२०८३ भाद्र ४
२०८३ भाद्र ४

तेल अहिव, ३० कार्तिक ।

गाजा अप्रेसनको क्रममा इजरायलका ५० सैनिक मारिएका छन् ।

इजरायलले गाजामा आफ्ना ५० सैनिक मारिएको जनाएको हो ।

इजरायली सेनाले गाजामा अक्टोबरको अन्त्यमा आफ्नो भूमि आक्रमण सुरु गरेदेखि यसका थप दुई सैनिकको लडाइँमा मृत्यु भएको जनाएको छ । जसअनुसार कुल संख्या ५० पुगेको हो ।

 

इजरायल डिफेन्स फोर्सले केफिर इत्झाक फ्रानको र असफ मास्टर मारिने पछिल्लो सैनिक भएको बताएको छ।

बेइजिङ, ३० कार्तिक ।

चीनमा आगलागीमा परी मृत्यु हुनेको संख्या २६ पुगेको छ ।

 

उत्तरी चीनको एक कार्यालय भवनमा आगलागी हुँदा कम्तिमा २६ जनाको मृत्यु भएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

 

शान्सी प्रान्तको लुलियाङ शहरमा रहेको चार तले भवनमा स्थानीय समय अनुसार बिहान करिब ७ बजे आगलागी भएको थियो । योङ्जु कोइला उद्योग संयुक्त भवनबाट निकालिएका दर्जनौंमध्ये ६३ जनालाई अस्पताल लगिएको थियो।

सरकारी सञ्चालित बेइजिङ युथ डेलीले चिनियाँ सामाजिक सञ्जाल वेइबोमा पोष्ट गरेको भिडियोमा भवनबाट आगो र बाक्लो धुवाँ निस्किरहेको देखाइएको छ। यो देशकै सबैभन्दा धेरै कोइला उत्पादन गर्ने प्रान्तमा आगलागी भएको हो ।

सरकारी सञ्चारमाध्यमले यसअघि आगो नियन्त्रणमा आएको जानकारी दिएका थिए ।

 

चिनियाँ राष्ट्रपति सी जिनपिङले प्रमुख उद्योगहरूमा लुकेका जोखिमहरू छानबिन गर्न निर्देशन दिएका छन्। एपेक शिखर सम्मेलनका लागि हाल सान फ्रान्सिस्कोमा रहेका राष्ट्रपति सीले अधिकारीहरूलाई जनताको जीवन, सम्पत्ति र सामाजिक स्थिरताको सुरक्षा गर्न पनि निर्देशन दिएको ग्लोबल टाइम्सले रिपोर्ट गरेको छ।

 

गत अप्रिलमा राजधानी बेइजिङको एक अस्पतालमा भएको आगलागीमा २९ जनाको ज्यान गएपछि जनआक्रोश उत्पन्न भएको थियो र धेरैले घटनाबारे रिपोर्ट नगरिएको र बिरामीका आफन्तहरूलाई पहिले नै किन जानकारी नगरिएकोमा प्रश्न उठाएका थिए भने गत अक्टोबरमा पनि उत्तर पश्चिमी यिनचुआन प्रान्तको एक बारबेक्यू रेस्टुरेन्टमा भएको विस्फोटमा ३१ जनाको मृत्यु भएको थियो।

तेल अहिव, ३० कार्तिक ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई प्रतिस्थापन गर्नु पर्ने माग बढेकाे छ ।

 

नेतन्याहुलाई प्रतिस्थापन गर्ने र उनको अति दक्षिणपन्थी मन्त्रिपरिषद्लाई प्रतिस्थापन गर्ने समय आएको इजरायलका विपक्षी दलका नेता यायर लापिडले बताए पछि इजरायलमा तरंग छाएकाे छ ।

 

 

