२०८३ श्रावण २९
२०८३ श्रावण २९

काठमाडाैं, १८ फागुन ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्पक्षका लागि थुनामा रहेका अधिकाश प्रतिवादीहरु सर्वाेच्च अदालत पुगेका छन्। यसरी थुनामा पुगेकामध्ये पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व सांसद आङटावा शेर्पा,  सचिव टेकनारायण पाण्डे, इन्द्रजित राई, केशव दुलाल र सन्देश शर्माको निवेदन पुगेको  छ। निलम्वित सचिव टेकनारायण पाण्डेय पछिल्लो पटक सर्वोच्च पुगेका हुन् ।

 

आफूलाई थुनामा पठाउने निर्णय बदर हुुनपर्ने माग गर्दै उनी सर्वोच्च पुगेका हुन् । जिल्ला अदालत काठमाडौले थुनामा पठाएपछि पाण्डेय उच्च अदालत पाटन पुुुगेका थिए । उच्च अदालत पाटनले पनि थुनामा पठाउने जिल्लाको निर्णय सदर गरेपछि उनी सर्वोच्च पुगेका छन् । पाण्डेय अघि अन्य थुनामा रहेका प्रतिवादीहरु सर्वोच्च पुगिसकेका छन् । उनीहरुको मुद्दामा सर्वोच्चले कैफियत प्रतिवेदन मगाउने आदेश गरिसकेको छ।   पाण्डेयको मुद्दामा पनि सर्वोच्चले कैफियत प्रतिवेदन मगाउने आदेश गरेको छ।

 

उच्चको आदेशले थुनामा रहेकामध्ये अधिकांश प्रतिवादीहरुले वेरितको निवेदन दर्ता गराएका हुन्।  उच्चको आदेशले थुनामै बस्नुपर्ने भएपछि अन्तिम विकल्पको रुपमा उनीहरु सर्वोच्च पुगेका हुन्। यदि सर्वोच्चले उनीहरुलाई थुनामा राख्ने निर्णय सदर गरेमा भने मुद्दाको किनारा नभएसम्म थुनामै बिताउनुपर्ने छ। यदि सर्वोच्चले धरौटी माग गरे उनीहरु तोकिएको धरौटी बुझाएर रिहा हुनेछन्।

 

सर्वोच्चले वेरितको निवेदन लिएर आएका सबैको निवेदनलाई पहिलो सुनवाइपछि एकै ठाउँमा राखेर सुनुवाइ गर्ने तयारी गरेको छ। सबै निवेदनमा कैफियत प्रतिवेदन प्राप्त भएपछि एउटै पेसीमा राखेर पुर्पक्षका लागि थुनामा पठाउने निर्णयमा बहस हुनसक्ने सर्वोच्च अदालतको मुद्दा फाँटले जनाएको छ। सबै निवेदन एकै प्रकृतिका भएकाले यस्तो गर्ने अभ्यास विगतदेखि नै हुँदै आएको छ।

 

एकै विषयमा धेरै निवेदन र एउटै प्रकरणमा फरक–फरक निवेदन दर्ता भएको पाइएमा सर्वोच्चले सबैलाई साथै राखेर ‘ब्लक हेयरिङ’ गर्दै फैसला सुनाउने गरेको छ। यसो गर्दा लगत कम हुने र समान न्यायको सिद्धान्त पालना हुने बुझाइ छ।

 

उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतको थुनछेक आदेश सदर गर्दै अभियुक्तमध्ये पूर्वमन्त्री टोपबहादुर रायमाझीसहित ९ जनालाई थुनामै पठाएको थियो।न्युज कारखाना

काठमाडौं, १८ फागुन ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सदनमा सांसदहरुले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई निर्देशन दिएका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकलगत्तै एमालेका सांसद सूर्य थापा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सदनमा उठाइएका प्रश्न र जिज्ञासाको जवाफ दिन सरकारले आनाकानी गरेकाले यथास्थितिमा बैठक अघि बढ्न नसक्ने बताए । यसपछि सभामुख घिमिरेले यसअघि जारी गरिएको रुलिङ स्मरण गराउँदै आउँदो सोमबार (२१ फागुन)मा जवाफ दिन प्रधानमन्त्री प्रचण्डलाई निर्देशन दिएका छन् ।

