काठमाडौं,२८ कात्तिक
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले सामाजिक सञ्जाल प्लेटफर्म टिकटक बन्द गर्नुभन्दा पनि नियमन जरुरी रहेको बताएका छन् ।
सरकारले टिकटक बन्द गर्ने निर्णय गरेपछि आज मेयर बालेनको यो अभिव्यक्ति आएको हो । टिकटकले विकृतिमात्र नभएर धेरै नयाँ उद्यमीहरूलाई आफ्नो बजार प्रवर्द्धन गर्ने ठाउँ दिएको, मौका नपाएका प्रतिभाहरूलाई आफ्नो प्रतिभा देखाउने ठूलो अवसर टिकटकले सिर्जना गरिदिएको र नेपाली गीत संगीतलाई अन्तर्राष्ट्रियकरण गर्न मद्दत गरेको उनको टिप्पणी छ ।
तर, नियमनको अभावमा आफूले पनि टिकटकबाट हैरानी खेपेको बताएका उनले टिकटक मात्र नभएर अन्य सामाजिक सञ्जालहरूलाई पनि अनुगमन, नियम र करको दायरामा ल्याउने प्रयास गर्दा राम्रो हुने सुझाएका छन् ।
‘अब नेपाल सरकारलाई मेरो अनुरोध टिकटक मात्र हैन अन्य सामाजिक सञ्जालहरूलाई अनुगमन, नियम र करको दायरामा ल्याउने प्रयास गर्दा राम्रो होला । अब भनेको करको दायरामा ल्याउने र टिकटक मार्फत सामाजिक सद्भाव बिगार्नेलाई कारबाही गर्ने संयन्त्र विकास गर्ने हो । अहिले जस्तो बन्द नै गर्ने होइन । बन्द समाधान होइन, अब यो बन्दलाई टिकटकसङ नियमन गर्नलाई दह्रो आधार बनोस् । मर्यादित भएर फेरि टिकटक चलाउन पाइयोस् । ‘उनले भनेका छन् ।
यस्तो छ उनको स्टाटस-
मेरो व्यक्तिगत रूपमा धेरै नै फेक आइडिले गर्दा शुभचिन्तकहरूले दुख पाउनु भएको अवस्था थियो । तर यो भन्दैमा अहिले जस्तो टिकटकलाई बन्दै गर्नु पर्छ भन्ने हैन ।
काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन)ले टिकटक बन्द नभई नियमन गर्नुपर्ने बताएका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रतिक्रिया दिँदै सामाजिक सद्भाव बिगार्नेलाई कारबाही गर्ने संयन्त्र विकास गर्दै टिकटक चल्न दिनुपर्ने बताएका हुन् ।
‘बन्द समाधान होइन, अहिले जस्तो बन्द नै गर्ने होइन । यो बन्दलाई टिकटकसँग नियमन गर्न दह्रो आधार बनोस्,’ उनले भनेका छन्, ‘मर्यादित भएर फेरि टिकटक चलाउन पाइयोस् ।’
आफ्नो नाममा भएका कयौं फेक आईडीले दु:ख दिएकोसमेत उनले स्मरण गरेका छन् ।
उनले टिकटकमात्रै होइन अन्य सामाजिक सञ्जालहरूलाई पनि अनुगमन, नियम र करको दायरामा ल्याउनु पर्ने बताएका छन् ।
यस्तो छ उनको प्रतिक्रिया
यदि तपाईँहरू टिकटक चलाउनुहुन्थ्यो भने धेरै पटक मेरो केही समय पहिलेको भिडियो दुरुपयोग गरेर ‘टिकटक लाइभ’ गरेको देख्नुभयो होला । केही समय यता मेरो नाममा यस्ता धेरै फेक आइडी बनेका छन् । जसले मिथ्या सूचना प्रसारण गरेका पनि छन् ।
हामीले यस्ता फेक आइडी बन्द गर्न टिकटकलाई पटक पटक अनुरोध गर्यौं । नेपाल प्रहरीको साइबर ब्युरोमा पनि गुहार्यौं । नेपाल दूरसञ्चार प्राधिकरण पनि गुहार्यौं । सबैले प्रयास गर्दा पनि टिकटकले यस्ता फेक आइडी हटाउने र मिथ्या सूचना रोक्ने कुरामा ध्यान नदिएको अवस्था थियो ।
