राैतहट,मंसिर १३ गते राैतहट ।
चन्द्रपुर नगरपालिका वडा नम्बर १ स्थित ऐतिहासिक गोल्मा राजारानीको दरबार क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने भएको छ । थाई सरकारले सहयोमा गरेको दुई करोड रुपैयाँ को लागतमा यही मंसिर १६ गते वुद्व भगवानको मुर्ति राख्न लातिएको समजसेवी वीर बहादुर रखालले बताए ।

ऐतिहासिक गोल्मा राजारानीको दरबार क्षेत्रमा मुर्ति स्थापना हुनलागेकोमा स्थानीय जनता निकै उत्तसाहित भएको समाजसेवी रखालले बताए । पाँच सय बर्ष अघिको शेनबंशिय राजा गोल्मा राजा रानीको दरबार क्षेत्रमा रहेको टुँडिखेलमा थाई सरकारको सहयोगमा दुई करोड रुपैयाँ पर्ने साँढे ९ फिटको बैरीबिनाश भगवान् बुद्धको मूर्ति स्थापना गरिने भएको खबरले आफु निकै हर्षित भएको चन्द्रपुर नगरपालिकाका नगरप्रमुख संजय कुमार काप्लेले बताए । सो क्षेत्रलाई ध्यानकेन्द्रको रुपमा विकास गरिने भएको छ । पुरातात्त्विक महत्त्व बोकेको सो क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न स्थानीयको सहयोगमा गोल्माराजा बौद्ध बिहार जुटेको छ ।
सो क्षेत्रको विकासमा स्थानीयले श्रमदान गरी बाटो निर्माण गरिसकेका छन् भने जङ्गलको संरक्षण गर्दै विदेशमा रहेका नेपालीहरुले कुटीको निर्माण गरिदिएका छन् । सो क्षेत्रमा बेल र पारिजातका फूलहरु समेत रहेका छन्। यहि मंसिर १६ गते बैरीबिनाश भगवान् बुद्धको मूर्ति स्थापना हुने भिक्षु मेधंकर स्थबिरले बताए ।
उनका अनुसार ऐतिहासिक, पुरातात्वीक र किम्बदन्ति महत्त्व रहेको सो क्षेत्रको पहिचान गर्ने मात्र हैन पर्यटकीय धरोहरको रुपमा रहेको क्षेत्रको संरक्षणमा सबैको एकताको खाचो रहेको बताए । ऐतिहासिक रहेको गोल्माराजाको दरबारको इट्टा लगेर पौराई स्थित ब्रम्हस्थानमा रहेको इनारमा प्रयोग गरिएको छ भने ०११ सालतिर मानव बस्तिको बिस्तार सँगै अलपत्र रहेको सो दरबारको इट्टाको प्रयोग गरी स्थानीयले घर समेत निर्माण गरेको स्थानीयले बताएका छन् । भग्नावशेष रहेको दरबारको जीर्णोद्धारमा स्थानीयले जोड दिएका छ ।
तीनै तहको सरकारबाट ओझेलमा परेको सो क्षेत्रको संरक्षणमा भिक्षु मेधंकर स्थबिरले देखाएको चासोमा स्थानीयको भने सहयोग रहेको स्थानीय गोपाल घिमिरेले बताए । चन्द्रपुर नगरपालिका वडा नम्बर १ स्थित गैरीगाँउबाट आधा घण्टाको उकालोमा दरबारको टुँडिखेल पुगिन्छ भने टुँडिखेलबाट १५ मिनेट ओरालो र उकालो चढेपछि गोल्मा राजारानीको दरबार रहेको स्थानमा पुगिने स्थानीय समीरबाबु कार्कीले बताए ।
दरबार क्षेत्रमा रहेको टुँडिखेलमा गोल्मा राजाको शैनिकले परेड खेल्ने स्थानीय बृढापाकाहरु बताउँछन् । चन्द्रपुर वडा नम्बर १ का पुर्व अध्यक्ष बिरु रखाल मगरले दरवारको जीर्णोद्धार गरेर सङ्गग्राहलयको रुपमा विकास गर्न सकिने बताए । उनका अनुसार दरबारबाट स्थानीयले पुरानो गोल्कि पैसा, जाँतो, तरवार लगाएतका सामान स्थानीयसँग अझै सुरक्षित रहेको बताए । दरबार रहेको स्थानमा अझै त्यस बेलाको इट्टा, काटिएका ढुङ्गा रहेको छ ।
शेनबंशिय राजा गोल्मा राजा रानीको दरबारको जीर्णोद्धार र टुँडिखेल लाई समेत उपयोग गरेर पर्यटकीय क्षेत्र बनाउन सकिने नगरप्रमुख काफ्लेले बताए । प्रतिनिधि सभा सदस्य देवप्रसाद तिमलसिनाले गोल्मराजाको दरवारको संरक्षणमा सबै जुटनु पर्ने बताए । दरबारको विषयमा पुरातत्व विभागलाई जानकारी भैसकेको बताउँदै उनले यसको संरक्षण र प्रबद्धनमा सबैपक्ष जुट्ने हो भने मधेश प्रदेशकै पर्यटकीय गन्तव्य बन्ने सांसद तिमिल्सिनाले दाबी गरेका छन ।

बार,१४ मङ्सि।
बारा जिल्लाका दुई वटा इलाका प्रशासन कार्यालयले आफ्नो क्षेत्रभित्रका बासिन्दालाई पछिल्लो समय सेवा दिन सकेका छैनन् । इलाका प्रशासन कार्यालय सिम्रौनगढ र इलाका प्रशासन कार्यालय कोल्हवीका कार्यालय प्रमुख नहुँदा सेवा प्रवाह प्रभावित भएको हो ।
इलाका प्रशासन कार्यालय सिम्रौनगढमा एक महिनादेखि कार्यालय प्रमुख नहुँदा स्थानीयहरु नागरिकता बनाउन सदरमुकाम कलैया धाउन बाध्य भएका छन् ।
यसअघि गाउँ–ठाउँबाटै एक दिनमै नागरिकता पाएका सिम्रौनगढका स्थानीयले पछिल्लो समय सदरमुकाम धाउनु परेको गुनासो गरेका छन् । सिम्रौनगढ, जानकीनगरका पशु रामले नागरिकता बनाउन कलैया धाउनुपर्दा धेरै पैसा खर्च हुने र धेरै दिन धाउनुपरेको गुनासो गरे ।
सिम्रौनगढस्थित इलाका प्रशासन कार्यालयका प्रमुख दसैँलगत्तै सरुवा भएर अन्यत्र गएपछि नागरिकता जारी गर्ने कार्य रोकिएको हो ।
सो कार्यालयमा अहिले एक जना नायव सुब्बा, २ जना कार्यालय सहयोगी छन् । नयाँ नागरिकता, प्रतिलिपि नागरिकता र प्रमाणित कागजपत्र बनाउन जिल्ला प्रशासन कार्यालय कलैया पठाउने गरेको कार्यालय सहयोगी रामविश्वास कुशवाहाले जनाए ।
उनले इप्रका सिम्रौनगढबाट अभिलेख राख्ने र नागरिकता लिन आउनेलाई सबै कागजातहरु चुस्तदुरुस्त गरेर पठाउने गरेको बताए । इलाका प्रशासन कार्यालय सिम्रौनगढमा यसअघि दैनिक २५ देखि ३० वटा नयाँ नागरिकता र ८ देखि १० वटा प्रतिलिपि जारी हुने गर्दथ्यो ।
