२०८३ भाद्र ४
२०८३ भाद्र ४

सुदीप राउत,सिरहा, २५ कात्तिक

 धेरैलाई लाग्छ पत्रकारले अरुका सफलता र असफलताका कथा मात्रै लेख्छन् । आजभन्दा चार दशक अगाडिदेखि सिरहाको गोलबजार नगरपालिका—२ गुरुधामका अर्जुन थपलियाको सयम पनि अरुको बारेमा लेख्दै बितिरहेको थियो । अचेल भने उहाँ अरुका लागि समाचारको विषय बन्नुभएको छ । पछिल्लो समय उहाँले व्यावसायिक तरकारी उत्पादक कृषकका रुपमा छवि बनाउनुभएको छ । नेपाल पत्रकार महासङ्घ सिरहा शाखाको कार्यसमिति सदस्यसमेत रहनुभएका थपलिया पत्रकारितासँगै करिब एक दशकदेखि निरन्तर व्यावसायिक तरकारीखेतीमा सक्रिय हुनुहुन्छ । उहाँले करिब पाँच बिघा जमिनमा तरकारीखेती गरिरहनुभएको छ । पत्रकारिताले जीवन धान्न कठिन हुने भएकाले जीविकोपार्जनका लागि कृषि पेसा अँगालेको थपलियाले बताउनुभयो । अहिले वार्षिक रू ४० लाखभन्दा बढीको तरकारी बेचेर आम्दानी गर्ने गरेको जनाउँदै उहाँले पत्रकारितामा हुँदाजस्तो आर्थिक अभावबाट मुक्ति मिलेको बताउनुभयो । “पत्रकारितामा नाम त छ तर आर्थिकरुपमा जीवन धान्न धौधौ छ । मोफसलमा त विशुद्ध पत्रकारिता गरेर सामान्य जीवनयापन गर्न पनि सकिँदैन”, थपलियाले भन्नुभयो, “आर्थिक अभाव टार्नका लागि पनि मैले व्यावसायिकरुपमा कृषि कर्म सुरु गरेको हुँ ।” विसं २०६० भन्दा अगाडि करिब २० वर्षसम्म विभिन्न सङ्घसंस्थामा जोडिएर सामाजिक काम गर्नुभएका थपलिया पत्रकारितामा भने सानै उमेरदेखिको रुचिको रुपमा रहेको बताउनुहुन्छ । “पत्रकारिता सानैदेखिको रुचिको विषय भए पनि यसबाट श्रमजीवी पत्रकारको जीविकोपार्जनमा समस्या देखेपछि व्यावसायिक तरकारीखेती सुरु गरे । पत्रकारिता र कृषि फरक विधा भए तापनि सँगसँगै लगेको छु”, उहाँले भन्नुभयो, “अहिले वार्षिक रू ४० देखि ५० लाखको तरकारी बिक्री गरिरहेको छु । यसले १५ जना सदस्य रहेको परिवारको जीविका चलाउन सहज भएको छ ।” खेतिपातीमा श्रीमती एलिना राई र भाइ माधव थपलियालगायत परिवारका अन्य सदस्यले पनि साथ दिइरहनुभएको थपलियाको भनाइ थियो । आम्दानीबाट परिवारका सात बालबच्चालार्ई काठमाडौँ राखेर पढाइरहेको उहाँले बताउनुभयो । “वर्षको १०/१२ लाख केटाकेटीको पढाइमा खर्च हुन्छ । परिवारमा १५ जनाकोे जीविका यही तरकारीखेतीबाट चलेको छ”, थपलियाले भन्नुभयो, “कृषिलाई हेयका दृष्टिले हेर्ने चलन छ । आफू उत्पादनसँग जोडिन पाउँदा खुसी लागेको छ । आफूले