काठमाडौं, १७ फागुन ।
राष्ट्रियसभा बैठक बस्दैँछ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजे बोलाइएको छ ।
संङघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार बिधायन ब्यवस्थापन समितिका सभापति जयन्ती देवी राइले स्थानिय तहको कानुन निर्माण प्रक्रिया एवम अभ्यास सबन्धमा स्थलगत अध्ययन, अनुगमन एवम अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन, २०८० सभा समक्ष पेश हुनेछ ।
साथै, आगामी आर्थिक बर्ष २०८१÷८२ का लागि बिनियोजन बिधेयकका सिद्दान्त र प्राथमिकता माथी सभामा छलफल हुने महासचिव पदमप्रसाद पाण्डेयले जारी गरेको सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ । न्युज कारखाना
काठमाडौं, १७ फागुन ।
नेपाल साउदी अरेबियामा जारी पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको फाइनलमा आज जोर्डनसँग खेल्दैँछ ।
जेहादस्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा यो खेल नेपाली समय अनुसार राती ९ः ४५ बजेदेखि शुरु हुदैँछ ।
नेपालले मंगलबार राति सम्पन्न सेमिफाइनल खेलमा लेबनानलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो भने जोर्डन भने सेमिफाइनलमा प्यालेस्टाइनलाई ५-० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।
तुलनात्मक रुपमा नेपाल भन्दा जोर्डन बलियो टिम रहेको छ । जोर्डन फिफाको महिला फुटबलको वरियतामा ७४औं स्थानमा रहेको छ । जोर्डन वाफ च्याम्पियनसिपको डिफेन्डिङ च्याम्पियन समेत हो । जोर्डनले अहिलेसम्म सबैभन्दा बढी पाँच पटक वाफको उपाधि बिजेता राष्ट्र हाे ।
त्यसैगरी नेपाल भने फिफा महिला फुटबलको वरियतामा १०५औ स्थानमा रहेको छ । यस प्रतियोगितामा नेपाल भने आमन्त्रित टिमको रुपमा पहिलो पटक सहभागिता जनाइरहेको छ । पहिलाे पटक खेलमा सहभागिता जनाउँदा पनि नेपालले उत्कृष्ट प्रस्तुति दिएकाे छ ।
साम्बाले फाइनल नखेल्ने
सावित्रा भण्डारी साम्बाले वाफ च्याम्पियनसिपको फाइनलमा नखेल्ने भएकी छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सावित्रा फ्रेन्च क्लब इभी गुइन गाम्पसँगको सम्झौताका कारण फाइनल खेलमा उपलब्ध नहुने भएकी हुन् ।
एन्फाले सावित्रालाई गुइनगाम्पले फिफा विन्डो अन्तर्गत राष्ट्रिय टिममा खेल्न अनुमति दिएकोमा विहिबार हुने फाइनल खेल फिफा विन्डो पछि हुने हुनाले सावित्रा फाइनल खेलमा उपलब्ध नहुने भएको जानकारी दिएको हाे। फिफा विन्डो फेब्रुअरी १९ देखि २८ सम्म रहेको थियो ।
नेपाली महिला फुटबल टिमः
गोलकिपरः एन्जिला तुम्बापो सुब्बा (कप्तान), उषा नाथ र अञ्जना राना मगर ।
डिफेन्डरः गीता राना, अमृता जैशी, हिरा कुमारी भुजेल, बिमला विक, निशा ठोकर, समिक्षा घिमिरे, पुजा राना र सबिना चौधरी ।
मिडफिल्डरः अनिता बस्नेत, अमिषा कार्की, अनिता केसी, प्रिती राई, दिपा शाही, बिमला चौधरी र सरस्वती हमाल ।
फरवार्डः चन्द्रा भण्डारी, सावित्रा भण्डारी, रेखा पौडेल, रश्मि कुमारी घिसिङ्ग र सबिता राना मगर । न्युज कारखाना
काठमाडौं, १७ फागुन ।
हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।
दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ ।न्युज कारखाना
