२०८३ भाद्र ४
२०८३ भाद्र ४

गाजापट्टी, २२ कार्तिक ।

पिठो सकिएको भन्दै उत्तरी गाजाका बेकरी पसलहरू बन्द भएका छन् ।

संयुक्त राष्ट्र संघका अनुसार गाजाको उत्तरी क्षेत्रमा रहेका सबै बेकरीहरू इन्धन, पानी र गहुँको पीठोको अभावले बन्द भएका हुन ।

 

त्यसमाथी इजरायली हमालका कारण क्षतिग्रस्त भएका कारण पनि बेकरी पसलहरू बन्द गरिएको छ।

 

संयुक्त राष्ट्रले भनेको छ कि उत्तरको बजारमा गहुँको पीठो अब उपलब्ध छैन र सहायता संस्थाहरूले त्यहाँ सात दिनदेखि कुनै पनि खाद्यान्न वितरण गर्न असमर्थसमेत भएको छ।

 

गाजाको दक्षिणमा भने केवल ९ बेकरीहरू भने अझै खुला भइरहेका छन, जसले पीठो र ईन्धन उपलब्ध भए पछि त्यहाँ आश्रयमा रहेकाहरूलाई रोटी प्रदान गर्ने गरेको छ ।

 

संयुक्त राष्ट्रको राहत एजेन्सीको यो अपडेट त्यसबेला आएको हो, जुनबेला गाजाको आन्तरिक मन्त्रालयले गाजा शहर र उत्तर गाजाका सबै बेकरीहरू सोमबार बन्द गरेको बताएकाे थियाे ।

 

लमजुङ २२ कार्तिक ।

नेपालीको दोस्रो ठूलो पर्व तिहारका अवसरमा खेलिने देउसी-भैलोलगायतका कार्यक्रम लमजुङमा राति १० बजेसम्म खेल्न पाइने भएको छ।

 

शान्ति सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय लमजुङले राति १० बजेपछि देउसी-भैलोलगायतका मनोरञ्जनात्मक  कार्यक्रम नगर्न अनुरोध गरेको छ। प्रशासनले बिहान ७ बजेदेखि राती १० बजेसम्म देउसी भैलो खेल्न अनुरोध गरेको हो ।

 

प्रशासनले देउसी–भैलोलगायतका सांस्कृतिक कार्यक्रमहरू रातको समयमा गर्दा अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिहरूले शान्ति–सुरक्षामा प्रतिकूल असर पुर्‍याउन सक्ने भएकाले राति १० बजेसम्म मात्रै देउसी-भैलोलगायतका कार्यक्रम गर्न आग्रह गरेको छ।

 

दीपावलीको अवसरमा भुइँचम्पा, पटका, आतसबाजीलगायतका विस्फोटक पदार्थको विक्री वितरण र प्रयोग नगर्न आग्रहसमेत गरेको छ।

 

विस्फोटक पदार्थको उत्पादन, आयात, निर्यात तथा बिक्री-वितरण नगर्न आग्रह गर्दै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको सूचनामा निषेधित कार्यमा संलग्न भएको पाइएमा कारबाही गर्ने चेतावनी दिएको छ।

काठमाडाै, २२ कार्तिक ।

नेपालीहरुको महान चाड तिहारलाई मध्यनजर गर्दै सार्वजनिक गरिएको रोमान्टिक र डान्सिङ भावको गीतमा राजनराज शिवाकोटी र मिलन नेवारको स्वर छ । गीतमा सिवाकोटीकै शब्द तथा संगीत छ ।

 

सन्तोष अधिकारी फिल्मस्को ब्यानर एबम् अस्याप इन्टरटेनमेन्ट नेपाल र अस्ट्रेलियाको सहकार्यमा निर्माण भएको फिल्म ‘चित्रा’को छायांकन सकिएसँगै प्रचारप्रसार स्वरुप यो गीतको अडियोलाई विशेषगरि, सामाजिक सञ्जाल टिकटक र तिहारमा देउसी भैलो कार्यक्रममा नाँच्नका लागि लक्षित गरी तयार पारेर सार्वजनिक गरिएको छ ।

 

