पुस ०६ गते
राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको बिधान बमोजिम पूर्व सांसद गोविन्दबिक्रम शाह (जाजरकोट) लाई उपाध्यक्ष पदमा मनोनित गरेका छन् ।
शाहको मनोनयनले पार्टी संगठन सुदृढीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै थापाले शाहलाई जिम्मेवारी पत्र हस्तान्तरण गर्दै बधाईसहित सफल कार्यकालको शुभकामना दिएका छन् । केही दिनअघि राप्रपा नेपाल प्रवेश गरेका शाह जाजरकोटबाट निर्वाचित पूर्वसांसद र तत्कालीन जिविस सभापति हुन् । राप्रपाका संस्थापक सदस्य शाह पछिल्लो समय नेकपा एमालेमा आबद्ध थिए ।
काठमाडौँ पुस ६
— वीरगन्ज युनाइटेडले नेपाल सुपर लिगमा त्यस्तो जित निकालेको छ, जसले शीर्ष चारको समीकरण रोमाञ्चक मात्र होइन, जटिल पनि बनाएको छ । तर, यसले धनगढी एफसीको उद्दार गरेको छ । पोखरा थन्डर्स सुरुमा एक मात्र यस्तो टिम देखिन्थ्यो, जसले प्लेअफ खेल्ने निश्चित गरिसकेको थियो । अब यसमा धनगढी पनि थपिएको छ । यसरी मैदानमै प्रवेश नगर्दै धनगढी भाग्यमानी टिम साबित भयो ।
प्लेअफ समीकरणबाट स्पोर्टिङ इलाम र एफसी चितवन मात्रै बाहिरिएका छन् । बाँकी सबैको गणितीय सम्भावना कायम छ । अब लिग चरणमा चार खेलमात्र बाँकी छ । त्यसमा धनगढी एफसीले पोखरा, झापाले चितवन, बुटवल–लुम्बिनीले वीरगन्ज र ललितपुर सिटीले काठमाडौं रेजर्सको सामना गर्नेछ । यसमध्ये धनगढी र पोखराबीचको खेल एक प्रकारले औचापरिकमात्र हुनेछ । यसको नतिजाले शीर्ष चारको वरीयता भने निर्धारण गर्नेछ ।
शीर्ष चारमा पुग्न ललितपुर, झापा, काठमाडौंले आ–आफ्नो खेल जिते पुग्छ । वीरगन्जका लागि आफू जितेर मात्र पुग्ने छैन, अरूको नतिजामा भर पर्नुपर्नेछ । यसक्रममा धेरैखाले ‘तर र यदि’ पनि लागू हुनेछन् । काठमाडौं र ललितपुरले एक आपसमा खेल्ने भएकाले यी दुई टिममध्ये एक मात्र प्लेअफ पुग्ने पनि हुनसक्छ । यो नै प्रतियोगिताको अन्तिम लिग खेल रहेको छ । यसमै एकै टिम मात्र विजेता हुने भएकाले धनगढीको भाग्य खुलेको हो । काठमाडौं र ललितपुरबीचको खेल बराबरी भएर वीरगन्जले आफ्नो खेल जितेमा शीर्ष चारभित्र स्थान बनाउन सक्छ ।
वीरगन्जका विलियम ओपोकु । उनको ह्याट्रिकमा वीरगन्जको प्रभावशाली जित ।
आखिरमा कसले सोचेको थियो र यस खेलअघि पुछारमा रहेको वीरगन्जले डिफेन्डिङ च्याम्पियनलाई यति ठूलो अन्तरले हराउने छ भनेर ? तर यस्तै अविश्वसनीय जित आत्मसात् गरेपछि वीरगन्जको ७ खेलबाट ८ अंक भएको छ । टोली छैटौं स्थानमा उक्लेको छ । काठमाडौं भने ७ खेलबाट ९ अंकमा सीमित रहेर पाँचौं स्थानमा कायम रह्यो । निश्चित जितको संघारमा रहेर पनि काठमाडौं हार बेहोर्न बाध्य रह्यो । यसको दोष पनि टोलीकै रह्यो ।
सुशील लामाको प्रहार आन्द्रेस निआको हातमा छोएर बाहिरिएकामा रेफ्री सुरोजित दासले पेनाल्टीको निर्णय दिएका थिए । भिडियो रिप्लेमा भने ठ्याक्कै के भएको थियो, त्यो प्रस्ट देखिएन ।
काठमाडौंका प्रशिक्षक बालगोपाल महर्जनले त्यो निर्णय विवादास्पद रहेको दाबी गरे र यसैले खेलको दिशा फेरिएको दाबी गरे । दोस्रो हाफ सुरु भएको ४८ सेकेन्डमै वीरगन्जले दोस्रो गोल थप्यो । सब्स्टिच्युट खेलाडीका रूपमा मैदानमा छिरेका सुनील खड्काले गोल गरे ।
