२०८३ भाद्र ४
२०८३ भाद्र ४

मंसिर ९, २०८०,राजविराज ।

स्थानीय तहको निर्वाचनमा मेयर पदका प्रत्यासी रहेका सप्तरीका एक नेता बलात्कार प्रयासको आरोपमा पक्राउ परेका छन् ।

जिल्लाको शम्भुनाथ नगरपालिकामा गत स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट मेयर पदका उम्मेदवार बनेका सोही नगरपालिका ५ निवासी दीपेन्द्र चौधरी बलात्कार प्रयासको आरोपमा शुक्रबार पक्राउ परेका हुन् ।

३५ बर्षकी महिलाले आफुलाई बलात्कार प्रयास गरेको भन्दै जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेका अनुसार पक्राउ परेका चौधरीलाई जबरजस्ती करणी उधोग मुद्दा अन्तरगत सप्तरी जिल्ला अदालतबाट ५ दिनको म्याद लिई घटना ’bout थप अनुसन्धान शुरु गरिएको छ ।

आरोपी चौधरी गत २०७९ बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट मेयर पदको उम्मेदबार भएका थिए । ४१४३ मत प्राप्त गरेका चौधरी एकीकृत समाजवादीका जितेन्द्र गुप्तासँग पराजित भएका थिए । राजधानी

९ मंसिर, २०८०

पूर्वराजा ज्ञानेन्द्र शाहले आज झापाको बिर्तामोडस्थित इकम कलेजमा बनाइएको पृथ्वीनारायण शाहको सालिक अनावरण गर्ने भएका छन् । यस अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ‘शक्ति प्रदर्शन’ गर्ने भएको छ । मेचीनगरस्थित होटल मेची क्राउनबाट राप्रपाले ठूलो संख्यामा मोटरसाइकलसहित र्याली आयोजना गरिने जनाइएको छ ।

र्यालीसहित पूर्वराजा शाह मेचीनगरबाट बिर्तामोड पुगेर सालिक अनावरण गर्ने कार्यक्रम रहेको राप्रपाले जनाएको छ । कार्यक्रममा सहभागी हुन पूर्व राजा शाह हिजो शुक्रबारै झापा आइपुगेका छन् ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन कार्यक्रमको तयारीका सिलसिलामा साताभन्दा बढी समयदेखि गृहजिल्ला झापामा छन् । राप्रपा नेताहरुका अनुसार पूर्वराजा शाहले सर्वसाधारण भेट गर्ने कार्यक्रम पनि राखिएको छ ।

कार्यक्रममा सहभागी हुन झापाका विभिन्न क्षेत्रबाट सर्वसाधारणको सहभागिता हुने जनाइएको छ । ५० हजारको सहभागिता रहने दाबी गरिएको कार्यक्रममा छिमेकी जिल्ला इलाम, पाँचथर, मोरङ, सुनसरीलगायत क्षेत्रबाट पनि सहभागिता हुने राप्रपाले जनाएको छ ।

राजतन्त्रका पक्षमा विभिन्न समूहहरुद्वारा प्रदर्शन भइरहेका बेला झापामा पूर्वराजा शाह सहभागी हुने कार्यक्रम तय भएकाले यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ । फरकधार

 

९ मंसिर, जनकपुरधाम ।

महोत्तरीमा अपराधी गतिविधिमा संलग्न व्यक्ति पक्राउ गरेको खुसीमा प्रहरी चौकी इन्चार्जले पेस्तोल चलाउँदा गोली लागेर एक प्रहरी जवान घाइते भएका छन् ।

हलखोरी प्रहरी चौकीका इन्चार्ज असई बच्चा यादवको पेस्तोल पड्किंदा गोली लागेर त्यहाँ कार्यरत प्रहरी जवान राजेशकुमार साह घाइते भएको घटना बाहिरिएको हो । राजेश सप्तरीका बासिन्दा हुन् ।

समाचार स्रोतका अनुसार यो घटना गत कात्तिक ३० गते रातिको हो । कात्तिक २० गते महोत्तरीको जलेश्वर नगरपालिका-८ सानो रतवाराका भुवनेश्वर चौधरीको घरमा हातहतियारसहितको ७/८ जनाको समूहले लुटपाट गरेको थियो ।