जिल्लाको दक्षिणतर्फ रहेको सिम्रौनगढ सँगसँगै उत्तरतर्फ रहेको इलाका प्रशासन कार्यालय कोल्हवीमा समेत पछिल्लो समय प्रमुख नहुँदा नागरिकता जारी हुने कार्य रोकिएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।
कोल्हवीका स्थानीयहरु पनि नागरिकता बनाउन कलैया धाउने गरेका छन् । जसले गर्दा जिल्ला प्रशासन कार्यालयमा कामको चाप बढेको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए ।
नियमित रुपमा जारी गरिने नागरिकता, प्रतिलिपि नागरिकता लिन आउने सेवाग्राहीको चाप बढेपछि गृह मन्त्रालयमा अधिकृत पठाइदिन पटक पटक अनुरोध गरे पनि सुनवाइ नभएको प्रजिअ सापकोटाले जनाए ।
काठमाडौं।
काठमाडौं महानगरपालिकाले मंसिर २७ गतेदेखि आफ्नो भौगोलिक क्षेत्रभित्र प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण निषेध गर्ने भएको छ ।कामपा स्वास्थ्य विभागले जारी गरेको १५ दिने सार्वजनिक सूचनामा यससम्बन्धी जानकारी दिएको छ ।
कामपाले निर्देशन पालना नगरे कडा कारबाही गर्ने चेतावनी दिएको छ । त्यसका लागि २७ गतेदेखि नै कामपाको सबै सार्वजनिक क्षेत्रमा कामपा प्रहरी परिचालन गर्ने भएको छ ।
कामपा प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले शिक्षण संस्था, सरकारी कार्यालय, पुस्तकालय, तालिम तथा जनस्वाथ्यसम्बन्धी संस्था, सार्वजनिक सवारीसाधन, वृद्धाश्रम, विमानस्थल, बाल कल्याण गृह, क्लबहरू, सार्वजनिक शौचालय, होटल, रेस्टुरेन्टहरू, छात्रावास, व्यायामशाला, डिपार्टमेन्ट स्टोर, धर्मशाला, सार्वजनिक प्रतीक्षालयलगायतका स्थलमा सुर्तीजन्य पदार्थ सेवन र बिक्रीवितरण गर्न नपाइने व्यवस्था गरेको बताउनुभयो । सो व्यवस्थाले ऐनको परिच्छेद २ को दफा ३ मा सुर्तीजन्य पदार्थ नियन्त्रणअन्तर्गत सार्वजनिक स्थल तय गरेको छ ।
ती स्थलमा सेवन गरे सय रुपियाँ जरिवाना गर्न सक्ने व्यवस्था छ । ऐनको अनुच्छेद ५ को उपदफा १७ मा सजायसम्बन्धी व्यवस्थाअनुसार सो क्षेत्रमा धूम्रपान र सुर्तीजन्य पदार्थ सेवा गरे तुरुन्त रोक लगाउन सक्ने पटकपटक सेवन गरेमा बाहिर निकाल्न सक्ने र अटेर गरेमा उक्त रकम जरिवाना गराउने व्यवस्था छ ।
ऐनको दफा ५ अन्तर्गत विभिन्न कसुरमा ५ हजारदेखि १ लाख रुपियाँ जरिवाना गर्नेसम्मको व्यवस्था छ । ‘ऐनअनुसार अनुगमनसँगै कारबाही गर्ने गरी आवश्यक तयारी थालेको कामपा प्रहरी प्रमुख पाण्डेले बताउनुभयो । २७ गतेबाट अनुगमन गर्न सबै प्रहरी परिचालन गर्न लागेको उहाँको भनाइ छ ।
यसअघि ऐन जारी गरेलगत्तै सरकारले प्रहरी परिचालन गरी सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवान गर्नेमाथि तत्काल पक्राउ गरी सय रुपियाँ जरिवाना गर्ने गरेको थियो । राजधानीमा खुलेआम बिक्रीवितरण बढ्न थालेपछि कामपाले कडाइ गर्न थालेको हो ।
काठमाडौं महानगरपालिकाले मंसिर २७ गतेदेखि आफ्नो भौगोलिक क्षेत्रभित्र प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण निषेध गर्ने भएको छ ।कामपा स्वास्थ्य विभागले जारी गरेको १५ दिने सार्वजनिक सूचनामा यससम्बन्धी जानकारी दिएको छ ।
कामपाले निर्देशन पालना नगरे कडा कारबाही गर्ने चेतावनी दिएको छ । त्यसका लागि २७ गतेदेखि नै कामपाको सबै सार्वजनिक क्षेत्रमा कामपा प्रहरी परिचालन गर्ने भएको छ ।
कामपा प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले शिक्षण संस्था, सरकारी कार्यालय, पुस्तकालय, तालिम तथा जनस्वाथ्यसम्बन्धी संस्था, सार्वजनिक सवारीसाधन, वृद्धाश्रम, विमानस्थल, बाल कल्याण गृह, क्लबहरू, सार्वजनिक शौचालय, होटल, रेस्टुरेन्टहरू, छात्रावास, व्यायामशाला, डिपार्टमेन्ट स्टोर, धर्मशाला, सार्वजनिक प्रतीक्षालयलगायतका स्थलमा सुर्तीजन्य पदार्थ सेवन र बिक्रीवितरण गर्न नपाइने व्यवस्था गरेको बताउनुभयो । सो व्यवस्थाले ऐनको परिच्छेद २ को दफा ३ मा सुर्तीजन्य पदार्थ नियन्त्रणअन्तर्गत सार्वजनिक स्थल तय गरेको छ ।
ती स्थलमा सेवन गरे सय रुपियाँ जरिवाना गर्न सक्ने व्यवस्था छ । ऐनको अनुच्छेद ५ को उपदफा १७ मा सजायसम्बन्धी व्यवस्थाअनुसार सो क्षेत्रमा धूम्रपान र सुर्तीजन्य पदार्थ सेवा गरे तुरुन्त रोक लगाउन सक्ने पटकपटक सेवन गरेमा बाहिर निकाल्न सक्ने र अटेर गरेमा उक्त रकम जरिवाना गराउने व्यवस्था छ ।
ऐनको दफा ५ अन्तर्गत विभिन्न कसुरमा ५ हजारदेखि १ लाख रुपियाँ जरिवाना गर्नेसम्मको व्यवस्था छ । ‘ऐनअनुसार अनुगमनसँगै कारबाही गर्ने गरी आवश्यक तयारी थालेको कामपा प्रहरी प्रमुख पाण्डेले बताउनुभयो । २७ गतेबाट अनुगमन गर्न सबै प्रहरी परिचालन गर्न लागेको उहाँको भनाइ छ ।
यसअघि ऐन जारी गरेलगत्तै सरकारले प्रहरी परिचालन गरी सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवान गर्नेमाथि तत्काल पक्राउ गरी सय रुपियाँ जरिवाना गर्ने गरेको थियो । राजधानीमा खुलेआम बिक्रीवितरण बढ्न थालेपछि कामपाले कडाइ गर्न थालेको हो ।
जनकपुरधाम, १३ मङ्सिर :
