२०८३ भाद्र ४
२०८३ भाद्र ४

पुष ५ गते

‘इण्डिया’ गठबन्धनले आधिकारिक रुपमा प्रधानमन्त्रीको उम्मेदवार कसैलाई पनि घोषणा गरेको छैन । तर नयाँ दिल्लीमा बसेको बैठकमा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले कांग्रेस अध्यक्ष मालिकार्जुन खड्गेको नाम प्रस्ताव गरिन्, जसलाई दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले समर्थन गरेको आम आदमी पार्टीका सांसद राघव चड्ढाले जानकारी दिए ।

गठबन्धनका दुई नेताले खड्गेको नाम आएपछि केही प्रश्न उठेको छ, के गठबन्धनले उनको नाममा सहमति जनाउने छ ? जनायो भने उनले नरेन्द्र मोदीलाई चुनौती दिन सक्छन् ?

८२ वर्षका खड्गे एक दलित नेता हुन् र पछिल्लो ५५ वर्षदेखि भारतको राजनीतिमा सक्रिय छन् ।

गठबन्धनको दलित कार्ड ?

भारतीय लोकतन्त्रमा अहिलेसम्म कुनै दलित नेता प्रधानमन्त्री बनेका छैनन् । त्यसैले खड्गेलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा प्रस्ताव गर्नुलाई विपक्षीको दलित कार्ड पनि मानिएको छ ।

भारतको जनसंख्याको जातीय तथ्यांक छैन । तर अनुमानअनुसार भारतमा करिव २५ प्रतिशत दलित छन् । ‘इण्डिया’ गठबन्धनमा खड्गेको नाम प्रधानमन्त्रीको उम्मेदवारका रुपमा प्रस्ताव हुनुको कारणबारे वरिष्ठ पत्रकार विजय त्रिवेदी भन्छन्, ‘मालिकार्जुन खड्गे दलित नेता हुन् । अहिलेको राजनीतिमा मोदी एनडीएफको तर्फबाट एक ओबीसी अनुहार हुन् ।’

उनका अनुसार ‘इण्डिया’ गठबन्धनबाट बिहारका मुख्यमन्त्री नितिशकुमार पनि ओबीसी अनुहार हुनसक्थे । तर गठबन्धनलाई लाग्यो कि नितिशकुमारका लागि ओबीसी अनुहारका रुपमा मोदीसँग प्रतिस्पर्धा गर्न सहज छैन । ‘त्यसैले अब एक नयाँ दलित कार्ड खेलिएको छ किनकी भारतमा अहिलेसम्म कोही दलित प्रधानमन्त्री छैनन्’ उनले भने, ‘इण्डिया गठबन्धनले खड्गेलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनाव रोचक बनाउन सक्छ ।’

यो अवस्थामा ‘इण्डिया’ गठबन्धनले खड्गेलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सार्दै दलित भोट पाउँछ त ?

विजय त्रिवेदी भन्छन्, ‘बीजेपीले यसअघि रामनाथ कोविन्दलाई राष्ट्रपति बनाएर दलित कार्ड खेलिसकेको छ र यसको निकै फाइदा पनि उठायो । ओबीसीपछि दलित भोटर पनि बीजेपीसँग छ ।’ उनका अनुसार अहिले कांग्रेस निकै कमजोर छ । विधानसभा चुनावमा कांग्रेसले दलित भोट पाएको छ, तर बीजेपीको तुलनामा यो समीकरणमा अझै निकै कमजोर छ ।

‘मालिकार्जुन खड्गेलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर मात्र मोदीसँग प्रतिस्पर्धा गर्न सकिन्न । यो कुनै तुरुपको एक्का होइन’ विजय त्रिवेदीले भने, ‘तर प्रतिस्पर्धा रोचक हुनेछ ।’

– बीबीसी हिन्दीको सहयोगमा।  सभार अनलाइनखबर

पुष ५ गते

इन्टरपोलबाट रेड नोटिस जारी भई नेपाल ल्याइएका चारैजना गम्भीर प्रकृतिका मुद्दामा फरार थिए 