ओपोकुले ५६ औं मिनेटमा फ्रि–हेडरको मदतमा टिमका लागि तेस्रो गोल गरे । उनले ह्याट्रिकका लागि लामो समय कुर्नुपरेन । यो ५७ औं मिनेटमा सम्भव भयो । यो भने प्रतियोगिताको इतिहासकै एक उत्कृष्ट गोल रह्यो । सुशीलले निकालेको पासमा ओपोकुले लगभग ३० यार्डबाट गरेको प्रहार विपक्षी गोलरक्षक अञ्जल श्रेष्ठ बिट गर्दै गोलमा परिणत भएको थियो । यसअघि पहिलो संस्करणमा काठमाडौंका लागि मेसुके ओलेमोउले ह्याट्रिक गरेका थिए ।
ओपोकुले यस संस्करणमा गरेको गोलसंख्या ५ पुगेको छ । ‘आजको खेल जित्न सक्छौं भनेर त सोचेका थियौं, तर यति धेरै अन्तरले जित्नेबारे सोचेका थिएनौं,’ खेलपछि वीरगन्जका प्रशिक्षक सनोज श्रेष्ठले प्रतिक्रिया दिए । अर्कोतर्फ काठमाडौंका प्रशिक्षक महर्जनले भने आफ्नो प्रशिक्षक जीवनमै यो हार सबैभन्दा पीडादायी रहेको बताउँदै भने, ‘आज हाम्रा अधिकांश खेलाडीले स्वार्थी भएर खेले । त्यसले पनि हाम्रो प्रदर्शन राम्रो हुन नसकेको हो ।’
काठमाण्डाै पुस ६,
– नेपाल राष्ट्र बैंक र सामाजिक सुरक्षा कोषमा विभिन्न पदका लागि जागिर खुलेको छ ।
राष्ट्र बैङ्कले सहायक निर्देशकदेखि सहायक द्वितीयसम्म र सामाजिक सुरक्षा कोषले उपनिर्देशकदेखि सहायक कम्प्युटर अपरेटर पदसम्मका लागि दरखास्त माग गरेका हुन् । राष्ट्र बैंकको विभिन्न पदका लागि तोकिएको दस्तुर तिरेर अनलाइनमार्फत पुस २६ गतेसम्म आवेदन दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर भने माघ ४ गतेसम्म आवेदन दिन सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।
यस्तै, सामाजिक सुरक्षा कोषले लोकसेवा आयोगबाट लिइने आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षाका लागि दरखास्त माग गरेको हो । तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरूले अनलाइन प्रणालीमार्फत दरखास्त दिन सक्ने कोषले जनाएको छ ।

आरके श्रीवास्तव,राैतहट,०६ गते पुस ।
ईलाका प्रहरी कार्यालय कटहरियाकाे नयाँ प्रहरी प्रमुखमा अरूण कुमार सिंह सरुवा भएर आएपछि शान्ति सुरक्षामा प्रहरी कर्मचारीहरु थप क्रियाशिल हुन थालेका छन् ।
ईलाका प्रहरी कार्यलय कटहरियामा नयाँ प्रहरी प्रमुखमा अरूण कुमार सिंह सरुवा भएर आएपछि शान्ति सुरक्षामा प्रहरी कर्मचारीहरु थप क्रियाशिल हुन थालेका छन् । सिंह ईलाका प्रहरी कार्यालय कटहरियामा आएपछि नयाँ रणनीति तथा कार्यनीति अबलम्बन गरेर नयाँ कार्ययोजना बनाई शान्ती सुरक्षामा कमी कमजोरी हुन नदिन कडाका साथ लाग्नु भएको हाे । सिंह आएपछि कटहरिया बजारमा प्रहरीले शान्ति सुरक्षाका गतिविधिलाई ह्वात्तैे बढाएको हो ।
उनले प्रहरी चेकिङ लाइ कडा बनाएका छन् । प्रहरीकाे सामाजिक अपराध नियन्त्रणका लागि सामुदायिक प्रहरी साझेदारी कार्यक्रमलाई प्रभावकारीताका साथ बढाउने उनले बताएका छन् । उनको सक्रियताले कटहरियामा शान्ति सुरक्षामा मजवुत बनाउने स्थानीय बासिहरुको अपेक्षा छ । कटहरियाको शान्ति सुरक्षाको लागि यहाँका नागरिकसँग हातेमालो गरेर अघि बढ्ने प्रहरी बरिस्ठ नायब निरिक्षक सिंहले बताएका छन् ।
