माले न्यून बजेट र जनशक्तिको अभावका बिच प्रदेश सरकारले कर्णालीका जनताहरुको आर्थिक सम्पन्नता र सामाजिक न्यायको प्रत्याभुतिमा अहोरात्र खटिरहेको जिकिर गरेका छन ।

 

चालु आर्थिक वर्षको नीति तथा बजेट निर्माण र स्वीकृति भई कार्यान्वयनको चरमा रहेको, लगानी सम्मेलनको तयारी भइ रहेको, आफ्नो स्वीजरल्याण्ड भ्रमणमा प्रदेशको आर्थिक विकासका लागि प्रस्ताव तयारी गरी लगानीका लागि छलफल भइरहेको, विभिन्न खाले प्राकृतिक विपदमा परी क्षति पुगेका कृषकहरुलाई ६ करोड राहत उपलब्ध गराउन गरिएको निर्णयलाई मुख्यमन्त्री शर्माले आफ्ना प्रमुख उपलब्धिमा राखेका छन् ।

 

यस्तै, यस अवधिमा प्रदेशसभाबाट कर्णाली प्रदेश विनियोजन ऐन, कर्णाली प्रदेश आर्थिक ऐन, कर्णाली प्रदेश निजामती सेवा ऐन तथा कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान ऐन पारित भएको, तीन वटा सभामा दर्ता भई विषयगत समितिमा छलफल भइरहेको तथा नौ वटा विधेयकको मस्यौदा निर्माण गर्ने कार्य भइरहेको मुख्यमन्त्री शर्माले बताए ।

प्रदेश सरकारले लिएको समृद्ध कर्णाली सुखारी कर्णालीवासीको उद्देश्य पुरा गरी सरकारलाई जनउत्तरदायी बनाउनका लागि प्रदेश सरकारले सम्पादन गरेका कार्यहरुलाई मुख्यमन्त्री शर्माले ४४ बुँदामा समावेश गरेर कार्य प्रगति सार्वजनिक गरेका छन् । त्यस्तै कर्णाली प्रदेश सरकारले साउन देखि असोजसम्म १० वटा नियावली निर्माण गरिएको बताएको छ । तीन वटा मापदण्ड निर्माण गरिएको छ । मापदण्डहरुमा प्रदेश नमुना कार्यालय छनोट मापदण्ड निर्माण, झोलुंगेपुल पुल रणनीति मस्यौदा तर्जुमा , बालविवाह विरुद्ध प्रदेश रणनीति मस्यौदा निर्माण भएको जानकारी गराएको छ । ९ वटा कार्यविधि निर्माण गरिएको छ ।

 

३६० जना सहायक स्तरका कर्मचारी नियुक्त गरिएको पनि उपलब्धीका रुपमा गणना गरिएको छ । नेपाल प्रहरीको विशेष सुरक्षा गण नेपालगन्जबाट सुर्खेत पारिएकोलाई पनि प्रगतिमा राखिएको छ । १३२ केभी प्रशारण लाइन निर्माण गर्नका लागि पहल गरिएको बताएको छ । कोहलपुर –सुर्खेत खण्डमा १३२ केभी प्रशारण लाइन विद्युत आपूर्ती तथा गुणस्तर निर्माण गरिएको पनि उपलब्धीमा राखिएको छ । समपुरक आयोजनातर्फ हुम्लाको खार्पु सिमीकोट (मानसरोवर प्रवेशद्धार) नमुना एकीकृत पूर्वाधार विकास कार्यक्रम र डोल्पाको रिग्बो बस्ती विकास कार्यक्रम अगाडी बढाएको समेत बताएको छ । कर्णाली प्रदेशको भू उपयोग नीति जोखिम संम्बेदनशिल भू-उपयोग योजना निर्देशिका तयार भएको बताएको छ ।

 

कोदोजन्य बालीहरुको संरक्षणका लागि नीतिगत व्यवस्था गरिएको भन्दै प्रगति सार्बजनिक गरिएकाे हाे ।

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।