२०८३ भाद्र २
२०८३ भाद्र २

मुम्बई, १२ माघ ।

नितिश तिवारीले रामायण बनाइरहेका छन् र यस महाकाव्यमा भगवान हनुमानको भूमिकाका लागि सनी देओलसँग कुराकानी भइरहेको समाचार बाहिरिएको थियो।

 

पछिल्लो ३ महिनामा रामायणका कलाकारलाई लिएर धेरै कुराहरु भइरहेका थिए । यसले विश्वभरका दर्शकहरूमाझ निकै उत्साह पैदा गरेको छ । अब चार महिना लामो छलफल पछि रामायणमा भगवान हनुमानको भूमिकाका लागि सनी देओल रहने पुष्टि भएको छ।

 

भारतीय समाचार संस्थाका अनुसार  नितिश तिवारीको निर्देशनमा बन्न लागेको यो फिल्ममा सनी देओलको भूमिका तय गरिएको छ । उनी यो भूमिकामा सहमत भइसकेका छन् र यसका लागि निकै उत्साहित छन् । स्रोतले भन्यो, ‘जीवनमा एक पटक भगवान हनुमानको भूमिका निभाउने मौका पाउँदा सनी देओल निकै उत्साहित छन्। यो भगवान आफैंले सेट गरेको स्टार कास्ट हो। भगवान हनुमान शक्तिको प्रतीक हुन् र अहिले उनी यो भूमिका खेलिरहेका छन्। यो भूमिकालाई दृढताका साथ अगाडि बढाउनुहोस्। भूमिका निर्वाह गर्न सनी देओल भन्दा राम्रो को हुन सक्छ।’

 

अभिनेताले मे २०२४ मा ‘रामायणः पार्ट वन’  मा आफ्नो भागको छायांकन सुरु गर्ने छन्। जसमा सनी देओल अतिथि भूमिकामा देखिने छन् । फिल्मको दोस्रो र तेस्रो भागमा उनको पूर्ण उपस्थिति रहनेछ । दारा सिंह पछि आजको समयमा भगवान हनुमानको पर्यायवाची बन्ने सनी देओल नै हो भन्नेमा निर्माता ढुक्क छन् ।

 

यससँगै रामायणको पुष्टि भएका नाममा भगवान रामको भूमिकामा रणवीर कपुर र साई पल्लवी पनि छन् । सीता, रावण, हनुमानको रूपमा यश, हनुमानको रूपमा सन्नी देवल र कैकेयीको रूपमा लारा दत्तले भुमिका निभाउँदैछन । न्युजकारखाना

न्युयोर्क, १४ माघ ।

इरान समर्थित हुथी बिद्रोहीले लाल सागरमा प्रहार गर्न खोजेको मिसाइल माथी आक्रमण गरेको छ ।

 

अमेरिकाको सेनाले यमनमा लाल सागरमा लक्षित तथा अडेनको खाडीमा एक ब्रिटिश तेल ट्याङ्करमा आक्रमण गरेपछि प्रक्षेपण गर्न तयार रहेको यमनको हुथी एन्टिशिप मिसाइललाई नष्ट गरेको हो ।

 

अमेरिकी नौसेनाका अनुसार जनवरी २७ मा लगभग ३ः४५ बजे अमेरिकी केन्द्रीय कमान्ड फोर्सले लाल सागरमा लक्षित हुथी एन्टी–शिप मिसाइल विरुद्ध आक्रमण गर्यो र जुन प्रक्षेपण गर्न तयारी अवस्था थियो।

 