लुटपाटमा संलग्नमध्ये सर्लाही लालबन्दी नगरपालिका-२ बस्ने ३२ वर्षीय शक्ति पासवान र ३३ वर्षीय अजय पासवानलाई कात्तिक २८ गते जिल्ला प्रहरी कार्यालय महोत्तरीले रौतहटबाट पक्राउ गर्‍यो ।

पक्राउ गरेर ल्याउने क्रममा भाग्न खोज्दा दुवै जनालाई प्रहरीले खुट्टामा गोली प्रहार गरी नियन्त्रणमा लिएको थियो । त्यही खुसीमा दुई दिनपछि कात्तिक ३० गते जिल्ला प्रहरी कार्यालय महोत्तरीमा रात्रिभोज आयोजन भयो ।

भोज खाएर फर्केका असई बच्चा यादव चौकीमा पुगेर रमाइलो गर्न थाले । उनी पेस्तोल खेलाउँदै उनले रमाइलो गरिरहेका बेला पेस्तोल पड्किएको हो । पेस्तोलको गोली जवान राजेशकुमार साहको एक पाखुरामा लागेको छ ।

घटना ढाकछोप गर्न असईले यादवले प्रहरी जवान साहलाई उपचारका लागि भारततिर पठाएका थिए । भारतमा उपचार गराउन जाँदा भारतीय प्रहरीले गोली लागेको थाहा पाएपछि सप्तरी प्रहरीलाई फोन गरेर यस विषयमा जानकारी गरायो ।

घाइते प्रहरी जवानको ठेगाना सप्तरी भएकोले भारतको प्रहरीले जिल्ला प्रहरी कार्यालय सप्तरीलाई खबर गरेको हो । त्यसपछि घटना बाहिरिएको हो ।

घटनाबारे शुक्रबार जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय महोत्तरी तनावमा छ । थाहा पाएलगत्तै प्रहरी चौकीको इन्चाजबाट असई यादवलाई हटाएर जिल्ला तानिएको छ ।

जाँचबुझको लागि उनलाई जिल्लामा बोलाइएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी दिलीपकुमार गिरीले बताए ।

महोत्तरीका प्रहरी उपरीक्षक (एसपी) प्रकाश मल्लले घटनाको प्रारम्भिक जानकारी आएकोले बुझिरहेको बताए ।

‘घटना भएको हो कि होइन भन्ने हामी अनुसन्धान गर्दैछौं । सानो छानबिन टोली गठन गरी छानबिन गरिसकेपछि यो विषयमा भनौला । यो आन्तरिक घटना हो । अहिले यो विषयमा भन्न मिल्दैन,’ उनले अनलाइनखबरसँग भने ।

स्रोतका अनुसार असई यादवले भने चेन्जर सफा गर्ने क्रममा पेस्तोल पड्केर पोलमा लागी फर्किएर प्रहरी जवानलाई लागेको दाबी गरेका छन् । अनलाईन खबर

 २०८० मंसिर ९,रौतहट :

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लोकतन्त्र व्यवस्थाको विरोध हैन, नेताको विकल्प खोज्नुपर्ने बताएका छ्न।

 

 

सभापति लामिछानेले दुर्गा प्रसाँईको आन्दोलन आम जनताको दल सरकारप्रतिको निराशा भएको बताएका छन्।

आज रौतहटको चन्द्रनिगाहपुरमा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै लामिछानेले सरकारले सरकारले लघुवित्त र सहकारी पीडितका समस्या समयमा पहिचान गर्न नसकेका कारण समस्या भएको बताएका हुन्।

सरकारले देशको अर्थतन्त्र सुधारका लागि उचित पहल नगरेका कारणसमेत आम नागरिकमा निराशा छाएका बताएका छन्। आम नागरिकले यसका कारण देश बिग्रँदै गयो भनेर नाम लिन धेरै नेता भएका कारणसमेत यो व्यावस्थाकै विरोधमा उत्रेको बताए।

लामिछानेले संसारकै सुन्दर व्यवस्था लोकतन्त्र भएका कारण यो व्यवस्थाको विरोधमा हैन,लामो समयदेखि यो व्यवस्था संचालन गरेका नेताको विकल्प खोज्नुपर्ने बताए।

