२०८३ श्रावण ३१
२०८३ श्रावण ३१

काठमाडौं, १४ फागुन ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सांसदहरुले उठाएका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ नदिएपछि आपत्ति जनाएको छ ।

सोमबार प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै एमालेका सांसद गोकुल बाँस्कोटाले प्रतिपक्षी दलका सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई दुई दिनको समय दिँदा पनि नजरअन्दाज गरिएको आरोप लगाए ।

सभामुखबाटै रुलिङ भइसक्दा पनि प्रधानमन्त्री प्रचण्डले जवाफ नदिएको भन्दै उनले यसरी बैठक अघि बढ्न नसक्ने बताए ।

बालकुमारीसहित विभिन्न घटना तथा मिटरब्याजीको समस्या समाधानका विषयमा सरकारको जवाफ माग्दै एमालेसहित प्रतिपक्षी दलले सरकारको जवाफ मागेको छ । न्युज कारखाना

रौतहट १४ फागुन।
मधेश प्रदेश प्रहरी कार्यालय प्रमुख डिआईजी यज्ञबिनोद पोखरेलको कडा निर्देशनपछि सर्वसाधारण व्यापारीको ३१ थान मोबाइलसँगै दुईलाख रुपैया ठग्ने बहालवाला एकजना प्रहरी सहायक हवल्दार र एकजना प्रहरी जवानलाई कानुनी कारवाहीको दायरामा ल्याइएको छ।

डिआईजी पोखरेलको निर्देशनमा आरोपीद्वय जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत सहायक हवलदार दीपेन्द्र कुमार राज र जवान रोशन कुमार यादव प्रहरी हिरासतमा पुगेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषामा दुवैजनामाथि आइतबार आपराधिक विश्वासघात र आपराधिक लाभ शिर्षकमा दुद्दा दर्ता भएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता एसएसपी श्याम कुमार महतोले बताएका छन।

आइतबार नै जिल्ला अदालत धनुषाबाट ७ दिनको म्याद थमाएर दुबैजनालाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखेर घटना सम्बन्धी अनुसन्धान भइरहेको प्रवक्ता एसएसपी महतोले जानकारी दिएका छन्।

महोत्तरीको महोत्तरी गाउँपालिका- ५ घर भएका सहायक हवलदार दीपेन्द्र र सुनसरी जिल्लाको देवागन्ज गाँउपालिका २ घर भएका प्रहरी जवान रोशन मिलेर जनकपुरका एकजना व्यापारीसँग यही ८ फागुनमा विभिन्न ब्राण्डको ३१ थान मोबाइल खरिद गरेका थिए।

पछी मोबाईल फिर्ता गर्ने भनेर व्यापारीसँग दुईलाख रुपैयाँसमेत लिएर पटकपटक माग गर्दा पनि फिर्ता नगरेपछि बाध्य भएर पीडित व्यापारीले १३  फागुनमा उनीहरू विरुद्ध प्रदेश प्रहरी कार्यालयमा लिखित उजुरी दिएका थिए।

उजुरीपछि सहायक हवल्दार दीपेन्द्र कुमार राज र जवान रोशन कुमार यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेपछि उनकै बयानको आधारमा सोहि दिन जनकपुर उमनपा ७ अन्जनीमाई कुटी को उत्तर पोखरीको डिलमा तल झाडीमा स्यानो रातो ब्यागमा लुकाई छिपाई राखेको उक्त ३१ थान मोबाईल र दुईलाख मध्ये ९५ हजार रुपैयाँ उनीहरूको रोहवारमै बरामद भएको थियो।

 

दुईदिनको अनुसन्धान पछि हिजोदेखि कार्वाही प्रक्रिया सुरु गरिएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले जारीहरेको सूचनामा उल्लेख गरिएको छ।

डिआईजी पोखरेलकै सक्रियतामा केही दिनअघि रौतहटस्थित सरस्वतीको मूर्ति बिसर्जनको बिषयमा उत्पन्न हिन्दू मुस्लिमबीचको सम्प्रदायिक झगडा सहजरूपमा मिलाइएको थियो।न्युज कारखाना