नेपालमा अपराध गरेर विभिन्न देश पुगेका चारजनालाई नेपाल प्रहरीले पक्राउ गरी ल्याएको छ । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को सहकार्यमा एक सातामा चार अभियुक्तलाई नेपाल ल्याउन नेपाल प्रहरी सफल भएको हो । संयुक्त अरब इमिरेट्स (युएई)बाट तीन तथा कुवेतबाट एकजनालाई पक्राउ गरी प्रहरीले ल्याएर कारबाही प्रक्रिया अघि बढाएको छ ।

इन्टरपोलबाट रेड नोटिस जारी भएका चारैजना गम्भीर प्रकृतिका मुद्दामा फरार अभियुक्त थिए । बुधबार मात्र दुईजनालाई प्रहरीले युएईबाट पक्राउ गरी ल्याएको छ । विद्युतीय कारोबारको अपराध फरार रहेका प्युठान सरुमारानी गाउँपालिका– १ का ३३ वर्षीया सगिर अहमदलाई बुधबार प्रहरीले नेपाल फिर्ता ल्याएको छ । फेसबुकबाट उनले बालबालिकालाई हिंसा गरेको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा उनी युएईमा रहेको पत्ता लागेपछि प्रहरीले इन्टरपोलको सहयोग मागेको थियो । गत २० भदौमा रेड नोटिस जारी भएकोमा प्रक्रिया पूरा गरी उनलाई बुधबार प्रहरीले नेपाल ल्याएको हो । साइबर ब्युरोले उनीमाथि कारबाही अघि बढाएको छ ।

जबर्जस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका स्याङ्जा वालिङ नगरपालिका– ११ भोर्लेका ३५ वर्षीय गोपाल बुढाथोकी भन्ने यामबहादुर बुढाथोकीलाई पनि प्रहरीले बुधबार नेपाल फिर्ता ल्याएको छ । उनलाई पनि दुबईबाट पक्राउ गरी ल्याइएको प्रहरी प्रवक्ता डिआइजी कुबेर कडायतले बताए । उनीविरुद्ध एक वर्षअघि नै रेड नोटिस जारी भएको थियो ।

जबर्जस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका काभ्रेपलाञ्चोक चौँरीदेउराली गाउँपालिका– ८ घर भएका ३१ वर्षीय उमेश लामालाई कुवेतबाट मंगलबार प्रहरीले नेपाल ल्याएको थियो । गत साउनमा उनले एक युवतीमाथि बलात्कार गरेका थिए । बिहे गर्ने आश्वासनमा बलात्कार गरी उनी वैदेशिक रोजगारीमा विदेश भागेको खुलेपछि प्रहरीले इन्टरपोलको सहयोगमा नेपाल ल्याएको हो । प्रहरी वृत्त जगातीले उनीमाथि अनुसन्धान अघि बढाएको छ ।

त्यस्तै, भिजिट भिसामा युएई पठाउने भन्दै ठगी गरी फरार रहेका सर्लाहीको जानकीनगर घर भएका कोमलराज उपाध्यायलाई युएईको दुबईबाट पक्राउ गरी २९ मंसिरमा नेपाल ल्याइएको थियो । उनले ८३ जनालाई दुई करोड ६३ लाख रुपैयाँ ठगी गरेको मुद्दा दायर भइसकेको छ । युएईमा त्रिनेत्र म्यानेजमेन्ट नामक कम्पनी नै सञ्चालन गरी त्यसैको आवरणमा उनले भिजिट भिसामा मानव तस्करीको धन्दा चलाएका थिए ।

इन्टरपोल महासभामा सहभागिताको प्रभाव
विगतमा इन्टरपोलबाट रेड नोटिस जारी भएकालाई वर्षाैँ प्रयास गर्दा पनि प्रहरीले नेपाल ल्याउन सकेको छैन । पछिल्लो सफलता प्रहरी नेतृत्वले दुई साताअघि सम्पन्न इन्टरपोलको महासभामा गरेको भेटघाटको प्रभाव भएको प्रहरी स्रोत बताउँछ । जसमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले भारत, चीन र युएईका प्रतिनिधिसँग फरार अभियुक्तको पक्राउको विषयमा छलफल गरेका थिए । सोही कारण एक सातामै युएईले तीनजनालाई नेपालमा निष्कासन गरेको हो । युएईमा अझै धेरै फरार अभियुक्त बसेका छन् ।

