काठमाडौं, १५ कात्तिक ।
संघीय संसद्को जारी अधिवेशन अन्त्य गर्ने तयारी गरिएको छ ।
बुधबार बसेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले कार्यव्यवस्था समितिको बसेको बैठकमा बिहीबारदेखि संघीय संसद्को जारी अधिवेशन अन्त्य गर्ने तयारी गरिएको अनौपचारिक रुपमा जानकारी गराइएको छ ।
संघीय संसदको अधिवेशन अन्त्य गर्ने सम्बन्धमा औचारिक रुपमा निर्णय भने भइसकेको छैन । सरकारको सिफारिसमा राष्ट्रपतिले संघीय संसदको अधिवेशन अन्त्य र सुरु गर्ने संवैधानिक व्यवस्था छ ।
काठमाडौं, १५ कात्तिक ।
नेकपा एकीकृत समाजवादीनिकट युवा संघ नेपालका नेता एवं प्रवक्ता सन्जिप राईले सामाजिक सञ्जाल फेसबुकमार्फत् सरकारलाई सुझावसहित धारणा सार्वजनिक गरेका छन् ।
प्रवक्ता राईले हाम्रो गाउँ घर टुथलेस र युथलेस मात्र भएकोले उत्पादन केही नभएको, जमिनहरु बाँझो र उजाड भएको बताएका छन् । उनले सहर बजारका अधिकांश सटर खाली र पसलहरु बन्द भएका बताए ।

दलाल पँुजीवादका कारण दशैँ, तिहार, छठजस्ता राष्ट्रिय पर्वहरुको रौनकता घटेको भन्दै उनले पुँजीवादी व्यस्थालाई निर्मूल पार्न समाजवादी क्रान्ति अपरिहार्य रहेको र यसका निम्ति राज्यले तत्काल युवा पलायन रोक्ने नीति अवलम्बन गर्नुपर्ने बताएका छन् ।
–बेरोजगारी युवाहरूलाई सीपमूलक तालीम प्रदान गरि योग्यता अनुसारको कामको ग्यारेन्टी गर्नुपर्ने ।
– नेपाली कृषि उत्पादनलाई राज्यले बजारको ग्यारेन्टी गरि युवाहरुलाई कृषि उद्यमशीलतासँग जोडनुपर्ने ।
– युवा उद्यमी कर्जाका लागि सफ्ट लोन प्रदान गर्नुपर्ने ।
– विज्ञान र प्रविधिमैत्री बनाउन युवाहरूलाई व्यापकतम तालीम प्रदान गरि उत्पादनमा जोडनुपर्ने ।
प्रचण्ड नेतृत्वको सरकारमा एकीकृत समाजवादीबाट दुई जना सरकारमा सहभागी भएका छन् ।
काठमाडाैं, १५ कात्तिक ।
चितवन र सिरहाबाट स्रोत नखुलेको नगदसहित दुईजना पक्राउ परेका छन् ।
चितवनकाे राप्ती नगरपालिका-१ बाट स्रोत नखुलेको नगद १० लाख ८० हजार रूपैयाँसहित रूपन्देही तिलोत्तमा नगरपालिका-६ बस्ने ३३ वर्षीय बिजय दंगोङरिया चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित लोथर चेक पोष्टमा खटिएको प्रहरीले हेटौंडाबाट बुटवलतर्फ जाँदै गरेको लु.१ क १९७९ नम्बरको मिनि कन्टेनरलाई जाँच गर्ने क्रममा गाडीको क्याबिनमा कार्टुनमा लुकाई राखेको उक्त रकम फेला पारी कन्टेनर चालक चौधरीलाई पक्राउ गरेको हो ।
सिरहाकाे सखुवानान्कारकट्टि गाउँपालिका-५ बाट स्रोत नखुलेको नगद ४ लाख ९७ हजार ९ सय रुपैयाँसहित भारत मधुबनी ग्राम पञ्चायत सुगापट्टि-११ बस्ने २९ वर्षीय सन्तोष कुमार महतोलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय महेशबारीबाट खटिएको प्रहरीले ठाडिबाट लहानतर्फ जाँदै गरेको ‘अन टेष्ट’ लेखिएको अटोलाई जाँच गर्ने क्रममा अटोमा सवार उनलाई उक्त रकमसहित पक्राउ गरेको हो ।
काठमाडौं, १५ कात्तिक ।
नेपाल भ्रमणका क्रममा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षाका लागि खटिएका प्रहरी सहायक निरीक्षक (असई) टीकाराम ढुंगानाको लेक लागेर मृत्यु भएको छ ।
