काठमाडौं, २७ माघ ।
परराष्ट्रमन्त्री एनपी साउदले नेपालको विकास आकांक्षा हिन्द महासागरमा निर्भर रहेको उल्लेख गर्दै हिन्दुकुश हिमालयको इकोसिस्टम र जलवायु अवस्था बुझ्ने माध्यमका रुपमा रहेको बताएका छन्।
अष्ट्रेलियाको पर्थमा सातौं इन्डियन ओसन कन्फरेन्स (सातौँ हिन्द महासागर सम्मेलन)मा सम्बोधन गर्दै मन्त्री साउदले सागर र हिमाली समस्याहरू समाधान एकीकृत र समग्रमा गर्नुपर्ने बताए।

अष्ट्रेलिया सरकार र इन्डिया फाउन्डेसनको आयोजनामा भइरहेको सम्मेलनमा मन्त्री साउदले हिन्द महासागरलाई भूगोलका रुपमा सिमित नभइ संसारको सभ्यताको केन्द्र रुपमा रहेको बताएका हुन्। उनले भने, ‘हिन्द महासागर भू–राजनीतिक, भू–रणनीतिक र भू–आर्थिक महत्वका दृष्टिकोणले हेर्नुपर्दछ।’
सम्बोधनका क्रममा मन्त्री साउदले थपे,‘यहाँ दुःखका साथ भन्नुपर्छ, हिन्द महासागरले परम्परागत र गैरपरम्परागत दुवै सुरक्षा चुनौतीको सामना गर्नुपरेको छ।
समुद्री आतंकवाद, डकैती, लागूऔषध र हतियारको ओसारपसार, मानव बेचबिखन, गैरकानूनी आप्रवासन एवम नेभिगेसनको स्वतन्त्रतामा अवरोधलगायत सुरक्षा चुनौतीहरू गम्भीर रूपमा खडा हुनु दुःखद छ।’
हिन्द महासागर नेपालको वैदेशिक व्यापारका लागि एक हिस्सेदार र अन्तर्राष्ट्रिय बजारमा पुग्ने लाइफलाइनका रुपमा रहेको मन्त्री साउदले उल्लेख गरे।
नेपालले महासागरको महत्वलाई विश्वव्यापी जनहितका रूपमा मान्यता दिएको बताउँदै मन्त्री साउदले समुद्री संरक्षण र दिगो उपयोग, मानव जातिको साझा हित, राष्ट्रिय अधिकार क्षेत्रभन्दा जैविक विविधताको संरक्षणमा जोड दिए।न्युज कारखाना
बर्दिवास, २७ माघ ।
नेकपा एमाले महोत्तरीको छैटौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले बलिराम यादवको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । मतदान प्रक्रियामा यादवले २ सय ५९ मत प्राप्त गरी निर्वाचित हुँदा अर्का प्रतिस्पर्धी शिवचन्द्र सिंहले १ सय ५५ मत प्राप्त गरेका थिए ।
त्यस्तै उपाध्यक्षमा अम्बिकाप्रसाद गौतम निर्वाचित हुनुभएको छ भने सचिव शम्भु ठाकुर, उपसचिवमा फेकन राम र बिन्दु किङ्ग्रिङ्ग निर्वाचित भएका छन ।
लेखा समिति अध्यक्षमा सूर्यप्रसाद सिंह कुशवाहा निर्वाचित भएका छन ।न्युज कारखाना
काठमाडौँ, २७ माघ :
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी दिनमा थप कूटनीतिक पहलमार्फत सीमा क्षेत्रको विकास र व्यापार प्रवर्द्धन व्यवस्थित तुल्याइने बताएका छन ।

नेपाल हिमालय सीमापार वाणिज्य सङ्घको २४औँ साधारणसभाको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले व्यापार प्रवद्र्धनका लागि आवश्यक पर्ने पूर्वाधार तयार गर्नुपर्ने विषयमा आफू जानकार रहेको बताएका हुन ।
आफूले तेस्रोपटक सरकारको नेतृत्व गरेपश्चात नेपाल–चीनबीचको अन्तरदेशीय र व्यापारिक नाका सञ्चालनलाई विशेष ध्यान दिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले तातोपानीलगायत उत्तरी क्षेत्रका नाकामा आवातजावात र आर्थिक क्रियाकलापमा सहजता आएकोसमेत बताए ।