कर्म गरेपछि कसैको अगाडि हात फैलाउनु पर्दैन ।” बारीभरि लगाइएको तरकारीले जो कसैको मन आनन्दित बनाउने गर्दछ । बारीसम्म तरकारी ढुवानी गर्ने गाडी लिएर व्यापारी पुग्ने गरेको उहाँले बताउनुभयो । साथै जिल्लाका स्थानीय हाटबजार तथा गोलबजारमा मङ्गलबार र शनिबार, चोहर्वामा सोमबार र बिहीबार, धनगढीमाइमा आइतबार र बुधबार गरी हप्ताको छ दिन तरकारी बेचबिखन हुने थपलियाले जानकारी दिनुभयो । उदयपुरको गाईघाट र कटारी, धनुषाको जनकपुर, सप्तरीको राजविराज र भारतको सीमावर्ती गाउँसम्म पनि तरकारी बिक्रीवितरण हुने उहाँले जानकारी दिनुभयो । तरकारी खेतीसँगै उहाँले पशुपालन पनि गरिरहनुभएको छ । दुई भैँसी र २५ वटा बाख्रा पाल्नुभएको छ । पशु चौपायालाई घासपातका लागि करिब दुई बिघामा फैलिएको बाँस र अन्य घाँसे बुट्यानसहितको वन रहेको थपलियाले बताउनुभयो । “यही वनले काठ, दाउरा र घाँसपात धानिरहेको छ । वर्षमा दुई लाख बराबरको बाँस मात्र बिक्री गर्ने गरेको छु”, उहाँले भन्नुभयो, “अब यो वर्षबाट व्यावसायिकरुपमा एक सय बाख्रा थप्ने योजना छ ।” ‘स्थानीयलाई रोजागरी सिर्जना’ पत्रकारिताबाट आफ्नो जिन्दगी धान्न मुस्किल रहेको बताउने थपलियाले अहिले गरिरहेको कृषि खेतीबाट तरकारी टिप्न, गोडमेल गर्न र बजारसम्म लैजानका लागि १० जनालाई नियमित रोजगारी दिनुभएको छ । सिजनअनुसार १५/२० जनाले थप रोजगारी पाउने उहाँको भनँइ थियो । कृषिको विकास र उत्पादनको बजारीकरणबाट मात्र आर्थिक समृद्धिको आधार तयार हुने थपलियाको निष्कर्ष छ । “काठमाडौँ कालीमाटी तरकारी बजारसम्म नेपाली किसानको पहुँच पुग्न नसक्नु र नेपालका अन्य ठूला सहरमा भारतीय तरकारीको हालीमुहाली हुनु नेपाली व्यावसायिक तरकारी कृषकका लागि दुःखको कुरा हो । भारतीय तरकारीको आलोपालो प्रणाली भएकाले नेपाली किसान मारमा छन्”, थपलियाले भन्नुभयो, “बजारमा स्थानीय उत्पादनको पुर्णरुपमा पहुँच भएको दिन मुलुकको आर्थिक अवस्थामा कायापलट हुने थियो । विदेश गएका नेपालीलाई स्वदेशमै रोजगारी दिन सकिन्छ । यहाँ जनशक्तिको अभाव हुन्छ ।” साथै विभिन्न तहका सरकारले किसानका लागि चिस्यान केन्द्र बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । ‘कृषक सहयोगी निकाय नै छैनन्’ वास्तविक किसानका लागि कुनै पनि निकाय तथा विभाग सहयोगी नभएको गुनासो थपलियाले गर्नुभयो । स्थानीय सरकारले कृषि पेसालाई