२०८३ भाद्र १
२०८३ भाद्र १

काठमाडौं, ३ फागुन ।

नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशीमुद्राको विनिमयदर सार्वजनिक गरेको छ।

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ। आज अमेरिकी डलरको भाउ सामान्य बढेको छ भने युरो र पाउण्डको भाउ घटेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार बिहिबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ५६ पैसा र बिक्रीदर १३३ रूपैयाँ १६ पैसा कायम गरिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ०५ पैसाले बढेको हो। बुधबार अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ५१ पैसा र बिक्रीदर १३३ रूपैयाँ ११ पैसामा कारोबार भएको थियो।

बिहीबार युरोपियन युरोको एकको खरिददर १४१ रूपैयाँ ८३ पैसा र बिक्रीदर १४२ रूपैयाँ ४७ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा एक रुपैयाँ ०४ पैसाले बढेको हो। बुधबार यसको खरिददर १४२ रूपैयाँ ८६ पैसा र बिक्रीदर १४३ रूपैयाँ ५१ पैसामा कारोबार भएको थियो।

त्यस्तै, बेलायती पाउण्ड सटर्लिङको भाउ एक रुपैयाँ ७० पैसाले घटेर एकको खरिददर १६६ रूपैयाँ २२ पैसा र बिक्रीदर १६६ रूपैयाँ ९८ पैसा कायम गरिएको छ। बुधबार यसको खरिददर १६७ रूपैयाँ ९४ पैसा र बिक्रीदर १६८ रूपैयाँ ७० पैसामा कारोबार भएको थियो।

यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८५ रूपैयाँ ८३ पैसा र बिक्रीदर ८६ रूपैयाँ २२ पैसा र क्यानेडियन डलरको एक खरिददर भने ९७ रूपैयाँ ९१ पैसा र बिक्रीमा ९८ रूपैयाँ ३५ पैसा कायम गरिएको छ।

उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ८० पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ८४ रहेको छ। चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ४३ पैसा तथा बिक्री दर १८ रूपैयाँ ५१ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ९३ पैसा तथा बिक्री दर ९ रुपैयाँ ९८ पैसा कायम गरेको जनाइएको छ।

यसैगरी, बिहिबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ३५ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ५१ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ३५ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ५१ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ०९ पैसा र बिक्रीदर ३६ रूपैयाँ २६ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बिहिबार २७ रूपैयाँ ७० पैसा र बिक्रीदर २७ रूपैयाँ ८२ पैसा कायम गरेको छ।

साथै, कुवेती दिनार एकको खरिददर ४२९ रूपैयाँ ७६ पैसा र बिक्रीदर ४३१ रूपैयाँ ७१ पैसा र बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ६३ पैसा र बिक्रीदर ३५३ रूपैयाँ २२ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ। न्युज कारखाना

काठमाडौं, ३ फागुन ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को प्रथम विधान अधिवेशन आज पनि जारी रहने भएको छ ।

 

पार्टी अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत मंगलबार उदघाटन गरेको सो अधिवेसनमा आज ७ वटा समुहले आ-आफ्नो बाँकी प्रस्तुति दिनेछन् ।

हिजोसम्म २० वटा समूह मध्ये १३ समुहले आ आफ्नो धारणा राखिसकेका छन् । महासचिव देवप्रसाद गुरुङले गठन गरिएका २० वटा समूहले प्रस्तावित बिधानमा छलफल गरिसके पछि हिजोबाट प्रस्तुतिकरण सुरू भएको जानकारी दिएका छन् ।

 

अध्यक्ष प्रचण्डले बुधबार १ बजेसम्म छलफल गरी आफ्नो समूहको निष्कर्ष अधिवेशनमा प्रस्तुत गर्न समयसिमा तोकि दिए अनुसार हिजो १३ समुहले आफ्नो सुझाव दिएर टुंगाएका हुन् ।

 

तीन दिनसम्म चल्ने अधिवेशनमा २० वटै समूहबाट प्राप्त सुझावका आधारमा विधानलाई अन्तिम रुप दिइने माओवादीले जनाएको छ । न्युज कारखाना

महोत्तरी, २ फागुन ।
चार वर्षअगाडि बाराको सुवर्ण गाउँपालिका–६ धर्मपुर टोलका अवधेश यादवको नौ सदस्यीय परिवार सामाजिक बहिष्कारको शिकार बन्नुपर्र्यो । यसको एक मात्र कारण थियो, बुबा अनुठा यादवको मृत्यु संस्कार ७ दिनमात्र गर्नु । यसको सजाय यादवले सामाजिक बहिष्कार मात्र भोगेनन् गाँउवाट नै विस्थापित हुन बाध्य हुनुपर्र्यो ।

पहाडका धेरै ठाँउहरुमा पुराना संस्कारहरुको विरुद्ध विद्रोह सुरु भए पनि मधेशका देहातमा भने यसलाई अनौठो र दुस्साहसको रुपमा लिइन्छ, जसको परिणाम कठोर र निकै दर्दनाक सामाजिक सजायको भुक्तभोगी बन्नुपर्ने यादवमाथि घटेको घटनाले नै पुष्टि गर्दछ ।


