२०८३ श्रावण ३१
२०८३ श्रावण ३१

वीरगञ्ज, १० फागुन ।

प्रहरीले बाराबाट नेपाली नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ। नक्कली नोटसहित प्रहरीले बाराको बारागढी गाउँपालिका–२ दौरवा टोल बस्ने ३४ वर्षीय दीपेन्द्र माझीलाई पक्राउ गरेको हो।

प्रहरीले निजगढ नगरपालिका–९ निजगढस्थित हाटबजारमा नेपाली एक हजारको नक्कली नोट दिई सामान खरिद गरिरहेको अवस्थामा माझीलाई पक्राउ गरेको हो।

पक्राउ परेका माझीको साथबाट एक हजार दरको दुई वटा नेपाली नक्कली नोट बरामद गरिएको बाराका प्रहरी प्रवक्ता एवम् डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।

पक्राउ परेका माझीविरुद्ध मुद्दासम्बन्धी कसुर मुद्दा दर्ता अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
न्युज कारखाना

काठमाडौं, १० फागुन ।

नेपालका लागि यूरोपियन युनियनका राजदूत भेरोनिक लोरेन्जोले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भेटवार्ता गरेकी छन्। बिहीबार रास्वपा पार्टी कार्यालयमा लोरेन्जोले सभापति लामिछानेसँग भेटवार्ता गरेकी हुन्।

उनीहरूबीच नेपाल र ईयूको ५० वर्षे सहकार्यको समीक्षासहित आउँदा दिनमा अझै बलियो सम्बन्ध स्थापित गर्नुपर्नेमा छलफल भएको थियो।   सभापति लामिछानेले पर्यटन प्रवर्द्धनका लागि ईयूले नेपाललाई कायम राखेको ‘एयर सेफ्टी लिष्ट’बाट हटाउन पहलको लागि अनुरोध गरेका थिए।

प्रतिउत्तरमा राजदूत लोरेन्जोले नेपालले हवाई सुरक्षाका लागि दीर्घकालीन योजना बनाउन आवश्यक रहेको औँल्याएकी थिइन्।
न्युज कारखाना

काठमाडौँ, १० फागुन ।

यस बर्षको इण्डियन प्रिमियर लिग(आइपिएल) आगामी मार्च २२ देखि शुरु हुने भएको छ ।

 

आइपिएलले विहिबार शुरुवाती २१ खेलको खेल तालिका सार्बजनिक गर्दै उद्घाटन खेल मार्च २२ मा चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा हुने जानकारी दिएको छ ।

 

आइपिएलको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन चेन्नई सुपर किंग्सले रोयल च्यालेन्जर्स बैंगलोरको सामना गर्ने भएको छ ।

 

आइपिएल मार्च २२ मा शुरु भएर लगभग मे २६ मा सकिने भएको छ ।  फाइनलको मिति भने अहिले तय गरिएको छ । सोहि समयमा भारतमा आम निर्वाचन हुने भएकाले आइपिएलको तालिका आंशिक रुपमा मात्र सार्बजनिक गरिएको बताइएको छ ।

 

त्यस्तै मार्च २३ मा पञ्जाव किंग्स र दिल्ली क्यापिटल्स तथा कोलकोता नाइटराइडर्स र सनराइजर्स हैदरावाद खेल्दै छन् । त्यसैगरी मार्च २४ मा राजस्थान रोयल्सले लखनउ सुपरजाइन्टको सामना गर्ने छ भने मुम्बई इण्डियन्सले गुजरात टाइटन्सको सामना गर्दै छ ।

 

आइपिएलमा चेन्नई सुपरकिंग्स, मुम्बई इण्डियन्स, गुजरात टाइटन्स, दिल्ली क्यापिटल्स, राजस्थान रोयल्स, लखनउ सुपरजाइन्ट, रोयल च्यालेन्जर्स बैंगलोर, सनराइजर्स हैदरावाद, पञ्जाव किंग्स र कोलकोता नाइटराइडर्स गरी १० फ्रेन्चाइजी खेल्दै छन् । यस बर्षको आइपिएलमा प्लेअफका चार खेलसहित कुल ७४ खेल खेलिदै छ ।
न्युज कारखाना