आज मिति २०८० साल फागुन १७ गते तदअनुसार फेब्रुअरी २९ , सन् २०२४ बिहिवार, कृष्णपक्षको षष्ठी तिथि, चित्रा नक्षत्र, वृद्धि योग, तुला राशिमा चन्द्रमा, यो योगमा गरेको कार्य वृद्धि हुदैँ जानेछ ।
• अभिजित् मुहूर्त: बिहान ११:५४ देखि १२:४० सम्म
• काठमाण्डौंमा सुर्योदय: बिहान ०६ः२९
• सुर्यास्त: बेलुका ०६:०४ बजे
मेष: स्वास्थ्य, धन र परिवारको दृष्टिले तपाईको दिन राम्रो रहनेछ। तपाईं ऊर्जावान, आत्मविश्वासी र आशावादी हुनुहुनेछ। आफ्ना प्रियजन र साथीहरूसँग समय बिताउन रमाइलो हुनेछ। तपाइँसँग तपाइँको आय बढाउन वा तपाइँको काम को लागी मान्यता प्राप्त गर्न को लागी केहि अवसरहरु पनि हुनेछ। तपाईंको प्रेम जीवन सामंजस्यपूर्ण र रोमान्टिक हुनेछ।
शुभ रंग रातो
शुभ समय बिहान ९- ११ बजे सम्म
शुभ अंक ९
वृष: स्वास्थ्य, धन सम्पत्ति र परिवारको दृष्टिले तपाईंको दिन मिश्रित रहनेछ। तपाईं स्थिर, भरपर्दो र व्यावहारिक हुनुहुनेछ। तपाईंले आफ्नो करियर वा वित्तमा केही चुनौती वा अवरोधहरूको सामना गर्नुपर्नेछ। तपाईं धैर्य र सावधान रहन आवश्यक हुनेछ। तपाईंको पारिवारिक जीवन शान्त र सहयोगी रहनेछ। तपाईंको प्रेम जीवन स्थिर र वफादार रहनेछ।
शुभ रंग हरियो
शुभ समय बिहान ११-१ बजे सम्म
शुभ अंक ६
• मिथुन: स्वास्थ्य, धन र परिवारका हिसाबले तपाईको दिन राम्रो रहनेछ। तपाईं जीवन्त, मजाकिया र बहुमुखी हुनुहुनेछ। तपाईको जीवनमा धेरै रमाइलो र मनोरञ्जन हुनेछ। नयाँ कुरा सिक्ने वा नयाँ ठाउँको यात्रा गर्ने अवसर पनि प्राप्त हुनेछ। तपाईको करियर र आर्थिक समृद्धि र सफल हुनेछ। तपाईको पारिवारिक जीवन सुखमय र सुमधुर रहनेछ। तपाईंको प्रेम जीवन रोमाञ्चक र साहसिक हुनेछ।
शुभ रंग पहेंलो
शुभ समय दिउँसो १ बजे देखि ३ बजे सम्म
शुभ अंक ५
• कर्कट: स्वास्थ्य, धन र परिवारका हिसाबले तपाईको दिन मध्यम रहनेछ। तपाईं भावनात्मक, हेरचाह, र सहज हुनेछ। तपाईंले आफ्नो व्यक्तिगत र व्यावसायिक जीवनमा सन्तुलन कायम गर्नुपर्नेछ। तपाईलाई आफ्नो स्वास्थ्य वा वित्तको बारेमा केहि तनाव वा चिन्ता हुनेछ। तपाईं होसियार र ध्यान दिन आवश्यक हुनेछ। तपाईंको पारिवारिक जीवन सान्त्वना र पालनपोषण हुनेछ। तपाईंको प्रेम जीवन संवेदनशील र मायालु हुनेछ।
शुभ रंग सेतो
शुभ समय दिउँसो ३ बजेदेखि ५ बजेसम्म
तपाईको शुभ अंक २
• सिंह: स्वास्थ्य, धन सम्पत्ति र परिवारका हिसाबले तपाईंको दिन राम्रो रहनेछ। तपाईं उज्ज्वल, उदार र करिश्माई हुनुहुनेछ। तपाईको जीवनमा धेरै आत्मविश्वास र उत्साह हुनेछ। तपाईंसँग आफ्नो प्रतिभा वा नेतृत्व कौशल प्रदर्शन गर्ने केही अवसरहरू पनि हुनेछन्। तपाईंको करियर र वित्त फस्टाउने र इनामदायी हुनेछ। तपाईंको पारिवारिक जीवन न्यानो र सम्मानजनक रहनेछ। तपाईंको प्रेम जीवन भावुक र चंचल रहनेछ।
शुभ रङ्ग सुन्तला
शुभ समय साँझ ५ बजे देखि ७ बजेसम्म
शुभ अंक १
• कन्या: स्वास्थ्य, धन र परिवारका हिसाबले तपाईको दिन राम्रो रहनेछ। तपाईं लगनशील, विश्लेषणात्मक, र सावधानीपूर्वक हुनुहुनेछ। तपाईंले आफ्नो लक्ष्यहरू प्राप्त गर्न कडा र कुशलतापूर्वक काम गर्नुपर्नेछ। तपाईको करियर वा वित्तमा केहि कठिनाइ वा ढिलाइ हुनेछ। तपाई लचिलो र अनुकूलनीय हुनु आवश्यक छ। तपाईंको पारिवारिक जीवन व्यवस्थित र सहयोगी रहनेछ। तपाईंको प्रेम जीवन निष्कपट र समर्पित हुनेछ।
