२०८३ भाद्र ४
२०८३ भाद्र ४

डडेल्धुरा, २ कार्तिक ।

डडेल्धुरामा बालक हत्यामा संलग्न फरार प्रतिवादी पक्राउ परेका छन्।

जिल्लाको आलिताल गाउँपालिका–८ को पल्टेगुडीका गजेन्द्र बोहरालाई ८ वर्षीय छोरा भरत बोहराको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी कुसुम नायकले बताए। फरार रहेका बोहरालाई घरबाटै असोज ३० गते पक्राउ गरिएको नायकले बताए। गत वर्ष भरतको कुटपिटबाट मृत्यु भएको थियो।

काठमाडौं, २ असोज ।

सरकारले आर्थिक वर्ष २०८०/८१ को लागि महान्यायाधिवक्ताको कार्यालयमा एकजना सूचना प्रविधि अधिकृतको अस्थायी दरबन्दी सिर्जना गर्ने भएको छ। बिहीबार पत्रकार सम्मेलन गरी सरकारकी प्रवक्ता रेखा शर्माले यस्तो निर्णय भएको बताइन्।

यस्ता छन् बैठकले गरेका थप निर्णय

– नेपाल इन्जिनियरिङ सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा अर्जुन जंग थापालाई बढुवा गर्ने ।
– न्याय सेवा आयोगको सिफारिसबमोजिम नेपाल न्याय सेवा, कानून समूहतर्फका ६ जना राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृतहरूको सरूवा गर्ने ।
– आसन्न दसैँ, तिहार, नेपाल संवत् र छठलगायतका सांस्कृतिक पर्वहरूको अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा नेपाल सरकारको तर्फबाट हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्ने ।
– राष्ट्रिय मानवअधिकार आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने ।
– तल्लो अरुण जलविद्युत परियोजना (६६९ मेगावाट) को लागि आवश्यक १०७.९७ हेक्टर निजी जग्गा प्राप्ति गर्न स्वीकृति दिने ।
– अन्तर्राष्ट्रिय स्तरको बालबालिका, विकास र शान्तिका लागि लौरियट्स एन्ड लिडर्स चौथो शिखर सम्मेलन २०२४, २०८०, ११, २७ देखि २९ सम्म आयोजना गर्न लुम्बिनी प्रदेश सरकारलाई सैद्धान्तिक स्वीकृति दिने ।
– बङ्गलादेशको ढाकामा कात्तिक ११ देखि १३, २०८० मा हुने सेमिनारमा सहभागी हुन निर्वाचन आयुक्त सगुनशम्शेर जबराको भ्रमण स्वीकृत गर्ने ।
– संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको यही मिति २०८० कात्तिक १२ देखि १५ गतेसम्म हुने नेपालको औपचारिक भ्रमण कार्यक्रम स्वीकृत गर्ने ।
– परराष्ट्रमन्त्रीको यही २०८० कात्तिक ८ देखि १६ गते सम्म संयुक्त राज्य अमेरिकाको भ्रमण कार्यक्रम स्वीकृत गर्ने ।
– नेपाल र इजिप्टबीचको युवा तथा खेलकुदसम्बन्धी यसैसाथ समझदारीपत्र स्वीकृत गरी सोहीबमोजिमको समझदारी पत्रमा समकक्षी मिलाई हस्ताक्षर गर्न युवा तथा खेलकुद मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने ।
– वन पैदावार विकास समितिलाई ८,८५,००,००० (आठ करोड पचासी लाख मात्र)  ऋण सहायता दिने ।
– २०८० कात्तिक २१ गतेदेखि मङ्सिर ६ गतेसम्म फ्रान्सको पेरिसमा आयोजना हुने युनेस्कोको ४२औँ महासभामा निम्नबमोजिम भ्रमणको लागि देहायबमोजिम स्वीकृति दिने ।
– प्रथम चरण २०८० कात्तिक २१ देखि २७ गतेसम्म मन्त्री अशोककुमार राईको नेतृत्वमा, दोस्रो चरणमा कात्तिक २९ देखि मङ्सिर ५ गतेसम्म सचिव सूचना (शिक्षा) सुरेश अधिकारीको नेतृत्वमा ।
– मिति २०८० असार १२ गते नेपाल सरकार (मन्त्रिपरिषद्) को निर्णयानुसार मनाङ एअरको हेलिकप्टर दुर्घटनाको जाँचबुझ गरी प्रतिवेदन पेस गर्न गैरसैनिक हवाई उडान (दुर्घटना जाँच) नियमावली, २०७१ को नियम १० बमोजिम गठन भएको समितिलाई मनाङ एअरको २०८०, ६ र २७ मा भएको दुर्घटनाको समेत जाँचबुझ गर्न कार्यादेश दिने ।
– नेपाल सरकार र कतार सरकारबीच हुने समझदारीपत्र स्वीकृत गर्ने ।
– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई नेपाल सरकारको तर्फबाट उक्त समझदारीपत्रमा समकक्षी मिलाई हस्ताक्षर गर्न अख्तियारी दिने ।
– आगामी २०८० कात्तिक २९ देखि मङ्सिर १ सम्म थाइल्यान्डको बैंककमा हुने सम्मेलनमा माननीय स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र सचिव देवकुमारी गुरागाईंलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।
– आगामी २०८० कात्तिक १३ देखि १६ सम्म भारतको नयाँदिल्लीमा आयोजना हुने सभामा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत, सचिव डा. रोशन पोखरेल र अतिरिक्त स्वास्थ्य सचिव डा. विकास देवकोटालाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।
– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको सभामा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, २०६३ को दफा ७ को उपदफा (२) को (ध) बमोजिम अमुदा श्रेष्ठ र पदमबहादुर गिरीलाई सदस्य मनोनयन गर्ने ।

