काठमाडौं, ९ फागुन ।
चर्चित ‘पोर्न स्टार’ अर्थात वयस्क चलचित्र अभिनेत्री क्यागनी लिन कार्टरले आत्महत्या गरेकी छिन् ।
पोर्न स्टार काग्नेले ३६ वर्षको उमेरमा आत्महत्या गरेकी हुन । क्यागनी लिन कार्टरका साथीहरूले यो खबर सोशल मिडियामा साझा गरेका छन्।
समाचार अनुसार जसका कारण क्याग्नीको पर्मा, ओएचमा रहेको उनको निवासमा मृत्यु हुन पुगेको छ ।
यसैबीच, अब काग्नेका साथीहरूले यो खबरको पुष्टि गर्दै एक पोस्ट साझा गरेका छन्, जसमा उनीहरूले वयस्क फिल्म स्टारको मृत्युको बारेमा जानकारी दिएका छन्।यो खबरले फ्यानहरु निकै दुखी भएका छन् र काग्नेको आत्माको शान्तिको कामना गरिरहेका छन् ।
समाचारमा विश्वास गर्ने हो भने क्याग्नी लिन कार्टर मानसिक स्वास्थ्य समस्याबाट ग्रसित थिइन् र यसका कारण उनी निकै बेचैन भइन् । यति धेरै लोकप्रियता र प्रतिभाका बाबजुद पनि काग्ने समयसँगै यी समस्याहरूले घेरिन थालेकी थिइन तर अन्ततः उनले आत्महत्या गरिन् ।
अभिनेत्रीका साथीहरूले उनलाई यो समस्याबाट बाहिर निकाल्न धेरै सहयोग गरेका थिए तर कुनै फाइदा भएन । क्याग्नीका साथीहरूले पनि उनको स्वास्थ्य समस्याहरूको बारेमा सचेतना जगाउन सोशल मिडियामा गएकासमेत थिए ।
क्याग्नी लिन कार्टरका साथीहरूका अनुसार उनी ३६ वर्षीया अभिनेत्री, गायक र नर्तक थिइन्। उनी एक धेरै राम्रो छोरी र एक अद्भुत साथी पनि थिइन्। क्याग्नी लिन कार्टरका साथीहरू भन्छन् कि २०१९ मा उनी पहिलो पटक क्लिभल्याण्ड स्टुडियोमा आएकी थिइन्।
यति मात्र होइन, हालै उनी एलएबाट बाहिर आएकी थिइन्, जहाँ न त उनले कसैलाई चिनेकी थिइन्, न त उनलाइ कसैलाई चिनेका थिए ।
समाचार अनुसार, क्याग्नीले २००० को मध्यमा वयस्क फिल्म उद्योगमा आफ्नो क्यारियर सुरु गरेकी थिइन । उनको काम र प्रतिभाले उनलाई एभिएन पुरस्कार पनि पाएकी थिइन । त्यसपछि उनले आफ्नै स्टुडियो खोल्ने निर्णय गरिन र केही समय काम पनि गरिन् ।
यति मात्र होइन, उनका साथीहरूका अनुसार आफ्ना खराब दिनहरूमा पनि उनी नियमित रूपमा स्टुडियो आउने र काम गरिरहेकी नै थिइन् । तर, अचानक आत्महत्या गरेको खबरले सबैलाइ दुःखी बनाएको छ ।
न्युज कारखाना
काठमाडौं, ८ फागुन ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ नेतृत्वको नेपाली प्रतिनिधि मण्डल थाइल्याण्डको बैंकका प्रस्थान गरेको छ । एशिया प्यासिफिक फोरम अन सस्टेनेवल डेभलपमेन्ट कार्यक्रममा सहभागी हुन उपाध्यक्ष श्रेष्ठ नेतृत्वको टोली बैंकक प्रस्थान गरेको हो ।
उपाध्यक्ष श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलमा आयोगका सदस्य डा. रामकुमार फुयाल, सचिव डा. तोय नारायण ज्ञवाली, सहसचिव महेश भट्टराई लगायतको टोली रहेको छ । बैंकका स्थित संयुक्त राष्ट्र ससंघको सम्मेलन केन्द्रमा मंगलबारदेखि शुक्रबारसम्म (फ्रेवुअरी २० देखि २३सम्म) चल्ने कार्यक्रममा दीर्घकालिन सोचका लक्ष्यहरु १, २, १३, १६ र १७ को समीक्षा समेत हुँदैछ ।