प्रधानमन्त्रीले गत असोजमा सम्पन्न आफ्नो चीन भ्रमणका क्रममा सीमा क्षेत्रको विकास, यहाँका स्थानीय बासिन्दाका समस्या, चीन सरकारको तर्फबाट खेल्नुपर्ने भूमिका र गर्नुपर्ने सहयोगका विषयमा पर्याप्त छलफल भएको जानकारी दिएका छन ।

“चीन भ्रमणका क्रममा मैले नेपाल–चीनको संयुक्त प्रयासबाट यस क्षेत्रको विकासमा निर्वाह गर्नुपर्ने भूमिकाबारे गहन छलफल गरेको थिएँ,” प्रधानमन्त्री प्रचण्डले भने, “यस ऐतिहासिक भ्रमणका क्रममा नेपालको उत्तरी पहाडी क्षेत्रका लागि उत्पादन र जीवित सामग्रीको प्रमाणपत्र हस्तान्तरणका विषयमा छलफल भएको छ । यसले सीमापार व्यापार प्रवर्द्धनका क्षेत्रमा गुणात्मक अर्थ राख्छ ।”न्युज कारखाना
बारा, २७ माघ ।
बाराको जितपुरसिमरा उपमहानगरपालिकामा पहिलो पटक महोत्सव हुने भएको छ ।
जितपुरसिमरा नगर उद्योग बाणिज्य संघको आयोजनामा प्रथम जितपुरसिमरा महोत्सव २०८० हुने भएको हो ।
आगामी फागुन १८ गते देखि ३० गतेसम्म जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ स्थित बजनीमा महोत्सव आयोजना गरिने जितपुरसिमरा नगर उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्माले जानकारी दिए । उद्योग, कृषि र पर्यटनलाई प्राथमिकता दिएर आयोजना गर्न लागिएको महोत्सवले समग्र आर्थिक क्षेत्रमा टेवा पुग्ने अपेक्षा गरिएको अध्यक्ष शर्माले बताए ।
महोत्सवले स्थानीय कृषि उत्पादनका हिसाबले देशभर प्रख्यात रहेको र बारामा पर्यटनका लागि पनि महत्वपूर्ण छ भन्ने पुष्टि गराउने अध्यक्ष शर्माले बताए । उनले बारामा रहेका विभिन्न मठमन्दिरको प्रचारप्रसारलाई समेत महोत्सवमा जोडिने बताए ।
उनले महोत्सवले बाराको पहिचान बनाउँदै देशकै उत्कृष्ट महोत्सवका रुपमा स्थापित हुने अपेक्षा रहेको जनाए ।
बाराको आर्थिक तथा सामाजिक उत्थान गर्न कृषि उपज वस्तु र प्रविधिको प्रदर्शनी, सूचना प्रविधिको प्रदर्शनी, बालबालिका तथा यूवाहरुको मुख्य आकर्षण रुपमा रहदै आएको बाल उद्यान, आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन, संस्कृतिको जर्गेना गर्ने उद्देश्य महोत्सव आयोजना गर्न लागेको अध्यक्ष शर्मा जनाए ।
महोत्सवमा कृषि र स्थानीय उत्पादनलाई सहुलियतमा स्टल उपलब्ध गराइने आयोजकले जनाएको छ । आयोजकका अनुसार महोत्सवमा २०० स्टल रहनेछ भने महोत्सवमा तीन लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।
महोत्सवको मुख्य उद्देश्य स्थानीय उत्पादन कृषि तथा ग्रामीण प्रविधिको प्रयोग गर्ने, उत्पादित वस्तुको बजार प्रवर्द्धन एकै थलोबाट यसको गुणस्तरको पहिचान गराउँदै उपभोक्तासम्म पुर्याउने रहेको छ ।
महोत्सवले कृषि जन्य घरेलु तथा साना उद्योगहरुको प्रवर्द्धन गर्न आवश्यक ज्ञान, उद्यमशीलता र प्रविधि हस्तान्तरण गर्नसमेत सहयोग पुग्ने अपेक्षा आयोजकको छ । त्यस्तै मेलाले आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धन गर्न सहयोग मिल्नेछ । मेलामा कृषि उपज वस्तु र