प्रवीण सिंहको कोरियोग्राफी रहेकोे भिडियोलाई पोखराका विभिन्न रमणीय स्थलमा छायांकन गरिएको छ । यो गीतमा फिल्मका मुख्य कलाकारहरु सन्तोष अधिकारी र शुभेच्छा खड्कालाई फिचरिङ गरिएको छ । यी दुबैलाई कोरियोग्राफर प्रवीण सिंहले रमाइलो स्टेपहरुमा नचाएका छन् ।

 

घनश्याम लामिछाने निर्देशित ‘चित्रा’ले बाबु र छोरीको कथालाई सूक्ष्म रुपमा उठान गरेको छ । फिल्मलाई माघे सङ्क्रान्तिको छेकोमा पौषको २७ गतेबाट नेपाल र अष्ट्रेलीयामा रिलिज गरिने छ ।

 

यो फिल्ममा सन्तोष र शुभेच्छाका साथै मेनुका प्रधान, प्रमोद अग्रहरी, अर्पण थापा, अन्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्ज्वल ढकाल, दीपेश गजुरेल र प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय छ ।

 

आशिष थापा मगर निर्माता र सन्तोष अधिकारी कार्यकारी निर्माता रहेको ‘चित्रा’ मा अजय अधिकारीको कथा, मनिष गौतमको पटकथा छ । साथै तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको फिल्ममा सम्राट बस्नेतको द्धन्द्ध निर्देशन, महेश पौडेलको छायांकन छ ।

 

फिल्ममा प्रोडक्सन हेडमा प्रतिमा थापा, लाइन प्रोड्यूसरमा कृष्ण बहादुर थापा, कला निर्देशकमा डुक राज घिमिरे, मेकअपमा सोनाली शिल्पकार, निर्माण नियन्त्रकमा तेज विक्रम केसी र अनलाइन सम्पादनमा सन्देश शाहले काम गरेका छन् ।

 

यो फिल्मको नेपाल वितरणको जिम्मा केदार पराजुलीको श्री कृष्ण फिल्मस्ले लिएको छ । यस्तै अष्ट्रेलीया अधिकार अविनाश रोका मगरले लिएका छन् ।

निर्माता अधिकारीको  ‘डलर एयुडी’ नामक फिल्मको छायांकन तिहार पछि सुरु हुनेछ । ‘घर’ र ‘आमा’ फिल्मका सह–निर्माता समेत रहेका सन्तोष अधिकारीले निर्माण गरेको अर्को फिल्म ‘तीन जन्तु’ प्रदर्शनको तयारीमा छ ।

 

नयाँदिल्ली, २२ कार्तिक ।

अबैध रुपमा अमेरिका छिर्न खोज्ने भारतीयहरुको संख्या अत्याधिक रुपमा बृद्धी भएको छ ।

विगत वर्षको तुलनामा सन २०२२–२३ मा अवैध रूपमा अमेरिका र मेक्सिकोमा प्रवेश गर्ने भारतीयहरूको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको  तथ्यांक सार्बजनिक भएको हो ।

 

अमेरिकाको भन्सार र सीमा सुरक्षाको पछिल्लो तथ्याङ्क अनुसार अक्टोबर  २०२२ देखी सेप्टेम्बर २०२३ को बीचमा ९६ हजार ९९७ भारतीयहरू अवैध रूपमा अमेरिका प्रवेश गर्ने क्रममा पक्राउ परेका छन्।

 

अमेरिकाको सिमा सुरक्षा प्रतिवेदनका अनुसार तीमध्ये ३० हजार १० भारतीय क्यानडामा र ४ हजार ७७० भारतीय मेक्सिकोको सिमानामा पक्राउ परेका थिए भने बाँकी अन्य ठाउँबाट पक्राउ परेका छन् ।

 

अमेरिकी एजेन्सीहरूले यो तथ्याङ्क यस्तो समयमा सार्वजनिक गरेका हुन्, जब गुजरात प्रहरीले गैरकानूनी माध्यमबाट अमेरिका प्रवेश गर्नेहरूमाथि अनुसन्धान गरिरहेको छ । यसबाहेक अमेरिका जाने क्रममा बेपत्ता भएका ९ भारतीयको मुद्दा पनि उच्च अदालतमा विचाराधीन रहेको छ ।