काठमाडौँ, १४ फागुन ।

राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपिजे) को आयोजनामा मैत्रीपूर्ण फुटसल प्रतियोगिता हुने भएको छ ।

 

आगामी चैत १७ गते हुने उक्त प्रतियोगतामा विगत वर्षमा झैं यसवर्ष पनि विभिन्न सञ्चार संस्थामा आबद्ध भएका फोटो पत्रकार तथा पत्रकारहरुको टोलीवीच मैत्रिपूर्ण फुटबल आयोजना गर्न लागिएको एनएफपिजेका अध्यक्ष प्रदिपराज वन्तले जानकारी दिए ।

उनका अनुसार उक्त प्रतियोगिताको तयारीका लागि सानो भर्‍याङस्थित स्वस्तिश्री गुरुकुल स्कुलमा फुट्सल प्रशिक्षण सुरु गरिएको छ ।आगामी वैशाख १३ गते राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा बंगलादेशको फोटो पत्रकार र नारायणगञ्ज क्वलका सदस्यहरूवीच तय भएको मैत्रिपूर्ण फुटबल खेलका लागि नेपाल एनएफपिजेले उक्त प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ संस्थाका साथीहरू स्वस्थ पनि रहुन र अन्य संघसंस्थासँग पनि मैत्रिपूर्ण खेल खेल्न सकियोस् भन्ने उद्देश्यले फुट्सल मार्फत प्रशिक्षण थालेको एनएफपिजेका अध्यक्ष वन्तले बताए ।

 

यसअघि गतवर्ष असारमा राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को २५ औँ वार्षिक उपलक्ष्यमा पनि फुट्सल प्रतियोगिता आयोजना गरिएको थियो ।न्युज कारखाना

रौतहट, १४ फागुन ।

लामो समयदेखि आफूले दुध बेचेको पैसा नपाएपछि रौतहटका दूध उत्पादक किसानहरू मारमा परेका छन् ।

 

नेपाल सरकारको स्वामित्वमा रहेको डिडिसीले रौतहटका दूध उत्पादक किसानको साढे ५ करोड रुपैयाँ तिर्न बाँकी रहेको छ । यस्तै विभिन्न निजी डेरीहरुले रौतहटका किसानबाट लगेको दुधको ३ करोड पैसा दिन सकेका छैनन् ।

दुधको पैसा समयमा नआएपछि रौतटका दूध उत्पादक किसानहरुले आन्दोलनका कार्यक्रम तय गरेका छन् । रौतहटको गरुडा भन्दा उत्तरी भेगका किसानले उत्पादन गरेको दुध बेचेको साढे ८ करोड रुपैयाँ डेरीहरुले नतिरेपछि दुध उत्पादक किसानहरु समस्यामा परेका हुन्

 

दुध उत्पादक जिल्ला संघ रौतहटका अध्यक्ष कृष्णप्रसाद अधिकारीका अनुसार रौतहटका दूध उत्पादक किसानहरूले फागुन १४ गते जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी मार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराउने कार्यक्रम तय भएको छ । त्य

 

स्तै दुध उत्पादक किसानहरूले १७ गते पूर्वपश्चिम महेन्द्र राजमार्गको चन्द्रनिगापुरमा २ घण्टा चक्काजाम गरेर सम्बन्धित निकायको ध्यानाकर्षण गराउने बताइएको छ ।

 

यो कार्यक्रम देशभरका ७७ वटै जिल्लामा दूध उत्पादक किसानहरुले गर्ने रौतहट जिल्ला दुध उत्पादक संघका अध्यक्ष अधिकारीले जानकारी दिएका छन् ।

त्यति गर्दा पनि सुनवाई नभए देशभरका दूध उत्पादक किसानहरूले २१ गते काठमाडौँस्थित माइतीघर मण्डलामा सरकारको विरुद्ध प्रदर्शन गर्ने तयारी गरेका छन् ।

 

रौतहट जिल्लामा मात्र दैनिक ३० हजार लिटर दूध उत्पादन हुने गरेको छ । रौतहटमा उत्पादन भएको दुध हेटौंडा स्थित नेपाल सरकारको स्वामित्वमा रहेको डिडिसी र विभिन्न निजी डेरीहरुले लाने गरेका छन् ।

 

