काठमाडौं, १४ कार्तिक ।
परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनबिच भेटबार्ता भएको छ ।
अमेरिकाको संघीय राजधानी वासिङ्टन डिसीमा भएको सो भेटमा दुवैले नेपाल–अमेरिकाबीचको जारी साझेदारीका बारेमा बिस्तृत छलफल गगरेका छन ।
सो भेटमा अमेरिकन सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट परियोजनाका विषयमा पनि छलफल भएको जनाईएको छ ।
नेपालको पूर्वाधार निर्माण, बिजुलीमा पहुँच र विस्तार तथा सीमापार विद्युत् व्यापारलाई समर्थन गर्दै रहयोग गर्ने अमेरिकी विदेशमन्त्री एन्टोनी प्रतिबद्धता जनाएको बताईएकोृ छ ।
काठमाडौं, १४ कार्तिक ।
नेपाल र मलेसियाबिचमा आज प्रतिस्पर्धा हुदैँछ ।
आइसिसी टि-२० विश्वकप एसिया फाइनल क्षेत्र छनोटमा आज नेपालले मलेसियासँग प्रतिस्पर्धामा उत्रन लागेको हो ।
सो खेल दिउँसो १ः १५ बजेवाट सुरु हुनेछ । समुह एकका सबै खेल त्रिभुवन बिश्वबिद्यालयको खेल मैदानमा हुनेछ ।
पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको नेपालले ओमानसँग ३२ रनले पराजित भएर आएको मलेसियासँग यो चरणको पहिलो प्रतिस्पर्धामा उत्रन लागेको हो ।
नेपाल घरेलु मैदानमा दोस्रो जीतका लक्ष्यसहित मैदानमा उत्रन लागेको हो ।
मुम्बइ, १४ कार्तिक ।
टाइगर श्राफ र कृति सेनन अभिनित फिल्म ‘गणपत’ सन् २०२३ को सबैभन्दा प्रतिक्षित फिल्म बनेको थियो र त फ्यानहरु यसको रिलिजको उत्सुकताका साथ पर्खिरहेका थिए ।
तर, यो चलचित्र हलमा पुग्दा दर्शकले रूची देखाएनन । यो फिल्म रिलिजको पहिलो दिनदेखि नै टिकट विन्डोमा टिक्न संघर्ष गरिरहेको छ । अहिले अवस्था यस्तो छ कि सो फिल्मलाइ लाखमा पनि कमाउन मुस्किल छ । आउनुहोस् यहाँ थाहा पाउनुहोस् ‘गणपत’ ले रिलिजको ११ औं दिनमा कति कलेक्शन गर्यो ।
सप्ताहन्तमा फिल्मको कमाई बढ्ने अपेक्षा गरिएको भए पनि त्यस्तो केही भएन र ‘गणपत’ले दोस्रो शनिबार १७ लाख र दोस्रो आइतबार १८ लाख रुपैयाँ मात्रै कमाएको छ । अब ‘गणपत’ रिलिजको ११ औं दिन अर्थात दोस्रो सोमबारको कमाईको प्रारम्भिक तथ्यांक आएको छ ।
सकनिल्कको प्रारम्भिक ट्रेन्ड रिपोर्ट अनुसार ‘गणपत’ले रिलिजको ११ औं दिन अर्थात दोस्रो सोमबार १० लाख रुपैयाँ मात्रै कमाएको छ । यससँगै टाइगर श्राफको फिल्मको ११ दिनमा कुल कमाई १२.४० करोड पुगेको छ ।
यो फिल्मको कमाई हेर्दा अहिले बक्स अफिसमा यसको खेल पूर्ण रुपमा सकिएको र यो फिल्मले बक्स अफिसमा १३ करोड मात्रै कमाउन सक्ने देखिन्छ ।
मुम्बई, १४ कार्तिक ।
महाराष्ट्रमा मराठा आरक्षणको आन्दोलन चर्किएको छ ।
सोमबार मात्रै आन्दोलनकारीले राष्ट्रवादी कांग्रेसका विधायक प्रकाश सोलंकेको घर र बीडस्थित एनसीपीको कार्यालयमा आगजनी गरेका छन ।
आन्दोलनकारीको एक समूहले नगरपालिकाको भवनको पहिलो तल्लामा समेत आगजनी गरेको थिए । गंगापुरमा भाजपा विधायक प्रशान्त बम्बको कार्यालयमा तोडफोड भएको छ। यससँगै सुरक्षा कारणले बीडमा धारा १४४ लगाइएको छ भने इन्टरनेट पनि ४८ घण्टाका लागि बन्द गरिएको छ ।