शुभ रंग नीलो
शुभ समय साँझ ७ बजे देखि ९ बजे सम्म
शुभ अंक ३
.तुला: स्वास्थ्य, धन र परिवारका हिसाबले तपाईको दिन राम्रो रहनेछ। तपाईं आकर्षक, कूटनीतिक र सन्तुलित हुनुहुनेछ। तपाईको जीवनमा धेरै सद्भाव र सौन्दर्य हुनेछ। तपाईंसँग सामाजिककरण वा प्रभावशाली व्यक्तिहरूसँग सञ्जाल गर्ने केही अवसरहरू पनि हुनेछन्। तपाईको करियर र वित्त सहज र निष्पक्ष हुनेछ। तपाईंको पारिवारिक जीवन सुखद र अनुकूल हुनेछ। तपाईंको प्रेम जीवन रोमान्टिक र सुरुचिपूर्ण रहनेछ।
शुभ रंग गुलाबी
शुभ समय राति ९ बजे देखि ११ बजेसम्म
शुभ अंक ७
• वृश्चिक: स्वास्थ्य, धन र परिवारको हिसाबले तपाईलाई चुनौतीपूर्ण दिन हुनेछ। तपाईं तीव्र, गोप्य र शक्तिशाली हुनुहुनेछ। तपाईंले आफ्नो जीवनमा केही संघर्ष वा परिवर्तनहरूको सामना गर्नुपर्नेछ। तपाईको करियर वा वित्तमा केहि समस्या वा हानि हुनेछ। तपाईं लचिलो र संसाधन हुन आवश्यक हुनेछ। तपाईंको पारिवारिक जीवन अशान्त र मांगपूर्ण हुनेछ। तपाईंको प्रेम जीवन भावुक र स्वामित्वपूर्ण हुनेछ।
शुभ रंग कालो
शुभ समय राति ११ बजे देखि १ बजेसम्म
शुभ अंक ८ रहेको छ ।
.धनु: स्वास्थ्य, धन र परिवारका हिसाबले तपाईको दिन राम्रो रहनेछ। तपाईं आशावादी, साहसी र दार्शनिक हुनुहुनेछ। तपाईको जीवनमा धेरै स्वतन्त्रता र विस्तार हुनेछ। तपाईंसँग नयाँ क्षितिजहरू अन्वेषण गर्ने वा नयाँ ज्ञान प्राप्त गर्ने केही अवसरहरू पनि हुनेछन्। तपाईको करियर र वित्त भाग्यशाली र समृद्ध हुनेछ। तपाईको पारिवारिक जीवन रमाइलो र सहयोगी रहनेछ। तपाईंको प्रेम जीवन रमाईलो र सहज हुनेछ।
शुभ रंग बैजनी
शुभ समय बिहान १ बजे देखि ३ बजेसम्म
शुभ अंक ९
• मकर: स्वास्थ्य, धन र परिवारको दृष्टिले तपाईको दिन राम्रो हुनेछ। तपाईं महत्वाकांक्षी, जिम्मेवार र अनुशासित हुनुहुनेछ। तपाईको जीवनमा धेरै दृढ संकल्प र लगनशीलता हुनेछ। तपाईको करियर वा वित्तमा केहि उपलब्धि वा पुरस्कारहरू पनि हुनेछन्। तपाईंको पारिवारिक जीवन स्थिर र सम्मानजनक रहनेछ। तपाईंको प्रेम जीवन वफादार र प्रतिबद्ध हुनेछ।
शुभ रंग खैरो
शुभ समय बिहान ३ बजे देखि ५ बजेसम्म
शुभ अंक ४
. कुम्भ: स्वास्थ्य, धन र परिवारका हिसाबले तपाईको दिन राम्रो रहनेछ। तपाईं नवीन, मानवीय र मौलिक हुनुहुनेछ। तपाईको जीवनमा धेरै रचनात्मकता र प्रेरणा हुनेछ। तपाईंसँग समाजमा सकारात्मक परिवर्तन वा योगदान गर्ने केही अवसरहरू पनि हुनेछन्। तपाईंको करियर र वित्त प्रगतिशील र अद्वितीय हुनेछ। तपाईंको पारिवारिक जीवन अनुकूल र सहिष्णु हुनेछ। तपाईंको प्रेम जीवन अपारंपरिक र रोमाञ्चक हुनेछ।
शुभ रंग चाँदी
शुभ समय बिहान ५ बजे देखि ७ बजेसम्म
शुभ अंक २
. मीन: स्वास्थ्य, धन र परिवारको दृष्टिले तपाईको दिन मध्यम रहनेछ। तपाईं दयालु, आध्यात्मिक र कल्पनाशील हुनुहुनेछ। तपाईंले आफ्नो जीवनमा केही भ्रम वा भ्रमको सामना गर्नुपर्नेछ। तपाईको करियर वा वित्तमा केहि चुनौती वा त्यागहरू हुनेछन्। तपाईं यथार्थवादी र व्यावहारिक हुन आवश्यक हुनेछ। तपाईंको पारिवारिक जीवन मायालु र समानुभूतिपूर्ण हुनेछ। तपाईंको प्रेम जीवन काल्पनिक र आदर्शवादी हुनेछ।
