२०८३ भाद्र १
२०८३ भाद्र १

काठमाडौँ, २२ माघ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्मा जनताका पक्षमा दरिलो भूमिका खेल्न पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन ।

 

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को संसदीय दलको कार्यालय सिंहदरबारमा आज बिहान बसेको बैठकमा उहाँले पार्टीको नीति एवं सरकारले गरेका कामबारे संसद्मा दरिलो रूपमा प्रस्तुत हुन निर्देशन दिएका हुन् ।

“तपाईंहरू राम्रो तयारीका साथ संसद्मा प्रस्तुत हुनुहोस् । सरकारका काम र पार्टीको नीतिअनुसार दर्बिलो भएर प्रस्तुत हुनुहोस्,” प्रधानमन्त्री प्रचण्डले भने,  “सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा अधिकतम कोशिस गरिएको छ । सरकारले राम्रा काम गरेका छन् । यी विषयमा सदनमा आफ्ना विषय प्रस्तुत गर्नुहोस् ।”

 

आगामी आर्थिक वर्षमा परिणाम निस्किने गरी बजेट ल्याउने तयारी गरिएको जानकारी दिँदै प्रधानमन्त्रीले तीन करोडभन्दा साना योजनाहरू केन्द्रमा नराखी तल्लो तहमा पठाइने बताए । उनले गठबन्धनको साझा दृष्टिकोण बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।

 

सङ्घीय लोकतन्त्र आफूहरूको सक्रियतामा ल्याएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “यो व्यवस्था हामीले ल्याएको हो । यसको रक्षा र सुदृढ गर्ने दायित्व पनि हाम्रो नै हो । त्यसैले व्यवस्था विरोधी मतका विरूद्ध र व्यवस्थाको पक्षमा वैचारिक रूपले प्रस्तुत हुनुपर्छ ।”

 

नीति तथा कार्यक्रम र बजेट निर्माणमा नयाँ पहल लिइएको जानकारी दिँदै उनले ‘सांसद र जनताले समेत बहस गर्ने र उनीहरूको कुरा पनि समावेश हुनेगरी नीति तथा कार्यक्रम र बजेट बनाउनेगरी आगाडि बढिन्छ, तपाईंहरूले पनि महत्त्वपूर्ण सुझाव दिनुस् ।”

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धि विधेयक यही अधिवेशनबाट सहमतिमा पास हुने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “सकेसम्म सहमतिबाट टिआरसी विधेयक टुङ्गाउँदा सबैको हितमा हुन्छ । सोही प्रक्रियामा जानुपर्छ ।”न्युजकारखाना

मुम्बई, २२ माघ ।

आज ५ फेब्रुअरी, बलिउड अभिनेता अभिषेक बच्चनका लागि निकै विशेष दिन हो ।

 

वास्तवमा यी अभिनेताले आज आफ्नो जन्मदिन मनाउँदैछन्। यस अवसरमा परिवारका सदस्य, साथीभाइ र सबै फ्यानहरूले अभिषेकलाई धेरै धेरै शुभकामना दिइरहेका छन ।

 

यसै सन्दर्भमा अभिनेताको जन्मदिनको अवसरमा उनकी बहिनी श्वेता बच्चन र भान्जी नव्या नवेली नन्दाले पनि उनलाई विशेष रुपमा जन्मदिनको शुभकामना दिएका छन् ।

 

अभिषेक बच्चनको जन्मदिनमा उनकी बहिनी तथा अमिताभ बच्चनकी छोरी श्वेता बच्चनले सामाजिक सञ्जालमा कान्छो भाइको लागि एउटा प्यारो नोट लेखेकी छिन् । जुन नोटमा श्वेताले भाइ अभिषेकसँगको बाल्यकालको तस्विरसमेत शेयर गरेकी छिन् ।

 

बाल्यकालको तस्बिर सेयर गर्दै श्वेताले लेखेकी छिन्,  ‘यस्तो होइन– यदि तपाइलाई थाहा छ भने  यो तिमीलाई मात्र थाहा छ र मलाई यो थाहा छ । यो तिम्रो बिशेष दिन हो सानो भाइ, आशा छ तपाईंले गीतको आनन्द लिनुहुन्छ। तिमीलाई प्रेम गर्छु।ँ