प्रोत्साहनका साथ ध्यान दिन जरूरी रहेको उहाँको भनाइ थियो । “व्यावसायिक उत्पादनमा लाग्न खोज्ने कृषकका लागि सस्तो व्याजदरमा ऋणको व्यवस्था गर्न जरुरी छ”, उहाँले भन्नुभयो, “कृषिमा गरिएको लगानीबाट देशलाई नै आत्मनिर्भर बनाउन सकिन्छ ।” तरकारी किसानलाई जिल्लाका सरकारी निकायका अधिकारीले बेवास्था गरेको भन्दै थपलियाले हालसम्म अनुदान तथा सहयोग नपाएको बताउनुभयो । “पहिलो कुरा हाम्रोमा कृषिलाई हेयका दृष्टिकोणले हेरिएको छ । कृषि ऋणका लागि किसानलाई देखेपछि बैंकका कर्मचारी ‘नदुखेको टाउको डोरी कसेर दुखाउनु’ भने जस्तो गर्छन्”, उहाँले भन्नुभयो, “वास्तविक किसानलाई रू १०÷२० लाख चाहिनेमा बरु फर्जी किसानले सजिलै करोडौँ रुपैयाँ लिएर दुरुपयोग गरिरहेका हुन्छन् ।” मल, खाद्य, सिँचाइ, कृषि बिमा तथा नयाँ रोगलगायत समस्या झेलेर किसानले तरकारी उत्पादन गरे पनि विचौलियाका कारण किसान मार्कामा परेका थपलियाले बताउनुभयो । कृषि मन्त्रालय तथा सम्बन्धित निकायले कृषि पेसालाई व्यवस्थित बनाउँदै बजारीकरणमा सहयोग पु¥याउनुपर्नेमा उहाँले जोड दिनुभयो । ‘श्रमजीवी पत्रकार र जीविकोपार्जन’ श्रमजीवी पत्रकार ऐनको पूर्णरुपमा कार्यान्वयन नहुनु र पत्रकारलाई न्यूनतम पारिश्रमिकसमेतको व्यवस्था नहुँदा समग्र पत्रकारिता पेसा नै ‘मागीखाने भाँडो’जस्तो बद्नाम हुनसक्ने भएकाले सरकारले यस सम्बन्धमा ध्यान दिन जरुरी रहेको थपलियाको भनाइ छ । “स्वाभिमान जोगाएर पत्रकारिता गर्ने हो भने या त मिडिया हाउसले श्रमजीवी पत्रकारलाई पुग्नेगरी सामाजिक न्याय र सुरक्षाका हिसाबले न्यूनतम पारिश्रमिक दिनुप¥र्यो, होइन भने पत्रकारले आफ्नो पौरखले कतै केही गर्नुपरो । नभए उपाय छैन”, उहाँले भन्नुभयो, “आफ्नै पौरख र मेहनतका भरमा व्यावसायिक कृषि पेसामा हात हालियो । सामाजिक विषयमा सशक्त कलम चलाउन छाडेको छैन । म कसैसँग डराउने तथा मोलाहिजा गरेर कलमलाई बन्द गर्दिन ।” विसं २०४० मा ८ कक्षामा अध्ययनरत हुँदै गर्दा भित्तेपत्रिका प्रकाशन गरी पत्रकारिता सुरु गरेका थपलिया तत्कालीन समयमा भित्तेपत्रिका निकालेकै आधारमा विनाकारण दुई दिन थुनामा परेको घटना अहिले पनि ताजै लाग्ने बताउनुभयो । “पत्रकारितामा असाध्यै रुचि भए पनि यसैका कारण धेरै दुःख पनि पाइयो । अलि चर्चा हुन थालेपछि समाचार लेखेकैभरमा अनेक मुद्दा लगाएर फसाइयो”, उहाँले भन्नुभयो । रासस