दुध बेचेको पैसा समयमा डेरीहरुले भुक्तानी नगरेका कारण रौतहटमा दुध उत्पादनमा सक्रिय किसानहरुले पशुलाई दाना खुवाउने पैसा समेत नभएको गुनासो गरेका छन् ।

 

विगत छ महिनादेखि दूधबिक्री गरेको पैसा नपाएपछि व्यवसायिक रुपमा पशुपालनमा लागेका किसानहरुलाई घर चलाउन नै समस्या भएपछि उनीहरुले आन्दोलन गर्न बाध्य भएको किसानहरुले बताएका छन् ।

छ महिनासम्म दूधको पैसा नदिएका निजी तथा सरकारी स्वामित्वका डेरीहरुले समयमा किसानले उत्पादन गरेको दुध समेत खरिद नगर्दा किसानहरु दुध फाल्न बाध्य भएको उनीहरूको गुनासो रहेको छ ।

 

दुध बेचेको पैसा समयमा नआउँदा व्यवसायिक रुपमा ठूलो संख्यामा पशुपालन गर्दै आएका रौचाटका किसानहरु मारमा परेका छन् ।

सरकारले आफूहरूको समस्या समयमा समाधान नगरेका कारण आफूहरूले बाध्य भएर विभिन्न संघर्षका कार्यक्रम गर्नुपरेको उत्पादक जिल्ला संघ रौतहटका अध्यक्ष अधिकारीको भनाइ रहेको छ ।न्युज कारखाना

 

काठमाडौं, १४ फागुन ।

पछिल्लो केही महिनादेखि भारतसहित विश्वभर आर्टिफिसियल इन्टेलिजेन्स अर्थात एआईको बारेमा धेरै चर्चा भइरहेको छ ।

 

अमेरिकी कम्पनी ओपनएआईले च्याटबट सेवा च्यापजीपीटी लन्च गरेर नयाँ तरिकाले इन्टरनेट सर्च सेवा प्रयोग गर्ने विकल्प विश्वलाई देखाए पछि यसले नयाँ बहस सिर्जना गरेको छ ।

 

यस्तो अवस्थामा विश्वको सबैभन्दा लोकप्रिय सर्च इन्जिन गुगल कसरी पछि पर्न सक्छ ? गुगलले एआई टेक्नोलोजी भएको च्याटबट सेवा जेमिनी एआई पनि लन्च गरेको थियो तर अब यस सेवाका केही सुविधाहरू विवादमा परेका छन्।

 

जेमिनी एआईमा समावेश गरिएका नयाँ सुविधाहरूको बारेमा धेरै विवादहरू पछि गुगलले आफ्नो जेमिनी एआई च्याटबटको छवि जेनेरेसन क्षमता तत्कालका लागि रोकेको छ। माउन्टेन भ्यू, क्यालिफोर्नियामा आधारित कम्पनीले स्वीकार गर्यो कि जेमिनीले केही ऐतिहासिक फोटोहरूमा अशुद्धता प्रस्तुत गरेको थियो। यस बाहेक कम्पनीले चाँडै नै यस फिचरको राम्रो संस्करण लन्च गर्ने दाबी गरेको छ ।

 

टेक्स्टबाट छविहरू सिर्जना गर्ने जेमिनीको नयाँ सुविधाहरूको बारेमा जानकारी दिँदै गुगलले आफ्नो आधिकारिक च्यानलमार्फत जानकारी दियो, ‘यसमा धेरै मानिसहरूको चासो छ र यो सामान्यतया राम्रो कुरा हो किनभने विश्वभरका मानिसहरूले यसलाई प्रयोग गर्छन्। तर यहाँ यसको चिन्ह छैन।’

 

गुगलले अर्को पोष्टमा पुष्टि गर्‍यो कि यसले हाल जेमिनीका छविहरू उत्पन्न गर्ने सुविधाहरू रोकिरहेको छ। गुगलले थप भनेको छ, ‘हामी जेमिनीको छवि बनाउने सुविधाहरूमा देखिएका समस्याहरू समाधान गर्न काम गरिरहेका छौं। हामीले यो गरिरहँदा हामी जेमिनी इमेजिङ सेवा तत्काल खारेज गर्दैछौं र चाँडै सुधारिएको संस्करण सुरु गर्नेछौं।’न्युज कारखाना