सुपुर्दगी सन्धिको अभावका कारण विदेशमा लुकेका अभियुक्तलाई पक्राउ गरेर ल्याउन कठिनाइ भइरहेको प्रहरी अधिकारीहरू बताउँछन् । कुनै पनि देशसँग नेपालको सुपुर्दगी सन्धि कार्यान्वयनमा छैन । हाल नेपाल प्रहरीले ९० जनाभन्दा धेरैलाई इन्टरपोलबाट रेड नोटिस जारी गरेको छ । उनीहरू बसेको देश पत्ता लगाउँदा पनि सम्बन्धित देशले सहयोग नगर्दा पक्राउ गरी ल्याउन नसकिएको प्रहरी अधिकारी बताउँछन् । यस्ता फरार अभियुक्तलाई पक्राउ तथा अन्तरदेशीय अपराधको अनुसन्धानका लागि नेपाल प्रहरीले युएईलगायत देशमा प्रहरी सहचारी राख्न वर्षाैँदेखि प्रयास गरे पनि सरकारले स्वीकृत दिएको छैन ।

पुष ५ गते

नेपाल एयरलाइन्सले पुराना ५ वटा जहाज लिलामीको सूचना जारी गरेको छ । नेपाल एयरलाइन्सले दुई वटा एमए–६० र तीन वटा वाई–१२ ई जहाज बेच्न लागेको हो ।

यी चिनियाँ जहाजहरु तीन वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्डेड छन् ।

यी जहाज जे जस्तो अवस्थामा छन्, त्यस्तै अवस्थामा बेच्न लागिएको हो । जसले बढी मूल्य कबुल गर्छ, उसैले जहाज पाउने छ ।

त्यसका लागि आज गोप्य सिलबन्दी टेन्डर आह्वान भएको छ । निवेदन दिने म्याद ४ फेब्रुअरीसम्म अर्थात् आगामी २१ माघसम्म छ ।

निगमसँग कुल ६ वटा जहाज थिए । जसमध्ये एउटा जहाज तीन वर्ष अगाडि नेपालगञ्ज विमानस्थलमा दुर्घटनामा परेसँगै उड्नै नसक्ने गरी बिग्रिएको थियो । अन्य ५ वटा जहाज (दुई वटा एमए ६० र ३ वटा वाई १२ ई) जहाज बेच्न लागिएको हो । निगमले यी जहाज २०७७ साउन १५ देखि ग्राउण्डेड गरेको थियो ।

आन्तरिक उडानको प्रयोजनका लागि चीनबाट २०७१ सालपछि भित्राउन शुरु गरिएका यी जहाजबाट नेपाल एयरलाइन्स र सरकारले घाटा मात्र बेहोरिरहेका छन् । साढे ४ अर्ब रुपैयाँ लागतमा खरिद गरिएका ४ जहाज र दुई अनुदानमा आएका गरी ६ वटा जहाज सञ्चालनबाट निगमले २०७१ सालयता वार्षिक औसतः ३८ करोड रुपैयाँ घाटा बेहोरेको छ । त्यसैले निगमले ती जहाज अब नउडाउने निर्णय लिएको छ ।

यी जहाज नाफामा उडाउन कुनै पनि हालतमा नसकिने र थप घाटा बेहोर्दा आत्मघाती निर्णय हुने निष्कर्ष निकाल्दै निगमले यी जहाजको जिम्मा लिन सरकारलाई सिफारिस गरेको थियो । तर, सरकारले यी जहाजको व्यवस्थापन गर्न कुनै चासो नदिएपछि भाडामा लगाउन खोजेको थियो । भाडामा लिन पनि कोही इच्छुक नभएपछि बिक्री गर्न लागिएको हो ।

पुष ५ गते

आज सूचना जारी गर्दै करार सेवाका लागि सर्जनदेखि नर्सिङ अधिकृतसम्मको कर्मचारी माग गरेको हो ।

जसमा नवौं तहमा ६ जना रेडियोलोजिस्ट, ६ जना प्याथोलोजिस्ट, ६ जना यौन तथा छाला रोग विशेषज्ञ, डेन्टल सर्जन ६ जना, एमडिजिपी १० जना, १० जना अर्थोपेडिक सर्जन, ८ जना एनेस्थेसियोलोजिष्ट, बाल रोग विशेषज्ञ १२ जना, स्त्री तथा प्रसूती रोग विशेषज्ञ ९ जना, जनरल सर्जन १० जना र १० जना जनरल फिजिसियन मागेको हो।