मेरो व्यक्तिगत रूपमा धेरै नै फेक आइडीले गर्दा शुभचिन्तकहरूले दु:ख पाउनुभएको अवस्था थियो । तर यो भन्दैमा अहिले जस्तो टिकटकलाई बन्दै गर्नु पर्छ भन्ने हैन ।
यसले विकृति मात्रै ल्याएको मात्र छैन, धेरै नयाँ उद्यमीलाई आफ्नो बजार प्रवर्द्धन गर्ने थलो भएको भएको छ । साथै मौका नपाएका प्रतिभाहरूलाई आफ्नो प्रतिभा देखाउने ठूलो platform भएको छ । यति मात्रै हैन टिकटकले नेपाली गीतसङ्गीतलाई अन्तर्राष्ट्रियकरण गर्न मद्दत गरेको पनि छ ।
अब नेपाल सरकारलाई मेरो अनुरोध टिकटक मात्र हैन अन्य सामाजिक सञ्जालहरूलाई अनुगमन, नियम र करको दायरामा ल्याउने प्रयास गर्दा राम्रो होला । अब भनेको करको दायरामा ल्याउने र टिकटकमार्फत सामाजिक सद्भाव बिगार्नेलाई कारबाही गर्ने संयन्त्र विकास गर्ने हो । अहिले जस्तो बन्द नै गर्ने होइन । बन्द समाधान होइन,
अब यो बन्दलाई टिकटकसङ नियमन गर्नलाई दह्रो आधार बनोस् । मर्यादित भएर फेरि टिकटक चलाउन पाइयोस् । लोकान्तर
काठमाडौं, २८ कात्तिक ।
काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले टिकटक बन्द गर्ने सरकारको निर्णयमा घुमाउरो शैलीमा खुसी व्यक्त गरेका छन् । उनले फेक आइडी हटाउन टिकटकलाई कयौँ पल्ट अनुरोध गरेको र नेपाल प्रहरीको साइबर व्यूरोलाई समेत गुहारेको स्मरण गराउँदै टिकटकलेयस्ता कुरामा ध्यान नदिएको बताएका छन् । बोलनले आफ्नो नाममा खोलिएका धेरै फेक आइडीका कारण धेरै शुभचिन्तहरुले दुःख पाउनुपरेको उल्लेख गरेका छन् ।
टिकटकका धेरै राम्रा पक्षहरु भएपनि सरकारले उचित नियमन गर्न आवश्यक रहेको उनले बताए । उनले सरकारलाई टिकटकमात्रै नभएर अन्य सामाजिक सञ्जाल पनि अनुगमन र नियमन गरी करको दायरामा ल्याउन आग्रह गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्ः
टिकटक लाई कयौँ पल्ट फेक आइडी हटाउन अनुरोध गर्यौ , नेपाल प्रहरी साइबर क्राइम गुहार्यौ , नेपाल दूर सञ्चार प्राधिकरण नि गुहार्यौ । सबैले प्रयास गर्दा पनि टिकटकले यस्ता कुरामा ध्यान नदिएको अवस्था थियो , यसले गर्दा मेरो ब्यक्तीगतरुपमा धेरै नै फेक आईडिले गर्दा मेरो सुभचिन्तकहरु ले दुख पाउनु भएको अवस्था थियो । तर यो भन्दैमा टिकटकलाई बन्दै गर्नु पर्छ भन्ने हैन यसले धेरै विकृति ल्याएको मात्र छैन धेरै नयाँ उद्यमीहरूलाई आफ्नो बजार प्रवर्द्धन गर्ने ठाउँ भएको थियो । साथै मौका नपाएका प्रतिभाहरूलाई आफ्नो प्रतिभा देखाउने ठुलो platform भएको थियो साथै नेपाली गीत संगीतलाई अन्तर्राष्ट्रियकरण गर्न मद्दत गर्दै थियो ।
अब नेपाल सरकारलाई मेरो अनुरोध टिकटक मात्र हैन अन्य सामाजिक सञ्जालहरूलाई अनुगमन, नियममा ल्याउनु प्रयास गर्नु होला करको दायरामा ल्याएर गलत गर्ने कुरा लाई सेन्सर गर्ने आफ्नो संयन्त्र विकास गर्नु होला । बन्द समाधान हैन , यो बन्दलाई टिकटक सङ नियमन गर्नलाई दरो आधार बनोस् मर्यादित भएर फेरि टिकटक चलाउन पाइयोस् । रिपोटस्र नेपाल
