२०८३ भाद्र २
२०८३ भाद्र २

एदिस अब्बा, २० माघ ।

इथियोपियामा मलेरियाका रोगीहरू अत्याधिक मात्रामा  बढेका छन ।

 

यस वर्षको सुरुदेखि ३ लाख २८ हजार ८८१ मलेरियाका नयाँ बिरामीहरू फेला परेका हुन ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार गत जनवरी १ देखी २८ काबीचमा पूर्वी अफ्रिकी देशमा ८४ जनाको मृत्यु हुन पुगेको छ ।

 

जुन अघिल्लो महिनाको तुलनामा १७ प्रतिशतले बढे भएको डब्ल्यूएचओ इथियोपिया हेल्थ क्लस्टरले जनाएको छ । यद्धपी, स्वास्थ्य साझेदार संस्थाहरूले देशभर तिब्र रूपमा फैलिएको औलो रोकथाम, उपचार र सचेतना अभियानहरूलाई समर्थन गर्न स्रोतहरू परिचालन गरिरहेका छन् ।

 

गत नोभेम्बरमा डब्ल्यूएचओले अफ्रिकाको दोस्रो सबैभन्दा बढी जनसंख्या भएको देश इथियोपियाले कम्तिमा सात वर्षमा सबैभन्दा धेरै मलेरियाका केसहरू रेकर्ड गरेको बताएको थियो।

 

इथियोपियामा मलेरियाको प्रकोप २ हजार मिटरभन्दा मुनिको क्षेत्रहरूमा बढी फैलिएको छ, जसले देशको जमिनको तीन चौथाई भाग ओगटेको छ, जसको अनुमानित जनसंख्या ५२ मिलियन रहेको छ।न्युजकारखाना

काठमाडौं, २० माघ ।

प्रभु साह नेतृत्वको आम जनता पार्टीले भ्रष्टाचार बिरुद्ध बिशाल मोटरसाईकल ऱ्याली निकालेको छ ।

सो पार्टीको उपत्यका संयोजन समितिले आज काठमाण्डूमा भ्रष्टाचार बिरुद्ध बिशाल मोटरसाईकल ऱ्याली निकालेको हो ।

“भ्रष्टाचारीलाई कारवाई गर, जनता लुट्न पाईदैन, लुटकारी व्यवस्था चाहिदैन” भन्ने नारा सहित निकालिएको उक्त ऱ्याली थापाथलीबाट त्रिपुरेश्वर हुदै रत्नपार्कमा पुगेर समापन भएको थियो ।

भ्रष्टाचारले आम जनता आजित भएको र देश बर्वाद भईरहेको सन्दर्भमा युवाहरुले भ्रष्टाचार बिरुद्ध काठमाण्डूमा देखाएको साहसिक प्रदर्शन असाध्यै सराहनीय कार्य भएको अध्यक्ष  साहले जनाएका छन । ‘यसले आम जनसमुदायमा भ्रष्टाचार विरुद्ध लड़ने आत्मबिश्वास जागृत गर्ने र भ्रष्टाचारीलाई करवायीको लागि राज्यमाथी जनदवाव पुगने बिश्वास सहित यस महान कार्यमा सहयोग गर्ने र सहभागी हुने सम्पूर्णमा बिशेष धन्यवाद ज्ञापन गर्दछु ।’न्युजकारखाना

सिन्धुली, २० माघ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि क्षेत्रको विकासमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न सरकार केन्द्रित भएको बताएका छन ।

सिन्धुलीको दुधौली नगरपालिकाको सिर्थौलीमा आज दुधौली नगर अस्पतालको समुद्घाटन गर्दै उहाँले  कृषिमा आधारित उद्योगको विकासमा विशेष जोड दिइएको बताएका हुन् ।

स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यले सरकारले रुग्ण उद्योग सञ्चालन गर्न लागेको जानकारी दिँदै उहाँले त्यस्ता उद्योग सञ्चालनका लागि सम्बिन्धत मन्त्रालय र विभागलाई निर्देशन दिएको बताए ।  भारत र चीन भ्रमणका क्रममा प्रधानमन्त्रीका रुपमा आफूले कृषिको यान्त्रिकीकरण र कृषि क्षेत्रको उत्पादकत्व वृद्धि गर्न पहल गरेकोसमेत बताए ।