उक्त निर्देशनपछि प्रतिपक्षी दलका सांसदको विरोध रोकिएपछि बैठक अघि बढेको छ ।

बालकुमारी घटनामा छानबिन आयोगको प्रतिवेदनमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई दोषी देखाएको छ । साथै टेरामक्स प्रकरण मुछिएका स्वास्थ्यमन्त्री मोहन बस्नेत र लुम्बिनी विकास कोषले ९९ वर्षका लागि जग्गा भाडामा दिएको प्रकरणमा मुछिएका संस्कृतिमन्त्री सुदन किराँतीले राजीनामा दिनुपर्ने एमालेसहितका प्रतिपक्षी दलले माग गर्दै आएका छन् ।

उनीहरुले राजीनामा नदिए प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने उनीहरुको माग छ । तर, यसबारे पटक पटक सभामुख घिमिरेले जवाफ दिन सरकारको नाममा रुलिङ जारी गरिसकेका छन् । तर, प्रधानमन्त्री संसद छलेर हिँडेपछि प्रतिपक्षी दल आक्रोशित भएका हुन् । न्युज कारखाना

काठमाडौं, १८ फागुन ।

प्रमुख प्रतिपक्षी दल एमालेले समसामयिक विषयमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन नआएपछि प्रधानमन्त्री हराएको सूचना निकाल्नुपर्ने भन्दै व्यंग्य गरेको छ ।

 

शुक्रबार प्रतिनिधिसभा बैठकलगत्तै एमाले सांसद सूर्य थापाले दुई युवाको ज्यान जानेगरी भएको बालकुमारी घटनासहितमा दोषी देखिएका र मुछिएका मन्त्रीलाई बर्खास्त गर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नआएपछि बैठक अघि बढ्न नसक्ने बताए ।

सभामुख देवराज घिमिरेले गरेको रुलिङविपरीत प्रधानमन्त्री प्रचण्ड जवाफ दिन बैठकमा नआएपछि एमालेसहित प्रतिपक्षी दलले आपत्ति जनाएका छन् ।

बालकुमारी घटनामा छानबिन आयोगको प्रतिवेदनमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई दोषी देखाएको छ । साथै टेरामक्स प्रकरण मुछिएका स्वास्थ्यमन्त्री मोहन बस्नेत र लुम्बिनी विकास कोषले ९९ वर्षका लागि जग्गा भाडामा दिएको प्रकरणमा मुछिएका संस्कृतिमन्त्री सुदन किराँतीले राजीनामा दिनुपर्ने एमालेसहितका प्रतिपक्षी दलले माग गर्दै आएका छन् ।

उनीहरुले राजीनामा नदिए प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने उनीहरुको माग छ । तर, यसबारे पटक पटक सभामुख घिमिरेले जवाफ दिन सरकारको नाममा रुलिङ जारी गरिसकेका छन् । तर, प्रधानमन्त्री संसद छलेर हिँडेपछि प्रतिपक्षी दल आक्रोशित भएका हुन् ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि सरकारको जवाफ नआएसम्म सदन चल्न नसक्ने चेतावनी दिए । प्रतिपक्षी दलका सांसद उठेर विरोध जनाइरहेका छन् । न्युज कारखाना

सर्लाही, १८ फागुन।

पूर्व-पश्चिम राजमार्गसँग जोडिएको सर्लाहीको लालबन्दीमा १४ लाख बढी रुपैयाँसहित एकजना  पक्राउ परेका छन् ।

 

लालबन्दी नगरपालिका-१४ लखन्देही खोला छेउबाट स्थानीय वर्ष ४६ का धनबहादुर पाख्रिनलाई १४ लाख बढी रुपैयाँसहित प्रहरीले पक्राउ गरेको हो।

प्रहरी चौकी पत्थरकोटबाट खटिएको टोलीले बिहीबार दिउँसो चेकजाँचको क्रममा प्रदेश २– ०३ –०११ प ८३५७ नम्बरको मोटरसाइकल चढेका पाख्रिनले बोकेको झोलामा  १४ लाख १० हजार रुपैयाँ फेला परेको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपेन्द्र पञ्जियार थारुले बताएका छन्।

बरामद रकमको पाख्रिनले  स्रोत खुलाउन नसकेपछि उनलाई पक्राउ गरी अनुसन्धान थालिएको हो। हाल उनी इलाका प्रहरी कार्यालय लालबन्दीको नियन्त्रणमा रहेको तथा हुण्डी कारोबारमा संलग्न रहेको सर्लाही प्रहरीको अनुमान रहेको छ।न्युज कारखाना

उर्लाबारी, फागुन १८  ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारी सडकखण्डमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक तेजबहादुर दाहालका अनुसार मृत्यु हुनेहरूमा झापाको कमल गाउँपालिका २ का ५२ वर्षीय यदुकान्त भट्टराई, ४४ वर्षीया दीपा खनाल र ३६ वर्षीय कृष्ण गजुरेल छन् । त्यस्तै, दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका हरि खनाल र गायत्री भट्टराईको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