गत १२ कात्तिकमा महासचिव गुटेरेसको सुरक्षाको लागि अन्नपूर्ण हिमालको आधार शिविर पुगेका उनको बुधबार बिहान मृत्यु भएको छ । गत आइतबार महासचिव गुटेरेसको सुरक्षाका लागि उनीसँगै ढुंगाना हेलिकोप्टरमा अन्नपूर्ण हिमालको आधार शिविर पुगेका थिए ।
तर, सोही दिन गुटेरेस हेलिकोप्टरमै फर्किए पनि असई ढुंगाना भने हिँडेर फर्किदा लेक लागेको हो ।
मंगलबार राति हिमालय भन्ने ठाउँमा पुगेपछि असई ढुंगानालाई श्वासप्रश्वासमा समस्या देखिएको थियो र बुधबार हेलिकोप्टरमा पोखरा ल्याउँदा निधन भएको हो ।
काठमाडौं, १५ कात्तिक ।
नेपालको औपचारिक चारदिने भ्रमण पूरा गरेर संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस फर्किएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मैत्रीपूर्ण निमन्त्रणामा १२ कात्तिकमा नेपाल आएका उनी बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बेलायततर्फ प्रस्थान गरेका हुन् ।
उनलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा बिदाई गरे । सो अवसरमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारी, नेपालस्थित संयुक्त राष्ट्रसङ्घको कार्यालयका प्रतिनिधिलगायत उपस्थित थिए । महासचिव गुटेरेसको बिदाइमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो ।
नेपाल भ्रमणको क्रममा गुटेरेसले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्नेदेखि उच्चस्तरीय राजनीतिक भेटघाट र विभिन्न क्षेत्रको भ्रमण अवलोकन गरेका थिए । मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुअघि बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेका थिए ।
ससदनलाई सम्बोधन गर्दै उनले संक्रमणकालीन न्याय टुंगोमा पुर्याउने कार्यमा नेपाल एक्लै नरहेको भन्दै त्यसलाई सघाउन राष्ट्रसंघ तयार रहेको बताएका थिए ।
उनले सगरमाथाको आधार शिविर अन्नपूर्ण पदमार्गसमेत भ्रमण गरे । सो क्रममा उनले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेका असरको विश्व समुदायको ध्यानाकर्षण गराएका थिए ।
कार्तिक,१५ गते जनकपुरधाम
धनुषाको जनकनन्दनी गाउँपालिकाकी १८ वर्षीया किशोरी रजीना खातुन एक घण्टाका लागि मधेश प्रदेशको शिक्षा तथा संस्कृति मन्त्री बनेकी छन् ।
मन्त्री महेश प्रसाद यादवले बुधवार खातुनलाई खादा ओढाएर सम्मान गर्दै एक घण्टाका लागि आफ्नो पद हस्तान्तरण गरे । खातुन बिहान ८ बजेदेखि ९ बजेसम्म मन्त्री पद सम्हालिन् ।
अन्तर्राष्ट्रिय बालिका दिवस अन्तर्गत समानताको सन्देश दिन प्लान इन्टरनेशनल नेपालको पहलमा खातुन मन्त्री बनेकी हुन् । उनी कक्षा ९ मा अध्ययनरत छन् । मन्त्री बनेपछि खुशी लागेको उनले बताइन् ।
मन्त्रीको कुर्सीमा बसेर उनी आफ्नो गाउँको शिक्षा क्षेत्रको समस्या मन्त्री यादवलाई सुनाएकी थिइन् । उनी प्रदेश सरकारले चलाएको बेटी पढाऊ, बेटी बचाउ अभियानलाई प्रभावकारी बनाउनुपर्ने बताइन् ।
मन्त्री यादवले महिला र पुरुष बराबर हुन्छन् भन्ने सन्देश दिन बालिका खातुनलाई एक घण्टाका लागि आफ्नो पद हस्तान्तरण गरेको बताए । उनले ‘वालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने नारालाई सार्थक बनाउन आफू पछि नहट्ने प्रतिबद्धता पनि जनाए ।
