२०८३ श्रावण ३०
२०८३ श्रावण ३०

मुम्बई, १४ फागुन ।

चर्चित गजल गायक पंकज उदासको निधन भएको छ ।

 

पद्मश्री पंकज उदास लामो समयदेखि बिरामी थिए । ७२ वर्षीय उदासको आज बिहान निधन भएको छ । उनकी छोरी नायब उदासले सो जानकारी दिएकी हुन् ।

 

नायबले सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गरेका छन्, ‘धेरै गहिरो हृदयका साथ, लामो समयदेखि बिरामी भएर २६ फेब्रुअरी २०२४ मा पद्मश्री पंकज उदासको दुखद निधन भएको खबर गर्दैछौं।’

 

पंकज उदास लामो समयदेखि बिरामी थिए, उनलाई १० दिनअघि मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । जहाँ उनले आज बिहान ११ बजे अन्तिम सास लिए ।न्युज कारखाना

 

पंकज उदासको निधनको खबर आएपछि सबैले उहाँलाई सम्झेर श्रद्धाञ्जली अर्पण गरिरहेका छन् । यो खबरले संगीत जगतमा शोकको माहोल छाएको छ ।

 

पंकाज उदास ‘चिठी आयी है…’ र ‘जिए तो जिये कैसे….’ जस्ता धेरै प्रसिद्ध गीत र गजलका लागि परिचित छन्। उनले नाम, साजन र मोहरा लगायत धेरै  हिन्दी फिल्महरूमा पार्श्व गायकको रूपमा पनि आफ्नो छाप छाडेका छन ।

 

पंकज उदासको मंगलबार अन्तिम संस्कार गरिने परिवारले जनाएको छ ।

काठमाडौं, १४ फागुन ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले  निर्वाचनका बेला कर्णालीमा भएका चुनावीसभाहरूमा व्यक्त गरेका प्रतिवद्धताहरू पूरा हुँदै गएको बताएका छन्।

उनले निर्वाचनका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल र आफूले कालिकोटमा सम्बोधन गर्ने क्रममा बोलेको कुरामध्ये एउटा काम पुरा भएको बताए। सोमबार कालिकोटको सुनथराली विमानस्थल उद्घाटन कार्यक्रममा खड्काले प्रतिबद्धता अनुसार नेपाल एयरलाइन्सको जहाजले सातामा एक दिन सुनथराली विमानस्थलमा उडान भर्ने बताए।

कालिकोटका नागरिकलाई यातायातमा सहज हुनेगरी तीनै तहका सरकारले समन्वय गर्ने पनि उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले बताए। उनले वर्तमान प्रधानमन्त्री र आफूले निर्वाचनका बेला कर्णालीमा गरेका प्रतिवद्धता क्रमश: पूरा गर्न आफूहरू प्रतिबद्ध रहेको बताए।

उपप्रधानमन्त्री खड्काले हरेक बजेटमा कर्णालीलाई प्राथमिकता दिएको भन्दै यहाँको समस्याबारे आफू जानकार रहेकाे पनि बताए। शिक्षा, स्वास्थ र पूर्वाधारको विकासमा सबै दलहरू एकजुट हुनुपर्नेमा उनको जोड छ।

‘कर्णालीको विकासमा राजनीति गर्न हुँदैन । सबै मिलेर कर्णालीको विकासमा हातेमालो गरौं । कर्णाली राजमार्ग, भेरी करिडोर, मुगुका प्रमुख सडकहरू निर्माण गर्नेदेखि विद्युत् उत्पादनका क्षेत्रका कामहरूमा पनि सबैले हातेमालो भएर लाग्नुपर्छ,’ उनले भने।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले कालिकोटको शिक्षा, स्वास्थ्य, पूर्वाधार  र यातायाततर्फकाे विकासमा सबै दल एकजुट हुनुपर्ने बताए। उनले भने, ‘कालिकोटको विकासकाे लागि केन्द्र सरकारकाे तर्फबाट पहल गरिरहेकाे छु, कालिकोटका पर्यटकीय क्षेत्रकाे विकासको लागि र कर्णाली प्रदेशको विकासको लागि नेपाल सरकारले एक किसिमको खाका तयार गरेको छ ।’