‘अमेरिकी सेनाले यमनको हुथी नियन्त्रित क्षेत्रहरूमा मिसाइल पहिचान गर्‍यो, जसले व्यापारिक जहाजहरू र यस क्षेत्रमा अमेरिकी नौसेना जहाजहरूका लागि आसन्न खतरा प्रस्तुत गर्नेवाला थियो तर अमेरिकी सेनाले पछि आत्मरक्षामा मिसाइल प्रहार गरी नष्ट गरेको छ, यो कार्यले नेभिगेसनको स्वतन्त्रताको रक्षा गर्नेछ भने अमेरिकी नौसेनाका जहाजहरू र व्यापारी जहाजहरूका लागि अन्तर्राष्ट्रिय महासागरका यात्रालाई अझ सुरक्षित बनाउने छ,’ अमेरिकी नाैसेनाले जारी गरेकाे बिज्ञप्तिमा भनिएको छ ।

 

गाजामा इजरायलको सैन्य कारबाहीको जवाफमा हुथी समूहले नोभेम्बर १९ देखि लाल सागर हुदैँ जाने इजरायली, बेलायती र अमेरिकालगायत पश्चिमा देश समर्थित कार्गो जहाजमा ड्रोन र मिसाइलहरू प्रहार गरेर क्षति पुर्‍याउँदै आएको छ ।

 

हुथी विद्रोहीले गत शुक्रबार साँझ  बेलायती इन्धन ट्याङ्करमा गरेको आक्रमण गरेर क्षति पुर्‍याएका थिए तर जवाफमा अमेरिकी नौसेनाले प्रक्षेपणका लागि तयारी अवस्थामा हुथीको मिसाइल आक्रमण गरी ध्वस्त बनाएको हो ।

 

सिंगापुरस्थित ट्राफिगुरा व्यापारिक फर्मको स्वामित्वमा रहेको मार्लिन लुआन्डा क्षतिग्रस्त भएको थियो तर ब्यक्तिलाइ भने चालक दलका कुनै पनि सदस्यलाइ चोटपटक नलागेको जनाउँदै अमेरिकी नौसेनाको जहाज यूएसएस कार्नीले सहयोग गरिरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।

 

साे जहाज अहिले सुरक्षित बन्दरगाहतर्फ जाँदैछ । ‘हामी पुष्टि गर्न पाउँदा खुसी छौं कि मार्लिन लुआन्डा बोर्डमा सबै चालक दल सुरक्षित छन् र कार्गो ट्यांकमा आगो पूर्ण रूपमा निभाइएको छ। जहाज अब सुरक्षित बन्दरगाह तर्फ जाँदैछ,’ ट्राफिगुराले अपडेट गर्दै भनेको छ ।न्युजकारखाना

न्युर्योक, १४ माघ ।

आज हामी विश्वको सबैभन्दा ठूलो रेलवे स्टेशनको कुरा गर्दैछौं।

 

अमेरिकाको न्यूयोर्क शहरमा अवस्थित ग्रान्ड सेन्ट्रल टर्मिनल संसारको सबैभन्दा ठूलो रेलवे स्टेशन हो।

 

प्लेटफर्मको अधिकतम संख्याको हिसाबले यो संसारको सबैभन्दा ठूलो रेलवे स्टेशन हो। ग्राण्ड सेन्ट्रल टर्मिनलको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा पनि लेखिएको छ ।

 

तपाईलाई थाहा पाउँदा छक्क पर्नुहुनेछ कि यस टर्मिनलमा जम्मा ४४ प्लेटफर्महरू छन्। अर्थात् यहाँ जम्मा ४४ वटा रेल एकै पटक उभिन सक्छन् । बाँकी विश्वमा यो सुविधा उपलब्ध भएको कुनै पनि रेलवे स्टेशन छैन। गिनिज वल्र्ड रेकर्डको रिपोर्टका अनुसार यो रेलवे स्टेशन सन् १९०३–१९१३ को बीचमा निर्माण भएको हो।

 

अमेरिकी समाचार संस्थाहरूका अनुसार यहाँबाट दैनिक १.२५ लाख यात्रु आउने जाने गर्दछन । यसको साथमा कुल ६६० ट्रेनहरू यस स्टेशनबाट गुज्र्छन्। ग्रान्ड सेन्ट्रल टर्मिनल कुल ४८ एकडमा फैलिएको छ। यति मात्र होइन, यस स्टेशनमा दुईवटा भूमिगत स्तरहरू छन्।

