काठमाडौं, माघ २३ ।
नेपाल राष्ट्र बैंकले फेरि बजारबाट ४० अर्ब रुपैयाँ तान्दै छ । केन्द्रीय बैंकले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न ४० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको हो ।
उक्त उयकरणमा आजै बोलकबोलन हुने बैंकले जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले आज मंगलबार दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न निक्षेप संकलनमार्फत् ४० अर्ब रुपैयाँ तान्न लागेको हो । केन्द्रीय बैंकले १४ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो । साँवा र ब्याज भुक्तानी मिति फागुन ८ गतेलाई निर्धारण भएको छ । यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ ।
बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्ने केन्द्रिय बैंकले जनाएको छ ।न्युजकारखाना
चितवन,२३ माघ ।
चितवन प्रहरीले विभिन्न समयमा हराएका ४५ थान मोबाइल अनुसन्धानपश्चात् नियन्त्रणमा लिई सम्बन्धित व्यक्तिलाई बुझाएको छ ।
प्रहरीले पीडितहरूले दिएको निवेदनका आधारमा हराएका मोबाइल खोजि गरि फिर्ता गरेको हो ।
सोमबार प्रहरीले ४५ थान आइफोन, सामसुङ, रेडमी, ओपो, भिभो, पोको लगायत विभिन्न कम्पनीका मोबाइलहरु सम्बन्धित व्यक्तिलाई कार्यालयमै बोलाएर बुझाएको हो ।
प्रहरी कार्यालय चितवनले पछिल्लो दुई महिनामा हराएका ९५ थान मोबाइल सम्बन्धित धनीलाई बुझाउन सफल भएको जनाएकाे छ ।न्युजकारखाना
काठमाडौं, २३ माघ ।
चितवनमा निर्माणाधिन क्रिकेट मैदान निर्माणका लागि ७० प्रतिशत लागत सुनिश्चित भएको छ।
आज बसेको बागमती प्रदेश सरकारको बैठकले चितवनमा निर्माण भइरहेको गौतम बुद्ध अन्तरास्ट्रिय क्रिकेट रङशाला निर्माणको प्रथम चरणका लागी ७० प्रतिशत सुनिश्चित गरेको हो ।
‘आज बसेको बागमती प्रदेश सरकारको बैठकले चितवनमा निर्माण भइरहेको गौतम बुद्ध अन्तरास्ट्रिय क्रिकेट रङशाला निर्माणको प्रथम चरणकालागी ७५ करोड बराबर लागत अनुमानको ७० प्रतिशत प्रदेश सरकारले ब्यहोर्ने र त्यसको श्रोत सुनिस्चित गर्ने निर्णय गरेको छ,’ भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले भनिन, ‘क्रीकेट खेलको बिकासमा यसले महत्त्वपूर्ण भुमिका खेल्नेछ ।’
उनले बागमती प्रदेशका मुख्यमन्त्री एंव बागमती प्रदेश सरकारलाई बिशेष आभार सहित भरतपुर महानगरपालिकाकोतर्फबाट धन्यवाद ब्यक्त गरेकी छिन ।न्युजकारखाना
काठमाडौं, २३ माघ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सम्पन्न भएको छ ।
आज आकस्मिक रुपमा बसेको सो बैठकले केन्द्रीय सदस्य एवं पूर्व मन्त्री केशवकुमार बुढाथोकीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ।
नेपाली कांग्रेसका अनुसार केन्द्रीय सदस्य, संविधान सभा सदस्य एवं पूर्व सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीको विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा हिजो माघ २२ गते असामयिक निधन भएको थियाे ।