बारा, १४ फागुन ।

बारा जिल्ला दुध उत्पादक सहकारी संघ लि.ले किसानको माग सम्बोधनमा सरकार जिम्मेवार नभएको भन्दै केन्द्रिय दुग्ध सहकारी संघ लि. नेपालद्वारा घोषणा गरेको राष्ट्र व्यापी दुग्ध किसान आन्दोलनमा एकेबद्धता जाहेर गर्दै आन्दोलन घोषणा गरेका छन् ।

संघले आज बाराको निजगढ नगरपालिकाको सभाहालमा पत्रकार सम्मेलन गर्दै दुध उत्पादक किसानको माग सम्बोधनमा नभएकाले आन्दोलनमा उत्रिन बाध्य भएको बताएका छन् ।

 

बारा जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि. मा यस जिल्लाका ४ वटा दुग्ध उत्पादक सहकारी संस्थाका ११ हजार किसान परिवारको आवद्द छन । दुग्ध सहकारीमार्फत दैनिक ६० हजार लिटर दुग्ध संकलन गर्दै करीब ५० लाख रकम शहरको पैसा गाउँ भित्र्याउँदै ग्रामिण अर्थतन्त्र मजबुत बनाउन कृयासिल रहेको यस सघंमा रहेका दुग्ध संकलन गर्ने डेरी उद्योगहरुले यस क्षेत्रका किसानको विगत ३ महिना देखिको करीब १८ करोड रुपैयाँ भुक्तानी बक्यौता पाउन नसकेको बारा जिल्ला दुध उत्पादक सहकारी संघ लिका जिल्ला अध्यक्ष पुरुषोत्तम भट्टराईले जानकारी दिए ।

 

उनले भने,‘विभिन्न बहनामा यस भेगका किसानले अघोषित मिल्क होलिडेको सामना गरिरहेको छन्, जसले गर्दा आज बारा जिल्लाको दैनिक १२ हजार लिटर दुग्ध बिक्री भईरहेको छैन र दुध उत्पादन तथा बिक्री वितरणमा भोग्नुपरेका समस्या समाधान गर्न सरकारले चासो नदिएपछि बाध्य भएर आन्दोलनमा उत्रिएको हो ।’

संघले दुग्ध किसानको देशका निजी डेरी उद्योगहरुद्वारा बारा जिल्ला भित्रका सहकारी मार्फत विगत ३ महिनादेखि बाँकी रहेको रकम रु. १८ करोड भन्दा बढी दुग्धको रकम अबिलम्ब भूक्तानी गराउनु पर्ने, हाल किसानले भोगिरहेको मिल्क होलिडे तुरुन्त बन्द गराउनु पर्ने, अनियमित रुपमा आयातित दुग्ध एवं दुग्ध जन्य पदार्थहरुलाई पूर्ण बन्द गराई मौज्दात रहेका दुग्ध जन्य पदार्थ नेपाल सरकारको कुटनीतिक पहलद्वारा अन्तर्राष्ट्रिय बजारमा अबिलम्ब बिक्री गर्ने व्यवस्था गरिनुपर्ने, दुग्ध किसानलाई यस पेशामा जोगाई राख्न कृषि कर्जामा अनुदान कार्यक्रम विगत वर्षमा झैं यथासिघ्र उपलब्ध गराउनुपर्ने, उत्पादन लागत घटाउने कार्यक्रम अभियानका रुपमा सञ्चालन गराउनुपर्ने, पशु आहार र पशु औषधीमा भैरहेको मूल्य बृद्धि नियन्त्रण गरी अनुदानको व्यवस्था गरिनु पर्ने, दुग्धमा प्रति लिटर ५ रूपैयाँ नुदान सबै प्रदेशका किसानले पाउनुपर्ने, निर्यातित दुग्ध जन्य पदार्थमा अनुदानको व्यवस्था गराउनुपर्ने, दुग्ध तथा दुग्ध जन्य पदार्थ निर्यातका लागि खोरेत लगायतका रोग मुक्त घोषणा गर्ने र बिमा कार्यक्रमलाई प्राथमिकतामा राखि पशु बिमाको रकम तुरुन्तै प्राप्त हुने व्यवस्था गर्नुपर्ने माग राखेका छन ।