 

पछिल्लो समय विदेशमा बस्ने क्रेज लगातार बढ्दै गएको छ । धेरै भारतीयहरू राम्रो जीवनको खोजीमा त्यहाँ बस्न चाहन्छन्। तर, यसका लागि कतिपय वैधानिक साधनको सहारा लिन्छन् भने कतिपयले अवैध रूपमा त्यहाँ बसोबास गर्ने प्रयास गर्ने गरेको अमेरिकास्थित करन सिंहले बताए ।

 

टाइम्स अफ इन्डियाका समाचार अनुसार २०१९–२० मा अवैध रूपमा अमेरिकी सीमामा प्रवेश गर्ने भारतीयहरूको संख्या १९,८८३ थियो, अहिले जुन पाँच गुणा बढेर २०२१ मा ३०,६६२, २०२२–२०२३ मा ९६,९१७ पुगेको छ।  यस्तो अवस्थामा प्रहरीले समाउन नसकेका तथा अमेरिका प्रवेश गर्न सफल भएका भारतीयलाई पनि समावेश गर्ने हो भने उनीहरुको कुल संख्या अझ बढी हुन सक्छ ।

 

अहिलेसम्म धेरैजसो भारतीयहरू मेक्सिकोको सिमाना हुँदै अमेरिका प्रवेश गर्ने गरेका थिए तर यूसीबीपीले सार्वजनिक गरेको तथ्यांकले उनीहरूले अमेरिका प्रवेशका लागि अन्य बाटो पनि अपनाएको देखाएको छ ।

बेइजिङ, २२ कार्तिक ।

चीनमा विगत केही दशकदेखि लगातार बढिरहेको जनसंख्या वृद्धिका कारण यो देशको जनसङ्ख्या अर्ब नाघेको थियो ।

 

यो बढ्दो जनसङ्ख्यालाई कम गर्न सन् १९८० मा चीनले दम्पतीलाई एउटा मात्र बच्चा जन्माउन दिने नीति लागू गरेको थियो। जसलाई  ‘एक सन्तान नीति’ नाम दिइएको थियो ।

 

चीनको यो नीति ३६ वर्ष अर्थात २०१६ सम्म जारी रह्यो तर यी नीतिको परिणामस्वरुप आज यो देशको जनसंख्या ‘नकारात्मक वृद्धि’को चरणबाट गुज्रिरहेको छ ।

 

हालै भएको चीनमा जनसङ्ख्या सर्वेक्षण रिपोर्टले चीनको जनसंख्या बृ्द्दी भन्दा मृत्युदर बढी देखाइएको थियो, जसले चीनलाइ चिन्तामा लगेको छ । सो  सर्वेक्षणका अनुसार सन् २०२२ मा चीनको जनसंख्या सन् २०२१ को तुलनामा ८ लाख ५० हजारले घटेको छ ।

 

सन् १९६१ मा चीनको भयंकर अनिकालपछि यो देशले पहिलो पटक यति ठूलो जनसंख्या घटेको तथ्यांक सार्बजनिक भएको हो ।

 

सन् २०२२ को अन्त्यसम्ममा चीनको कुल जनसङ्ख्या १.४ बिलियन हुने अनुमान गरिएको थियो, जुन गत वर्षको तुलनामा ८ लाख ५० कमी देखिन आयो । यस बाहेक चीनमा जन्मदर पनि प्रति हजार ६.७७ छ भने मृत्युदर प्रति हजार ७.३७ रहेको छ, जसका कारण जन्मदर शून्यदेखि ०.६ प्रति हजारमा पुगेको छ । जसले गर्दा चीन तनाबमा परेकाे छ ।

 

ग्लोबल टाइम्सका समाचार अनुसार चाइनिज एकेडेमी अफ सोशल साइन्सका पूर्व उपनिर्देशक काई फेङले एक सेमिनारमा यस प्रश्नको जवाफ दिँदै जन्मदरमा आएको गिरावटलाई लिएर निराशावादी हुनुपर्ने आवश्यकता नरहेको बताए । उनले बरु, यो कमीलाई पूर्ति गर्न चीनले जनसङ्ख्याको गुणस्तर सुधार गर्ने अवस्था र योजना बनाउने समय आएको सुझाव दिएका छन् ।

