२०८३ भाद्र ४
२०८३ भाद्र ४

आरके श्रीवास्तव,राैतहट,कार्तिक १७ गते । 

राैतहट जिल्लाकाे गरूडा नगरपालिकाकाे एक स्वास्थ्य संस्थाका लागि ल्याब,उपकरण र कर्मचारी उपलब्ध गराउन माग गरिएको छ । साे नगरपालिकाकाे वडा नम्बर ५ स्थित रहेको स्वास्थ्य चाैकी शिवनगरमा बिरामी जाँचकाे लागि ल्याब जाँच उपकरण तथा कर्मचारी उपलब्ध गराउन मांग गरिएको हाे ।

वडावासी ,नगरवासीकाे स्वास्थ्यकाे मध्य नजर गरि साेही वडाका नेपाली काँग्रेस पार्टीकाे तर्फबाट वडा अध्यक्ष प्रत्यासी रमेश यादव नेतृत्वकाे टाेलीले मधेस प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरेन्द्र सिंह समक्ष बिहीबार ज्ञापनपत्र बुझाएका छन् ।

स्वास्थ्य चौकी शिवनगरमा बिरामीहरूको चाप बढी रहेको मध्यनजर गरी बिरामी जाँच गर्ने ल्याब भिडीयो एक्सरे तथा विभिन्न उपकरणहरू उपलब्ध नरहेको हुँदा साे आसपासका बासिन्दा तथा नगरका सम्पूर्ण जनताहरूलाई धेरै कठिनाइ भइरहेको र समस्या उत्पन्न भई अन्त निजी अस्पतालहरुमा महगो शुल्क तिरी उपचार गराउन बाध्यता रहेको थियोे ।

साेकाे मध्य नजर गर्दै नेपाली कांग्रेस रौतहट जिल्ला सभापति तथा प्रदेस सांसद जितेन्द्र यादव,गरूडा नगरपालिकाका मेयर प्रत्यासी सुनील यादवकाे पहलमा वडा प्रत्यासी यादव नेतृत्वकाे टाेलीले मन्त्रालयमा पुगि साे ज्ञापनपत्र बुझाएका हुन् । उक्त माग पूरा भए पश्चात् साे भेगका मानिसहरूलाई उपचार गराउन सहज हुनेछ । ज्ञापनपत्र बुझाउने क्रममा सियाराम राउत, जितेन्द्र यादव, रामप्रवेश साह लगायतका व्यक्तिहरू सहभागी थिए ।

काठमाडौं, १६ कार्तिक ।

गृह मन्त्रालयले मातहतका ४० उपसचिवको सरुवा गरेको छ। सरुवा हुनेमा केही जिल्लाका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी पनि रहेका छन्।

मापदण्डअनुसार अवधि पुगेका र सरुवा मागेकामध्ये ४० जनाको सरुवा गरेको गृह मन्त्रालयले जनाएको छ।

परासी, १६ कार्तिक ।

स्रोत नखुलेको १६ लाख ५० हजार रकमसहित एक जनालाई बिहीबार दिउँसो प्रहरीले परासीबाट पक्राउ गरेको छ।

 

पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका-२ हरपुरका २५ वर्षीय इमरान खान रहेका छन्।

 

भारतीय सीमावर्ती क्षेत्र महेशपुरबाट परासीतर्फ लु ९० प ७८८५ नम्बरको मोटरसाइकलबाट आउँदै गरेका उनलाई शंका लागि चेकजाँच गर्ने क्रममा रामग्रामको उजैनीबाट उक्त रकम बरामद भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रेशम बोहराले जानकारी दिए।

 

कालो ब्यागमा राखेर ल्याउँदै गरेको अवस्थामा बरामद भएको रकम १ हजार दरका ७ सय र ५ सय दरका १९ सय थान रहेको छ। पक्राउ परेका खानलाई रकमसहित आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको डीएसपी बोहराले बताए।