 

बेलबारीबाट पूर्वतर्फ जाँदै गरेको मे १ ज २८५६ नम्बरको जिपलाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र.२–००१ ख ९६७६ नम्बरको ट्रिपरले ठक्कर दिँदा दुर्घटना भएको थियो । ट्रिपरले जिपलाई ठक्कर दिनुअघि काठमाडौंतर्फ जाँदै गरेको प्रदेश ३–क–००१ ख २७१८ नम्बरको यात्रुवहाक बसलाई समेत ठक्कर दिएको बसका चालक छत्रकुमार मास्केले बताए ।

प्रहरीले ट्रिपर र चालक सुन्दरहरैंचा–७ का चन्द्रबहादुर विकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।न्युज कारखाना

काठमाडौँ, १८ फागुन ।

जारी त्रिकोणात्मक टी-२० सिरिजमा आज नेपालले नामिबियाको सामना गर्दै छ । टियु मैदानमा हुने यस खेलमा नामिबियाले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरको छ । योसँगै नेपालले पहिला ब्याटिङ गर्ने भएको छ ।

 

नेपालले आफ्नो टिममा आज तीन परिवर्तन गरेको छ । नेपालले आज कुशल भुर्तेल, सन्दीप जोरा र ललित राजवंशीलाई आराम दिएको छ भने उनीहरुको ठाउमा अनिल शाह, अभिनाश बोहोरा र आरिफ शेखलाई टिममा सामेल गरेको छ ।

 

नेपालको प्लेइङ-११: रोहित पौडेल (कप्तान),  आसिफ शेख, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, दीपेन्द्र सिंह ऐरी, प्रतिश जिसी, अनिल शाह, अभिनाश बोहोरा र आरिफ शेख ।

 

यस सिरिजको फाइनलमा पुग्न नेपालले आज नामिबियालाई पराजित गर्नैपर्ने अवस्था रहेको छ । नेपालले लगातार दुई खेलमा हार बेहोरेर दबाबमा आएको छ । नेपालले नामिबियाविरुद्धको खेल २० रनले हारेको थियो भने नेदरल्याण्डसविरुद्धको खेल २ रनले हारेको थियो ।न्युज कारखाना

रौतहट,१८ फागुन ।

रौतहटका विभिन्न स्थानमा मापदण्डविपरीत संचालनमा रहेका निजी अस्पतमा नियमित अनुगमन नभएको गुनासो बढदै जान थालेको छ । यस्ता अस्पतालले सर्बसाधारणको स्वास्थ्य चेकजाँचका नाममा उनीहरुको स्वास्थ्य माथि खेलवाड गर्दै आएका  छन् ।

 

गरुडा नगरपालिका, गौर नगरपालिका, वृन्दावन, चन्द्रपुर लगायतका नगरपालिकाहरुमा तथा यमुनामाई, दुर्गा भगवती गाउँपालिकामा संचालनमा रहेका निजी अस्पतालहरु मापदण्डविपरीत रहेको र अनुगमन गर्नुपर्ने सर्बसाधारणले माग राखेका छन् । केही दिन अघि यमुनामाई गाउँपालिकाको शुकदेव चोकमा रहेका सगरमाथा तराई अस्पतालमा विना शैक्षिक योग्यताको नक्कली चिकित्सक पक्राउ परेका थिए ।

 

नेपाल सरकारकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको मापदण्डअनुसार भौतिक पूर्वाधारसहितको वेल इक्युमेन्ट, दक्ष जनशक्ति भएपछि मात्रै निजी क्षेत्रमा अस्पताल संचालनको लागि इजाजत दिइने गरिन्छ । तर, रौतहटमा मापदण्डविपरीत नै दर्जनौँ अस्पताल संचालनमा रहेका छन् । त्यति मात्रै नभई बर्षभरिको मूल्याङ्कन फारमको आधारमा नवीकरण गर्ने स्पष्ट प्रावधान रहेको भए पनि बिनाइजाजत, इजाजत लिए पनि बर्षौंदेखि नवीकरण नगराएको, बेड राख्ने अनुमति नलिई बेड राखेको छ, बेड राख्न अनुमति लिए पनि त्यसभन्दा धेरै बेड राखेर उपचारको आडमा गरिब असहाय विरामीहरूसँग अनावश्यक रुपमा रकम लुट्दै आएको गुनासो सर्वसाधारणको छ ।

 

