२०८३ श्रावण ३१
२०८३ श्रावण ३१

काठमाडौं,११ फागुन ।

नेपाल विद्युत प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बिपिडिबी)बीचको विद्युत बिक्री बार्ता सकारात्मक रुपमा अगाडि बढेको छ ।

आगागी वर्षायामबाटै बंगलादेशमा विद्युत् निर्यात गर्ने गरी दुई वर्षबीच जतिसक्दो छिट्टो विद्युत् बिक्री सम्झौता  गर्ने सहमति भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक बंगलादेशसँगको विद्युत बिक्री बार्ता सकारात्मक, यसै वर्षबाट विद्युत निर्यात गर्ने गरी छिट्टै सम्झौता हुने
काठमाडौं,१० फागुन । नेपाल विद्युत प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बिपिडिबी)बीचको विद्युत बिक्री बार्ता सकारात्मक रुपमा अगाडि बढेको छ ।

आगागी वर्षायामबाटै बंगलादेशमा विद्युत् निर्यात गर्ने गरी दुई वर्षबीच जतिसक्दो छिट्टो विद्युत् बिक्री सम्झौता ९एयधभच क्बभिक ब्नचभझभलत० गर्ने सहमति भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोली र  बिपिडिबीअन्तर्गतको बोलपत्र (बिड) मूल्याङ्कन समितिबीच बिहीबार बंगलादेशको ढाकामा बार्ता भएको थियो ।

विद्युत् बिक्री सम्झौतामा राखिने हरेक बुँदाहरुका विस्तृत रुपमा छलफल भएको र यसलाई अन्तिम रुप दिएर छिट्टै सम्झौता गर्ने सहमति भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

‘बिपिडिबीले त्यहाँको नियमन कानुनबमोजिम हामीसँग माग गरेअनुसार विद्युत बिक्रीको परिणामसहितको बोलपत्र पेश गरेका थियौं, हामीले पेश गरेको प्रस्ताव र सम्झौतामा राखिने बुँदाहरुमा  विस्तृत रुपमा छलफल गर्यौं’, घिसिङले भने, ‘उहाँहरुले पनि माथिल्लो निकायबाट स्वीकृति लिनु पर्ने रहेछ, स्वीकृतिलगायतका प्रक्रिया जति सक्दो छिट्टो सम्पन्न गरेर  आगामी वर्षायामबाटै नेपालबाट विद्युत खरिद गर्ने गरी सम्झौता गर्ने सहमति जुटेको छ ।’

प्राधिकरणले यसै हरेक वर्ष १५ जुनदेखि–१५ नोभेम्बरसम्म वर्षायामका ६ महिनामा ४० मेगावाटसम्म विद्युत निर्यातका बंगलादेशसमक्ष प्रस्ताव पठाएको छ ।

 

विद्युत् बिक्री सम्झौता पाँच वर्षको गर्न लागिएको छ । नेपालले ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत भारतको बरमपुर–भेरामारा प्रसारण लाइनबाट विद्युत निर्यात गर्ने गरी सम्झौता हुनेछ ।न्युज कारखाना

काठमाडौं, ११ फागुन ।

यसवर्षको प्रतिक्षित नेपाली फिल्म ‘महाजात्रा’ निर्माण समुहले ‘महाकमेडी यात्रा’ गर्ने भएको छ । निर्माण समुहले यसबारे जानकारी दिदै उक्त फागुन २१ देखि दुई चरणमा हुने जानकारी दिएको छ ।

 

‘हामीले फिल्मको प्रदर्शन अगाडि मोफसलका विभिन्न सहरमा पुगेर दर्शक भेटघाट गर्न लागेका हौँ । दर्शकसँग साक्षात्कार गर्दा हामीसँग रियालिटी शोमार्फत उदाउनुभएका कमेडियनसँगै हाम्रो फिल्मका कलाकारहरू हुनुहुनेछ’, निर्माता म्याक्स दीपेश खत्रीले बताए । उनका अनुसार फिल्मका तर्फबाट अभिनेता हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, राजाराम पौडेल, अभिनेत्री वर्षा राउत उक्त भ्रमणमा हुनेछन ।

‘महाकमेडी यात्रा’ २१ गते पोखराबाट सुरु भई २२ गते बुटवल, २५ गते धनगढीमा हुनेछ । यसको दोस्रो चरण फागुन ३० गते विर्तामोडबाट सुरू भई १ गते इटहरी, ३ गते हेटौडा र ४ गते नारायणगढमा विभिन्न प्रस्तुती हुनेछ ।

