२०८३ भाद्र १
२०८३ भाद्र १

‍‍‍‍‍‍‍‍‍‍‍‍‍काठमाडौं, २३ माघ

चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म देशभर ट्राफिक कारबाहीबाट ७९ करोड ७१ लाख ४४ हजार ८५२ रुपैयाँ राजश्व संकलन भएको छ। यो अवधिमा १० लाख ५२ हजार ५५ विभिन्न सवारी साधनहरूलाई कारबाही गरी उक्त राजश्व संकलन गरिएको हो।

उक्त राजश्वमध्ये काठमाडौं उपत्यकाबाट ३२ करोड ३३ लाख ७० हजार, कोशी प्रदेशबाट ७ करोड ८७ लाख २ हजार ९४३, मधेश प्रदेशबाट १० करोड ५ लाख ५८ हजार ९०१, बागमती प्रदेशबाट ७ करोड ८८ लाख ४० हजार रुपैयाँ संकलन भएको छ।

यस्तै, गण्डकी प्रदेशबाट ८ करोड १८ लाख ७६ हजार ६, लुम्बिनी प्रदेशबाट ९ करोड ३८ लाख ६४ हजार २, कर्णाली प्रदेशबाट १ करोड ५६ लाख ४५ हजार र सुदूरपश्चिम प्रदेशबाट २ करोड ४२ लाख ८८ हजार रूपैयाँ संकलन भएको छ।

यसैगरी, ट्रक/ट्याङकरबाट १५ करोड १९ लाख ९५ हजार ४००, बस/मिनिबसबाट ९ करोड २० लाख ५००, कार/जिप/भ्यानबाट १८ करोड ९० लाख ७६ हजार ८०६, ट्याक्टरबाट २ करोड ८८ लाख १६ हजार,  मोटरसाइकलबाट ३१ करोड १७ लाख ३४ हजार ५४६ र टेम्पो तथा अन्यबाट २ करोड ५३ लाख २१ हजार ६०० रुपैयाँ राजश्व संकलन भएको छ।

राजश्व रकममध्ये सबैभन्दा बढी काठमाडौं उपत्यकामा र सबैभन्दा कम कर्णाली प्रदेशमा रहेको छ।

मादक पदार्थ सेवन गरी सवारी चलाउने, तीव्र गतीमा सवारी चलाउने, लेन अनुशासन कायम नराख्ने, क्षमताभन्दा बढी राख्ने, जथाभावी पार्किङ गर्ने, तोकिएको भन्दा बढी भाडा लिने, आवश्यक कागजात तथा सवारी चालक अनुमति पत्र नभएका लगायतका कारबाही गरेबापत उक्त रकम राजश्व संकलन गरिएको हो।

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकाल भन्छन्, ‘प्रहरीले जरिवाना मात्र गर्दैन। सकभर कारबाही नहोस् भन्ने चाहन्छ। यसका लागि सचेतना अभियान, सवारी नियम उल्लंघन गर्नेलाई नियमित अनिवार्य कक्षा सञ्चालन लगायतका जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम गर्दै आएका छौं। सुरक्षित र मर्यादित सडकको प्रयोग गर्दै सवारी आवागमनलाई व्यवस्थित गर्न विभिन्न प्रविधिहरूको समेत प्रयोग गर्ने गरिएको छ।’

सो अवधिमा कारबाहीमा परेका १० लाख ५२ हजार ५५ सवारी साधनमध्ये  ट्रक/ट्याङकर १ लाख ७० हजार ८४२ वटा,  बस/मिनी बस १ लाख ९ हजार ३७७ वटा, कार/जिप/भ्यान २ लाख ६१ हजार ६३६ वटा, ट्याक्टर ४१ हजार ६४१ वटा, मोटरसाइकल ४ लाख ३२ हजार ९८ वटा र टेम्पो तथा अन्य ३६ हजार ४६१ वटा रहेका छन्। कारबाहीमा परेका सवारी साधनमध्ये सबैभन्दा बढी मोटरसाइकल रहेको तथ्याङ्कले देखाउँछ।