शुभ रंग पहेलो
शुभ समय बिहान ७ बजे देखि ९ बजेसम्म
शुभ अंक ३
राशिफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला । राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरीएको हुन्छ । जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । निर्णय गर्दा तपाईंको आफ्नै अन्तर्ज्ञान र निर्णय प्रयोग गर्न सधैं महत्त्वपूर्ण छ।
(राशिफल लेखक युवा ज्योतिष जनक खड्का, वैदिक ज्योतिषका विज्ञ मानिन्छन् उनि ज्योतिष परामर्श केन्द्रको सञ्चालक समेत हुन्। सल्लाह, सुझाव र परामर्शको लागि : ९७६६८९५२१३)
न्युज कारखाना
काडमाडौं, १६ फागुन ।
निर्वाचन आयोगले १५ वैशाखमा हुने उपनिर्वाचनका लागि २२ चैतमा अन्तिम नामावली प्रकाशन गर्ने जनाएको छ ।
प्रदेशसभा सदस्य चयनका लागि इलाम–२ र प्रदेशसभा सदस्यका लागि बझाङ १ को १ मा १५ वैशाखमा हुने निर्वाचनका लागि आयोगबाट मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन कार्यक्रम २०८० स्वीकृत भएको आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
स्वीकृत कार्यक्रमअन्तर्गत १८ फागुनमा आयोगको वेवसाइट मतदाता नामावली प्रकाशन गरिने छ। उक्त मतदाता नामावलीमा रहेका त्रुटि सच्याउन, दोहोरो नाम हटाउन, मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम हटाउन र झुट्ठा विवरण दिई नाम समावेश भएको भए उजुरी दिन २९ फागुनदेखि ५ चैतसम्मको अवधि निर्धारण गरिएको उनले जानकारी दिए ।
उक्त अवधिमा निर्वाचन कार्यालय वा वडा कार्यालयमार्फत निवेदन, सूचना र उजुरी दिन सकिनेछ । यसरी प्राप्त निवेदन, सूचना र उजुरी उपर कानून बमोजिम छानविन गरी मतदाता नामावली अद्यावधिक गरिने आयोगले जनाएको छ। अद्यावधिक गरी तयार गरिएको अन्तिम मतदाता नामावली २२ चैतमा प्रकाशन गरिने कार्यक्रम रहेको प्रवक्ता पौडेलले बताए ।
न्युज कारखाना
काठमाडौं, १६ फागुन ।
यही शुक्रबारबाट विश्वव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘अगस्त्य च्याप्टर १’ को एडभान्स बुकिङ खुलेको छ । फस्टलुक, टिजर र ट्रेलरबाट उच्च हाइप पाएको फिल्मलाई देशका अधिकांश थिएटरले उच्च शो दिएका छन् । सौरभ चौधरी निर्देशित फिल्मलाई देशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले उपत्यकाभित्र १५ शो दिएको छ भने उपत्यकाबाहिर २९ शो दिएको छ ।
यस्तै काठमाडौंको वान सिनेमाजले दुई चेन गरेर ८ शो, बीग मुभिजले ३ शो, एफक्यूबले ३ शो, बीएसआरले ४ शो, आइएनआई चेनले सबै हलमा गरेर १२ शो दिएको छ । उपत्यका बाहिरका अन्य थिएटरले प्रत्येक थिएटरमा ३–३ शो दिएका छन् । शोको अनुपात हेर्दा देशभरका १ सय ११ फिल्म हलले ‘अगस्त्य च्याप्टर १’लाई २ सय ५९ शोहरु उपलब्ध गराएका छन् ।

फिल्मका लागि कलाकार सौगात मल्ल र नाजिर हुसेनले गरेको मिहिनेतको सर्वत्र प्रशंसा भइरहेको छ । यो फिल्मका लागि सौगातले आफ्नो तौल २० केजी घटाएर १० केजी बढाएका थिए । उनले तौल घटाएर बनाएको शरीर, ४५ डिग्री तापक्रममा पनि गरेको कामले नयाँ हाइप कायम गरेको छ । यो कुराले पनि फिल्मको चर्चा निकै चुलिएको छ ।