काठमाडौं ८ फागुन ।
विश्व सामाजिक मञ्च २०२४ को अवसरमा काठमाडौंमा आयोजना भएको बालश्रम अन्त्य गर्ने ग्लोबल प्यानलले बालश्रम अन्त्यका लागि तत्काल काम गर्न आह्वान गरेको छ । प्यानलले विश्वव्यापी बाल श्रमले उत्पन्न भएका बहुआयामिक चुनौतीहरूलाई सम्बोधन गर्ने उद्देश्यले व्यापक छलफल गरेको थियो ।

सीएसओज फोरम अनएसटिजी८।७ नेटवर्कले संयोजन गरेको उक्त प्यानलमा बोल्दै अधिकारकर्मी मिलन धरेलले अर्को विश्व सम्भव छ भनिरहँदा बालश्रम नभएको विश्वको परिकल्पना गरिएको बताए । उनले भने विश्वभरि अहिले करिव १६ करोडको हाराहारीमा बालबालिका श्रममा छन् भनिएको छ । यसलाई हेर्दा जनचेतनाको कमी, गरीबी र अभाव मात्रै बालश्रमको जड कारण होइन । बालश्रम युद्ध र राजनीतिक विषयको रुपमा पनि रहेको छ । अधिकारकर्मी मनिराम आचार्यले नेपालमा बालश्रमको अवस्थाको बारेमा चर्चा गर्दै यहाँ बालश्रम सामाजिक रुपमा स्वीकार गरिएको विषय भएको बताए । उनले भने, समाजले नै यहाँ बालश्रमलाई स्वीकार गरेको छ ।

त्यसैले यसको रोकथामका लागि सोही अनुसारको निती निर्माण र त्यसको प्रभावकारी कार्यन्वयनमा जोड दिनु आवश्यक छ । उक्त अवसरमा आफ्नो धारणा राख्दै ट्रेड युनियनकर्मी स्मृति लामाले मर्यादित श्रममा वयस्क श्रमिकहरूको सहभागिता नहुँदा बालश्रम बढ्दो क्रममा रहेको बताउँदै बालश्रम रोक्न श्रोत मै काम गर्नु पर्ने बताइन । उनले भनिन्, बालश्रम गरिबीले मात्रै सिर्जित समस्या नभएर यसमा अन्य कारणहरू पनि रहेका छन् । त्यसको पहिचान गरेर काम गर्नु पर्ने आवश्यकता छ । अधिकारकर्मी रञ्जना शर्माले बालश्रमहिडनफर्ममा गइरहेको बताउँदै नेपालमा विद्यमान बालश्रमको अवस्थाको बारेमा गरिएको अध्ययन उपलब्धिका बारेमा जानकारी गराएकी थिइन ।
ग्लोबल प्यानलले बाल श्रमको क्षेत्रमा विद्यमान चुनौतीलाई सम्बोधन गर्न, बाल अधिकारको रक्षा गर्न र बालश्रम शोषण रोक्न प्रभावकारी र शसक्त प्रयासहरूको तत्काल आवश्यकता रहेको औँल्याएको थियो । ग्लोबल प्यानलको छलफलमा बालश्रमको अन्त्य र बालअधिकारका सबालमा उठेका प्रश्न र प्राप्त भएका सुझावका आधारमा विभिन्न ८ बुँदे माग समेत जारी गरिएको छ ।

अधिकारकर्मी मनु नेपालीका अनुसार विश्वमा कस्तो खालको श्रमको क्षेत्रमा बालबालिकाहरू श्रमिकका रुपमा संलग्न रहेका छन् र कस्तो किसिमको अभ्यास छ र बालश्रमको क्षेत्र भइरहेका पहलहरूको म्यापिङ गरेर भविष्यमा बालश्रमका क्षेत्रमा कस्ता सहकार्य गर्न सकिन्छ भनेर ग्लोबल प्यानल अन चाइल्ड लेबर कार्यक्रमको आयोजना गरिएको हो । अधिकारकर्मी नेपालीका अनुसार नेटवर्कले श्रम मन्त्रालयसँग समन्वय गरेर काम गरिरहेको छ ।