काठमाडौँ, २८ कात्तिक :
नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य दुर्लभ थापा क्षेत्रीले हाम्रोजस्तो विकासोन्मुख मुलुकका जनताले सांसद कानुन निर्माण भन्दा बढी विकास निर्माणमा केन्द्रित भएको रुचाउने बताउनुभएको छ । रासससँग कुरा गर्दै उहाँले सांसद देशका आवश्यक नीति नियम बनाउने काममा लाग्नुपर्ने भए पनि जनताका अपेक्षा र हाम्रो राजनीतिक संस्कृतिका कारणले गर्दा विकास निर्माणमा बढी लाग्नुपर्ने अवस्था रहेको उल्लेख गर्नुभयो । भक्तपुर क्षेत्र नं २ मा कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यमा २४ हजार दुई सय ३९ मतका साथ उहाँ विजयी हुनुभएको थियो । वडा, प्रदेश र सङ्घका जनप्रतिनिधि तथा कार्यपालिकाको काम र जिम्मेवारी फरक फरक हुनुपर्ने भएपनि हामीकहाँ सबै जनप्रतिनिधि सबै किसिमका जिम्मेवारीमा व्यस्त हुन रुचाउने गरेको आफूले पाएको उहाँले बताउनुभयो । जनताको अपेक्षा पनि कानुनले निर्धारण गरेकोभन्दा फरक हुने गरेको उहाँले अनुभव सुनाउनुभयो । कांग्रेस भक्तपुरका सभापति समेत रहनुभएका सांसद थापाले भन्नुभयो, “मैले सदनमा पहिलो दिन उपस्थित भएर शीर्ष नेताको सम्बोधन सुनेपछि त झन सांसदभन्दा म वडाअध्यक्ष लड्नुपर्ने रहेछ माननीय भइन्छ भन्ने लाग्यो ।” विसं २०२५ भदौ २३ गते भक्तपुरमा जन्मनु भएका उहाँले आफूले सानो उमेरदेखि अहिलेसम्म राजनीतिक नेतृत्वबाट एउटै कुरा सुनिरहेको उल्लेख गर्दै भन्नुभयो, “सानो छँदा पनि मत माग्न आउने नेताहरुले बाटो, खानेपानी, बिजुली, पुल, पुलेसालगायत कुरा बनाइदिने आश्वासन दिने गर्थे, अहिले पनि जनताको त्यही अपेक्षा छ भने के चाही परिवर्तन ग¥याँै त हामीले ?” जनताले पनि चुनावमा सांसदसँग बाटो माग्ने होइन नि त । चुनाव जित्नलाई बाटो नै बनाउनुपर्नै रहेछ, अनि कसरी कानुन निर्माणमा केन्द्रित हुने ।” हामीकहाँ पहिला घर बनाउने अनि बाटो, बिजुली, पानी र अन्य सुविधा पु¥याउनुपर्ने चलन रहेको बताउँदै नेता थापाले त्यस्ता आधारभूत सुविधा भएको स्थानमा पो घर बनाउनुपर्ने होइन भनी प्रश्न गर्नुभयो । सानै उमेरदेखि नेपाल विद्यार्थी सङ्घबाट राजनीतिमा प्रवेश गर्नुभएको उहाँले भन्नुभयो, “अनि हामीजस्ता राजनीति गर्नेले त्यस्ता स्थानमा बाटो खोल्दिन्छु बिजुली ल्याई दिन्छु भन्नुपर्ने रहेछ ।” यो कुराको चिरफार गर्न आवश्यक रहेकामा उहाँले जोड दिनुभयो । सदनमा सांसदको प्रस्तुतिका सन्दर्भमा सांसद थापाले जनताका प्रतिनिधिको सर्वोच्च थलो सङ्घीय संसद्मा अनुशासित र संयमित भएर छलफलमा भाग लिनुपर्ने धारणा व्यक्त गर्नुभयो । “सदनलाई मर्यादित तुल्याउन जनप्रतिनिधिको ठूलो भूमिका हुन्छ”, उहाँले भन्नुभयो । थापा मीनभवन क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिका प्रत्यासी हुनुका साथै नेविसङ्घको केन्द्रीय सदस्य हुँदै पार्टीको राजनीतिमा प्रवेश गर्नुभएको हो । अहिलेको राजनीतिप्रतिको वितृष्णालाई