प्रविधिको प्रदर्शनी गरिनेछ भने विविध सांस्कृतिक कार्यक्रमसमेत हुने आयोजकले जनाएको छ ।
महोत्सवमा सबै जातजाति भाषा संस्कृति झल्किने नृत्य गायन कार्यक्रम, नगरपालिका भित्र रहेका विद्यालयका विद्यार्थीहरुबिच डान्स आईडल, व्यवसायिक स्टल र नेपाली सेना आर्मीको विषेश कार्यक्रमहरु समावेश गरिएको बताईएको छ । महोत्सवमा ख्याती प्राप्त कलाकारहरुको समेत प्रस्तुति रहने आयोजकले जनाएको छ ।न्युज कारखाना
बारा, २७ माघ ।
बाराको निजगढ नगरपालिकामा श्रम आप्रवासन र स्थानीय सरकारको भूमिका छलफल कार्यक्रम सम्पन्न भएको छ ।
सामाजिक न्यायका लागि कानून तथा नीति नियम मञ्चको आयोजनामा भएको छलफल कार्यक्रममा बाराको चार पालिकाका प्रतिनिधि र स्थानियको उपस्तिथी रहेको थियो ।
कार्यक्रममा जितपुरसिमरा उपमहानगरपालिका, निजगढ नगरपालिका, कोल्हवी नगरपालिका, बारागढी गाँउपालिकाका प्रतिनिधि र वैदेशिक रोजगार सरोकारवालाहरूको उपस्थितिमा वैदेशिक रोजगारीले पारेका राम्रा र नराम्रा प्रभावहरूको बारेमा छलफल गरिएको छ ।
कार्यक्रममा वैदेशिक रोजगारीमा जाने तथा आउनेले सरकारबाट हुने भूमिका तथा प्रभाव र असरका बारेमा जानकारी दिईएको थियो ।
कार्यक्रममा वैदेशिक रोजगारीलाई व्यवस्थित तथा मर्यादित एवम् शोषणरहित बनाउँदै वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणको सही सदुपयोग गरी देशभित्रै रोजगारीको अवसरहरू सिर्जना गर्ने तथा आयआर्जनमा वृद्धि गरी भविष्यमा सहज जीविकोपार्जन गर्ने गराउने र सामाजिक रूपमा सम्मानित भएर बाच्ने आधार तयार पार्ने यस कार्यक्रमको मुख्य उद्देश्य रहेको सामाजिक न्यायका लागि कानून तथा नीति नियम मञ्चका कार्यकारी निदेशक प्रेम चन्द्र राईले बताए ।
कार्यक्रमका प्रमुख अतिथि रहेकी निजगढ नगरपालिकाकी उपप्रमुख सोम माया थिङले वैदेशिक रोजगार रहर नभएर बाध्यता भएकाले उनीहरूलाई सुरक्षित र व्यवस्थित बनाउन जरुरी रहेको बताईन । यस्तै रिटर्नी फेडेरेसन नेपालका केन्द्रिय उपाध्यक्ष तथा वैदेशिक रोजगार बिभाग प्रमुख रामकृष्ण घिमिरेले सामाजिक रूपमा लगाइने लाञ्छनालाई न्यूनीकरण गर्ने कार्य यस प्रकारका अभिमुखीकरण गर्ने आबश्यक रहेको बताए ।
कार्यक्रममा सहभागि निजगढ नगरपालिकाका रोजगार संयोजक रिषभ काफ्ले जिल्ला प्रशासन कार्यालयसँगै रहेको आप्रवासी सूचना तथा स्रोत केन्द्रबाट वैदेशिक रोजगारी सम्बन्धी परामर्श, वैदेशिक रोजगारीको सिलसिलामा ठगिएकाहरूलाई निःशुल्क कानुनी सेवाको लागि सहजीकरण, वैदेशिक रोजगारीमा रहँदा अङ्गभङ्ग भएका, मृत्यु भएकाहरूलाई क्षतिपूर्तिको लागि पहल गरिदिने, शव नेपाल ल्याउन सहजीकरण गर्ने विप्रेषणलाई आयमूलक क्षेत्रमा खर्च गर्न वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा सञ्चालन गर्नेलगायतको काम भइरहेको जानकारी दिए भने उनले वैदेशिक रोजगारमा गएको र फिर्ता भएको रेर्कड र जानकारी स्थानिय तहलाई सरकारले उपलब्ध नगराएका कारण यसको यकिन तथ्याङ्ग पालिकासंग नहुनुमा केन्द्र सरकारको रेकर्डमा स्थानिय तह समाबेश नभई जिल्ला गर्त तथ्याङ्ग रहनु प्रमुख कारण रहेको जिकिर गरे ।