‘हामीले राष्ट्रिय पुनर्निर्माण सरकार गठन गर्नुपर्छ, लिकुडले यसको नेतृत्व गर्नेछ, नेतान्याहू र चरमपन्थीहरूलाई प्रतिस्थापन गरिनेछ,’ ल्यापिडले टविटरमार्फत भनेका छन् ।

 

इजरायली सेना र जनताले अक्टोबर ७ को आक्रमण पछि लचिलोपन देखाउँदै आएको उनले भनेका छन । जसको फाइदा प्रधानमन्त्री नेतान्याहुले लिइरहेको र जनतालाइ धोका दिएकोसमेत उनले जनाएका छन । उनले भने, ‘तर सरकारको कमजोरीको कारण देशमा आक्रमण भएको हो, सरकार र विशेष गरी प्रधानमन्त्री हो।’

 

बिपक्षी दलका नेता ल्यापिडको पछिल्लो टिप्पणीले इजरायलको राजनीतिक प्रतिष्ठान भित्र बढ्दो असहमतिको पछिल्लो संकेतको रूपमा हेरिएको छ । अनेक मुद्दाहरू मध्ये एक नेतान्याहुले हमासको आक्रमणको लागि नेतृत्व गर्ने असफलताका लागि कुनै जिम्मेवारी लिन अस्वीकार गर्नु हो । तर, कतिपयले द्वन्द्व सकिएपछि यो विषय टुंग्याउनुपर्ने बताएका छन् ।

‘म यो आवाजहरू सुन्छु कि यो समय होइन,’ ल्यापिडले भने, ‘तर, हामीले ४० दिन पर्ख्यौं, अब समय छैन। हामीलाई अहिलेको आवश्यकता भनेको सुरक्षा र अर्थतन्त्र बाहेक अरू केही गर्ने सरकारको हो। हामी आगामी वर्षमा अर्को चुनाव वहन गर्न सक्दैनौं, उनले टविटरमा भनेका छन् ।

 

तर, नेतान्याहु क्याबिनेटका मन्त्रीहरू मध्ये एक बेन्नी गान्ट्जले भने ‘प्रधानमन्त्रीलाई प्रतिस्थापन गर्ने आह्वान पागल भन्दा कम छैन्’ भन्ने पहिलो प्रतिक्रिया दिएका छन्  ।

जेरुसलेम, ३० कार्तिक ।

जेरुसेलम नजिकै गोली चल्दा तीन आक्रमणकारी मारिएका छन् ।

 

इजरायली प्रहरीका अनुसार जेरुसेलम नजिकैको टनेल चेकपोस्टमा गोली चलाउँदा सुरक्षा बलले तीन जना मारेका हुन् ।

इजरायली प्रहरीका अनुसार आक्रमणकारीहरू संदिग्ध गाडीमा आएका थिए र उनीहरुले एकाएक इजरायली सेनालाई लक्षित गरेर गोली चलाएका थिए । जवाफमा इजरायली सेनाले उनीहरु माथी कारबाही गरेको हो । जुन कारबाहीमा परी ३ जना मारिएका छन ।

प्रहरीका अनुसार सो क्रममा सात जना घाइतेसमेत भएका छन् ।

ललितपुर, ३० कार्तिक ।

ललितपुर प्रहरीले जुवाडेबाट ३३ लाख २२ हजार बढी बरामद गरेको छ ।

 

ललितपुर प्रहरीले गरेको बिशेष छापाको क्रममा दसैँ र तिहारमा जुवातास खेल्नेबाट ३३ लाख २२ हजार रुपैयाँ बरामद गरेका हो ।

 

सोही क्रममा प्रहरीले ६७ जना जुवाडेलाई पक्राउ गरिएको ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले जानकारी दिएका छन । उनका अनुसार पारिवारिक मनोरञ्जनबाहेक पैसाका खाल जमाएर जुवातास खेल्ने समुहमा छापा मार्दा पाँच दर्जन बढी पक्राउ गरिएको हो ।

 