 

अभिषेकको आगामी फिल्मको कुरा गर्ने हो भने रेमो डिसुजाको ‘डान्सिङ डेज’, सुजित सरकारको अनटाइटल्ड फिल्म र अजय देवगनको ‘भोला’ मा देखिदैँछन्, जुन फिल्महरू रिलिजको तयारीमा छन् ।न्युजकारखाना

काठमाडौं, २२ माघ ।

नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सुरू भएको छ ।

 

सिंहदरवारस्थित माओवादी संसदीय दल कार्यालयमा बैठक जारी रहेको हो ।

सोमवार ४ बजे देखी सुरू हुने संसदकाे बैठक अघि दलको बैठक बोलाइएको हो ।

प्रधानमन्त्रीसमेत रहेका माओवादी संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले संसदको बैठकमा पार्टीको प्रस्तुती र अडानका बारेमा दिशा निर्देश गरिरहेका छन् । न्युजकारखाना

काठमाडौं, २२ माघ ।

सुन्धारास्थित धराहरामा पार्किङ गराउने महानगरको प्रयासमा अबरोध भएको छ।

 

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले निर्माण पुरा नभइकन पार्किङ गराउने नमिल्ने पत्राचार गरेको भन्दै सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका छन ।

उनले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै सो पार्किङ भाडामा लगाउने प्रयास भएको तर आफुले नदिने जनाएका छन् ।

 

केही दिन अगाडि त्यहि ठाउँमा सर्वसाधारणका लागि पार्किङ खुला गर्दा पत्र लेखिन्छ, ‘धरहरा निर्माण हुदैछ । पार्किङ बन्द गर्नु ।’

‘उदघाटन गरेको २ बर्ष ९ महिना पछि पनि बनाएर नसकिएको लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो ? पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नु भन्दा तत्कालीन प्रधानमन्त्री केपि ओलिले भन्नू भएको थियो ‘नबनेको भए म बिसौँ तलामा कसरी पुगेँ’ भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुन्छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन, ‘अन्त्यमा सो स्थानमा  पार्किङ बन्द छैन र बन्द हुने छैन, महानगरको पहलमा अहिलेको लागि निसुल्क सन्चालन हुँदै छ , अझै ब्यबस्थापन गर्दै लग्नेछौं ।’

 

उनले सामाजिक सञ्जालमा लेखेका छन्ः

२०७८ वैशाख ११ शनिबार अर्थात आज भन्दा २ बर्ष ९ महिना २० दिन अगाडि तत्कालिन प्रधानमन्त्री केपी ओलीबाट ‘सेतो टावर’ उदघाटन भयो । सोही उदघाटनलाई काठमाण्डौँका तत्कालिन मेयर बिद्यासुन्दर शाक्यले भन्नु भएको थियो, ‘आज एक ऐतिहासिक काम सम्पन्न भएको छ, राणाकालिन अवस्थामा भएको भए केपि ओलि टावर भन्थे ।’

तर केही दिन अगाडि त्यहि ठाउँमा सर्वसाधारणका लागि पार्किङ खुला गर्दा पत्र लेखिन्छ, ‘धरहरा निर्माण हुदैछ । पार्किङ बन्द गर्नु ।’

 

उदघाटन गरेको २ बर्ष ९ महिना पछि पनि बनाएर नसकिएको लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो ? पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नु भन्दा तत्कालीन प्रधानमन्त्री केपि ओलिले भन्नू भएको थियो ‘नबनेको भए म बिसौँ तलामा कसरी पुगेँ’ भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुन्छ ।

 