 

त्यहाँ एक खुफिया प्लेटफर्म पनि छ, जुन स्टेशनको छेउमा वाल्डोर्फ अस्टोरिया होटेलको तल छ। वास्तवमा यो निर्माण गरिएको हो किनभने राष्ट्रपति फ्र्याङ्कलिन रुजवेल्ट एक ह्वीलचेयरमा यो खुफिया प्लेटफर्ममा होटेलबाट सीधै ओर्लेका थिए ताकि उनी जनता र मिडियाको सामना गर्नबाट बच्न सकून्।

 

यस बाहेक यहाँ धेरै सुविधाहरू रहेको छन्, जुन आश्चर्यजनकले भरिएको छ।न्युजकारखाना

वासिंगटन डिसी, १४ माघ

संयुक्त राज्य अमेरिकाले टर्कीलाई एफ–१६ लडाकु विमान बेच्ने भएको छ ।

 

टर्की संसदले यसै हप्ता स्वीडेनको नेटो सदस्यतालाई अनुमोदन गरे पछि अमेरिकाले सैन्य बिमान बेच्ने निर्णय लिएको हो ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार नाटोको सहयोगी टर्कीलाई युद्ध विमान बेच्नको लागि ८.६ बिलियन अमेरिकी डलरको सम्झौताको बारेमा  कांग्रेसलाई सूचित गरिएको छ ।, साथै पश्चिमी सैन्य ब्लकमा एक सहयोगीग्रीसलाई उन्नत एफ–३ ५लडाकु विमानहरू पनि बेच्ने पनि निर्णय लिएको छ।

टर्कीलाई बिक्रीमा ४० वटा लकहिड मार्टिन एफ १६ र यसको अवस्थित एफ १६ फ्लीटमध्ये ७९ वटालाई आधुनिकीकरण गर्ने उपकरणहरू समावेश रहेका छन ।  ग्रीसले ४० एफ ३५ लाइटनिंग संयुक्त स्ट्राइक फाइटर र सम्बन्धित उपकरणहरू पाउने छ।

 

टर्कीले लामो समयदेखि आफ्नो एफ १६ फ्लीट अपग्रेड गर्न खोजेको थियो भने अक्टोबर २०२२ मा जेटहरूका लागि अमेरिकासँग अनुरोध गरेको थियो । तर, स्वीडेनको नाटो सदस्यतालाई अनुमोदन गर्न ढिलाइ गरे पछि अमेरिकन कांग्रेसको स्वीकृति लिन समय लागेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।न्युजकारखाना

रौतहट, १४ माघ ।

गौर नगरपालिकाका नगर प्रमुख शम्भू साह कानूले क्रिकेट खेलको मैदानको रुपमा गौर बासीले देखेका सपना छिटै पूरा हुने बताएका छन् ।

 

गौर नगरपालिकाको आर्थिक सहयोग तथा रौतहट जिल्ला क्रिकेट संघको आयोजनामा गौर राईस मिलको मैदानमा आयोजना गरिएको मेयर कप २०८० को उदघाटन समारोहमा सम्बोधन गर्दै मेयर साहले जग्गा अधिग्रहणको प्रक्रिया अगाडी बढ़ी सकेकोले गौर राइस मिलको जग्गा चालू आर्थिक वर्षको अन्त्य सम्म अधिग्रहण हुने दावी गरे।

 

मेयर साहले भने वर्षो देखि क्रिकेट खिलाड़ीहरुले खेल मैदानको लागि देख्दै आएको सपना अब पूरा हुने बताए ।  जग्गा अधिग्रहणको ७५ प्रतिशत काम आषाढ़ मसान्तसम्म सकिने र त्यस पछि स्टेडियम निर्माणको लागि पहल समेत गरिने मेयर साहले आश्वासन दिएका छन ।