भ्रमणमा अभिनेत्री दीपाश्री निरौला, कमेडियन सुमन कार्की, मेक्सम गौडेल, कैलाश कार्की, सजन श्रेष्ठ, सुमन कोइराला, प्रभात लामा, सन्तोष थापासँगै कमेडी च्याम्पियनको तेस्रो सिजनका प्रतियोगीले तयार गरेका विभिन्न प्रस्तुतीमार्फत रोड शोमा दर्शकलाई मनोरञ्जन दिनेछन् ।

‘हामीले फिल्मको प्रचारप्रसारका लागि काठमाडौँ झैँ मोफसलमा पनि उत्तिकै गतिविधि गर्ने गरेका छौँ । त्यसैले यसपटक हामीसँगै दर्शक माँझ लोकप्रिय पछिल्लो पुस्ताका कमेडियनलाई लिएर दर्शकलाई भेट्न उहाँकै सहरमा पुग्दैछौँ’, निर्माता खत्रीले भने ।

निर्देशक प्रदीप भट्टराईले लेखन तथा निर्देशनमा ‘जात्रा’ र ‘जात्रै जात्रा’ को व्यावसायिक र समीक्षात्मक सफलतापछि तयार भएको तेस्रो शृङ्खला ‘महाजात्रा’ हो । ‘जात्रा’ शृङ्खलाकै कलाकारहरू विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अरविन खड्का, राजाराम पौडेलसँगै यसपटक अभिनेता हरिवंश आचार्य थपिएका छन् ।

यसपटक पैसा व्यवस्थापन गर्दा आइपर्ने समस्यानै फिल्मको कथा रहेको छ । तीन पात्रले पैसालाई लुकाउन खोज्दा विभिन्न परिस्थितिको सामना गर्छन् । जीवन समृद्ध तुल्याउने सपना र आपतकालीन रुपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई रोचक रुपले प्रस्तुत गरिने फिल्ममा हासो र रोदनको मिश्रण छ । अर्गानिक र यथार्थलाई प्रस्तुत गरिएकै कारण यो शृङ्खला दर्शकको प्रिय बनेको छ ।

यसले नेपाली फिल्मले अन्तर्राष्ट्रिय बजारमार्फत पाउने सर्वाधिक रकम पाईसकेको छ । कथा लेखनकै क्रममा ‘महाजात्रा’ को बनेको ब्राण्डको कारण भारत बाहेकको विदेश प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टका लागि छत्र थापाले खरिद गरिसकेका छन् । उनले नेपालसँगै फिल्म आगामी चैत ९ गते नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुने बताए ।

 

फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अर्जुन जंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहने छ । फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् ।

 

यसमा जित बहादुर रुवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायाँकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल सङ्गीतकार, शमशेर लामा शृङ्गार, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर, अनिल खड्का मुख्य सहायक निर्देशक रहेका छन् ।न्युज कारखाना

काठमाडौं, ११ फागुन ।

गैरआवासीय नेपाली संघ(एनआरएनए)का अध्यक्ष राजेन्द्रकुमार शर्मा(आरके) नेतृत्वको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेको छ ।

शर्माको नेतृत्वमा रहेको टोलीले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीलाई भेट्दै गैरआवासीय नागरिकताको अधिकार दिने नियम छिटो ल्याउन र गैरआवासीय नेपाली संघको भवनलाई सरकारले प्रक्रिया अनुसार लिजमा एनआरएनएलाई दिन आग्रह गरेको हो ।

प्रधानमन्त्रीसँगको भेटमा गैरआवासीय नागरिकता पाउने व्यवस्था भएपनि नागरिकता अनुसार पाउनुपर्ने अधिकार नपाएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको अध्यक्ष आरके शर्माले जानकारी दिए ।

‘अदालतको फैसलालाई सम्मान गर्दै अहिले एनआरएनए रहेको मुख्यालय लिजमा अन्य कानुनी आधारबाट एनआरएनएलाई प्रयोग गर्न दिने व्यवस्था मिलाउन सम्माननीय प्रधानमन्त्रीलाई अनुरोध गरेका छौं,’शर्माले भेटपछि भने,‘सम्माननीय प्रधानमन्त्री ज्यूले नागरिकतामा पाउने अधिकारहरुको विषयमा छिट्टै कानुनी व्यवस्था हुने र नियम अनुसार भवनको विषयमा निर्णय हुने आश्वासन दिनु भएको छ।’