हेमन्त केसी,सुर्खेत, २ कात्तिक ।

भौगोलिक रूपमा विकट मानिएको कर्णालीमा पानीको स्रोत व्यापक भए पनि सही सदुपयोग हुन नसक्दा यहाँका ८८.६ प्रतिशत जनसंख्यमा आधारभूत खानेपानीको पहुँच पुगेको छ। जलस्रोत तथा उर्जा विकास मन्त्रालयले उपलब्ध गराएको डाटा अनुसार कर्णालीको ३ लाख ६६ हजार ०३७ परिवार मध्य ३५.६ प्रतिशत परिवारले घर परिसर भित्र, बाहिर धारा जडान गरि पानी खाइरहेका छन्।

४४.४ जनसंख्यले पाइपबाट घर परिसर बाहिर धाराको पानी खाइरहेको मन्त्रालयले जनाएको छ। ०४ प्रतिशत परिवारले ट्युवेलको पानी खाने गरेको समेत तथ्यांकमा उल्लेख छ। २.१ प्रतिशत नागरिकले इनारबाट , ०.१ ले जारको पानी, खुल्ला इनार र कुवाको पानी प्रयोग गर्ने घर धुरी संख्या २.५ प्रतिशत, २.१ प्रतिशतले खोलाको पानी प्रयोग गरिरहरको समेत योजना महाशाखा सिडिइ गोपाल शर्माले बताए। २०१९ को डाटा अनुसार कर्णालीमा ३.५ प्रतिशत जनसंख्यलाई सुरक्षित खानेपानीको पहुँच पुगेको उल्लेख छ।

कुन जिल्लामा कतिले कस्तो पानी पिउँछन्?