यसै गरी, अर्का कलाकार नाजिरले फिल्मकै लागि २० किलो तौल बढाउनुले आफ्नो चरित्रका लागि कति मेहनत गरेका छन् भन्ने प्रस्ट्याउँछ ।
फिल्ममा सौगात र नाजिरको एक्सन लुक्स, प्रमोद अग्रहरिको भिलेन लुक्स र र निश्चल बस्नेतको झलकले पनि फिल्मको महत्व बढाइदिएको छ । टिजर र ट्रेलरमा प्रयोग गरिएको व्याकग्राउन्ड स्कोरले पनि चर्चा उत्तिकै पाइरहेको छ ।
फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, निश्चल बस्नेत, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर बाङ्देल, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्रलगायतका कलाकारको अभिनय छ ।
विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता तथा प्रकाश मल्ल, अनिस तामाङ र विनोद पौडेल निर्माता रहेको फिल्ममा सञ्जय लामाको छायांकन, निर्देशक चौधरी स्वयंको लेखन, निमेष श्रेष्ठको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र एसडी योगीको संगीत छ ।
डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्म अमेरिका र बेलायतमा ८ सयदेखि एक हजार शो, क्यानडामा १ सय ५० शो, युरोपका अन्य देशसँगै जापान, कोरिया, हङकङ र थाइल्यान्डमा १ सय ५० शो, अष्ट्रेलिया र न्युजिल्याण्डमा पाँच सय शो र मध्यपूर्वका देशहरूमा ७ सय ५० शोमा रिलिज हुने छ ।
न्युज कारखाना
वेलिङ्टन, १६ फागुन ।
जनवरी २००९ पछि जन्मेकालाइ सुर्ति बेच्न प्रतिबन्ध, भ्यापिङसम्बन्धी नियमहरू पनि कडा बनाइने
न्युजिल्याण्डले विश्वको पहिलो ध्रुमपान निषेधित राष्ट्र रूपमा आफुलाइ उभ्याउने कसरतमा लागेकाे छ ।
भविष्यका पुस्ताका लागि सुर्तीजन्य पदार्थको बिक्रीमा प्रतिबन्ध लगाउने विश्वको पहिलो देश बन्ने तयारीमा रहेको न्युजील्याण्डले पुराना कानुनहरू खारेज गरी नयाँ कानुन निर्माण गरी नियमहरू लागु गर्ने भएको छ ।
अनुसन्धानकर्ता र अभियानकर्ताहरूले परिणाम स्वरूप मानिसलाइ मर्ने खतरा कम गर्नका लागि ध्रुमपान निषेधित राष्ट्र बनाउन लागेको हो ।
आगामी जुलाइ्बाट लागू हुने गरी संसारको सबैभन्दा कडा सूर्ति विरोधी नियमहरूको तयारी गरेको छ, जसअनुसार जनवरी १, २००९ पछि जन्मेकाहरूलाई अब सुर्तिजन्य पदार्थ बिक्रीमा पुर्ण प्रतिबन्ध लगाउने, धुम्रपान र सूर्तिजन्य उत्पादनहरूमा निकोटिनको मात्रा घटाउने र ९० प्रतिशत भन्दा बढी सुर्ती विक्रेताहरूको संख्या घटाउने निर्णय कार्वन्वयन गरिदैँछ ।
गत अक्टोबरमा निर्वाचित नयाँ गठबन्धन सरकारले पुराना कानुन खारेजी तथा नयाँ नियम तत्काल लागु गराउने निर्णय लिएको हाे, यसले सार्वजनिक टिप्पणी र आलोचनालाइ वेवास्ता गर्दै पुराना कानूनलाई खारेज गर्न सक्षम भएको जनाउँदैँ पहिले घोषणा गरिएका योजनाहरू अनुरूप लागु गर्ने अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।