तोकिएको समयमा निर्माण भइ नसक्ने, भित्तामा नाम लेख्ने हतारोमा निर्माण नभइ उदघाटन हुने जस्ता प्रवृतिलाई भ्रष्टाचारकै नयाँ प्रकृति मानिने राष्ट्रिय नीति बनाऔँ । संघीय र प्रदेश संसद तथा संघीय र प्रदेश सरकारले त्यस्तो नीति पारित गर्न जरूरी छ । निर्माण सम्पन्न नभइ उदघाटन गर्ने कुप्रवृतिलाई निरूत्साहित गरौँ ।

 

सर्वसाधारणको दैनिक जीवनमा प्रत्यक्ष असर गर्ने र शहरको व्यवस्थापनमा प्रभाव पार्ने यस्ता कुराहरूसँग ख्याल ठट्टा नगरौँ ।

 

अन्त्यमा सो स्थानमा  पार्किङ बन्द छैन र बन्द हुने छैन महानगरको पहलमा अहिलेको लागि निसुल्क सन्चालन हुँदै छ , अझै ब्यबस्थापन गर्दै लग्नेछौ  ।अहिले धेरैको नजर यहाँको पार्किङको ठेक्का लिएर नेपाल सरकारको सम्पत्ति माथी रजाइ गर्ने मनसाय देखिएको छ  । हामी काठमाडौ महानगरमा रहुन्जेल  कसैको निजि स्वार्थको लागि सार्वजनिक सम्पती प्रयोग हुन दिने छैनौ ।न्युजकारखाना

काठमाडौं, २२ माघ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेभएको छ।उक्त ऋणपत्र फागुन १ गतेदेखि निष्कासन गर्ने भइको हो। बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ४० लाख ४० हजार इकाई ऋणपत्र जारी गर्ने जनाएको हो।

यसमध्ये बैंकले आफ्नै पहलमा १६ लाख १६ हजार इकाई अन्य संघसंस्थालाई बिक्री गर्ने भएको हो। सर्वसाधारणका लागि बाँकी २४ लाख २४ हजार इकाई खुला हुने बैंकले जनाएको छ। यसमध्ये सामूहिक लगानी कोषहरुका लागि ५ प्रतिशत अर्थात ८० हजार ८०० कित्ता ऋणपत्र छुट्याइएको छ।

नेपाल इन्भेष्टमेन्ट मेगाले १० वर्ष अवधिको (१० प्रतिशत एनआइएमबी डिबेन्चर २०९०) जारी गर्न लागेको हो। यसैगरी बिक्री प्रबन्धक प्रभु क्यापिटलले वार्षिक १० प्रतिशत ब्याजदर दिने बैंकले जानकारी दिएको छ।

यस ऋणपत्रमा फागुन ४ गतेसम्म आवेदन दिन पाइनेछ भने उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा फागुन १५ गतेसम्म खुला रहने बैकले जनाएको छ। यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम १० लाख इकाईसम्म आवेदन दिन सकिनेछ। यस ऋणपत्रमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ।न्युजकारखाना

रौतहट,२२ माघ ।

प्रेस चौतारीको स्थापना दिवसका अवसरमा आज प्रादेशिक अस्पताल गौरका बिमारीलाई फलफुल वितरण गरिने भएको छ ।

 

प्रेस चौतारी रौतहटको आयोजनामा आज फलफुल वितरण कार्यक्रमको आयोजना गर्न लागिएको प्रेस चौतारी रौतहटका सचिव मुकेश साहले जानकारी दिएकाछन् ।न्युजकारखाना

मुम्बइ, २२ माघ ।

चर्चित अभिनेत्री तथा मोडल पुनम पाण्डे यतिबेला आफ्नो ‘फेक डेथ स्टन्ट’ का कारण चर्चामा छिन् । जबदेखि पुनमले मरेको भन्दै नाटक गरिन, तबदेखि उनले धेरै कठोर शब्दहरू सुन्दै आएकी छिन्। पूनम पाण्डे मात्र होइन, बलिउडकी अर्की एक सुन्दरी पनि छन्, जसले पुनमले जस्तै ‘फेक डेथ स्टन्ट’ नाटक गरेकी थिइन ।

हो, तपाईंले यो सही पढ्नुभयो, यो सूचीमा अर्को सुन्दरीको नाम समावेश छ। आउनुहोस् जान्नुहोस् को हुन् ती अभिनेत्री जो मरेर पुनम जस्तै जिउँदो भइन् ?