 

नेपालको कृषिको विकासका लागि छिमेकी मुलुकबाट पनि प्रतिबद्धता व्यक्त भएको उहाँको भनाइ छ ।

 

वर्तमान सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको स्प्ष्ट दृष्टिकोणसहित अघि बढेको उल्लेख गर्दै प्रधामन्त्री दाहालले सरकारबाट थालनी भएका जनपक्षीय कामबाट जनतामा सरकारप्रति आशा र भरोसा बढेको बताए । ‘सरकारले स्वास्थ्य र शिक्षालाई विशेष प्राथमिकता दिएको छ, सुशासनको पक्षमा सरकारले महत्वपूर्ण कदम चालेको छ’, उहाँले भन्नुभयो, ‘जनताले पाइरहेको सास्तीलाई मध्यनजगर गर्दै सेवा प्रवाहलाई सहज बनाइएको छ ।”

प्रधानमन्त्रीको रुपमा आफूले द्विपक्षीय र बहुपक्षीय मञ्चमा नेपालका तर्फबाट जलवायु परिवर्तनका असरका मुद्दालाई प्रमुखताका साथ उठान गरेको जानकारी दिँदै उनले नेपालजस्ता पर्वतीय मुलुकका समस्या समाधान गर्न अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेको स्मरण गर्नुभयो ।

 

मुलुकको अर्थतन्त्रलाई सही ट्रयाकमा ल्याउन महत्वपूर्ण निर्णय लिइएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले पछिल्ला समय अर्थतन्त्र सही अवस्थामा  फर्किएको स्पष्ट पारेका छन ।  “अर्थतन्त्रका सूचक धेरै उत्साहजनक रहेका छन्, विदेशी मुद्राको सञ्चिती तथा पर्यटकको आगमन बृद्धि भएको छ”, उनले भने, “यसले अर्थतन्त्रलाई सही बाटोमा ल्याउन मद्धत गरेको छ, पछिल्लो समय राजस्व पनि वृद्धि भएको छ ।”

 

प्रधानमन्त्री दाहालले दुधौली नगर अस्पताललाई आवश्यक पर्ने उपकरण, दक्ष जनशक्ति र कर्मचारीको व्यवस्था गर्न पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन । यस क्षेत्रमा विषालु सर्पको टोकाइबाट धेरैको ज्यान जाने गरेको जानकारी आफूले प्राप्त गरेको उल्लेख गर्दै उहाँले दुधौली अस्पतालमा सर्पदंश उपचारको व्यवस्था गरिने बताए ।

 

गरिब, दलित, उत्पीडित जनताको हकहितबाट मात्रै गणतन्त्र संस्थागत हुने भएकाले न्यून वर्गीय जनताको हकहितमा लाग्नुपर्नेमा जोड दिँदै उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रण्को बिकल्प सुदृढ र समुन्नत गणतन्त्र नै रहेको त्यसको अर्को बिकल्प हुनै नसक्ने उनकाे भनाइ छ ।न्युजकारखाना

 

काठमाडाैं, २० माघ ।

के तपाई आफ्नो लेखलाई घर बसीबसी कमाउने माध्यम बनाउन चाहनुहुन्छ ? त्यो पनि लाखौंमा ! त्यसो भए आजैबाट लेख्न थाल्नुहोस् । अनलाइनका माध्यमबाट तपाईं आफ्नो लेखलाई नगदमा परिणत गर्न सक्नुहुन्छ ।

 

इन्टरनेटको पहुँच, फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जालले पाठकसम्म लेख पुग्ने सहजता तथा गुगल एडसेन्सलगायतका विज्ञापनदातासँग सहजै जोडिन सकिने कारणले लेखबाट घर बसीबसी सजिलै कमाउन सकिने भएको हो ।

 

ब्लग के हो ?