दुधको भूक्तानी नपाएसम्म आन्दोलन गर्नै दुग्ध सहकारी संघको चेतावनी

 

यसैबीच, केन्दीय दुग्ध सहकारी संघ लिले दुधको भूक्तानी दिन सरकारले आनाकानी गरेको भन्दै विरोध स्वरुप दुग्ध उत्पादक किसानहरुले नेपाल भरी बन्द गर्ने चेतावनी दिएका छन् ।

भुक्तानी यथाशिघ्र उपलब्ध गराउन माग गर्दै पटक पटक भएको आन्दोलन र नेपाल सरकारसँग भएको सम्झौतामा सरकार गम्भीर नभएको केन्दीय दुग्ध सहकारी संघ लि नेपालका सचिव थानेश्वर सापकोटाले बताए । उनले भने,‘नेपाल सरकारसँग मिति २०८० मंसिर २६ गते सम्झौता भएकोमा उक्त सहमती कार्यन्वयन नभएको र दुध उत्पादक किसानको माग सम्बोधनमा सरकार गम्भीर सामेत देखिदैन । उता भारतीय दुधले बजार पाउँदा स्वदेशमा उत्पादित दूधले बजार नपाएको र बिक्री भएको दूधको रकम समेत नपाएको हुदाँ आन्दोलन बहेक अन्य कुनै बिकल्प नभएका करण हामी आन्दोलन गर्नै बाध्य छाैं।’

६६ जिल्लाका एक हजार सात सय पचास बढी सहकारी आवद्घ रहेको केन्दीय दुग्ध सहकारी संघ लिको समेत सहभागितामा दुग्ध उत्पादक कृषकहरुले दुग्ध बिक्री वापत पाउनुपर्ने रकम भूक्तानी लगायतका विषयमा फाल्गुन १७ गते १० बजेदेखि १२ बजेसम्म सबै जिल्लाका राजमार्गमा शान्ति पूर्ण रुपमा चक्का जान गर्ने, फाल्गुन २१ गतेदेखि माईतीघर मण्डलामा माग पूरा नभए सम्म धर्ना तथा विरोध प्रदर्शन गर्ने, मुलुकका १५ वटा किसान संगठनद्वारा घोषित सम्पूर्ण आन्दोलनलाई सशक्त बनाई वृहत किसान आन्दोलनद्वारा घोषित मागहरु पूरा गर्न निरन्तर आन्दोलित हुने जानाएको छ ।

 

संघले मुलुक भरीका दुग्ध किसानको पेशागत हकहित संरक्षणका लागि घोषित आन्दोलनलाई सशक्त बनाउन योगदान गर्ने र आन्दोलनलाई साथ समर्थन, सहभागिता तथा सकरात्मक विचार प्रवाहका लागि राजनितीक दल, संघ संस्थाहरु, किसान महानुभावहरु, सहकारी कर्मीहरु, जनप्रतिनिधीहरु एवम् आम जनतालाई अनुरोध समेत गरेको छ ।न्युज कारखाना

पेरिस, १४ फागुन ।

६ दिनको हडताल पछि विश्व प्रसिद्द एफिल टावर खुल्ने भएको छ ।

 

पेरिसको एफिल टावर हडतालका कारण ६ दिन बन्द भएपछि आइतबार आगन्तुकहरूका लागि पुनः खोल्ने अपेक्षा गरिएको हो ।

टावर व्यवस्थापन गर्ने तरिकाको आन्तरिक विवादका कारण गत सोमबार पहिलो पटक कामदारहरू त्यहाँबाट बाहिरिएका थिए । यसका अपरेटरले शनिबार युनियनहरूसँग सम्झौता भएको बताए पछि खुल्ने अपेक्षा गरिएको हो ।

 

गत तीन महिनामा प्रतिष्ठित ल्यान्डमार्कमा यो दोस्रो यस्तो स्ट्राइक हो । पेरिस यस गर्मीमा २०२४ ओलम्पिक खेलहरू आयोजना गरिदैँछ ।

 