यसै क्रममा गरुडा नगरपालिकामा १३ वटा निजी अस्पतालहरु संचालनमा रहेको गरुडा नगरपालिकाको स्वास्थ्य शाखाबाट बुझिएको छ । जसमा जनसेवा क्लीनिकले अस्थायी रुपमा स्वीकृति लिएर २०८० जेठ महिना र याशिम संजीविनी अस्प्ताल प्राली शिवनगरले २०८० मंसिर ६ मा नवीकरण गराएको गरुडा स्वास्थ्य शाखाको रेकर्डमा देखिन्छ । याशिम संजीविनीले १५ बेडको स्वीकृति लिएको भए पनि अन्य ११ वटा निजी अस्पतालको नविकरण भएको देखिँदैनन् ।

 

आनन्द पोलिक्लीनिक एक्युपञ्चर शिवनगरले २०७३ साउन १९ गते जिल्ला स्वास्थ्य कार्यालय गौरबाट स्वीकृति लिएको देखिन्छ तर नवीकरण २०७६ फागुन १३ गते सम्म मात्रै भएको उक्त रेकर्डबाट बुझिएको छ । तर, आनन्द पोलिक्लिनिक एक्युपञ्चरको रेकर्डमा रहे पनि सो हस्पिटलमा पुग्दा आनन्द होस्पिटल प्रालि नाम राखेर संचालन गरेको पाइएकाे छ ।

 

बेड राख्ने प्रक्रिया पूरा नै नगरेर दर्जनौँ बेड राखेर विरामीहरुको उपचार गरिहेको छ । यहाँ सम्मकी भुईंमै राखेर बिरामीको उपचार गर्ने गरेको पाइएकाे छ । गाउँघरमा आफ्ना एजेन्टहरु मार्फत पक्षघात भएका बिरामीहरुलाई उक्त हस्पिटलमा ल्याएर उपचार गर्ने गरिन्छ । उक्त होस्पिटलका संचालक डाक्टर भनाउने उमेश जयसवालले विगत सात बर्षदेखि नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले निर्धारण गरेको मापदण्डविपरीत होस्पिटल संचालन गर्दै आए पनि सम्बन्धित् निकाय केही गर्न नसकेको कारण सर्वसाधारण विरामीहरु लुटिन बाध्य बनेका छन् ।न्युज कारखाना

बारा, १८ फागुन ।

बाराको पथलैया स्थित आन्तरिक राजस्व अनुसन्धान कार्यालयको राजस्व संकलनमा वृद्धि भएको छ ।

 

गत आर्थिक वर्षको ६ महिनामा संकलित राजस्वको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा राजश्व संकलनमा बृद्धि भएको हो।

 

कार्यालयका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा राजस्व चुहावट तर्फ १ करोड ५७ लाख ४० हजार रुपैया संकलन गरिएको छ ।

 

सोही अवधिमा गत आर्थिक वर्षमा मात्र १ करोड २० लाख १० हजार रुपैया संकलन भएको थियो । यस आवको ६ महिनामा गतको तुलनामा करिब ३७ लाख रुपैया बढी राजस्व संकलन भएको देखिएको छ । चुहावट तर्फको राजस्व  वृद्धि संगै भिसिटिएस जरिवाना तर्फ समेत वृद्धि देखिएको छ । चालु आर्थिक वर्षको हिजो फागुन १७ गते सम्म ५४ लाख ९० हजार रुपैया भिसिटिएस जरिवाना तर्फ संकलन भएको छ । सोही अवधिमा गत आवमा भिसिटिएस जरिवाना तर्फ मात्र ४४ लाख ६० हजार रुपैया मात्र संकलन भएको कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ।

 

आन्तरिक राजश्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख राजस्व अधिकृत प्रेम प्रसाद देवकोटाले बिगतको तुलनामा राजस्व चुहावटमा क्रमसः नियन्त्रण हुँदै गएकाले राजस्व संकलनमा वृद्धि भएको दाबी गरेका छन।न्युज कारखाना

मुम्बइ, १८ फागुन ।

रजनीकान्त एक प्रतिभाशाली कलाकार मात्र होइनन, उनी ती स्टारहरू मध्ये एक हुन् जसले सादगी जीवनलाइ मानिसहरूले बिर्सन सक्दैनन ।

 

रजनीकान्तले फिल्मबाट धेरै धन र प्रसिद्धि कमाए तर आफ्नो सादगीलाई कहिल्यै बिर्सदैनन । भनिन्छ नि कलाकारहरु आफ्नो स्टाइलका कारण मानिसको मनमा राज गर्छन् । उनको सादगी जीवनका कारण पनि मानिसहरूले उनलाई आफ्‍ना देवता भनी पुजा गर्छन्।

 