मधेश केन्द्रित संगठन सुधारका क्रममा मधेश प्रदेश झरेका लामिछानेले एउटै व्यापारी बैंक संचालक, बिमा संचालक र उद्योग संचालक भएका कारणसमेत देशको अर्थतन्त्र धरापमा पारेको बताए। थाहा खबर

२०८० मङ्सिर ९ 

महोत्तरीमा असईको गोली लागेर एक जवान घाइते भएका छन । प्रहरी चौकी हलखोरीका इन्चार्ज असई रामेश्वर प्रसाद यादवले ३० कात्तिक राती ११:३० मा सुत्नुअघि हतियार clearence गर्ने बेला हतियारको ब्यारेलमा भएको गोली पड्की सोही चौकी बाहिर  सेंट्री ड्यूटी बसेका प्रहरी जवान राजेश कुमार साह घाइते भएका हुन् ।

सो गोली भित्तामा लागेर फर्केर जवानलाई लागेको प्रारम्भिक अनुसन्धानमा बुझिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी प्रकाश मल्लले बताए।  उनले यस घटनाबारे थप अनुसन्धान भइरहेको  बताएका छन् ।

घटना कात्तिक ३० गते रातीकै भएपनि असई यादवले घटना लुकाएका थिए।  घाइते जवान उपचारको लागि सप्तरी पुगेपछि प्रहरीले  जानकारी पाएको एसपी मल्लले बताए । उनले घाइते जवानको अवस्था सामान्य रहेको र हाल घरमै उपचार भइरहेको छ  । असई यादवको निलम्बनको प्रक्रिया अगाडि बढेको एसपी मल्लले बताएका छन् । नयाँ पत्रिका

 

९ मंसिर २०८०,काठमाडौं ।

प्रहरीले गएराति झापा, लमजुङ र काभ्रेपलाञ्चोकका विभिन्न स्थानबाट ठूलो संख्यामा जुवाडे पक्रेको छ । झापाबाट ११ जना, लमजुङबाट ११ जना र काभ्रेपलाञ्चोकबाट चार जना गरी २६ जना जुवाडे समातिएको बताइएको छ ।

झापाको दमक नगरपालिका–७ हाटखोलामा जुवा खेल्दै गरेको अवस्थामा ११ जना पक्राउ परेका हुन् । ४१ वर्षीय कर्णबहादुर राईको घरमा जुवा खेलिरहेका उनीहरुलाई तीन लाख ५३ हजार ६०० रूपैयाँ र दुई बुक ताससहित पक्राउ गरिएको हो ।

उता लमजुङको सुन्दरबजार नगरपालिका–६, खत्रिठाटीमा पनि ११ जना पक्राउ परेका छन् । स्थानीय ४३ वर्षीय शुभाष श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले एक लाख २४ हजार २९५ रूपैयाँ, छ बुक तास, एक सेट पासा, १६ थान कौडासहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

यसैगरी काभ्रेको भुम्लु गाउँपालिकामा चार जना जुवाडे प्रहरी नियन्त्रणमा छन् । भुम्लु ७ का ३९ वर्षीय भरत गिरीसहित उनीहरुलाई भुम्लु गाउँपालिका–८ भुम्लुटारस्थित रित्तो घरमा कौडा खेलिरहेको अवस्थामा प्रहरीले ७९ हजार ४७५ रूपैयाँ र एक सेट कौडासहित जुवाडेलाई पक्रेको हो ।

न्युज अफ नेपाल

 

 राैेतहट,मंसिर ७ गते राैतहट ।

मालपोत कार्यालय चन्द्रनिगाहपुरका प्रमुख राेशन श्रेष्ठको सरुवा भएको तीन महिना वितिसक्दा पनि किन नगएकाे स्थानीयले आरोप लगाएका छन । साे कार्यालयबाट सरुवा भई सक्दा पनि प्रमुख श्रेष्ठ कार्यालय नछाडेका कारण स्थानिय छक्क परेका हुन ।

कार्यालय प्रमुख श्रेष्ठको २०८० भदाै ११ गते गृह मन्त्रालयमा सरुवा भएको थियोे । मालपोत कार्यालय चन्द्रनिगाहपुरमा अनियमितता गर्ने नियतले उनी कार्यालय छाेडन नचाहेको स्थानीयले आरोप लगाएका छन । संगै रहेको नापी कार्यालय प्रमुख सविन बिक सरुवा हुने वितिकै रवाना लिएर सरुवा भएको कार्यालयमा हाजिर समेत भई सकेका छन ।