प्रथम राष्ट्रपति डा रामवरण यादवले राष्ट्रिय एकता र धार्मिक सद्भावसहित देश विकासमा लाग्नुको विकल्प नरहेको बताउनुभएको छ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियास्थित तपसी बाबा कुटीमा आजदेखि सुरु भएको शिवशक्ति महायज्ञको समुद्घाटन गर्नुहुँदै प्रथम राष्ट्रपति यादवले सबै धर्मावलम्बीले सामाजिक सद्भावलाई थप मजबुत बनाउने क्रियाकलाप गर्नुपर्ने र महायज्ञजस्ता धार्मिक कार्यबाट त्यसमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । पूर्वराष्ट्रपति यादवले नेपालको संविधानले सनातन धर्मको रक्षा गर्दै सबैको धार्मिक स्वतन्त्रताको रक्षा गर्ने सङ्कल्प गरेकाले त्यसैको मर्मअनुसार अगाडि बढ्न सबैलाई अपिलसमेत गर्नुभयो । उहाँले अन्न भण्डारका रूपमा रहेको मधेसमा पानीलगायत विभिन्न समस्याका कारण कृषि कर्म सङ्कटमा पर्दै गएको र उत्पादनमा ह्रासका कारण प्रदेशसहित सिङ्गो देश नै खाद्यान्न आयातमा निर्भर हुनु चिन्ताको विषय भएको बताउनुभयो । उहाँले तराई मधेसको ‘लाइफलाइन’को रूपमा चुरे विनाश नरोकिए खानेपानीको हाहाकार र कृषि उत्पादनमा थप जटिलता थपिने भन्दै त्यसको दीर्घकालीन समाधानका लागि समयमै काम गर्न सरकार तथा सम्बद्ध पक्षलाई आग्रह गर्नुभयो । रासस
आरके श्रीवास्तव,राैतहट,१३ गते मंसिर/
राैतहटकाे राजपुर नगरपालिकामा प्रहरीले अवैध मदिरा उत्पादन गर्ने तीनवटा रक्सी भट्टी नष्ट गरेको छ । राजपुर नगरपालिका– ५ मा अबैध रूपमा सञ्चालन रहेको रक्सी भट्टी नष्ट गरिएको हो ।

विशेष सूचनाको आधारमा बुधबार दिउँसो सावा ३ बजेतिर गएको प्रहरी टोलीले अबैध रूपमा सञ्चालन गरेको उक्त रक्सी भट्टी नष्ट गरेको ईलाका प्रहरी कार्यालय राजपुरले जनाएको छ ।
भट्टी नष्ट गर्ने क्रममा ६० लिटर कच्चा पदार्थ नष्ट गरिएको प्रहरीले जनाएको छ । ३ वटा खाली जार प्रहरीकाे नियन्त्रणमा रहेको छ । प्रहरी बरिस्ठ नायब निरिक्षक प्रमानन्द प्रसाद यादवकाे कमान्डमा गएको प्रहरी टाेलीले पूर्ण रूपले रक्सी भठ्ठी नष्ट गरेको हाे । उक्त अबैध रक्सी भठ्ठी इलाका प्रहरी कार्यालय बाट ३ किलोमिटर पश्चिम उत्तरपर्ने ठाउँमा सञ्चालनमा रहेको बुझिएको छ ।

आरके श्रीवास्तव,राैतहट,१३ गते मंसिर ।
राैतहटकाे दुई पालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृत पाएकाे छ । आज एकै दिन जिल्लाको देवाही गाेनाही नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत हाजिर भएका छन् भने यमुनामाई गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई जिम्मेवारी दिइएको छ । देवाही गोनाही नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी सन्देश यादव हाजिर भएका हुन् ।

उनी यस अघिका प्रमुख प्रशासकीय अधिकृत शम्भु यादवकाे ठाउँमा आएका हुन् । देवाही गाेनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साह, वडाध्यक्षहरु र कार्यालयका कर्मचारीहरुको उपस्थितिमा यादवले कार्यालय प्रमुखको रुपमा हाजिर भएका हुन् । कार्यालय प्रमुखको रुपमा नगर प्रमुख साहले यादवलाई स्वागत पनि गरेका छन् ।
यता उप प्रमुख परनिया देवी पटेलले भने, आफू सँग सल्लाहै नगरी हाजिर भएको भन्दै असंतुष्टी जनाएकी थिईन् । कार्यालयमा हाजिर भएपछि जवाफदिने क्रममा यादवले आफूले नियमानुसार कामकाज गर्ने उपप्रमुख समक्ष प्रतिबद्धता समेत जनाएका थिए । उता जिल्लाकाे यमुनामाइ गाउँपालिकाको निमित्त प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी फेरि रामश्रेष्ठ यादवलाई दिइएको छ । यस अघि उनलेे उक्त गाउँपालिकाकाे जिम्मेवारी सम्हालीसकेका छन् ।

२०८० मङ्सिर १३
सप्तरीमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको काम सञ्चालनको माग गर्दै युवा सडकमा उत्रेका छन्। सप्तरी युथ नेपालले सत्येन्द्र यादवको संयोजकत्वमा आन्दोलन परिचालन समिति गठन गरी सडकमा उत्रेर निरन्तर विभिन्न स्वरूपमा आन्दोलन गरिरहेकाे छ।
एक प्रदेश, एक स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने नीतिअनुसार १६ पुस ०७५ मा मन्त्रिपरिषद्कोे बैठकले राजविराजमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने निर्णय गरेको थियो।
यसका लागि २१ जेठ ०७८ मा मन्त्रिपरिषद्ले प्रतिष्ठान निर्माण गर्न राजविराज नगरपालिका– १० बिरौलस्थित ६२ बिघा जग्गा प्रतिष्ठानका नाममा ३० वर्षका लागि लिजमा दिने निर्णय गरेको थियो।
जग्गाको टुंगो लागेपछि यही जग्गामा २२ असार ०७८ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रतिष्ठानको भवन निर्माण कार्यको भर्चुअल माध्यमबाट शिलान्यास गरेका थिए। तर, शिलान्यासको दुई वर्षभन्दा बढी समय बितिसक्दा पनि निर्माण कार्य सञ्चालन हुन सकेको छैन।
गजेन्द्रनारायण सिंह अस्पतालको परिसरमा प्रतिष्ठानको पूर्वाधार तयारी विकास समितिको कार्यालय भए पनि नेतृत्वविहीन अवस्थामा छ।
समितिका अध्यक्ष डा. रोहित पोखरेल प्रदेश सभाको निर्वाचनमा उम्मेदवार बनेपछि र गजेन्द्रनारायण सिंह अस्पतालका तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट एवं प्रतिष्ठानका कार्यकारी निर्देशक डा. रञ्जितकुमार झा सरुवा भएर अन्यत्र गएपछि कार्यकारी निर्देशकको पदसमेत रिक्त छ। त्यसपछि कार्यालयमा करारमा रहेको तीनजना कर्मचारीको म्यादसमेत थप गरिएको छैन। यद्यपि, उनीहरू कार्यालय आउने–जाने भने गरिरहेका छन्।