ट्राफिक व्यवस्थापनलाई चुस्त पार्दै दुर्घटना कम गराउन ट्राफिक प्रहरीले दक्ष जनशक्ति र साधनस्रोतको उचित प्रयोग गर्दै काम गरिरहेको ढकालले बताए। प्रचलित कानुन तथा संगठनिक नीति अनुरूप प्रहरीले सरोकारवाला निकायसँग समन्वय गर्दै सुरक्षित यात्राका लागि प्रभावकारी अभियान सञ्चालन गर्दै आइरहेको उनले बताए।

तथापि, दैनिक रूपमा सवारी नियम उल्लंघनमा सवारी चालकहरू फेला पर्ने गरेका छन्। सवारी चेकजाँचको क्रममा सवारी नियम उल्लंघन गर्नेलाई कारबाही तथा जरिवानाबाट राजश्व संकलन हुने गरेको छ।

प्रहरी नायब महानिरीक्षक ढकाल भन्छन्, ‘कानुन कार्यान्वयनमा कठोरतापूर्वक लागेका छौं। सडक सुरक्षालाई प्राथमिकता राखेका छौं। प्रहरीको आचरण र व्यवहारमा शिष्टता कायम गर्न तल्लीन छौं। नेपाल प्रहरीले ट्राफिकबाट मात्र नभई राज्यको कानुन कार्यान्वयनको क्रममा फैसला कार्यान्वयनबाट पक्राउ, अवैध भन्सार छलीलगायतका कार्यहरूबाट समेत राजश्व संकलन गरी वार्षिक रूपमा ठूलो परिमाणमा राजश्व संकलन गर्दै आएको छ।’

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ बमोजिम कसुर अनुसार ५०० रुपैयाँदेखि ट्राफिक प्रहरीले  कारबाही गर्न सक्ने व्यवस्था रहेको छ।न्युजकारखाना

रौतहट, २३ माघ ।

 रौतहटको कटरिया नगरपालिकामा रहेको बाबा बैजनाथ सुगर एण्ड केमिकल प्रालीमा समाचार संकलन गर्न गएका एक पत्रकारलाई निर्घात कुटपिट गरिएको छ।

किसानले चिनी मिलमा लगेको १०० क्विन्टल उखुलाई ७० क्विन्टल बनाइएपछि किसानहरूले आन्दोलन गरेका थिए।

No description available.

किसानहरूले उखु काटा गर्ने ठाउँमा नारा जुलुस गरेपछि समाचार संकलनका लागि पुगेका पत्रकार कृष्ण तिवारीमाथि मिल सञ्चालकले निर्घात कुटपिट गरेका हुन्।

कटहरियाका मेयरसमेत रहेका बाबा बैजनाथ सुगर एण्ड केमिकल प्रालिका सञ्चालककै मिलोमतोमा आफूमाथि कुटपिट भएको पत्रकार तिवारीले बताएका छन्। कटहरिया नगरपालिकाका मेयर अजय प्रकाशकै संलग्नतामा आफूमाथि कुटपिट भएको पत्रकार तिवारीले बताएका छन्।

No description available.

पत्रकार तिवारीको मोबाइल र क्यामरासमेत मिल सञ्चालकले लुटपाट गरेको बताइएको छ।

घाइते पत्रकार तिवारीको अहिले गरुडास्थित हेल्थ ल्यान्ड अस्पतालमा उपचार भइरहेको छ।

घटनामा संलग्न मिल्स सञ्चालकमाथि कडा कारबाहीको माग गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष प्रेमचन्द्र झाले दोषीलाई तत्काल पक्राउ गर्न माग गरेका छन्।न्युजकारखाना

हेटौंडा, २३ माघ ।

साढे तीन महिनादेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योग सोमबारदेखि पुनः सञ्चालनमा आएको छ।

 

हेटौंडा–९ मा रहेको सरकारी स्वामित्वको यो उद्योग कोइलाको अभावले गर्दा गत असोजदेखि बन्द रहेकाे थियो।

 