वास्तवमा कागज पानामा अनलाइन लेख्ने डायरी एउटा ब्लग हो, जसमा हाम्रो समाजका गतिविधिहरू र विचारहरू र विचार व्यक्त हुन्छन् ।

 

जुन इन्टरनेटमा विश्वका विभिन्न भागहरू मार्फत देखा पर्दछ, जहाँ सल्लाह र प्रतिक्रिया विश्वका सबै ठाउँबाट साझा गर्न सकिन्छ । यसैले त्यहाँ वेब माध्यममा एक डायरी लेखिएको छ, यसलाई वेब ब्लग भनिन्छ, जुन छोटो ब्लग हो ।

 

सबै चीज परिवर्तन हुँदैछ, समयको चक्रमा सबै परिवर्तन हुँदैछ। इन्टरनेटमा पनि यही लागू हुन्छ । प्रारम्भिक पश्चिमी देशहरूमा बढ्दो परिष्कृत इन्टरनेट टेक्नोलोजी र द्रुत अनलाइन व्यापारका कारण  व्यवसाय प्रबर्द्धनका लागि विभिन्न वेबसाइट र ब्लगहरू सिर्जना गरिएका छन् । विभिन्न अनलाइन विज्ञापन एजेन्सीहरू र अनलाइन रोजगार एजेन्सीहरूको स्थापना भएको छ ।

 

ब्लग कसरी बनाउने ?

यसका लागि सुरुमा गुगलको ब्लगर, वर्ड प्रेसजस्ता निःशुल्क साइटमा अकाउन्ट बनाउनुपर्छ । ब्लग बनाउन सजिलो छ । गुगलको ब्लगरमा बनाउन चाहनुहुन्छ भने यसमा हेर्नुहोस् कस्तो बन्छ । यसमा गएर कसरी बनाउने सामान्य तरिका हेर्नुहोस् ।

 

यो ब्लग वर्डप्रेसको साइट हो । वर्डप्रेसमा बनाउन चाहनुहुन्छ भने यसमा गएर हेर्नुहोस् । जुन यहाँले हेरेर आफ्नो पनि सोही अनुसार बनाउन सक्नु हुन्छ । त्यसपछि त्यहाँ आफ्नो चाहना अनुसारको ब्लग डिजाइन गर्नुपर्छ र लेख्न थाल्नुपर्छ ।

 

 

कमाउनका निम्ति आफूले धेरै भन्दा धेरै पाठक भने तान्न सक्नुपर्छ । किनभने जति धेरै पाठकले आफ्नो लेख पढ्छन् उति नै पटक आफ्नो ब्लगमा आएको विज्ञापन हेर्छन् र आफूले उत्तिकै धेरै कमाउन सकिन्छ । त्यसैले पाठकले रुचाउने लेख लेख्नेतर्फ ध्यान दिनुपर्छ ।

भाषा

सकेसम्म अन्तर्राष्ट्रिय रूपमा प्रचलित भाषा प्रयोग गर्नुपर्छ । एडसेन्सजस्तै अन्य केही विज्ञापनदाताले सबै भाषा सपोर्ट गर्छन्, तर प्रचलित विज्ञापनदाताहरू जस्तै गुगलको एडसेन्स तथा माइक्रोसफ्ट अनि याहुले सञ्चालन गरेका एड नेटवर्कहरूले भने नेपाली भाषालाई सपोर्ट नगर्ने हुँदा आफूले कमाउने रकम घट्न सक्छ ।

 

त्यसैले सकेसम्म अंग्रेजी वा अरू कुनै प्रचलित भाषा प्रयोग गरेर आम्दानी बढाउन सकिन्छ । तर यदि नेपालीमा ब्लग लेख्नुहुन्छ भने अन्य केही एड नेटर्वकहरुबट पैसा कमाउन सकिन्छ त्यसको लागि अर्कोमा लेखौंला ।

 

पैसा कसरी कमाउन सकिन्छ त ?