त्यस्तैगरी, वैदेशिक रोजगारीकै कारण सिर्जित मनोसामाजिक समस्या भएकालाई परामर्श सेवा पनि दिनुपर्ने उपस्थित सरोकारवालाहरूको भनाई रहेको छ ।
सामाजिक न्यायका लागि कानून तथा नीति नियम मञ्चका सदस्य तथा कार्यक्रमका सहजिकरण गरेका लिलाम्बर बडालले वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित, मर्यादित, उपलब्धिमूलक एवं शोषणरहित बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन भएको बताए ।
कार्यक्रममा सामाजिक न्यायका लागि कानून तथा नीति नियम मञ्चका अनुराग देबकोटा, सम्नब श्रेष्ठ, निजगढ नगरपालिकाका सब ईन्जिनियर नबिन खनाल, पत्रकार दिवाकर भण्डारी लगाएतको उपस्थिति रहेको थियो ।न्युज कारखाना
नयाँदिल्ली, २७ माघ ।
आजको भारतमा खाद्यान्न व्यवसाय निकै तीव्र गतिमा बढिरहेको छ । मानिसहरु हरेक मौसममा स्वादिष्ट खानेकुरा खान छोड्दैनन् । यही कारणले गर्दा खाद्य व्यवसायलाई सधैं लाभदायक व्यवसाय मानिन्छ। खानेकुराको व्यापार गरेर धेरैले करोडौं कमाउँछन् ।
त्यस्तै दिल्लीमा शर्माजीको चाट पनि निकै चर्चित छ । नेहरू प्लेसका शर्मा जी चाट बिक्रेताले धेरै वर्षदेखि आफ्नो पसल खोल्दै आएका छन् ।
शर्मा जी चाट भण्डार अब परिचयको आवश्यकता छैन। यसको विशेष स्वादको कारण, यसले खाना प्रेमीहरूको मन जितेको छ । अहिलेसम्म उनले यति धेरै दही भल्ला बेचिसकेका छन् कि उनी करोडपति बनेका छन् । मानिसहरु उनलाई करोडपति भल्लावाला पनि भन्ने गर्छन् । कयौं पटक शर्माजी पनि आफ्नो बिएमडब्लु कारमा पसल चलाउन आउँछन्।
शर्मा जीको चाटको स्वाद यति अचम्मको छ कि यहाँ सधैं खानेहरूको भीड हुन्छ। अहिले उनलाई करोडपति दही भल्ले बिक्रेताको नामले पनि चिन्छन् । उनले कुनै पसल भाडामा लिएका छैनन्, बरु गाडीमा पसलका सामान ल्याएर यही सानो टेबुलमा खानाको स्टल राख्छन् । यो बजारमा किनमेल गर्न आउने जो कोही शर्मा जीको दही भल्ला खाई छोड्दैनन् ।
शर्माजीले नेहरू प्लेसमा एउटा टेबुलमा आफ्नो पसल खोल्छन्। यसअघि उनी घरमै दही भल्ला बनाउँछन् र कैयौँ बक्समा दही ल्याउँछन्। शर्मा जी यी बलहरूको बीचमा दही राख्छन् र बरफले भर्छन्। यसपछि,जब व्यक्ति दही भल्ला खान आउँछन्, उसले यी भल्लाहरूलाई दही र विशेष रूपमा तयार पारेको मसलाले सजाइएको थालीमा खुवाउँछन।
मुकेशकुमार शर्माले सन् १९८९ देखि यो फूड स्टल सञ्चालन गर्दै आएकाे एनडिटिभीले लेखेकाे छ। उनी आफ्नै हातले पकाउने मसलामा स्वादको सम्पूर्ण पाटो रहेको बताउँछन् । सुरुमा उनले दही भल्ला प्रति थाली २ रुपैयाँमा बेच्ने गर्थे, जुन आज प्रति थाली ४० रुपैयाँ पर्छ ।न्युज कारखाना
काठमाडाैं, २७ माघ ।
गायिका पूर्णिमा लामा र देवराज आचार्यको संयुक्त आवाजमा निकै नै मिठाे आधुनिक गीति एल्बम ‘तिमी र म’ मात्र सार्वजनिक भएको छ ।