आक्रोशित स्थानीयले प्रतिष्ठान निर्माण कार्यलाई यथाशीघ्र अघि बढाउनुपर्ने, प्रतिष्ठानको पूर्वाधार तयारी विकास समितिमा रिक्त भएका पदहरूमा अविलम्ब पदाधिकारी र कर्मचारी नियुक्त गर्नुपर्ने, प्रतिष्ठान निर्माणका लागि आवश्यक बजेटको व्यवस्थापन गर्नुपर्नेलगायतका माग राख्दै आन्दोलन थालेका छन्। नयाँ पत्रिका
हेमन्त जोशी,काठमाडौँ, १३ मङ्सिर :
सरकार तेस्रो लगानी सम्मेलनको तयारीमा जुटेको छ । स्वदेशी, विदेशी लगानीकर्तालाई नेपालका आयोजनामा लगानी आह्वान गर्न आउँदो वैशाख ९ र १० गते काठमाडौँमा अन्तर्राष्ट्रियस्तरको सम्मेलन गर्ने मिति तय भएको छ । अबको पाँच महिनामा सम्मेलन गर्ने सोच सरकारले बनाइरहँदा त्यसको पूर्वतयारीका काम कति चुस्त हुन्छन् र सोचेअनुरुप उपलब्धि हासिल होला ? भन्नेमा चासो र आशङ्का देखिएको छ । जानकारहरु भन्छन्, “लगानी सम्मेलन आवश्यक छ । तर सम्मेलनमा नेपालले के लिएर जाँदैछ ? त्यसको तयारी पुगेन । पर्याप्त आन्तरिक तयारी बिनाको सम्मेलन कर्मकाण्डी मात्रै नहोस् ।” लगानी आकर्षित गर्न चाहिने नीतिगत र कानुनी सहजता, सहज सेवाप्रवाहमार्फत आन्तरिक वातावरण निर्माण, झन्झटमुक्त प्रशासनिक र कर संरचना, बजार सुनिश्चिततासहित लगानी प्रतिफलको प्रत्याभूति, ‘सोकेस’मा राखिने आयोजनाको पूर्वतयारीलगायत विषयलाई सरकारले कसरी सम्बोधन गर्छ र लगानीकर्तालाई विश्वस्त तुल्याउँछ भन्नेमा प्रश्न देखिएको छ । लगानी सम्मेलनको मिति घोषणासँगै उठेको अर्को महत्वपूर्ण प्रश्न हो, ‘दशकौँसम्म सुध्रिन नसकेका वा बन्न नसकेका के कुरा अबको पाँच महिनामा सरकारले सुधार्छ वा बनाउँछ र लगानी आउँछ ?’ लगानी सम्मेलनका लागि तयार पारिएको निर्देशक समितिका संयोजकसमेत रहनुभएका अर्थमन्त्री डा प्रकाशशरण महत भन्नुहुन्छ, “यसपटक सम्मेलनकै लागि सम्मेलन हुँदैन र यो औपचारिकताका लागि मात्रै होइन । सरकारको सम्पूर्ण प्रयास यसलाई सफल बनाउनेमा केन्द्रित हुन्छ । विदेशस्थित नेपाली दूतावास, गैरआवासिय नेपाली, निजी क्षेत्रलगायत सबै संयन्त्र परिचालन हुन्छन् । नीतिगत, कानुनी, प्रशासनिक उल्झन सुल्झाइन्छन् ।” सम्मेलनअघि सम्भावित लगानीकर्तासँग द्विपक्षीय छलफल गरी वास्तविक लगानीकर्ता पहिचान गर्ने र आयोजनामा प्रस्ताव आह्वानदेखि लगानी स्वीकृतसम्मको प्रक्रियामा सरकारले सहजीकरण गर्ने गरी तयारी थाल्नसमेत आइतबार बसेको निर्देशक समितिको बैठकमार्फत अर्थमन्त्री महतले निर्देशन दिइसक्नुभएको छ । निर्देशक समितिको पहिलो बैठकमा समेत लगानी सम्मेलनको तयारीका लागि समय कम रहेको विषय उठेको थियो । जकडिएको र अस्तव्यस्त कानुनी, प्रशासनिक तथा संरचनागत सुधारबिना सम्मेलन आयोजना गर्नुको अर्थ रहन्न । अर्कोतर्फ यति छोटो समयभित्र समस्याका सबै गाँठा सरकारले फुकाउन सक्छ भन्ने पर्याप्त आधार पनि देखिँदैनन् । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई आन्तरिक वातावरण सुधारसहितको तयारीबिनाको सम्मेलन कर्मकाण्डी मात्रै हुने र त्यसको उपलब्धि न्यून हुने बताउनुहुन्छ । त्यस्तै, लगानीकर्ता प्रतिफलको अपेक्षासहित आउने भएकाले त्यसको प्रत्याभूति सरकारले गराई दिनुपर्ने उहाँको भनाइ छ । “अहिलेको अवस्थामा लगानी ल्याउन आवश्यक हो । त्यसका लागि स्पष्ट दृष्टिकोणसहितको सुधार आवश्यक छ । राजनीतिक, कानूनी, सामाजिक रुपमा लगानीमैत्री नीति राज्यले निर्माण गर्नुपर्छ”, डा भट्टराई भन्नुहुन्छ, “लगानीकर्ता नाफाका लागि आउने हो । उनीहरूले प्रतिफल हिसाब गर्छन् । यहाँको लगानीको वातावरण, कर्मचारी संयन्त्रले काम गर्ने शैली, कानुनी सहजता, पूँजी परिचालन र बजार व्यवस्थापनलगायत विषय हेर्छन् ।” लगानीका लागि नीतिगत र संरचनागत समस्या पहिचान गरी सम्बोधन नगरेसम्म लगानीकर्ता आकर्षित नहुने उहाँ बताउनुहुन्छ । लगानीकर्ताले हेर्ने अर्को महत्वपूर्ण विषय भनेको आफ्ना वस्तु तथा सेवाको सम्भाव्य बजार हो । दुई ठूला छिमेकी देश भारत तथा चीनको बजारसँग नेपालका उत्पादनले प्रतिस्पर्धा गर्नसक्ने अवस्था अहिले छैन । “लगानीका लागि भू–अर्थनीति पनि हेरिन्छ । दुई ठूला बजार भारत र चीनमा हामी छौँ । तिनीहरुको मूल्य शृङ्खलासँग जोडिने गरी विशेष प्रावधान हामीले गर्नुपर्छ”, पूर्वप्रधानमन्त्री भट्टराई भन्नुहुन्छ, “हामी वस्तु आयात गर्ने र श्रम निर्यात गर्ने अर्थतन्त्रमा गएका छौँ । नेपालको मात्रै बजार हेरेर ठूला लगानीकर्ता आउँदैनन् । हाम्रो यो कमजोर पक्षबारे राजनीतिक नेतृत्वले पनि गम्भीर हुन सकेको छैन ।” छिमेकी मुलुकमा बजार खोज्नेमात्र नभई त्यहाँका लगानीकर्तालाई पनि ल्याउन सक्नुपर्ने उहाँको भनाइ छ । नेपालमा लगानी प्रवद्र्धनका लागि लगानी बोर्डको कार्यालयलाई कानुनी र संरचनागत अधिकारसहित स्वायत्त तथा अधिकारसम्पन्न बनाउने र अहिले विभिन्न मन्त्रालय तथा निकायमा छरिएर रहेका लगानीसम्बन्धी अधिकारहरु एकीकृत गरिनुपर्ने सुझाव पनि भट्टराईले दिनुभयो । विभिन्न देशका विकासकर्ता कम्पनीलाई नेपालमा बोलाएर लगानी गर्नका लागि आश्वस्त पार्न सरकारले देखाउने पत्यारिता आधार के छन् भन्नेमा प्रश्न रहेको पूर्वअर्थमन्त्री डा युवराज खतिवडा बताउनुहुन्छ । ‘नेपालले के कुरामा सुधार गरेको छ ?’ भनेर लगानीकर्ताले प्रश्न गर्दा त्यसको जवाफ सम्मेलन आयोजकका रुपमा सरकारले दिन सक्नुपर्ने उहाँ बताउनुहुन्छ । “नेपालले कर प्रणालीमा के सुधार भएको छ र विदेशी लगानीलाई करको भार कति छ ? विदेशी लगानीसम्बन्धी प्रोत्साहनका केही प्रावधान ल्याइएका छन् कि छैनन् ? विदेशी लगानीको ‘काउन्टर पार्ट’का रुपमा आउने स्वदेशी लगानीमा प्रशस्त पूँजी उपलब्ध भयो कि भएन ? जस्ता प्रश्न लगानीकर्ताले गर्छन् । त्यसको जवाफ दिन हामी तयार हुनुपर्छ”, खतिवडाले भन्नुहुन्छ, “कति मुलुकसँग दोहोरो कर उन्मुक्ति सम्झौता भएको छ ? कति मुलुकसँग लगानी प्रवद्र्धन र सुरक्षा सन्धि गरियो ? या विदेशी लगानी गरेर छिमेकी मुलुकका व्यापार गर्ने कुनै नयाँ व्यापारिक सम्झौता भए कि भएनन् ? भनेर लगानीकर्ताले हेर्छन् ।” लगानीमैत्री वातावरणका लागि कानुनी र संरचनागत सुधार अर्को महत्वपूर्ण पक्ष रहेको खतिवडा बताउनुहुन्छ । यसमा पनि नेपालले उल्लेख्य सुधार गर्न सकेको छैन । “मेरै पालामा संसद्मा लगेका कानुनहरु पनि अहिलेसम्म पारित भएर आएका छैनन् । नयाँ कानुनको मस्यौदा बनेर मन्त्रिपरिषद्बाट पारित गरी संसद्मा जान सकेका छैनन्”, उहाँ भन्नुहुन्छ । खतिवडाका अनुसार बैंकिङसम्बन्धी, विदेशी विनियमसम्बन्धी, सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनहरु समयसापेक्ष हुन सकेका छैनन् । सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक संसद्मा अड्किएर बसेको छ । सम्पत्ति शुद्धीकरण मामिलामा निगरानी राख्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्कफोर्सअन्तर्गतको एसिया प्यासिफिक ग्रुपले नेपालाई ‘ग्रे लिस्ट’बाट बच्न एक वर्षको सुधारको समय दिएको छ । यसरी सम्पत्ति शुद्धीकरणमा ‘ग्रे लिस्ट’मा पर्ने सम्भावना भएको देशले लगानी सम्मेलन गर्नेतर्फभन्दा पहिला कसरी ग्रे लिस्टबाट उन्मुक्त भएर अब हामी सुरक्षित हुने भन्नेतर्फ लाग्नुपर्ने खतिवडा बताउनुहुन्छ । “लगानीकर्ताले आफ्नो सम्पत्तिको सुरक्षण खोज्छ । बौद्धिक सम्पत्तिसम्बन्धी कानुनको मस्यौदा बनेको लामो समय भइसक्दा पनि मन्त्रिपरिषद्बाट पारित भएर संसद्मा गइसकेको छैन”, खतिवडा भन्नुहुन्छ, “कम्पनी कानुनमा पनि केही सुधार गर्नुपर्नेछ । कम्पनीमा प्रवेश गर्न सजिलो छ, तर निस्कन त्यति सजिलो छैन । हाम्रै देशका कतिपय कम्पनी खारेजीमा लैजानुप¥यो भने त्यो गर्नका लागि वर्षौं लाग्छ ।” सार्वजनिक–निजी साझेदारी ऐनमा पनि केही संशोधन आवश्यक रहेको उहाँको भनाइ छ । सार्वजनिक–निजी साझेदारी ऐनसँग स्वाभाविक रुपमा सार्वजनिक खरिद ऐन पनि जोडिएर आउने हुनाले त्यसमा पनि संशोधन र सुधार आवश्यक छ । त्यस्तै वन ऐन, जग्गा प्राप्ति सम्बन्धी कानुनका जटिलता उस्तै छन् । हेजिङ नियमावली कार्यान्वयनका लागि जोखिम बहनसम्बन्धी स्पष्टता खोज्नुपर्ने देखिन्छ । हेजिङ नियमावलीमा जोखिमको दायित्व सरकारले कति व्यहोर्ने, लगानीकर्ताले कति व्यहोर्ने र जुन संस्थाले ऋण दिन्छ त्यसले कति व्यहोर्ने भनेर स्पष्ट छैन । त्यस्तै, सार्वजनिक–निजी साझेदारी ऐनमा सम्भाव्यता न्यून परिपूर्ति कोष (भिजिएफ)को व्यवस्था छ । तर त्यसको कार्यान्वयन हुन सकेको छैन । झन्झटिला अस्पष्ट कानुनी उल्लनमात्र होइन, लगानीकर्ताले भोग्ने संरचनागत, प्रशासनिक र व्यावहारिक कठिनाइ पनि उत्तिकै छन् । लगानीकर्तालाई सबै प्रकारका प्रशासनिक सुविधा एकै ठाउँबाट सहज रुपमा उपलब्ध गराउने भनेर सरकारले उद्योग विभागअन्तर्गत र लगानी बोर्डमा समेत एकल विन्दु सेवा केन्द्र स्थापना गरेको छ । तर त्यसको प्रभावकारिता देखिँदैन । निर्णय प्रक्रिया अत्यन्तै सुस्त छन् । “पाँच÷दश वर्षअघि गरेको लगानीका प्रस्ताव अहिलेसम्म पास हुँदैन । केही लगानीकर्ताहरु निरुत्साहित भएर फर्किंदै गरेका पनि छन् । त्यो अवस्थामा नेपालले हाम्रो लगानीलाई कसरी सुरक्षित गर्छ भन्ने प्रश्नको जवाफको तयारीका साथ सरकार आउन सक्नुपर्छ”, खतिवडा भन्नुहुन्छ, “लगानीकर्ताले प्रतिबद्धता जनाएका भए पनि नेपालकै ढिलासुस्तीका कारणले ती अघि बढेका छैनन् । कार्यान्वयन नहुने प्रतिबद्धताको मात्र के अर्थ ? हिजोका दिनमा प्रतिबद्धता गर्ने लगानीकर्ताको लगानी किन आएन भनेर मूल्याङ्कन समीक्षासमेत भएको छैन ।” लगानीकर्ताले खोज्ने र आउँदो लगानी सम्मेलनको प्रभावकारितासमेत मापन गर्ने अर्को महत्वपूर्ण पक्ष हो– ‘सोकेस’मा राखिने आयोजनाको अवस्था । वित्तीय तथा प्राविधिक सम्भाव्यता अध्ययन भएका, वातावरणीय प्रभाव मूल्याङ्कन भएका, विस्तृत परियोजना प्रतिवेदन तयार भएका, प्रतिफल विश्लेषण भएकालगायत आयोजनामा लगानीकर्ताको चासो रहन्छ । तर यस्ता पूर्वतयारी नै नभएका आयोजनालाई लगानीकर्ताले लगानी प्रस्ताव गरिहाल्ने आधार पनि हुँदैन । तयारी बिनाका धेरैवटा आयोजना सोकेसमा राख्नभन्दा तयारीसहितका निश्चित आयोजना छनोट गरेर लगानी आह्वान गरिनपर्ने पूर्वअर्थमन्त्री खतिवडाको सुझाव छ । “उद्योग मन्त्रालय र लगानी बोर्डले कम्तिमा एक÷दुई दर्जन