तपाईंले अब ब्लग कुन भाषामा लेख्नु भएको छ त्यसमा भर पर्छ । यदी तपाईंले अङ्ग्रेजी भाषामा लेख्नु भएको छ भने एड्सेन्स तपाईंलाई राम्रो विकल्प हुन सक्छ । पैसा कमाउनको लागि तपाईंल आफ्नो ब्लगमा ३० भन्दा धेरै लेख तयार गर्नुहोस् र एडसेन्स अप्लाई गर्नुहोस् । तपाईंको लेख अन्य साइटबाट कपी भएको हुनु हुँदैन ।न्युजकारखाना

काठमाडौं, २० माघ ।

नेपाली कांग्रेसका युवा नेता तथा पार्टी केन्द्रीय सदस्य नैनसिंह महरले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले कांग्रेसको ढाडमा टेकेर टाउकोमा हिर्काउने रणनीति अनुसारको व्यवहार गर्न थालेको बताएका छन् ।

नेपाली कांग्रेस चाँगुनारायण नगर प्रथम सम्मेलनको आज भक्तपुर दुवाकोटमा उद्घाटन गर्दै नेता महरले गठबन्धनको ठूलो दल नेपाली कांग्रेस भए पनि सरकारले जनपक्षिय काम गर्न नसक्दा आफ्नो असफलताको भारी कांग्रेसलाई बोक्न बाध्य पारेको बताएका हुन् ।

 

जनताका जनजिविकाका सवालहरु बिर्सिएको सरकार भ्रष्टीकरणतर्फ जान थालेको बताउँदै नेता महरले प्रधानमन्त्री प्रचण्ड र मन्त्रीहरुले स्वंय कार्य सम्पादनमा सफलता प्राप्त गर्न नसकेको स्वीकार्न थालेकाले सरकार अकर्मण्यतार्फ उन्मुख भएको उनको टिप्पणी छ ।

सरकारले सुशासनका पक्षमा काम गर्न नसकेका कारण कांग्रेसको देश र जनता केन्द्रित मिसन असफल हुनेतर्फसमेत नेता महरले चिन्ता व्यक्त गरेका छन् । कांग्रेसको सहारा लिएर कांग्रेसलाई असफल देखाउने प्रपञ्च सह्य नहुने भन्दै उनले प्रधानमन्त्री प्रचण्डलाइ चेतावनी समेत दिएका छन् ।

 

कांग्रेसलाई असफलताबाट जोगाउन प्रधानमन्त्री प्रचण्डको राजिनामा माग्नुपर्ने महरको भनाई थियो ।न्युजकारखाना

लन्डन, २० माघ  ।

हाम्रा आफन्तहरूको सम्पत्ति मिलाउन र घर सफा राख्ने क्रममा हामीले धेरै समस्याहरू सामना गर्नुपर्ने हुन सक्छ।

अमूल्य स्मरण शक्ति देखि पुरानो जंकसम्म एकले प्रायः विभिन्न वस्तुमार्फत क्रमबद्ध गर्नुपर्छ।

 

इङ्गल्याण्डको एक परिवारले भर्खरै एउटा बक्सको पछाडि एउटा अनौठो वस्तु फेला पारेको छ, जुन त्यो समान तिनीहरूको काकाको थियो।

 

१८ औं शताब्दीको बक्समा पुरानो कागती भेटियो। ‘पुरानोले सायद यस फलको उमेरलाई न्याय गर्दैन, जसमा यसमा भएको सन्देशले यो १७३९ को हो भनेर देखाएको थियो । कागतीमा लेखिएको थियो, ‘मिस्टर पी, लु फ्रान्चिनीद्वारा मिस ई ब्याक्सटरलाई नोभेम्बर ४, १७४९ ।’  सुकेका सिट्रस फलहरू करिब २ इन्च चौडा हुन्छन् र उमेरसँगै खैरो हुन्छन्।

 

सो परिवारले यसलाई बेच्नको लागि श्रोपशायरमा ब्रेटेल्स लिलामीहरूलाई सम्पर्क गर्‍यो र यति लामो समयसम्म भित्र के थियो भनेर थाहा पाउँदा छक्क परे। यूपीआईका अनुसार एक विशेषज्ञले फर्निचरको टुक्राको तस्बिर खिचिरहेका थिए, जब उनले दराजको पछाडि कागती फेला पारे।

 

डेली मेलका अनुसार ब्रेटेलको लिलामीका मालिक डेभिड ब्रेटेलले अनुमान गरे कि ‘यो कागती औपनिवेशिक भारतबाट फिर्ता ल्याइएको प्रेमको प्रतीक हुन सक्छ।’