मुलुकमा विमानस्थल कम भएपनि जहाजको सेवा कालिकोटका गरिब जनता, सुत्केरी महिला र बृद्धबृद्धाहरूकाे लागि सहयोगी हुने बताए।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले १०–१५ वर्षमा कर्णालीलाई समृद्ध प्रदेश बनाउन सकिने बताउँदै त्यसका लागि सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा  पर्यटनमन्त्री सुदन किराँती, मुख्यमन्त्री राजकुमार शर्मा, पूर्वमुख्यमन्त्री तथा सांसद महेन्द्रबहादुर शाही र पूर्वमुख्यमन्त्री तथा कर्णाली प्रदेशसभा सदस्य जीवनबहादुर शाहीलगायतको उपस्थिति रहेको थियो।न्युज कारखाना

पर्सा, १४ फागुन ।

छोरी जन्मिएपछि नारायणी अस्पतालमै बच्चा छाडेर फरार भएकी आमा अझै भेटिएकी छैनन्। गत शनिबार बिहान साढे ६ बजे नारायणी अस्पतालमा भर्ना भएकी वीरगञ्ज–६ रानीघाट ठेगाना र सीतादवी नाम लेखाएकी महिलाले सामान्य अवस्थामा नै छोरीलाई जन्म दिएकी थिइन्।

अस्पतालमा उनीसँगै उनकी सासु बेडीदेवी पनि पुगेकी थिइन्। छोरीको जन्म भएपछि सासुसँग भनाभन हुँदा अस्पतालमै बच्चा छाडेर सीतादेवी फरार भएकी थिइन्। हजुरआमा पनि सम्पर्कविहीन भएपछि बच्चा अहिले अस्पतालमै छ। बच्चाको अवस्था समान्य रहेको तथा बच्चाको आमा वा घरपरिवारबाट कसैले हालसम्म अस्पतालमा सम्पर्क नगरेको नारायणी अस्पतालमा प्रवक्ता डा. उदय नारायण सिंहले जानकारी दिए।

 

अस्पतालमा सीतादेवीले आफ्ना श्रीमान्‌को नाम दीपक कानु लेखाएकी छन्। उनले लेखाएको ठेगाना गलत रहेको तथा छोरी जन्मिएका कारणले नै बच्चालाई छोडेर हिँडेको हुनसक्ने उनले बताए। यसअघि सीतादेवीले तीन छोरी जन्माएको सिंहले बताए।

 

बच्चालाई छाडेर आमा र परिवारजन फरार भएपछि अस्पतालले पर्सा प्रहरीलाई खबर गरेको थियो। आइतबारदेखि नै प्रहरीले बच्चाको आमा र परिवारलाई खोजी गरिरहेको भए पनि हालसम्म भेटाउन नसकिएको पर्साका प्रहरी प्रवक्ता डिएसपी कुमारविक्रम थापाले जानकारी दिए। ठेगाना गलत भएकोले खोजीमा अप्ठयारो भइरहेको बताउँदै खोजी कार्य भने जारी रहेको उनले बताए।न्युज कारखाना

काठमाडौं, १४ फागुन ।

बारामा एउटा वर्कसपमा ग्यास सिलिन्डर पड्किँदा एक जनाको मृत्यु भएको छ। घटनामा अन्य पाँच जना घाइते भएका छन्।

बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार मृत्यु हुनेमा निजगढ नगरपालिका-५ का ४५ वर्षीय रेशम मगर रहेका छन्

निगढ-७ बजारमा रहेको उनको वर्कसप लेथमा ग्यास बेल्डिङ गर्ने क्रममा सिलिन्डर पड्किँदा सोमबार मध्यान्ह उनी गम्भीर घाइते भएका थिए। उनको उपचारको क्रममा बयोधा अस्पताल वीरगन्जमा दिउँसो साढे १ बजे मृत्यु भएको न्यौपानेले बताए।