काठमाडौँ, २५ कात्तिक

 जाजरकोट र रूकुम पश्चिममा गएको भूकम्पपछि सरकारले उद्धार र उपचारमा लिएको अग्रसरताप्रति प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई धन्यवाद दिएको छ । समितिका सभापति रामहरि खतिवडा नेतृत्वको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री दहालसँग भेट गरी भूकम्प प्रभावित क्षेत्रमा राहत र पुनर्निर्माणलाई प्रभावकारी बनाउन सुझाव दिएको हो । भेटमा समितिका सभापति खतिवडाले भन्नुभयो, “हामीले प्रभावित क्षेत्रमा पुगेर स्थलगत अवलोकन र अन्तक्र्रिया गर्यौं, उद्धार र उपचारमा प्रधानमन्त्री दाहाल स्वयं फिल्डमा पुगेर जसरी नेतृत्व गर्नुभयो, त्यसको सबैले प्रशंसा गरेका छन् । १३ घण्टाभित्र उद्धारको काम सकिनुमा प्रधानमन्त्रीको सक्रियताले नै काम गरेको हामीले पायौँ । यसका लागि समितिका तर्फबाट सरकारलाई विशेष धन्यवाद छ । अब सरकारले राहत र पुनर्निर्माणमा ध्यान केन्द्रित गर्नुपर्छ ।” समिति सदस्य एवं नेकपा (एमाले) का सांसद कृष्णगोपाल श्रेष्ठले सरकारको भूमिका र प्रधानमन्त्री दाहालको सक्रियताप्रति आभार प्रकट गर्नुभयो । उहाँले भन्नुभयो, “प्रधानमन्त्रीले एकाबिहानै प्रभावित क्षेत्र पुगेर जसरी उद्धारको काम गर्नुभयो, यो निकै प्रेरणादायी छ । देशमा सरकार छ भन्ने कुराको गहिरो गरी अनुभूति गराउनुभयो । म यसको उच्च प्रशंसा गर्दछु ।” भेटमा समितिका सदस्यहरुले अस्थायी आवासको काम हिउँदअघि नै सक्न, मृतक परिवारलाई आर्थिक राहत उपलब्ध गराउन, प्रभावित क्षेत्रमा नियमित स्वास्थ्य सेवाको व्यवस्था गर्न विभिन्न सुझाव प्रस्तुत गर्नुभएको थियो । समितिको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री दाहालले सांसदबाट प्राप्त सुझाव राम्रोसँग अध्ययन गरेर कार्यान्वयन गरिने बताउनुभयो ।  रासस

 

काठमाडौं, २५ कार्तिक ।

बालबालिकाको मुद्धालाई प्राथमिकताका साथ ठाउँं दिएर मिडियाले प्रकाशन प्रशारण गर्नुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।

 

बालबालिकालाई सचेत र संगठित बनाउन सके मात्रै भोलिको देशको भविष्य राम्रो हुने भन्दै सहभागीहरुले बालबालिकासँंग सम्वन्धित समाचारले ठाउँं पाउनुपर्ने बताए ।

 

आमसञ्चारमाध्यममा बालबालिकाको संवेदनशिलताका विषयमा विभिन्न सञ्चारमाध्यममा कार्यरत समाचारदाताहरुसँंगको राजधानीमा भएको अन्तरक्रियामा सहभागी डा. कुन्दन अर्यालले गैर राजनैतिकको दायरा जबसम्म फराकिलो हुँदैन, तबसम्म बाल संवेदनशीलतामा परिवर्तन आउन नसक्ने बताए ।


कार्यक्रमको बाल अभियन्ता तारक धितालले विभिन्न नेपाली सञ्चार माध्यमका संवाददाताहरूसंग बाल संवेदनशीलता सम्बन्धी अभिमुखीकरण गरेका थिए । उनले सञ्चार माध्यममा बालबालिकाको बिषय किन र बालबालिकाको विचार र भावनाको कदर, बालबालिकाको समस्या र मुद्दा उठान, बालबालिकाको सहभागितामा समावेसीलगायतका बिषयका अभिमुखीकरण गरे ।

कार्यक्रमका अध्यक्ष तथा चाइल्ड नेपालका कार्यकारी निर्देशक मोहन दँगालले बालबालिकाको समाचार सम्प्रेशन गर्दा तथ्यमा अधारित सामग्रीहरू माथि सम्बोधन गर्न, बालबालिकाको विषयबस्तुलाई निरन्तर प्रकृयाको रूपमा प्रयोग गरिदिन अनुरोध गरे । उनले समाचारमा बालबालिकाको विषयबस्तुमा प्रभावकारी ढंगले सम्प्रेशन गर्न पनि सुझाव दिए । यसकारण बालबालिका सम्वन्धीका समाचारको लेखनमा विशेष गाम्भीर्यता अपाउनुपर्ने उनले बताए ।

