कात्तिक १६, काठमाडौं।
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्बजनिक गरेको छ ।
जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९७ पैसा र बिक्री दर १३३ रुपैयाँ ५७ पैसा कायम गरिएको छ भने युरोपियन युरो एकको खरिद दर १४० रुपैयाँ १७ पैसा र बिक्री दर १४० रुपैयाँ ८० पैसा कायम भएको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ३१ पैसा र बिक्री दर १६२ रुपैयाँ ०४ पैसाले भाउ पाउँदा अष्ट्रेलियन डलर एकको खरिद दर ८४ रूपैयाँ ३१ पैसा तथा बिक्री दर ८४ रूपैयाँ ६९ पैसा तथा क्यानेडियन डलर ९५ रूपैयाँ ७९ पैसा तथा बिक्री दर ९६ रूपैयाँ २२ पैसामा कारोबार गर्न सकिनेछ ।
युएइ दिराम १ को खरिद दर ३६ रूपैयाँ २० पैसा तथा बिक्री दर ३६ रूपैयाँ ३७ पैसा, साउदी रियाल १ को खरिददर ३५ रूपैयाँ ४४ पैसा तथा बिक्री दर ३५ रूपैयाँ ६० पैसा र कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
नयाँदिल्ली, १६ कार्तिक ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल र तृणमूल कांग्रेसका लोकसभा सांसद महुआ मोइत्रालाई बिहीबार (२ नोभेम्बर) दिल्लीमा दुई छुट्टाछुट्टै मुद्दामा सोधपुछ गरिदैँछ ।
प्रवर्तन निदेशालय (ईडी) ले कथित मदिरा नीति घोटालामा दिल्लीका मुख्यमन्त्रीसँग सोधपुछ गर्न लागेको हाे । जहाँ महुआले भने ‘कैश फॉर क्वेरी’ अर्थात् नगद लिएर प्रश्न सोध्ने सन्दर्भमा लोकसभाको आचार समितिको प्रश्नको जवाफ दिनुपर्छ।
बीजेपीले दुवै विपक्षी नेताहरूलाई उनीहरूको प्रश्नको बारेमा खिल्ली उडाएको छ। यति मात्र होइन उनलाई ‘दुई नम्बरी’ पनि भनिएको छ । गोड्डा, झारखण्डका भाजपा सांसद निशिकान्त दुबेले अरविन्द केजरीवाल र महुआ मोइत्रालाई सोशल मिडिया प्लेटफर्ममा ‘दुई नम्बरी’ नेताको रुपमा टिप्पणी गरेका हुन ।
उनले ट्वीट गर्दै भने, ‘दुवै नोभेम्बरमा उपस्थित हुनुपर्दछ।’ दिल्ली रक्सी घोटालालाई लिएर बीजेपीले लामो समयदेखि केजरीवाललाई निशाना बनाउँदै आएको छ, महुआ पनि यसको निशानामा परेका छन ।
ईडीले दिल्ली रक्सी घोटालामा केजरीवालसँग सोधपुछ गर्न लागे पछि यसले धेरै शंका आशंका जन्माएको छ । यस मामिलामा दिल्लीका पूर्व उपमुख्यमन्त्री मनिष सिसोदिया र आम आदमी पार्टी (आप) का राज्यसभा सांसद सञ्जय सिंह यसअघि नै पक्राउ परेका छन्।
यो सँगै भाजपा नेता निशिकान्त दुबेले महुआले पैसा लिएको र संसदमा प्रश्न सोधेको आरोप लगाएका छन् । यस मामिलामा महुआ मोइत्रा लोकसभाको आचार समितिमा जानुपरेको छ, जसले उनलाई यस विषयमा प्रश्न गर्न गइरहेको छ।