चिर्न नसके सम्पूर्ण प्रणाली नै असफल हुने चिन्ता व्यक्त गर्दै नेता थापाले भन्नुभयो, “हामीजस्ता सांसदहरु सदनमा ठूला ठूला र आदर्शका कुरा गर्छौं, जनतालाई त्यसको के अर्थ त्यसैले यथार्थ र व्यवहारिक कुरा मात्र बोल्नुपर्छ ।” सदनमा देशभित्र अवसर नभएर युवा पलायन भए भनेर आदर्शका कुरा छाट्ने नेताका छोराछोरी विदेशमा रहेका उहाँले जानकारी गराउनुभयो । उहाँले नेपालको संविधानले व्यवस्था गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको संस्थागत गर्न र रक्षाका लागि सबै नेपाली एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । सदनलाई प्रभावकारी बनाउन हामी सबै सच्चिन पर्ने जोड दिँदै उहाँले भन्नुभयो, “हामी संसद हौँ कि अरु केही वा वडाध्यक्ष हौ छुट्याउन प¥यो ।” उहाँले साना मुद्दामा पनि प्रतिपक्षी दलहरूले संसद् अवरुद्ध गर्दा संसद्ले अपेक्षाअनुसार काम गर्न नसकेको बताउनुभयो । सरकारले पर्याप्त ‘विजनेस’ दिन नसकेकाले पनि सदनले पर्याप्त काम गर्न नसकेको उहाँको भनाइ थियो । मुलुकमा भ्रष्टाचार र अनियमितता बढेको र यसलाई नियन्त्रण गर्न राजनीतिकर्मीको के भूमिका रहन्छ भन्ने प्रश्नमा सांसद थापाले भन्नुभयो, “सामान्य राजनीति गर्ने व्यक्ति होस् वा सरकारी कर्मचारी महँगा गाडी फेरि फेरि चढछन्, काठमाडौँजस्तो महँगो स्थानमा घरजग्गा जोडेका छन्, बालबच्चालाई महँगा विद्यालयमा पढाएका छन्, महँगो जीवनशैलीमा रहेका छन्, यति देखेपछि भ्रष्टाचारी खोज्न कही जानुपर्छ ।” कांग्रेसको १३औँ र १४औँ महाधिवेशनबाट भक्तपुर कांग्रेसको जिल्ला सभापतिमा निर्वाचित उहाँले भ्रष्टाचार र अनियमितताका विषयमा सत्य, तथ्य छानबिन गरी दोषीलाई जो–केही भए पनि कारबाहीको दायरामा ल्याउन सबै दलबीच एकजुट हुनुपर्ने सुझाव दिनुभयो । रासस
राैतहट,कार्तिक २७ गते राैतहट ।
नेकपा एमालेका महिला नेतृ तथा संघिय सासद विणा देवी साहको प्रमुख आतिथ्यमा शुभदिपावली तथा छठ पर्वको अवसरमा शुभकामना र सम्मान कार्यक्रम गरुडामा सम्पन्न भएको छ । सो अवसरमा शुभकामना दिदै सासद साहले पृथ्वीलोकमा जहिले पनि सत्यको विजय हुदै आएको उनले बताए । असत्य गर्नेले केही समय उत्साहित भए पनि अन्त्यमा सत्यको नै विजय हुदै आएको उनले उदाहरण सहित स्पष्ट पारे । परिवारजन तथा सन्तान सुख तथा दिर्घायुको लागी छठपर्व हुदै आएको बताउदै सवै वर्गमा उतरोतर प्रगति तथा सुख शान्तिको कामना गरे । सुन चादी व्यवसायी संघ राैतहटको आयोजनामा भएको शुभकामना कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तिलाई सम्मान समेत गरिएको हो ।