 

रौतहटमा पहिलो पटक आयोजना हुन लागेको पालिका क्रिकेट कप प्रतियोगिताको लागि खेलाडी छनौट गर्ने मेयर कपको आयोजना गरिएकोले खेलाडीहरुलाई अनुसाशनमा बसेर आफ्नो प्रतिभा देखाउन आग्रह गरे ।

 

गौर राइस मिलको जग्गा अधिग्रहण गर्नको लागि २०७५ साल देखि नै प्रक्रिया जारी रहेकोमा मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले सार्वजानिक सरोकारका विषय रहेको गौर राइस मिलको जग्गा अधिग्रहण गर्नका लागि १५ करोड़ रुपैया विनियोजन गरेर अधिग्रहणको प्रक्रिया अगाडी बढाउन जिल्ला प्रशासन कार्यालय रौतहटलाइ प्रदेश सरकारले पत्राचार समेत गरिसकेको छ । तत्कालीन प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको पालामा प्रदेश सरकारले पत्र पठाउदा पनि जिल्ला प्रशासन कार्यालयले पत्र अनुसार कार्यवाही अगाडी बढाउन नसक्दा प्रक्रिया ओझलमा परेको छ ।

 

क्रिकेट संघका अध्यक्ष पवन साहको सभापतित्वमा सम्पन मेयर कप उदघाटन कार्यक्रम नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झा , क्रिकेट संघका कोषाध्यक्ष बिक्रान्त विक्रम नेपाल लगायतले आ आफ्नो मंतव्य राखेका थिए भने कार्यक्रममा नगर पालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत शुभाष ठाकुर, सशस्त्र प्रहरी बल नेपाल बीओपी गौर भन्सारका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक अमर लामाको सहभागिता रहेको थियाे ।

 

मेयर कपको पहिलो दिन भएको खेलमा गौर नगरपालिका- १ ले गौर नगरपालिका- ५ को टीम लाइ पराजित गर्दै विजयी शुरुवात गरेको हो।न्युजकारखाना

काठमाडौं, १४ माघ ।

काठमाडौँ महानगरपालिकाले धरहरामा आज देखी निःशुल्क पार्किङ दिने भएको छ ।

काठमाडौं महानगरपालिकाका अनुसार धरहरासँगै निर्माण गरिएको भवनको पहिलो तलामा आज देखि निःशुल्क पार्किङ सेवा सर्वसाधारणका लागि खुल्ला हुन लागेको हो ।

महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेका अनुसार धरहरा क्षेत्रका साथै पुरानो बसपार्क (काठमाडौं टावर) क्षेत्रमा सर्वसाधारणका लागि निःशुल्क पार्किङको व्यवस्था मिलाएको छ  ।

उनका अनुसार न्युरोड क्षेत्रमा महानगरले पार्किङ निषेध गरे पछि विकल्पको रूपमा धरहरा र काठमाडौं टावरमा निःशुल्क पार्किङको ब्यवस्था मिलाइएको हो । सो पार्किङ क्षेत्रमा पार्किङ गरे बापत कुनै शुल्क लाग्ने छैन । न्युजकारखाना

काठमाडौं, १३ माघ ।

जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुदैँछन् ।

आज टियु मैदानमा कर्णाली प्रदेश र त्रिभुवन आर्मी क्लबबीच खेल हुदै छ भने मुलपानी क्रिकेट मैदानमा लुम्बिनी प्रदेश र मधेश प्रदेशबीच खेल हुदैँछ ।

अहिलेसम्म पीएम कपमा नेपाल पुलिस क्लब मात्र अपराजित रहेको छ । नेपाल पुलिस क्लबले आफ्नो ६ खेलमा सबै खेल जितेर १२ अंकसहित शिर्ष स्थानमा रहेको छ ।

 