यस्तै अर्को घटना घटेको छ, महोत्तरीको महोत्तरी गाउँपालिकाअन्तर्गत रतिबाडामा । केही हप्ताअगाडि मृत्यु भएकी आफ्नो आमा शिवज्योती यादवको मृत्यु संस्कार बहिष्कार गरेपछि कान्छो छोरा शंकर राय चौथो पटक सामाजिक बहिष्कारको शिकार बनेको खुलासा भयो ।


भनिन्छ, कुनै पनि संस्कारहरु धर्मवाट निर्देशित हुन्छन् । तर, धर्मकर्ममा निकै आस्था राख्ने मधेशको भित्री देहात रतिवाडामा रायले गरेको बहिष्कार अहिले मधेशमा चर्चाको  विषय बनेको छ ।
अझ अचम्म लाग्दो त कहाँनिर छ भने रायको सांंस्कृतिक विद्रोह न यो पहिलो हो न त सामाजिक बहिष्कार नै । उनले जहिलेबाट सुधारात्मक संस्कारमा जोड दिए, त्यति बेलादेखि नै कथित सामाजिक बहिष्कारको सजाय भोगेका छन्, जुन इतिहास ४० वर्ष पुग्यो ।

धर्मकर्मकै विश्वासले विकसित भएको समाजमा रायले चार÷चार पटकसम्म कसरी सामाजिक बहिष्कारको सजाय भोग्नुपर्र्यो त भन्ने विषय आममानिसका लागि थप कौतहुल बन्न सक्छ  । २०३८ सालदेखि नै वामपन्थी विचारक रायले धर्मका नाममा हुने फजुल खर्च अवैज्ञानिक भएको भन्दै गाउँमा जागरणको सुरुवात गरेका थिए । यसैको परिणामस्वरूप पहिलोपटक सामाजिक बहिष्कार भोगेका रायको अविछिन्न र अविचलित यात्रा अहिलेसम्म जारी छ ।
आमाको मृत्यु संस्कारको वहिष्कार पनि यसैको निरन्तरता हो, जुन सजाय राय चौथो पटक भोग्दै छन् ।

२०५४ सालमा रायको दोस्रो सांस्कृतिक विद्रोह 

२०५४ सालमा रतिवाडामा नै रायको काकीको निधन भयो । त्यतिबेला पनि रायले क्रियाकर्म गर्न मानेनन् । दाजुभाइले गरे, तर उनले काकीको क्रियाकर्ममा लाग्ने खर्च गाउँकै एक विद्यालयलाई दान गरे । तात्कालीन समयमा २४ हजार ९ सय रुपैयाँ विद्यालयलाई हस्तान्तरण गरेर २ विद्यार्थी बस्ने २ कोठा निर्माण भयो । ‘जुन अहिले काकीको सम्झनामा जीवन्त बनिरहेको छ,’ उनले भने, ‘बाहुनहरुलाई गरिने खर्च सामाजिक काममा किन नलगाउने भन्ने उद्देश्यले त्यति बेला पनि मैले सांस्कृतिक विद्रोहको सुरुआत गरेको  हुँ ।’

तर, यो विद्रोह रायको लागि निकै महंगो बन्यो । दाजुभाइबाट बहिष्कार बन्नुपर्र्यो । छोएको खाना गाउँमा चल्न छाड्यो । गाउँ प्रवेशमा निषेध गरियो । राय यसमा अझै विचलित भएनन् । उनलाई के विश्वास थियो भने संस्कारका नाममा हुने फजुल खर्च गलत छ ।

गाउँमा बस्न नसकेपछि जनकपुरमा  

पारिवारिक दवाव, सामाजिक अपहेलना तथा बहिष्कारका बाबजुद पनि सांस्कृतिक विद्रोहको परिणामस्वरूप उनी रतिवाडावाट विस्थापन बन्नुपर्र्यो । सामूहिक सोचविपरीत जहिल्यै फरक मत राखेकै आधारमा सामाजिक रुपमा एक्लिएपछि गाउँ नै छाड्न बाध्य बन्नुपरेको राय बताउँछन । तर, पारिवारिक भित्री माया भने रायले सधै महसुस गरिरहे ।

मृत्युअघि आमा शिवाज्योती पनि रायसँगै बसेकी थिइन् । जेठा दाइ देवेन्द्र राय रातिबाडामा नै बस्छन् । दाजु देवेन्द्रले भाइको स्वतन्त्रतामा कहिल्यै हस्तक्षेप गरेनन्, बरु भाइ शंकरले भातिजाहरुको ब्रतबन्ध नै नगर्ने निष्कर्षमा पुगेपछि कान्छोलाई भने भारतको बैधनाथ धाममा पुगेर जनै लगाइदिएका थिए ।

छोराहरूको कै कारण तेस्रोपटक परिवारलाई निषेध 

रायका दुई छोरा छन्, प्रवेश राय र अभिलव राय । रायलाई गाउँमा निषेध गरे पनि दाजु देवेन्द्रको सामाजिक ऐक्यबद्धताका कारण परिवारलाई हेर्ने दृष्टिकोण भने अलि फरक थियो ।
एकदिन प्रवेश र अभिलव रतिवाडा गएका थिए । ‘गाँउमा एक ठाँउमा बंगुर काटिएछ,’ रायले भने, ‘छोराहरुलाई मासु खान मन लागेपछि गाउँमा नै बंगुरको मासु खाएछन्, यसैलाई लिएर मलाई हेर्ने दृष्टिकोण सामाजमा थप साँघुरो बन्यो ।’