यस्तै, घाइते हुनेमा निजगढ नगरपालिका-५ का ४५ वर्षीय सूर्यबहादुर थापा घाइते भएका छन्। उनको सामुदायिक प्रसूति गृह बारामा उपचार भइरहेको छ।

यस्तै, पर्सा वीरगन्व महानगरपालिका-९ बस्ने ३४ वर्षीय फिरोद देवान घाइते भएका छन्। उनको बयोधा अस्पताल वीरगन्जमा उपचार भइरहेको छ।

यस्तै, वीरगन्ज-९ कै २० वर्षीय रितु रजक घाइते छन्। उनको सोही अस्पतालमा उपचार भइरहेको छ।

यसैगरी, भारत गवाई बस्ने ३५ वर्षीय राकेश जयसवाल र भारत रामघडजाका २० वर्षीय अरविन साह घाइते भएका छन्। उनको बयोधा अस्पतालमै उपचार भइरहेको न्यौपानेले बताए।न्युज कारखाना

काठमाडौं, १४ फागुन ।

निर्वाचन आयोगले आगामी १५ वैशाखमा हुने निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ ।

सार्वजनिक तालिकाअनुसार इलाम जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ र बझाङ जिल्ला प्रतिनिधिसभा निर्वाचन १ (१) को लागि हुने उपनिर्वाचनका लागि आउँदो २४ चैतमा मनोनयन दर्ताको लागि समय निर्धारण गरिएको छ ।

साथै २७ चैतमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गर्ने तालिकामा उल्लेख छ ।

यही १६ फागुनदेखि मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरी २२ चैतमा अन्तिम मतदाता नामावली प्रकाशन गरिने आयोगका सहायक प्रवक्ता डा. थानेश्वर भुसालले जानकारी दिए । साथै दल दर्ताका लागि २४–३० फागुनसम्म समय तोकिएको छ ।

.
यसबारे जारी आयोगको विज्ञप्तिको पूर्णपाठ 

इलाम जिल्ला प्रतिनिधि सभानिर्वाचन क्षेत्र नं.२ तथा बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभानिर्वाचन क्षेत्र नं. १ मा मिति २०८१वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आयोगबाट आज मिति २०८० फागुन १४ गते निर्वाचन कार्यतालिका स्वीकृत भएको छ। स्वीकृत निर्वाचन कार्यतालिका अनुसार मिति२०८० फागुन १६ गतेदेखिमतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरी २०८० चैत्र २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ। सो उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दल दर्ता गर्नको लागि मिति २०८० फागुन २४ गते देखि ३० गते सम्मको म्याद दिईसूचना प्रकाशन गरिनेछ।
आज स्वीकृत गरिएको कार्यतालिका अनुसार २०८० चैत्र २२गते मुख्य निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनागरी मिति २०८० चैत्र २४ गतेदेखि २७ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ। निर्वाचन कार्यक्रम अनुसारमिति २०८० चैत्र २४गते उम्मेदवारको मनोनयन दर्ता र चैत्र२७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह वितरण गरिनेछ। साथैमिति २०८० चैत्र २८गतेदेखि २०८१ वैशाख १२ गतेसम्मप्रचारप्रसारको अवधि रहनेछ। मिति २०८१ वैशाख १५ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदानहुनेछ।

डा. थानेश्वर भुसाल
उपसचिव एवम् सहायक प्रवक्ता
न्युज कारखाना

काठमाडौं, १४ फागुन ।

सोलुखुम्बुको कालापत्थरमा सर्वाधिक उचाईमा नृत्यको रेकर्ड राख्दै गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता गराएकी अभिनेत्री छिरिङ शेर्पाले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’को प्रमाणपत्र लिएकी छन् ।

 