 

घट्दो जनसङ्ख्या र कोभिड–१९ ले चीनमा ठूलो प्रभाव पारेको उनको विश्वास छ । जनसङ्ख्या घट्दा देशलाई हुने नोक्सानीबाट जोगाउन सबैभन्दा पहिले श्रम शक्तिलाई न्यायोचित र प्रभावकारी रूपमा बाँडफाँड गर्नुपर्ने, न्यून पारिश्रमिक पाउने व्यक्तिको आम्दानी बढाउनु पर्ने र आधारभूत सार्वजनिक वस्तु जनता माझ बाँडफाँट गर्नुपर्ने उनले सुझाव दिएका छन् ।

 

काठमाडौं, २२ कार्तिक ।

भूकम्पपीडितको राहत लिएर चिनियाँ सेनाको जहाज आज नेपाल आउँदैछ ।

 

चीन सरकारले भुकम्प पीडितलाई दिने राहात सहयोग सामग्री लिएर आउने दुई वटा चिनियाँ सेनाको जहाज आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अबतरण गर्नेछ ।

 

उत्तरी छिमेकी चीनले दिने उक्त सहयोग सामाग्री बुझ्नका लागि उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठ आजै पोखरा पुग्दैछन । चिनियाँ राजदूत छन सोङले सामान गृहमन्त्री श्रेष्ठलाई उक्त सहयोग सामाग्री हस्तान्तरण गर्नेछन् ।

चीनले आफनो वायु सेनामार्फत पोखरामा पठाएको सहयोग सामाग्री नेपालले भने त्यहाँवाट कर्णाली पु¥याउनेछ । चिनियाँ सेनाको जहाजमा समान आउने भनिए पनि त्यसलाई  ‘ह्युमनेटिरियन फ्लाइट’ भनिएको छ, जुन बिहान ९ बजे अवतरण गर्ने भनिएकाे छ ।

चीन सरकारले घोषणा गरे अनुसार करिब १० करोड बराबरको सामग्री लिएर चिनियाँ सेनाका जहाज चीनको छेन्दुबाट जहाज उड्नेछ ।

 

काठमाडौं, २२ कार्तिक ।

नेकपा एमालेका सांसद सुर्य थापाले जाजरकोट र रुकुमका भुकम्प पीडितलाई राहात दिन एक एकजना मन्त्रीलाई ‘फोकल ब्यक्ति’को रुपमा तोकेर काम गर्नुपर्ने बताएका छन् ।

 

गत शुक्रबार राती गएको भुकम्पमा परी ज्यान गुमाएका, घाइते भएका तथा धनजनका क्षति भएका परिवारलाई राहात दिनका लागि ‘फोकल ब्यक्ति’ तोकेर काम गर्न सुझाव दिएका हुन । उनले जाजरकोट भुकम्पमा अनावश्यक भिभिआइपी र भिआईपीको लस्कर प्रति पनि असन्तुष्टी जनाएका छन् ।
‘जाजरकोट र पश्चिम रूकुममा भूकम्पको बहाना गरी अनावश्यक पर्यटन आवश्यक छैन, प्रभावित पालिकामा सर्वदलीय संयन्त्रको मार्गदर्शनमा उद्दार, राहत र पुनस्स्थापना कार्य अघि बढाउन आवश्यक स्रोत र जनशक्ति सरकारले व्यवस्था मिलाउनु अत्यावश्यक छ, उनको सुझाव छ, ‘संघीय र प्रदेश सरकारका एक एक जना मन्त्री समन्वय मिलाउन त्यहाँ फोकल व्यक्तिका रूपमा तोकेर संघीय सांसद, प्रदेश सभा सदस्य, स्थानीय तहका जनप्रतिनिधिहरू र जिल्ला प्रशासनको जवाफदेही सहकार्यमा पीडित केन्द्रित, ठोस र आवश्यक कार्य गरिनुपर्छ, ओहदा केन्द्रित सवारी आवश्यक छैन।’