आठौं तहमा १० जना डेन्टल अधिकृत, २ जना आयुर्वेद चिकित्सक र २८ जना मेडिकल अधिकृत मागेको छ।

त्यस्तै, सातौं तहमा ३ जना अस्पताल व्यवस्थापक र ६ जना नर्सिङ अधिकृत मागेको छ। निर्देशनालयले छैटौं तहमा ६ जना अप्टोमेट्रिष्ट मागेको छ।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले १५ दिन भित्र अनलाईबाट दरखास्त दिन सक्नेछन्। सभार नेपालवाच

पछिल्लो समय इजरायल र हमासबीच अर्को युद्धविरामका लागि प्रयास तीव्र भईरहेको छ । इजरायलले गाजामा जारी राखेको बमबारी रोक्ने र हमास तथा इजरायलबीच पुनः बन्धक रिहासम्बन्धी सम्झौताको वार्ताका लागि हमासका नेताले बुधबार इजिप्ट पुगेका छन् । कतारस्थित हमासका प्रमुख इस्माइल हनियाह गाजापट्टीमा भएको आक्रमण र अन्य विषयमा छलफल गर्न कायरो पुगेको समूहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनले इजिप्टका गुप्तचर प्रमुखसँग ‘आक्रमण र युद्ध रोक्न र बन्धकको रिहाइका लागि सम्झौता तयार गर्न’ वार्ता गर्ने कार्यक्रम रहेको समूहनिकट स्रोतले एएफपीसँग बताएको छ ।

यसअघि कतारमा इरानी विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहसँग भेट गरेका हनियाले ‘उच्चस्तरीय प्रतिनिधिमण्डल’को नेतृत्व गर्दै इजिप्टको भ्रमण गरेका हुन् । उता बन्धक छुटाउन आवश्यक पहल जारी रहेको इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले बताएका छन् । नेतन्याहुले बन्धकका परिवारजनसँग कुरा गर्ने क्रममा बन्धकलाई रिहा गर्ने विषयमा छलफलका लागि देशका गुप्तचर प्रमुखलाई दुईपटक युरोप पठाएको जानकारी दिए । ‘यो हाम्रो कर्तव्य हो, सबै बन्धकको रिहाइका लागि म जिम्मेवार छु,’ नेतन्याहुले हमासको बन्दी रहेका १२९ जनामध्ये केहीका आफन्तसँगको कुराकानीमा भने, ‘तिनीहरूलाई बचाउनु हाम्रो अहिलेको सबैभन्दा ठूलो काम हो । यसमा कुनै कसर बाँकी राख्नेछैन, र हाम्रो कर्तव्य ती सबैलाई फिर्ता ल्याउनु हो ।’

मोसादका प्रमुख डेभिड बार्नेयाले सिआइएका निर्देशक बिल बन्र्स र कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीसँग युरोपमा भेटवार्ता गरेका थिए । इजिप्ट र संयुक्त राज्य अमेरिकाको समर्थन प्राप्त कतारले नोभेम्बरमा हमास–इजरायलबीच एक हप्ता लामो युद्धविराम गर्न सहयोग गरेको थियो । त्यसवेला २४० प्यालेस्टिनी कैदीहरूको बदलामा ८० इजरायली बन्धकलाई मुक्त गरिएको थियो भने अन्य मुलुकका केही नागरिक पनि मुक्त भएका थिए । भर्जिनियाबाट प्रकाशन हुने समाचार संस्था ‘एक्जिओस’ले इजरायलले हमासले बन्धक बनाएका तीन दर्जनभन्दा बढीको बदलामा कम्तीमा एक हप्ताका लागि युद्ध स्थगन गर्ने प्रस्ताव गरेको पनि जनाएको छ ।

गत अक्टोबर ७ मा हमासका लडाकुले गाजाबाट एक्कासि जल, स्थल र हवाईमार्गबाट इजरायली क्षेत्रमा सुरु गरेको आक्रमणमा करिब एक हजार १४० व्यक्तिको मृत्यु भएको थियो, जसमा अधिकांश सर्वसाधारण थिए र करिब २५० जनालाई अपहरण गरिएको इजरायलले जनाएको छ ।