आयोजनामा सम्भाव्यता अध्ययन भएको छ, लगानीको प्रतिफल दर यस्तो छ, वातावरणीय मूल्याङ्कनको कारणले रोकिनु पर्दैन, वित्तीय व्यवस्थापन गर्न आन्तरिक रुपमा आवश्यक प¥यो भने हामी पनि तयार छौँ भनेर चित्त बुझाउने गरी परियोजना विकास गर्नुपर्छ”, उहाँले भन्नुभयो, “अहिलेसम्म परियोजना बैंकका परियोजना तयारी अवस्थामा छैनन् भने पनि आउँदो चार÷पाँच महिनामा कति आयोजना तयारी अवस्थामा पुग्छन् भन्ने कुरामा लगानी सम्मेलनको उपलब्धि भर पर्छ । नत्र भने त्यो मेला मात्रै हुन्छ र मेलामा मान्छे भेला गर्ने काम मात्रै हुन्छ ।” अघिल्लो लगानी सम्मेलनमा देखाइएका आयोजनालाई नै फेरि सोकेसमा राख्नुभन्दा तयारीसहितका नयाँ आयोजना ल्याउन सक्नुपर्ने खतिवडा बताउनुहुन्छ । लगानीकर्ताले लगानी गर्नुअघि हेर्ने अर्को महत्वपूर्ण पक्ष मुलुकको सार्वभौम साख मूल्याङ्कन (सोभरेन कन्ट्री रेटिङ) हो । नेपालले चार÷पाँच वर्षअघि नै ‘कन्ट्री रेटिङ’को प्रक्रिया अघि बढाएको भए पनि कोभिड महामारीका कारण रोकिएको थियो । अहिले पनि मुलुकका आर्थिक सूचकहरु सबल नबनिसकेको अवस्थामा कन्ट्री रेटिङ गर्दा त्यसले राम्रो ‘ग्रेड’ नदेखाउने भएकाले अर्थतन्त्र सुधारलाई नै प्राथमिकतामा राख्नुपर्ने डा खतिवडा बताउनुहुन्छ । “कन्ट्री रेटिङका लागि सन् २०१९ सम्म उपयुक्त समय थियो । तयारी पनि गरेको हो । कोभिडपछिको अवस्थामा आर्थिक सूचक खुम्चिएका छन् र हाम्रा सबल पक्ष त्यति छैनन्”, उहाँ भन्नुहुन्छ, “कन्ट्री रेटिङ गर्ने हो भने मुलुकको आर्थिक अवस्था अलि सुदृढ भएको बेला गर्नु उपयुक्त हुन्छ । यसका लागि अहिले उपयुक्त समय हो कि होइन भनेर स्पष्ट हुन जरुरी छ ।” कन्ट्री रेटिङ गर्दा आफ्नो स्तर तल देखिन्छ कि भन्ने अवस्थामा रहेको मुलुकमा लगानीकर्ताले कति सहज ढङ्गले लगानी गर्लान् भन्ने प्रश्न पनि देखिएको छ । यस्तो अवस्थामा आन्तरिक अर्थतन्त्रलाई सुदृढ गरेर अर्को वर्षको कुनै विन्दुमा पुगिसकेपछि लगानी सम्मेलन गर्न उपयुक्त हुने डा खतिवडाको सुझाव छ । त्यसो हुँदा लगानीको वातावरण सुध्रेको छ भनेर सकारात्मक सन्देश पनि लगानीकर्तामा जाने उहाँ बताउनुहुन्छ । कोभिडपछिको अर्थतन्त्र सुधारका लागि लगानी सम्मेलन आवश्यक रहेकाले सरकारले यसलाई प्राथमिकताका साथ काम गर्नुपर्ने लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत राधेश पन्त बताउनुहुन्छ । लगानी सम्मेलनलाई सफल बनाउन सरकारले अधिकतम प्रयास गर्नुपर्ने उहाँको भनाइ छ । चार÷पाँच महिनाको तयारीबाट उपयुक्त आयोजना छनोट र राम्रा लगानीकर्ता (क्वालिटी इन्भेस्टर) आउन सक्नेमा शङ्का गर्ने ठाउँ रहेको पन्त बताउनुहुन्छ । दक्षिण एसिया अरु देशहरु पनि लगानीकर्ताका लागि प्रतिस्पर्धी बजार भएकाले नेपालले दिने सुविधाबारे स्पष्टतासँगै लगानी बोर्डको कार्यालयले अझ प्रभावकारी ढङ्गले काम गर्नसक्नुपर्छ । तर कुन आयोजना मुलुकका लागि बढी आवश्यक हो र त्यसमा लगानीकर्ताले पनि फाइदा कसरी लिनसक्छ भन्नेबारे प्रतिफलको विश्लेषण हुन नसकेको उहाँको भनाइ छ । “हामीले धेरैवटा आयोजना देखाउन आवश्यक छैन । सम्भाव्यता अध्ययन, वातावरणीय प्रभाव मूल्याङ्कन, जग्गा मुआब्जा वितरण, विस्तृत परियोजना प्रतिवेदन बनिसकेका निश्चित आयोजना छनोट गरेर ती आयोजनामा राम्रा लगानीकर्ता ल्याउन सक्नुपर्छ”, पन्त भन्नुहुन्छ । पूर्वअर्थमन्त्री खतिवडाले भन्नुभएजस्तै आवश्यक पूर्वतयारी र लगानीकर्तालाई दिइने सुविधाको स्पष्टताबिनाको लगानी सम्मेलनबाट अपेक्षित लगानी भित्रिन सक्नेमा पन्त पनि शङ्का गर्नुहुन्छ । “लगानीका लागि विभिन्न कानूनी सुधार, थप केही मुलुकसँग दोहोरो लगानी प्रवद्र्धन तथा सुरक्षण सम्झौता (बिप्पा) गर्ने, सार्वभौम साख मूल्याङ्कन गर्ने, आयोजनासँगै लगानी सुरक्षाको वातावरण बनाउने, आयोजनामा देखिएको समस्या तत्काल समाधान गर्नेलगायतका काम गर्न आवश्यक छ”, पन्त भन्नुहुन्छ, “स्थानीय बन्ड जारी गर्ने, हेजिङ नियमावली कार्यान्वयन, राम्रा आयोजनाको छनोटदेखि लगानीकर्तासँग निरन्तर संवाद र समन्वयकारी भूमिका पनि निभाउनुपर्छ ।” नेपालमा लगानी किन गर्ने भनेर लगानीकर्तालाई बुझाउनुपर्ने र आश्वस्त पार्न सक्नुपर्ने हुन्छ । त्यो भनेको उनीहरुको लगानीको सुरक्षा र प्रतिफलको ग्यारेन्टी हो । अर्कोतर्फ लगानीर्ताले पैसा ल्याएदेखि के–के काम कसरी गर्ने भनेर सुरुदेखि नै सरकारका सम्बन्धित निकायबाट समन्वयका वातावरण बनाइनुपर्ने पन्तको सुझाव छ । निजी क्षेत्रको मनोबल घटिरहेको बेला लगानी सम्मेलन गरेर विदेशी लगानी आयो भने त्यसले नेपालभित्रका लगानीकर्ताको पनि मनोबल बढ्ने नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष भवानी राणा बताउनुहुन्छ । तर अरु मुलुकले विभिन्न सुविधा दिएर लगानीकर्तालाई आकर्षित गरिरहेका बेला नेपालले उनीहरुलाई यहाँ लगानी गर्नका लागि कसरी विश्वास दिलाउन सक्छ भन्नेबारे सोच्नुपर्ने उहाँको भनाइ छ । लगानी भित्र्याउनका लागि दक्षिण एसियामा प्रतिस्पर्धा रहेकाले नेपालले नीतिगत सहजतामार्फत् बढीभन्दा बढी लगानीका लागि केन्द्रित हुनुपर्ने राणाको