छिरिङ र जगदिश गुरुङ(जेडी तमु)ले सन् २०२२ नोभेम्बर १७ मा ५ हजारा २ सय ७८ मिटरको उचाईमा कोरियोग्राफी गर्दै ‘द हाइएस्ट एल्टिच्यूड कोरियोग्राफ्ड डान्स अन ल्याण्ड(पेयर)’को रेकर्ड राखेका थिए ।

 

राष्ट्रपति पौडेलले शेर्पालाई प्रमाणपत्र हस्तान्तरण गर्दै उनलाई बधाई दिएका थिए । सन् २०२४ को स्प्रिङ(अप्रिल­–मे­)मा सगरमाथासमेत आरोहण गर्न लागेकी छिरिङलाई आरोहणको शुभकामना पनि दिएका थिए ।

 

‘राष्ट्रपतिज्यूले एक महिलाले पाएको यो उपलब्धि देशकै लागि गर्वको कुरा रहेको बताउनुभयो’,छिरिङले भनिन्, ‘यो सम्मानले मेरो एउटा सपना पुरा भएको छ ।’

राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा संघीय सांसद् एवं अर्थ समिति सभापति सन्तोष चालिसे, बागमती प्रदेशका सांसद छिरिङ दोर्जे लामा, गोकर्णेश्वर नगरपालिकाका मेयर दीपकप्रसाद रिसाल, गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एवं वडा ५ का वडाध्यक्ष नारायणप्रसाद सुवेदी, गोकर्णेश्वर नगरपालिका वडा ५ का सदस्य धर्मथिङ लामा, नेपाली काँग्रेस महासमिति सदस्य हरिबोल भण्डारी र नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य प्रविन घिमिरेलगायतको उपस्थिति थियो ।

 

छिरिङले आफूले हिमाल आरोहणका क्रममा ज्यान गुमाएका शेर्पा समुदायप्रति समर्पित गर्दै सगरमाथा आरोहण गर्न लागेको बताइन् । ‘हिमाल आरोहणका क्रममा शेर्पा समुदायका धेरै व्यक्तिहरुले ज्यान गुमाउनु परेको छ । उनीहरुले राज्यको तर्फबाट केही राहत पनि पाउन सकेका छैनन् । आर्थिक अवस्था नाजुक बन्दै गएको छ । त्यसकारण उनीहरुको आवाजलाई बुलन्द पार्नका लागि सगरमाथा आरोहण गर्न लागेकी हुँ’, उनले भनिन् ।

 

छिरिङले पासाङ ल्हामु फाउण्डेसनबाट हिमाल आरोहण सम्बन्धी तालिम लिइसकेकी छन् । उनी ८ के एक्सिपिडिसनबाट ‘माई भ्वाइस फर शेर्पा क्लाइम्बर्स’ नारासहित सगरमाथा आरोहण गर्न लागेकी हुन् ।

 

दर्जन म्यूजिक भिडियोमा समेत अभिनय गरिसकेकी छिरिङ शेर्पा समुदायकी पहिलो अभिनेत्री पनि हुन् । शेर्पा फिल्म ‘तिन्छेन फामा’मा अभिनय गरेकी उनले फिल्म ‘कार्साङ’मार्फत नेपाली रजतपटमा डेब्यू गर्दैछिन् । फिल्म ‘तिन्छेन फामा’ले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबाट अवार्ड पनि पाएको थियो । उनी टेलिभिजन रियालिटी शो ‘डान्सिङ स्टार नेपाल सिजन २’को विजेतासमेत हुन् । छिरिङसँग शेर्पा समुदायको सौन्दर्य प्रतियोगिता आयोजनाको अनुभव पनि छ ।

 

सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–६ मा जन्मिएकी छिरिङ हाल गोर्कणेश्वर नगरपालिका वडा नम्बर ५ नारायणटारमा बस्छिन् ।न्युज कारखाना