सन् २०२१ को तथ्याङ्क अनुसार ३ लाख ६६ हजार ०३७ घरधुरी रहेको कर्णालीमा धारा, पाइपमार्फत परिसरभित्र पानी पिउने घरधुरीको संख्या १ लाख ३० हजार ४६५ परिवार रहेको छ। धारा, पाइपमार्फत परिसर बाहिर १ लाख ६२ हजार ६१९ जनाले पानी खाइरहेका छन्। १हजार ६३५ घरधुरीले ट्युवेलमार्फत पानी उपभोग गरिरहेको मन्त्रालयले उपलब्ध गराएको डाटामा उल्लेख छ।

राम्रोसँग ढाँकिएको कुवामार्फत पानी पिउने परिवारको संख्यामा ७ हजार ५७३ रहेको छ। ९ हजार २१० परिवारले खुल्ला रूपमा रहेको राम्रो कुवाको पानी खाने गरेको मन्त्रालयले जनाएको छ। ४८ हजार ६९९  जनाले थोपा पानी प्रयोग गरिरहेको उल्लेख गरिएको छ। ४ हजार २७६ घरधुरीले नदी र खोलाको पानी पिउने गरेको उल्लेख छ। जार र बोतलमा पानी पिउनेको संख्य ४८० घरघुरी रहेको छ । त्यस्तै अन्यमा १ हजार ८० घरधुरी रहेको छ।

डोल्पामा ९ हजार ३८० घरधुरीमा ३ हजार ११७ घरधुरीले घर भित्र धारा बनाएर पानी खाइरहेको पाइएको छ भने, ४ हजार २५२ घरधुरीले घर बाहिर परिसरमा धारा बनाएर पानी खाइरहेको तथ्यांकमा उल्लेख छ। राम्रोसँग ढाकिएको कुवाको पानी १८ घर, राम्रो रहेको खुल्ला कुवाको पानी १९२ घरधुरी, १ हजार ४१३  घरधुरीलाई थोपा पानी, ३६३ घरमा खोलाको पानी र अन्यबाट ११ घरधुरीले पानी डोल्पामा खाइरहेको मन्त्रालयले जनाएको छ। १२ हजार ४३० घरधुरी रहेको मुगुमा २ हजार १०४ घरधुरीले घर मित्र पानी खाइरहेका छन् भने घर बाहिरको धारामा ५ हजार ६७५ घरले पानी खाएको उल्लेख छ। राम्रो सँग ढाकिएको कुवाको पानी ३ परिवारका र खुल्ला कुवाको पानी ४३ घरले, थोपा पानी ४ हजार २४३ घरधुरीले, ३५० घरले खोलाको पानी, जार बोतलको १, अन्य ११  परिबारले पानी प्रयोग गरिरहेको पाइएको छ।

हुम्लामा ११ हजार २०४ घरधुरीमा २ हजार २२३ घरधुरीले घरभित्र पाइप मार्फत पानी प्रयोग गर्दछन् भने घर बाहिर परिसरमा ७ हजार १५७ घरले पानी प्रयोग गरिरहेका छन्। त्यस्तै २ घरले ट्युवेल, ढाकिएको कुवाको पानी २ घर, राम्रोसँग ढाकिएको  कुवाको पानी ३, खुल्ला कुवाको पानी २०, थापाको पानी १ हजार ५५५, नदी र खोलाको पानी ८५ परिबार, १५९ परिवारले अन्य स्रोतबाट पानी पिउँछन्। जुम्लामा २४ हजार ४२२ घरधुरीमा घरभित्र पानी प्रयोग गर्नेको संख्य ९ हजार ८८६ रहेको छ । १० हजार ३३९ घरले परिसर बाहिरको धाराको पानी पिउने गरेको पाइएको छ । ढाकिएको कुवाको पानी १५ परिवार र खुल्ला कुवाको पानी ४४ घरले पिउने गरेका छन्। थोपाको पानी ३८ सय ७४ घरधुरीले प्रयोग गर्दै आएका छन्। नदी खोलाको २१४ घरले पानी पिउछन्। अन्य ६० परिवारले बिभिन्न माध्यमबाट पानी पिउने गरेको जलस्रोत तथा उर्जा विकासमन्त्री उर्मिला विकले बताइन्।