कथित जातीय व्यवस्थाको कारण खानामा समेत बर्गीकरण हुनु रायलाई मन पर्दैनथ्यो । मानिसको इच्छालाई जात व्यवस्थाकै कारण निषेध गर्नु रायको लागि असह्य नै थियो ।
बंगुरको मासु छोराले खाएपछि रायको लागि अर्को सामाजिक विद्रोह बन्यो । भड्काउने र धर्मलाई निस्तेज बनाउने आरोप खेप्दै आएका रायलाई छोराले बंगुरको मासु खाएपछि समाजलाई पुष्ट्याई गर्ने महत्वपूर्ण आधार बन्यो । पुनः राय असामाजिक र धर्मविरोधीकोरुपमा रतिबाडामा चिनिए ।

४० वर्षपछि सामाजिक सजायबाट मुक्ति 

धर्म र संस्कारको नाममा अफवाह फैलाएको भन्दै २०३८ सालदेखि नै सामाजिक बहिष्कारको सिकार बनेका शंकर राय २०५४ सालमा काकीको क्रियाकर्म बहिष्कार गरेपछि थप सामाजिक घेराबन्दीमा परे ।
समाज रायको लागि कठोर र निर्दयी बन्यो । तर, रायले सोही ठाउँको सामाजिक कार्यलाई सधैँ निरन्तरता दिइरहे । उनकै पहलमा भजन गर्ने मन्दिर मात्र बनेनन् विद्यालय र केही विकासका कामसमेत हुन् थाले ।
जसको परिणामस्वरूप पछिल्लो पुस्ताको सहानुभूति बढ्दै गयो । संस्कारका नाममा हुने फजुल खर्च र प्रक्रिया कम गर्नुपर्छ भन्ने उद्देश्यले रायले थालेको विद्रोहलाई स्थानीय युवाहरुले भित्रीरुपमा साथ दिन थाले ।

‘२०३८ सालदेखि भोग्दै आएको सामाजिक बहिष्कार २०७८ मा आएर फुकुवा भयो,’ रायले भने, ‘युवाहरु कै कारण ४० वर्षपछि मलाई गाउँका विवाह तथा धार्मिक संस्कारहरुमा सहभागी हुने बाटो खुला भयो ।’

आमाको मृत्यु संस्कारले पुनः बहिष्कार 

नेकपा राष्ट्रिय एकता अभियानका अध्यक्ष वामदेव गौतमले भनेका छन् ‘धर्मले विकास गरेका संस्कृतिले वैज्ञानिकता प्राप्त गर्दै जाँदा तथा उत्पादन, संघर्ष र वैज्ञानिक खोज अनुसन्धानबाट विकसित हुने वैज्ञानिक संस्कृतिका विकासका कारण कुनै दिन धर्म विलुप्त हुनेछ ।’ शंकर रायको कतिपय क्रियाकलापले नेता गौतमले भनेजस्तै धर्म विरोधी त हैनन्  भन्ने शंका, उपशंकाहरु हुने गर्दछ । तर, राय आफू धर्मको पक्षधर नै भएको दावी गर्छन् ।

‘समाज रुपान्तरणको लागी धर्म आवश्यक छ । तर, सुधार गर्दै लैजानुपर्छ भन्ने मेरो मान्यता हो,’ राय भन्छन्, ‘म धर्मविरोधी पटक्कै हैन । तर, धर्मभित्र विकसित भएका कतिपय अन्धविश्वास र संस्कार आम मानिसको लागि पीडादायी छन् ।’

यही चेतका कारणले रायले केही हप्ताअगाडि मृत्यु भएकी आमाको क्रियाकर्म नै गरेनन् । सुरुमा रायले आफ्ना दाइ देवेन्द्रलाई पनि विश्वस्त बनाएका थिए ।
तर, सामाजिक दबाबले दाइले भने रतिबाडा नै आमाको १३ दिनसम्म क्रियाकर्म गरे । धार्मिक मान्यताअनुसार दाइसँगै कोरामा बस्नुपर्ने राय जनकपुरमा नै बसे । दैनिक पण्डित बोलाएर गर्नुपर्ने कामहरुमा खर्च हुने पैसा रायले मानव आश्रममा दान गरे । न्युज कारखाना

बारा, २ फागुन ।

प्रहरीले बाराबाट एउटा मालबाहक ट्रक नियन्त्रणमा लिएको छ। प्रहरी चौकी पथलैयाको टोलीले मंगलबार राति साढे ११ बजे जितपुर सिमरा उपमहानगरपालिका-१ पथलैया चोकबाट मालबाहक ट्रक नियन्त्रणमा लिएको हो।

 