थापाले सुझाव दिदै अगाडी भनेका छन, ‘प्रचारमुखी स्टन्टबाजी र सजावटी देखावटी अभिनयले पीडितलाई खाना, नाना र छाना बन्दैनन् । २०७२ को भूकम्प र बाराको हावाहुरी पीडितका लागि सरकारले गरेको कामबाट सिकेर अघि बढ्नु जरूरी छ।’
केही दिन यता के काम भन्दा जाजरकोट जामजस्तो फजुल खर्च गरेर पीडितको नाममा राज्यकोष स्वाहा पार्ने कार्य उचित  छैन।

 

काठमाडौं, २२ कार्तिक ।

चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ आज नेपाल आउँदै छन् ।

नेपालको पाँचदिने औपचारिक भ्रमणका लागि उनी आज बुधबार नेपाल आउन लागेका हुन् ।

तिब्बतको पार्टी सेक्रेटरी छुङछेङ नेपाल भ्रमणको क्रममा द्धिपक्षिय तथा आपसी हितका बारेमा छलफल गर्नेछन । प्रधानमन्त्री पुष्पकमल दाहालको हालै भएको चीन भ्रमणको क्रममा तिब्बत क्षेत्रसँग सम्बन्धित विषयमा भएका सहमति कार्यान्वयनबारे छलफल हुने जनाईएको छ ।

 

पाँचदिन नेपाल रहने उनले भोली बिहान प्रधानमन्त्री प्रचण्डसँग भेट गर्नेछन भने यस भ्रमणको क्रममा उनी पोखरा पनि जानेछन् ।

 

काठमाडौं, २० कार्तिक ।

नेपाल राष्ट्र बैंकले आजका लागि सार्बजिनक गरेको छ ।

जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको १ को खरिद दर १३२ रुपैयाँ ९२ पैसा र बिक्री दर १३३ रुपैयाँ ५२ पैसा कायम गरेको छ भने युरोपियन युरो एकको खरिद दर १४१ रुपैयाँ ८ पैसा र बिक्री दर १४२ रुपैयाँ ७३ पैसामा कारोबारको अनुमति दिएको छ ।

 

बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ५५ पैसा र बिक्री दर १६४ रुपैयाँ २९ पैसा कायम हुदाँ राष्ट्र बैंकले अष्ट्रे्लियन डलर एकको खरिद दर ८५ रूपैयाँ ३७ पैसा तथा बिक्री दर ८७ रूपैयाँ ७५ पैसा, क्यानेडियन डलर ९६ रूपैयाँ ६९ पैसा तथा बिक्री दर ९७ रूपैयाँ १२ पैसामा कारोबार गर्न अनुमति दिएको छ ।

 

हिजो बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ४२ पैसा र बिक्री दर १६३ रुपैयाँ १५ पैसामा कारोबार भएको थियो भने आज त्यसको भाउ बढेको छ ।

 

जापानी येन १० को खरिददर ८ रूपैयाँ ८४ पैसा तथा बिक्री दर ८ रूपैयाँ ८८ पैसा बराबर भाउ पाउँदा चाइनिज युआन १ को खरिद दर १८ रूपैयाँ २५ पैसा तथा बिक्री दर १८ रूपैयाँ ३३ पैसा कायम गरिएको छ ।

 

साउदी रियाल १ को खरिद दर ३५ रूपैयाँ ३४ पैसा तथा बिक्रि दर ३५ रूपैयाँ ५९ पैसा, युएइ दिराम १ को खरिददर ३६ रूपैयाँ १९ पैसा तथा बिक्री दर ३६ रूपैयाँ ३५ पैसा कायम हुदाँ कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसामा कारोबार गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

 

नेपालगन्ज, २१ गते ।

आगामी शुक्रबार नेपालगन्जमा लोकप्रिय पप गायक सुनिल सिंह ठकुरीको एकल कन्सर्ट हुँदैंछ ।

कात्तिक २४ गते हुने कन्सर्टको तयारी तिव्र गतिमा अगाडी बढेको आयोजक कालपृष्ठ दैनिकले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।