संधका जिल्ला अध्यक्ष अरुणकुमार साेनीको अध्यक्षतामा भएको कार्यक्रममा गरुडा नगर उपप्रमुख पुनम चाैधरी , सुन चादी व्यवसायी संघ मधेस प्रदेसका अध्यक्ष रामजी साह, गरुडा नगर प्रमुख प्रत्यासि बृज किशोर यादव , गरुडा नगर प्रमुख प्रत्यासि दिपक यादव , गरुडा नगर उधाेग वाणिज्य संघका पुर्व अध्यक्ष राम भराेस यादव , गरुडा नगरपालिका वा नम्बर २ का अध्यक्ष कृष्णनन्दन सहनी ,वडा नम्बर ३ का अध्यक्ष अम्बिका सहनी , वडा नम्बर ५ का अध्यक्ष राम विनाेद साह ,वडा नम्बर ६ का अध्यक्ष रामबाबु चाैधरी ,वडा नम्बर ९ का वडा अध्यक्ष राजेश सहनी सहितका वक्ताले शुभकामना व्यक्त गरेका थिए ।

साे अवसरमा गरुडा उधाेग वाणिाज्य संघका अध्यक्ष सुनिल साह , वरिष्ठ उपाध्यक्ष सुशील साह,उपाध्यक्ष राम ईशवर साह ,महिला सदस्य शुसिला देवि,नेकपा एमाले गरुडा नगर कमिटी अध्यक्ष अन्जनी साह,गरुडा बहुमुखी क्याम्पस अध्यक्ष लक्षमण साह,हाम्रो रिण वचत सहकारीका अध्यक्ष हरेन्द्र जयसवाल ,लायन्स कल्ब गरुडाका अध्यक्ष हरेन्द्र यादव ,युवा नेता लक्ष्मी साह र सन्तोष साहको उपस्थितिमा कार्यक्रम भव्यताका साथ सम्पन्न भएको संधका उपाध्यक्ष कामेश्वर नाथ साहले बताए ।

काठमाडौँ, २८ कात्तिक :
यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोवद्र्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । कार्तिक शुक्ल प्रतिपदाका दिन गोवद्र्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी सम्मान प्रकट गर्ने गरिन्छ । आजका दिनमा घर आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वत मानी पूजा गरिन्छ । द्वापर युगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवद्र्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवद्र्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ । गोवद्र्धन पूजा प्रतिपदाका दिन सूर्योदय भएका दिन गर्नुपर्ने विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताउनुभयो । बली, हलि एवम् गोरु पूजा भगवान् विष्णुले बली राजालाई यमपञ्चकका पाँच दिन मत्र्यलोकको शासन गर्ने अधिकार दिएको विश्वासका आधारमा आज बली राजाको पनि सम्झना स्वरुप पूजा आराधना गरिन्छ । यसैकारण तिहारमा देउसी भैलो खेल्नेले ‘हामी त्यसै आएनौँ बली राजाले पठाए’ भनेर भट्याउने चलन चलेको हो । वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजा आजा गरी मीठा मीठा खानेकुरा खान दिने प्रचलन छ । गोरुलाई देवाधिदेव महादेवको वाहन अर्थात् साँढेका रूपमा पनि पूजा गर्ने परम्परा छ । यसैगरी वर्षभर गोरु जोत्ने हलि एवम् अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठा मीठा परिकार खुवाइन्छ । यसैले आजको दिनलाई हलि तिहार वा अपभ्रंश भई हलतिहार पनि भनिन्छ । रासस
बिशाल बस्नेत ,महोत्तरी, २७ कार्तिक
एक बर्ष अगाडि मात्र फर्केर हेर्ने हो भने कर्जन्हा नगरपालिकाको वडा न.६ स्थित कमला नदिको किनारमा रहेको वगरमा कासघारी र बालुवा मात्र मात्र थियो ।
बगर नै बगर रहेको बरहरा मिर्चैया भन्ने यस ठाउँमा दिउसै मानिसहरु आवतजावत गर्न डराउथे ।
तर बर्ष दिनको छोटो अवधीमा यही बालुवाघारी हरियाली मात्र हैन, गरिव र भुमिहिनको लागी सबथोक बनेको छ ।