आपले केजरीवालले ईडीको कार्यालयमा आफ्ना प्रश्नहरूको जवाफ दिन जान सक्ने बताएको छ। तर उनी पनि पक्राउ पर्न सक्छन् । यस मामिलामा सञ्जय सिंह र मनिष सिसोदियालाई यसअघि नै पक्राउ गरि सकिएको छ । यही कारणले गर्दा पार्टीलाई अहिले आफ्नो सबैभन्दा ठूलो अनुहार पक्राउको डर छ ।
यतिबेला महुआसँग भने यस्तो भएको देखिँदैन तर यो सोधपुछ पछि उनको स्वच्छ छविमा कतै दाग अवश्य देखिने भारतीय मिडियाले जनाएको छ ।
गाजा, १६ कार्तिक ।
गाजास्थित अल शिफा अस्पतालको अवस्था ‘कोमा’ तर्फ जाँदैछ ।
आज साँझ गाजामा प्यालेस्टिनी स्वास्थ्य प्राधिकरणका प्रवक्ता अशरफ अल कुद्राका अनुसार अस्पताललाई आवाश्यक पर्ने धेरैजसो उपकरण र इन्धनहरु सकिने अवस्थामा पुगेको छ ।
‘जसका कारण अब माध्यमिक जेनेरेटरहरु मात्रै चलिरहेका छन्, अस्पतालको भेन्टिलेसन र एसी प्रणालीले इन्धन सकिन थालेपछि काम गर्न छाडेको छ,’ उनले भने ।
उनका अनुसार बिरामीका लागि अक्सिजन उत्पादन गर्ने प्रणालीले पनि काम गर्न छाडेको छ भने शवगृहमा रहेका फ्रीजरले पनि काम गर्न सकेको छैन ।
‘हामी बुझ्छौं कि प्यालेस्टिनी संगठनहरूले प्रदान गरेको इन्धन केही घण्टा मात्र टिक्न सक्छ। अबको केही दिनमा इन्धन नआएमा विपत्ति आउने छ,’ उनले अगाडी भने ।
यो त्यही क्षेत्र हो, जुन क्षेत्रलाई इजरायली सेनाले खाली गर्नुपर्ने भनेको छ, जहाँ यो अस्पताल पनि रहेको छ । इजरायली सेनाका अनुसार सो अस्पताल मुनि हमासको टनेल नेटवर्क रहेको छ, जसलाई उसले ध्वस्त बनाउन लागेको छ ।
जसका कारणले गर्दा इजरायलले सहायताको रूपमा इन्धन वितरण गर्न अनुमति दिन अस्वीकार गरेको छ। इजरायलले हमासको सैन्य कारबाहीलाई सहयोग पुर्याउन इन्धनको जोखिमलाई मोडिएको बताएको छ।
यसैगरी, उत्तरी गाजाको इन्डोनेसियाली अस्पतालमा तिनीहरूको मुख्य जेनेरेटर पनि रोकिएको छ।
निस्सन्देह, यी अस्पतालहरू पहिले नै हताहत र बिरामीहरूले भरिएका छन्। कर्मचारी थाकेका छन् । अब यस्तो देखिन्छ कि तिनीहरू यी अस्पतालहरूमा व्यवहार्यताको किनारमा रहेका छन्।
गाजा, १६ कार्तिक ।
जबलियामा इजरायली बम विष्फोटमा परी अहिलेसम्म झण्डै २०० जनाको मृत्यु भएको छ भने सयभन्दा बढी बेपत्ता भएका छन् ।
गाजाको सरकारी मिडिया कार्यालयले प्रकाशित गरेको पछिल्लो रिपोर्ट अनुसार २४ घण्टाभन्दा कम अवधिमा जबलिया शरणार्थी शिविरमा पहिलो र दोस्रो इजरायली बम विष्फोटका पीडितको संख्या १ हजार नाघेको छ।
अलजजिराका अनुसार सो आक्रामणमा परी हालसम्म १ सय ९५ जना मारिएका पुष्टि भएका छ भने १२० जना अझै बेपत्ता रहेका छन् । कम्तिमा पनि ७७७ जना घाइते हुन पुगेका छन ।
संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले जबलियामा मङ्गलबार र बुधबार भएकाे इजरायली हमलाहरूलाई ‘भयानक’ भनेका छन् ।
उता, मानव अधिकारका लागि संयुक्त राष्ट्र उच्चायुक्तले ‘असमान आक्रमणहरू युद्ध अपराध’ हुन सक्ने बताएको छ ।