यसरी पक्राउ पर्नेमा ५१ जना पुरुष र १६ जना महिला रहेका छन ।

काठमाडौं, ३० कार्तिक ।

दक्षिण अफ्रिकाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएकोछ ।

 

आईसीसी विश्वकप २०२३ को दोस्रो सेमिफाइनल खेलमा अष्ट्रेलियाविरुद्ध खेलमा दक्षिण अफ्रिकाले टस जितेर ब्याटिङ रोजेको हो ।

इडेन गार्डेन कोलकातामा टेम्बा बभुमालेमा हुने खेलमा अफ्रिकाले टस जितेर ब्याटिङ रोजे पछि खेल थप रोचक हुने बताइएको छ ।

पाँच पटकको विश्वकप च्याम्पियन अस्ट्रेलियाले सुरुवाती दुई खेलमा हार पछी लगातार ७ खेल जित्दै सेमिफाइनलमा स्थान बनाउन सफल टिम हो  । दक्षिण अफ्रिका दोस्रो स्थानमा रहदै सेमिफाइनलमा पुगेको हो ।

धनगढी, ३० कार्तिक ।

नौगाड गाउँपालिका अध्यक्ष दलजित सिंह धामी दुर्घटनामा परेका छन् ।

उनी सवार गाउँपालिकाको जिप दुर्घटना हुदाँ उनी घाइते भएका छन । उनलाई थप उपचारका लागि धनगढी ल्याई पु¥याईएको छ ।

 

नौगाड गाउँपालिका–२ सुण्डमुण्डबाट होपरिगाडतर्फ गइरहेको बेला प्रदेश न ३–०२२ च ५१२९ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको थियो । वडा नम्बर ३ बगड जामिरमा दिउसो भएको सो दुर्घटनामा परी सवारी चालक जयभान सिंह ठगुन्ना गम्भीर घाइ पनि गाउँपालिका अध्यक्ष धामीलाई भने सामान्य चोट लागेको छ ।

काठमाडौं, ३० कार्तिक ।

नेपाल हङकङसँग पराजय भएको छ ।

 

चार देश सम्मिलित महिला टी–२० सिरिजमा नेपाल हङकङसँग पराजित भएको हो ।

 

घरेलु टीम हङकङसँग ९ विकेटको हारसँगै नेपाल जारी सिरिजमा दोस्रो पटक पराजय भएको हो । नेपाल यसअघि तान्जानीयासँग पराजित हुन पुगेको थिषो ।

हङकङविरुद्ध पहिले ब्याटिङ गर्दै नेपालले जम्मा ५६ रनको कमजोर स्कोर बनाएको थियो । नेपालका लागि रुबिना क्षेत्रीले ३० बलमा २५ बनाएर आउट भए पनि अन्य खेलाडीले कुनै जादु देखाउन सकेनन ।

उता, हङकङले एक मात्र विकेट गुमाएर ९ ओभरमा नै लक्ष्य भेट्टाउन सफल भएको थियो ।

बिशाल बस्नेत,महाेत्तरी, ३० कात्तिक  ।

पुस्तौनी फूल खेती गर्दै आएका महोत्तरी बल्वा नगरपालिका-२ का राम बिनय भण्डारीले यसपालीको तिहारमा भनेजस्तो व्यापार गर्न सकेनन् ।

 

भारतवाट आयात भएका फूल कै कारण मुल्यमा आकास पताल फरक पर्ने हुदाँ बेच्न नसक्ने एउटा कारण रहयो भने माली समुदायबाहेक अन्य समुदायले पनि व्यावसायिक फूल खेती गर्दा समस्या बनेको भण्डारीको भनाई छ ।

 

उन्लाई यो तिहारमा व्यापारले भन्दा पनि पेशा नै धरासयी बन्दै गएको प्रती निक्कै चिन्ता बढाएको छ । `पुर्ख्यौली फूल खेती नै गर्ने हाम्रो पेशा हो तर माली समुदायबाहेक अन्य समुदायहरुले पनि ब्यावसायिक खेती गर्दा हामी समस्यामा पर्दै गएका छौ,´ भण्डारीले भने, `अब त पेशा नै परिवर्तन गर्नुपर्ने अवस्था देखा परेकाे छ ।´