खातुनलाई मन्त्री बनाउन पहल गरेका प्लान इन्टरनेशनलका क्षेत्रीय प्रबन्धक रविशंकर पण्डितले ‘अन्तराष्ट्रिय बालिका दिवस’ अन्तर्गत समानताको सन्देश दिन स्कूलमा अध्ययनरत छात्राहरूलाई केहि घण्टाका लागि सांकेतिक रूपमा मेयर, उपमेयर र मन्त्री बनाउने अभियान जारी राखेको बताए । नेपाल प्रेस
काठमाडौँ, १५ कार्तिक
राष्ट्रियसभामा १९ सिट रिक्त हुदै छन् । बुधबार प्रतिनिधिसभा अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले रिक्त हुन लागेका १९ सिटको निर्वाचन आगामी माघको दोस्रो सातामा गर्न प्रस्ताव गरेका छन् । थपलियाले माघ १०, ११ वा १२ गतेसम्म चुनाव गर्न आवश्यक रहेको बताउदै त्यसका लागि सरकारले निर्णय गर्नुपर्ने बताएका हुन् । त्यसैगरी प्रतिनिधिसभामा रिक्त रहेको १ सिट, प्रदेशसभामा २ सिट र स्थानीय तहमा २४ स्थानमा उपयुक्त समयमा उपनिर्वाचन गर्न आयोग तयार रहेको बताए । प्रतिनिधि सभा र प्रदेश फागुन २० गते राष्ट्रिय सभाका १९ सदस्य रिक्त हुँदैछन् । सदस्य रिक्त हुनुभन्दा एकमहिना अघि निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।
वीरगन्ज (पर्सा), १५ कात्तिक :
वीरगन्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को तीन महिनामा जरिवानावापत रु छ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । सडकमा जथाभावी फोहर फ्याँक्नेसँग गत २०७९ पुस १७ गतेदेखि जरिवाना तिराउन सुरु गरेको महानगरपालिकाले चालु आव २०८०/८१ को साउनदेखि हालसम्म बिभिन्न व्यक्ति तथा सङ्घसंस्थाबाट रु छ लाख १७ हजार जरिवाना सङ्कलन गरेको हो । महानगर क्षेत्रलाई सुन्दर, सफा, स्वच्छ र पर्यावरणयुक्त नमूना महानगर बनाउने उद्देश्यका साथ नियमित सरसफाइसँगै जथाभावी फोहर फ्याल्नेलाई जरिवाना गर्दै आएको मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगन्ज महानगरपालिकाले सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दासमेत चलाउने तयारी गरेको छ । महानगरका सडक तथा गल्लीमा जथाभावी फोहर फ्याल्नेसँग जरिवाना तिराउँदै आएको महानगरपालिकाले अब जरिवानासँगै फोहर फ्याँक्नेउपर सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा चलाउने तयारी गरेको महानगरपालिकाका सरसफाइ शाखा प्रमुख सर्पmद्दिन मियाँले जानकारी दिनुभयो । उहाँका अनुसार गत आव २०७९/८० मा जरिवानाबाट रु १५ लाख ३६ हजार पाँच सय पाँच राजस्व सङ्कलन भएको छ । ‘‘घर, पसल र कार्यालयबाट निस्कने फोहर जताततै फ्याँक्ने स्थानीयहरूमा प्रवृत्ति छ”, सरसफाइ शाखा प्रमुख मियाँले भन्नुभयो, “त्यो प्रवृत्तिलाई निरुत्साहित गर्न हामीले फोहर फ्याँक्नेलाई जरिवाना गर्ने अभियान सुरु गरेका छौँ ।” यो अभियानलाई थप प्रभावकारी बनाउन सार्वजनिक मुद्दा चलाउने योजना बनाएको उहाँको भनाइ छ । सफा, स्वच्छ र सुन्दर महानगर बनाउने उद्देश्यका साथ निजी संस्थासँग सहकार्य गरी महानगरको ३२ वटै वडामा तीन चरणमा नियमित सरसफाइ गर्दै आएको छ । महानगरपालिको वडा नं १ देखि ३२ वटै वडामा वीरगन्जस्थित पृथी तारा एमके इनरनेसनल जेभीसँग गत २०७६ साल जेठ २ सम्झौता गरी नियमित सरसफाइ गर्दै आएको छ । विगतमा डम्पिङ साइट नहुँदा