स्वास्थ्य मन्त्री केसी कोस्टेलोका अनुसार गठबन्धन सरकार धुम्रपान र सुर्तिजन्य पदार्थ प्रयोग र बिक्री कम गर्न प्रतिबद्ध रहेको जनाउँदै तर लागिसकेको बानी निरुत्साहित गर्न र यसले निम्त्याउने हानी कम गर्न फरक नियामक दृष्टिकोण अपनाइने बारेमा छलफल गरिरहेकाे छ । ‘म चाँडै नै क्याबिनेटमा मानिसहरूलाई धुम्रपान छोड्न मद्दत गर्नका लागि उपलब्ध उपकरणहरू बढाउनका लागि उपायहरूको प्याकेजको घोषणा गर्नेछु, ’ कोस्टेलोले सञ्चारकर्मीलाइ भने, ‘नव युवाहरूलाई यसको लतवाट पुर्ण रूपमा रोक्न भ्यापिङसम्बन्धी नियमहरू पनि कडा बनाइने छु।’
न्युजिल्यान्डमा स्वास्थ्य नतिजाहरूमा यसको सम्भावित प्रभावको बारेमा कडा आलोचना गरिएको यो निर्णयले माओरी र पासिफिकका जनसंख्या, उच्च धुम्रपान दर भएका समूहहरूमा ठूलो प्रभाव पार्न सक्ने डरले पनि आलोचना गरिरहेका छन् ।
उता, ओटागो युनिभर्सिटीका अनुसन्धानकर्ता जेनेट होकले भने, ‘ठूलो स्तरको क्लिनिकल परीक्षणहरू र मोडेलिङ अध्ययनहरूले यो कानूनले धूमपान गर्नेहरूको बीचमा द्रुत रूपमा छाड्ने दरहरू बढाउने र युवाहरूलाई धुम्रपान गर्न धेरै गाह्रो बनाएको देखाउँछ ।’ प्राध्यापक होक धुम्रपान कम गर्ने तरिकाहरू अध्ययन गर्ने समूहका सह निर्देशक हुन् ।
न्युज कारखाना
बर्लिन, १६ फागुन ।
इजरायली फिल्म निर्माता युवल अब्राहमले ज्यान मार्ने धम्कीको सामना गरिरहेका छन् ।
बर्लिन फिल्म फेस्टिवलमा उनको डकुमेन्ट्री फिल्मले अवार्ड जिते पछि त्यसलाइ स्वीकार गर्ने भाषणको ३० सेकेन्डको क्लिपलाइ लिएर उनलाइ ज्यान मार्ने धम्कीको सामना गरिरहेका हुन ।
उनको सो भाषणको ३० सेकेन्ड भिडियो इजरायलमा प्रसारित गरेपछि ज्यान मार्ने धम्की आएको हो । उनले आफनो भाषणमा ‘प्यालेस्टाइनलाइ समर्थन’ गरेको आरोप लगाइएको छ ।
इजरायलका फिल्म निर्माता अब्राहम र राहेल स्जोर तथा प्यालेस्टाइनका बासेल अद्रा र हमदान बल्लालले २०२४ डकुमेन्ट्री ‘नो अदर ल्यान्ड’बाट आफ्नो निर्देशनमा डेब्यू गरेका थिए । जहाँ कब्जामा रहेको मासाफर यट्टाबाट प्यालेस्टिनीहरूलाई निष्कासन गरेको देखाइएको छ । सो डकुमेन्ट्रीले आद्रा र अब्राहमको एकअर्कासँग मित्रता गरे पछिको त्यसबाट देखा परेको भिन्नताका बारेमा देखाइएको थियो । जुन बिषयलाइ लिएर अहिले इजरायलीहरूले अब्राहमलाइ ज्यान मार्ने धम्की दिइरहेकाे अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अब्राहमले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै भने, ‘हाम्रो फिल्म नो अदर ल्यान्डमा कब्जा गरिएको मासाफर यट्टाको क्रूर निष्कासनको कथा बर्लिन फिल्म फेस्टिवलमाउत्कृष्ट वृत्तचित्र जित्यो। इजरायलको च्यानल ११ ले मेरो भाषणबाट ३० सेकेन्ड खण्डमात्रै प्रसारित गर्यो, यसलाई पागलपनले ‘एन्टी सेमेटिक’ भनियो तब देखी मलाई मार्ने धम्कीहरू प्राप्त भइरहेको छ।’ उनले आफ्नो सम्बोधनका क्रममा बोलेका हरेक शब्दमा आफू उभिने कुरामा जोड दिएका छन् ।
बर्लिन फिल्म महाेत्सवमा अब्राहम र अद्राले संयुक्त रूपमा अवार्ड लिदैँ भाषण गरेका थिए । जुन आफ्नो भाषणको क्रममा अब्राहमले भनेका थिए, ‘हामी तपाईंको अगाडि उभिरहेका छौं, म र बासेल एउटै उमेरका छौं, म इजरायली हुँ, बासेल प्यालेस्टिनी हो। दुई दिनमा हामी त्यो देशमा फर्कनेछौं, जहाँ हामी बराबर छैनौं। म नागरिक कानून अन्तर्गत बाँचिरहेको छु र बासेल सैन्य कानून अन्तर्गत छ।’