उनले तिहार तथा छठलाई मध्यनजर गरि झण्डै १ बिगा क्षेत्रफलमा फूल रोपेका थिए । तर १ कठ्ठाको पनि बिक्री नभएको उनकाे गुनासो छ । भारतीय फूल सिमा, नाकावाट नभित्र्याउने सरकारले निर्णय गरे तापनी अबैधानिक बाटोवाट भित्रिदा मधेशमा माली लगायत किसानहरुलाई ब्यापारमा समस्या भएको भण्डारीको बुझाई छ ।

 

भण्डारी जस्तै जनकपुर -६ का जितेन्द्र भण्डारीको पनि उहीँ चिन्ता छ । व्यवसायिक रुपमा ६ महिना अगाडी चिस्यानमा स्टोर गर्ने र निक्कै कम मुल्यमा बेच्नेहरुको कारण आफुहरु संकटमा परेको उनले बताए ।

 

पुर्ख्यौली पेशाको रुपमा अवलम्बन गरिएको कयौ माली समुदाय यो पेशावाट बिस्थापन भएको र पहिचानको लागि भएपनी कमले मात्र फूल खेती गरिरहेको भण्डारीले बताए । नजिकै जानकी मन्दिर भए तापनी पहिलेजस्तो नभएको उनले जनाए ।

 

पुजा कर्मका लागी दैनिक हजारौ मालाहरु बेच्ने गरेको अनुभव सुनाउदै भण्डारीले फूलको रेटमा मनलाग्दी गरिन थालिएकाे उनकाे भनाइ छ । `सरकारले तरकारीमा जस्तै फूलमा पनि मूल्य निर्धारण गरिदिनु पर्छ,´ भण्डारीले भने, `अनि मात्र हामी जस्तो फूल व्यावसायीहरु मारमा पर्दैनौ ।´

 

तर फूलको माग र बजार करिब १२ देखि १५ प्रतिशतका दरले बढ्दै गएकाले फूल व्यवसायको सम्भावना बढ्दै गएको फ्लोरिकल्चर एसोसिएसन नेपालको तथ्यांक छ । कृषि विकास मन्त्रालयअन्तर्गत पुष्प व्यवसाय प्रवर्द्धन नीति २०६९ जारी गरिदा यसलाइ उल्लेख गरिएकाे थियाे ।

 

पुष्प व्यवसाय अनुदान कार्यविधि नआउँदा हरेक वर्ष बजेट फ्रिज भएर जाने गरेको छ । पुस्तौनी फूल व्यवसाय गर्दै आएका समुदाय मात्र हैन, फूल खेतीको अधिक सम्भावनालाई सरकारले वेवास्ता गर्दा भारतिय पुष्प व्यवसायीहरुका लागी नेपाल आकर्षक बजार बनेको छ ।

 

भारतवाट आयात भएका फूल कै कारण बर्दिवासमा आएर फूल वेच्ने कयौ ब्यापारीले बिक्री नभएपछि हजारौ मालाहरु डस्टविनमा फ्याकेका थिए । तर, बजार आंकलन गरेर फूल वेच्न ल्याउनु पर्ने ठाउँमा अन्धाधुन्ध ल्याएको हुनाले नोक्सान बेहोर्नु परेको कतिपयको भनाई छ । न्युज कारखाना

महोत्तरी, ३० कात्तिक :