 

वास्तवमा हामी अभिनेत्री मनिषा कोइरालाको कुरा गर्दैछौँ । मनिषा कोइरालाले पनि ‘फेक डेथ स्टन्ट’ गरेकी थिइन्, जसका कारण उनलाई धेरै ट्रोलिङको सामना गर्नु परेको थियो । मनिषाको झुटो मृत्युको खबर जनचेतना फैलाउनका लागि होइन नभइ फिल्मलाई हिट बनाउनका लागि गरिएको थियो । सन् १९९५ मा महेश भट्टको फिल्म  ‘क्रिमिनल’ रिलिज भएको थियो, जसलाई हिट बनाउन मनिषाको मृत्युको खबर फैलाइएको थियो ।

 

भारतीय सञ्चारमाध्यम न्युज २४ का अनुसार आफ्नो फिल्मको सफलताका लागि महेश भट्टले मनिषाको मृत्युको झुटो खबर मात्रै फैलाएनन्, अभिनेत्रीको मृत्युको पोस्टर पनि बनाएका थिए । यस्ता झुटा समाचार फैलाएको भन्दै उनीविरुद्ध मुद्दा पनि दर्ता भएको थियो । तर, सन् २०१२ मा मनिषा कोइरालाले वास्तवमै मृत्युको सामना गरिन् ।

 

तपाईलाई बताउ कि अभिनेत्री कोइरालालाई पाठेघरको क्यान्सर भएको पत्ता लागेको थियो, जसका कारण उनले आफ्नो जीवनको संघर्षपुर्ण लडाई लडिन् र जितिन पनि । उनी अहिले नेपालमा सामाजिक संघ संस्थामा मात्रै कार्यरत छैनन, राजसंस्थाको वकालत पनि गर्दै हिडेकी छिन् । न्युजकारखाना

 

Poonam Pandey ही नहीं इस हसीना ने भी खेला Fake Death Stunt, फिर रियल में हो गया कैंसर

काठमाडौं, २२ माघ ।

आज देशभरका फिल्म हल बन्द हुने भएका छन् ।

 

सरकारले अव्यावहारिक कर लगाएको भन्दै खारेजीको माग राखेर सोमबार देशभरका हल बन्द गर्न लागिएको हो ।

 

मूल्य अभिवृद्धि करबाहेक अन्य अव्यवहारिक करहरुको खारेजीको माग गर्दै सोमबार देशभरका फिल्म हल बन्द गर्न लागिएको हलहरुले सूचना निकालेर जानकारी दिएका छन् ।
न्युजकारखाना

मुम्बइ, २२ माघ ।

बलिउडमा विगत केही दशकमा धेरै हिट फिल्म आएका छन् र यसले मानिसको मन जितेको छ ।

 

आज पनि धेरै फिल्महरू छन् जुन मानिसहरूले हेर्छन् र मन पराउँछन्। यसको कारण थियो ती बलिउड स्टारहरू, जसले जनतामा यस्तो छवि बनाएका थिए कि मानिसहरूले उनीहरूलाई भगवान जस्तै मानेका थिए, मानिरहेका छन ।

 

राजेश खन्ना पनि ती स्टारमध्ये एक थिए, जब उनको फिल्म रिलिज भयो, सिनेमाघरमा टिकट पाउन मुस्किल हुन्थ्यो र फिल्म हेर्नको लागि मानिसहरु धेरै दिन पर्खिन थाले । उनको एउटा चलचित्रले बक्स अफिसको सम्पूर्ण रेकर्ड ध्वस्त पारेको थियो । फिल्म लगातार सय दिनसम्म हलमा चलेको थियो, यो त्यही फिल्म हो, जो पहिलो पटक सिनेमा हलमा १०० दिनसम्म लगातार चलिरहेको थियो ।

