२०८३ भाद्र ४
२०८३ भाद्र ४

 

काठमाडौं, १८ कार्तिक ।

अरनिको यातायातले भूकम्पबाट प्रभावितका परिवारका सदस्यलाई काठमाडौंबाट जाजरकोट तथा रुकुम पश्चिम जानका निःशुल्क बस सेवा प्रदान गर्ने भएको छ।

पूर्वअरनिको यातायात प्रालिले आज जाजरकोट र रुकुमका लागि एक–एकवटा बस त्यता पठाउन लागेको प्रहरी बिट नयाँ बसपार्कले जनाएको छ।

बस जटिबुटीबाट छुटेर नयाँ बसपार्कमा रहेका यात्रु लिएर जाजरकोट र रुकुमका लागि प्रस्थान गर्नेछन्। भोलि बिहानको लागि पनि बसको व्यवस्था गरिएको छ।

भोलि पृथ्वी यातायातले पनि एउटा प्रभावित परिवारको लागि निःशुल्क बसको व्यवस्था गरेको छ। जाजरकोट र रुकुम जान चाहने भूकम्प प्रभावित परिवारका सदस्यले मोबाइल नम्बर ९८४०२६६७९७ मा सम्पर्क गर्न सक्ने प्रहरीले जनाएको छ।

 

बिराटनगर, १८ कार्तिक ।

कोशी प्रदेश सरकारले भुकम्प पीडितहरूका लागि १ करोड सहयोग दिने भएको छ ।

 

जाजरकोटलाइ केन्द्र बनाएर गए राती गएको भूकम्पबाट प्रभावितका लागि कोशी सरकारले एक करोड रुपैयाँ नगदसहित अन्य सामग्री उपलब्ध गराउने भएको हो ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीका अनुसार प्रदेश विपद कोषबाट एक करोड नगद कर्णाली प्रदेश सरकारलाई पठाइने छ भने त्रिपाल, मेट्रेक्स, कम्बललगायतका अति आवाश्यक सामाग्री एक–एक हजार थान पठाउने तयारीका साथ काम सुरू भएको छ ।

 

मुख्यमन्त्री निवासमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मुख्यमन्त्री कार्कीले भुकम्प पीडितका लागि अति आवश्यक सामग्री तत्कालै पठाउने तयारी लगभग पुरा गरिएको जानकारी दिएका छन् ।

 

काठमाडौं, १८ कार्तिक ।

भुकम्पमा परी ज्यान गुमाउनेको संख्या १४३ पुगेको छ ।

गए राती जाजरकोटलाइ केन्द्र बनाएर गएको भुकम्प परी हालसम्म १४३ जनाको ज्यान गएको हो भने घाइतेको संख्या १६६ जना पुगेका छन ।

 

नेपाल प्रहरीका अनुसार जाजरकोटमा मात्रै १ सय ५ जनाले ज्यान गुमाएका छन भने ८१ जना घाइते भएका छन ।

 

र, रूकुम पश्चिममा ३८ जनाले ज्यान गुमाएका छन भने ८५ जना घाइते भएका छन ।

 

घाइतेहरूको स्थानिय अस्पताल, सुर्खेत अस्पताल, भेरी अस्पताल र काठमाडौंमा गरी उपचार भइरहेको छ ।

 

 

काठमाडौं, १८ कार्तिक ।

पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले ‘पुतली बाजे’को निधनमा गहिरो दुःख ब्यक्त गरेका छन् ।

 

नेपालका पुतलीहरुको बारेमा लामो अनुसन्धान गरेका अन्तर्राष्ट्रिय ख्यातिप्राप्त पुतलीविज्ञ कोलन स्मिथको निधनमा गहिरो दुःख ब्यक्त गरेको हुन ।

 

‘पुतली बाजे’ले चर्चित अन्तर्राष्ट्रिय ख्यातिप्राप्त पुतलीविज्ञ कोलन स्मिथको आज बिहान पोखरामा निधन भएको थियो ।

उनले यसरी सम्झिएः

 

मेरा आदरणीय गुरू तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त पुतलीविज्ञ कोलन स्मिथ, जसलाई स्नेहभावकासाथ ‘पुतली बाजे’ भनिन्थ्यो,  को आज ९ कार्तिक १८ ० पोखरामा भएको आकस्मिक निधनबाट निःशब्द छु।

 

केही बर्ष पहिले पोखरामा वहॉसंग भेट हुॅदा  मैले सोधेको थिएँ- ‘तपाईंलाई के इच्छा छ, सर,मैले के गर्न सक्छु ?’