प्यालेस्टिनी र इजरायलीहरू बीचको असमानतालाई हाइलाइट गर्न जारी राख्दै उनले भने, ‘हामी एकअर्काबाट ३० मिनेट बाँचिरहेका छौं तर मसँग मतदानको अधिकार छ र बासेलसँग मतदान अधिकार छैन् । म यस भूमिमा जहाँ चाहन्छु, त्यहाँ जान स्वतन्त्र छु, बासेल भने लाखौं प्यालेस्टिनीहरू जस्तै वेस्ट बैंकमा बन्द छन् ।’
‘हामी बीचको रंगभेदको यो अवस्था, यो असमानता, यो अन्त्य हुनुपर्छ । हामी सोध्छौं कि हामी कसरी पेशा अन्त्य गर्न परिवर्तन गर्न सक्छौं, राजनीतिक अवस्थाको लागि सार्न सक्छौं र हामीसँग वास्तवमा जवाफ छैन तर मलाई लाग्छ कि एउटा जवाफ भनेको मानिसहरू वास्तवमै खडा हुनको लागि हो। यस कोठामा धेरै शक्तिशाली व्यक्तिहरू छन्। त्यहाँ धेरै मन्त्रीहरू र मानिसहरू छन्, जसको आवाज सुन्न सक्छन्,उनले भने।
‘हामीले युद्धविरामको लागि आह्वान गर्न आवश्यक छ, हामीले कब्जा अन्त्य गर्न राजनीतिक समाधानको लागि आह्वान गर्न आवश्यक छ,’ उनले आफ्नो भाषणमा भने ।
अद्राले पनि माइक लिएर भने, ‘वर्षौंदेखि, मेरो समुदाय, मेरो परिवारले हाम्रो समुदायलाई यो क्रूर पेशाले मेटाउन खोजिरहेको छ।’
‘म यहाँ यो अवार्डको उत्सव मनाइरहेको छु तर गाजामा इजरायलद्वारा हजारौं मानिसहरूको हत्या र नरसंहार भइरहेको बेला यो उत्सव मनाउन मलाई धेरै गाह्रो छ। मासाफेर याटा, मेरो समुदायलाई पनि इजरायली बुलडोजरहरूले मेटाउँदैछ,’ उनले सँगै भने ।
‘म यहाँ बर्लिनमा हुँदा जर्मनीलाई एउटा कुरा सोध्छु, संयुक्त राष्ट्र संघको आह्वानलाई सम्मान गर्न र इजरायललाई हतियार पठाउन बन्द गर्नु पर्छ,’ आद्राले भनेका थिए ।
यही भाषणलाइ लिएर इजरायली पक्षबाट फिल्म निर्देशक युवल अब्राहमलाइ ज्यान मार्ने धम्की दिइएको हो ।
न्युज कारखाना
बारा १६ फागुन।
मकवानपुरमा नेपाल सरकारका कर्मचारी भएर बारा स्थित अरूको जग्गा देखाएर भिडियो बनाइरहेका वन कर्मचारीसहित दुईजनालाई स्थानीयले नियन्त्रणमा लिएका छन्।
बाराको आदर्श कोतवाल गाउँपालिका ५ स्थित द्रुतमार्गको बाटोमा जोडिएको सडककालोपत्रे छेउमै अरूको जग्गा देखाएर भिडियो बनाइरहेका दुवैजनालाई सरकारी नम्बरको मोटरसाइकलसमेत स्थानीयले नियन्त्रणमा लिएकाे हाे ।
पक्राउ पर्नेमा मकवानपुर मनहरी वन कार्यालयका कार्यालय सहयोगी दिलबहादुर कार्की, र हेटौंडा उमनपा १७ का बसन्त रेग्मी रहेका छन्। स्थानीयले उनीहरूले प्रयोग गरेको बा प्रदेश ०३००१ ब ३४५ नम्बरको सरकारी मोटरसाईकलसहित वडा कार्यालयमार्फत प्रहरी चौकी चिउँटाहामा बुझाएका छन्।
स्थानीय युवा राजकुमार दासले जग्गा धनीलाई थाहै नदिई दलालहरुले नक्कली लालपुर्जा बनाएर जग्गा बिक्री गरिरहेको घटना पटकपटक भइरहेको कारण यिनीहरुलाई पक्राउ गरी प्रहरीलाई बुझाएको बताएका छन्। पक्राउ परेका दुवैजनामाथि कानुनी कारवाही हुनुपर्ने स्थानीयले माग गरेका छन्।
पक्राउ परेका रेग्मी र कार्कीले आफूहरुलाई ललितपुरका एकजना जग्गा कारोबारीले उक्त जग्गा दुईसाता अघि ल्याएर देखाएको बताएका थिए। पक्राउ पर्दा उनीहरूले ललितपुरका व्यवसायी भनिएकालाई पटकपटक फोन गर्दा उठाएन, एकछिन पछि उनले स्विचआफ गरेको थियो। प्रहरी चौकी चिनुटाहाका प्रमुख असई सिवेन्द्र यादवले दुवैजना पक्राउ परेको पुष्टी गरेका छन्। उनीहरुलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय कलैया पठाउने असई यादवले बताएका छन्।