काठमाडौं, १६ कार्तिक ।

राष्ट्रपति रामचन्द्र पौडेलसँग गणतन्त्र कोरियाका कृषि, खाद्य तथा ग्रामीण मामिलामन्त्री चुङ वाङ केन नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ।

त्यस अवसरमा राष्ट्रपतिले नेपाल र गणतन्त्र कोरियाबीचको सम्बन्ध पछिल्ला वर्षमा अझ प्रगाढ हुँदै गएकामा खुशी व्यक्त गरे। साथै उनले नेपालको सामाजिक तथा आर्थिक विकासमा कोरिया भरपर्दो साझेदारका रूपमा रहेको बताएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)मार्फत नेपालले प्राविधिक सहयोग एवं जनशक्ति विकासलगायत विभिन्न क्षेत्रमा प्राप्त सहायताका निम्ति कोरिया सरकारप्रति कृतज्ञता ज्ञापन गरे।

काठमाडौं, १६ असोज ।

चेतन मानन्धरको हत्याका अभियुक्त ‘रिगल’ भनिने योग ढकाललाई दिएको आममाफि सर्वोच्च अदालतले बदर गरेपछि चेतनकी पत्नी भारती मानन्धरले अनसन तोडेकी छन्।

सरकारले रिगललाई कैद माफी दिएपछि न्याय माग्दै अनसन बसेकी भारतीले सर्वोच्चको आदेशसँगै जुस पिएर अनसन तोडेकी हुन्।

माइतीघरमा अनसनरत उनी सर्वोच्चबाट आदेश आउनु केहीबेर अघि सर्वोच्च पुगेकी थिइन्। सर्वोच्चको आदेशपछि आफूले न्याय पाएको भन्दै उनले सर्वोच्चलाई ढोगेकी छन्।

अनसनका कारण अस्वस्थ उनलाई अहिले उपचारका लागि वीर अस्पताल लगिएको छ। उनले वीर अस्पतालमै अनसन तोडेकी हुन्।

संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगलको सजाय छुट गरेका थिए। न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले बिहीबार रिगलको कैदमाफी बदर गरिदिएको हो।

रिगललाई कैद माफी दिइएपछि चेतनकी तत्कालीन पत्नी भारतीले सर्वोच्चमा रिट दायर गरेकी थिइन्।

सर्वोच्च अदालतले कैद सजाय मिनाहा बदर गरे लगत्तै ढकाललाई बाँके प्रहरीले पक्राउसमेत गरिसकेको छ।

नेपाल प्रहरीका सहायक प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले अदालतको आदेश अनुसार रिगललाई पक्राउ गरिएको हो।

काठमाडौं,१६ कात्तिक ।

एसियाली विकास बैंक(एडिबी)ले ६३५ मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनामा लगानी गर्ने प्रतिबद्धता जनाएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, एडिबीका महानिर्देशक रमेश सुब्रमण्यम  र एडिबी नेपाल आवासीय नियोगका निर्देशक आर्नोड कुश्वा सम्मिलित टोलीले बुधबार आयोजनाको स्थलगत निरीक्षण गरेको छ ।

टोलीले आयोजनाको जलाशय क्षेत्र र विद्युतगृहस्थलको निरीक्षण गर्दै बाँधस्थल खोटाङको रबुवा बजारमा स्थानीय तहका जनप्रतिनिधिहरूसँग अन्तक्रिया गरेको थियो ।