इजरायलले भने हमासका एक कमाण्डरलाई निशाना बनाएर आक्रमण गरेको बताएको छ ।
काठमाडौं, १६ कार्तिक ।
नेपाल र ओमानका बिचमा आज प्रतिस्पर्धा हुदैँछ ।
आईसीसी टी–२० विश्व कप एसिया क्षेत्र छनोटको खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
सो खेल त्रिभुवन बिश्वविद्यालयको खेल मैदान किर्तिपुरमा हुनेछ । यो खेल बिहान ९ बजे सुरु हुनेछ ।
यसअघि नेपालले सिङ्गापुरलाई ८ विकेट र मलेसियालाई ६ विकेटले हराएर अाेमानसँग प्रतिस्पर्धा गर्न पुगेकाे हाे भने ओमान पनि दुई खेलमा जीत हासिल गर्दै नेपालसँग प्रतिस्पर्धा गर्न आईपुगेको हो । उसले यसअघि मलेसियालाई ३२ र सिङ्गापुरलाई २२ रनले हराएको थियो ।

नेपालले ओमानसँग आफनो समुह अर्थात समूह ‘ए’ को अन्तिम खेल खेल्न लागेको हो । नेपाल र ओमानबीच आज हुने खेलले समूह ‘ए’ को विजेता तय गर्नेछ ।
टी–२० मा नेपाल र ओमानबीच चार खेल भएको छ । जसमा नेपाल तीन र ओमान एक खेलमा विजयी भएको छ ।
काठमाडौं, १६ कार्तिक ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिहीबार बुटवल जादैँछन् ।
आम्दा अस्पतालको २५ औं वार्षिकोत्सव समारोहको उद्घाटन गर्नका लागि प्रधानमन्त्री प्रचण्ड आज बुटबल जान लागेका हुन् ।
आम्दा नेपाल, तत्कालीन बुटवल नगरपालिका र बुटवल उद्योग वाणिज्य संघबीच त्रि–पक्षीय लगानीमा निर्माण भएको उक्त अस्पताल ५० शैया बनाइएको थियो । तर, अहिले सो अस्पतालको क्षमता विस्तार गरी २ सय शैयाको बनाउने भए पछि प्रधानमन्त्री प्रचण्डले नयाँ भवनको शिलन्यास गर्नेछन ।
बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयका अनुसार प्रधानमन्त्री प्रचण्डले अस्पतालको थप २०० शय्या भवनको शिलान्यास र शैक्षिक कार्यक्रमको शुभारम्भ गर्ने कार्यक्रम तय गरिएको छ ।
काठमाडौं, १६ कार्तिक ।
नेपाली कांग्रेसका नेता योगराज ढकाललाइ दिएको आममाफीका बारेमा सर्वोच्च अदालतमा आज फैसाला हुदैँछ ।
योगराज ढकाल (रिगल) लाई कैद मिनाहा गरी सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिए पछि त्यसका बिरुद्धमा भारती शर्माले दिएको मुद्धामा आज सर्वोच्च अदालतले फैसाला सुनाउन लागेको हो ।
सर्वोच्च अदालतका न्यायाधीसत्रय ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले आममाफी दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा बिहीबार निर्णय सुनाउने जानकारी दिए अनुसार आज सुनाउन लागिएको हो ।
संविधान दिवसका अवसरमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रि परिषद्ले ढकालको कैद मिनाहा गर्ने निर्णय गरी आममाफीका निम्ति राष्ट्रपति रामचन्द्र पाैडेल समक्ष सिफारिस गरेको थियो । सरकारको उक्त सिफारिससँगै राष्ट्रपति पौडेलले कांग्रेसको भातृ संस्था तरुण दलका नेता ढकाल कारागारमुक्त हुन पुगेका थिए ।