उद्योगका महाप्रबन्धक वसन्त पाण्डेका अनुसार कोइला सप्लायर्सलाई बक्यौता भुक्तानी गरेपछि पुनः कोइला आपूर्ति सुचारु भएको हो। उनका अनुसार उद्योगले कोइला सप्लायर्सलाई दिनुपर्ने रकम तिर्न नसक्दा कोइला आपूर्ति रोकिएको थियो। विगत केही समयदेखि लगातार घाटामा रहेका कारण उद्योगसँग नगद अभाव भएपनि मौज्दात सिमेन्ट बिक्री गरेर जुटाएको रकमले कोइला सप्लायर्सलाई भुक्तानी गरिएको उनले बताए।

 

चार वर्षदेखि लगातार घाटामा रहेको यो उद्योग समय-समयमा कोइला अभाव र मेसिन बिग्रँदा बन्द हुने गरेको छ। ४० वर्ष पुराना मेसिनबाट सञ्चालन हुँदा पनि बारम्बार समस्या आउने गरेको महाप्रबन्धक पाण्डे बताउँछन्। उनले उद्योगको मेसिन मर्मत गरेर कहिलेसम्म चलाउने भन्दै सरकारसँग प्रश्न गरेका छन्।

 

पुराना मेसिनले गर्दा उत्पादन लागत बढ्ने र बजारमा निजी क्षेत्रका उद्योगसँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्था रहेको महाप्रबन्धकको भनाई छ। सिमेन्ट उत्पादन गर्ने मुख्य मेसिन जीर्ण बनेकाले पूर्ण क्षमतामा काम गर्न नसकेको उनको भनाइ छ। नयाँ मेसिन नआएसम्म यी समस्या कायमै रहने र उद्योग नाफामा जान नसक्ने उनले बताएका छन्।

 

दैनिक ७५० मेट्रिक टन सिमेन्ट उत्पादन क्षमता भएको यस उद्योगमा यो आर्थिक वर्ष २ लाख ४९ हजार ४५६ बोरा मात्र सिमेन्ट उत्पादन भएको छ। यसमध्ये करिब १ लाख बोरा सिमेन्ट अझै बिक्री हुन बाँकी रहेको महाप्रबन्धक पाण्डेले जानकारी दिए।

 

यसरी लामो समयदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योग पुनः सञ्चालनमा आएपनि यसका लागि आवश्यक पर्ने कोइला र मेसिनको मर्मत सम्भारको सुनिश्चितता गर्नु जरुरी देखिन्छ। घाटामा रहेको यस उद्योगलाई नाफामा लैजान सरकार र व्यवस्थापनको ध्यानाकर्षण हुनु आवश्यक देखिन्छ।न्युजकारखाना

आज मिति २०८० साल माघ २३ गते तदअनुसार फ्रेबुअरी ६, २०२४  साेमबार, माघ कृष्ण एकादशी, षट्तिला एकादशी व्रत, पञ्चाङ्ग: व्याघात बालव ज्येष्ठा,

 

• मेष: तपाईंको स्वास्थ्य राम्रो रहनेछ। तर शारीरिक र मानसिक शान्ति बनाउन व्यायाम, ध्यान र योगमा समय खर्च गर्नुहोला। धन लाभ हुनेछ भने परिवारमा खुशी बढ्नेछ। प्रेममा रोमान्स फुल्नेछ। शुभ रंग: रातो । शुभ अंक: ९।

 

• वृष: तपाईंको स्वास्थ्यमा ध्यान दिनुहोला। खानाको मात्रा र प्रकृति नियन्त्रणमा राख्नुहोला। धन खर्च बढ्नेछ। परिवारमा केही तनाव हुन सक्छ। प्रेममा विश्वास र समझदारी बढाउनुहोला। शुभ रंग: हरियो। शुभ अंक: ६।

 

• मिथुन: तपाईंको स्वास्थ्य सबल रहनेछ। तर अति व्यस्तता बाट बच्नुहोला। धन लाभ हुनेछ। परिवारमा सुख शान्ति रहनेछ। प्रेममा रमाइला क्रियाकलापमा सहभागी हुनुहोला। शुभ रंग: पहेलो। शुभ अंक: ५।

 