कालिकोटमा २६ हजार ७२० घरधुरी मध्य ६ हजार २९३ घरधुरीले घर भित्र नै पानी पिउने गरेको छन भने परिसर बाहिरका १३ हजार ५९५ घरधुरीले पानी प्रयोग गर्दछन्। टयुववेलको पानी १ घरले, ४२ घरधुरीले ढाकिएको कुवाको पानी, खुल्ला कुवाको पानी २३७ घर, थोपाको पानी ६३६० घरधुरी, २२५ घरले नदी खोलाको पानी, अन्य १६ र जारको पानी १ घरले पिउने गरेका पाइएको छ।

५४ हजार ५९४ घर भएको दैलेखमा १८ हजार ६७९ धुरीले घरभित्रको पानी प्रयोग गरिरहेका छन् भने घरबाहिर परिसरमा २४ हजार ८०३ घरधुरीले पानी प्रयोग गर्दछन्। ५३१ घरधुरीले ढाकिएको कुवाको पानी र खुल्ला कुवाको पानी १२५४ घरघुरीले पानी पिउँछन्। ८ हजार ९३१ घरधुरीले थापाको पानी प्रयोग गरिरहेका छन्। नदी खोलाको पानी ३०० घरधुरीले, अन्य माध्यमबाट ७५ र जार बोतलको २१ घरधुरी रहेका छन्।

जाजरकोटमा ३७ हजार ४५३ घरधुरी मध्य १३ हजार १५४ घरधुरीले घर भित्र नै पानी प्रयोग गरिरहेका छन् भने घरको परिसर बाहिर १८ हजार ३१२ घर, बन्दकुवाको पानी ६४, खुल्ला कुवाको पानी ३८२, थोपा पानी ५०४४, ३५३ परिवारले खोलाको, २१ परिबारले जार, १२३ परिवारले बिभिन्न स्रोतबाट पानी प्रयोग गरिरहेको  खानेपानी सिँचाइ तथा उर्जा विकास कार्यालयका प्रमुख ज्वालाराज शाहीले बताए। ३७ हजार २९० घरधुरी रहेको रुकुम पश्चिममा १५ हजार १५७ घरघुरीले घर भित्र नै पानी प्रयोग गरिरहेकोमा घर बाहिर परिसरमा १८ हजार ९८६ परिवार रहेका छन्। १९ ढाकिएको कुवामा र २९९ परिवारले खुल्ला कुवाको पानी प्रयोग गरिरहेको पाइएको छ।  त्यस्तै २ हजार ६०८ परिवारले थोपाको पानी र १९५ परिवारले खोलाको पानी, जारको पानी ८ परिवार र अन्य १८ परिवारले बिभिन्न स्रोतबाट पानी पिउने गरेका छन्।

५४ हजार ६७२ घरधुरी रहेको सल्यानमा घर भित्र पानी पिउनेको संख्या २० हजार २८ रहेकोमा घरबाहिर परिसरबाट पानी ल्याउने परिवारको संख्या २६ हजार ५० रहेको छ। त्यस्तै ६९८ परिवारले ढाकिएको कुवाको पानी, खुल्ला कुवाको पानी १ हजार ६९७ परिवार , थोपा पानी ५ हजार ३८८ परिवार रहेको छ । ७२३ परिवारले खोलाको, ६ परिवारले जार र अन्य स्रोतबाट पानी पिउनेको संख्या ८२ रहेको छ।

प्रदेश राजधानी रहेको सुर्खेतमा ९७ हजार ८२२ घरध्री रहेकोमा घरभित्र पानी पिउनेको संख्या ३९ हजार ७७० रहेकोमा घर बाहिर परिसरमा पानी प्रयोग गर्नेको संख्या ३३ हजार ७६० रहेको छ। त्यस्तै १ हजार ६३२ परिवारले टयुववेलको पानी प्रयोग गर्दछन्। ६ हजार १८० घरधुरीले ढाकिएको कुवाबाट, खुल्ला कुवाबाट ५ हजार ८२ घर, ९ हजार २८३ घरले थोपा पानी, नदी खोलाको पानी पिउनेको संख्या १ हजार ४६८ परिवार, ४२२ परिवारले जार, अन्य स्रोतबाट पानी पिउनेको संख्या ५२५ रहेको छ। न्युज कारखाना