त्यसैगरी बागमती प्रदेशले आफ्ना ९ खेलमा १२ अंकनै  हासिल गर्दै दोस्रो स्थानमा छ भने मधेश प्रदेशले पनि आफ्ना ८ खेलमा १० अंकसहित तेस्रो स्थानमा रहेको छ।

 

त्यस्तै, त्रिभुवन आर्मी क्लबले ६ खेलमा ४ जितसहित ८ अंक हासिल गरेर चौथो स्थानमा रहेको छ भने सुदूरपश्चिम प्रदेशले ६ खेलमा ४ जितसहित ८ अंक हासिल गरेर पाँचौं स्थानमा रहेको छ ।

 

त्यस्तै, एपीएफ ७ खेलमा ८ अंकसहित छैटौं स्थानमा रहेको छ भने कर्णाली प्रदेश ७ खेलमा ६ अंकसहित सातौं स्थानमा रहेको छ ।

 

त्यसैगरी गण्डकी प्रदेशले ७ खेलमा २ जितसहित ४ अंक हासिल गर्दै आठौँ स्थानमा छ भने लुम्बिनी प्रदेशले आफ्ना ६ खेलमा एक जित र ५ हार बेहोरेर नवौं स्थानमा छ । त्यस्तै कोशी प्रदेशले अहिलेसम्म खेलेका ८ खेलमै हार बेहोरेर पुछारमा रहेको छ । न्युजकारखाना

काठमाडौं, १४ माघ ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि  साधारणतया बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ। लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ।

 

दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

राती भने कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। साथै, तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ ।न्युजकारखाना

 

काठमाडौं, १३ माघ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले पाँच वर्ष भित्र नेपाललाई मेडिकल शिक्षाको स्वर्ग बनाउने बताएका छन् ।

२१५१औं ह्योल्मो सोनाम ल्होसारको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले १०० देखि ३०० शैयाका अस्पतालहरुमा नर्स र प्यारामेडिक्सको पढाई हुने र ३०० शैयाभन्दा माथिका अस्पतालहरुमा एममिविविएस र विशेषज्ञ चिकित्सकको पढाई गर्ने गरि स्वास्थ्य मन्त्रालयले निर्णय गरि मन्त्रीपरिषदमा पठाएको र चिकित्सा शिक्षा आयोगमा पनि परामर्श भइरहेकोले ऐन परिवर्तन गरेर पाँच वर्ष भित्रै नेपाल मेडिकल शिक्षाको हव बनाएरै छाड्ने दावी गरेका हुन्।

मेडिकल शिक्षाका लागि नेपाल उपयुक्त गन्तव्य भएको बताउँदै मन्त्री बस्नेतले स्वदेशमा प्रसस्त संभावना भएर पनि चिकित्सा शिक्षा ऐनका केही प्रावधानका कारण हजारौं नेपाली विद्यार्थी चिकित्सा शिक्षा अध्ययनका लागि विदेश जान वाध्य भएको जानकारी दिए। चिकित्सा शिक्षा ऐन परिमार्जन गरेर स्वदेशमै मेडिकलका कोटा बढाउने विषयमा मन्त्रिपरिषद् मात्र नभएर चिकित्सा शिक्षा आयोग पनि सकारात्मक भएकाले केही दिनमै चिकित्सा  शिक्षा ऐन परिमार्जन हुने मन्त्री बस्नेतले बताए।

नेपालमा चिकित्सा शिक्षा अध्ययनका लागि सार्क देशहरुका हजारौ विद्यार्थी समेत आउने संभावना भएकाले भविश्यमा नेपाल चिकित्सा शिक्षाको हव हुने मन्त्रीले  औंल्याए। समयमै  चिकित्सा शिक्षा ऐन परिमार्जन गर्न नसकिए अवको पाँच वर्ष पछि नेपालमा डाक्टर, नर्स र प्यारामेडिक्सको अभाव  हुने दावी गर्दै स्वास्थ्य मन्त्रीले राज्यले बेलैमा यस बिषयमा आवश्यक कदम चाल्न लागेको जानकारी दिए।