वीरगन्जबाट मोरङ गइरहेको ना३ख ७४४९ नम्बरको मालबाहक ट्रक नियन्त्रणमा लिइएको बारा प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले बताए। ट्रकमा बिल बिजकभन्दा बढी स्रोत खुलाउन नसकेको ३२ लाख ७१ हजार ५६२ रुपैयाँ बराबरको खुद्रा सामान फेला परेको गुरुङले बताए।

 

ट्रकलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको छ। न्युज कारखाना

मुम्बई, २ फागुन ।

शाहरुख खान र गौरी खानको जोडीलाई हिन्दी फिल्म उद्योगमा सबैभन्दा आइडल मानिन्छ । यी दुईको सम्बन्धमा अहिलेसम्म कुनै विवाद बाहिर आएको छैन । उनीहरूको प्रेम सम्बन्धका उदाहरणहरू पनि दिइन्छ।

 

तर, यस्तो बन्धन बनाउन त्यति सजिलो छैन। दुबैले जीवनमा धेरै उतार चढाव देखेका छन तर एकअर्कालाई कहिल्यै हार मानेनन् । आज शाहरुख खान र गौरी खानको प्रेमकथाका केही रोचक कथाहरु जानौँ ।

 

बलिउड किंग शाहरुख खान र गौरीको प्रेम कहानी कुनै फिल्मी कथा भन्दा कम छैन । दुबैको भेट एक साझा साथीको बर्थडे पार्टीमा भएको थियो र त्यसबेला शाहरुख १८ वर्षका थिए भने गौरी १६ वर्षकी थिइन् । सन् १९८४ मा भएको यो पहिलो भेटमा शाहरुखले गौरीलाई आफ्नो मन दिएका थिए । उनी उनीसँग नाच्न चाहन्थे तर अलिकति लजालु थिए, त्यसैले उनले यो कुरा आफ्नो मन भित्र लुकाएर राखे। कतै हिम्मत जुटाएर गौरीकहाँ गइन् तर गौरीले आफु प्रेमीलाई पर्खिरहेकी छु भन्दै कुराकानी टालिन्, जुन सुनेर शाहरुखको मन दुख्यो ।

 

यो कुरा उनले आफैंले एक अन्तर्वार्तामा उल्लेख गरेका थिए । त्यतिबेला गौरी सधैं दाजुसँग कतै जान्थिन् । गौरीको भाइसँग कुनै विवाद नहोस् भनेर शाहरुखले गौरीलाई पनि आफ्नो भाइको रूपमा लिन भनेका थिए । त्यस पार्टीपछि शाहरुख र गौरीको धेरै पटक भेट भयो र त्यसपछि दुवै एकअर्काको प्रेममा परे । त्यतिबेला गौरीले शाहरुखलाई निकै मेहनती र आत्मविश्वासी थिइन्, तर गौरीले शाहरुखलाई ओभरपजेसिभ भएको पटक्कै मन पराउँदै नथिन्।

 

एक अन्तर्वार्तामा गौरीले भनिन्, ‘मैले अरू केटासँग कुरा गरे पनि शाहरुख मसँग झगडा गर्थे । हरेक कुरामा सकारात्मक थिए । शाहरुखका यी कारबाहीका कारण एकपटक हाम्रो ब्रेकअप पनि भयो ।’

 

शाहरुखको व्यवहारले गौरीलाई सधैँ रिस उठ्थ्यो । एक दिन उनी यति विचलित भइन् कि उनी आफ्ना साथीहरूलाई नभनी बाहिर निस्किन्। त्यसपछि शाहरुखले बुझे कि गौरीप्रति उनको माया कति छ कि उनी उनी विना एक क्षण पनि बाँच्न सक्दैनन् । ‘शाहरुखलाई रिसाएको देखेर आमाले कारण सोध्नुभयो र पूरै कुरा थाहा पाएपछि छोरालाई १० हजार रुपैयाँ दिनुभयो र बुहारीलाई खोजेर ल्याउन भनिन्,’ उनले सुनाएकी थिइन् ।

 

शाहरुख र गौरी विवाह गर्न चाहन्थे तर उनीहरुको बाटोमा धर्म नै सबैभन्दा ठूलो बाधक थियो । शाहरुखले पनि यो कुरा राम्ररी बुझेका थिए, त्यसैले उनले गौरीको परिवारको अगाडि ५ वर्षसम्म हिन्दू भएको नाटक गरिरहे । शाहरुखले आफ्नो नाम पनि परिवर्तन गरेका थिए ।

 

धेरै प्रयासपछि अन्ततः गौरीको परिवारलाई मनाए र २५ अक्टोबर १९९१ मा दुबै जना एक भए । उनीहरुको विवाह भएको ३१ वर्ष बितिसकेको छ । उनीहरुको प्रेम सम्बन्ध धेरै विशेष र बलियो छ। शाहरुखले बारम्बार आफू गौरीसँग निकै डराएको बताउँछन् ।

श्रीमतीको अगाडि झुट बोल्न सक्दिनन् । दुवैको प्रेमको चर्चा आजभोलि निकै भैरहेको छ । न्युज कारखाना

राैतहट, २ फागुन।

रौतहटको गौर नगरपालिकाका मेयर शम्भु साहको हत्या गर्न सुपारी लिएका सुटरलाई भारतको तामिलनाडु बाट पक्राउ गरिएको छ।