 

पेरिस, २५ कार्तिक ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले गाजामा युद्धविरामको लागि आह्वान गर्दै इजरायल र हमास बीचको युद्धको एकमात्र समाधान रहेको बताएका छन ।

 

उनले इजरायलसँग अक्टोबर ७ मा हमासले गरेको हमलामा आफैलाई सुरक्षित राख्ने र प्रतिक्रिया दिने अधिकार रहेको बताउदै उनले इजरायलले ‘युद्धका अन्तर्राष्ट्रिय नियम र मानवीय अन्तर्राष्ट्रिय कानूनको पालना गर्नुपर्छ’समेत भनेका छन्र ।

म्याक्रोनले थपे कि उनी आशा गर्दछन् कि अन्य विश्व नेताहरूले युद्धविरामको लागि उनको आह्वानमा सामेल हुनेछन्।

 

‘हामी पीडा साझा गर्छौं र हामी आतंकवादबाट छुटकारा पाउन इच्छुक छौं। फ्रान्समा आतंकवादको अर्थ के हो भन्ने हामीलाई थाहा छ। तर मलाई लाग्छ कि नागरिकमाथि आक्रमण गर्ने कुनै औचित्य छैन,’ म्याक्रोनले शुक्रबार एलिसी प्यालेसबाट बीबीसीसँग कुरा गर्दै भनेका छन्  ।

 

उता, अमेरिकी प्रशासनले युद्धविरामको लागि उनले गरेको आह्वानको विरोध गरेको छ, यद्यपि अधिकारीहरूले गाजामा जाने सहायतालाई बढावा दिन काम गरेका छन् र मानवीय पजहरूको लागि थप सहायतालाई एन्क्लेभमा प्रवाह गर्न र नागरिकहरूलाई युद्दग्रस्त क्षेत्रबाट भाग्न अनुमति दिनको लागि धक्कासमेत दिएका छन्।

एन्टोनी ब्लिन्केनले शुक्रबार गाजामा सर्वसाधारणको मृत्युको संख्याको आफ्नो सबैभन्दा प्रत्यक्ष निन्दा गरेका छन । यद्दपी उनले प्यालेस्टिनी नागरिकहरूलाई हानी कम गर्न थप कार्य गर्नका लागि आवश्यक रहेको भने जनाएका छन ।

यद्यपि ब्लिन्केनले इजरायलले उत्तरी गाजाका क्षेत्रहरूमा दैनिक सैन्य पजहरू र दुई निकासी कोरिडोरहरूको घोषणा गरेकोमा प्रशंसा गरेका छन । उनले भने, ‘प्यालेस्टिनी नागरिकहरूलाई हानि कम गर्न धेरै गर्न सकिन्छ र गर्नुपर्दछ ।’

 

लमजुङ २५ कार्तिक । 

लमजुङको सुन्दरबजार नगरपालिकाका भूमिहिन सुकुम्बासीहरुले लालपूर्जा प्राप्त गरेका छन् ।

 

सुन्दरबजार नगरपालिका अन्तर्गत विभिन्न वडामा रहेका २३ जना भूमिहिनहरुलाई सुन्दरबजार नगरपालिकामा आयोजित एक कार्यक्रममा लालपूर्जा वितरण गरिएको हो । कार्यक्रममा राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले जिल्ला समिति लमजुङद्वारा तयार गरिएको जग्गाधनी प्रमाण पूर्जा वितरण गरेका थिए ।

 

राष्ट्रिय भूमि आयोग, जिल्ला समिति लमजुङका अध्यक्ष दामोदर अधिकारीको अध्यक्षतामा भएको जग्गाधनी प्रमाण पूर्जा वितरण कार्यक्रममा प्रमुख अतिथि समेत रहेका राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले जिल्लामा पहिलो पटक सुन्दरबजार नगरपालिकाका भूमिहिनहरुलाई जग्गाधनी प्रमाण पूर्जा वितरण गर्न पाएकोमा खुसी व्यक्त गरे ।