कार्यक्रममा महानिर्देशक सुब्रमण्यमले आयोजना अगाडि बढाउन उच्च तहबाट भएको यो करिब करिब अन्तिम निरीक्षण भएको भन्दै एडिबीको नेतृत्वमा जतिसक्दो छिटो वित्तीय व्यवस्थापन गर्न लागिएको बताउनुभयो । आयोजनालाई स्थानीय बासिन्दाबाट स्वीकार्ययता रहेको उल्लेख गर्दै ३८ वर्षदेखि चर्चामा रहेका आयोजनाको  प्राविधिक, वातावरणीय र सामाजिक पक्षलाई जति सक्दो छिटो टुङ्गो लगाएर निर्माणमा लैजानु पर्ने बताउनुभयो ।
आयोजनाको अनुमानित लागत निर्माण अवधिको व्याजसहित २ अर्ब २० करोड अमेरिकी डलर (करिब २ खर्ब २५ अर्ब रुपैयाँ) रहेको छ । यसमध्ये ऋणबाट १ अर्ब ६८ करोड डलर ऋणबाट र बाँकी इक्विटीबाट जुटाएर वित्तीय व्यवस्थापन गर्ने गरी तयारी भइरहेको छ ।


एडिबीको नेतृत्वमा विभिन्न अन्तर्राष्टिय वित्तीय संस्थाहरुबाट आयोजनामा एक अर्ब डलर सहुलितपूर्ण ऋण लगानी हुने छ । यसमध्ये एडिबीले आयोजनामा ५५ करोड डलरको सहुलियतपूर्ण ऋण लगानीको प्रतिबद्धता जनाएको छ । एडिबी नेपाल आवासीय नियोगका निर्देशक आर्नोड कुश्वाले  निर्णय प्रक्रियालाई तीव्रता दिन लगनशीलताका साथ काम गरिरहेको र नेपाल सरकारसँग बारम्बार वार्तामा संलग्न रहेको बताए । उनले दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना एक मेगा प्रोजेक्ट र सार्क क्षेत्रको अहिलेसम्मको सबैभन्दा ठूलो बाँध आयोजना भएको भन्दै स्थानीय समुदायमा धैर्यता राख्न आग्रह गरे ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले नेपालको विद्युत् प्रणालीका लागि दूधकोशी महत्वपूर्ण आयोजना भएकाले एक वर्षभित्रमा (सन् २०२४ डिसेम्बर) एडिबीको नेतृत्वमा वित्तीय व्यवस्थापन गर्ने गरी काम भइरहेको बताए ।  यसका लागि अहिले प्राविधिक, वातावरणीय र सामाजिक विषयहरुलाई अन्तिम रुप दिने काम भइरहेको उनले उल्लेख गरे ।

कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिहरुले आयोजना अगाडि बढ्न नसक्दा स्थानीय रुपमा विकास निर्माणका क्रियाकलाप ठप्प भएकाले आयोजनाका विषयमा रहेको अन्यौलता तत्काल हटाउन आग्रह गरेका थिए । उनीहरुले आयोजनालाई अगाडि बढाउन स्थानीय रुपमा आवश्यक सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा चिसंखुगढी गाउँपालिका, ओखलढुंगाका अध्यक्ष निशान्त शर्माले आयोजनाको लामो अध्ययन चरणलाई तीव्रता दिई जग्गाको मुआब्जा वितरण र निर्माण कार्य तत्काल थालनी गर्नुपर्ने धारणा राख्नुभयो । शर्माले यस क्षेत्र भौगोलिक रुपमा दुर्गम तथा आर्थिक रूपमा अविकसित रहेको र यसै आयोजनाका कारण पुल, सडक निर्माण जस्ता पूर्वाधार विकासका विभिन्न आयोजनाहरू ठप्प भएकाले बाहिरी बसाइँसराइको दर बढ्दै गएको चिन्ता व्यक्त गरे । उनले यस आयोजनालाई सफल पार्न स्थानीय तहको सम्पूर्ण सहयोग रहेको बताए ।

 

त्यसैगरी, खोटाङको हलेसी तुवाचुङ नगरपालिकाकी मेयर विमला राईले स्थानीय बासिन्दाको लामो समयको प्रतिक्षाको अन्त्य हुने विश्वास व्यक्त गर्दै यो आयोजनाको काम चाँडो सुरु हुने विश्वास व्यक्त गर्नुभयो । मेयर राईले हलेसी तुवाचुङ नगरपालिका र खोटाङमा रहेको बसाइसराइको प्रवृत्तिबारे जानकारी दिँदै आयोजना तत्काल सुरु भए बसाइसराइको दरमा कमी आउन सक्ने संकेत गरे ।