काठमाडौं, १४ फागुन ।

सत्तारुढ कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले आरोपप्रत्यारोको शृङ्खलाले सदनमा मूल विषय छायाँमा परेको बताएका छन् ।

 

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनले केही दिनयता सत्ता पक्ष र प्रतिपक्षी दलका सांसदबीच चलेको आरोपप्रत्यारोपले मूल विषय छायाँमा परेको बताएका हुन् ।

आरोपप्रत्यारोपले मूल विषय छायाँमा पर्ने भएकाले आयोगले पोलेको, सहकारी ठग्ने र दुईचारथान नागरिकता राख्नेलाई घर पठाएर अनुसन्धान गर्न लगाउनुपर्ने बताए ।

‘विगत केही दिनदेखि यताकोले उता बसेको दागी देख्ने, उताकोले यता बसेको दागी देखाउने दोहोरी चलिरहेको छ । यही पाराले न संसद राम्ररी चल्ने भयो । मूल विषय पनि छायाँमा पर्ने भयो । अब यसो गर्न लगाऔँ,’ उनले भने, ‘आसनको दायाँ बस्ने होस् कि बायाँ बस्ने होस्, काखैको होस् कि पाखैको होस् । अख्तिायारले डामेको, आयोगले पोलेको र सरकारी जग्गामा आँखा गाडेको झन्डावालाको झन्डा छोपेर घर पठाइदिऊँ । अनि सहकारी ठग्ने, दुईचारथान नागरिकता राख्नेलाई पनि यहाँ राखेर होइन, घरै पठाइदिएर अनुसन्धान गर्न लगाऔँ । यति गर्न सकेदेखि के होला ? निर्दाेष भए फर्केर आउनुहोला, फूलमाला लगाएर स्वागत गरौँला । दोषी भए दण्ड व्यहोर्नुहोला । अलि अलि सफा गर्न सकेदेखि अनि बडोमजाले यहाँ मिटरब्याजकोबारेमा, दूधको किसानले दूधको मूल्य नपाएकोबारेमा, एनसेलको प्रतिवेदनबारे जमेर सार्थक छलफल गर्न सकिन्थ्योहोला । होइन भने यताकोले उता देखाउने, उताकोले यता देखाउने दोहोरी चलिनै राख्ने भयो । ”न्युज कारखाना

काठमाडौँ, १४ फागुन ।

नेपाल क्रिकेट संघ (क्यान) राष्ट्रिय टिमका खेलाडीको २०२४ को सेन्ट्रल कन्ट्रयाक अनुमोदन गरेको छ ।

फागुन १२ र १४ गते बसेको क्यानको केन्द्रीय समितीको बैठकले पुरुष र महिला क्रिकेटरको २०२४ को सेन्ट्रल कन्ट्रयाक अनुमोदन गरेको हो ।

क्यानको सेन्ट्रल कन्ट्रयाक अनुसार पुरुष खेलाडीहरुले ग्रेड ए मा एक लाख, बी मा ७० हजार, सी मा ५५ हजार, डी मा ३५ हजार र इमार्जिंग क्याटोगरीमा ३५ हजार मासिक पारिश्रमिक उपलब्ध गराउने भएको छ ।

त्यसै गरी महिला क्रिकेटरहरुले ग्रेड ए मा ५० हजार, बी मा ३५ हजार, सी मा ३० हजार, डी मा २५ हजार र इमार्जिंग क्याटोगरिमा २० हजार मासिक पारिश्रमिक पाउने क्यानले जनाएको छ ।

सेन्ट्रल कन्ट्रयाक पाउने खेलाडीको सूची: 

पुरुष क्रिकेटर:

