२०८३ भाद्र ४
२०८३ भाद्र ४

 

काठमाडौं मंसिर २०,/         

काठमाडौं महानगरपालिकाले कानुनअनुसार औषधि पसल सञ्चालन गर्न निर्देशन दिएको छ।

मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत् मंसिर २९ गतेभित्र नियमानुसार दर्ता, चिकित्सकको प्रेस्किप्सनबाट मात्रै औषधिको कारोबार गर्न निर्देशन दिएका हुन्।

‘हामी काठमाडौं महानगरपालिकामा बसोबास गर्ने आम मानिसको स्वास्थ्यको लागि निकै संवेदनशील छौं। यस महानगरपालिकाले नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन विभिन्न सुधारात्मक कार्यहरू गर्दै आइरहेको तपाईंहरूलाई थाहा नै छ। तर आम मानिसको जनस्वास्थ्यमा लापरबाही भएको पाइएको छ,’ मेयर शाहले भनेका छन्, ‘ काठमाडौं महानगरपालिकाभित्र सञ्चालनमा रहेका औषधि पसलहरूमा अनधिकृत व्यक्तिहरूबाट औषधि बिक्री वितरण भइरहेको, औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधिसमेत बिक्री वितरण भइरहेको, चिकित्सकको प्रेस्किप्सनबिना औषधि बिक्री वितरण भइरहेको महानगरमा गुनासो आइरहेको छ।’

मेयर शाहले नार्कोटिक औषधिहरूको प्रचलित ऐन कानुन अनुसार बिक्री वितरण नगरिएको र उक्त औषधिहरूको आवश्यक अभिलेख नराख्ने गरिएको, औषधि पसल व्यवस्थापन नगरिएको, काठमाडौं महानगरपालिका स्वास्थ्य विभागबाट इजाजत पत्र नलिई सञ्चालनमा रहेको विभिन्न गुनासो आएको बताएका छन्।

‘काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागबाट अनुगमन गर्दासमेत उल्लेख भए अनुसार भएको पाइएको छ यसमा हामी गम्भीर छौं। त्यसैले हामीले यही महिनाको २९ गतेभित्र माथि उल्लेखित सम्पूर्ण कार्यहरू कानुन बमोजिम गर्न यसै सूचनाद्वारा जानकारी गराउन चाहन्छौं,’ उनले भनेका छन्।

मंसिर २९ भित्र काठमाडौँ महानगरपालिका क्षेत्र भित्र सञ्चालित औषधि पसलहरूले सुधारात्मक कार्यहरू गरेको नपाइएमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (क) ९ तथा काठमाडौं महानगरपालिका जन–स्वास्थ्य ऐन २०८० को दफा २६ (घ) अनुसार स्वास्थ्य विभागबाट अनुगमन भई काठमाडौं महानगरपालिका जन–स्वास्थ्य ऐन २०८० को दफा ५३ अनुसार औषधि पसल बन्द गर्ने सम्मको कारबाही गरिने पनि मेयर शाहले बताएका छन्।

 

 

गाजा २० मंसिर/          

 गाजामाथि इजरायलले गरेको आक्रमणमा मारिनेको संख्या १६ हजार नजिक पुगेको छ ।

इजरायली आक्रमणबाट अहिलेसम्म गाजामा मारिनेको संख्या १५ हजार ९०० पुगेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मारिनेहरू मध्ये २५० भन्दा बढी स्वास्थ्यकर्मी थिए रहेको स्वास्थ्यमन्त्री माई अल काइलाले बताए ।

यसअघि गाजाको स्वास्थ्य मन्त्रालयका प्रमुखले घेरामा परेको कमल अड्वान अस्पताल भित्रबाट बोल्दै चिकित्सकहरूले खतराको बाबजुद पनि बिरामीहरूलाई नछाड्ने र उपचारमा दिनरात खटिने बताए ।

 

काठमाडाैं  मंसिर २०,/

नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ १२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७२ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४४ रुपैयाँ १२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७७ पैसा रहेको छ ।

यसैगरी पाउण्ड स्टर्लिङ एकको खरिददर १६८ रुपैयाँ १६ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९२ पैसा रहेको छ । यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ३३ पैसा र बिक्रीदर ८७ रुपैयाँ ७३ पैसा रहेको छ ।

 

काठमाडौँ मंसिर २०,/ 

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ तथा गोलभेँडा सानो (लोकल)को १५ रुपैयाँ रहेको छ ।

यस्तै लोकल बन्दाको ५०, काउली स्थानीयको १५, मुला रातोको ३०, स्कुसको १५, तामाको १००, केरा दर्जनको १५० रुपैयाँ रहेको छ।

 

बैतडी मंसिर १९, /                

– बैतडीमा एक जना मृत अवस्थामा फेला परेका छन् ।

जिल्लाको डिलाशैनी गाउँपालिका-३ तल्लाछेपट्टाका ३० वर्षीय श्रीकान्त बोहरा मृत अवस्थामा फेला परेका हुन् ।

बोहरा मंगलबार दिउँसो आफ्नै घरभित्र मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता खेम बिक्रम केसीले बताए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

१९ मंसिर, काठमाडौं ।

रुकुम पश्चिम जिल्ला अदालतले साढे ३ वर्षअघि चौरजहारी नगरपालिका सोती गाउँमा भएको नवराज विकसहित ६ जनाको हत्या प्रकरणमा २३ जनालाई जन्मकैदको सजाय सुनाएको छ ।