समाचार एजेन्सी पीटीआईका अनुसारमराठा समुदायले आरक्षणको माग गर्दै महाराष्ट्रको जालनामा अनिश्चितकालीन अनशनमा बसेका सामाजिक कार्यकर्ता मनोज जरांगेले स्वास्थ्य परीक्षण गराउन अस्वीकार गरेका छन् ।
पीटीआईसँग कुरा गर्दै जालनाका कार्यवाहक सिभिल सर्जन डा. प्रताप घोडकेले लामो समयसम्म खाना नखाँदा उनीहरूको महत्त्वपूर्ण अंग र स्वास्थ्यमा असर पर्ने बताए।
एकनाथको शिवसेनाका दुई सांसदले मराठा आरक्षणको समर्थनमा राजीनामा दिएका छन्। महाराष्ट्रका हिंगोली सांसद हेमन्त पाटिलले सोमबार नयाँ दिल्लीको लोकसभा सचिवालयमा आफ्नो राजीनामा बुझाएका छन्। नासिकका सांसद हेमन्त गोडसेले मुख्यमन्त्री एकनाथ शिन्देलाई राजीनामा पठाएका छन् ।
कांग्रेस, उद्धव ठाकरेको शिवसेना र शरद पवारको एनसीपी सम्मिलित महाविकासको एक प्रतिनिधिमण्डलले राज्यपाल रमेश बैसलाई भेटेको छ । यस क्रममा एमवीएले मराठा आरक्षण सम्बन्धी आन्दोलनमा आवश्यक सुझाव दिन माग गर्यो। यस बैठकमा कांग्रेस नेता नाना पटोले, अशोक चव्हाण, अभिजित वंजारीलगायत धेरै नेताहरू उपस्थित थिए।
महाविकास अघाडी (एमवीए) को प्रतिनिधिमण्डलले गभर्नर रमेश बैसलाई भेटेर विभिन्न माग राखेको थियो । यसमा सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको व्यवस्थापिकाको विशेष अधिवेशन बोलाएर राष्ट्रपति द्रौपर्दी मुर्मा र प्रधानमन्त्री नरेन्द्रसँग कुरा गर्न राज्यपाल रमेश बैसलाई अपिल गर्नु हो।
मनोज जरांगे पाटिलको स्वास्थ्य निकै नाजुक छ । यस्तो अवस्थामा जतिसक्दो चाँडो यो समस्या समाधान गर्नुपर्छ । सरकारले विशेष अधिवेशन बोलाउनु अघि आरक्षण कानूनको मस्यौदा सार्वजनिक गर्नुपर्छ ।

१४ कार्तिक
जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकले मधेस प्रदेश सभा सदस्यको रिक्त स्थानमा सिराहाकी सञ्जिलाकुमारी यादवलाई निर्वाचन आयोगसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । त्यस्तै पार्टीको बैठकले ललितपुरको रानीबुमा केन्द्रीय कार्यालयको भवन निर्माण गर्ने निर्णय गरेको छ ।

जसका लागि पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य लालबाबु राउतको संयोजकत्वमा पाँच सदस्यीय भवन निर्माण समिति गठन गरेको छ । समितिको सदस्यहरुमा अमरेशनारायण झा, बलराम महतो, न्हुच्छेलाल महर्जन र सिताराम साह रहेका छन् । बैठकले गंगाराम यादव, विमलप्रसाद साह, शैलेश चौधरीलाई सल्लाहकार समितिमा र वीरेन्द्र यादवलाई सामाजिक सुरक्षा समितिमा मनोनयन गरेको छ ।

त्यसैगरी चुरे उत्खनन् गरी निकासी पैठारी सम्बन्धी सरकारी निर्णयको पार्टीले बिरोध गर्ने निर्णय गरेको छ । बैठकले केन्द्रीय कार्यालय समितिको अध्यक्ष भन्ने वाक्यांशलाई अब उप्रान्त केन्द्रीय कार्यालय सचिवको रुपमा प्रयोग गर्ने निर्णय गरेको छ
गाजा, १४ कार्तिक ।
मध्य गाजा पट्टीमा भएको इजरायली हमला परी कम्तीमा १४ जनाको मृत्यु भएको छ ।
सोमबार राति अल नुसेरात शरणार्थी शिविरमा रहेको एक आवासीय परिसरमा इजरायली हवाई आक्रमण परी कम्तीमा १४ जनाको मृत्यु भएको प्यालेस्टिनी समाचार एजेन्सी वाफाले जनाएको छ।