• कर्कट: तपाईंको स्वास्थ्यमा उतार चढाव हुन सक्छ। तर नियमित चेकअप र औषधी सेवन गर्नुहोला। धन आय बढ्नेछ। परिवारमा समर्थन र सहयोग पाउनेछ। प्रेममा नयाँ सम्बन्ध बन्न सक्छ। शुभ रंग: नीलो। शुभ अंक: २।

 

• सिंह: तपाईंको स्वास्थ्य राम्रो रहनेछ। तर अति जाडो वा अति गर्मी बाट बच्नुहोला। धन लाभ हुनेछ। परिवारमा आनन्द रहनेछ। प्रेममा विश्वास र सम्मान बढ्नेछ। शुभ रंग: केसरी। शुभ अंक: १।

 

• कन्या: तपाईंको स्वास्थ्यमा सुधार हुनेछ। तर अति ठण्डी बाट बच्नुहोला। धन खर्च बढ्नेछ। परिवारमा केही असहमति हुन सक्छ। प्रेममा विचार र भावना बाँझिनुहोला। शुभ रंग: गुलाबी। शुभ अंक: ३।

 

• तुला: तपाईंको स्वास्थ्यमा ध्यान दिनुहोला। तर तनाव र चिन्ता बाट बच्नुहोला। धन लाभ हुनेछ। परिवारमा सुख शान्ति रहनेछ। प्रेममा रोमान्स फुल्नेछ। शुभ रंग: निला। शुभ अंक: ८।

 

• वृश्चिक: तपाईंको स्वास्थ्य सबल रहनेछ। तर अति व्यस्तता बाट बच्नुहोला। धन आय बढ्नेछ। परिवारमा सुख शान्ति रहनेछ। प्रेममा रमाइला क्रियाकलापमा सहभागी हुनुहोला। शुभ रंग: कालो। शुभ अंक: ४।

 

• धनु: तपाईंको स्वास्थ्यमा उतार चढाव हुन सक्छ। तर नियमित चेकअप र औषधी सेवन गर्नुहोला। धन खर्च बढ्नेछ। परिवारमा समर्थन र सहयोग पाउनेछ। प्रेममा नयाँ सम्बन्ध बन्न सक्छ। शुभ रंग: पहेंलो। शुभ अंक: ७।

 

• मकर: तपाईंको स्वास्थ्य राम्रो रहनेछ।  धन लाभ हुनेछ। परिवारमा आनन्द रहनेछ। प्रेममा विश्वास र सम्मान बढ्नेछ। शुभ रंग: भूरा। शुभ अंक: १०।

 

• कुंभ: तपाईंको स्वास्थ्यमा सुधार हुनेछ। तर अति ठण्डी बाट बच्नुहोला। धन खर्च बढ्नेछ। परिवारमा केही असहमति हुन सक्छ। प्रेममा विचार र भावना बाँझिनुहोला। शुभ रंग: रातो। शुभ अंक: ११।

 

• मीन: तपाईंको स्वास्थ्य सबल रहनेछ। तर अति व्यस्तता बाट बच्नुहोला। धन आय बढ्नेछ। परिवारमा सुख शान्ति रहनेछ। प्रेममा रोमान्स फुल्नेछ। शुभ रंग: चाँदी। शुभ अंक: १२।

 

राशिफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला ।  राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरीएको हुन्छ । जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । निर्णय गर्दा तपाईंको आफ्नै अन्तर्ज्ञान र निर्णय प्रयोग गर्न सधैं महत्त्वपूर्ण छ।

राशिफल लेखक युवा ज्योतिष जनक खड्का,  ज्योतिष परामर्श केन्द्रको सञ्चालक समेत हुन्। न्युजकारखाना

बारा, २२ माघ ।

२६औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी नेपाल बाराले सोमबार विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरेको छ।

स्थापना दिवसको अवसर पारेर प्रेस चौतारी बाराले फरक क्षमता भएका विद्यार्थी अध्ययनरत विद्यालयलाई आर्थिक, शैक्षिक तथा खेलकुद सामग्री र संगठमा आवद्ध दुई संचारकर्मीलाई सहयोग रकम हस्तान्तरण गरेको हो।