नेपाली पप गायन क्षेत्रका लोकप्रिय गायक हुन सुनिल सिंह ठकुरी  ‘रक अन फेस्टिवल सेलिबे्रर्सन विईथ सुनिल सिंह ठकुरी’ कन्सर्टबाट भएको आम्दानी मानवीय सेवामा खर्च गरिने आयोजक कालपृष्ठ दैनिकका प्रकाशक कमल खत्रीले बताए ।

कालपृष्ठ दैनिकका संचालक एवम् कन्सर्ट निर्देशक कमल खत्रीले पत्रकार सम्मेलनमा पहिलोपटक कालपृष्ठ दैनिकले कन्सर्ट आयोजना गरेको बताए ।

‘आर्थिक मन्दीले सबै क्षेत्रमा असर परिरहेको बेला नेपालगन्जमा हुन लागेको कन्सर्टले मनोरञ्जनसँगै आर्थिक पक्षमा थोरै भए पनि योगदान गर्नेछ । कालपृष्ठ दैनिकले आयोजना गरेको यस कन्सर्टबाट आम्दानी भएको रकम मानविय सेवामा खर्च गरिनेछ,’ पत्रकार सम्मेलनमा खत्रीले भने ।

कन्सर्ट सुनिलसँगै करिब एक दशकदेखि नेपालगन्जमा बसेर गीत संगीतका क्षेत्रमा योगदान गरिरहेको  ‘आवाज द ब्यान्ड’ र स्थानीय कलाकारले पनि आफ्नो प्रस्तुती देखाउने छन् ।

नेपालगन्ज बाँकेस्थित यातायात कार्यालय नजिकैको मैदानमा हुने उक्त कन्सर्ट प्रवेश शुल्क भने निःशुल्क राखिएको खत्रीले बताए । उनले कार्यक्रम स्थिलमा फुड स्टलसमेत राखिने बताए ।

उक्त कन्सर्टले स्थानीय कलाकारलाई समेत प्रोत्साहन गर्ने बताउँदै खत्रीले ठकुरीसँगै स्थानीय कलाकारले आफ्नो प्रस्तुती प्रदर्शन गर्ने बताए ।

सो कन्सटको सोसियल मिडिया पार्टनरका रुपमा नेपालगन्ज ग्यालरी र इन्टरटेन्मेन्ट पार्टनर चित्र भित्र अनलाइन पोर्टल रहेको छ । कन्सर्ट नेपालगन्ज ग्यालरीमार्फत लाइभ देखाइने आयोजकले जनाएको छ ।

हालसम्म कन्र्सट आयोजनाका लागि नेबिको विस्कुट, रकस्ट्रङ सिमेन्ट, पिसफुल स्पा, रेडचिल्ली फ्लोरा रेष्टुरेन्ट एन्ड बारले सहयोगसमेत गरेको आयोजकले जनाएको छ ।

गायक तथा संगीतकारसमेत रहेका ठकुरीका दुई दर्जनभन्दा बढी गीत सार्वजनिक भई सकेका छन् । हाल जापानमा बस्दै आएका सुनिलको पहिलो एल्बम ‘क्रेजी ह्याट’ हो । पहिलो एल्बममा रहेको  ‘भुलीभुली देउ’ गीत १०औं इमेज अर्वाडको नयाँ गायक विधाको मनोनयनमा समेत पर्न सफल भएको थियो ।

सुनिलले गाएका गीतमध्ये ‘घटना घट्यो’, ‘जनताजान्न चाहन्छन्’, ‘१४ अञ्चल’, ‘म मान्छे बिन्दास’, ‘बेबी सुन न’चर्चित छन् । उनले जापानमा गाएको ‘नागोया नागोया आउन बेबी नागोया’चर्चित बनेको थियो । उक्त गीतमार्फत् जापानको धार्मिक, सांस्कृतिक र सामाजिक पक्षको प्रचार प्रसारमा योगदान गरेको भन्दैं जापानी सरकार र जापानी सरकारी टेलिभिजन एनएचकेले ठकुरीलाई नगदसहित पुरस्कृतसमेत गरेको थियो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।