बालश्रम, बाध्यकारी श्रम र मानव बेचविखनका सबालमा श्रम मन्त्रलायले गरेका कार्यक्रमहरूको आधारमा मुलुक भित्र कस्तो उपलब्धि भएको छ भनेर ग्लोबलरिर्पोट तयार गर्ने र सरोकारवाला निकायमा पठाउने काम गर्ने उनले बताइन । कार्यक्रममा नेपालका विभिन्न जिल्लाबाट आएका अधिकारकर्मी, सरोकारवाला, नागरिक समाज लगायत विदेशी संघ संस्थाका गरि २ सय भन्दा बढि सहभागीहरू थिए ।
राैतहट,०८ गते फागुन ।
पुर्व उपप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले रौतहट स्थित एक साइकल दौड प्रतियोगिताको उद्घाटन गरेका छन । राजदेवी मिडिया सेन्टरले रौतहटको सदरमुकाम गौरमा मंगलबार आयोजना गरेको एघारौं जिल्ला स्तरीय महिला साइकल दौड प्रतियोगिताको जसपा अध्यक्ष यादवले रिवन काटेर उद्घाटन गरेका थियो ।

एकदिने साइकलदौड प्रतियोगिताको उद्घाटन गर्न रौतहट आएका बारा क्षेत्र नम्बर २ का सान्सदसमेत जसपा अध्यक्ष यादवलाई पार्टीका नेता कार्यकर्ताहरुले भव्य स्वागत गरेका थिए । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राजदेवी मिडिया सेन्टरले प्रत्येक वर्ष महिला साइकल दौड प्रतियोगिताको आयोजना गर्दै आएका छन ।

जिल्लाको विभिन्न विद्यालयका १ सय ४० जना किशोरीहरुले प्रतियोगितामा भाग लिएको थिए । प्रतियोगितामा चन्चल कुमारी कुशवाहा प्रथम,रानी कुमारी यादव दृतिय र बबिता कुमारी सहनी तृतीय स्थान हासिल गरेकी छन । प्रथम हुनेलाई नगद ५० हजार दृतिय लाई ३० हजार र तृतीयलाई २० हजार नगदसहित मेडल, कप र शिल्डसहितको पुरस्कार प्रदान गरिएको राजदेवी मिडिया सेन्टरका अध्यक्ष रामपुकार राउतले जानकारी दिएका छन।
बिजेताहरुलाई जसपा अध्यक्ष यादवले उक्त पुरस्कार प्रदान गरेका थिए । सो कार्यक्रममा जसपाका कार्यकारिणी सदस्य गोबिन्द चौधरी राष्ट्रिय सभा सदस्य पुजा चौधरी, जसपाका केन्द्रिय सदस्य एवम् मधेस प्रदेशका पुर्व राज्यमन्त्री योगेन्द्र यादव मधेस प्रदेशका उर्जा सिचाइ तथा खानेपानी राज्यमन्त्री शेख फुलबाबु, प्रादेशिक अस्पताल गौरका अध्यक्ष मोहम्मद अनवर हाशमी लगाएतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
रमेश कुमार यादव,राैतहट,फाल्गुन ०८ गते ।
रौतहट जिल्लाको बृन्दावन नगरपालिका स्थित रहेको एक बिधालयमा पुर्व बिधालय ब्यवस्थापन समितिको अध्यक्षले तालाबन्दी गरेका छन ।
जिल्लाको बृन्दावन नगरपालिकाको वार्ड नं.२ बेनौली स्थित रहेको श्री एतबरिया देवी सिता साह प्राथमिक बिधालयमा मंगलबार सोहि बिधालयका जग्गादाता एवम् पुर्व बिधालय ब्यवस्थापक समितिको अध्यक्ष एतवरिया देवी साह लगायत दर्जनौं अभिभावकहरुको सहभागिता उक्त तालाबन्दी गरेको हो । २०७४ सालमा यस विद्यालयको स्थापना गर्न स्थानीय सीता साहको श्रीमती एतबरिया देवीले आफ्ना करोडौं मुल्यको दश का जग्गा विद्यालयको नाममा निशुल्क दान गरेकी थिइन ।