प्रेस चौतारी बाराले सिमरास्थित नेपाल अपाङ्ग सेवा संघको भवनमा सञ्चालित सुस्त श्रवण र बौद्धिक अपाङ्गता भएका विद्यार्थी अध्ययनरत विद्यालयलाई शैक्षिक तथा खेलकुद सामाग्री र खाद्यान्नका साथै ४० हजारको चेक हस्तान्तरण गरेको छ। विद्यालयमा अध्ययनरत विद्यार्थीको अध्ययन र हेरचाह गर्ने शिक्षकको सेवासुविधाका लागि उक्त रकम हस्तान्तरण गरिएको बताइएको छ।

प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवम् बारा इन्चार्ज अच्युत पौडेलले उक्त रकम बराबरको चेक उपलब्ध गराएका हुन्। केन्द्रीय सदस्य पौडेल र मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरीले नेपाल अपाङ्ग सेवा संघ बाराका अध्यक्ष गंगाप्रसाद वाग्लेलाई चेक प्रदान गरेका थिए।

चेक ग्रहण गर्दै संघका अध्यक्ष वाग्लेले चौतारी बाराले शैक्षिक सामाग्री तथा आर्थिक सहयोग गरेकोमा खुशी व्यक्त गरे।न्युजकारखाना

राजविराज, २२ माघ ।

सिरहामा ठगी आरोपमा एक विद्यालयका प्रधानाध्यापक पक्राउ परेका छन्।

चन्द्र नमुना माध्यमिक विद्यालय सिरहाका प्रधानाध्यापक रहेका सिरहा नगरपालिका-७ घर भएका मधुसुदन कर्णलाई सोमबार ठगीको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो।

सिरहा नगरपालिका–८ का रोशनकुमार यादवले सञ्चालन गरेको नेपाल आइरन स्टोर एन्ड जनरल सप्लायर्सबाट विद्यालयमा निर्माण कार्यका लागि भन्दै १७ लाख ४ हजार ५ सय ८१ रुपैयाँ ४ पैसाबराबरको निर्माण सामग्री लिएको तर पैसा नदिएर ठगी गरेको आरोपमा उनी पक्राउ परेका हुन्।

सिरहा जिल्ला अदालतबाट ७ दिनको म्याद थप भई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।न्युजकारखाना

रौतहट, २२ माघ ।

रौतहटमा गर्भपतन गर्न नमान्दा एक महिलालाई कुटपिट गरी घरबाट निकालिएको छ।

प्रेम बिबाह गरेकी स्थानीय परोहा नगरपालिका-७ नरकटिया टोलकी ३० वर्षीय महिलालाई पति, सासु, ससुरा, जेठान, देवर र नन्दले माइतीबाट सुसरालमा जाँदा कुटपिट गरी घरमा प्रवेश गर्नबाट रोकेका हुन्।

२०७७ सालमा स्थानीय आलोक पटेलसँग प्रेम बिबाह गरेर घर भन्दा बाहिर बस्दै आएकी ३० वर्षीय किरण देवी तेस्रो पटक गर्भवती भएपछि लोग्नेले गर्भ पतन गरेमात्र बिबाह दर्ता प्रमाण पत्र, नेपाली नागरिकता प्रमाण पत्र बनाई दिने भनेको र घरमा जाँदा कुटपिट गरेको पीडित महिलाको गुनासो छ। सन्चारकर्मीसँग कुरा गर्दै पीडितले दुई पटक गर्भ पतन गरिसकेको र तेस्रो पटक २ महिनाको गर्भ रहेको बताउँदै कानुनी रूपमा पत्नी बनाउन गर्भपतन गर्नु पर्ने अडान श्रीमान‍्को रहेको दुखेसो गरिन्।

गएको शुक्रबार घरमा जाँदा लोग्ने आलोक पटेल, ससुरा हरिन्दर पटेल, सासु कौशल्या देवी, जेठान राजु पटेल, सन्तोष पटेल, देवर छोटेलाल पटेल, नन्द पिंकी पटेल र रागनी कुमारी पटेलले सामूहिक रूपमा कुटपिट गरेको भिडियो आफूसँग रहेको दाबीसमेत गरेकी छन्।