 

प्रधानमन्त्रीसँग भेटमा एनआरएनएका निवर्तमान अध्यक्ष कुल आचार्यले गैरआवासीय नागरिकता पाएपछि पाउनुपर्ने अधिकार नपाएको हुँदा विभिन्न समस्या भोग्नु परेको हुँदा यसलाई सहजीकरण गर्न आग्रह गरेका थिए । आचार्य गैरआवासिय नागरिकताका बारेमा सबैभन्दा सकृय अभियन्ता हुन ।

भेटमा एनआरएनए उपाध्यक्ष गंगाधर गौतमले एनआरएनएको भवनको लागि जग्गा किन्नेहरु दोषी रहेको भन्दै उनीहरुलाई पनि कानुनी दायरामा ल्याउनुपर्ने र सरकारले विशेष निर्णय गरेर केही समयको लागि भवन एनआरएनएलाई दिनुपर्ने बताए । उनले आफुहरु यो विरुद्ध अदालतमा जाने पक्षमा नरहेको जानकारी पनि  प्रधानमन्त्रीलाई दिए ।

प्रधानमन्त्रीसँगको भेटमा एनआरएनए निबर्तमान उपाध्यक्ष एबं अभियन्ता डिबी क्षेत्री,उपाध्यक्ष खगेन्द्र न्यौपाने,एनआरएनएका सल्लाहकार शनि कुमार ओली,जनसम्पर्क सभापति अमेरिकाका सभापति आनन्द बिष्ट,एनआरएनए अभियन्ताहरु रोशन केसी,भवानी पन्त लगायतका अभियन्ताहरुको सहभागीता रहेको  थियो  ।न्युज कारखाना

काठमाडौं, ११ फागुन ।

प्रतिनिधिसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलबीच आरोपप्रत्यारोप चलिरहेको छ ।

शुक्रबार  बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्ने क्रममा राजेन्द्रकुमार केसीले प्रतिपक्षी दलका सांसदको असहयोग गरेको आरोप लगाएपछि प्रतिपक्षी दलका सांसदले कडा प्रतिवाद गरेका छन् ।

प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक पदम गिरी, रास्वपाका विराजभक्त श्रेष्ठ, राप्रपाका ज्ञानेन्द्र शाहीले सरकारको कडा आलोचना गर्दैै प्रतिपक्षी दलमाथि हिलो नछ्याप्न चेतावनी दिए ।

सरकार बहुमतको हो भने विधेयक पास गर्न र हैन भने सरकारबाट हट्न गिरीले चुनौती दिँदा श्रेष्ठले बहुमतको सरकार हो भन्नेले प्रतिपक्षीमाथि आरोप नलगाउन बताए । साथै उनले गठबन्धनमा प्वाल परेको हो भनेर प्रश्न पनि गरे ।

शाहीले पनि सरकारले हत्यारालाई कारबाही नहुने भने सदन नचल्ने चेतावनी दिए ।

प्रतिपक्षी दलका सांसदको आरोपलाई खण्डन गर्दै सत्तारुढ माओवादीका सांसद माधव सापकोटाले सदन चल्न नदिने चेतावनी दिने सांसदलाई राजीनामा दिन चुनौती दिए । न्युज कारखाना

काठमाडौ, ११ फागुन ।

नेपाली बजारमा शुक्रबार सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ घटेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ प्रतितोला १ लाख १८ हजार रुपैयाँ कायम रहेको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १७ हजार ४५० रुपैयाँ कायम छ ।

यसअघि बिहीबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो ।

यता, आज चाँदीको भाउ भने प्रतितोला ५ रुपैयाँले घटेर १३ सय ९५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बिहीबार चाँदीको भाउ तोलाकोे १४ सय रुपैयाँ रहेको थियो । न्युज कारखाना

काठमाडौ, ११ फागुन ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदका लागि कर्मचारी मागेको छ। प्राधिकरणले आज एक सूचना प्रकाशन गर्दै ९८ जना माग गरेको हो । प्राधिकरणले आर्थिक वर्ष २०८०/०८१ को असार मसान्तसम्म रिक्त हुने उपनिर्देशकदेखि सहायकसम्मक विभिन्न पदका लागि पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो।