ग्रेड ए- रोहित पौडेल, सोमपाल कामी, करण केसी, दिपेन्द्र सिंह ऐरी, असिफ सेख र कुशल भुर्तेल ।
ग्रेड बी- कुशल मल्ल, गुल्शन झा, भिम सार्की, ललित राजबंशी, आरिफ सेख र अविनाश बोहोरा ।
ग्रेड सी- विनोद भण्डारी, अर्जुन साउद, सन्दीप जोरा र प्रतिस जिसी ।
ग्रेड डी- पवन सराफ, सागर ढकाल, अनिल शाह, विवेक यादव, आकास चन्द, बसिर अहमद र सुर्य तामाङ ।
इमर्जिङ क्याटोगरि- दिपेश कँडेल, रुपेस सिंह, रिजन ढकाल, विपिन खत्री, देव खनाल, अर्जुन घर्ति र हेमन्त धामी ।

महिला क्रिकेटर- 

ग्रेड ए- इन्दु बर्मा, रुबिना क्षेत्री र सीता राना मगर ।
ग्रेड बी- कविता कुँवर ।
ग्रेड सी- पुजा महतो र अश्मिना कर्माचार्य ।
ग्रेड डी- अप्सरी बेगम, कविता जोशी, संगीता राई, काजोल श्रेष्ठ र विन्दु रावल ।
इमर्जिङ क्याटोगरी- सोनी पाख्रिन, खुसि डंगोल, ज्योत्सनिका मरासिनी, कन्चन श्रेष्ठ, रुबी पोदार, सृष्टि जैसी, सम्झना खड्का र सना प्रविन ।न्युज कारखाना

काठमाडौँ, १४ फागुन ।

भारतले इङल्याण्डविरुद्धको टेस्ट सिरिजमा तेस्रो जित हासिल गरेको छ । भारतले सोमबार चौथो टेस्ट ५ विकेटले जित हासिल गर्दै जारी सिरिजमा ३-१ को अग्रता हासिल गरेको छ र सिरिज पनि जितेको छ ।

 

इङल्याण्डले पहिला ब्याटिंग गर्दै ३५३ रन बनाएको थियो भने भारतले पहिलो इनिंगमा ३०७ रन बनाएको थियो । त्यस्तै इङल्याण्ड दोस्रो इनिंगमा १४५ रनमा अल आउट भएपछि भारतले टेस्ट जित्न १९२ रनको लक्ष्य पाएको थियो । सो लक्ष्य भारतले ५ विकेट गुमाएर पुरा गरेको छ ।

 

यस टेस्टमा इङल्याण्डका जो रुटले पहिलो इनिंगमा १२२ रनको शतकीय पारी खेलेका थिए । त्यस्तै भारतका लागि ध्रुव जुरेलले पहिलो इनिंगमा ९० रनको पारी खेलेका थिए ।

 

त्यसैगरी भारतका बलर आर आश्विनले इङल्याण्डलाई दोस्रो इनिंगमा १४५ रनमा अल आउट गर्ने क्रममा ५ विकेट लिएका थिए ।

 

यस सिरिजमा पहिलो टेस्ट इङल्याण्डले २८ रनले जितेको थियो भने त्यसपछिका तीन खेल भारतले जितेको छ । अब सिरिजको पाँचौं टेस्ट आगामी मार्च ७ देखि धर्मशालामा शुरु हुने छ ।न्युज कारखाना

काठमाडौं, १४ फागुन ।

संसदमा आर्थिक वर्ष २०८१/८२ को ‘बजेटका सिद्धान्त र प्राथमिकता’ पेस गरिएको छ ।

सोमबार बसेको प्रतिनिनधिसभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८१/८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेका हुन् ।

सरकारले बजेटमाथि पर्याप्त छलफल गर्नको लागि तीन महिनाअघि नै छलफल थाल्नेगरी आज संसद्मा पेस गरेको हो ।

साथै सोमबार नै राष्ट्रिय सभामा पनि अर्थमन्त्री महतले आर्थिक वर्ष २०८१/८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।

प्रतिनिधिसभामा अर्थमन्त्री महतले उक्त प्रस्तावबारे जानकारी गराइरहेकाले राष्ट्रिय सभा बैठक सोमबार नै बस्नेगरी २१ मिनेटका लागि स्थगित गरिएको छ । न्युज कारखाना

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।