फोहरमैला व्यवस्थापनमा समस्या हुँदै आएकामा चार वर्षअघि महानगरले आफ्नो डम्पिङ साइट बनाएपछि फोहरमैला व्यवस्थापनमा अहिले कुनै समस्या नरहेको उहाँले बताउनुभयो । विगत केही वर्षअघिसम्म अस्तव्यस्त र दुर्गन्धित नगरका रूपमा परिचित महानगर क्षेत्रलाई सरसफाइ दृष्टिले मुलुककै नमूना महानगर बनाउने लक्ष्यका साथ योजना अघि बढाइएपछि यतिबेला वीरगन्ज महानगर क्षेत्र सफा र सुन्दर देखिन थालेको हो । सामानसहित ट्रक नियन्त्रणमा बिलबिजकभन्दा बढी लोड गरेको तयारी कपडा तथा विद्युतीय सामानसहित पर्सा प्रहरीले ट्रक निन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगन्ज महानगरपालिका–१४ गण्डकस्थित सडकखण्डबाट बिलबिजकभन्दा बढी सामान लोड गरेको ना३ख ४६५१ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो । बिलविजकभन्दा बढीका सामान बोकेको ट्रक वीरगन्जबाट झापातर्फ जाँदैै गरेको गोप्य सूचनाका आधारमा रोकेर जाँच गर्दा बिलबिजक शङ्कास्पद देखिएकाले ट्रक नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिनुभयो । बरामद सामग्रीको मूल्याङ्कन करिब रु ४२ लाख ३२ हजार आठ सय २७ कायम गरी आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरीले जनाएको छ । रासस
काठमाडौँ,कातिक १४ गते ।
नेपाल आयल निगम डिजेल आ मट्टीतेलके मूल्य घटएले हए । भारतीय आयल कर्पोरेसनसे मूल्य घटके अएला संघे निगम डिजेल आ मट्टीतेलके मूल्य प्रतिलिटर ४ राेपईआ घटएले हए । घटल मूल्य आजे रात १२ बजेसे लागू हाेएबाला हए । अब डिजेल आ मट्टीतेल प्रतिलिटर १६४ राेपईआ परि । अईसहि, भारतीय आयल कर्पोरेशनसे पेट्रोल आ खाना बनाबेबाला ग्यासके मूल्य बढके अएलापर भि तत्कालके लेल मूल्य यथावत राखल गेल निगम जनएले हए ।
काठमाडौँ, १५ कात्तिक :
संसद्मा प्रवेश गर्दैगर्दा लाग्थ्यो,नीति निर्माणका विषयमा त्यहाँ गरमागरम बहस र छलफल हुन्छ । जस्तो सोचिएको थियो, त्यस्तो पाउन सकिएन । संसद्मा एकले अर्कालाई छेड हान्ने प्रवृत्ति देखियो ।”, पछिल्लो एक वर्षको संसदीय अनुभव सुनाउँदै नेकपा (माओवादी केन्द्र)का सांसद नारायणी शर्माले भन्नुभयो, “यसबाट संसद् वास्तवमा कानुन तथा नीति निर्माणको थलो हो वा होइन भन्ने अनुभूति भयो । संसद्ले जुन दिशामा पकड्को मार्नु पर्दथ्र्यो, त्यसो हुन सकेन ।” सदन मुलुकको सर्वोच्च जनप्रतिनिधिमूलक संस्था हो । कानुन निर्माण कार्यान्वयनमा सदनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ । संविधानसभाबाट जारी संविधान कार्यान्वयनका लागि अझै थुप्रै कानुन निर्माण गर्न बाँकी नै छ । संसद् कानुन निर्माणमा केन्द्रित हुनुपर्नेमा अन्य मुद्दामा बहकिएको भन्दै जनगुनासो आउने गरेको छ । सांसद स्वयंले संसद्मा नीति तथा कानुन निर्माणका लागि नीतिगत बहस र छलफल गर्ने विषयमा कमी भएको सार्वजनिकरूपमै अभिव्यक्त गर्दै आउनुभएको छ । माओवादी सांसद शर्मा एक वर्षका बीचमा जति पनि विधेयक प्रस्तुत भएका छन्, तिनलाई निष्कर्षमा पुर्याउनुपर्नेमा धिमा गतिमा काम भइरहेको स्वीकार्नुहुन्छ । “कानुन र नीति निर्माणमा संसद्भित्रको प्रमुख भूमिका निर्वाह गर्ने शक्तिलाई यो विषयले जति