करिब पाँच सय गीतमा आवाज भरिसकेकी गायिका लामा र उदाउँदै गरेका देवराज आचार्यको संयुक्त आवाजमा ‘तिमी र म’ बोलको आधुनिक गीति एल्बम सार्वजनिक गरिएको हो ।

उक्त आधुनिक गीति एल्बममा वरिष्ठ संगीतकार शक्ति बल्लभको संगीत रहेको छ भने शब्द हिक्मत बुढाथोकी (प्रेम) को रहेको छ । जसमा संगीत संयोजन राकेस सोनीले गरेका हुन् ।
स्वयं गायक देवराज आचार्य, मिना सुवेदी, गंगा देवी ढुंगानाको अभिनय रहेको उक्त गीतकाे भिडियाेकाे छायाङ्कन रेशम दर्लामीले गरेका हुन भने दृश्य सम्पादन पदम सुवेदीले गरेका हुन् ।न्युज कारखाना
गीतकाे लिंक : https://youtu.be/Z3gYCBztISA?si=kX3Y3XbSWtm_ajQv&mibextid=xfxF2i
सिरहा, २७ माघ।
सिरहाको गोलबजारबाट जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।
जवरजस्ती करणी मुद्दाका फरार प्रतिवादी गोलबजार नगरपालिका ४ का २१ वर्षिय रोहित दासलाई लुकिछिपी रहेको अवस्थामा शिवचौकबाट प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला सिरहा परिवर्तित नाम २०८०/०८१ गोलबजार ‘छ १’ ले दिएको जाहेरीको आधारमा दासलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी राजेन्द्र राज पाण्डेले जानकारी दिए। दासले गत मंसिर २८ गते १४ वर्षिया बालिकामाथि जवरजस्ती करणी गरेको आरोप लागेको छ।
प्रहरीले खोजीकै शिलशिलामा बिहिवार पक्राउ गरेको ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरिक्षक शुनिल कार्कीले जानकारी दिए । पक्राउ परेका दासलाइ आवश्यक अनुसन्धानको लागि शुक्रवार जिल्ला अदालत सिरहाबाट पाँँच दिनको म्याद थप गरि अनुसन्धान भइरहेको कार्कीले जनाए ।न्युज कारखाना
काठमाडौं, २६ माघ ।
धेरै मानिसहरूले आफ्नो घरमा एक्वैरियम राख्छन्। जसमा विभिन्न किसिमका सुन्दर माछा डुब्न्छन् ।
तर, यी माछाहरूले एकअर्कालाई माया देखाउँदा मानिसहरूको निद्रा पनि हराउन सक्छ भनेर के तपाईंले कहिल्यै कल्पना गर्न सक्नुहुन्छ ? फ्लोरिडाको टम्पा खाडी क्षेत्रमा बसोबास गर्ने मानिसहरु आजकल यस्तै अवस्थाबाट गुज्रिरहेका छन् । राति अनौठो आवाजले उनीहरुको निद्रामा बाधा पुर्याइरहेको छ ।
यी आवाज सुनेर ठूला मात्र होइन, बालबालिका पनि सुत्न सक्दैनन् । यी आवाजहरूसँग सम्बन्धित वैज्ञानिकहरूको खुलासा झनै चकित पार्ने छ।
न्युयोर्क पोस्टको समाचार अनुसार अनौठो आवाज सुनेपछि नजिकका मानिसहरुले विभिन्न थ्योरी बनाउन थाले । यी आवाजहरूको कारण जान्नको लागि, त्यहाँका बासिन्दाहरूले यसलाई गोप्य सैन्य अपरेशनदेखि राती क्लबको कामसम्मको कुनै पनि कुरा मानेका थिए। कतिपयले आफ्नो इलाकामा एलियन आएर यस्तो अनौठों आबाजमा मच्चाइरहेका छन् भन्ने विश्वास पनि गर्न थाले ।
यसैबीच एक वैज्ञानिकले विशेष प्रकारको माछाका कारण यस्तो आवाज आएको दाबी गरेका छन् । वैज्ञानिकले यो पनि दावी गरेका छन् कि यी अनौठो आवाज माछाको मिलनका बेला अर्थात् शारीरिक सम्बन्ध बनाउँदा आउँछन् । वैज्ञानिकले यी माछालाई ब्ल्याक ड्रम फिश नाम दिएका छन् ।