आफ्नो देशमा सर्वसुलव रुपमा पढ्न नपाएर कयौं विद्यार्थी मानसिक रुपमा तनावमा रहेको बताउदै मन्त्री बस्नेतले चिकित्सा शिक्षा ऐन संसोधन भएर यही पढ्न पाउने  प्रसस्त संभावना सिर्जना गरिए धेरै हदसम्म मानसिक समस्या समेत समाधान गर्न सकिनेमा जोड दिए।

नेपालमा मेडिकल कलेजहरु र अस्पतालहरुसँग वर्षमा ५ हजार भन्दा बढी एमविविएस पढाउन सक्ने क्षमता भए पनि विद्यमान चिकित्सा शिक्षा ऐनका प्रावधानका कारण १९ सय विद्यार्थीले मात्र स्वदेशमा पढ्ने अवसर पाईरहेका छन् भने दर्जनौ नर्स र प्यारामेडिक्स पढाउने कलेज बन्द भएका छन्।न्युजकारखाना

महोत्तरी, १३ माघ ।

जिल्ला समन्वय समिति महोत्तरीले बनाएको ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्रि तथा व्यवस्थापन सम्बन्धि कार्यविधि २०७९ विरुद्ध परेको रिटलाई उच्च अदालत जनकपुरले खारेजी गरेको छ।

जिल्ला समन्वय समितिलाई विपक्षी बनाएर बर्दिवास नगरपालिका र गौशाला नगरपालिकाले २०७९ माघ १९ गते दायर गरेको रिटलाई मंगलबार अदालतले दरपिठ गरेको हो।

नगरपालिकाहरूले समन्वय समितिले ढुंगा, गिटी, बालुवा बिक्रीवितरण तथा व्यवस्थापन सम्बन्धी ऐनलाई टेकेर बनाएको कार्यविधि गलत भएको दावी गर्दै उत्प्रेषण परमादेशसहितको रिट हालेका थिए।

रिटलाई दरपीठ गरेसगैँ समन्वय समितिको उक्त कार्यविधि सक्रिय भएको छ। तर, फैसलाको पूर्णपाठ भने आउन बाकी छ।

सवैभन्दा बढी अवैध उत्त्खनन बर्दिवास नगरपालिका र गौशाला नगरपालिकामा नै भईरहेको गुनासो बढीरहेको वेला समन्वय समितिको कार्यविधि यस्लाई रोक्न प्रभावकारी वन्ने बिस्वास लिइएको छ।

न्यायाधिशद्वय किरण कुमार पोखरेल र श्रीकान्त पौडेलको सयुक्त इजलाशले गरेको उक्त फैसला अवैध दोहन, चोरी, निकासीलाई रोक्न महत्वपुर्ण भएको वताउँदै समन्वय समितिको प्रयासलाई स्थानियहरुले प्रसंसा गरेका छन्।

ऐन र कानुनमा नै टेकेर जरिवाना लगायतका कार्यविधि बनाइएको र अदालतले फैसला गरेसगैँ यस्लाई कार्यान्वयन गर्न अगाडी बढने समन्वय समितिका संयोजक सुमनलाल कर्णले बताए ।

`उत्त्खनन गर्न सहज होस भन्ने हेतुले वहाँहरुले हालेको रिटलाई खारेज गरेसगैँ अब हामी स्थानिय सरकारलाई जिम्मेवारी वनाउनेतर्फ उन्मुख हुनेछौं,´ उन्ले भने।

बर्दिवास नगरपालिकाको तर्फबाट अधिकृतस्तरका कर्मचारी दिपक पौडेल र गौशाला नगरपालिकाको सहायक चौथोस्तरका कर्मचारी  पृथ्वीनारायण महतोलाई अख्तियारी दिएर अगाडी बढेको मुद्दा १ वर्षदेखी विचाराधीन अवस्थामा नै रहेको थियो।

के-के छ कार्यविधिमा ?