२००१ साल असोज २२ गते पिता रणकेशर बुढाथोकी र माता नन्दकुमारी बुढाथोकीको सुपुत्रका रुपमा जन्मनु भएका स्वर्गीय बुढाथोकीले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै कांग्रेसले स्मरण गरेको छ । उनको सक्रिय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहने जनाउँदै कांग्रेसले उनको निधनबाट पार्टी मर्माहत र स्तब्ध भएको जनाएको छ ।
‘नेता केशवकुमार बुढाथोकीको निधनप्रति कार्यसमितिको यो आकस्मिक बैठक गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै, उहाँको आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ,’ जारी बिज्ञप्तिमा भनिएको छ ।
आज बसेको बैठकको निर्णय अनुसार माघ २३-२५ गते अर्थात तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने र पूर्व निर्धारित सबै कार्यक्रमहरू स्थगित गर्ने, माघ २४ गते बुधबारका दिन केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरू बन्द गर्ने, स्वर्गारोहणको १३ औं दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने निर्णय गरेको कांग्रेसले जनाएको छ ।
साथै, स्वर्गारोहणको १३ औं दिनमा सम्बन्धित जिल्ला झापामा शोक सभाको आयोजना गर्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलद्धारा जारी बिज्ञप्तिमा उल्लेख छ ।न्युजकारखाना
नयाँ दिल्ली, २३ माघ ।
दिल्लीको मनी लान्ड्रिंग केसमा १२ भन्दा बढी स्थानहरूमा ईडीको छापा हानेको छ ।
आम आदमी पार्टी राज्यसभा सांसद एनडी गुप्तासहितको घरमा ईडीले छापा हानेको हो ।
यसका साथै मुख्यमन्त्री अरविन्द केजरीवालका निजी सचिव विभव कुमारको घरमा पनि छापा मारिएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार दिल्ली जल बोर्डका पूर्व सदस्य शलभको घरमा पनि छापा मारिएको छ। यो छापा दिल्ली सरकारका मन्त्री आतिशीको पत्रकार सम्मेलन अघि भएको थियो। आतिषीले ईडीको बारेमा पत्रकार सम्मेलन गर्न लागेकै बेलामा यो छापा हानिएको हो ।
आम आदमी पार्टीका नेताहरू र उनीहरूसँग सम्बद्ध व्यक्तिहरूको मनी लान्ड्रिंग मामिलामा छापा मारिरहेको छ तर अहिलेसम्म ईडीले मनी लान्ड्रिंगको कुन मामिलामा छापा मारेको छ भन्ने स्पष्ट भएको छैन। मुख्यमन्त्री पीएको घरमा छापा मारेको सुनिएको आप नेता आतिशीले बताए । ‘यो के हुदैछ ? हामीलाई धम्की दिने प्रयास भइरहेको छ । म प्रधानमन्त्रीलाई भन्न चाहन्छु कि हामी डराउँदैनौं,’ उनले भने । न्युजकारखाना
काठमाडौँ, २३ माघ ।
अस्ट्रेलियाले वेस्टइण्डिजविरुद्धको एकदिवसीय सिरिज क्लीनस्वीप गरेको छ ।
मंगलबार सम्पन्न सिरिजको तेस्रो खेलमा अस्ट्रेलियाले वेस्टइन्डिजलाई ८ विकेटले पराजित गर्दै सिरिज ३-० ले जितेको हो । वेस्टइन्डिजले दिएको ८७ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ६.५ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।