जग्गा दाता एतबरिया देवी स्थापना कालदेखि २०७८ सालसम्म यस विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष रहेकी थिइन । समितिको अध्यक्ष एतबरिया देवी हुदा आर्थिक रकम हिनामिना गर्न न पाउदा प्रधानाध्यापक साहले दुई वर्ष अघि बिना कुनै सुचना समिति नै विघटन गरेका थिए । समिति विघटन भएपछि प्रधानाध्यापक साहले बिगत दुई वर्षदेखि आफ्ना मनोमानी तरिकाले विद्यालय सञ्चालन गर्दै आएको स्थानीय सहदेव साहले बताएका छन ।
दिवा खाजा, छात्रवृत्ति,विद्यालय पोसाक लगाएतका शीर्षकमा प्रधानाध्यापक साहले ब्यापाक हिनामिना गरेको हुनाले सो रकम पार्दशी गर्नुपर्ने माग राख्दै आफुहरु विद्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेको अभिभावकहरुले बताएका छ्न । जग्गादाता एवम् पुर्व बि.ब्यवस्थापान समितिको अध्यक्ष साहले भनिन् आफु बिधालयमा रहदा सम्म बिधालयको अवस्था एकदम राम्रो र बिधालयको बिकासको लागी चौतर्फी ठुलो भुमिका खेलेको बताईन ।
तर उक्त बिधालयबाट आफुलाई थाहै नदिई बिघटन गरि प्राधानाध्यापकले आफ्नो मातहातमा लिई बिधालयलाई कमाउ खाउ भाँडो बनाई बिधार्थीहरुको जिवनसंग प्रत्यक्ष खेलवाड गरिरहेको साहले आरोप लगाईन् । त्यसतै सोहि ठाउँको स्थानिय सहदेव साहले भने कि यस विद्यालयका प्रधानाध्यापक हरेन्द्र साह विद्यालयलाई कमाउ खाने भाडो बनाएको तथा आफ्ना निजि सम्पत्ति जस्तो कब्जा गरेको र पढईको अवस्था एकदमै कमजोर बनाएको कारण मंगलबार हामि लगायत यहाँका अभिभावकहरुले एतबरिया प्रावीमा तालाबन्दी गरेका बताए । प्रधानाध्यापक साहले विद्यालयको आर्थिक र प्रशासनिक रकम हिनामिना गरेको, बिगत चार वर्ष देखि विद्यालयको हिसाब किताब न दिएको, हिसाब किताब माग्दा अटेरी गरेको र आफनै मन लाग्दी तरिकाले विद्यालय संचालन गर्दै आएको कारण बाध्य भएर स्थानीय र अभिभावकहरुले सो विद्यालयमा तालाबन्दी गरेका छ्न ।
प्रधानाध्यापक साहले यस विद्यालयका बालबालिकालाई बिगत चार वर्षदेखि दिवा खाजा नखुवाई दिवा खाजाको रकम हिनामिना गरेको,चार वर्षदेखि बिधार्थी लाई छात्रवृत्ति र विद्यालय पोसाक न दिएको स्थानिय साहले गम्भिर आरोप लगाए । प्रधानाध्यापक साहले विद्यालय व्यवस्थापन समितिसमेत विघटन गरि विद्यालयमा बिद्यार्थीहरुको लागि आउने अनुदान रकम व्यापक हिनामिना गरेको सो हिसाब आफुहरु माग्दा हिसाब दिन अटेरी गर्ने गरेकोले बाध्य भएर हामिलाई यो कदम चाल्नु पर्यो वहाँले भने ।
साथसाथै प्र.अ साहले आफ्नो मनपरि आफ्नो श्रीमति रेखा साहलाई राखेको र उनले बिधालयमा नै नपढाई तलब खाएको बताए । वहाँले भने आफुहरुको माग सम्बोधन नभइ बल जबर्जस्ती ताल्चा खोल्ने कसैले कुचेष्टा गरे परिणाम न राम्रो हुने अभिभावक र स्थानीयहरुले चेतावनी दिएका छन । भनिन्छ कि सरकारले वर्षेणी शिक्षाको सुधारको लागि अर्बौं लगानी गर्ने गरेका छन । तरपनि रौतहटमा शिक्षाको अवस्था सुधार हुनुको सट्टा दिन प्रतीदिन खस्किदै गएको छ। शिक्षाको अवस्था सुधार नहुदा सरकारले शिक्षामा गर्ने गरेको अर्बौं लगानी बालुवामा पानी फेरेझै हुने गरेको छ। बृन्दावन नगरपालिकाको वार्ड नं.२ स्थित रहेको एतबरिया देवी सीता साह प्राथमिक विद्यालय झोले विद्यालय रहेको सावित भएको हो । कक्षा पाँच सम्म पढाइ हुने यस विद्यालयमा जम्मा एउटा कक्षा कोठा मात्र रहेको छ ।