 

मेयर शम्भु साहकाे हत्या गर्न भारतको कुख्यात अपराधी चंचल पाण्डेलाई सुपारी दिइएको प्रहरीको अनुसन्धानबाट खुले पछि सुपारी लिने सुटरलाई भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीले पक्राउ गरेको हो।

 

बाराको कलैयामा रहेको बाल एकता इंग्लिस बाेर्डिङ्ग स्कूलका संचालक तथा प्रिन्सिपल रुपेश सर्राफको हत्या काण्डमा पक्राउ परेका भारतीय सुटर सुजित सिंहले दिएको बयानका क्रममा गाैरका मेयर साहको हत्या गर्न चंचल पाण्डेले सुपारी लिएको प्रहरीलाई बताएका थिए।

 

रुपेश सरार्फ हत्याकाण्डमा मनोज गुप्ता, अरुण यादव तथा सुजित सिंह लगायतका कुख्यात अपराधीहरू पहिले नै पक्राउ परिसकेको र हत्याको मुख्य अभियुक्त चंचल पाण्डे रहेको अनुसन्धान पछि खुलेको र प्रहरीले पाण्डेको खोजी तदारुकताका साथ गर्न थालिएपछी अपराधी भारतको तामिलनाडुमा लुकेर बसेको एक अनुसन्धान पछि जानकारी आएको थियो।

 

रुपेश सरार्फ हत्याकाण्डमा पक्राउ परेका सिंहले मेयर साहको हत्या गर्न ३६ लाख ने.रु.मा ‘डिल’ भएको र पाण्डेले आधा रकम लिइसकेको अनुसन्धानको क्रममा खुलासा भएको थिए।

 

रुपेश हत्याकाण्डमा पक्राउ परेका सिंहपछि प्रहरीको ‘मस्ट वान्टेड’ सूचीमा रहेका पाण्डे भारतको तमिलनाडुमा लुकेर बसेको जानकारीपछि नेपाल प्रहरी र तमिलनाडु प्रहरीले संयुक्त अपरेसन थालेर पक्राउ गरेको थियो। संयुक्त अपरेसनमा पक्राउ परेका पाण्डेलाई नेपाल ल्याएर थप अनुसन्धान थालिने बताइएको छ।

 

गौर नगरपालिकाकाे मेयर शम्भु साहको हत्या गराउन पाण्डेलाई कसले र किन रकम उपलब्ध गराएको हो भन्ने खुलिसकेकाे छैन ।

 

प्रहरीले मेयर साहको हत्याको योजना बनाउने तथा हत्या गर्न रकम डिल गरी १८ लाख रुपैयाँ अपराधीलाई समेत बुझाउने व्यक्ति वा गिरोहमा को-को छन भने केही दिनमै भन्डाफोर हुने बताईएकाे छ।

 

यसबारे गाैरका मेयर साहले आफू अलिकति पनि विचलित नभएको र प्रहरीले आफ्नो काम गरिरहेको प्रतिक्रिया दिए। न्युज कारखाना

 फल्गुण।३।वृन्दावन,रौतहट ।

माघ शुक्ल पञ्चमीका दिन विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइने सरस्वती पूजा तथा वसन्त पञ्चमीको अवसरमा बुधबार वृन्दावन नगरपालिकाका नगरप्रमुख विनोद प्रसाद कुर्मीले आफ्नो पालिका भित्रका सम्पूर्ण विधालयहरुमा सरस्वती माताको पुजा स्थलमा पुगी सरस्वती पुजा गरेर  वसन्त पञ्चमी मनाउनु भएको छ।

No description available.

बुधबार नगर प्रमुख कुर्मीले आफ्नो पालिका अन्तरगतको विभिन्न विधालय तथा शैक्षिक संस्थामाहरुमा अनुगमन तथा दर्शन गर्दै  उनले बिद्यालयलाई विद्याको मन्दिर ठानिने र विद्याकी देवी सरस्वतीको मन्दिर विद्यालय परिसरमा निर्माण हुँदा यसले बालबालिकालाई पठन लगावमा केन्द्रित गर्न बल पुग्ने अपेक्षा लिए। र विद्यार्थीहरूले सरस्वती वन्दना गर्दै भगवतीसँग विद्या, बुद्धि र विवेक प्राप्तिको इच्छा राखेका थिए ।

No description available.

शिक्षाकी अधिष्ठात्री देवी मानिने सरस्वतीलाई विशेषतः विद्यार्थी, कलाकार तथा सृजनाका क्षेत्रमा लागेका मानिसहरूले पुज्ने प्रचलन रहँदै आएकोछ भने सरस्वती पूजालाई श्रीपञ्चमी तथा वसन्त पञ्चमीको नामले पनि चिन्ने गरिन्छ ।

No description available.

नगर प्रमुख कुर्मीले बिधार्थीहरुको हौषसलाका निम्ति नगर भित्रका  हरेक बिधालयहरुमा आयोजित सरस्वती पुजा तथा सांस्कृतिक कार्यक्रमको लागि मा.वि.तहका बिधालयलाई,२५ हजार, नि.मा.वि. लाई १५ हजार र प्रा.वि.तहका बिधालयलाई १० हजार गरि सरस्वती पुजामा सहयोग स्वरूप रकम प्रदान गर्नुभएको छ।

No description available.