 

वहॉले शान्तभावमा भन्नुभएको थियो- ‘ म नेपालमै मर्न चाहन्छु। तर नेपाली नागरिक भएर मर्न चाहन्छु।’

 

५० बर्षभन्दा बढी नेपालमै बसेर त्यत्रो अन्तर्राष्ट्रिय स्तरको वैज्ञानिक खोज अनुसन्धान गर्ने व्यक्तित्वलाई पनि नागरिकता दिन हिच्किचाउने  हाम्रो सोंच र विधि विधानप्रति मलाई निकै लज्जावोध भयो। मैले समेत उच्चतहमा रोइकराइ गरेर वहॉले मानार्थ नेपाली नागरिकता पाउनुभएको थियो।

 

मलाई वाल्यकालको सम्झना छ। हामी गोरखाको अमर ज्योति हाइस्कूलमा शायद पॉच कक्षामा पढ्थ्यौं। वहॉ हामीलाई विज्ञान पढाउनुहुन्थ्यो। समय मिल्यो कि पुतली समाउने जाली बोकेर छेउको जंगल चाहार्नुहुन्थ्यो। कहिलेकाहीं त कक्षाकोठाको झ्यालबाट बाहिर पुतली देख्यो कि “ ऊ।।ऊ। पत्ताली “ भन्दै कक्षा छोडेर कुद्नुहुन्थ्यो। हामी केटाकेटी मज्जाले हॉस्थ्यौं ।’

वहॉप्रति हार्दिक श्रद्धासुमन !

 

बिरगञ्ज, १८ कार्तिक ।

नेकपा एमाले मधेस प्रदेशले भुकम्प पीडितका लागि ३ लाख सहयोग गर्ने भएको छ ।

गए राती जाजरकोटलाइ केन्द्रबिन्दु बनाएर गएको भुकम्प पीडितका लागि सहयोग स्वरूप तीन लाख सहयोग गर्ने भएको हो ।

 

पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज मधेस प्रदेशका निर्वाचित पार्टी पदाधिकारी र सदस्यहरुलाई सपथ ग्रहण कार्यक्रममार्फत सो घोषणा गरिएको हो ।

 

जाजरकोट रूकुम लगायतका जिल्लामा विनाशकारी भुकम्पबाट भएको जन र धनको क्षतीप्रति नेकपा एमाले मधेश प्रदेश कमिटी र सिंगो मधेश दुखी भएको पनि जनाएको छ ।

 

पीडितहरुको सहयोग र पुनः स्थापनाका लागि आज वीरगंजमा भएको नेकपा एमालेको मधेश प्रदेश स्तरीय विशेस कार्यक्रम मार्फत पार्टीका तर्फबाट रु ३ लाख सहयोग गर्ने निर्णय गरेको हो।

 

काठमाडौं, १८ कार्तिक ।

भुकम्प पीडितको उद्दारका लागि ८ सय ५९ जना परिचालन गरिएको छ ।

 

नेपाल प्रहरीका अनुसार जाजरकोटबाट प्रहरी नायव उपरिक्षकको नेतृत्वमा ४५० जना खटिएका छन् भने रूकुम पश्चिमवाट प्रहरी नायव उपरिक्षकको कमाण्डमा ३ सय २० जना खटिएका छन् ।

 

कर्णाली प्रदेश प्रहरी कार्यालय र गण सुर्खेतवाट ३९ जना, चौरजहारी बेस क्याम्पवाट २० जना, नेपाल प्रहरी अस्पतालका चिकित्सक प्रहरी नायब महानिरिक्षक को कमाण्डमा मेडिकल टोलीका ११ जना, सल्लान प्रहरी सहयाक निरिक्षकको कमाण्डमा १० जना र इलका प्रहरी कार्यालय बादेपीपल सुर्खेतवाट प्रहरी सहायक निरक्षकको कमाण्डमा ९ जना गरी ८ सय ५९ जना प्रहरी परिचालन गरिएको हो ।

 

काठमाडाैं, १८ कार्तिक ।

भुकम्पमा परी ज्यान गुमाउनेकाे संख्या १३८ पुगेकाे छ ।

गए राती जाजरकाेटलाइ केन्द्र बनाएर गएकाे भुकम्प परी हालसम्म १३८ जनाकाे ज्यान गएकाे हाे भने घाइतेकाे संख्या १६६ जना पुगेका छन ।