अस्ट्रेलियाका लागि जेक फ्रासर म्याक गर्कले सर्बाधिक ४१ रन बनाए भने जोश इन्ग्लिशले ३५ रन बनाएका थिए ।
यस अघि टस जितेर पहिला ब्याटिंग गरेको वेस्टइन्डिज भने ८६ रनमै अल आउट भएको थियो । वेस्टइन्डिजले २४.१ ओभरमा अलआउट हुदै ८६ रन बनाएको थियो । वेस्टइन्डिजका लागिअलिक अथनाजेले सर्बाधिक ३२ रन बनाएका थिए । त्यस्तै अस्ट्रेलियाका
बलर जेभियर बार्टलेटले ४ विकेट लिए भने लान्स मोरिस र एडम जाम्पाले २-२ विकेट लिएका थिए ।
यो जितसँगै अस्ट्रेलियाले एकदिवसीय सिरिज ३-० ले जितेर क्लीनस्वीप गरेको छ । यो सिरिजपछि अब टी-२० सिरिज शुरु हुने छ । सिरिजको पहिलो खेल फेब्रुअरी ९ मा होबार्टमा हुने छ ।न्युजकारखाना
काठमाडौँ, २३ माघ ।
न्यूजील्याण्डका केन विलियम्सनले टेस्ट क्रिकेटमा आफ्नो ३१औं शतक प्रहार गरेका छन् । योसँगै उनी सर्वाधिक शतक प्रहार गर्ने सक्रिय खेलाडीमध्ये दोस्रो स्थानमा पुगेका छन् । उनले इंग्ल्याण्डका जो रुटलाई पछाडि छोडेका छन्, जसको ३० टेस्ट शतक छ।
दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्टको दोस्रो इनिङ्समा विलियमसनले १०९ रनको इनिङ खेलेका थिए । उनले पहिलो इनिङ्समा पनि शतक प्रहार गर्दै ११८ रन बनाएका थिए ।
माउन्ट मङ्गानुईस्थित बे ओभल मैदानमा न्यूजील्याण्डले दक्षिण अफ्रिकामाथि ५२८ रनको अग्रता लिएको छ । तेस्रो दिनको खेल सकिँदासम्म न्यूजील्याण्डले दोस्रो इनिङ्समा ४ विकेट गुमाएर १७९ रन बनाएको छ । पहिलो इनिङ्समा न्युजिल्यान्डले ५११ रन बनाएको थियो भने दक्षिण अफ्रिकाले १६२ रन बनाएको थियो ।
तेस्रो नम्बरमा आएका विलियम्सनले ओपनर डेभोन कोनवेसँग दोस्रो विकेटका लागि ९२ रनको साझेदारी गरे । कोनवे २९ रन बनाएर आउट भए र उनीहरुको साझेदारी टुट्यो । उनीपछि रचिन रविन्द्र पनि १२ रन बनाएर आउट भए । तेस्रो दिनको खेल सकिन ४ ओभरअघि विलियम्सनले शतक पूरा गरेका थिए । शतकपछि उनले छिटो खेल्न थाले पनि १०९ रन बनाएर आउट भए ।
सक्रिय खेलाडीमध्ये विलियम्सनभन्दा अष्ट्रेलियाका स्टिभ स्मिथले मात्र बढी शतक प्रहार गरेका छन् । उनको नाममा ३२ शतक छ । विलियम्सनले पहिलो इनिङ्समा आफ्नो ३०औँ शतक प्रहार गर्दै भारतका विराट कोहलीलाई पछाडि छोडेका थिए । विराटको नाममा २९ टेस्ट शतक छ ।
दक्षिण अफ्रिकाले तेस्रो दिन आफ्नो पहिलो इनिङ्समा १६२ रन बनाएर अलआउट भएको थियो । न्युजकारखाना
लन्डन, २३ माघ ।
बेलायतका राजा चार्ल्स तृतीयलाई क्यान्सर भएको पत्ता लागेपछि धेरै देशका नेताहरूले उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
लण्डनस्थित बेलायती शाही परिवारको आधिकारिक निवास बकिङ्घम प्यालेसले एक विज्ञप्ति जारी गर्दै प्रोस्टेट ग्रन्थीको हालैको परीक्षणमा चार्ल्सलाई क्यान्सर भएको पाइएको जनाएको थियो ।