बुधबार निरक्षण तथा अनुगमन गर्ने क्रममा नगर प्रमुख कुर्मी लागायत सो पालिकाका प्रमुख प्रसासकिय अधिकृत रनजय पटेल,शिक्षा संयोजक उपेन्द्र महतो र नगरपालिकाका ईन्जिनियर दिलीप यादवको साथै विभिन्न शिक्षा प्रेमी तथा बुद्धिजीवीहरुको सहभागीता रहेको थियोे ।

No description available.

आजमिति २०८० साल फागुन ०३ गते तदअनुसार फ्रेब्रुअरी १५, सन् २०२४ विहिवार, शुक्लपक्षको षष्ठी विहान १०:२७ सम्म तत्पश्चात सत्तमी तिथि, अश्वीनी नक्षत्र, शुक्ल योग, मेष राशिमा चन्द्रमा, यो योगमा गरेको हरेक शुभ कार्य शुभ हुनेछ।

 

अभिजित् मुहूर्त: बिहान ११:५६ देखि १२:४० सम्म,

• काठमाण्डौमा सुर्योदय: बिहान ०६:४३

• सुर्यास्त: बेलुका ०५:५५बजे

 

मेष

 

आपको स्वास्थ्यमा सावधानी राख्ने समय हो। नियमित व्यायाम र आहारको ध्यान दिनुहोस्। आर्थिक रूपमा सुधार गर्ने समय हो। वित्तीय योजनाहरूमा सावधानी बरत्नुहोस्।प्रेम संबंधमा मितव्ययी र विश्वासपात्र बनाउने समय हो। साथीसँग समय बिताउनुहोस्। परिवार सँगको समयमा ध्यान दिनुहोस्। उनीहरूको सहयोगमा रहनुहोस्।

 

• शुभ रंग: रातो।

• शुभ अंक – ६

 

वृष

शारीरिक रूपमा सुधार गर्ने समय हो। स्वस्थ खाना खाउनुहोस् र व्यायाम गर्नुहोस्। आर्थिक स्थिति सुधार गर्ने समय हो। नियमित बचत र योजनाहरू बनाउनुहोस्। प्रेम सबंधमा मनोबल बढाउने समय हो। साथीसँग भावनात्मकता बढाउनुहोस्। परिवारको समर्थन र साथीहरूसँग समय बिताउनुहोस्। उनीहरूलाई महत्व दिनुहोस्।

 

• शुभ रंग: हरियो।

• शुभ अंक – ८

मिथुन

 

शारीरिक र मानसिक स्वास्थ्यको लागि समय हो। ध्यान दिनुहोस् र नियमित व्यायाम गर्नुहोस्। आर्थिक योजनाहरूमा सकारात्मक परिणामहरूको समय हो। निवेश गर्नुहोस् र सावधानी बन्नुहोस्। प्रेम संबंधमा समझदारी र सहयोगको समय हो। साथीसँग विश्वास र समर्थन गर्नुहोस्।परिवारको साथ विश्राम गर्नुहोस् र उनीहरूले आवश्यकता भएमा मद्दत गर्नुहोस्।

 

• शुभ रंग: पहेलो।

• शुभ अंक – ७

 

कर्कट

 

स्वास्थ्य आरामपूर्वक बिताउने समय हो। स्वास्थ्य नियमहरूको पालना गर्नुहोस्। आर्थिक योजनाहरूमा सुधार हुने समय हो। वित्तीय स्थिति सुधार्नुहोस्। प्रेम संबंधमा विश्वास र समझौतात्मक रूपमा समय बिताउनुहोस्। भावनात्मक समर्थन दिनुहोस्। परिवारसँग समय बिताउनुहोस् र समर्थन गर्नुहोस्। उनीहरूको साथ दिनुहोस ।

 

 

• शुभ रंग: सेतो।

• शुभ अंक – ९

 

सिंह

 

ताजा र उत्साही रहने समय छ। नियमित व्यायाम र पौष्टिक आहारमा ध्यान दिनुहोस्। आर्थिक स्थिति सुधार हुन सक्छ। निवेश गर्ने समय हो। प्रेम संबंधमा सहज भावनात्मकता र समर्थन बढाउने समय हो। परिवार सँग भ्रमण गर्नुहोस् र उनीहरूसँग समय बिताउनुहोस्।

 

• शुभ रंग: वैजनी।

• शुभ अंक – १०

 

कन्या

 

आरामपूर्वक बिताउने समय हो। स्वास्थ्यमा प्राथमिकता दिनुहोस्।आर्थिक समस्याहरूको समाधान हुन सक्छ। योजना बनाउनुहोस् र बचत गर्नुहोस्। प्रेम, रोमान्स र भावनात्मकताको समय हो। साथीसँग मनोबल बढाउनुहोस्। परिवार सँग समय बिताउनुहोस् र उनीहरूको समर्थन लिनुहोस्।

 

• शुभ रंग: हरियो।

• शुभ अंक – ८

 