लटरम्म फलेको खुर्सानी देखाउदै स्थानिय रामेस्वर सिंहले भने-` यदि यो बगर नगरले गरिखान दिएर सहयोग नगरेको भए त हामी निक्कै समस्यामा हुन्थ्यौ ।´

`पहिले बनिबुथो गरेर खान पनि खान धौधौ हुन्थ्यो, ´ एक बर्ष अगाडीको स्मरण गर्दै सिंहले भने, `अर्काको ज्यालादारी गरेर आएको पैसाले जिविकोपार्जन गर्थ्यौ अहिले त यही बगरवाट त्यस्को दोब्बर आम्दानी हुन्छ ।´
सुरुमा त सिंहले बगरमा खेती गरेर आयआर्जन होला भन्ने पत्याउन नै सकेका थिएनन । `माटो नभएको, वालुवा नै वालुवा भएको उक्त ठाउँमा नगर र गैरसरकारी संस्थाहरुले अन्यत्र ठाउँवाट माटो मात्र ल्याएनन, प्राङगारिक मल समेत ल्याएर बगरलाई उर्वरायुक्त बनाए,´ सिंहले भने, `अनी हामीलाई सु:खका दिन आए जस्तो लाग्यो ।´
रामेस्वर सिंह जस्तै अहिले २४३ भुमिहिन, गरिब र विपन्न समुदायका परिवार आजकाल यही बगरमा आश्रीत बनेका छ्न ।

नगरपालिका र युएनडिपीको आर्थिक सहयोग अनि सामुदायिक विकास तथा पैरवी मंचको प्रावधिक सहयोगमा झण्डै ११६ बिगाह जमिनमा पुर्ण भुमिहिन, गरिव तथा विपन्नहरुका लागी जिविकोपार्जनको माध्यम मात्र बनेको छैन, नगरको नै समृद्धिको आधार समेत तयार भएको छ ।
नदी उकास बगरहरु मधेशमा क्रसर माफिया र भु-माफियाहरुको निसाना बनिरहेको बेला नगर तथा गैरसरकारी संस्थाहरुले गरिबी उन्मुलनका लागि गरेको प्रयास उदाहरणिय बनेको भन्दै युएनडिपि मधेश प्रदेश प्रमुख धनबहादुर चनले यो नेपालको नौलो कृषि क्रान्ती भएको बताए ।

नगरको अधिनमा रहेको क्षतिग्रस्त भु: भागमा सामुहिक खेती गर्नु समाजवादको अभ्यास समेत भएको सामुदायिक विकास तथा पैरवी मञ्च नेपालका अध्यक्ष नागदेव यादवको बुझाई छ ।
अहिले यहाँ ११ हजार भन्दा बढी फलफूलका बिरुवा हुर्कदै छन भने ७० बिगा क्षेत्रफलमा तरकारी खेती गरिएको छ । सिंचाइका लागी भुमिगत पानीलाई उत्खनन् गरेर ४ वटा इनार वनाईएको छ ।
उत्पादित वस्तुहरुलाई बजारसम्म पुर्याउन यो ११६ विगा जग्गालाई दुई भागमा बिभाजन गरेर कृषी सडक बिस्तार गरिएको छ । आफ्नो कार्यकालभरी नै गरिबहरुका लागी यो काम महत्वपूर्ण हुने बताउदै जनप्रतिनिधिहरुले समेत यही बगरलाई जस लिने ठुलो माध्यम बनाएका छन ।
वडा अध्यक्ष प्रकाश श्रेष्ठ भन्छन, `हामी यो कार्याकालको महत्त्वपूर्ण काम भएको अनुभूति गरेका छौ । गरिबहरुमा देखिएको खुसीले नै यो हाम्रो सफलता हो भन्ने ठानेका छौ ।´
स्थायी तटबन्धनको अभावमा नदिले कटान गरेर बगर बनाएका हजारौ हेक्टर जमिन अहिले पनि मधेशमा क्रसर माफियाहरुको वालुवा उत्तखनन गर्ने अखडा बनेको छ भने भु-माफियाहरुले अतिक्रमण गरेर रातारात आफ्नै अधिनमा बनाएका धेरै दृष्टान्तहरु छन ।
तर, यस्ता जग्गाहरुलाई पहिचान गरि कर्जन्हाको जस्तै पुर्ण भुमिहिन, गरिव र विपन्नका लागी उपभोग गर्ने हो भने गरिबी उन्मुलनको माध्यम मात्र हैन समृद्धिको आधार समेत तयार गर्न सकिने यो बगरले सन्देश समेत दिएको छ ।