७५ वर्षीय चार्ल्सलाई कस्तो प्रकारको क्यान्सर भएको बताए पछि उनको उपचार सुरु भएको र उनी पूर्ण रूपमा खतरामुक्तरहेको बताइएको छ ।
चार्ल्सको स्वास्थ्यको खबर आएलगत्तै बेलायती प्रधानमन्त्री ऋषि सुनकले उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन । सुनकले एक्समा भने, ‘मलाई कुनै शङ्का छैन कि उहाँ कुनै समयमै पूर्ण शक्तिमा फर्कनु हुनेछ र मलाई थाहा छ सम्पूर्ण देश उहाँको स्वास्थ्यलाभको लागि प्रार्थना गरिरहेको छ।’
बेलायतका राजाले नियमित उपचार सुरु गरेका छन् र सार्वजनिक कार्यक्रम स्थगित गर्न सल्लाह दिइएको छ।
पूर्व बेलायती प्रधानमन्त्रीहरू लिज ट्रस, बोरिस जोनसन र सर टोनी ब्लेयरले पनि यस्तै सन्देशहरू पोस्ट गरेका छन । जोनसनले भनेका छन, ‘आज सम्पूर्ण देश राजाको साथमा हुनेछ ।’
अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि आफू चार्ल्सको बारेमा चिन्तित रहेको जनाउँदै उनीसँग फोनमा कुरा गर्ने बताएका छन । विश्वका धेरै राष्ट्र र सरकार प्रमुखले बेलायती राजाको स्वास्थ्य अवस्थालाइ लिएर चिन्ता र चासो ब्यक्त गरेका छन् ।न्युजकारखाना
मुम्बइ, २३ माघ ।
बलिउड अभिनेत्री कंगना रनौत आफ्नो बयानका कारण सधैं चर्चामा रहन्छिन् ।
कंगना हरेक मुद्दामा बोल्न हिचकिचाउँ दिनन् । कंगनाले केही समयअघि सन्दीप रेड्डी वांगाको फिल्म ‘एनिमल’को आलोचना गरेकी थिइन् । उनले रणवीर कपुरलाई पनि निशाना बनाएका थिइन । कगन्नाले फिल्मको आलोचना गरेपछि निर्देशक सन्दीपले उनको टिप्पणीमा ध्यान नदिने बताएका थिए ।
यद्दपी, सन्दीपले हालैको एक अन्तर्वार्तामा कंगनाको तारिफ गर्दै उनीसँग काम गर्ने इच्छा व्यक्त गरेका थिए । कंगनाले यसको जवाफ दिएकी छिन् । उनले भनिन्– उनी सन्दीपसँग काम गर्न चाहँदैनन् ।
आजकल सन्दीप एनिमलको सफलताको आनन्द लिइरहेका छन् । फिल्मलाई बक्स अफिसका साथै ओटीटी प्लेटफर्ममा निकै मन पराइएको छ । सबैले तारिफ गरिरहेका छन् । तर, यो फिल्मलाई लिएर धेरै विवादहरु भएका छन् ।
सन्दीपले कंगनासँग काम गर्ने कुरा गरेपछि अभिनेत्रीले यस्तो प्रतिक्रिया दिएकी छन् । कंगनाले ट्वीट गरेकी छिन्– ‘समीक्षा र आलोचना एउटै होइन, हरेक प्रकारको कलाको समीक्षा र छलफल हुनुपर्छ, यो सामान्य कुरा हो । सन्दिपजीले मुस्कुराउँदै मेरो समीक्षालाई जसरी सम्मान दिनुभयो, त्यो देखेर भन्न सकिन्छ कि उहाँ पुरुषार्थी फिल्म मात्र बनाउँदैनन्, उहाँको मनोवृत्ति पनि म्यानली छ, धन्यवाद सर ।’
कंगनाले थप लेखेकी छिन्, ‘तर कृपया मलाई कुनै भूमिका नदिनुहोस् नत्र तपाईका अल्फा पुरुष हिरोहरु नारीवादी बन्ने छन् र तपाईका फिल्महरु पनि पिट्न थाल्नेछन् । तपाईंले ब्लकबस्टरहरू बनाउनुहुन्छ र फिल्म उद्योगलाई तपाईंको आवश्यकता छ।’