यसैबीच अभिनेताको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जसलाई हेरेर फ्यानले उनको निकै तारिफ गरिरहेका छन् । फिल्मी सेलिब्रेटीहरू बिजनेश क्लासमा यात्रा गर्ने प्रायः देखिन्छ तर रजनीकान्तको एउटा भिडियो भाइरल भइरहेको छ, जसमा उनी इकोनोमी क्लासको फ्लाइटमा सर्वसाधारणको बीचमा यात्रा गरिरहेका देखिन्छन् ।

 

भिडियोमा अभिनेतालाई विमानको विन्डो सिटमा आरामसँग बसेको र त्यहाँ उपस्थित व्यक्तिले उनको भिडियो र तस्विर खिचिरहेको देख्न सकिन्छ । तर, आफ्नो सादगीले मानिसको मन जितेको यो पहिलो पटक भने होइन ।

 

यो भिडियो अघि अभिनेताका केही तस्बिर भाइरल भएका थिए, जसमा उनी काँधमा झोला झुण्डाएर एयरपोर्टबाट निस्किएको देखिएका थिए । यति ठूला सुपरस्टार भए पनि झोला आफै बोकेर हिडिरहेका थिए । उनको स्टाइल देखेर मानिसहरु निकै खुसी भए ।

 

अभिनेता छिट्टै अमिताभ बच्चनसँग स्क्रिन सेयर गर्दै देखिनेछन् । दुबै ३३ वर्षपछि फिल्म  ‘थलाइवर १७०’ मा सँगै देखिदैछन् । रजनीकान्तले एक पोस्ट सेयर गरेर खुशी व्यक्त गरेका थिए । फोटो सेयर गर्दै उनले लेखेका छन्,  ‘३३ वर्षपछि म मेरा गुरु अमिताभ बच्चनसँग आउँदैछु । चलचित्र केटीजे ज्ञानवेलको निर्देशनमा बन्न लागेको हो । नाम थलाइवर १७० हो। यसैमा म उनीसँग फेरि काम गर्दैछु । म खुशीले पागल भएको छु ।’न्युज कारखाना

 

 

#Thalaivar at flight ❤️❤️❤️❤️#Rajinikanth | #Rajinikanth𓃵 | #SuperstarRajinikanth | #SuperStarRajinikanth𓃵 | #Jailer | #Thalaivar171 | #Jailer2 | #Vettaiyan | #superstar @rajinikanth pic.twitter.com/b443yrgcU0

— Suresh balaji (@surbalutwt) February 29, 2024

गाजा, १८ फागुन ।

गाजामा युद्धविरामको प्रयासका बीच इजरायली आक्रमण जारी छ।

 

गाजाका स्वास्थ्य अधिकारीहरूले आरोप लगाएका छन् किगाजा शहरमा मद्दतको आशामा रहेका प्यालेस्टिनीहरूमाथि इजरायली आक्रमणमा परी १०४ जनाको मृत्यु भएको छ ।

 

सो घटनामा परी २८० जना घाइते भएका छन्।

 

इजरायल–हमास युद्ध सुरु भएदेखि हालसम्म ३० हजार ३५ प्यालेस्टिनी मारिएका छन् भने ७० हजार ४५७ जना घाइते भएका स्वास्थ्य अधिकारीहरूले बताएका छन् । उता, इजरायली प्रवक्ताले गाजा अधिकारीहरूको आरोपलाई अस्वीकार गर्दै घटना भएको भनिएको ठाउँमा कुनै गोलाबारी नभएको जिकिर गरेका छन ।

 

उही समयमा प्यालेस्टिनी अधिकारीहरूले एक अस्पतालले त्यहाँ १० जनाको शव लगिएको बताएको बताए। अक्टोबर ७ हमासको हमलापछि इजरायलको हवाई, सामुद्रिक र स्थल हमलाले गाजा शहर र उत्तरी गाजा वरपरको क्षेत्रमा सबैभन्दा बढी प्रभाव पारेको छ। लगातारको आक्रमणका कारण तीन चौथाइ जनसंख्या विस्थापनको सिकार भएका छन् ।

 

साथै, हमलाका कारण गाजाका जनतालाई सहायता पुर्‍याउन कठिन भएको मानवीय सहायता प्रदान गर्ने संयुक्त राष्ट्रसंघीय निकायहरूले बताएका छन्। तर इजरायलले संयुक्त राष्ट्रसंघीय निकायको दाबीलाई अस्वीकार गरेको छ। इजरायली एजेन्सी कोगाटले चिकित्सा सहायतामा अवरोध गरेको आरोप निराधार भएको बताएको हो ।न्युज कारखाना

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।