उनले आफू र स्थानीय समुदायले यो आयोजना विभिन्न चरणमा अगाडि बढिरहेको र समयमै सम्पन्न गर्न आतुर रहेको बताउनुभयो र यहाँको समुदाय यस आयोजनालाई सफल बनाउन मानसिक र भौतिक रूपमा तयार रहेको आश्वासन दिए ।

खोटाङको रावबेसी गाउँपालिकाका अध्यक्ष फटिककुमार श्रेष्ठले आयोजनाबाट प्रभावित जनताको जीविकोपार्जनमा सुधार आउने आशा व्यक्त गर्नुभयो ।  उहाँले आयोजना छिट्टै सुरु हुनेमा आफू पनि विश्वस्त रहेको बताउनुभयो । श्रेष्ठले आयोजनालाई प्रभावित जिल्ला हरेक व्यक्तिले सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाए ।  दूधकोशी जलविद्युत कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विमल गुरुङले आयोजनाको ऐतिहासिक सन्दर्भ, मुख्य प्रस्तावित संरचना तथा आयोजनको प्रगतिको वर्तमान अवस्थाका बारेमा जानकारी दिए ।

उनले आयोजनाको काम सुरु गर्न आफ्नो दृढ प्रतिबद्धता व्यक्त गर्दै एडिबीबाट चाँडोभन्दा चाँडो आर्थिक सहयोग प्राप्त हुने आशा व्यक्त गर्नुभयो । गुरुङले आयोजनाले पहुँच सडक, पुल, र अन्य सम्बन्धित पूर्वाधार निर्माण र मर्मतसम्भार जस्ता अन्य विभिन्न गतिविधिहरू समेट्ने उल्लेख गरे । आयोजना निर्माणबाट खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाका ३ हजार १ सय ३९ घरधुरी प्रभावित हुने छन् । जसमध्ये २३८घरधुरी पूर्ण २९०१ घरधुरी आंशिक रुपमा प्रभावित हुनेछन् । आयोजनाका लागि करिब ३० हजार रोपनी जग्गा अधिग्रहण गर्नु पर्ने छ । जग्गा अधिग्रहणका लागि प्रक्रिया अगाडि बढाइएको छ ।

आयोजनाबाट वार्षिक रुपमा ३ अर्ब ४४ करोड युनिट विद्युत् उत्पादन हुने छ । यसमध्ये सुख्खायाममा १ अर्ब ३६ करोड र वर्षायाममा २ अर्ब ८ करोड युनिट विद्युत् उत्पादन हुने छ । आयोजनाको निर्माण अवधि ७ वर्षको रहेको छ ।

काठमाडौं, १६ कात्तिक ।

पेस्तोल १ थान, गोली ३ राउण्ड र अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ग्राम, डिजिटल तराजु १ थान र नगद ५० हजार रूपैयाँसहित दुईजनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं कागेश्वरी मनोहरा मुलपानी बस्ने भारत वेष्ट बंगाल नक्सलबारी ठेगाना भएका ४८ वर्षीय मोहमद करिम र झापा कचनकवल गाउँपालिका-७ ठेगाना भएका ३७ वर्षीय हर्क बहादुर लिम्बु रहेका छन् ।

 

कागेश्वरी मनोहरा नगरपालिका-९ गोठाटारमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीलाई लक्षित गरी लागूऔषध कारोवारीले पेस्तोलबाट फायर गर्न लाग्दा प्रहरीको तर्फबाट जवाफी कारवाहीमा मोहमद करिम घाइते भई तत्काल उपचारको लागि मदर ल्याण्ड अस्पताल पेप्सिकोलामा लगिएको र घटनामा संलग्न हर्कबहादुर समेतलाई प्रहरीलेपक्राउ गरेको हो । पक्राउ परेका हर्कबहादुर २०७४ चैत २९ गते मानव वेचविखन मुद्दामा ५ वर्ष कैद भुक्तान गरी छुटेको खुल्न आएको छ ।