प्राधिकरणले प्राविधिकतर्फ दसौं तहको उपनिर्देशक, प्रबन्धक, उपप्रबन्धक, वरिष्ठ अधिकृतमा १÷१ जना, एयर ट्राफिकतर्फ वरिष्ठ अधिकृतमा ४३ जना दरखास्त मागेको हो। त्यस्तै विभिन्न उपसमूहतर्फ वरिष्ठ सहायक र सहायक पदमा पनि आवेदन खुला गरेको प्रधिकरणले जनाएको हो।

प्राधिकरणले प्राविधिक सहायक एभिएशन फायर सर्भिसेसतर्फ १७ जना माग गरेको छ । योग्य नेपालीहरूले चैत १ गतेसम्म र दोब्बर दस्तुर तिरेर चैत ८ गतेसम्म अनलाइनमार्फत आवेदन फाराम भर्न सक्नेछन् ।

दरखास्त शुल्क विभिन्न पदअनुसार फरकफरक निर्धारण गरिएको छ।न्युज कारखाना

काठमाडौ, ११ फागुन ।

कृषि विकास बैंकले कर्मचारी माग गरेको छ । शुक्रबार सार्वजनिक  सूचना निकालेर बैंकले स्थायी दरबन्दीका लागि ११२ कर्मचारी माग गरेको हो ।

बैंकले २ जना शाखा प्रमुख, २ जना वरिष्ठ लेखा अधिकृत, ३२ जना व्यवसाय अधिकृत, २ जना कम्प्युटर अधिकृत, १ जना आईटी इन्जिनियर, ६ जना कर्जा अधिकृतका लागि आवेदन खुलाएको हो।

त्यस्तै १६ जना व्यवसाय सहायक, एकजना कानुन सहायक, ३ जना कर्जा सहायक, १ जना ओभरसियर र ४६ जना लेखापाल मागेको छ।
योग्यता पुगेका इच्छुक आवेदकले शुक्रबारदेखि चैत १ गतेसम्म आवेदन दिन सक्नेछन् । इच्छुकले अनलाइनबाट फाराम भर्न सक्ने बैंकले जनाएको छ । नियुक्त हुने कर्मचारीले बैंकले खटाएको जुनसुकै शाखा कार्यालयमा काम गर्नुपर्ने सूचनामा उल्लेख छ।न्युज कारखाना

न्युयोर्क, ११ फागुन ।

गाजामा इजरायली हमला तत्काल रोक्न चीनले माग गरेको छ ।

 

चीनले प्यालेस्टाइनी भुमीमा इजरायली हमलाले हजारौं निर्दोषको ज्यान गएको भन्दै त्यसलाइ रोक्नु पर्ने जनाएको हो ।

‘गाजामा तत्काल युद्धविराम अन्तर्राष्ट्रिय समुदायको ‘साझा चाहना’ हो, चीनका राष्ट्रसंघीय राजदूत झाङ जुनले भने

संयुक्त राष्ट्र सुरक्षा परिषद्मा बोल्दै संयुक्त राष्ट्रका लागि चीनका प्रतिनिधि झाङ जुनले गाजामा युद्धविराम ‘निर्दोष जीवन बचाउन र व्यापक युद्ध रोक्नको लागि अत्यावश्यक आवश्यकता’ भएको बताएका  हुन् ।

 

गाजामा तत्काल युद्धविरामको लागि आह्वान गर्ने प्रस्तावमा बुधबार आफ्नो भिटो प्रयोग गरेकोमा अमेरिकाको चीनले तिव्र आलोचनासमेत गरेको थियो । उसले  वाशिंगटनलाई जिम्मेवार मनोवृत्ति देखाउन र स्थापित सहमतिको सम्मान गर्न पनि आह्वान गरेको छ ।

 

उनले भने,  ‘अन्तर्राष्ट्रिय समुदायले व्यक्त गरेको साझा इच्छा र काउन्सिलको भारी बहुमतको सहमति तत्काल युद्धविराम हो।’न्युज कारखाना

मुम्बइ, ११ फागुन ।

केही चलचित्र राम्रा छन्, कोही धेरै राम्रा छन् र कोही त्योभन्दा परका छन्, यो तेस्रो प्रकार हो।

 

यो फिल्ममा यामी गौतम देख्दा रमाइलो लाग्यो । यो उत्कृष्ट पुनरागमन हो। यसअघि कश्मीरमाथि धेरै फिल्म बनेका छन् तर  ‘आर्टिकल ३७०’ अचम्मको छ । फिल्ममा एक्सन र इमोसनलाई राम्रोसँग सन्तुलनमा राखिएको छ । हेर्नै पर्ने फिल्मकाे रूपमा भारतीय मिडियाले लेखेका छन् ।