 

निरौलाले सुकुम्बासीहरु बसिरहेको स्थानभन्दा बाहिर जग्गाको व्यवस्था गरी स्थानान्तरण गर्ने देशमा नै पहिलो पालिका सुन्दरबजार नगरपालिका रहेको बताए । नगरपालिकामा रहेका लालपूर्जा उपलब्ध गराउन सिफारिस भएका ४७ जना सुकुम्बासी तथा अव्यवस्थित बसोबास गर्नेहरु मध्ये २३ जनाले शुक्रबार जग्गाधनी प्रमाण पूर्जा प्राप्त गरेका छन् भने बाँकीको केहि प्रक्रिया बाँकी रहेको जिल्ला समितिका अध्यक्ष दामोदर अधिकारीले जानकारी दिए ।

अध्यक्ष अधिकारीले जिल्लामा विगत ४५ बर्ष देखि बसोबास गरिरहेका व्यक्तिको नागरिकतासम्म नभएको, आफू बसिरहेको स्थान छोडेर अन्यत्र जान नचाहने जस्ता भूमिहिन व्यक्तिहरु रहेको भन्दै जग्गा उपलब्ध गराउन समेत समस्या भएको साथै अर्कोतर्फ सुगम स्थानमा जग्गा पाउन नै समस्या भएको समेत बताए । अधिकारीले सुन्दरबजार नगरपालिका पछि राईनास नगरपालिकामा पूर्जा वितरणको काम गरिने भन्दै यी पालिकाका प्रमुख, उपप्रमुख लगायत कर्मचारीले अत्यन्तै चासोका साथ भूमिहिनलाई जग्गाधनी प्रमाण पूर्जा दिन लागि परेकोले यो कार्य सम्भव भएको बताए ।

 

जग्गा प्राप्त गरेपछि भूमिहिनहरुले आफूले जग्गाधनी प्रमाण पूर्जाको अभावमा विभिन्न बाधा व्यवधान झेल्दै आएको र जग्गा पाउने आशा आज यथार्थमा परिणत भएको भन्दै खुसी व्यक्त गरेका थिए । राष्ट्रिय भूमि आयोग, जिल्ला समिति लमजुङका अध्यक्ष दामोदर अधिकारीका अनुसार जिल्लाभरमा २ सय ५३ भूमिहिन र १ हजार २ सय ४५ अव्यवस्थित बसोबासी रहेको तथ्यांक छ ।

 

रियाद, २५ कार्तिक ।

साउदी अरेबियाले शनिबार संयुक्त अरब इस्लामिक शिखर सम्मेलन आयोजना गर्दैछ ।

 

साउदी अरेबियाले गाजामा देखा परेको संकटका बारेमा छलफल गर्नका लागि शनिबार संयुक्त अरब इस्लामिकको असाधारण शिखर सम्मेलनको आयोजना गर्न लागेको हो  ।

साउदीको विदेश मन्त्रालयले शनिबार बिहान स्थानीय समय अनुसार जारी गरेको विज्ञप्तिमार्फत यो जानकारी दिएको हो ।

 

साउदी अरेबियाले सुरुमा शनिबार अरब र इस्लामिक शिखर सम्मेलनहरू छुट्टाछुट्टै आयोजना गर्न लागेको थियो तर अरब राष्ट्रहरूको लिग र इस्लामिक सहयोग संगठनसँगको परामर्शपछि दुवैलाई संयोजन गर्ने निर्णय गरेको हो ।

 

लण्डन, २५ कार्तिक ।

नेपाल सरकारले पोर्चुगलमा नेपाली राजदूतावास कार्यालय स्थापना गर्ने निर्णयको गैरआवासीय नेपाली संघले स्वागत गरेको छ ।