 

डेली मेलका अनुसार लिलामी घरले थोरै रमाइलोको लागि कागती बेच्ने निर्णय गर्यो र यसले यति धेरै चासो उत्पन्न गर्ने अनुमान भने गरेको थिएन । बोल बढाबढ ४२ सयवाट सुरू गरियो, अचम्म लाग्दो कुरा त के भने यो १.५ लाख मिलियनमा बिक्री भयो । कागती मालिकले भने, ‘रमाइलोका लागि लिलामीमा राखेका थियौं, यती धेरै रकम प्राप्त हुन्छ भन्ने सोचेका थिएनौं ।’न्युजकारखाना

पाेखरा, २० माघ ।

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गठबन्धन सरकारका कारण देश संकटमा पर्दै गएको बताएका छन ।

प्रेस चौतारी नेपाल कास्कीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै ज्ञवालीले गठबन्धनले सत्ता टिकाई राख्नको लागि सबै खालका हरकत गरेकोसमेत बताए ।

 

‘देश वहुआयामिक सङ्कट तिर धकेलिरहेको अवस्था छ, यो सङ्कटले समाजमा ठुलो छटपटी, नैराश्य र व्यापक अन्यौलता बढेको छ’, उनले भने, ‘राज्यले कोही नभए पनि सरकार छ भन्ने विश्वास जगाउनु पर्नेमा सरकारकोतर्फबाट त्यो हुन सकेको अवस्था छैन ।’ देशको हरेक क्षेत्र ओरालो लाग्दै गएको पनि ज्ञवालीको टिप्पणी रहेको छ ।

 

युवाहरूमा अब देश बन्दैन, देशमा भविष्य छैन भन्ने निराशा बाँड्ने काम सरकारले गरेको ज्ञवालीले बताए । मुलुकको बाह्य सम्बन्धमा समेत आँच आउने काम सरकारबाट भएको भन्दै ज्ञवालीले चिन्ता व्यक्त गरेका छन ।

 

देश र जनतालाई कमजोर बनाएर  सरकार बलियो बनाउने प्रयासमा गठबन्धन लागेको उनको भनाइ छ । सरकार उल्टो दिशामा हिँडेको कारण यो सरकारको विकल्प खोज्ने बेला आएको ज्ञवालीको भनाइ छ । देशमा मौलाउँदो बेथिति एमालेले टुलुटुलु हेरेर बस्न नसक्ने उहाँले स्पष्ट पारेका छन ।

 

देशका थुप्रै योजना भारतलाई हस्तान्तरण गरेर भारतको आसिर्वाद लिने काम गरिएको ज्ञवालीले भनाइ छ । यसरी लिएका योजना भारतले होल्ड गरेर राख्ने काम मात्र गरेको ज्ञवालीले जनाएका छन ।न्युजकारखाना

मुम्बई, २० माघ ।

भारतीय मोडल तथा अभिनेत्री पुनम पाण्डेको निधनको खबर शुक्रबार बिहान सार्वजनिक भएको थियो तर अहिलेसम्म आईपुग्दा यो बिषय निकै रहस्यमय बन्दै गएको छ ।

 

उनको इन्स्ट्रागममा उल्लेख भए अनुसार उनको मृत्युको कारण पाठेघरको मुखको क्यान्सर भएको बताइएको छ । मृत्युको बारेमा पुनमको टोलीले नै जानकारी दिएको थियो ।

 

तर, यो समाचार बाहिरिएसँगै पूनमको मृत्युलाई लिएर थप अन्यौंल र रहस्यहरु बाहिर आउन थालेका छन । र, उनको मृत्युको खबर थप जटिल बन्दै गएको भारतीय मिडियाहरुले जनाएका छन ।

 

हिजो बिहान ११ बजे पुनको मृत्युको खबर आए लगत्तै भारतीय सञ्चारमाध्यमले  पुनमका नजिकका साथी नितिन मिरानीसँग कुरा गरेका थिए । उनले भनेका छन कि, ‘मलाई यसबारे कुनै जानकारी छैन । बिहानैदेखि उहाँलाई सम्पर्क गर्ने प्रयास गरेँ तर उहाँसँग कुरा हुन सकेको छैन । उनका ड्राइभरले दुई दिनअघिसम्म म्याडम ठिक रहेको बताएका थिए । र, उनी सुटिङमा व्यस्त थिइन् । दिदीको फोन पनि अफ छ । के भयो बुझ्न सकिन । उनको इन्स्टाग्राम ह्याक भएको देखिन्छ ।’