यस फिल्मको नाम ‘आराधना’ थियो र यसमा राजेश खन्नासँग दिग्गज अभिनेत्री शर्मिला टैगोर देखिएकी थिइन् । यो फिल्म रिलिजको लगत्तै हिट भयो, फिल्म केही समयमै ब्लकबस्टर साबित भयो। यो फिल्म १९४६ को ‘आई कम टु इच माई ओन’मा आधारित थियो। राजेश खन्नाका फ्यानहरू बाहेक अन्य मानिसहरूले पनि यो फिल्मलाई धेरै मन पराएका थिए र जसका कारण यो फिल्म थिएटरबाट हटेन, यो फिल्म तीन महिना भन्दा बढी समयसम्म एउटै हलहरूमा चल्यो। अर्थात् एउटै फिल्म सय दिनसम्म हलमा प्रदर्शन भइरहेको थियो ।

 

फिल्म एकदमै शानदार भएको र राजेश खन्ना र शर्मिला टैगोरको अभिनयले मानिसको मन जितेको हुनाले अवार्ड पाउने पक्का थियो । यी दुवै स्टारलाई यो फिल्मका लागि फिल्मफेयर अवार्ड दिइएको थियो भने फिल्मले अन्य अवार्ड पनि जितेको थियो ।

 

फिल्मको एउटा गीत पनि सुपरहिट भयो, जसको शब्द थियो, ‘मेरे सपना की रानी कब आयेगी तू…. ।’ यो गीत तपाईले पनि सुन्नु भएको होला ।

यो फिल्म यति हिट भयो कि यसलाई तेलुगुमा रिमेक गरियो, यो रिमेक पनि निकै हिट भयो। फिल्म केही महिना नभई झण्डै तीन वर्षसम्म देशभर प्रदर्शन भएको थियो ।न्युजकारखाना

काठमाडौं, २२ माघ ।

भारतको सात दिने भ्रमणमा रहेका नेपाली सांसदले गाेवा सरकारसँग ‘समुन्द्र देखी हिमालसम्म’को पर्यटन साझेदारीको प्रस्ताव गरेको छ ।

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवको नेतृत्वमा हाल भारत भ्रमणमा रहेको सांसदको टोलीले सो प्रस्ताव गरेको हो ।

भारत भ्रमणको क्रममा गोवाका पर्यटनमन्त्री रोहन खाउन्टेसँगको भेटघाटका क्रममा सो प्रस्ताव राखिएको समितिका सभापति राजकिशोर यादवले जानकारी दिए । ‘पर्यटन विकासका लागि  समुन्द्र देखी हिमालसम्मको पर्यटन साझेदारी हुनुपर्छ अनि मात्र दुवै देशको पर्यटन क्षेत्रमा विकास हुनेछ भनेर हामीले प्रस्ताव राखेको छौं,’ सभापति यादवले भने । उनका अनुसार नेपाली सांसदको टोलीले राखेको सो प्रस्तावमा गोवा सरकार सकारात्मक रहेको र यसका लागि चाँडै नै प्रक्रिया अगाडि बढाउने सहमति भएको छ ।

सो भेटघाटमा विश्वको सर्वोच्च शिखर सगरमाथा लगायतको हिमाल हेर्न आउने पर्यटकलाई नेपालले समुन्द्र हेर्न गोवा पठाउने र समुन्द्र हेर्न आउने पर्यटकलाई भारतले हिमाल हेर्नका लागि नेपाल पठाउने समझदारी बनेको हो । यसका लागि परराष्ट्र मन्त्रालयमार्फत चाँडै प्रक्रिया सुरु गर्न पनि दुवै पक्ष सहमत भएको सभापति यादवले जानकारी दिए ।

 