वाफाका अनुसार पीडितहरूलाई देइर अल बालाहको अल अक्सा अस्पतालमा ल्याइएको थियो, जहाँ उनीहरूलाई मृत घोषित गरिएको थियो।
तिनीहरू माकोसी र बकरी परिवारका थिए, जो गाजा पट्टीको उत्तरबाट भागेर शिविरको अल दावा जिल्लाको हमदान परिवारको भवनमा शरण लिएका थिए।
गाजा, १४ कार्तिक ।
उत्तरी गाजाको ताल अल–हवा क्षेत्रमा अवस्थित अल– कुड्स अस्पतालको आसपास तोपखाना र हवाई आक्रमणका आवाज सुनिएका छन् ।
प्यालेस्टाइन रेड क्रिसेन्ट सोसाइटीले अल– कुड्स अस्पतालको वरपरको उत्तरी गाजाको ताल अल–हवा क्षेत्रमा लगातार तोपखाना र हवाई आक्रमणहरू भईरहेको रिर्पोट गरेको छ ।
‘जसका कारण भवनहरु काँपिरहेको छ र विस्थापित नागरिकहरू र काम गर्ने टोलीहरूले डर र त्रासको अनुभव गरिरहेका छन्,’ रेड क्रिसेन्टले सामाजिक सञ्जाल पोस्टमा भन्यो।
सो अस्पतालले हाल गाजाका सयौं बिरामी र १२ हजार भन्दा बढी विस्थापित नागरिकहरूलाई आश्रय दिइरहेको छ ।
सोमबार रेड क्रिसेन्टले भने कि इजरायलले तत्काल अस्पताल खाली गर्न चेतावनी दिएको थियो।
तर, मानव अधिकार विशेषज्ञहरूले चेतावनी दिएका छन कि अस्पतालको सुविधामा प्रत्यक्ष प्रहार युद्ध अपराध हुनेछ।
काठमाडौं, १४ कार्तिक ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्बजनिक गरेको छ ।
जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ।
राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको एकको खरिद दर १३२ रुपैयाँ ९१ पैसा र बिक्री दर १३३ रुपैयाँ ५१ पैसा तथा युरोपियन युरो एकको खरिद दर १४० रुपैयाँ ५८ पैसा र बिक्री दर १४१ रुपैयाँ २१ पैसा कायम गरेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ १७ पैसा र बिक्री दर १६२ रुपैयाँ ८९ पैसा कायम गरेको राष्ट्र बैंकले अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ८६ पैसा तथा बिक्री दर ८५ रुपैयाँ ५ पैसा तथा क्यानेडियन डलर खरिददर ९५ रुपैयाँ ९५ पैसा तथा बिक्रिदर ९६ रुपैयाँ ३९ पैसामा कारोबार गर्न अनुमति दिएको छ ।
जापनीज ऐन १० को खरिददर ८ रुपैयाँ ८८ पैसा तथा बिक्रीदर ८ रूपैयाँ ९२ पैसामा तथा चाइनिज युआन १ को खरिददर १८.१७ रुपैयाँ तथा बिक्री दर १८.२५ रुपैयामा कारोबार हुनेछ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३६ पैसा र बिक्री दर ३६ रुपैयाँ ५३ पैसामा कारोबार हुन सक्ने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ४३ पैसा तथा बिक्रिदर ३५ रुपैयाँ ५९ पैसा र युएई दिराम १ को खरिददर ३६.१९ पैसा तथा बिक्रिी दर ३६.३५ रुपैयाँमा कारोबार हुनेछ ।
काठमाडौं, १४ कार्तिक ।
प्रतिनिधिसभा र राष्ट्रियसभाकाे संयुक्त बैठक बस्दैँछ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो ४ बजे बोलाईएको छ ।
आजको बैठकमा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई बिशेष सम्बोधन गर्नेछन् ।
चार दिने नेपाल भ्रमणमा आएका गुटेरेसले पहिलो पटक नेपालको संसदमा सम्बोधन गर्न लागेका हुन् । उनी बुधवार फर्कदैँछन् ।