हुर्कदै गरेका सयौ जातका आपका बिरुवाहरु, प्रवल, खुर्सानी, भ्याण्टा, कुर्ती आदीले हराभरा बनाएको बालुवाघारीलाई कसरी उर्वर बनाउन सकिन्छ भन्ने कर्जन्हा गतिलो उदाहरण बनेको अनुगमनको क्रममा त्यहा पुगेका बर्दिवास नगरपालिकाका पुर्व वडा अध्यक्ष चुडामणी पोखरेल बताए ।
फ्रान्सवाट आएका युएनडिपीका डिपुटी रेजिडेन्ट रिप्रीजेन्टिभ हेड जुलियनले पनि बगरमा फस्टाउदै गरेको किसानहरुको मेहनत देखेर निक्कै खुसी भए । बगरमा सुन फलाईरहेको किसानहरुलाई देखे पछी थप सहयोगको लागी पनि गृहकार्य गर्ने उन्ले आश्वासन दिएका छन ।
त्यस्तै वातावरण विज्ञ प्रज्ञ जन एलम्बरले कमला नदिले क्षतबिक्षत बनाएको भुभागमा यति ठूलो परिवर्तन हुनु वास्तवमै कृषि क्रान्ती भएको धारणा राखे ।
युएनडिपिद्वारा १ करोड १४ लाख २२ हजार ६ सय र नगरपालिकाद्वारा १ करोड ३६ लाख २५ हजार लगानीमा हराभरा बनिरहेको वालुवाघारी नगरले भुमिहिन, गरिव र विपन्नहरुलाई २५ बर्षको लागी हस्तान्तरण गरेको छ ।
कृषि पर्यटनकोरुपमा विकास भैइरहेको यो बालुवाघारी कृषिप्रती चासो राख्ने जोकोहीका लागी महत्वपूर्ण अध्यण केन्द्र बन्न सक्ने कृषि विज्ञहरु वताउछन । न्युज कारखाना
सिरहा, २७ कात्तिक।
काठ तस्करीको आरोपमा पक्राउ परेका सिरहा गोलबजारका व्यसायी हिरासत छल्न विरामीको वाहानामा घर बसेका छन्।
वन कर्मचारीकै मिलेमत्तोमा गोलजार नगरपालिका ४ स्थित गौरव सःमिहलका संचालक श्याम साहलाई हिरासत छल्न विरामीको वाहानामा पर्व अवधिभरलाई आफन्तको जिम्मा लगाइएको हो।

गत शनिवार १८ गते ठूलो परीमाणमा प्रतिवन्धित करम जातको करिव दुईसय ५० क्यूविक फिट काठ सहित पक्राउ परेका साहलाई विरामी परेपछि हिजो शनिबार उपचारको लागि लहानस्थित प्रादेशिक अस्पताल पुर्याएका थिए। अस्पतालमा पुर्याएका उनलाई थप उपचारको लागि वाहिर लग्नु पर्ने भन्दै रेफर गरेपनि साह अहिले आफ्नै घरमा रहेको स्रोतले जनाएको छ।

वन कार्यालयले उपचारका लागि साहको आफन्त पर्ने प्रादेशि अस्पतालका ल्याव असिस्टेन्ट कृष्णा गुप्ताको जिम्मा लगाएको डिभिजन वन कार्यालय लहानका वन कर्मचारी तथा यस घटनाका अनुसन्धान अधिकृत देवेन्द्र पासवानले जानकारी दिए।

उनले भने, ‘उनी विरामी परेकाले उचारको लागि अस्पताल लगेका थियौं, अस्पतालका कर्मचारी उनको आफन्तसमेत रहेकाले उनकै जिम्मामा उपचार भईरहेको छ।’

वन कर्मचारीले उपचारमा रहेको भने पनि सःमिल संचालक साह अहिले आफ्नै घरमा रहेको उनका एक आफन्तले बताए। हामीलाई सूचना दिने साहका आफन्तले तत्काल १५ लाख धरौटीमा छुटेको बताए।
साहको कहाँ उपचार भईरहेको छ भन्ने कुरा वन कर्मचारी र जिम्मा लिएका सहलाई समेत जानकारी छैन। वन कर्मचारीले उनका आफन्तलाई उपचारको लागि जिम्मा लगाएको बताए पनि जिम्मा लिएका उनका आफन्त कृष्णा गुप्तालाई सःमिल संचालक कहाँ छन् भन्ने जानकारी छैन्।
यता डिभिजन वन कार्यालय लहानका प्रमुख सुजित झाले भने उनी विरामी भएका र चाडपर्व पनि भएकाले व्यवहारिक्तालाई ख्याल गरेर तत्काल उनको आफन्तको जिम्मा लागाएर छोडिएको बताए।