त्यसपछि इजरायलले हमासलाई ध्वस्त पार्ने वाचा गर्दै गाजा क्षेत्रमा गरेको भीषण बमबारीबाट १९ हजार ६६७ को मृत्यु भएको गाजास्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ । हताहत हुनेमा अधिकांश महिला र बालबालिका छन् । इजरायली राष्ट्रपति आइज्याक हर्जोगले पनि मंगलबार उनको देश ‘बन्धकहरूको रिहाइका लागि अर्को मानवीय युद्धविराम र थप मानवीय सहायताका लागि तयार रहेको’ बताएका थिए ।

 

काठमाडाैं  पुस ५,

मधेस स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालयले विभिन्न पदमा कर्मचारी माग गरेको छ । प्रादेशकि अस्पतालहरुका लागि करारमा जनशक्ति नियुक्त गर्नेगरी बिहीबार सूचना प्रकाशित भएको हो ।

विभिन्न १९ पदमा ठूलो संख्यामा दरखास्त माग भएको छ भने इच्छुक उम्मेदवारले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
काठमाडौँ पुस ५ /  

सरकारले चीनबाट ल्याइएका ग्राउन्डेड जहाजहरु कबाडीमा बेच्न आज टेन्डर आह्वान गरेको छ।

प्राविधिक रुपले मर्मत गरी सञ्चालन गर्न बारम्बार समस्या भएपछि ग्राउन्डेड अवस्थामा रहेका पाँच चिनियाँ जहाज कबाडीमा बेच्न टेन्डर आह्वान गरिएको हो।

आज प्रकाशित टेन्डर आह्वानमा दुई एमए–६० र तीन वाई १२ ई जहाज अहिले जे जस्तो अवस्थामा छन् त्यही अवस्थामा खरिद गर्न फेब्रुअरी ४ सम्ममा नेपाल एयरलाइन्स कर्पोरेसनको काठमाडौं कान्तिपथस्थित कार्यालयमा सिल्ड टेन्डर कागजात बुझाउन भनिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट ल्याइएका जहाजहरु हाल ग्राउन्डेड अवस्थामा रहेका छन्। तत्कालीन सरकारले निगमको लागि दुर्गम क्षेत्र र क्षेत्रीय विमानस्थलहरुमा उड्ने ६ जहाज चीनबाट भित्र्याउने भनी वि.सं. २०६९ मंसिर १० गते निर्णय गरेको थियो।

सोहीअनुसार पहिलो खेपमा एक एमए–६० नेपाल ल्याइएको थियो भने त्यसको करिब सात महिनापछि २०७१ कात्तिक १८ गते वाई १२ ई जहाज नेपाली भूमिमा अवतरण गरेको थियो।

त्यसपछि तेस्रो खेपमा दुई वर्ष नौ महिनापछि अर्को एमए–६० जहाज हस्तान्तरण भएको थियो। त्यसैगरी, अन्तिम खेपमा २०७४ फागुन १३ मा तीनवटा वाई १२ ई जहाज हस्तान्तरण गरिएको थियो।

ती ६ जहाजमध्ये एउटा २०७६ चैत १५ गते नेपालगञ्ज विमानस्थलको धावनमार्गमा दुर्घटनाग्रस्त भयो भने बाँकी जहाजहरु मर्मत कुरिरहेका छन्।

ती ६ जहाजमध्ये दुई जहाज (एक एमए–६० र एक वाई १२ ई) अनुदानमा प्राप्त भएको हो। यसरी पहिलो र दोस्रो खेपमा आएका जहाज अनुदानका हुन्। तेस्रो र चौथो खेपमा आएका चार जहाज चिनियाँ बैंकबाट सहुलियत ब्याजदर (१.५ प्रतिशत) मा ऋण प्राप्त गरी ३ अर्ब २ करोड ४ लाखमा खरिद गरिएको हो।

निगमले २० वर्षभित्र यो ऋणको सावाँ र ब्याज भुक्तान गरिसक्नुपर्ने सम्झौता गरिएको छ।