यसअघि मंगलवबार आदर्श कोतावल गाउँपालिका ५ स्थित अरूको जग्गा नापजाँच गरिरहेका काठमाडाैँ घर बताउने रौशन अधिकारी र बारा घर बताउने छोटेलाल साहलाई स्थानीयले पक्राउ गरी प्रहरीमा बुझाएका थिए ।
बारा प्रहरी प्रवक्ता डिएस्पी दधिराम न्यौपानेले पक्राउ परेका चारैजना नियन्त्रणमा रहेको बताउँदै घटनाबारे आवश्यक अनुसन्धान भईरहेको जानकारी दिएका छन्।
‘हामी जग्गाधनी भनिएका लाई बोलाउँछौं, यिनीहरुलाई सोधबुझ गर्छौं दोषी ठहर भएमा कानुन बमोजिम कारवाही हुन्छ,’ प्रवक्ता डिएस्पी न्यौपानेले भने । पछिल्लो समय बारा, रौतहटलगायत मधेश प्रदेशको जिल्लाहरुमा अरूको जग्गा देखाएर नक्कली कारोबार गर्ने दलालहरुको बिगबिगी बढेको छ।
न्युज कारखाना
रियाद, १६ फागुन ।
साउदी अरबले हालै ७ जनालाई मृत्युदण्ड दिएको छ ।
साउदी अरबको सरकारी सञ्चारमाध्यमका अनुसार आतंकवादसँग सम्बन्धित अपराधमा ७ जनाको टाउको काटेर मृत्युदण्ड दिइएको हो ।
सन् २०२२ को घटना पछि एकै दिन ८१ जनालाई मृत्युदण्ड दिइएको थियो, त्यसपछि एकै दिनमा यति धेरै मानिसलाइ मृत्युदण्ड दिइएको यो पहिलो घटना हो । मार्च २०२२ मा मात्रै साउदी अरबमा एकै दिन ८१ जनालाई मृत्युदण्ड दिइएको थियो ।
साउदी अरेबियाको आन्तरिक मन्त्रालयलाई उद्धृत गर्दै साउदीको आधिकारिक प्रेस एजेन्सीले जनाए अनुसार ती सात जनालाई आतंकवादी संगठन र संस्थाहरू सिर्जना गर्ने र आतंकलाई आर्थिक सहयोग गरेकोमा दोषी पाइए पछि उनीहरूलाई टाउको काटेर यो मृत्युदण्डको सजाँय दिइएको हो । तर, यसरी मंगलबार मृत्यदण्ड दिएकाहरुको राष्ट्रियता भने साउदी अरबले अझै खुलाएको छैन् ।
साउदी समाचार एजेन्सीका अनुसार उनीहरूले आतंकवादी दृष्टिकोण अपनाए, जसले मानिसहरूलाई रक्तपात मच्चाउनका लागि उक्साउने काम गरेका थिए । यसबाहेक आतंकवादी संगठन र संस्थाहरूको स्थापना, आर्थिक सहयोग र सञ्चारले सामाजिक सुरक्षा र स्थिरतामा बाधा पुर्याउने कार्य गरे पछि उनीहरू मृत्युदण्डका लागि लायक भएको जनाइएको छ ।
अन्तराष्ट्रिय मानवअधिकार संस्थाहरूका अनुसार साउदी अरब संसारमा सबैभन्दा बढी मृत्युदण्ड दिने देश हो। सन् २०२३ मा १७० जनालाई मृत्युदण्ड दिइएको थियो भने यो वर्ष मात्रै अहिलेसम्म २९ जनालाई फाँसी दिइ सकिएको छ ।
दुई वर्षअघि साउदी अरबमा एकै दिन ८१ जनालाई फाँसी दिइँदा विश्वव्यापी रूपमा आक्रोश मच्चिएको थियो। एम्नेस्टी इन्टरनेशनलका अनुसार साउदी अरेबियाले २०२२ मा चीन र इरान बाहेक अन्य कुनै पनि देशको तुलनामा बढी मृत्युदण्ड दिएको थियो।
गत वर्ष डिसेम्बरमा साउदी अरबले सबैभन्दा बढी मृत्युदण्ड दिएको थियो । त्यो महिना ३८ जनालाई मृत्युदण्ड दिइएको थियो । २०२३ मा मृत्युदण्डको सजाय सुनाइएकामा देशद्रोहको अभियोगमा दोषी ठहरिएका दुई सैनिक र आतंकवादी गतिविधिमा संलग्न ३३ जना थिए।
सन् २०२२ मा साउदी अरबमा १४७ जनालाई फाँसी दिइएको थियो, जसको मानव अधिकारकर्मीहरूले निरन्तर आलोचना गर्दै आएका छन् । त्यस्तै, २०१९ मा साउदीमा १८७ जनालाई मृत्युदण्ड दिइएको थियो ।
न्युज कारखाना