बलिउडमा यस्ता धेरै फिल्म बनेका छन् जसले देशको इतिहास बताउँछन् तर  ‘आर्टिकल ३७०’ ती फिल्ममध्ये एक हो जसको लामो समयदेखि प्रतिक्षा थियो । यामी गौतमको कामले फिल्ममा आकर्षण थपेको छ । फिल्ममा  ‘आर्टिकल ३७०’ कसरी हटाइयो र सरकारले कस्ता कठिनाइबाट गुज्रनु परेको देखाइएको छ । यस फिल्ममा यामी गौतम कश्मीरी स्टाइलमा देखिएकी छिन् । फिल्म कश्मीरको सुन्दर उपत्यकाबाट सुरु हुन्छ र त्यसपछि कथा राम्रो गतिमा अगाडि बढ्छ।

 

‘आर्टिकल ३७०’ लाई वास्तविक अर्थमा बुझ्ने र त्यस समयको परिस्थिति जान्न चाहनेहरूका लागि यो फिल्म हो। फिल्ममा प्रधानमन्त्री नरेन्द्र मोदीको भूमिकामा अरुण गोविल निकै राम्रो देखिएका छन् । साथै, जब तपाइँ फिल्म हेर्नुहुन्छ, तपाइँ कश्मीर र  ‘आर्टिकल ३७०’ लाई राम्रो तरिकाले थाहा पाउन सक्नु हुनेछ।

 

यामी गौतमले उत्कृष्ट काम गरेकी छिन्, उनले फिल्मभर आफ्नो अभिनयले सबैलाई व्यस्त राखेकी छिन् । यामीको यो एक्सन मोडले तपाईको दिमागमा फरक छाप छोड्नेछ। जहाँ अरुण गोविलले प्रधानमन्त्रीको भूमिका निर्वाह गरेका छन् र उनी आफैंमा प्रशंसनीय छन् । साथै, प्रियमणी, वैभव तत्ववादी, किरण कर्माकर र राज जुत्शीले सहायक भूमिकामा राम्रो काम गरेका छन्। यो फिल्मको हरेक पात्र आफैमा उत्कृष्ट छ ।

 

फिल्म ‘आर्टिकल ३७०’ लाई आदित्य जांभळेले निर्देशन गरेका हुन् र उनले फिल्म मार्फत के भन्न चाहेका कुरा पनि राम्ररी बुझाइएको छ । फिल्ममा उनको पकड देखिन्छ र यो फिल्म पछिल्लो समयको उत्कृष्ट फिल्ममा गनिनेछ र यसको कारण पनि अद्भूत निर्देशन नै हो । न्युज कारखाना

नयाँदिल्ली, ११ फागुन ।

अनुष्का शर्मा र विराट कोहली हालै दोस्रो पटक अभिभावक बनेका छन् । खुशीले यो जोडीको ढोका ढकढक्याएको छ । यता, उनका छोरालाई लिएर सामाजिक सञ्जालमा अनेक किसिमका अड्कलबाजी सुरु भएको छ ।

 

अकायको नागरिकताको बारेमा अहिले चर्चा र परिचर्चा भइरहेको छ । केही प्रयोगकर्ताले अनुष्काले बेलायतको नागरिकता पाउनका लागि लण्डनमा छोरालाई जन्म दिएको बताएका छन्

 

यद्यपि, यो हुन सक्दैन किनभने बेलायतको नागरिकताका लागि आमाबाबुमध्ये एकसँग बेलायतको नागरिकता हुनु आवश्यक छ। वा तिनीहरू लामो समय देखि त्यहाँ बसिरहेका हुन सक्छन्। तर विराट र अनुष्का दुवै भारतीय नागरिक हुन् र यहीँ बस्छन्।

 

यस्तो अवस्थामा उनका छोरा अकायले भारतको नागरिकता पाउने भएका छन् । अकायसँग युके राहदानी हुनु पर्छ। तर, विराट अनुष्कालाई लण्डन किन यति धेरै मन पर्छ भन्ने कुरा क्रिकेटर आफैंले आफ्नो एक अन्तर्वार्तामा खुलासा गरेका थिए । जसमा उनले त्यहाँ पापाराजी संस्कृति नभएकाले बच्चाको गोपनीयतामा कुनै बाधा नआउने भएकाले लन्डन जान लागेको बताएका थिए ।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।