न्यायाधीश खड्गबहादुर केसीको इजलासले हाल पुर्पक्षमा थुनामा रहेका २३ जनालाई जन्मकैदको सजाय सुनाएको जिल्ला अदालत रुकुम पश्चिमका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले जानकारी दिए ।

यसअघि नै धरौटीमा छुटेका ८ जनाले भने सफाइ पाएका छन् । साढे तीन वर्षअघि नवराज विकसहित ६ जनाको ज्यान जाने गरी भएको घटनामा जिल्ला सरकारी वकिल कार्यालयले २ नाबालकसहित ३४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । तीमध्ये केही व्यक्ति फरार छन् ।

नवराज विककी प्रेमिकाकी बाबु र आमालाई जातीय छुवाछुतको अभियोगमा २/२ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला भएको छ । 

उनीहरुमाथि ६ जनाको ज्यान मारेको, अरु १२ जना घाइतेहरुको ज्यान मार्ने प्रयास गरेको र जातीय छुवाछुत गरेको आरोप थियो ।

 

काठमाडौं  १९ मंसिर।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई पक्राउ पुर्जी जारी भएकोविरुद्ध काठमाडौंमा मसाल जुलुस निस्किएको छ ।

राजनीतिक मुद्दामा प्रतिशोधपूर्ण ढंगले पक्राउ पुर्जी जारी भएको भन्दै नेकपा समर्थकले काठमाडौंमा मसाल जुलुस निकालेका हुन् ।

२०७६ सालमा दर्ता भएको मुद्दामा काठमाडौं जिल्ला अदालतले ३५ दिने पक्राउ पुर्जी जारी गरेको हो ।

 

काठमाडौँ मंसिर १९,/   

— नाइजेरियाली सेनाले विद्रोहीहरूलाई लक्षित गर्दै प्रहार गरेको ड्रोनको निशाना गलत पर्दा धार्मिक उत्सवमा भाग लिइरहेका कम्तीमा ८५ आमनागरिकको मृत्यु भएको छ ।

कादुना राज्यको इगाबी काउन्सिल क्षेत्रको टुदुन बिरी गाउँमा गत आइतबार राति मोहम्मदको जन्मदिन मनाउन भेला भएका सर्वसाधारण ड्रोन आक्रमणमा परेका थिए । कादुनाका गभर्नर उबा सानीले ‘आतंकवादी र डाकुहरूलाई निशाना बनाएर’ प्रहार गरिएको ड्रोन गलत भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले बताएका छन् ।

राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सीले मंगलबार एक विज्ञप्ति जारी गर्दै अहिलेसम्म ८५ शव फेला परेको र अन्यको खोजी जारी रहेको बताएको छ ।एम्नेस्टी इन्टरनेशनलको नाइजेरियाको कार्यालयले भने यस आक्रमणमा १२० जनाको मृत्यु भएको बताएको छ ।

नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले मंगलबार उत्तरी कादुनामा महिला र बालबालिकासहित कम्तीमा ८५ जनाको ज्यान जाने गरी भएको सैनिक ड्रोन आक्रमणको विस्तृत अनुसन्धान गर्न निर्देशन दिएका छन् ।

 

 

काठमाडौँ  १९ मङ्सिर।

रुकुम पश्चिमको सोती घटना प्रकरणमा थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला सुनाएको छ ।

मंगलबार रुकुम जिल्ला अदालतले थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला सुनाएको हो । यस्तै अदालतले ८ जनालाई सफाइ दिएको छ ।

 

महोत्तरी १९ मंसिर                   

– प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले पार्टीका कार्यकर्ताको रूपान्तरणको सवाल मुलुकसँग गाँसिएको बताएका छन्। 

 महोत्तरीको गौशालामा आज आयोजित पार्टीको तीनमहिने रूपान्तरण अभियानको मधेस प्रदेशस्तरीय समीक्षा बैठक र प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्रीले पार्टीका नेता कार्यकर्ता रूपान्तरित भएमात्र संघीय लोकतान्त्रिक गणतन्त्र सबल हुने बताए ।

‘मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको बिगुल नेकपा माओवादीले फुकेको हो’, प्रधानमन्त्री दाहालले नेता तथा कार्यकर्तालाई प्रेरित गर्दै भने, ‘यसको स्थायित्व र सवलीकरणको नेतृत्व पनि हामीले नै गर्नुपर्छ ।’ स्वार्थभन्दा माथि उठेर काम गर्न उनले निर्देशन दिएका छन् ।

‘हामीमाथि मुलुकको बृहत् कार्यभार छ, हामीले आफ्नो चरित्र बिगार्नु हुँदैन, गलत बाटोमा लागेको भए तत्काल सच्चिनु पर्छ’, प्रधानमन्त्रीले भने, ‘त्यही सच्चिन, रूपान्तरित हुनु अभियानको अभिष्ट हो ।’ अभियानका क्रममा जनसरोकारका मुद्दा पार्टीका नेता कार्यकर्ताले उठाउन र उजागर गर्न उहाँले अपिल छ । अभियानमा जोडिएका सबै नेता कार्यकर्ताको मूल्याङ्कन पार्टी नेतृत्वले गरिरहेको उनले बताएका छन् ।

मधेस प्रदेश प्रमुख लिलामणि पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेस प्रदेशका सबै केन्द्रीय सदस्य, प्रदेश समितिका पदाधिकारी तथा सदस्य, रुपान्तरण अभियानका जिल्ला संयोजक र सम्बद्ध सदस्यलगायत सहभागी थिए । 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।