ढकालले दिन दहाडै हत्या गरेका चेतन मानन्धरकी पत्नी भारती शर्माले रिगल निस्के पछि थप अन्यायमा परेकाे भन्दै राष्ट्रपतिको सो कदमबिरुद्ध सर्वोच्च अदालतमा रिट दिएकी थिइन । अदालतमा पटक पटक भएको सुनवाई पछि आज सर्वोच्चले फैसाला दिन लागेको हो ।
काठमाडौं, १६ कार्तिक ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नीजि कम्पनिले आयोजना गरेको कार्यक्रम बहिस्कार गरेको जनाएका छन् ।
मंगलबार आयोजित उपत्यका मेयर्स फोरमको मासिक बैठक बिचमै छाडेर हिँडे पछि त्यसबारे प्रस्टाउँदै आफनै धारणा सार्बजनिक गरेका हुन् ।
‘१७ वटा नगरपालिकाले कुनै प्राइभेट कम्पनिबाट पैसा खाएर बसाएको बैठक बहिस्कार गरेको हो, कसैको अपमान गरेको होईन्’ उनले आफनो प्रस्टीकरण दिदै सामाजिक सञ्जालमा लेखेका छन् ।
उनले निजी कम्पनिले प्रायोजन गरेको कार्यक्रम प्रति आक्रोश पनि ब्यक्त गरेका छन् । ‘नेताज्युहरुले त देशनै बेच्न खोजिसक्नु भो तर तर काठमाडौं महानगर बिक्रीमा छैन ।’
उनले अझ अगाडी लेखेका छन, ‘तपाईंहरुले पुरै देशनै बेच्नु भो भने पनि काठमाडौं एक्लै नेपाल भनेर उभिनेछ ।’
काठमाडौं, १६ कार्तिक ।
राष्ट्रियसभा बैठक बस्दैछ ।
संङघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाइएको छ ।
संङघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार बिहिवारको बैठकमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयबाट प्राप्त मन्त्रिपरिषद सदस्यहरूको कार्यभार तोकिएको सबन्धी पत्रहरूको ब्योहोरा जानकारी गराइने छ ।
साथै, बिधायन ब्यवस्थापन समितिका सभापति जयन्ती देवी राइले ‘बिधुतीय ब्यापार बिधेयक २०८०’ सबन्धी समितिको प्रतिबेदन सभा समक्ष पेश गर्ने कार्यसुचीमा उल्लेख गरिएको छ ।
काठमाडौं, १६ कार्तिक ।
नेकपा माओवादी केन्द्रले बिशेष पत्रकार सम्मेलनको आयोजना गर्दैछ ।
सरकारको नेतृत्व गरिरहेको दलले सडक संघर्षमा उत्रिएको भन्दै आलोचना भईरहेको बेला माओवादीले आज बिशेष पत्रकार सम्मेलनको आयोजना गर्न लागेको हो ।
पार्टी मुख्यालय पेरिसडाँडामा दिउँसो १ बजे सो पत्रकार सम्मेलन आयोजना गर्न लागिएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।
सत्ता सहयोगी दल नेपाली कांग्रेसलगायतले माओवादीले गर्न लागेकाे सो प्रदर्शनको आलोचना गरे पछि महासचिव देवप्रसाद गुरुङल ‘जन प्रदशर्न’ नभएर ‘माओवादी रुपान्तरण अभियान’ अन्र्तगत एक कार्यक्रम मात्रै भएको स्पष्टीकरण दिएका थिए । तर, त्यसलाइ अझ प्रस्टाउनका लागि आज पत्रकार सम्मेलन गर्न लागिएको बुझिएको छ ।