अझै सम्म नापि कार्यालय चन्द्रनिगाहपुरमा नया प्रमुख हाजिर भएको छैन । मालपोत कार्यालय चन्द्रनिगाहपुरमा त्यस्तो के छ जो प्रमुख श्रेष्ठ छोडेर रवाना लिई जान चाहदैन स्थानीयले प्रश्न गरि रहेका छन ।

यस सम्बन्धमा कार्यालय प्रमुख श्रेष्ठसंग बुझन खोज्दा आफनो सरुवा गृह मन्त्रालयमा सरुवा भएको स्विकार गर्दै आफु सरुवा भई जान लागेको कार्यालयको यकिन भई पदस्थापन नभएको र मालपोत कार्यालय चन्द्रनिगाहपुरमा आउने कार्यालय प्रमुख समेत नआई सकेको हुदा खाली नगरेको बताए ।

 

राैतहट,मंसिर ०८ गते राैतहट । 

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले लैंगिक हिंसाको अवस्था भयावह रहेकाे कुरा बताएका छन् । महिला वाल वालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रले जिल्ला प्रहरी कार्यालय राैतहटमा आयोजना गरेको कार्यक्रममा बोल्दै लैगिक हिंसाको क्षेत्रमा यहाँ धेरै गर्न बांकी छ ।

लैगिक हिंसा विरुद्धको १६ दिने अभियानकाे पुर्व सन्ध्यामा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मिश्रले राैतहटमा जे गरे हुन्छ, नगरे हुन्छ , जे पनि चल्छ भने किसिमका भावना त्यागेर काम गर्नु पर्ने जरुरी रहेको बताए ।

राैतहटमा अब यस्ताे हुदैन , राैतहट भएकोले अब यस्ताे गर्नु हुन्न भन्ने भावना काे विकास गर्न जरुरी रहेकाे उनले बताउँदै यी कुरामा जनचेतना आवश्यक रहेको जिकिर गरे ।

प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय अनुसन्धानका प्रहरी उपरीक्षक चन्दन झा , मानव सेवा केन्द्रका अध्यक्ष किरण ठाकुर , महिला सुरक्षा दवाव समुहका देवकी नेपाल , छोरी संस्थाका कोपिला तिमल्सिना , नारी चेतनाका गिता कुशवाहा , अधिवक्ताद्वय विपिन गाैतम, दिलिप कोईराला ,महिला सेल गरुडाका फुलमाया गुरुङ सहितका उपस्थिति रहेको थियो । सो वैठकबाट १६ दिने अभियान अवधिभर जिल्लामा हरेक दिन कार्यक्रम गर्ने निर्णय गरेको छ ।

 

    हमास मंसिर ९

राहत कार्यमा लागेको संस्था रेड क्रसले हमासको कब्जाबाट २४ बन्धक रिहा भएको पुष्टि गरेको छ ।

सामाजिक सञ्जालको पोस्टमा रेड क्रसले लेखेको छ, ‘२४ बन्धकलाई सुरक्षित रिहा गरिएको पुष्टि गर्दा हामी राहत महसुस गरिरहेका छौँ ।’

अर्को एक पोस्टमा संस्थाले भनेको छ, ‘दुवै पक्षबीच आफ्नो निष्पक्ष भूमिका निभाउँदै हामीले यी बन्धकलाई गाजाबाट निकालेर इजिप्टसँग जोडिएको सीमासम्म ल्यायौँ ।’

इजरायली मिडियामा हमासले १३ इजरायली बन्धकलाई राहत कार्यमा लागेको संस्था रेड क्रसको जिम्मा लगाएको खबर आएको थियो । यसअघि हमासले थाइल्याण्डका केही बन्धकलाई छोडेको थियो । थाइल्याण्डका प्रधानमन्त्रीले आफ्ना १२ नागरिक सकुशल रिहा भएको जानकारी दिएका थिए ।

टीभी च्यानल १२ का अनुसार, सबै बन्धकलाई रफाह क्रसिङमार्फत इजिप्ट लगिएको छ । हमासले कहाँनेर बन्धकलाई रेड क्रसको जिम्मा लगायो भन्ने कुरा अहिलेसम्म स्पष्ट भएको छैन ।