काठमाडौं, १० फागुन ।

बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले जेलबाहिरै बसेर मुद्दा लड्न पाउने भएका छन्।

बिहीबार उच्च अदालत पाटनले उनलाई जेल बाहिरै बसेर मुद्दाको पुनरावेदन गर्न पाउने अनुमति दिएसँगै जेलबाहिरै बसेर मुद्दा लड्न पाउने भएका हुन्।

उच्च अदालतका प्रवक्ता उपरजिस्ट्रार तीर्थराज भट्टराईले उक्त कुराबारे जानकारी दिएका छन्।

बलात्कार आरोपमा काठमाडौं जिल्ला अदालतले सन्दीपलाई ८ वर्ष कैद सजाय तोकेकोमा उनले त्यसविरुद्ध बिहीबार उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दर्ता गराएका छन्।
न्युज कारखाना

ललितपुर, १० फागुन ।

नेपाली कांग्रेसको जारी महासमिति बैठकमा पेश गरिएका चार वटा प्रस्ताव सर्वसम्मतीले पारित भएका छन्।

उपसभापति पूर्णबहादुर खड्काले पेश गरेको नीति प्रस्ताव, महामन्त्री गगन थापाले पेश गरेको सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले पेश गरेको समसामयिक राजनीतिक प्रस्ताव र लेखा समिति संयोजक श्याम घिमिरेले पेश गरेको लेखा परीक्षण प्रतिवेदन सर्वसम्मतीले पारित भएका हुन्।
न्युज कारखाना

काठमाडौं, १० फागुन ।

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीमा एकताको विकल्प नभएको बताएका छन्। महासमिति बैठकको समापन सत्रमा उनले पार्टीभित्र एकताको आवश्यकता रहेको औंल्याएका हुन्।

कांग्रेस रूपान्तरणको आफ्नो अविचलित यात्रा जारी रहेको बताउँदै उनले  महासमिति बैठकले भविष्यको कांग्रेस कस्तो हुने र बनाउने ठोस छलफल भएको बताए। यसले पार्टीमा नयाँ ऊर्जा सञ्चार गर्ने उनको विश्वास छ।

(नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले महासमिति बैठकको समापन सत्रमा  राख्नुभएको मन्तब्यको सम्पादित अंश)

नेपाली कांग्रेसका सभापतिज्यू,

पदाधिकारीहरु, केन्द्रिय सदस्यहरु,

महासमिति सदस्यहरु,

प्रदेश सभापतिहरु,

र उपस्थित अन्य सहभागी साथीहरु

नेपाली कांग्रेसको महासमिति बैठक सम्पन्न गरेर हामी सबै आफ्नो कार्यक्षेत्रमा फर्कदै छौं । बैठकमा उठेका राजनीतिक, आर्थिक, सामाजिक लगायत सुशासनका विषयहरुमाथि साथीहरु जुन गम्भिर तरिकाले मौखिक र लिखितरुपमा प्रस्तुत हुनु भयो त्यसले कांग्रेसमा उर्जा र उत्साह थप्ने छ भन्ने मैले विश्वास लिएको छु ।

आज हामी यसरी भेला भएर आफनो कर्मक्षेत्रमा फर्कन थाल्दा म केही भावुक भएको छु । आज हामी सबैले यस पुनित घडीमा विर्सन नहुने कांग्रेस ईतिहासलाई स्मरण गर्नुपरेको छ ।