हिमालदेखि समुन्द्रसम्मको पर्यटकीय सम्बन्ध स्थापित गर्नका लागि पोखरा र गोवाबिच भगिनी सम्बन्ध स्थापित गर्नुपर्ने नेपाली सांसदको प्रस्तावमा पनि मन्त्री रोशन खाउन्टे सहमत भएको छन ।  ‘यो धेरै नै राम्रो कन्सेप्ट हो, यसका लागि म तयार छु, तपाईंहरुको तर्फबाट गर्नुपर्ने कार्य अगाडि बढाउनुस्, हामीले हाम्रो तर्फबाट हुने कार्यलाई पनि अगाडि बढाउँछौँ,’ मन्त्री खाउन्टेले नेपालको प्रस्ताव पछि प्रतिबद्दता जनाउँदै भने ।

भारतको दक्षिणी राज्य गोवामा १५ लाख मात्र जनसङ्ख्या छ तर त्यहाँ वार्षिक ५० लाख पर्यटक पुग्ने गरी मन्त्री खाउन्टेले जानकारी गराएका छन् । जस अनुसार त्यहाँ आउने र गोवाका बासिन्दालाई हिमाल देखाउनका लागि नेपालतिर पठाउने बारेमा पनि मन्त्री र नेपाली सांसदको प्रतिनिधिमण्डलसँग अनौपचारिक सहमति भएको नेपाली सांसदहरुले जनाएका छन् ।

 

‘हिमाल हेर्न आउने पर्यटकलाई समुन्द्र हेर्न मन छ भने उनीहरूलाई गोवा पठाइ दिनुपर्छ, त्यसका लागि पोखरा र गोवाबिच भगिनी सम्बन्ध स्थापित हुनुपर्नेमा दुवै पक्ष सहमत भएका छौं र अब यसलाई औपचारिकता दिनका लागि समितिबाट प्रक्रिया अगाडि बढाइनेछौं,’ सभापति यादवले भने ।

 

सो अघि भएको भेटमा भारतीय विदेश मन्त्री एस. जयशंकरले पनि दुई देश बिच आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक र पर्यटन सम्बन्धलाई कसरी माथि उठाउन सकिन्छ ? भन्ने विषयमा नेपाली सांसदहरुको टोलीले कुराकानी गरेको थियो ।
न्युजकारखाना

ताजा अपडेट

ट्रेन्डिङ

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ३० अर्ब निक्षेप संकलन गर्दैएभरेष्ट न्यूज एजेन्सी, काठमाडौं । नेपाल राष्ट्र बैंकले एक महिनाका लागि ३० अर्ब बराबरको निक्षेप संकलन उपकरणको बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत मात्र आवेदन दिन सकिने जानकारी दिएको छ । सोही दिन उपकरण निष्काशन हुनेछ । बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । लगानीकर्ताले न्यूनतम १० करोडदेखि, बढीमा १० करोडले भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने छ भने ब्याजदर बोलकबोलमा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलवपछिको हकमा चार अंकसम्म) उल्लेख गर्नुपर्ने छ । निक्षेप संकलनको अवधि आगामी भदौ ३१ गतेसम्म रहनेछ । सो मितिमा साँवा तथा ब्याज भुक्तानी गरिनेछ। बोल स्वीकृत गर्दा सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिइने र समान ब्याजदर भएमा प्रो-राटा आधारमा बाँडफाँड गरिनेछ । बैंकले आंशिक वा पूर्ण रूपमा बोल स्वीकृत वा अस्वीकृत गर्ने अधिकार खुला बजार सञ्चालन समितिलाई रहने स्पष्ट पारेको छ । स्वीकृत बोलको रकम सम्बन्धित बैंकको खाताबाट कट्टा गरी राष्ट्र बैंकमा छुट्टै खातामा जम्मा गरिनेछ । पर्याप्त मौज्दात नभए सम्बन्धित संस्था कालोसूचीमा राखिने चेतावनी समेत दिइएको छ । यो रकम सम्बन्धित संस्थाको लगानी पोर्टफोलियोमा रहनेछ र अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइने छैन । तर, तरलता अनुपात (एसएलआर) र तरलता अनुपातमा भने गणना गर्न सकिनेछ । भुक्तानी मिति अघि रकम फिर्ता वा पूर्वभुक्तानी नहुने पनि राष्ट्र बैंकले स्पष्ट गरेको छ ।

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।