सूर्य उपासनाको महापर्व छठ व्रतको तयारी थालिएको छ । मधेशको प्राचीन मिथिला क्षेत्रको लोकपर्व मानिने छठका लागि वर्तालुले आज कात्तिक शुक्ल त्रितीयाका दिन ‘अरबा–अर्बाइन’ विधिसँगै तयारी थालेका हुन् । सामान्यतया कात्तिक शुक्ल चौथीका दिन ‘नहाय–खाय’ विधिबाट पर्व सुुरु हुने भनिए पनि एक दिनपूर्व नै उसिनिएका धानको चामल, कोदो, माछा–मासु, मुसुरोसहितका धार्मिक अनुष्ठानका लागि अशुुद्ध मानिएका खाद्यबस्तु खान छाडेर वर्तालुले छठको तयारी गर्ने चलन छ । मिथिलामा व्रतका लागि उसिनिएको धानको चामल र व्रत अनुष्ठानका लागि अशुुद्ध मानिएका खाद्य वस्तु खान छाडेर सात्विक भोजन गरिने यो विधिलाई ‘अरबा–अर्बाइन’ भनिन्छ । यो व्रतका लागि पूर्वसङ्कल्प जस्तै विधि रहेको मानिन्छ । यो विधि कतिपयले चौथिकै दिन ‘नहाय–खाय’ विधिसँगै जोडेर गर्नेगरेका पनि पाइन्छ । यद्यपि व्रत विधानले कात्तिक शुक्ल तितृीयाकै दिन ‘अरबा–अर्बाइन’ गरिनु शास्त्रसम्मत रहेको मैथिल कर्मकाण्डका ज्ञाता बर्दिबास–२ का बासिन्दा पण्डित महेशकुमार झा बताउनुहुन्छ । आजदेखि ‘अरबा–अर्बाइन’ गरेका वर्तालुले भोलि शुक्रबार अर्थात् चौथी तिथिमा ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुुद्ध खानेकुरा खाइने), पञ्चमी तिथिका दिन राति एक छाकमात्र अलिनो खानेकुरा खाएर ‘खरना’ विधि सम्पन्न गर्छन् । पर्वको मुख्य दिन षष्ठी तिथिमा निराहार व्रत बसेर साँझपख पवित्र जलाशयमा गई अस्ताउँदा सूर्यलाई अघ्र्य दिइन्छ । यो अघ्र्यलाई मैथिल परम्पराको बोलीचालीमा ‘सझुका अरख’ र ‘सझिँया–घाट’ पनि भनिन्छ । सप्तमीका दिन बिहान उदाउँदा सूर्यलाई अघ्र्य दिएपछि यो पर्व समापन गरिने परम्परा छ । बिहानको यो अघ्र्यलाई ‘भोरका अरख’ भनिन्छ । यसरी यसपालिको छठ आउने सोमबार बिहान सम्पन्न गरिने छ । सामान्यतया हिन्दू परम्परामा पाञ्चायन (पञ्च देवता गणेश, विष्णु शिव, सूर्य र काली) पुज्दा उदाउँदा सूर्यको सम्झना गरेर उपासना गरिने परम्परा भए पनि छठमा भने अस्ताउँदा सूर्यलाई अग्र (पहिलो) अघ्र्य दिइन्छ । षष्ठी तिथिका दिन साँझ ‘सझुका अरख’ दिएसँगै सप्तमीका दिन बिहान ‘भोरका अरख’ दिउञ्जेल वर्तालुले सूर्यको महत्ता र ‘छठी माई’को पुकारा गर्दै गीत गाएर यो पर्व मनाउने गरेका छन् । उपासकको इच्छित मागपूर्ति गर्ने भगवान् सूर्यको उपासनाले सन्तान सुुुख र रोगव्याधि नलाग्ने हिन्दू मैथिल जनविश्वास छ । यस पर्वमा भगवान सूर्यसँगै माताका रुपमा आराधना गरिने षष्ठी तिथिको महत्ता गाइने हुनाले पर्वको नाम नै ‘छठ’ भनिएको महोत्तरीको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठका मैथिली भाषा साहित्यका उपप्राध्यापक मनोज झा मुक्ति बताउनुहुन्छ । षष्ठी देवी भगवान सूर्यकी पत्नी मानिएकी हुँदा यो पर्वमा सूर्यसँगै षष्ठीको आराधना गरिएको मुक्तिको भनाइ छ । खासमा ‘षष्ठी’ तिथिकै स्मरण मैथिल जनजिब्रोले ‘छठी’ गर्न थालेकाले सूर्यकी पत्नी मानिने षष्ठीको आराधना सूर्यसँगै गरिएको मैथिल विद्वान बताउँछन् । मुख्यत सूर्यकै उपासना व्रतको अभिष्ठ भए पनि ‘षष्ठी’ (छठी) को पुकारा गर्दा सूर्य चाँडै प्रसन्न हुने विश्वासले पर्वमा गाइने गीतमा छठी माईको प्रसङ्ग गाभिएको उपप्राध्यापक मुक्ति बताउनुहुन्छ । एक फरक प्रसङ्गमा दैत्यराज त्रिपुरासरले दुःख दिएर आहत् भएका देवताले शिव–पार्वतीसँग उसलाई मार्नसक्ने छोरा दिन प्रार्थना गरेपछि भगवान शिवको विर्यपात भएको र सो विर्य समुद्रमा परेर पानीमै विकास भएको शिशुलाई षष्ठी देवीले कात्तिक शुक्ल षष्ठी तिथिकै दिन स्याहार सम्भार गरेर शिव–पार्वतीलाई जिम्मा लगाएकी जनश्रुतिले सन्तानको कल्याण गर्ने देवीका रुपमासमेत यस पर्वमा छठी माईको महत्व गाइने गरिएको छ । पछि यिनै बालक स्वामी कार्तिकेयका नामले चिनिएका र उनैले त्रिपुरासुरको बध गरेका मार्कण्डेय पुराणमा उल्लेख रहेको मिथिला संस्कृति र परम्पराका ज्ञाता पूर्वप्रशासक जलेश्वर–४ का बासिन्दा कृष्णचन्द्र झा बताउनुहुन्छ । यसैगरी पर्वबारे द्वापरकालीन जनश्रुति पनि चर्चामा रहने गरेको छ । अघि द्वापरयुगमा भगवान श्रीकृष्णका छोरा साम्बलाई कुष्ठरोग हुँदा पिता श्रीकृष्णको प्रेरणाले सूर्यको उपासनाबाट रोग निको भएपछि यो व्रतको परम्परा सुुरु भएको विश्वास गरिँदै आइएको महोत्तरीकै बर्दिबास–२ का बासिन्दा कर्मकाण्ड र मैथिल परम्पराका ज्ञाता पण्डित महेशकुमार झा बताउनुहुन्छ । पर्वमा श्रद्धा र निष्ठाको निकै ख्याल गरिन्छ । अघ्र्य दिने पूजा सामग्रीमा बनाइने ठकुवा, भुसुवासहितका मिष्टान्न परिकार ढिँकी–जाँतोमा कुटिएको, पिसिएको पिठोबाटै तयार गरिन्छ । पर्वमा अघ्र्य दिने पवित्र जलाशय किनारमा चित्र्ताकर्षकघाट बनाइने र सरसफाइ गरिने कामलाई महत्वका साथ लिने गरिएको छ । केही वर्ष पहिलेसम्म मधेसी मूलका हिन्दूहरुले मात्र मनाउँदै आएका यो पर्व अब पर्वते मूलका हिन्दू र भाकलका रुपमा अघ्र्य दिन हिन्दूलाई लगाएर इस्लाम धर्मावलम्बीहरुलेसमेत मनाउन थालेपछि छठ पर्व मिथिलाको साझा पर्व बनेको छ । अब मुलुकको राजधानीसहित धेरैजसो ठाउँमा मनाइने यो पर्व अब राष्ट्रिय पर्व बनेको मैथिल गर्वसाथ बताउँछन् । रासस

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।