 

कञ्चनपुर, १६ कार्तिक ।

कञ्चनपुरमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।

 

जिल्लाको बेलौरी नगरपालिका-८ पचुई ईटाभट्टी नजिकबाट ५.७० ग्राम लागूऔषधसहित बेलौरी-६ हात्तीबोझाका २९ वर्षीय जयराम राना बुधबार साँझ पक्राउ परेका हुन्।

 

इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा रानाको साथबाट लागूऔषध फेला पारी पक्राउ गरेको बताएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

काठमाडाैँ, १६ कात्तिक ।

देशका विभिन्न स्थानबाट लागुऔषधसहित १५ जना पक्राउ परेका छन् । बाँकेकाे खजुरा गाउँपालिका-२ एल गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ३० मिलिग्रामसहित सोही ठाउँ बस्ने ३० वर्षीय अनुप सुनार समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय धनौली र प्रहरी चौकी राधापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

 

उदयपुरकाे चौदण्डीगढी नगरपालिका-९ भिमा मोहरीया चोकस्थित किराना पसलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८१ ग्राम ५ सय ५० मिलिग्रामसहित सुनसरी ईनरुवा नगरपालिका-६ बस्ने ४५ वर्षीय सलिम मिया समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको को.२८ प ४९६८ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।

 

कैलालीकाे  धनगढी उपमहानगरपालिका-३ त्रिनगर व्यारेल नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ८ सय ६० मिलिग्रामसहित बैतडी शिगास गाउँपालिका-९ बस्ने २४ वर्षीय सन्दिप चन्द समेत २ जनालाई  प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा खटिएको प्रहरीले उनीहरूलाई उक्त ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

 

कञ्चनपुरकाे बेलौरी नगरपालिका-८ पचुई इँटाभट्टाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ७० मिलिग्रामसहित सोही नगरपालिका-६ हात्तीबोझा बस्ने २९ वर्षीय जयराम रानालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

 

बर्दियाकाे गेरुवा गाउँपालिका-३ शान्तिबजारबाट अवैध लागूऔषध ब्राउनुसगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ३० मिलिग्रामसहित सोही गाउँपालिका-२ बस्ने २३ वर्षीय अमित चौधरी समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

 

बाराकाे जितपुरसिमरा उपमहानगरपालिका-१ पथलैया चोकबाट अवैध लागूऔषध गाँजा १ किलो ४ सय ग्रामसहित भारत मोतिहारी रक्सौल बस्ने ४० वर्षीया सरिता देवीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले वीरगंजतर्फ जाँदै गरेको ना.६ ख ९५३७ नम्बरको बसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

 

चितवनकाे भरतपुर महानगरपालिका-१७ गाजिपुरबाट अवैध लागूऔषध खैरो हेरोइन करिब ५ ग्राम, नापतौल गर्ने मेसिन १ थान, नगद २८ हजार २ सय ३५ रूपैयाँ, १ हजार भारतीय रुपैयाँ र बैंकको चेक ३ थानसहित सोही ठाउँ बस्ने २८ वर्षीय रोशन तामाङ समेत २ जनालाई  बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय फुलबारीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

 

काठमाडौं, १६ कात्तिक ।

प्रमुख प्रतिपक्षी दल एमाले संसदीय दलको बैठक बसेको छ ।

 

नयाँबानेश्वरस्थित संघीय संसद भवनमा जारी एमाले संसदीय दलको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल भइरहेको छ ।

 

बिहीबार मध्यरातिबाट चालु सदनको अधिवेशन अन्त्य हुनै लाग्दा बसेको बैठकमा एमालेविरुद्ध भइरहेका गतिविधिका विषयमाम पनि छलफल भइरहेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।