यस विद्यालयमा २ सय भन्दा बढी बिधार्थी अध्यनरत रहेको भएपनी मुस्किलले १० देखि १५ जना बिधार्थी मात्र पढ्न आउने गरेका छ्न । सञ्चारकर्मीको एक टोलि मंगलवार विद्यालयको अनुगमन गर्न पुग्दा कक्षा एक र दुईको गरि १० जना तथा तीन चार र पाँच कक्षाको गरि जम्मा ८ जना मात्र बिद्यार्थी उपस्थित रहेको भेटिएको छ। बिधार्थीको उपस्थिति संख्या एकदमै न्यून मात्रामा रहेकोले यस विद्यालयमा पढाइ राम्रो नहुने गरेको र यो विद्यालय झोले रहेको पुष्टि हुन्छ । प्रधानाध्यापक, एक बालबिकास शिक्षिका र दुई जना शिक्षक रहेपनी प्रधानाध्यापक कहिले काहीँ विद्यालयमा मात्र आउने गरेका छन भने दुई जना शिक्षकको भरमा विद्यालय संचालन हुदै आएको छ ।
बालबिकास शिक्षिका राधा कुमारी साह प्रधानाध्यापक हरेन्द्र साहकी श्रीमती हुन । शिक्षिका राधा साह प्रअ साहको श्रीमती रहेको कारण उनी पनि कहिलेकाही मात्र विद्यालय आउने गरेकी छन । साह महिनामा दुइ तीन दिन मात्र विद्यालय आउने गरेको र हाजिरी रजिस्टूरमा एक महिनाको हाजिरी बनाउने गरेको स्थानीयहरुको आरोप छ। कक्षा कोठाको अभावमा एउटा कक्षा कोठामा कक्षा एकदेखि पाँचसम्मका बिद्यार्थीलाई राखेर पढाउनु पर्ने बाध्यता छ ।
विद्यालयमा बेन्च डेस्कको नाममा चार वटा बेन्च डेस्क मात्र रहेको पाइएको छ। ठाँउको अभावमा बिधार्थीहरु खुला आकाशमुनि भुईमा बोरा ओछ्याएर पढ्न बाध्य छन। सो विद्यालयमा भएको शौचालय पनि पÞmोहोरले प्रयोग बिहिन अवस्थामा रहेको छ भने विद्यालयमा कम्पाउण्ड वाल र विद्यालयको बोर्ड समेत नरहेको पाइएको छ।
विद्यालयको शौचालय सञ्चालन अवस्थामा नहुदा बिधार्थीहरु खुल्ला चौरमा सौच गर्ने गरेका छन । यस सम्बन्धमा प्राधानाध्यापक हरेन्द्र साहसंग बुझन खोज्दा वहाँको मोबाईलको फोन उठन सकेन ।
रौतहट ९ फागुन ।
रौतहटको देवाहि गोनाहि नगरपालिकाको नगर स्वास्थ्य शाखा प्रमुख मनोज यादवको मंगलबार राति हृदयघातको कारण मृत्यु भएको छ।
गरुडा नगरपालिका जयनगर गाउँ घरभएका ५० वर्षीय स्वास्थ शाखा प्रमुख यादवको गएराती १० बजे हृदयघातबाट आकस्मिक निधन भएको हो। आफ्नो घरमै खाना खाएर सुत्नुअघि छाती दुखेको थियो।
उपचारको लागि कतै लैजाने तयारी गरिरहेको अवस्थामा उनको निधन भएको उनका काका नेपाल विधुत प्राधिकरण मौलापुरका प्रमुख दिनेश यादवले बताएका छन्।
उनको शव घरमै रहेको तथा आजै दाहसंस्कार गरिने पीडित परिवारले जनाएको छ। उनलाई हृदय सम्बन्धी कहिले कुनै समस्या नदेखिएको प्राधिकरण प्रमुख यादवले जानकारी दिएका छन्। उनको दुई छोरा र एक जना छोरी रहेको बताइएको छ।न्युज कारखाना
वासिंगटन डिसी, ९ फागुन ।
एक क्षणमा व्यक्तिले ३४० मिलियन जित्यो र अर्को क्षणमा त्यो गुम्यो भने के होला ?