 

हिजो दिउँसो १२  आफूलाई पूनमको म्यानेजर भनिने निकिता शर्माले प्रेस नोट जारी गरिन् । यस प्रेस नोटमा पाठेघरको मुखको क्यान्सरका कारण पूनम अब यो संसारमा रहिनन भनी उल्लेख गरिएको छ । यो प्रेस नोटमा पाठेघरको मुखको क्यान्सरलाई हल्का रुपमा लिनुहुँदैन भन्ने पनि लेखिएको थियो । यो प्रेस नोटमा फोन नम्बर पनि लेखिएको थियो । त्यो नम्बरमा फोन गर्दा त्यो फोन नक्कली भएको पुष्टी भइसकेको छ  । सो फोन उठाउने व्यक्ति पश्चिम बंगालका हुन् र उनको पुनम पाण्डेसँग आफ्नो कुनै सम्बन्ध नरहेको बताए । उनलाई बिहानैदेखि सयौं फोन गएका थिए, जहाँ उनले पुनमसँग चीनजान नै नभएको जनाईरहेको छन् ।

 

प्रेस विज्ञप्ति पछि दैनिक भाष्करले ीले पुनमको पीआर टोलीलाई सम्पर्क गरेको थियो तर उनले फोन उठाएनन । जवाफमा उनले यति मात्रै मेसेज पठाए कि जसमा लेखिएको थियो, ‘हामीले पूनमको मृत्युको खबर बिहानै उनको परिवारबाट पायौं । हामीले उनको परिवारसँग सम्पर्क गर्ने प्रयास गरिरहेका छौँ तर उनीहरुबाट कुनै प्रतिक्रिया आएको छैन । अहिलेसम्म उनको शव कानपुरमा रहेको भनिएको छ ।’न्युजकारखाना

वासिंगटन डिसी, २० माघ ।

अमेरिकाले इराक र सिरियामा ब्यापक हवाइ हमला सुरू गरेको छ ।

 

गत आइतवारको ड्रोन आक्रमणमा तीन सैनिक अमेरिकी सैनिक मारिएको बदलामा अमेरिकाले हवाइ हमला सुरू गरेको हो ।

 

अन्तराष्ट्रिय समाचार संस्थाहरूका अनुसार अमेरिकाले शुक्रबार रातीबाट सिरिया र इराकका ८५ वटा लक्ष्यमा आक्रमण गरेको छ ।

अमेरिकी सेन्टकमले इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कर्प कुड्स फोर्स र सम्बद्ध मिलिशिया समूहहरू विरुद्ध हवाई आक्रमण गरेको जानकारी दिएको छ ।

 

‘हाम्रो प्रतिक्रिया आज सुरु भयो। यो हाम्रो रोजाइको समयमा र स्थानहरूमा जारी रहनेछ,’ राष्ट्रपति बिडेनले शुक्रबार एक विज्ञप्तिमा भनेका थिए ।

 

गत साता टावर २२ नामक अमेरिकी आधार शिविरमा भएको ड्रोन आक्रमणमा तीन अमेरिकी सैनिकको मृत्यु हुनुका साथै ४० भन्दा बढी सैनिक घाइते भएका थिए ।

 

सो घटनामा ह्वाइट हाउसले इरानलाई दोष दिदैँ धेरै परिणामात्मक प्रतिक्रिया दिने यसअघि नै जनाइसकेको थियो ।

इरानले संलग्नतालाई अस्वीकार गर्दै अमेरिकी आरोपहरू ‘निराधार’ भएको जनाएको छ । उसका अनुसार प्रतिरोधी समूहहरूको निर्णयमा इरानको संलग्नता नभएको जनाएको छ ।न्युजकारखाना

बेइजिङ, २० माघ ।

चीनमा एक जोडीलाई फाँसी दिइएको छ ।

 