इजिप्टले इजरायली बन्धक आफ्नो देशमा आइसकेको जानकारी दिएको छ ।

हमास र इजरायलबीच मध्यस्थ गरिरहेको कतारको विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन्, ‘छोडिएका बन्धकहरूमध्ये १३ इजरायली नागरिक हुन्, १० थाइल्याण्ड र एक फिलिपिन्सका नागरिक छन् ।’

इजिप्ट पुगेपछि हमासले छोडेका सबै मानिस अहिले इजरायली सुरक्षा सेवाको साथमा छन् ।

उनीहरूलाई विमानस्थलमा लगिने छ, जहाँबाट सैन्य हेलिकोप्टरमार्फत इजरायल पुर्‍याइने अधिकारीलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ ।

युद्धविरामको सम्झौताअनुसार, पहिलो दिन इजरायलले पनि ३९ प्यालेस्टाइनी कैदीलाई रिहा गर्नुपर्ने छ । इजरायली जेलमा बन्द यी मानिसलाई वेस्ट बैंकमा छोड्नुपर्ने छ । उनीहरूलाई रामल्लाहस्थित बेलुनियामा रिहा गर्नुपर्ने भए पनि त्यहाँ झडप भएको खबर छ ।

७ अक्टोबर एकाबिहानै हमासले जमिन र हवाई बाटोबाट इजरायलभित्र पसेर आक्रमण गरेको थियो । उक्त हमलामा करिब १२ सय मानिस मारिएका थिए ।

यस क्रममा हमासका लडाकुले एक नेपाली विद्यार्थीसमित करिब २ सय ४० मानिसलाई बन्धक बनाएको थियो ।

यसपछि इजरायलले हमासविरुद्ध जवाफी कारबाही गर्दै गाजामा भीषण आक्रमण थालेको थियो । गाजामा हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार, इजरायलको कारबाहीमा अहिलेसम्म १४ हजार प्यालेस्टाइनीको मृत्यु भएको छ ।

यसैबीच, हमासले रिहा गरेका २४ जनामा नेपालका विपिन जोशी रहे, नरहेको स्पष्ट छैन । उनको अवस्थाबारे समेत अहिलेसम्म कुनै आधिकारिक जानकारी छैन । केही दिनअघि इजरायली डिफेन्स फोर्सका प्रवक्ताले हमासको कब्जामा एक नेपाली नागरिक पनि देखिएको बताएका थिए ।

विपिन जोशीको रिहाइमा सघाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कतारसित आग्रह गरेका छन् । हमास र इजरायलबीच मध्यस्थता गरिरहेको कतारबाट विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुरैखी अहिले नेपाल भ्रमणमा छन् । हिजो साँझ आफ्नै कार्यकक्षमा भएको भेटमा प्रधानमन्त्री दाहालले विपिनको सकुशल रिहाइमा सघाउन अल–मुरैखीलाई आग्रह गरेका हुन् ।

 

  खौला, पर्वतक ९ मंसिर, 

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एकजना नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन भएको हो । क्षेत्रीको शान्तियागोस्थित लिटरोल अलेन्टेजानो अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएको गैरआवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष उमेश खड्काले जानकारी दिए ।

मृतक क्षेत्रीको शव परीक्षणका लागि सोही अस्पतालको शवगृहमा राखिएको र उनको निधनबारे उनका परिवारलाई जानकारी गराइएको खड्काले बताए । पोर्चुगलको ओडिमिरास्थित बोआभिस्ता बस्दै आएका क्षेत्रीलाई उनीसँगै बस्दै आएका पुतलीबजार –१२ पेल्काचौरका ३० वर्षीय लोकेन्द्र गुरुङले गत मंगलबार राति छुरा प्रहार गरेका थिए । मदिराले मातेका गुरुङले उनलाई छुरा प्रहार गरेको पोर्चुगलस्थित अवैतनिक वाणिज्यदूत मकरबहादुर हमालले जानकारी दिए ।

छुरा प्रहार गरी फरार भएका गुरुङलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । क्षेत्री र गुरुङ वैदेशिक रोजगारीका सिलसिलामा आठ महिना अघि पोर्चुगल आएका हुन् । उनीहरू दुवै जना ओडिमिरास्थित एक कृषि कम्पनीमा कार्यरत थिए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।