यति मात्र होइन, अब त्यो व्यक्तिले अदालतको चक्कर काटिरहेको छ । जसको मुद्दाको अर्को सुनुवाइ २३ फेब्रुअरीमा हुदैँछ।
यो चिट्ठा संयुक्त राज्य अमेरिकाको वासिङ्टन डीसी निवासी जोन चिक्सले जितेका थिए तर कम्पनीले वेबसाइटमा विजेता लटरी नम्बर टाइप गर्दा गल्ती भएको भन्दै पैसा दिन अस्वीकार गरे पछि उनी अदालत पुगेका हो ।
चिठ्ठाको बिजेता अरु कोही भएमा रकम उसैलाई दिइने कम्पनीले जनाएको छ । कम्पनीले पैसा नदिदाँ जोन छक्क परेका छन ।
त्यसपछि जोन चिक्स न्यायको लागि अदालत पुगेर कम्पनीविरुद्ध मुद्दा दायर गरेको हुन । प्रहरीलाई दिएको उजुरीमा जोनले आफूले ६ जनवरी २०२३ मा पावरबल कम्पनीको लटरी टिकट किनेको बताए । भोलिपल्ट ड्र भयो र २ दिन पछि जब उनले वेबसाइट जाँच गरे, उनलाइ ३४० मिलियन डलरको ज्याकपट थियो। उनले विजयी ड्रको स्क्रिनसट लिए।
उनी निकै खुसी थिए र यसै खुशीमा उनले आफ्ना साथीहरुलाई पार्टी पनि दिए । भोलिपल्ट उसले कम्पनीमा फोन गरेर चिठ्ठाको पैसा माग्न गएँ तर कम्पनीले गल्तीले तपाईको नम्बर अपलोड भएको र पुरस्कार अरु कसैले जितेको भन्दै दिन अस्वीकार गरिदियो ।
मिडिया रिपोर्टका अनुसार जोनले कम्पनीको अफिसमा गएर आफ्नो लटरीको टिकट अधिकारीहरुलाई देखाए तर उनले नभई अरु कसैले चिठ्ठा जितेको भन्दै अस्वीकार गरेका थिए । अधिकारीहरूले उनलाई चिठ्ठाको टिकट च्यातेर डस्टबिनमा फाल्न भने। जसबाट चिठ्ठा किनेको एजेन्टले पनि टिकट बेकार भएको बताए ।
अन्ततः उसले चिट्ठामा जितेको पैसा प्रत्यक्ष माध्यमबाट प्राप्त गर्न नसक्ने महसुस भयो, त्यसैले उनले कानुनी बाटो लिने निर्णयमा पुगे जोनले पावरबल कम्पनी विरुद्ध ठगी र सम्झौता उल्लङ्घन सहित ८ वटा मुद्दा दायर गरेका छन, जसको अदालतमा सुनुवाइ भइरहेको छ ।न्युज कारखाना
मोरङ, ८ फागुन ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ रंगेली नगरपालिकामा १६औं संस्करणको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ। हिजोबाट सुरुभएको प्रतियोगीता फगुन १० गते समापन हुने छ।
नगरभित्र रहेका माध्यमिक तहका विद्यालयरू आदर्श मावि, गणेश मावि चोप्राहा, रत्न मावि रञ्जनीलगायतका १३ वटा सामुदायिक विद्यालय र ७ वटा संस्थागत विद्यालय प्रतिस्पर्धामा छन्।
विभिन्न विधामा हुने प्रतिस्पर्धामा हिजो दौड, कवडी, भलिबल, सटपुट, हाइजम्पलगायतका खेल खेलाइएको छ। उद्घाटन सत्रमा रंगेली नगरपालिका प्रमुख दिलिप बगडिया, उपप्रमुख भूमा पराजुली लगाउतको उपस्थिती रहेको थियो।
जनप्रतिनिधीहरू बीचमा एकसय मिटर दौड गराएर कार्यक्रमको उद्घाटन गरिएको थियो।न्युज कारखाना