काठमाडौं, २ असोज ।

सरकारले परराष्ट्रमन्त्री एनपी साउदको अमेरिकाको भ्रमण स्वीकृत गरेको छ।

बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता रेखा शर्माले परराष्ट्रमन्त्रीको कार्त्तिक ८ गतेदेखि १६ गतेसम्म हुने भनिएको अमेरिकाको भ्रमण स्वीकृति भएको जानकारी दिइन्।

काठमाडौं, २ कार्तिक ।

राष्ट्रपति रामचन्द्र पौडेलले दसैंको अवसरमा विशिष्ट व्यक्ति र सर्वसाधारणहरूलाई टीका लगाइदिने भएका छन्।

शीतलनिवासमा दिउँसो २ बजेदेखि ५ बजेसम्म टीका लगाइदिने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले आज एक विज्ञप्तिमार्फत जनाएको छ।

राष्ट्रपतिबाट विशिष्ट व्यक्तिहरूलाई दिउँसो २ बजेदेखि ३ बजेसम्म र सर्वसाधारणलाई ३ बजेदेखि ५ बजेसम्म टीका प्रसाद प्रदान गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ।

विशिष्ट व्यक्तिमा सम्माननीयहरू, उपप्रधानमन्त्री तथा मन्त्री, प्रदेश प्रमुख, न्यायाधीश, संघीय संसदका सदस्य, संवैधानिक निकायका पदाधिकारी रहेका छन्।

यसैगरी राष्ट्रपतिबाट  निजामति, जंगी, प्रहरीतर्फका अधिकृतस्तरसम्मका राष्ट्रसेवकले टीका ग्रहण गर्न सक्नेछन्। टीका ग्रहण गर्न आउँदा मर्यादित पोशाकमा आउन राष्ट्रपति कार्यालयले अनुरोध गरेको छ।

 

लमजुङ, २ कार्तिक 

बेसीशहर नगरपालिकाले कारागारका कैदी,बन्दीलाई दशैंका लागि २ वटा खसी सहयोग गरेको छ। नगरपालिकाले ४० हजार रुपैयाँ मूल्यका २ वटा खसी सहयोग गरेको हो।

नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले बिहीबार लमजुङ कारगारमा पुगेर जेलर कमलापती अधिकारी, कैंदी–बन्दीका नाईकेलाई उक्त खसी सहयोग गरेका हुन्।

नगर प्रमुख गुमानसिंह अर्यालले कारागारमा बन्दी जीवन विताइरहेकाहरू परिवारबाट टाढा रहने भएकोले थोरै भए पनि चाडपर्वमा खुसी मिलोस् भनेर खसी प्रदान गरिएको बताए।

 

नगरपालिकाले चालुतर्फको अन्य सामाजिक सहायता शीर्षकबाट कैदी/बन्दीलाई ४० हजार रुपैयाँको दुई वटा खसी सहयोग गरिइको बताए।

कारागारका जेलर कमलापती अधिकारीले दसैंमा कैदी/बन्दीका लागि सरकारले थोरैमात्र सहयोग गर्ने भएकोले बेसीशहर नगरपालिकाको सहयोगले चाडपर्वमा कैदी–बन्दीलाई खुसी थप्ने बताए।

खसी सहयोग कार्यक्रममा बेसीशहर नगरपालिकाका प्रेस सल्लाहकार कृष्ण केसी, नेपाल पत्रकार महासंघ लमजुङका उपाध्यक्ष अनुज अधिकारी, नगरप्रमुखका स्वकीय सचिव कुमार अर्याल लगायत कर्मचारी र संचारकर्मीको उपस्थिती रहेको थियो।