संघका अध्यक्ष डा. बद्री केसी र महासचिव गौरीराज जोशीद्धारा शुक्रवार जारी विज्ञप्तिमा डेढ दशकदेखि संस्थागत रुपमै गरेको अथक पहलकाबीच सरकारले गरेको पछिल्लो निर्णयबाट त्यहाँस्थित २० हजार भन्दा बढी नेपालीहरुले राहत महसुस गरेको उल्लेख छ ।

विज्ञप्तिमा ‘ सरकारले पोर्चुगलमा नेपाली राजदूतावास कार्यालय स्थापना गर्ने निर्णयको गैरआवासीय नेपाली संघ हार्दिक स्वागत गर्दछ । सन् २००८ देखि नै प्रत्येक वर्ष संस्थागत रुपमै दूतावास स्थापनाको लागि संघले  सरकारसँग माग गर्दै आएको  थियो । सन् २००९ मा तत्कालिन पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको आतिथ्यतामा लिस्वनमा भएकोसंघको तेस्रो क्षेत्रीय बैठकमा पोर्चुगलमा दूतावास स्थापना गर्नुपर्ने एजेन्डा  घनीभूत रुपमा अघि सारिएको थियो ।

त्यसपश्चात पनि लगातार भएका सबै यूरोपेली क्षेत्रीय बैठकमा संघले संस्थागत रुपमा पोर्चुगलमा दूतावास स्थापनाको लागि सरकारको ध्यानाकर्षण गराउँदै आएको थियो ।  डेढ दशकदेखि संस्थागत रुपमै गरेको अथक पहलका बीच सरकारले गरेको पछिल्लो निर्णयबाट त्यहाँस्थित २० हजार भन्दा बढी नेपालीहरुले राहत महसुस गरेका छन् । यससँगै दूतावास नहुँदा पोर्चुगलमा रहेका नेपालीहरुले व्यहोर्दै आएको विभिन्न झन्झट समेत अन्त्य हुने विश्वास लिएका छौँ ।

यसका साथै पोर्चुगलमा स्थापना हुने नेपाली दूतावासमा सनिल नेपाल राजदूतमा सिफारिस हुनुभएकोमा पनि गैरआवासीय नेपाली संघ खुशी व्यक्त गर्दै उहाँको सफल कार्यकालको लागि हार्दिक शुभकामना व्यक्त गर्दछ’  उल्लेख छ ।

 

काठमाडौँ, २५ कार्तिक ।

जारी आइसीसी विश्वकप क्रिकेटमा लिग समुहका अन्तिम चरणका खेल हुदैछन् । अब लिग चरणका तीन खेल हुन बाँकी रहेका छन् ।

यसैबीच आज दुई खेल हुदैछ । आज पहिलो खेलमा अस्ट्रेलिया र बंगलादेशबीच खेल हुदैछ । यो खेल पुनेस्थित महाराष्ट्र क्रिकेट एसोसिएसन को मैदानमा नेपाली समय अनुसार नेपाल इसम्य अनुसार बिहान १०: ४५ बजेदेखि शुरु हुने छ ।

अस्ट्रेलिया यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ र सेमिफाइनलमा दक्षिण अफ्रिकासँग खेल्ने निश्चित भएकोले यस खेलको नतिजाले अस्ट्रेलियालाई कुनै फरक पर्ने छैन । तर बंगलादेशका लागि भने २०२५ को च्याम्पियन्स ट्रफीमा छनौटका लागि यो खेलको जित आवश्यक रहेको छ । अहिले बंगलादेश आठौ स्थानमा रहेको छ ।

त्यसैगरी आज अर्को खेलमा पाकिस्तानले इङल्याण्डको सामना गर्ने छ । कोलकोतास्थित इडेन गार्डेन स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न २: १५ बजेदेखि हुने छ ।