तुला

शारीरिक र मानसिक स्वास्थ्यमा समर्थन दिने समय हो। आराम गर्नुहोस् र स्वस्थ खाना खानुहोस्। आर्थिक स्थिति सुधार हुन सक्छ। निवेश गर्ने समय हो। भावनात्मक संबंध बढाउने समय हो। संबंधमा मन लगाउनुहोस् र विश्वास गर्नुहोस्। परिवारसँग समय बिताउनुहोस् र उनीहरूलाई समर्थन गर्नुहोस्।

 

• शुभ रंग: नीलो।

• शुभ अंक – ९

 

वृश्चिक

 

शारीरिक र मानसिक स्वास्थ्यमा समय हो। नियमित व्यायाम गर्नुहोस् र पौष्टिक आहार खानुहोस्। आर्थिक स्थिति सुधार हुन सक्छ। निवेश र बचतमा ध्यान दिनुहोस्।संबंधमा सहज भावनात्मकता र समर्थन बढाउने समय हो। परिवारको साथ भ्रमण गर्नुहोस् र उनीहरूसँग सहायता गर्नुहोस्।

 

• शुभ रंग: बैंगनी।

• शुभ अंक – १०

 

धनु

 

आराम गर्ने र आनन्दित बिताउने समय हो। ध्यान दिनुहोस् र स्वस्थ जीवनशैली अनुसरण गर्नुहोस्। आर्थिक स्थिति सुधार हुन सक्छ। नयाँ वित्तीय योजना बनाउनुहोस् र बचत गर्नुहोस्। प्रेम, मनोबल र सहज भावनात्मकता बढाउने समय हो। साथीसँग भ्रमण गर्नुहोस् र विश्राम गर्नुहोस्। परिवारसँग धेरै समय बिताउनुहोस् र उनीहरूको समर्थन लिनुहोस्।

 

• शुभ रंग: पीलो।

• शुभ अंक – ८

 

मकर

ताजा र उत्साही रहने समय हो। नियमित व्यायाम र पौष्टिक आहार खानुहोस्। आर्थिक स्थिति सुधार हुन सक्छ। निवेश र बचतमा ध्यान दिनुहोस्। प्रेम संबंधमा भावनात्मक सहयोग बढाउने समय हो। साथीसँग भ्रमण गर्नुहोस् र आनन्द लिनुहोस्। परिवार सँग समय बिताउनुहोस् र उनीहरूलाई सहायता गर्नुहोस्।

 

• शुभ रंग: नीलो।

• शुभ अंक – ९

 

कुम्भ

आराम गर्ने समय हो। मानसिक स्वास्थ्यमा समर्थन दिनुहोस् र प्राकृतिक उपचारहरू अनुसरण गर्नुहोस्। आर्थिक स्थिति सुधार हुन सक्छ। नयाँ योजनाहरूमा सक्रिय हुनुहोस् र सम्पत्ति वृद्धि गर्नुहोस्। संबंधमा मनोबल बढाउने समय हो। साथीसँग आनन्द र संघर्ष गर्नुहोस्। परिवार सँग समय बिताउनुहोस् र उनीहरूको समर्थन गर्नुहोस्।

 

• शुभ रंग: बैंगनी।

• शुभ अंक – ७

 

मीन

आराम गर्ने र पूर्णता भरिएको समय हो। ध्यान दिनुहोस् र निजी अवस्थामा सुधार गर्नुहोस्। आर्थिक स्थिति सुधार हुन सक्छ। योजनाहरू बनाउनुहोस् र सम्पत्ति वृद्धि गर्नुहोस्। संबंधमा सहज भावनात्मकता र समर्थन बढाउने समय हो।परिवार सँग समय बिताउनुहोस् र उनीहरूलाई समर्थन गर्नुहोस्।

 

• शुभ रंग: सागरी नीलो।

• शुभ अंक – ६

 

राशिफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला । राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरीएको हुन्छ । जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । निर्णय गर्दा तपाईंको आफ्नै अन्तर्ज्ञान र निर्णय प्रयोग गर्न सधैं महत्त्वपूर्ण छ।

 

 

राशिफल लेखक युवा ज्योतिष जनक खड्का, वैदिक ज्योतिषका विज्ञ मानिन्छन् उनि ज्योतिष परामर्श केन्द्रको सञ्चालक समेत हुन्। न्युज कारखाना

सल्लाह, सुझाव र परामर्शको लागि : ९७६६८९५२१३

 

 

 

राैतहट,०२ गते फाल्गुन । 

वृन्दावन-माघ शुक्ल पञ्चमीका दिन विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइने सरस्वती पूजा तथा वसन्त पञ्चमीको अवसरमा बुधबार वृन्दावन नगरपालिकाका नगरप्रमुख विनोद प्रसाद कुर्मीले आफ्नो पालिका भित्रका सम्पूर्ण विधालयहरुमा सरस्वती माताको पुजा स्थलमा पुगी सरस्वती पुजा गरेर वसन्त पञ्चमी मनाउनु भएको छ।