छुनपर्ने हो, त्यसो हुन सकेन कि भन्ने अनभूति भइरहेको छ”, उहाँले भन्नुभयो, “कानुन निर्माणको सवालमा छलफल र बहसभन्दा पनि सदन छुट्टै विषयमा बहकियो । कुनै एउटा त्यस्तो मुद्दा उठाउने, सो मुद्दामा केन्द्रित भएर बादप्रतिवाद गर्ने थलोका रूपमा सदनको प्रयोग हुन थाल्यो ।” सांसद शर्माले संसद्ले आफ्नो भूमिकालाई प्रभावकारीरूपमा अगाडि बढाउन खोजिरहेको भए पनि जुन स्तरमा पुग्नपथ्र्यो, त्यसो हुन नसकिरहेको बताउनुभयो । सैद्धान्तिकरूपमा सदन कानुन निर्माण गर्ने थलो भए पनि जनप्रतिनिधि जनतासँग पनि प्रत्यक्ष जोडिएको उल्लेख गर्दै उहाँले विकास निर्माणमा सांसदको भूमिका हुनु हुँदैन भनेर सोच्न हुँदैन भन्नुभयो । “गाउँ–गाउँमा स्वास्थ्य, शिक्षा, सडक, कृषिलगायत पूर्वाधार छैनन्, आधारभूत आवश्यकता पूरा होउन् भन्ने जनताको अपेक्षालाई पूर्णरूपमा माया मार्न हुँदैन । जनताको आवश्यकता पूरा गर्ने सांसदको जिम्मेवारी होइन, कानुन निर्माण गर्ने थलोमा यस्ता विषय उठाउन हुँदैन भनेर यसलाई नकारेर जानुपर्छ भन्ने लाग्दैन”, उहाँले भन्नुभयो । जनताको आकाङ्क्षालाई पनि सँगसँगै जोडेर लैजानुपर्नेमा जोड दिँदै उहाँले प्राथमिकताका सन्दर्भमा भने स्पष्ट हुनुपर्ने बताउनुभयो । “कानुन निर्माणलाई प्राथमिकतामा राख्नुपर्छ भने जनताले उठाएका मागलाई सम्बोधन गर्न पनि उत्तिकै जिम्मेवार हुनुपर्छ”, उहाँले भन्नुभयो । विसं २०३३ मा जन्मनुभएका सांसद शर्मा विसं २०४७ देखि माओवादीमा आबद्ध हुनुभएको हो । उहाँले २०५० सालमा माओवादीको पार्टी सदस्यता प्राप्त गर्नुभएको थियो । सेल, एरिया, जिल्ला, क्षेत्रीय ब्यूरो सदस्य, केन्द्रीय सदस्य हुँदै उहाँ अहिले माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य हुनुहुन्छ । दशवर्षे जनयुद्ध विस्तृत शान्ति सम्झौतामार्फत टुङ्गिएको भए पनि हालसम्म सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय निष्कर्षमा पुग्न नसक्नु दुःखद् भएको उहाँको भनाइ छ । “सङ्क्रमणकालीन न्याय शान्ति प्रक्रियाको अभिन्न अङ्ग हो, यो टुङ्ग्याउनै पर्छ”, उहाँले भन्नुभयो, “शान्ति सम्झौता भएको डेढ दशक नाघिसके पनि अझै सदनमा पेस हुने थिति बनेको छैन ।” थाँती रहेको शान्ति प्रक्रियाको मुख्य काम टुङ्ग्याउन अझै चाहिरहेको छैनन् भन्ने आफूलाई लागेको उल्लेख गर्दै सांसद शर्माले विभिन्न बहाना, मुद्दा उठाएर मुख्य काममा केन्द्रित हुन नदिने प्रवृत्ति देखिएको बताउनुभयो । “शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउने भनेको माओवादीको मात्रै हो भनेको जस्तो देखिन्छ, मुलुकमा दिगो शान्ति कायम गर्ने विषय माओवादीको मात्रै त होइन, त्यतिबेलाको माओवादी, संसद्वादी सात राजनीतिक दलको सहभागितामा सहमति र सम्झौता गरेर अगाडि बढेको विषय हो”, उहाँले भन्नुभयो । अहिले व्यवहारमा शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउँदा राजनीतिकरूपमा माओवादीलाई नै फाइदा हुन्छ, यसलाई किन टुङ्ग्याउने भनेको जस्तो देखिएको उहाँको बुझाइ छ । “राजनीतिक दलहरूले यस विषयलाई जुन ढङ्गले गम्भीरताका साथ लैजानुपथ्र्यो, त्यसो हुन सकिरहेको छैन”, उहाँले भन्नुभयो । रासस