टावरको व्यवस्थापन गर्दै आएको सेटेले टिकट लिइसकेकाहरूसँग माफी मागेको छ र उनीहरूलाई कारबाहीबाट प्रभावित बुकिङहरूको लागि क्षतिपूर्ति दिइनेसमेत बताएको छ । हडतालका कारणा लगभग १ लाख टिकटहरू रद्द हुन पुगेका थिए ।

 

शक्तिशाली कन्फेडेरेशन जेनेरेल डु ट्राभेल (सीजीटी) युनियनका अनुसार कर्मचारीहरूले सेटेजको को व्यापार मोडेलमा हड्ताल गर्ने निर्णय गरेको थियो, जुन यसले भविष्यमा आगन्तुक संख्याको बढेको अनुमानमा आधारित थियो ।
न्युज कारखाना

काठमाडौं, १४ फागुन ।

लिभरपुलले इएफएल (काराबाओ) कप जितेको छ ।

गएराती सम्पन्न फाइनल खेलमा चेल्सीलाई १-० गोल अन्तरले पराजित गर्दै लिभरपुलले इएफएल कपको उपाधि जितेको हो ।

लिभरपुलको जितमा खेलको ३० मिनेटको अतिरिक्त समयमा भिर्गिल भान डाइकले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । उनले खेलको ११८औं मिनेटमा गोल गरेका थिए ।

यो जितसँगै लिभरपुलले इएफएल कप सबैभन्दा बढी १० पटक जितेको छ ।

इएफएल कप लिभरपुलपछि म्यानचेस्टर सिटीले ८, म्यानचेस्टर युनाइटेडले ६, चेल्सी र एस्टन भिल्लाले ५-५ पटक जितेका छन् ।न्युज कारखाना

काठमाडौं, १४ फागुन ।

प्रतिनिधिसभा बैठक बस्दैँछ ।

 

संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ ।

 

संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा सभामुख देबराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सबन्धी पत्रको ब्योहोरा पढेर सुनाउने छन् ।

 

राष्ट्रियसभामा उत्पति भएको बिधायन सबन्धी बिधेयक २०८० का सबन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश सहितको बिधयेक टेबुल गरिनेछ ।

 

साथै, उधोग बाणिज्य तथा आपुर्ती मन्त्रालयको कार्यभार सम्हालेका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले राष्ट्रियसभामा उत्पति भएको बिधुत ब्यापार बिधेयक २०८०’ माथी बिचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

 

अर्थ मन्त्री प्रकाशशरण महतले आब २०८१÷८२ का लागि बिनियोजन बिधेयकका सिदान्त र प्राथमिकता सबन्धमा (कर प्रस्तावबाहेक) माथी छलफल गरियोस भनी प्रस्ताव पेश गर्ने कार्यसुची रहेको महासचिव पदमप्रसाद पाण्डेयद्दारा जारी गरिएको सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ । न्युज कारखाना

आजमिति २०८० साल फागुन १४ गते तदअनुसार फेब्रुअरी २६, २०२४ सोमबार, कृष्णपक्षको द्वितीया तिथि, हस्ता नक्षत्र, घृति योग । यो योगमा अति शुभफलदायक योग हो । यो योगमा गृहआरम्भ कार्यमा विशेष सफलता मिल्नेछ ।

 

• अभिजित् मुहूर्त: बिहान ११:५५५ देखि १२:४० सम्म,

• काठमाण्डौंमा सुर्योदय: बिहान ०६:३२

• सुर्यास्त: बेलुका ०६:०३ बजे

 

मेष: • तपाईंको स्वास्थ्यमा उतार चढाव हुन सक्छ। तर नियमित चेकअप र औषधी सेवन गर्नुहोला। धन आय बढ्नेछ। परिवारमा सुख शान्ति रहनेछ। प्रेममा रमाइला क्रियाकलापमा सहभागी हुनुहोला।

शुभ रंग: पहेंलो

शुभ अंक: ७

 

वृषभः • तपाईंको स्वास्थ्यमा उतार चढाव हुन सक्छ। तर नियमित चेकअप र औषधी सेवन गर्नुहोला। धन खर्च बढ्नेछ। परिवारमा केही तनाव हुन सक्छ। प्रेममा विश्वास र समझदारी बढाउनुहोला।