कहिले पार्टपुर्जा र कहिले चालकको भाषा समस्याले लामो समयसम्म भूमिस्थ हुनुपर्ने समस्या यी जहाजमा देखिँदै आएको छ। पटक–पटक जहाज भूमिस्थ हुँदा, महँगो चालक दल तालिम खर्च, पार्टपुर्जा र बिमा शुल्क अधिक हुँदा निगमलाई आर्थिक रुपले बोझ हुँदै आएको थियो।

सुशील घिमिरे निगम सुधार सुझाव कार्यदलअनुसार आर्थिक वर्ष ०७३ र ०७४ मा मात्र चिनियाँ जहाज सञ्चालन नोक्सानी ९१ करोडभन्दा धेरै भयो। निगमका अनुसार अहिले चिनियाँ जहाज सञ्चालन नोक्सानी करिब एक अर्ब ९० करोड ६९ लाखभन्दा बढी हुनपुगेको छ।

 

काठमाडौं 

श्रमजीवी पत्रकार संघले श्रमजीवी पत्रकारहरुको न्युनतम पारिश्रमिक तत्काल लागु गर्न माग गर्दै विभागीय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आकाशमा बेलुनसहितको कालो व्यानर उडाएर प्रदर्शन गरेको छ ।

संघका अध्यक्ष जन्मदेव जैसीको अगुवाईमा बेलुनसहितको कालो व्यानर उडाएर देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार मै प्रदर्शन गरिएको हो। श्रमजीवी पत्रकारहरुको न्युनतम पारिश्रमिक तत्काल लागु गर्नुपर्ने भन्दै ९ बुँदे माग राखेर संघले निरन्तर दबाबमूलक कार्यक्रम गर्दै आएको छ।

गएको मंसिर २५ गते सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई अल्टिमेटम पत्र बुझाए लगत्तै श्रमजीवी पत्रकार संघले २९ गते प्रेस विज्ञप्ति जारी गरेर पुस १ गते देखि ८ गतेसम्म विभिन्न संघर्षका कार्यक्रम घोषणा गरेको थियो ।

यसपछि सातैवटै प्रदेशका मुख्यमन्त्रीलाई ध्यानाकषण पत्र बुझाउने, कालो व्यानरसहित राजधानी काठमाडौंमा धर्ना बस्ने र पुस ८ गते प्लेकाडसहित प्रदर्शन गर्ने तयारी गरिएको संघका अध्यक्ष जैसीले बताएका छन् ।

विभिन्न सञ्चारगृहमा कार्यरत श्रमजीवीहरु शोषित, पीडित हुँदै आएपनि राज्यले उचित सम्बोधनको पहल नगरेको भन्दै संघले स्थापनाको दिनदेखि निरन्तर खबरदारी गर्दै आएको छ।

संघका अध्यक्ष जैसीले जारी गरेको विज्ञप्तिमा, ‘हाम्रा जायज मुद्दाको सम्बोधन नभए पुष १ गते आइतवारदेखि हुने सडक आन्दोलनले बाध्य पार्ने विश्वास व्यक्त गर्दै सो आन्दोलनमा साथ समर्थन र सक्रिय सहभागिताका लागि पनि यसै पत्रमार्फत श्रमजीवी पत्रकार संघ आम समुदायमा हार्दिक अपिल गर्दछ’ भनिएको छ ।

काठमाडाैं  पुस ५/ 

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ७८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ३८ पैसा रहेको छ भने युरो एकको खरिददर १४५ रुपैयाँ २७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९३ पैसा रहेको छ ।
यसैगरी पाउण्ड स्टर्लिङ एकको खरिददर १६८ रुपैयाँ ०३ पैसा र बिक्रीदर १६८ रुपैयाँ ७९ पैसा रहेको छ ।
यस्तै कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६० पैसा रहेको छ ।
विनिमयदर विस्तृतमाः

 

काठमाडाैं पुस ५, 

कालीमाटी फलफूल तथा तरकारी विकास समितिका अनुसार बिहीबार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य ७० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (नेपाली)को १६ र गोलभेँडा सानो (टनेल)को २० रुपैयाँ रहेको छ ।

यस्तै आलु रातोको ३५, आलु सेतोको ३०, प्याज सुकेको (भारतीय) १४०, लोकल बन्दाको ४०, काउली स्थानीयको ३५ रुपैयाँ तोकिएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।