प्रेम बिबाह गरेका लोग्ने आलोक पटेलले आफूसँग पटक-पटक १५ लाख रुपैयाँ व्याग उद्योग, घर निर्माण र झगडा मिलापत्रको लागि लगेको उनको दाबी छ।

आफूमाथि अन्याय भएको भन्दै महिलाले कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा उजुरी दिएकी छन्।न्युजकारखाना

काठमाडौं, २२ माघ ।

राष्ट्रिय योजना आयोगका नवनियुक्त सदस्य उमाशंकर प्रसादले पद तथा गोपनीयताको शपथ लिएका छन्।

सोमबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठसमक्ष सदस्य उमाशंकरले पद तथा गोपनीयताको शपथ लिएका हुन्। उनलाई माघ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो।

नवनियुक्त सदस्य उमाशंकरको शपथसँगै आयोगले पूर्णता पाएको छ। रौतहट स्थायी घर भएका उमाशंकरले अर्थशास्त्रमा विद्यावारिधि गरेका छन्। न्युजकारखाना

काठमाडौं, २२ माघ –

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा ठगी मुद्दाको जाहेरी परेको छ।

लामिछानेसहित १८ जना व्यक्ति/कम्पनीविरूद्ध सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पीडितहरूले सोमबार कास्की प्रहरीमा जाहेरी दिएका हुन्।

प्रहरीका अनुसार लामिछानेसहित व्यक्ति र कम्पनीहरूविरूद्ध निवेदन पर्दै आएका थिए। ‘निवेदन यसअघि पनि आएको थियो, आज पुरक जाहेरी परेको हो,’ कास्की प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले भने, ‘जाहेरी परेपछि अनुसन्धान गर्ने प्रक्रिया सुरू भएको छ।’

सूर्यदर्शन सहकारीका पीडितले यसअघि नै प्रहरीमा ठगी मुद्दामा जाहेरी दिएका थिए। अब त्यसमा थप अनुसन्धान थालिने विकले बताए।

लामिछानेसहित व्यक्ति र संस्थाविरूद्ध के कति मात्रामा रकम ठगी गरेको भन्नेबारे प्रहरीले खुलाएको छैन।

सूर्यदर्शन सहकारीका सञ्चालक गितेन्द्रबाबु राई हुन्। उनी लामिछानेका व्यावसायिक साझेदार हुन्। लामिछानेले उक्त सहकारीबाट रकम लिएको खुलेको थियो।

यसअघि सूर्यदर्शन सहकारीका सञ्चालक राईसहित १९ जनाविरूद्ध १ हजार ३५ जना बचतकर्ताहरूले ठगीमा जाहेरी दिएका थिए।

राईसहितका व्यक्तिसँग १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५.१७ रुपैयाँ बिगो माग गरी जिल्ला अदालतमा ठगी मुद्दा दायर भइसकेको थियो।

सरकारी वकिल कार्यालयले राईसहित १९ जना प्रतिवादीसँग बिगोसँगै ८ देखि १० वर्षसम्म जेल सजायको माग दाबी लिएको थियो। उक्त मुद्दामा कोषाध्यक्ष कुमार रम्तेल, एक उपाध्यक्ष र दुई सदस्यलाई प्रहरीले पक्राउ गरिसकेको छ।न्युजकारखाना

रौतहट, २२ माघ ।

प्रेस चौतारी नेपालको २६औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी रौतहटले विविध कार्यक्रम गरेर मनाएको छ। सोमबार जिल्ला सदरमुकाम गौरमा रहेको प्रादेशिक अस्पतालमा रहेका बिरामीहरूलाई प्रेस चौतारी नेपालले फलफुल वितरण गरेको थियो।

नेकपा एमालेका केन्द्रीय सदस्य अजय कुमार गुप्ताको प्रमुख आतिथ्यतामा प्रादेशिक अस्पताल गौरमा रहेका बिरामीहरूलाई फलफुल वितरण गरिएको थियो। प्रेस चौतारी नेपालको स्थापना दिवसको अवसर पारेर सोमबार अस्पतालमा रहेका बिरामीहरूलाई फलफुल वितरण गरिएको हो।