बुझाइ छ । “पहिलेजस्तै लगानी सम्मेलन मात्र गर्ने तर वातावरण नबनाउने हो भने हामीले सोचेजस्तो लगानी नभित्रिन सक्छ । लगानीकर्तालाई सुविधा दिन आवश्यक छ । नेपालसँग अरुदेशको भन्दा राम्रो ‘अफर’ छ भनेर भन्न सक्नुप¥यो”, राणा भन्नुहुन्छ, “सरकारले वातावरण बनाउँछौँ भन्छ । वैदेशिक लगानीका लागि एकदमै खुला रुपमा जान्छौं भन्न सक्नुपर्छ । लगानी सम्मेलन गर्नका लागि विदेशी लगानीकर्तालाई रेड कार्पेट बिछ्याएर जान सक्नुपर्छ ।” राणाका अनुसार अघिल्लो लगानी सम्मेलनपछि हालसम्म कुनै स्पष्ट नीतिगत सुधार हुन सकेको छैन । विगतमा एकल बिन्दु सेवा केन्द्र ल्याइए पनि त्यसको प्रभावकारिता देखिन सकेको छैन । अघिल्लो लगानी सम्मेलनमा धेरैवटा आयोजनामा सम्झौता (एमओयु) भएका थिए । तर त्यसलाई कार्यान्वयन गर्नेतर्फ सरकारको ध्यान पुगेन । कानूनी प्रावधानसँगै कार्यान्वयनको पक्ष पनि सुधारको खाँचो रहेको उहाँ बताउनुहुन्छ । “सरकारले सहज बनाउँछौँ भन्छ तर त्यसको कार्यान्वयन प्रभावकारी हुँदैन । कर्मचारी संयन्त्रमामा पनि समस्या छ । नेपाल सानो बजार भएकाले बाह्य बजारसँगको आवद्धता र त्यसको प्रत्याभूति लगानीकर्तालाई दिन सक्नुपर्छ”, राणाले भन्नुभयो, “लगानी भित्र्याउनका लागि केहि वर्ष सरकारले उदार नीति नै लिनुपर्छ । निश्चित वर्षलाई औद्योगिकीकरणका लागि नै हामीले कसरी जाने भनेर भन्न सक्नुपर्छ ।” नेपालको उत्पादन क्षेत्र, जलस्रोत, पर्यटन, कृषिलगायतका क्षेत्रमा लगानीको पर्याप्त सम्भावना रहेको र नेपालले पुँजीसँगै प्रविधि पनि भित्र्याउनेतर्फ जोड दिनुपर्ने उहाँ बताउनुहुन्छ । लगानी बोर्डका सहसचिव अमृत लम्साल लगानी सम्मेलनलाई सफल र प्रभावकारी बनाउनका लागि विभिन्न तीनवटा समिति गठन भएको बताउनुहुन्छ । लगानी सम्मेलन आयोजना गर्नका लागि अर्थमन्त्रीको संयोजकत्वमा निर्देशक समिति बनाईको छ । निर्देशक समितिको पहिलो बैठक गत आइतबार बसेको छ । कार्यान्वयन समिति र प्राविधिक समितिको पहिलो बैठक भने बसिसकेको छैन । सम्मेलनको कार्यतालिका र ढाँचा स्वीकृत गर्ने, लगानी वातावरण बनाउनका लागि आवश्यक नीतिगत सुधारका क्षेत्र पहिचान गर्ने र सम्मेलनको समग्र पक्ष हेर्नेगरी अर्थमन्त्रीको संयोजकत्वमा यो समिति बनाइएको छ । परराष्ट्र, ऊर्जा, भौतिक पूर्वाधार, संस्कृति पर्यटन, उद्योग, कृषि, सहरी र सङ्घीय मामिला मन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्यसचिव, नेपाल राष्ट्र बैंकका गभर्नर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, अर्थसचिव, उद्योग सचिव, निजी क्षेत्रका तीनवटा छाता संस्थाका अध्यक्षहरु निर्देशक समितिमा छन् । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतले निर्देशक समितिको सदस्य सचिवका रुपमा काम गर्नुहुनेछ । त्यस्तै, निर्देशक समितिमा पेश गर्ने प्रस्ताव तयार गर्न, सम्बद्ध सरोकारवालासँग आवश्यक समन्वय गर्न र सम्मेलनको समग्र तयारीका लागि निर्देशक समितिलाई आवश्यक सहयोग गर्न मुख्यसचिवको संयोजकत्वमा विषयगत मन्त्रालयका सचिव, राष्ट्र बैंकका डेपुटी गभर्नर र निजी क्षेत्रका छाता संस्थाका अध्यक्ष सदस्य रहनेगरी कार्यान्वयन समिति बनाइएको छ । लगानी सम्मेलनमा प्रस्तुत हुने आयोजनाको स्थिति विश्लेषण गरी परियोजनाको अवधारणा बनाउन, सम्मेलनमा प्रस्ताव गर्ने आकर्षक र भरपर्दो आयोजनाको विकास गर्ने सम्मेलनमा गरिने विभिन्न समझदारीपत्र तथा सम्झौताको आवश्यक तयारी गर्न लगायत कामका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिव संयोजक रहने गरी विभिन्न विषयगत मन्त्रालयका सहसचिवसहितको प्राविधिक समिति बनाइएको छ । तेस्रो लगानी सम्मेलनको सचिवालय लगानी बोर्डको कार्यालयमा रहने जनाएको छ । लगानी सम्मेलनका लागि सरकारको तयारी कस्तो छ त ? सहसचिव लम्सालका अनुसार लगानी सम्मेलन अघि लगानीकर्ता सम्मिलित ‘प्रिइभेन्ट’हरु आयोजना गर्ने सरकारको तयारी छ । त्यस्तै, कानूनी र संरचनागत सुधारका लागि पनि विभिन्न निकायले समन्वयात्मक रुपमा काम गर्नेछन् । “हाम्रो ऐन, नियमावलीमा मुख्य समस्या के छन् र तिनलाई कसरी सम्बोधन गर्ने भनेर सुधारको प्रस्ताव सरकारमा जान्छ । आर्थिक ऐनले गरेका प्रावधानबाहेक लगानीकर्तालाई के कस्ता सहुलियत प्याकेज के कति दिन सकिन्छ भनेर पनि तयारी गर्नुपर्ने छ”, लम्साल भन्नुहुन्छ, “लगानी आउने आयोजनालाई अबको १० वर्षसम्म वा कुनै निश्चित अवधिसम्म के कति सुविधा सरकारले दिन्छ भनेर पनि हामी स्पष्ट भइसक्छौं । कर छुट (ट्याक्स होलिडे) का विषयमा हामी केहि नीतिग निर्णय गर्न सक्छौं । यसले लगानीकर्तामा राम्रो सन्देश जान्छ ।” त्यस्तै, लगानीकर्तालाई लगानी सम्मेलनबारे जानकारी गराउने, आमन्त्रित गर्ने, आयोजना प्रवद्र्धनका लागि प्रचार–प्रसारका काम पनि सँगसँगै लैजाने तयारी सरकारको छ । निजी क्षेत्रलाई लगानी सम्मेलन आयोजना गर्नका लागि गठन गरिएका विभिन्न समितिमा प्रतिनिधित्व गराइएको छ । “निजी क्षेत्रसँग सहकार्य र समन्वयात्मक रुपमा जाने भन्ने छ । सम्भावित लगानीकर्ताहरुसँग निजी क्षेत्र पनि कुनै न कुनै