लमजुङ कारागारमा ७ जना महिलासहित  ८८ जना कैंदीबन्दी रहेको छन्। न्यूज कारखाना

 

कार्तिक-२

रौतहट जिल्लाको वृन्दावन नगरपालिकाको कार्यालयमा निमित्त प्रमुख प्रशासकिय अधिकृतको रुपमा रासनरायण पटेल पु:न दोस्रो पटकपटकको लागि हाजिर हुनुभएको छ। बिहिबार सो नगरपालिकाका नगर प्रमुख विनोद प्रसाद कुर्मीले त्यहाँ निर्वाचित वडाअध्यक्षहरु र कार्यपालिका सदस्यहरुको साथै कार्यालयका कर्मचारीहरूको उपस्थितिमा फुलमाला,खादा तथा टीका लगाएर स्वागत गर्दै पटेललाई कार्यालयमा हाजिर गराउनु भएको छ।

कार्यालयमा हाजिर भएलगतै हाकिम पटेलले सर्वसाधारणले कार्यालयबाट पाउने सबै प्रकारका सेवा तथा सुविधालाई पारदर्शी किसिमले सहजताका साथ प्रदान गर्दै आफुले नियमानुसारका महसुस हुने गरी, सर्वसाधारण नागरिकलाई सेवा दिन आफ्ना कर्मचारीहरुलाई निर्देशन दिएका छन्। अधिकृत पटेलले नगरपालिकालाई नमुना बनाउने काममा आफनो सहयोग सधैं रहने उल्लेख गर्दै उहाँले जनप्रतिनिधिलाई नियम र कानुनले दिएसम्मको सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको छ । पटेलले यसअघि वृन्दावन नगरपालिकामा भएको कमि कजोरीहरु लाई सुधारदै आफू पनि अगाडि बढ्ने र सबैलाई एक ढिका भएर अगाडि बढ्न आग्रह समेत गर्नु भयो। उहाँका अनुसार अब पालिकाको प्रशासनिक र आर्थिक लगायत अन्य कामकाज पनि अघि बढ्ने उहाँले बिश्वास व्यक्त गर्नुभयो। यति मात्र न भई नगरपालिकाको खाता संचालन भए लगत्तै रोकिएर बसेका कर्मचारीहरुको तलब,सामाजिक सुरक्षा भता र जनप्रतिनिधिहरुको सेवासुविधा लगायत अन्य बाँकी बक्यौता भुक्तानीको कामकाज पनि अगाडि बढाउने विश्वास दिदै, उहाँले, आफुले सो पालिकाको गरिमा बढाउने गरि काम गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो। साथै उहाँले सबै जनप्रतिनिधी,कर्मचारी, राजनीति कर्मी, नागरिक समाज र पत्रकार जगतको समेत साथ र सहयोग प्राप्त हुने पनि विश्वास व्यक्त गर्नुभयो ।

वृन्दावन नगरपालिका विगत केही समय देखि कार्यालय प्रमुख विहिन रहेको कारणले नगरको सम्पूर्ण कामकाज अस्त व्यस्तमा परेको थियो।सो कुराको मध्य नजर गर्दै कार्यालयले मिति २०८० असोज १८ को पत्रबाट नगर कार्यपालिकाको निर्णय सहित लेखी पठाईएको पत्र बमोजिम सो कार्यालयको आर्थिक तथा प्रशासनिक कार्य गर्ने गरी पटेलले जिम्मेवारी पाएको हो। पटेल नेपाल स्वास्थ्य सेवा, हेल्थ इन्स्पेक्सन समूह तर्फका अधिकृत स्तर छैटौं तहका सोही नगरपालिकामा कार्यरत कर्मचारी हुन उहाँले विगतका दिनमा पनि सो नगरपालिकाको निमित प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी पाएर कामकाज गरिसकेका छन्।