प्रेस चौतारीको स्थापना दिवसकै अवसरमा सोमबार नै जिल्ला सदरमुकाम गौरमा अन्तरक्रिया कार्यक्रम समेत गरिएको थियो। अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य गुप्ताले नेकपा एमालेले गरेका राम्रा कामको विरोध गर्नेहरूलाई प्रेस चौतारीमा आबद्ध सञ्चारकर्मीहरूले जवाफ दिनुपर्ने बताएका थिए।

देशको राम्रो र गौरवशाली पार्टी नेकपा एमाले भएको र एमालेले गरेका राम्रा कामलाई प्रेस चौतारी आबद्ध सञ्चारकर्मीहरुले खुलेर लेख्नुपर्ने उनले बताएका थिए। सो कार्यक्रममा नेकपा एमालेको लेखा आयोगका केन्द्रीय सदस्य राजकिशोर यादवले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

प्रेस चौतारी नेपाल मधेश प्रदेशका महासचिव गौतम श्रेष्ठले स्वागत मन्तव्य राखेको सो अन्तरक्रिया कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य रमेश तिमल्सिना संजय मिश्रा, नेपाल पत्रकार महासङ्घका मधेस प्रदेश सदस्य शैलेन्द्र झा, प्रेस चौतारी नेपाल रौतहटका संस्थापक अध्यक्ष शैलेन्द्र गुप्ता, नेकपा एमाले मधेश प्रदेश सदस्य बालविक्रम कार्की लगायतको उपस्थिति रहेको थियो।

प्रेस चौतारी नेपाल रौतहटका अध्यक्ष उत्तम कुमार उपाध्यायको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रम चौतारीका जिल्ला सचिव मुकेश कुमार शाहले सञ्चालन गरेका थिए।न्युजकारखाना

 

ताजा अपडेट

ट्रेन्डिङ

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ३० अर्ब निक्षेप संकलन गर्दैएभरेष्ट न्यूज एजेन्सी, काठमाडौं । नेपाल राष्ट्र बैंकले एक महिनाका लागि ३० अर्ब बराबरको निक्षेप संकलन उपकरणको बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत मात्र आवेदन दिन सकिने जानकारी दिएको छ । सोही दिन उपकरण निष्काशन हुनेछ । बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । लगानीकर्ताले न्यूनतम १० करोडदेखि, बढीमा १० करोडले भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने छ भने ब्याजदर बोलकबोलमा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलवपछिको हकमा चार अंकसम्म) उल्लेख गर्नुपर्ने छ । निक्षेप संकलनको अवधि आगामी भदौ ३१ गतेसम्म रहनेछ । सो मितिमा साँवा तथा ब्याज भुक्तानी गरिनेछ। बोल स्वीकृत गर्दा सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिइने र समान ब्याजदर भएमा प्रो-राटा आधारमा बाँडफाँड गरिनेछ । बैंकले आंशिक वा पूर्ण रूपमा बोल स्वीकृत वा अस्वीकृत गर्ने अधिकार खुला बजार सञ्चालन समितिलाई रहने स्पष्ट पारेको छ । स्वीकृत बोलको रकम सम्बन्धित बैंकको खाताबाट कट्टा गरी राष्ट्र बैंकमा छुट्टै खातामा जम्मा गरिनेछ । पर्याप्त मौज्दात नभए सम्बन्धित संस्था कालोसूचीमा राखिने चेतावनी समेत दिइएको छ । यो रकम सम्बन्धित संस्थाको लगानी पोर्टफोलियोमा रहनेछ र अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइने छैन । तर, तरलता अनुपात (एसएलआर) र तरलता अनुपातमा भने गणना गर्न सकिनेछ । भुक्तानी मिति अघि रकम फिर्ता वा पूर्वभुक्तानी नहुने पनि राष्ट्र बैंकले स्पष्ट गरेको छ ।

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।