प्राविधिक रुपमा पाकिस्तानको सेमिफाइनल यात्राको सम्भावना भएपनि व्याबहारिक रुपमा भने सम्भव देखिदैन । पाकिस्तान सेमिफाइनलमा पुग्न इङल्याण्डलाई २८७ रन अन्तरले पराजित गर्नु पर्ने देखिन्छ भने इङल्याण्डले दिएको लक्ष्य बढीमा २२ बलमा चेज गर्नुपर्ने असम्भव अंक गणित रहेको छ । यसका लागि कुनै चमत्कार नै हुनुपर्ने देखिन्छ ।

त्यस्तै इङल्याण्ड सेमिफाइनलको दौडबाट बाहिरिइसकेको छ भने हाल सातौं स्थानमा रहेकाले यो खेल हारेपनि च्याम्पियन्स ट्रफिमा स्थान बनाउने सम्भावना देखिएको छ ।

 

 आरके श्रीवास्तव,राैतहट,२४ गते

कार्तिक राैतहट जिल्लाकाे फतुवा बिजयपुर नगरपालिकाकाे एक बिधालयमा आज छात्रवृत्ति र पाेशाक वितरण गरिएको छ । साे नगरपालिकाकाे वडा नम्बर ५ स्थित रहेकाे श्री प्राथमिक बिधालय डुमरियामा छात्रवृत्ति र बिधालयकाे हाउस ड्रेस प्रदान गरिएको हाे । मंगलबार र शुक्रबार लगाउने साे ड्रेस प्रदान गरिएको बिधालयले जनाएको हाे ।

बिधालयका जग्गा दाता श्रीमती भावना बस्नेतले उपलब्ध गराएको ४५ हजार बराबरकाे पाेशाक वितरण भएको हाे । शुक्रबार नगरपालिका बाट आएको आर्थिक २०७९/०८० काे छात्रवृत्ति वितरण गरिएको हाे । बिधालयमा अध्ययनरत सम्पूर्ण छात्रा,दलित छात्र,छात्राहरू लाई कुल ३० हजार ८ सय रूपैयाँ वितरण गरिएको प्रधानाध्यापक संताेष कुमार जयसवालले जानकारी गराउनु भएको हाे ।

साे बिधालयमा अध्ययनरत कक्षा १ देखि ५ सम्मका बिद्यार्थीहरू लाई वितरण गरिएको हाे । बिधालय व्यवस्थापन समितिका अध्यक्ष शम्भु महताे काेईरीकाे अध्यक्षतामा वितरण गरिएको हाे । साथै बिधालय व्यवस्थापन समितिका पदाधिकारीहरू र स्थानीय भद्रभलादमीहरूले बिधालयमा निर्माण भएको भवनकाे हिसाबकिताब प्रअ जयसवाल सँग लिएका थिए ।

छात्रवृत्ति वितरणकाे अवसरमा पूर्व अध्यक्ष भाेला महताे काेईरी,पूर्व अध्यक्ष रघुवंश यादव,वडा सदस्य शिवशंकर यादव,प्रमाेद कुशवाहा,स्थानीय भद्रभलादमी, बुद्धिजीवीहरूकाे उपस्थिति रहेकाे थियाे ।

 

 

काठमाडौँ, २५ कार्तिक ।

करिम बेन्जमाको ह्याट्रिकमा अल इत्तिहादले अभा क्लबलाई पराजित गरेको छ ।

साउदी प्रो लिग अन्तर्गतको गएराती सम्पन्न खेलमा अल इत्तिहादले अभालाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।

अल इत्तिहादको जितमा करिम बेन्जमाले ह्याट्रिक गरेका थिए । त्यसैगरी इत्तिहादका लागि अर्को गोल इगोर कोरोनाडोले गरेका थिए । त्यस्तै अभाका लागि कार्ल तोको र् फहाद अल जुमायाहले एक एक गोल गरेका थिए ।

यो जितपछि इत्तिहादको १३ खेलमा २४ अंक भएको छ र लिगमा पाँचौं स्थानमा उक्लिएको छ । त्यस्तै अभाको १३ खेलमा १३ अंक रहेको छ र लिमा १३औं स्थानमै रहेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।