१. देश बिदेशवाट उर्जा, उत्साह र नयाँ कांग्रेसको सम्भावना बोकेर आउनु भएका महासमिति सदस्यहरुलाई न्यानो जय नेपालको अभिवादन गर्दै भविष्यको कांग्रेस कस्तो र कसरी निर्माण गर्ने भन्ने सन्दर्भमा यो बैठकले एउटा ठोस दिशा प्राप्त गरोस भनी बृहत छलफल, बहश र बिवादले कांग्रेसको आन्तरिक जीवनमा जीवन्तता प्रदान गर्नेछ भन्ने बिश्वास लिएको छु ।

र लोकतान्त्रिक आन्दोलनमा लागेर अनेकन् दुःखकष्ट, बलिदान, प्रवासको कठोर जीवन, जेलनेलको यातना र आन्दोलनको क्रममा अविचलित भएका साथीहरुप्रति श्रद्धा, सम्मान र गौरव गर्दछु ।

२. महासमितिको यो बैठक समापन भईरहदा आन्दोलनमा लागेर यथोचित सम्मान पाउन नसकेकाको खोजी गरेर तिनको उचित मूल्यांकन गर्ने कार्य र त्यस्ता व्यक्ति, घटना र मोडहरुको खोजी, अनुसन्धान गरी लिपिबद्ध गरेर राख्ने कामको थालनी होस् ।

३. इतिहासका ती गौरवशाली क्षण र त्यसलाई दिशा निर्देश गर्ने नेताहरुको स्मरण गर्दै हाम्रा अग्रजहरुले राष्ट्र निर्माणको लागि हामीलाई सुम्पिएका अभिभारा सफलतापूर्वक सम्पन्न गर्न सकौँ भनी हामी सबैै आफ्नो कर्म क्षेत्रमा संकल्पका साथ फर्कदै छौँ ।

४. मलाई विश्वास छ महासमितिको बैठक पछि हामी नयाँ कांग्रेसको भावना सहित उर्जावान भएर आफनो राजनीतिक कर्मभूमिमा फर्कने छौँ र कांग्रेसको आदर्श, मूल्य र मान्यतालाई आम नागरिकविच स्थापित गराउन कुनै कसर वाँकी राख्ने छैनौं । यो अठोट गर्दा हामी कहाँ चुक्यौँ र किन हामीले राष्ट्रको अपेक्षा अनुसार हाम्रो देश नेपाललाई बस्न योग्य बनाउन सकिरहेका छैनौँ भनी चिन्ता मात्र होइन चिन्तन गर्न यो महासमितिवाट हामीलाई प्रेरणा मिलेको छ ।

५. कांग्रेस पार्टी आफ्नो इतिहासप्रति गौरव गर्दै वर्तमानलाई आकार दिएर भविष्यन्मूख भएरै अगाडि बढ्ने सन्देश महासमितिवाट प्राप्त भएको छ । एकातिर इतिहासप्रतिको जिम्मेवारी अर्कोतिर वर्तमान पुस्ताको समस्या सम्बोधन गर्दै भावी पुस्तालाई पार्टी विचार, मूल्य र आदर्शसंग अवगत गराउने सोच नै कांग्रेस भावना हो, विपी विचार हो भनी म बुझ्दछु । तसर्थ पार्टीको गुमेको मूल्य, पद्धति, विचार र आदर्शलाई पुर्नस्थापित गर्दै पार्टीको आन्तरिक जीवनमा कसरी पूर्नजागरण प्रवाह गर्ने भन्ने चिन्तालाई सम्पूर्ण कांग्रेसजनको सामुहिक चिन्ता मात्र होइन चिन्तन बनाएर लैजानुपर्ने आजको चुनौति छ । यसको लागि एकतावद्ध हुँदै अब अगाडि बढ्नुको विकल्प छैन । एकताका आधारहरु निर्माण गर्नुपर्ने दायित्व अझै हामी सबैको काँधमा छ । मेरो सारा प्रयत्न यसैमा छ र म चाहन्छु एकपटक इतिहासतर्फ फर्केर हाम्रा दिवगंत नेताहरुलाई साक्षी राखेर संकल्पका साथ अगाडि बढ्दा हामी एकतावद्ध भएर ठिक बाटो पहिल्याउन सक्छौँ ।