शुभ रंग: हरियो

शुभ अंक: ६

 

मिथुन:  तपाईंको स्वास्थ्य सबल रहनेछ। तर अति व्यस्तता बाट बच्नुहोला। धन लाभ हुनेछ। परिवारमा सुख शान्ति रहनेछ। प्रेममा रोमान्स फुल्नेछ।

शुभ रंग: पहेलो

शुभ अंक: ५

 

कर्कट: तपाईंको स्वास्थ्यमा सुधार हुनेछ। तर अति ठण्डी बाट बच्नुहोला। धन खर्च बढ्नेछ। परिवारमा केही असहमति हुन सक्छ। प्रेममा विचार र भावना बाँड्नुहोला।

शुभ रंग: गुलाबी

शुभ अंक: ३

 

सिंह:  तपाईंको स्वास्थ्य राम्रो रहनेछ। तर अति गर्मी बाट बच्नुहोला। धन लाभ हुनेछ। परिवारमा आनन्द रहनेछ। प्रेममा विश्वास र सम्मान बढ्नेछ।

शुभ रंग: केसरी

शुभ अंक: ९

 

कन्या: • तपाईंको स्वास्थ्यमा ध्यान दिनुहोला। खानाको मात्रा र प्रकृति नियन्त्रणमा राख्नुहोला। धन लाभ हुनेछ। परिवारमा समर्थन र सहयोग पाउनेछ। प्रेममा नयाँ सम्बन्ध बन्न सक्छ।

शुभ रंग: नीलो

शुभ अंक: २

 

तुला: तपाईंको स्वास्थ्य सबल रहनेछ। तर अति व्यस्तता बाट बच्नुहोला। धन आय बढ्नेछ। परिवारमा सुख शान्ति रहनेछ। प्रेममा रोमान्स फुल्नेछ।

शुभ रंग: चाँदी

शुभ अंक: १२

 

वृश्चिक:  तपाईंको स्वास्थ्यमा सुधार हुनेछ। तर अति ठण्डी बाट बच्नुहोला। धन खर्च बढ्नेछ। परिवारमा केही असहमति हुन सक्छ। प्रेममा विचार र भावना सेयर गर्नुहोला।

शुभ रंग: रातो

शुभ अंक: ११

 

धनु: तपाईंको स्वास्थ्यमा ध्यान दिनुहोला। तर तनाव र चिन्ता बाट बच्नुहोला। धन लाभ हुनेछ। परिवारमा सुख शान्ति रहनेछ। प्रेममा रोमान्स फुल्नेछ।

शुभ रंग: निलो

शुभ अंक: ८

 

मकर:  तपाईंको स्वास्थ्य सबल रहनेछ। तर अति व्यस्तता बाट बच्नुहोला। धन आय बढ्नेछ। परिवारमा सुख शान्ति रहनेछ। प्रेममा रोमान्स फुल्नेछ।

शुभ रंग: चाँदी

शुभ अंक: १२

 

कुम्भ: तपाईंको स्वास्थ्यमा उतार चढाव हुन सक्छ। तर नियमित चेकअप र औषधी सेवन गर्नुहोला। धन खर्च बढ्नेछ। परिवारमा केही असहमति हुन सक्छ। प्रेममा विचार र भावना साट्नुहोला।

शुभ रंग: रातो

शुभ अंक: ११

 

मीन: तपाईंको स्वास्थ्य सबल रहनेछ। तर अति व्यस्तता बाट बच्नुहोला। धन आय बढ्नेछ। परिवारमा सुख शान्ति रहनेछ। प्रेममा रमाइला क्रियाकलापमा सहभागी हुनुहोला।

शुभ रंग: कालो

शुभ अंक: ४

 

राशिफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला । राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरीएको हुन्छ । जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । निर्णय गर्दा तपाईंको आफ्नै अन्तर्ज्ञान र निर्णय प्रयोग गर्न सधैं महत्त्वपूर्ण छ।

 

राशिफल लेखक युवा ज्योतिष जनक खड्का, वैदिक ज्योतिषका विज्ञ मानिन्छन् उनि ज्योतिष परामर्श केन्द्रको सञ्चालक समेत हुन्।न्युज कारखाना

 

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।