 

नेपाल प्रहरीका अनुसार जाजरकाेटमा मात्रै १ सय जनाले ज्यान गुमाएका छन भने ८१ जना घाइते भएका छन ।

 

र, रूकुम पश्चिममा ३८ जनाले ज्यान गुमाएका छन भने ८५ जना घाइते भएका छन ।

 

घाइतेहरूकाे स्थानिय अस्पताल, सुर्खेत अस्पताल, भेरी अस्पताल र काठमाडाैंमा गरी उपचार भइरहेकाे छ ।

साथै, साे भुकम्पमा परी गम्भिर घाइतेहरूलाइ उपचारका लागि काठमाडाैं ल्याइदैँछ ।

नेपाल प्रहरीका अनुसार साे भुकम्प परी घाइतेहरू मध्ये ७ जनालाई नेपाल एअरलाइन्सवाट उडानद्वारा काठमाडौं ल्याइदै गरिएको हाे

 

काठमाडौं, १८ कार्तिक ।

बुद्ध एअरले भुकम्प पीडितका लागि १ करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।

 

निजी क्षेत्रवाट सञ्चालित वायुसेवा कम्पनी बुद्ध एयरले जाजरकोट तथा पश्चिम रुकुमका भूकम्प प्रभावितका लागि १ करोड सहयोग गर्ने घोषणा गरेको हो ।

शनिवार अपरान्ह टविटरमार्फत एक सूचना जारी गर्दै सो एयरले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु १ करोड सहयोग दिने निर्णय गरेको जानकारी दिएको छ ।

 

‘जाजरकोट तथा पश्चिम रुकुममा आएको प्राकृतिक विपतमा परि त्यहाँका थुप्रै नागरिकले ज्यान गुमाएका छन् । भूकम्पले थुप्रै परिवार घरबारविहीन भएका छन् । यस दुःखद परिस्थितिमा हामी सबै नेपालीले हातेमालो तथा सहयोगका लागि तत्पर हुनै पर्छ,’ जारी बिज्ञप्तिमा भनिएको छ, ‘हामी बुद्ध एयर परिवारको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु। १ करोड सहयोग दिने निर्णय गरेका छौँ । साथै उद्धार तथा राहत सामग्री ढुवानी सहयोगका लागि पनि वचनबद्ध छौँ ।’

 

काठमाडौं, १८ कार्तिक ।

सरकारले भुकम्प प्रभावित स्थानमा पाँच दिने निःशुल्क फोन, म्यासेज र इन्टरनेटको सुबिधा उपलब्ध गराएको छ ।

 

गएराती जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भुकम्प पीडितलाई राहात उद्धारमा सहज होस भन्ने हेतुले सो सुबिधा उपलब्ध गराईएको हो ।

भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा नेपाल टेलिकमका फोन तथा म्यासेज ५ दिनका लागि निःशुल्क व्यवस्था गर्ने र उक्त क्षेत्रमा सूचना आदान प्रदान गर्न निःशुल्क नेपाल टेलिकमको वाईफाई सञ्चालन हुनेछन् ।

 

बिराटनगर, १८ कार्तिक ।

कोशी प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ ।

मुख्यमन्त्री केदार कार्कीले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई सरकारमा समेटे पछि एमाले कोशी सरकारबाट बाहिरिएको हो ।

आफनो पार्टीको बिरोध र असहमतिको बाबजुद पनि हिजो शुक्रबार माओवादीका गणेश उप्रेती र समाजवादीका कमलप्रसाद जबेगुलाई मन्त्री बनाए पछि आजबाट एमाले सरकारबाट बाहिरिएको हो ।

शनिबार बिहान एमालेबाट कार्की मन्त्रीपरिषदमा मन्त्री रहेका एमाले संसदीय दलका उपनेता राम रानाले राजीनामा दिएसँगै एमाले सरकारबाट औपचारिक रुपमा बाहिरन पुगेको हो ।

 

मुख्यमन्त्री कार्कीले मन्त्रीमा नियुक्त गरे लगत्तै प्रदेश प्रमुख परशुराम खापुङले शुक्रबार साँझ नवनियुक्त मन्त्रीद्धयलाई शपथग्रहण गराएका थिए । उनीहरूको जिम्मेवारी भने तोकिएको छैन ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।