६. देशभित्र उठेका मुद्दाहरु र पार्टीलाई सुधार गर्ने विषयहरु माथि हामीले गम्भिर बहश र विचार राख्यौँ । कांग्रेसको गौरवशाली इतिहासलाई अक्षुण्य राख्न साथीहरुबाट अनेकन् सुझाबहरु पनि आए । भविष्यको कांग्रेस कस्तो हुने र कसरी अगाडि बढ्ने भन्नेबारे पनि सकारात्मक सुझावहरु आए ।

७. मैले धेरै पहिलेदेखि भन्दै आईरहेको छु । कांग्रेस आफ्नो मौलिक पहिचानबाट पर जान हुँदैन । त्यो भनेको कांग्रेसले आफ्नो मूल्य मान्यता र आदर्शप्रति अबिचलित रहेर देश र देशवासीको रुपान्तरण गर्ने हो । कांग्रेसको समर्थन क्षेत्रलाई विस्तार गर्ने हो । कांग्रेस खुम्चिनु भनेको देशमा लोकतन्त्रको बिस्तार अवरुद्ध हुनु हो । म ती साथीहरुको भावना र विचारसँग सहमत हुँदै कांग्रेस देशव्यापीरुपमा सशक्त भएर आफ्नै विचार, संगठन र कार्यकर्ताको विश्वास र भरोसामा लोकप्रियरुपमा स्थापित गर्न सकिन्छ भन्ने विचार राख्दछु । अर्थात मुख्य कुरा आम नागरिकलाई लोकतन्त्रको माध्यमवाट देशमा सुख, समृद्धि र सुशासन हुन्छ भन्ने प्रत्याभूति दिलाउनु रहेको छ । लोकतन्त्रको पर्यायवाची कांग्रेस भएकोले स्वभाविकरुपमा यो कार्यभार कांग्रेसको काँधमा आएको छ ।

यो बैठकमा ४ वटै समुहमा व्यापक छलफल भएको छ । महासमिति साथीहरुको भावनालाई प्रतिबिम्बित हुने गरी केन्द्रीय कार्यसमितिबाट परिमार्जन गरिने छ । यसै सन्दर्भमा हालको निर्वाचन प्रणालीलाई परिवर्तन गर्न सबै राजनीतिक दलहरुसँग संवादको लागी नेपाली कांग्रेसले पहल गर्ने छ ।

८. आम नागरिक आर्थिक कठिनाई, महंगी, बेरोजगारी, दण्डहिनता, भ्रष्टाचार, र कुशासनले आक्रान्त छन । निश्चय नै यस्तो कोलाहलपूर्ण अवस्थाले हामीलाई सुध्रिने र सच्चिने दबाब दिइरहेको छ भनी मैले बारम्वार भन्ने गरेको छु । कांग्रेसले इतिहासमा कैयन पटक आफुलाई नागरिक भाव अनुसार परिमार्जन र सुधार गर्दै मुलुकको आर्थिक र सामाजिक चेतनालाई सम्बोधन गरेको छ र यो पटक पनि कांग्रेसले आफु भित्रको लोकतान्त्रिक चरित्रलाई नेपाली जनतामाझ प्रस्तुत गरेको छ ।

९. तर मैले यसो भनीरहँदा विगत साढे तीन दशकको लोकतान्त्रिक समय हामीले पूणर्रुपमा खेर फालेका छौँ भनी शिर झुकाउनु पर्ने कुनै कारण छैन । यस विचमा लोकतान्त्रिक समाजवाद निर्माणको यात्रामा हामीले केही सफलता प्राप्त गरेका छौँ भनेर भन्ने आधार छन । खासगरी सामाजिक पूर्वाधारको क्षेत्रमा र नागरिकको सचेतनाको वृद्धिलाई लिएर दक्षिण एसियामा हामी खराव अवस्थामा छैनौँ ।