सन्दीप रेड्डी वांगाले सिद्धार्थ काननलाई दिएको एक अन्तर्वार्तामा भनेका थिए, ‘यदि मलाई मौका मिल्यो र उनी मेरो भूमिकामा मिल्दोजुल्दो छ भने म उनी कहाँ गएर कथा सुनाउनेछु। क्वीन र अन्य फिल्ममा उनको अभिनय मलाई एकदमै मन परको थियो, त्यसैले यदि उनले एनिमलको बारेमा नकारात्मक टिप्पणी गरिरहेकी छिन् भने मलाई कुनै समस्या छैन। म रिसाउने छैन किनभने मैले उनको काम देखेको छु। मलाई नराम्रो लाग्दैन।न्युजकारखाना
वासिङ्टन, २३ माघ ।
असम्भव मानिएका र ठानिएका धेरै कार्यहरू अहिले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मार्फत यस्ता धेरै उपलब्धिहरू पूरा भइरहेका छन्।
माउन्ट भिसुभियस विष्फोटबाट जलेका २,००० वर्ष पुरानो स्क्रोलहरू बुझ्न कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेकोमा तीन अनुसन्धानकर्ताले ७ लाख डलर पुरस्कार जितेका छन् ।
‘वेसुवियस चैलेंज’ को आयोजकहरूका अनुसार हरकुलेनियम पपीरी लगभग ८०० ग्रीक स्क्रोलहरू छन्, जुन ७९ एडी को ज्वालामुखी विस्फोटको समयमा गाडिएको थियो। यो उही ज्वालामुखी थियो, जसले पुरातन रोमन शहर पोम्पेईलाई गाडेको थियो।
कडा खरानीको लगबाट बनेका यस्तै स्क्रोलहरू पेरिसको इन्स्टिट्युट डे फ्रान्स र नेपल्सको राष्ट्रिय पुस्तकालयमा राखिएका छन्। यी अत्यन्तै क्षतिग्रस्त छन् र खोल्ने प्रयास गर्दा पनि भाँचिएका छन्। भेसुभियस च्यालेन्जले चारवटा स्क्रोलहरूको उच्च रिजोल्युसनको सीटी स्क्यान लियो र तिनीहरूमा अनुसन्धानलाई प्रोत्साहन गर्न धेरै पुरस्कारहरूमध्ये एक मिलियन डलर प्रस्ताव गरेका थिए ।
पुरस्कार विजेताहरूमा बर्लिनका पीएचडी विद्यार्थी जोसेफ नाडर, नेब्रास्काका विद्यार्थी र स्पेसएक्स प्रशिक्षार्थी ल्यूक फेरिटर र स्विस रोबोटिक्सका विद्यार्थी जुलियन शिलिगर समावेश छन्। शोधकर्ताहरूको यो समूहले प्यापाइरसबाट मसी अलग गर्न र ढाँचा पहिचानमार्फत धमिलो र लगभग अपठनीय ग्रीक अक्षरहरू विकास गर्न एआई प्रयोग गर्यो।
‘यी केही पाठहरूले पुरातन संसारको प्रमुख अवधिहरूको इतिहासलाई पूर्ण रूपमा पुनः लेख्न सक्छ,’ हर्कुलेनियम सोसाइटीका एक क्लासिकिस्ट र अध्यक्ष रोबर्ट फाउलरले ब्लूमबर्ग बिजनेसवीक पत्रिकालाई भने। चुनौतीले अनुसन्धानकर्ताहरूलाई कम्तिमा १४० क्यारेक्टरहरू प्रत्येकको चार टुक्राहरू बुझ्न आवश्यक थियो, जसमध्ये कम्तिमा ८५ प्रतिशत क्यारेक्टरहरू पुनः प्राप्त गर्न योग्य भएका थिए।
गत वर्ष फारिटरले स्क्रोलमा एउटा शब्द डिकोड गर्यो, जुन बैंगनीको लागि ग्रीक शब्द भयो। आयोजकहरूका अनुसार उनीहरूको संयुक्त प्रयासले अब करिब पाँच प्रतिशत स्क्रोल डिक्रिप्ट गरिएको छ। ‘स्क्रोलका लेखक सम्भवतः एपिक्युरियन दार्शनिक फिलोडेमस थिए, जसले संगीत, खाना र जीवनको आनन्द कसरी लिने ? भन्ने बारेमा लेखेका थिए,’ प्रतियोगिता आयोजक नेट फ्राइडम्यानले एक्समा लेखेका छन ।न्युजकारखाना