उक्त कार्यक्रममा वडा नं १ वडा अध्यक्ष रामनाथ सहनी,वडा नं.६ का वडा अध्यक्ष मजहर मन्सुर,वडा नं.८ का वडा अध्यक्ष रबिन्द्र प्रसाद साह,वडा नं.९ का वडाअध्यक्ष प्रवेज आलमको साथै कार्यपालिका सदस्यहरु लालपरी देवी,पुनम पासवान,एतबरिया देवी,राजेश पासवान र रामबाबु साह लगायत विभिन्न कर्मचारी तथा भद्रभलादमी बुद्धिजीवीहरुक उपस्थिति समेत रहेको थियो।

काठमाडौं, २ कात्तिक।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे ‘पेकिंग युनियन मेडिकल कलेज अस्पताल, बेइजिङ’ले बिहीबार  दिउँसो ‘मेडिकल सर्टिफिकेट’ जारी गरेको छ।

 

श्रेष्ठलाई ‘एक्युट मायोकार्डियल इन्फेक्शन’ भएको र आकस्मिक कोरोनरी एन्जियोग्राफी गर्दा ‘ओब्टस मार्जिनल शाखामा अवरोध देखिएको अस्पतालले जनाएको छ। उनकाे मुटुको बायाँ धमनीमा महत्त्वपूर्ण ‘स्टेनोसिस’ देखिएको र  त्यसलाई कम गर्न तुरुन्तै  ‘स्टेन्ट’ राखिएको समेत अस्पतालले जनाएको छ।

 

श्रेष्ठ अहिले निरन्तर निगरानी र उपचारका लागि मेडिकल आईसीयूमा रहेका र उनी स्थिर अत्यावश्यक संकेतहरूका साथ पूर्ण रूपमा सचेत रहेका पनि अस्पतालले जनाएको छ।

 

‘तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ)’मा सहभागी हुन चीनको बेइजिङ पुगेका  उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुधबार राति १ बजे हृदयघात भएको थियो।

 

चिनियाँ सरकार र पार्टीका उच्च अधिकारीहरूले उच्चतम प्रविधि अपनाउन र उनको उपचारमा विशेष ध्यान दिन अस्पताल प्रशासनलाई निर्देशन दिएका छन्।

काठमाडौं, २ कात्तिक ।

राष्ट्रपति रामचन्द्र पौडेलले सर्वसाधारणलाई दशैंको टीका लगाइदिने भएका छन् ।

 

राष्ट्रपति कार्यालयले बिहीबार जारी गरेको सूचनाका अनुसार ७ कात्तिक मंगलबार विजया दशमीका दिन विशिष्ट व्यक्ति र सर्वसाधारणलाई टीका लगाइदिने भएका हुन् ।

दिउँसो २ बजेदेखि अपरान्ह ३ बजेसम्म उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रधानन्यायाधीश, मन्त्रीहरु, सांसद, सरकारी कर्मचारी, प्रहरी, सेनाका अधिकारीलाई टीका लगाइदिने र अपरान्ह ३ बजेदेखि बेलुका ५ बजेसम्म सर्वसाधारणलाई टीका लगाइदिने समय निर्धारण गरिएको जारी सूचनामा उल्लेख छ ।

काठमाडाैँ, २ कात्तिक ।

काठमाडौं  र सुनसरीबाट लागूऔषधसहित पाँचजना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-१६ माछापोखरी कुमारीस्थानबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ  १ ग्राम ८० मिलिग्रामसहित सोही ठाउँ बस्ने सिन्धुपाल्चोक घर भएका ३५ वर्षीय क्षिरिङ्ग लामासमेत चारजनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले क्षीरिङ्गको कोठा तलासी गर्ने क्रममा उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

 

सुनसरीकाे धरान उपमहानगरपालिका-८ तिनकुनेबाट नियन्त्रित लागूऔषध स्पासमो ५ हजार ट्याब्लेटसहित सोही उपमहानगरपालिका-९ बस्ने २० वर्षीय दिप तामाङलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी तिनकुनेबाट खटिएको प्रहरीले प्रदेश १-०२-००१ ख ९६३६ को बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।