१०. पार्टीमा निष्ठावान, निस्वार्थ र संघर्षशिल साथीहरु ओझेलमा परे भन्ने आम गुनासो छ । पार्टीमा अवसरको न्यायोचित बितरण हाम्रो सामु चुनौतीको रुपमा खडा भएको छ । यसलाई उचित ढंगले सम्बोधन गर्दा पार्टीमा उर्जा प्रस्फुटन हुन्छ भन्ने कुरा मैले बुझेको छु ।

११. पार्टी संगठन मेशिन हो, मेशिन चलाउने कार्यकर्ताहरु पार्टीको रिडका हड्डी हुन । नेताहरु पार्टीका मूल्य, मान्यता, विचार र आदर्श वोक्ने सन्देश प्रवाह गर्ने संवाहक हुन । यि पक्षहरुको संयोजन र व्यवस्थापन गरेर अगाडि बढ्दा पार्टीको चक्का अगाडि बढ्छ । हामी जो नेतृत्व तहमा छौँ । हाम्रा विचार, व्यवहार र जीवनशैलीबाट कार्यकर्ताहरुले उर्जा र उमंग प्राप्त गर्छन । महासमितिको यो बैठकमा यसबारे साथीहरुले गम्भिरतापूर्वक आफ्नो विचारहरु प्रकट गर्नुभयो ।

अन्तमा,

आम जनतामा गम्भिररुपमा “यो देशमा केही हुँदैन” भन्ने न्यारेटिभ निर्माण भएको छ । यो निराशाको न्यारेटिभलाई चिर्न राज्य संयन्त्रमात्र पर्याप्त छैन, पार्टी संगठन व्यापकरुपमा परिचालित भई यो देशवासीको सुन्दर भविष्य निर्माण गर्ने कांग्रेस हो भन्ने अभियानमा हामी सबैै आजैबाट जुटौँ ।

महासमिति बैठकमा उपस्थित भएर आफ्नो अमुल्य मत र सहभागिता जनाउनु भएका सबैलाई म ह्रदयदेखी आभार व्यक्त गर्दछु, साथै कांग्रेस रुपान्तरणको मेरो अबिचलित यात्रा जारी छ भन्ने प्रण पनि तपाईहरु समक्ष गर्दछु । जय नेपाल ।
न्युज कारखाना

 

डा. शेखर कोइराला

२०८० फागुन १०

गोदावरी, ललितपुर

 

पर्सा, १० फागुन ।

बहुदरमाई नगरपालिका-९ बाट कटुवा पेस्तोल १ थानसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेहरूमा कालिकामाई गाउँपालिका-९ कटिबलुवा बस्ने ४४ वर्षीय दिपेन्द्र गिरी र पोखरिया नगरपालिका-९ बैरियाबिर्ता बस्ने ३७ वर्षीय शिवपुजन मुखिया रहेका छन् ।

 

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले ना.१२ प ४९७१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पेस्तोलसहित पक्राउ गरेको हो ।
न्युज कारखाना

 

ललितपुर, १० फागुन ।

नेपाली कांग्रेसको जारी महासमिति बैठकमा पेश गरिएका चार वटा प्रस्ताव सर्वसम्मतीले पारित भएका छन्।

उपसभापति पूर्णबहादुर खड्काले पेश गरेको नीति प्रस्ताव, महामन्त्री गगन थापाले पेश गरेको सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले पेश गरेको समसामयिक राजनीतिक प्रस्ताव र लेखा समिति संयोजक श्याम घिमिरेले पेश गरेको लेखा परीक्षण प्रतिवेदन सर्वसम्मतीले पारित भएका हुन्।