कार्यविधिमा प्रचलित ऐन कानुनको नै अधिनमा रही कार्यान्वनलाई जोड दिने उल्लेख गरिएको छ।

तर समन्वय समितिले कसुरको प्रकारअनुसार दण्ड जरिवाना निर्धारण गरेको छ। नदीको पानीभित्र मेसिनरी प्रवेश गरेर वहाव क्षेत्रमा सामाग्री संकलन गरेको खण्डमा २० हजार देखी ८० हजारसम्म जरिवाना गर्ने व्यवस्था गरिएको छ।

त्यस्तै स्थानीय अनुगमन समिति र जिल्ला अनुगमन समितिमा अभिलेखीकरण नगराई नदी, खानी क्षेत्रमा मेसिन प्रयोग गरेमा ५० हजार देखी ७५ हजारसम्म जरिवाना गर्न सकिने व्यवस्था गरिएको छ।

कसुर सम्बन्धि शीर्षकलाई विभिन्न १० भागमा विभाजन गरी न्युनतम ३ हजार देखी अधिकतम १ लाखसम्म जरिवाना गर्ने पनि व्यवस्था गरिएको छ।

उक्त कार्यविधिलाई समन्वय समितिले कार्यान्वयनको लागी सम्बन्धित नगरपालिकालाई यसअघि नै पत्राचार गरिसेकेको जिल्ला समन्वय समितीले जनाएको छ।

विशेषगरी बर्दिवास र गौशाला नगरपालिकाले जरिवाना सम्बन्धि कार्यविधिमा नै आपत्ति जनाउँदै अदालतमा उत्प्रेषण परमादेशको माग गरेका थिए। न्युज कारखाना

ताजा अपडेट

ट्रेन्डिङ

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ३० अर्ब निक्षेप संकलन गर्दैएभरेष्ट न्यूज एजेन्सी, काठमाडौं । नेपाल राष्ट्र बैंकले एक महिनाका लागि ३० अर्ब बराबरको निक्षेप संकलन उपकरणको बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत मात्र आवेदन दिन सकिने जानकारी दिएको छ । सोही दिन उपकरण निष्काशन हुनेछ । बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । लगानीकर्ताले न्यूनतम १० करोडदेखि, बढीमा १० करोडले भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने छ भने ब्याजदर बोलकबोलमा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलवपछिको हकमा चार अंकसम्म) उल्लेख गर्नुपर्ने छ । निक्षेप संकलनको अवधि आगामी भदौ ३१ गतेसम्म रहनेछ । सो मितिमा साँवा तथा ब्याज भुक्तानी गरिनेछ। बोल स्वीकृत गर्दा सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिइने र समान ब्याजदर भएमा प्रो-राटा आधारमा बाँडफाँड गरिनेछ । बैंकले आंशिक वा पूर्ण रूपमा बोल स्वीकृत वा अस्वीकृत गर्ने अधिकार खुला बजार सञ्चालन समितिलाई रहने स्पष्ट पारेको छ । स्वीकृत बोलको रकम सम्बन्धित बैंकको खाताबाट कट्टा गरी राष्ट्र बैंकमा छुट्टै खातामा जम्मा गरिनेछ । पर्याप्त मौज्दात नभए सम्बन्धित संस्था कालोसूचीमा राखिने चेतावनी समेत दिइएको छ । यो रकम सम्बन्धित संस्थाको लगानी पोर्टफोलियोमा रहनेछ र अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइने छैन । तर, तरलता अनुपात (एसएलआर) र तरलता अनुपातमा भने गणना गर्न सकिनेछ । भुक्तानी मिति अघि रकम फिर्ता वा पूर्वभुक्तानी नहुने पनि राष्ट्र बैंकले स्पष्ट गरेको छ ।

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।