बुधबार नगर प्रमुख कुर्मीले आफ्नो पालिका अन्तरगतको विभिन्न विधालय तथा शैक्षिक संस्थामाहरुमा अनुगमन तथा दर्शन गर्दै
उनले बिद्यालयलाई विद्याको मन्दिर ठानिने र विद्याकी देवी सरस्वतीको मन्दिर विद्यालय परिसरमा निर्माण हुँदा यसले बालबालिकालाई पठन लगावमा केन्द्रित गर्न बल पुग्ने अपेक्षा लिए।
र विद्यार्थीहरूले सरस्वती वन्दना गर्दै भगवतीसँग विद्या, बुद्धि र विवेक प्राप्तिको इच्छा राखेका थिए ।

शिक्षाकी अधिष्ठात्री देवी मानिने सरस्वतीलाई विशेषतः विद्यार्थी, कलाकार तथा सृजनाका क्षेत्रमा लागेका मानिसहरूले पुज्ने प्रचलन रहँदै आएकोछ भने सरस्वती पूजालाई श्रीपञ्चमी तथा वसन्त पञ्चमीको नामले पनि चिन्ने गरिन्छ ।

नगर प्रमुख कुर्मीले बिधार्थीहरुको हौषसलाका निम्ति नगर भित्रका हरेक बिधालयहरुमा आयोजित सरस्वती पुजा तथा सांस्कृतिक कार्यक्रमको लागि मा.वि.तहका बिधालयलाई,२५ हजार, नि.मा.वि. लाई १५ हजार र प्रा.वि.तहका बिधालयलाई १० हजार गरि सरस्वती पुजामा सहयोग स्वरूप रकम प्रदान गर्नुभएको छ।

बुधबार निरक्षण तथा अनुगमन गर्ने क्रममा नगर प्रमुख कुर्मी लागायत सो पालिकाका प्रमुख प्रसासकिय अधिकृत रनजय पटेल,शिक्षा संयोजक उपेन्द्र महतो,जिन्सी शाखा तथा स्वास्थ्य शाखा प्रमुख रासनरायण पटेल,योजना प्रमुख हरिदुलाल र नगरपालिकाका ईन्जिनियर दिलीप यादवको साथै विभिन्न शिक्षा प्रेमी तथा बुद्धिजीवीहरुको सहभागीता रहेको थियोे ।

 

राैतहट,फाल्गुन ३।

वृन्दावन नगरपालिका वडा नम्बर -५ नगरकटियामा रहेको श्री राम जानकी आधारभुत विद्यालयमा चार कोठे विद्यालय भवनको निर्माण को लागि शिलान्यास कार्यक्रम सम्पन्न भएको छ।

बुधबार वृन्दावन नगरपालिकाका नगर प्रमुख विनोद प्रसाद कुर्मीले सरस्वती पुजा तथा वसन्तपन्चमीको अवसर पारी एक कार्यक्रमका बिच सो भवनको शिलान्यास गरेका हुन्।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगतको २२ लाख ५० हजार र नगर स्तरीय योजनाको २२ लाख ५० हजार गरि जम्मा ४५ लाखको लागतमा बन्ने सो भवनमा ब्रान्डा सहित ४ ओटा कोठाको निर्माण हुने भएको छ।

शिलान्यास पश्चात् नगरप्रमुख कुर्मीले,मानव जीवन जिउन र नगर र देश लाई समृद्ध बनाउनको लागि शिक्षा अपरिहार्य रहेकोले आफू शिक्षालाई विशेष प्राथमिकतामा राखेर अगाडि बढीरहेको बताए।

सोही कार्यक्रममा बोल्दै नगर प्रमुख कुर्मी, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगतको २२ लाख ५० हजार रकमले दुईवटा कोठा मात्रै पुगिरहेको तर सो विधालयमा चार ओटा कोठाको खाँचो रहेको कारणले गर्दा वडा अध्यक्ष फेकु दास लगायत समस्त बिधालय परिवार र स्थानीय जनताको आग्रहले आफुले आफ्नो नगर स्तरीय योजना बाट २२ लाख ५० हजार दिएर सो कार्य सम्पन्न गर्ने उदेश्यले सो शिलान्यास सम्पन्न गरेको बताउनुभयो ।

नगर प्रमुखको सो सराहनीय कार्यले त्यहाँका स्थानीय अत्यन्तै अर्षित भएका छन् भने सो बिधालयमा अध्यनरत बिधार्थीहरु अब नयाँ भवनमा अध्यन गर्न पाउने भएकोले खुशी व्यक्त गरेका छन्।

उक्त भवनको शिलान्यास कार्यक्रममा नगर प्रमुख कुर्मी लागायत सो वडाका वडा अध्यक्ष फेकु दास र प्रमुख प्रसासकिय अधिकृत रनजय पटेल, शिक्षा संयोजक उपेन्द्र महतो,जिन्सी शाखा तथा स्वास्थ्य शाखा प्रमुख रासनरायण पटेल,योजना प्रमुख हरिदुलाल र नगर पालिकाका ईन्जिनियर दिलीप यादव,कमलेश कुश्वाहाको साथै विभिन्न शिक्षा प्रेमी तथा बुद्धिजीवी र स्थानीयहरुको सहभागीता समेत रहेको थियोे।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।