महामन्त्री थापाले चार वटै प्रस्ताव पारित गरिदिन गरेको आग्रहमा महासमिति सदस्यहरूले तालि बजाएर कांग्रेस केन्द्रीय समितिले अनुमोदन गर्ने गरी चार वटै प्रस्ताव सर्वसम्मतीले पारित गरेका हुन्। यससँग महामन्त्री थापाले पेस गरेको प्रतिवेदन अनुसार आगामी निर्वाचनमा कांग्रेस एक रूपमा प्रतिस्पर्धा गर्ने भएको छ।
न्युज कारखाना

काठमाडौं, १० फागुन ।

राप्रपा नेपालले आगामी चैत्र १ गते काठमाडौंमा बृहत् जनप्रदर्शन गर्ने भएको  छ ।

 

भ्रष्ट व्यवस्थाको अन्त्य गर्न, हिन्दुराष्ट्र र राजासंस्था स्थापना गर्न, प्रदेश संरचना खारेज गर्न,
भ्रष्टहरुलाई कानुनको कठघरामा उभ्याउन, मिटरव्याज,लघुवित्त र सहकारी पिडितको समस्या समाधान गर्न
जनआन्दोलनको तयारी गर्ने राप्रपा नेपालले निर्णय गरेको हो ।

 

आज काठमाडौंमा बसेको जनप्रदर्शन तयारी बैठकले चैत्र १ गतेको मिति तय गरेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

 

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष कमल थापाले एक्ला-एक्लै गरिने आन्दोलन निर्णायक हुन नसक्ने भन्दै संगठन निर्माण र आन्दोलनलाई सङ्गै लैजानुपर्नेमा बिशेष जोड दिए ।

 

थापाले
आन्दोलनलाई निष्कर्षमा पुर्याउन बृहत् राष्ट्रबादी मोर्चा निर्माण गर्नुपर्ने आबश्यक भएको भन्दै मोर्चा निर्माण गर्न राप्रपा नेपाल इमानदारीपुर्बक निरन्तर प्रयासरत रहेको समेत बताए । आन्दोलन औपचारिकता र कर्मकाण्डीमा सिमित नभई योजनाबद्ध र निरन्तर जारी रहने निर्णायक आन्दोलन आजको आबश्यकता भएको थापाको भनाई थियो ।

 

बैठकमा उपत्यका भित्रका नगर, क्षेत्र, जिल्ला अध्यक्षहरु तथा केन्द्रीय पदाधिकारी सदस्यहरुको सहभागिता रहेको थियो । जनप्रदर्शनको क्रममा उपत्यका भित्रमा क्षेत्रीय भेला, कोणसभाहरु गर्ने समेत निर्णय भएको छ ।
न्युज कारखाना

काठमाडौं, १० फागुन ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई हिन्दुराष्ट्रको मागसहित १ हजार ६१ जनाको हस्ताक्षर बुझाइएको छ ।

ललितपुरको गोदावरीमा चलेको महासमिति बैठकको समापन कार्यक्रम चलिरहँदा बिहीबार कांग्रेस नेता तथा वैदिक सनातन हिन्दुराष्ट्र स्थापना अभियानका संयोजक शंकर भण्डारीले हिन्दुराष्ट्रसहितको माग गर्दै १ हजार ६१ जनाको हस्ताक्षर सभापति देउवालाई बुझाएका हुन् ।

गत सोमबारबाट चलेको महासमिति बैठकमा पहिलो दिनदेखि नै हस्ताक्षर संकलन अभियान सुरु गरेका थिए । उक्त अभियानमा सहभागी हुँदै पूर्वमहामन्त्री डा.शंशाक कोइरालासहित ४२ जना केन्द्रीय सदस्यले हस्ताक्षर गरेका छन् ।

तर, बैठकको समापनका बेला हस्ताक्षर बुझाइए पनि चार दिन चलेको बैठकको एजेण्डाको रुपमा छलफल भने भएन ।
न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।