हिसाबले सम्पर्कमा रहेका हुन्छन् । त्यसकारण समितिहरुमा निजी क्षेत्रलाई पनि राखिएको छ”, लम्सालले भन्नुभयो, “सार्वजनिक निजी साझेदारीमा लगानी हुने आयोजनालाई पहिचान गरेर सोकेस गर्ने भनेर तय हुन्छन् । ती आयोजनाबारे जानकारी दिने सामग्री तयार पार्ने काम पनि शुरु भएको छ ।” सम्मेलनले नेपालका सम्भावित आयोजनाको चिनारी गराउने र लगानीकर्तासँग सञ्जाल (नेटवर्क) पनि स्थापित गराउने अपेक्षा पनि सरकारको छ । दोस्रो लगानी सम्मेलन (२०७५, चैत) मा ५० सरकारी क्षेत्रबाट र २७ आयोजना निजी क्षेत्रबाट गरी ७७ वटा आयोजना सोकेसका रुपमा राखिएका थिए । तीमध्ये करिब तीन दर्जन आयोजनामा लगानीकर्ताले चासो देखाएर आवेदनसमेत दिएका थिए भने विभिन्न १५ वटा आयोजनामा सहकार्यसम्बन्धी साझेदारीमा हस्ताक्षर भएको थियो । करिब साढे १४ खर्ब बराबरको लगानी प्रतिबद्धता उक्त सम्मेलनबाट आएको भए पनि हालसम्म भएको वास्तविक लगानी स्वीकृत भने निकै कम मात्रै देखिन्छ । दोस्रो लगानी सम्मेलनका क्रममा पनि सरकारले हतार–हतार केही कानुनी सुधार र सोकेसमा लगिने आयोजना बैंक तयार पारेको थियो । औद्योगिक व्यवसाय ऐन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, सार्वजनिक निजी साझेदारी ऐनलाई संशोधन परिमार्जन गरिएको थियो । अहिले नेपालमा विद्युत् उत्पादन बढेको भए पनि सस्तो छैन । सबै प्रदेशमा कम्तीमा एउटा औद्योगिक पार्क बनाउने सरकारी योजना अलपत्र छ । उद्योग व्यवसायका लागि जमिन पाउन सजिलो छैन । विश्व बैंकको डुइङ बिजनेस श्रेणीमा नेपाल ६३ दशमलव दुई अङ्कसहित ९४औँ स्थानमा छ । लगानीकर्ताले जोखिमको प्रिमियममा देखिने समस्या समाधानका लागि क्रेडिट रेटिङ र विनिमयसम्बन्धी प्रिमियमका लागि हेजिङ सुविधालाई हेर्ने गरेका छन् । लगानी सम्मेलनअघि सरकारले यी विषयमा कसरी काम गर्छ हेर्न बाँकी छ । त्यस्तै, कर प्रणाली सुधार, लगानीको सुरक्षा तथा प्रतिफलको सुनिश्चित, वस्तु तथा सेवाको बजार सुनिश्चित, जग्गा प्राप्ति तथा वनका मामिलामा सहजीकरणलगायतका विषयमा नेपालले के–कस्तो नीति लिन्छ र अहिलेका समस्या समाधान गर्छ भन्नेमा लगानी सम्मेलनको उपलब्धि कति हुने भन्ने पनि निर्धारण गर्नेछ । रासस
काठमाडौँ, १३ मङ्सिर :
नेपाल प्रहरीले सामानको अग्रिम अनलाइन भुक्तानी गर्न लगाई डेलिभरी नगराई ठगी गर्ने गिरोह सक्रिय भएको भन्दै सचेत हुन आम नागरिकमा अनुरोध गरेको छ । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले विभिन्न क्षेत्रबाट यस्ता घटना भएको भन्दै उजुरी पर्न थालेकाले यकिन गरेर मात्रै सामानको भुक्तानी दिन आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, “पछिल्लो समय सामाजिक सञ्जालको माध्यमबाट सस्तोमा सामानको विज्ञापन राखी अग्रिम भुक्तानी गर्न लगाई पैसा लिने र डेलिभरी नगरी ग्राहकका अकाउन्टलाई ब्लक गरी ठगी गर्ने क्रियाकलापसम्बन्धी गुनासो बढिरहेको छ । त्यसैले सामाजिक सञ्जालमार्फत कारोबार गर्दा सम्बन्धित पेज÷अकाउन्ट आधिकारिक हो वा होइन यकिन गरेरमात्र कारोबार गर्नुपर्छ ।” प्रहरीले यस्ता ठगीका सम्बन्धमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवन वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सप्रमाण निवेदन दिन पनि अनुरोध गरेको छ । पछिल्लो समयमा अनलाइन कारोबार फस्टाएर ग्राहकलाई सजिलो बनाए पनि त्यसबाट विकृति भने बढ्दो छ । आकर्षक सामान देखाएर प्रलोभनमा पारी ग्राहकको मन तान्ने र सामान अर्डर गरेर घर आइपुग्दा कमसल मल प्राप्त हुने गरेको गुनासो यसअघि पटकपटक सार्वजनिक भइसकेको छ । रासस
काठमाडौँ, १३ मङ्सिर :
नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गरे/नगरेका विषयमा २४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले एक सार्वजनिक सूचना प्रकाशित गरी २४ घण्टाभित्र टिकटक बन्द गर्ने निर्णय कार्यान्वयन भए/नभएकाबारे जानकारी दिन निर्देशन दिँदै यसअवधिमा जानकारी नदिने सेवा प्रदायकलाई दूरसञ्चार ऐन, २०५३ अनुसार अनुमति पत्र खारेजीलगायतको कारबाही गर्ने चेतावनी दिएको छ । यसअघि टिकटक बन्द गर्ने सरकारको निर्णय कार्यान्वयन गरी जानकारी गराउन सबै इन्टरनेट तथा मोबाइल सेवा प्रदायकलाई निर्देशन दिए पनि अहिलेसम्म जानकारी नआएकाले २४ घण्टाभित्र जानकारी दिन निर्देशन दिइएको प्राधिकरणका उप–निर्देशक तथा सूचना अधिकारी सूर्यप्रसाद लामिछाने राससलाई जानकारी दिनुभयो । गत कात्तिक २८ गते र मङसिर २ गते सार्वजनिक टिकटक बन्द गराउन सूचना निकालिसकेकाले अबको २४ घण्टाभित्र जवाफ पेस गर्न प्राधिकरणले उक्त सूचनामार्फत निर्देशन दिएको उहाँले बताउनुभयो । गत कात्तिक २७ गतेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सद्भाव बिग्रिन थालेको भन्दै टिकटकको प्रयोगलाई बन्द गर्ने निर्णय गरेको थियो । उक्त निर्णय लगत्तै प्राधिकरणले टिकटक बन्द गर्न सेवा प्रदायकलाई निर्देशन दिएको थियो । हालसम्म कुनै पनि सेवा प्रदायक कम्पनीले निर्देशन कार्यान्वयन नगरेको भन्दै प्राधिकरणले कारबाही गर्ने चेतावनीसमेत दिएको छ । रासस