यसका अलावा उनले प्राथमिक केन्द्र कटहरिया नियम विपरीत काम गरिरहेका ठेकेदार लाई ध्यानाकर्षण गराई नियमपूर्व काम गराउन पहल समेत गर्नु भएको छ । साथै सिंहले कार्यभार सम्हाल्ने वितिकै तस्करहरूमा हडकम्प नै मचेकाे छ । तस्करी नियन्त्रण तर्फ पनि उनले कडाइका साथ लाग्नु भएको हाे । जसले गर्दा तस्करहरूमा भागाभाग भएको हाे । पछिल्लो समय कटहरियामा चाेरीकाे घटनामा वृद्धि भएको थियो । त्यसलाई पनि न्यूनीकरण गर्ने तर्फ लाग्ने प्रतिबद्धता जनाउनु भएको छ ।
काठमाडौँ ६ पुस
– प्रिमियममा आईपीओ जारीपछि केही महिनाअघि मात्र दोश्रो बजारमा कारोबार सुरु भएको घोराही सिमेन्ट इण्डष्ट्री लिमीटेडले १५ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको छ ।
बोनस सेयर वितरणको प्रस्तावसहितका अजेण्डा पारित गर्न यो कम्पनीले वार्षिक साधारणसभा पनि आह्वान गरेको छ।
कम्पनीले पुस २८ गते दाङको होटल पौवामा बिहान ९ बजेदेखि आफ्नो तेश्रो वार्षिक साधारणसभा आह्वन गरेको हो ।
सभामा हाल चुक्तापूँजीको १५ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने विशेष अजेण्डा पेश हुनेछ ।
सभामा कम्पनीको प्रबन्धपत्र र नियमावली संसोधन गर्ने, सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक चयन गर्ने, स्वतन्त्र सञ्चालक नियुक्त गर्ने, चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने लगायतका अजेण्डाहरु पेश हुने सूचनामा उल्लेख छ ।
साधारणसभा प्रयोजनका लागि घोराही सिमेन्टले पुस १६ गते एकदिनका लागि बुक क्लोज गर्नेछ । यसको अर्थ पुस १५ गतेसम्म कायम सेयरधनीले घोषित लाभांश पाउन र सभामा सहभागी हुन पाउनेछन् ।
दोश्रो बजारमा यो कम्पनीको अन्तिम कारोबार मूल्य प्रतिकित्ता रु। ५७० रहेको छ ।
काठमाडाैं पुस ६,
बर्सेनि रासायनिक मलको अभाव झेल्दै आएको मधेस प्रदेशका किसानलाई यस वर्ष गहुँखेतीका लागि मलको समस्या नहुने भएको छ । कृषि सामग्री कम्पनी लिमिटेड मधेस प्रदेश प्रादेशिक कार्यालय वीरगञ्ज पर्साले यो वर्ष गहुँबालीका लागि अहिले चाहिने डिएपी मल जिल्ला जिल्लामा पठाइएको र युरिया मल आउने क्रममा रहेकाले यो वर्ष गहुँखेतीको समयमा रासायनिक मलको अभाव नहुने जनाएको हो ।
“गहुँबाली छर्ने बेलामा किसानलाई डिएपी मल चाहिने हो”, उनले भने, “हामीले प्राप्त भएको डिएपी मल जिल्लाजिल्लामा कोटाअनुसार पठाइसकेका छौँ ।” गहुँबाली उम्रिसकेपछि सिँचाइ गर्ने बेलामा अर्थात् तीन सातापछि युरिया मल चाहिने हो, त्यो केही दिनभित्रै आइपुग्छ”, उनले थपे, “ करिब ३६ हजार मेट्रिक टन युरिया मल आउने क्रममा छ । युरिया मल यही डिसेम्बर २६ तारिकसम्ममा भारतको कोलकता आइपुग्ने र त्यसको केही दिनभित्रै वीरगञ्ज आइपुग्छ भन्ने हामीलाई सूचना प्राप्त भएको छ ।” त्यो मल आइसकेपछि गहुँखेतीका लागि मलको कुनै समस्या नहुने उनको भनाइ छ ।
काठमाडौं पुष ६,
: काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा किशोरीहरूलाई गेष्ट हाउसमा राखी वेश्यावृत्तिमा लगाउने सुमन तामाङ पक्राउ परेका छन्।
नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोका प्रवक्ता कृष्णप्रसाद पंगेनीका अनुसार नुवाकोट तादीका सुमनले ग्राहकको रोजाइअनुसार १८ वर्षभन्दा कम उमेरका बालिकाहरूलाई गेष्ट हाउसमा बन्धक बनाएर यौनधन्दामा लगाउँदै आएका थिए। उनले एजेन्ट राखेरै ग्राहक खोज्ने गरेको थिए। ग्राहक खोजेवापत एजेन्टलाई एक हजारसम्म दिने गरेका थिए। प्रहरीका अनुसार गेष्ट हाउसमा बालिकाहरूलाई लहरै राखी ग्राहकलाई रोज्न लगाउने गरेका थिए।
काठमाडौं जिल्ला टोखा नगरपालिका–९ नयाँबसपार्कमा रहेका विभिन्न होटल-गेष्ट हाउसहरूमा नाबालिकाहरूलाई ललाइफकाइ विभिन्न किसिमको प्रलोभनमा पारी वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाउने गरेको सूचना प्रहरीले पाएको थियो।
प्रहरीले यौनजन्य कार्यमा लगाइएका ४ जना नाबालिकाहरूलाई उद्धार गरेको छ। प्रहरीका अनुसार अभियुक्तले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका बालिकाहरूलाई ललाइफकाइ होटल÷गेष्ट हाउसहरूमा वेटर तथा सरसफाइको काममा लगाइ दिने भनी वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाउने गरेका थिए।
बालिकाहरूलाई वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाएबापत ग्राहकहरूबाट प्रतिव्यक्ति ५ हजारदेखि ७ हजार रुपैयाँसम्म लिने गरेका थिए। बालिकाहरूलाई एकै लहरमा राखी ग्राहकलाई रोज्न लगाइ रेट निर्धारण गरी यौनजन्य कार्यको लागि बाध्य पार्ने गर्थे। होटल÷गेष्ट हाउसहरूमा ग्राहकहरू ल्याउनका लागि एजेन्टसमेत नियुक्त गरेका थिए।
अनुसन्धानका क्रममा पीडित बालिकाहरूलाई विगत ५ महिनादेखि होटल÷गेष्ट हाउसहरूबाट बाहिरसमेत निस्कन नदिइ जबरजस्ती शारीरिक सम्पर्क राख्न बाध्य पार्ने गरेको खुलेको छ। पीडित बालिकाहरूको वास्तविक नाम परिवर्तन गरी नयाँ उपनाम दिइ वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाउने गरेका थिए।
जनकपुर ६ पुस।
नेपाली कांग्रेस मधेसको प्रथम सम्मेलनको बन्दसत्र सुरु भएको छ । जनकपुरस्थित महेन्द्रनारायण निधि कला प्रतिष्ठानमा शुक्रबार बिहान ८ बजेबाट बन्दसत्र सुरु भएको हो ।
विराटनगर पुस ६,
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा ४०० केभी क्षमताको इनरुवा सबस्टेसनको निर्माण सम्पन्न भएको छ । यो सबस्टेसन ढल्केबर पछिको दोस्रो ठूलो सबस्टेसन हो ।
माओवादीले सञ्चालन गरेको अभियानको क्रममा सातै प्रदेशका १–१ वडामा पुग्ने अध्यक्ष प्रचण्डको योजनाअनुसार मिक्लाजुङ पुग्न लागेका हुन् ।
मिक्लाजुङको कार्यक्रमपछि अपराह्न विराटनगरका विराट एक्स्पोको उद्घाटन प्रधानमन्त्रीले गर्ने कार्यक्रम छ । एक्स्पोको उद्घाटन सकेर शुक्रवार साँझ काठमाडौँ फर्कने प्रधानमन्त्रीको कार्यपालिका छ ।
उनी हिजो नै विराटनगर आएका थिए । प्रधानमन्त्री प्रचण्ड आज विराटनगरमा कोशी प्रदेशसभाका सदस्यसमेत रहेका कान्छा ज्वाइँ जीवन आचार्यका घरमा बसेका थिए । प्रधानमन्त्रीको सुरक्षाको लागि घरदेखि पूर्वतर्फको जमिनमा टेन्ट राखेर सुरक्षाकर्मीको टोलीलाई राखिएको थियो ।
सिरहा पुस ६ /
सिरहाको रामकुमार शारदा उमा प्रसाद मुरारका प्रादेशिक अस्पतालले करारमा पदपूर्ति गर्नेगरी कर्मचारी माग गरेको छ ।