वन कर्मचारीको बाझिएको भनाई र आफन्तले धरौटीमा छोडेको भन्ने विषयले आर्थिक चलखेलको गन्ध प्रस्ट हुन्छ।
वनकै एक कर्मचारीले अनुसन्धानको काम नै नसकिएकोले अहिले धरौटीमा छाड्ने सवाल नै नभएको बताए। उनले साह विरामी भएकाले उपचारको लागि पठाइएको बताउँदै उनी घरमा रहेछ भन्ने तत्काल हिरासतमा फर्काउने बताए।
साहलाई शनिवार १८ गते उनकै सःमिलबाट प्रतिवन्धित करमजातको काठ सहित पक्राउ गरेको थियो।
आरके श्रीवास्तव,राैतहट,कार्तिक २५ गते ।
राैतहट – राैतहटकाे कटहरिया नगरपालिका वड नम्बर ७ ले दिपावली तथा छठ पर्व २०८० को उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेकाे छ । सो कार्यक्रमको सञ्चालन वडा सचिव जयराम साहले र अध्यक्षता वडा अध्यक्ष सहिद मिया धाेवीले गर्नुभएको थियो ।

दिपावली पर्व सद्भाव र भाइचाराको सम्बन्ध विस्तार गर्दै उज्यालो भएको दिन महत्त्वपूर्ण रहेको वडा अध्यक्ष मियाले बताउनु भयाे । दिपावली र छठ पर्वले देशविदेशमा रहेका दाजुभाइ दिदीबहिनीहरू भेटघाट हुने र मान्यजनबाट आशिर्वाद दिने धार्मिक महत्त्व र विस्वास रहेको उनले बताए ।

कार्यक्रम सञ्चालन गर्दै वडा सचिव साहले दिपावली पर्वले सबैकाे जिवनमा उज्यालो ल्याओस् भन्ने कामना गर्दै सबैजनामा शुभकामना व्यक्त गर्नु भएको थियाे । साे कार्यक्रममा वडा सदस्य रामकिशाेर राय यादव,समाजसेवी भाेला राय यादव,काैशल किशाेर चाैधरी लगायतले आफनाे शुभकामना मन्तव्य राखेका थिए ।

शुभकामना आदानप्रदान कार्यक्रममा वडा सदस्यहरू नन्दलाल राउत,श्रीपति देवी,बनारसी देवी लगायत स्थानीय भद्रभलादमि, बुद्धिजीवीहरूकाे सहभागीता रहेको थियाे ।
वीरगञ्ज, पर्सा, २५ कात्तिक
पर्साको वीरगञ्जमा जारी प्रथम वीरगञ्ज गोल्डकप, २०८० को उपाधिका लागि दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन् । दुवै टोलीबीच आज दिउँसो २ बजे वीरगञ्जस्थित आदर्शनगर रङ्गशालामा फाइनल खेल हुँदैछ । सेमिफाइनलमा आर्मीले सङ्कटा क्लबलाई तथा पुलिसले आयोजक वीरगञ्ज भेट्रान सिटी क्लबलाई हराउँदै फाइनल खेलको यात्रा तय गरेका हुन् । आयोजक वीरगञ्ज भेट्रान सिटी क्लबका अध्यक्ष सुबिन बस्नेतका अनुसार वीरगञ्ज महानगरपालिका मुख्य प्रायोजक रहेको प्रतियोगिताको विजेताले रु ११ लाख ११ हजार १११ तथा उपविजेताले रु पाँच लाख ५५ हजार ५५५ पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छ । यस्तै विधागततर्फ उत्कृष्ट खेलाडीलाई जनही रु २० हजार तथा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई रु ५० हजार पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सङ्कटा क्लब, चर्च ब्वाइज युनाइटेड नवलपरासी, झापा एफसी, वीरगञ्ज भेट्रान सिटी क्लब तथा भारत कोलकाताको क्लाइभ हाउस डमडम र दिल्लीको एफसीआई नर्थजोन फुटबल टोली सहभागी छन् । रासस