यस मामिलामा विशेषज्ञ जेम्स लोकासियोले पनि त्यस क्षेत्रमा केही माइक्रोफोन जडान गरेका थिए। यी वैज्ञानिकहरू सारासोटाको समुद्री प्रयोगशाला र एक्वेरियममा काम गर्छन्। कम्तिमा दुई दशक अघि केप कोरलमा यस्तै अनुसन्धान गरेका हुनाले वैज्ञानिकहरू आफ्नो दाबीप्रति विश्वस्त थिए। न्युयोर्क पोस्टसँग कुरा गर्दै उनले कालो ड्रम माछाले जाडोमा शारीरिक सम्पर्क गर्ने बेलामा १६५ डेसिबलसम्म आवाज निकाल्ने बताए । जुन जमिनमा पनि प्रष्ट सुनिन्छ ।न्युज कारखाना
क्यार्लिफोनिया, २७ माघ ।
३५ वर्षदेखि इरानमा सत्तामा रहेका आयतोल्लाह अली खामेनीको सामाजिक सञ्जाल इन्स्टाग्राम र फेसबुक अकाउन्ट मेटाले ब्लक गरेको छ ।
मेटा कम्पनीका एक अधिकारीले यसको पुष्टि गरेका छन् । खाताहरू ब्लक गर्नुको कारण मेटा दिशा निर्देशहरूको उल्लङ्घन भनिएको छ। मेटाका अनुसार खामेनीले लामो समयदेखि सामाजिक सञ्जालमार्फत इजरायल र गाजा युद्धमा हमासलाई खुलेर समर्थन गर्दै आएका थिए।
एक रिपोर्टका अनुसार अयातोल्लाह अली खामेनीले गाजामा इजरायलको आक्रमणको विरोध गरिरहेका थिए। अर्कोतर्फ, यमनका हुथी विद्रोहीहरूले लाल सागरमा जहाजहरू विरुद्ध प्यालेस्टाइनको आक्रमणलाई खुलेर समर्थन गरिरहेका थिए। अमेरिकाले यी संगठनहरूलाई आतंकवादी संगठन घोषणा गरेको छ। यसका कारण मेटाले खामेनीका दुई सामाजिक सञ्जाल प्लेटफर्महरू ब्लक गरिदिएका हुन । तर, अहिले पनि खामेनीले एक्स ह्यान्डल भने चलाइरहेका छन् ।
मेटाका एक अधिकारीका अनुसार अमेरिकी कम्पनी मेटाले आफ्नो प्लेटफर्मका लागि धेरै नीतिहरू बनाएको छ यदि उल्लङ्घन भएमा खाता ब्लक गरिन्छ। ३५ वर्षसम्म सत्तामा रहेका इरानका सर्वोच्च नेताले यी खाताहरूमार्फत गाजा युद्धमा हमासलाई खुलेर समर्थन गरिरहेका थिए।
मेटाका प्रवक्ताले भने कि अमेरिकाद्वारा खतरनाक भनी तोकिएका संस्था र व्यक्तिहरूको समर्थनमा पोस्ट गर्नु मेटाको नीतिको विरुद्ध हो। बारम्बार नीति उल्लङ्घन गरेको भन्दै खामेनीको खाता हटाइएको हो । यसको नीतिको अंशको रूपमा मेटाले आफ्नो प्लेटफर्मबाट ‘हिंसक बयान दिने वा हिंसामा संलग्न हुने संस्था वा व्यक्तिहरूलाई हटाउँछ।’
यसबाहेक इरानी विपक्षी र इजरायली समर्थकहरूले पनि खामेनीको सामाजिक सञ्जाल अकाउन्टमाथि प्रतिबन्ध लगाउन धेरै पटक माग गरेका थिए। यसैलाई ध्यानमा राख्दै मेटा खामेनीमाथि कारबाही गरिएको हो ।
मेटाका अनुसार खामेनीको फारसी खातामा ५.१ मिलियनभन्दा बढी फलोअर्स थिए भने उनको अंग्रेजी भाषाको खातामा २ लाखभन्दा बढी फलोअर्स थिए। खामेनीले यी सोशल मिडिया खाताहरू मार्फत प्यालेस्टाइनलाई खुलेर समर्थन गरेका छन्। यस बाहेक खामेनीले लाल सागरमा हुथी आक्रमण र इजरायलको लेबनान सीमामा हिजबुल्लाहले गरेको आक्रमणलाई पनि समर्थन गरेका छन्।
इरानी सरकारका पूर्व सल्लाहकार मोहम्मद मरान्डीले मेटाको यो कार्यलाई कपट भनेका छन् । इरानी सल्लाहकारले भने, ‘मेटाले हामीजस्ता धेरै व्यक्तिहरूको खाता बन्द गरेको छ अर्कोतर्फ इजरायललाई समर्थन गर्ने व्यक्तिहरूको खाता बन्द गरिएको छैन।’न्युज कारखाना