उनीमाथि दुई बालबालिकाको हत्या गरेको आरोप लागेको थियो । यी दम्पतीले २ नोभेम्बर २०२० मा आफ्ना दुई बच्चाहरूलाई १५ औं तलाबाट फ्याँकेको पुष्टी भए पछि उनीहरूलाइ फाँसी दिइएको हो । उनीहरूले फ्याके लगत्तै दुवै बालबालिकाको घटनास्थलमै मृत्यु भएको थियो ।

 

जब आरोपी दम्पतीसँग यो घटनाको बारेमा चर्चा भयो, उनीहरूले यसलाई दुर्घटना भनेर टार्न खोजेका थिए । तर, प्रहरीले अनुसन्धान थाले पछि दम्पतीले षडयन्त्रमा बालबालिकाको हत्या गरेको थाहा भयो ।

यस विषयमा स्थानीय प्रहरीले  उनीहरू विरुद्ध मुद्दा समेत दायर गरे । झाङ बो भन्दा पहिले चेङचेनको पहिलो पतिको नाम झाङ बो थियो। तर, सम्बन्ध विच्छेद पछि उनी झाङ बोसँग संलग्न भइन् । चेङचेन झाङ बोका छोराछोरीसँग बस्न चाहँदैनन्। यही कारण थियो कि उनले झांग बोलाई हत्या गर्न उक्साए।

 

चोङकिङ सरकारी वकिलको कार्यालयले जारी गरेको सूचना अनुसार झाङ र चेङचेन बीच सामाजिक सञ्जालमार्फत भेट भएको हो। कुराकानी अगाडि बढ्दै जाँदा उनीहरु सम्बन्धमा प्रवेश गरे । डेली मेलको रिपोर्टका अनुसार यो जोडी बस्ने ठाउँको नाम टावर ब्लक थियो। झाङ बो पनि विवाहित थिए। उनकी श्रीमतीको नाम चेन मेलिन थियो। यसका बाबजुद पनि उनी ये चेङसेनसँग नै रहेका थिए ।न्युजकारखाना

ताजा अपडेट

ट्रेन्डिङ

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ३० अर्ब निक्षेप संकलन गर्दैएभरेष्ट न्यूज एजेन्सी, काठमाडौं । नेपाल राष्ट्र बैंकले एक महिनाका लागि ३० अर्ब बराबरको निक्षेप संकलन उपकरणको बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत मात्र आवेदन दिन सकिने जानकारी दिएको छ । सोही दिन उपकरण निष्काशन हुनेछ । बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । लगानीकर्ताले न्यूनतम १० करोडदेखि, बढीमा १० करोडले भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने छ भने ब्याजदर बोलकबोलमा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलवपछिको हकमा चार अंकसम्म) उल्लेख गर्नुपर्ने छ । निक्षेप संकलनको अवधि आगामी भदौ ३१ गतेसम्म रहनेछ । सो मितिमा साँवा तथा ब्याज भुक्तानी गरिनेछ। बोल स्वीकृत गर्दा सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिइने र समान ब्याजदर भएमा प्रो-राटा आधारमा बाँडफाँड गरिनेछ । बैंकले आंशिक वा पूर्ण रूपमा बोल स्वीकृत वा अस्वीकृत गर्ने अधिकार खुला बजार सञ्चालन समितिलाई रहने स्पष्ट पारेको छ । स्वीकृत बोलको रकम सम्बन्धित बैंकको खाताबाट कट्टा गरी राष्ट्र बैंकमा छुट्टै खातामा जम्मा गरिनेछ । पर्याप्त मौज्दात नभए सम्बन्धित संस्था कालोसूचीमा राखिने चेतावनी समेत दिइएको छ । यो रकम सम्बन्धित संस्थाको लगानी पोर्टफोलियोमा रहनेछ र अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइने छैन । तर, तरलता अनुपात (एसएलआर) र तरलता अनुपातमा भने गणना गर्न सकिनेछ । भुक्तानी मिति अघि रकम फिर्ता वा पूर्वभुक्तानी नहुने पनि राष्ट्र बैंकले स्पष्ट गरेको छ ।

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।