२०८३ श्रावण २८
२०८३ श्रावण २८

चेसिस नम्बर, इन्जिन नम्बर नभएको गलाउनु पर्ने मोटरसाइकल अपराधिक क्रियाकलापमा जादै

भैरहवा, १४ चैत ।

भैरहवा भन्सार कार्यालयले लिलामी निकालेको स्क्रेप मोटरसाइकल बजारमा चालु हालतमा पठाउने गरेको पाइएको छ ।

 

भन्सार कार्यालयले विभिन्न मुद्धामा रहेका पत्रु (स्क्रेप)दुई पाङग्रे मोटरसाइकल र स्कुटर लिलामी प्रक्रियाकाबाट विक्री गरेकोमा लिलामी सकार्ने प्रतिष्ठानले मोटरसाइल र स्कुटर पुन प्रयोग गर्न मिल्ने गरी विक्री गर्ने गरेको हो ।

जस्को नेतृत्व जिल्ला प्रहरी कार्यालय मातहत रहेको युनिट इन्चार्जले गरिरहेका छन । विगत ७–८ वर्ष देखि रुपन्देही सिमा आसपास क्षेत्रमा सरुवा मिलाई लिलामी सकार्ने समूहमा रहेका असई राजकुमार केसीकै योजनामा ति मोटरसाइकल गलाउनु पर्ने ठाउमा गलत प्रयोग भएको छ ।

 

भन्सार कार्यालयले कार्यालयले १ सय ४ वटा मोटरसाइकल तथा सकुटर जस्तो अवस्थामा छ त्यस्तै अवस्थामा र १ सय ८० वटा पत्रुमा लिलामी बिक्री गर्नका २१ दिने सार्वजनिक सूचना जारी गरेको गरेको थियो ।

चोरीपैठारीका क्रममा जफत भएर प्रयोजन बिहिन बनेका विभिन्न ब्रान्डका त्यस्ता मोटरसाइकल तथा स्कुटर लिलामीमा बिक्री गर्नका लागि मोटरसाइकल तथा स्कुटरको न्यूनतम मूल्य तोकेको थियो । तर १८० वटा मोटरसाइकल लिलामी प्रक्रियाबाट अधिकतम मुल्यमा एम एस सप्लायर्स सिद्धार्थनगर ८ ले उक्त पत्रु मोटरसाइकल सकारेर भैरहवाबाट बेच्दै आएको छ । मंगलबार सम्म ति मोटरसाइकल मध्ये १ सय ३ वटा मोटरसाइकल मात्रै पार्किङमा रहेको पाइएको छ ।

 

विभिन्न ४ वटा प्रतिष्ठा लिलामी प्रक्रियामा सहभागी भएका थिए । जसमध्ये ८ लाख ७५ हजारमा एम एस सप्लायर्स ले उक्त १८० वटा मोटरसाइकल सकारेको थियो । सकारेको मोटरसाइकल पत्रु गलाउने तरिकाले विक्री गर्नु पर्नेमा भन्सार कार्यालय र लिलामी सकार्नेको मिलेमतोमा उक्त मोटरसाइकल बजारमा पत्रुका लागि नकाटी अवैध तरिकाले विक्री गरिरहेको छ । स्रोतका अनुसार यसमा भन्सार कार्यालयको मुदा शाखा, लेखा शाखाका कर्मचारीहरुको संलगनता रहेको छ।

भन्सारको केही कर्मचारी र व्यवसायीहरुको सेटिङ्गमा कम भन्दा कम मुल्यमा भन्सार सकार्ने गरेको पटक पटक तथ्य बाहिरीने गरेको छ । मोटरसाइकल सरदर ४ हजार ८ सय रुपैयामा सकारेपनि असई केसीकै निगरानी र निर्देशनमा त्यस्तो अवस्था अनुसारको दर पछि मात्रैै विक्री हुने गरेको छ ।

भन्सार ऐन तथा नियमावली २०६४ को दफा ३६ को ८ मा उत्पादन भएको मितिले दश वर्ष नाघेका सवारी साधन वा इञ्जिन नम्बर वा चेसिस नम्बर वा उत्पादन वर्ष नखुलेका वा अधिकांश पार्टपुर्जा झिकिएका वा भौतिक अवस्था कमजोर भई मर्मत तथा सञ्चालन गर्न लागतका दृष्टिकोणले उपयुक्त नदेखिएको सवारी साधन लिलाम गर्दा लिलाम सकार गर्ने व्यक्तिकै खर्चमा पुनः सवारी साधनको रुपमा प्रयोगमा आउन नसक्ने गरी पत्रु बनाई सो व्यहोरा प्रज्ञापनपत्रमा नै उल्लेख गरी लिलाम गर्नु पर्नेछ भनी उल्लेख भएपनि ती १८० वटा मोटरसाइकल भन्सार कार्यालयले पुनः प्रयोग गर्न मिल्ने गरी लिलाम सकार्नेलाई दिएको छ ।

लिलाम सकार्नेले भने उक्त मोटरसाइकलहरु भैरहवाको नयाँ सडकबाट स्क्रेप गोदामबाट कतिपय मोटरसाइकल प्रति गोटाको दरले जे जस्तो अवस्थामा छ नकाटी विक्री गर्ने गरेको छ । विक्री गर्ने कार्यमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी युनिट इञ्चार्जको पनि संलग्नता रहेको छ । हालै मात्रै उत्कृष्ट प्रहरीको रुपमा पुरस्कृत भएका असई राज कुमार केसी मेउडिहवा प्रहरी चौकीका इञ्चार्ज हुन, उनकै निर्देशनमा ती मोटरसाइकलहरुको अवस्था अनुसार विक्री भइरहेको छ ।
लिलाम सकार्नेले सर्वसाधारणलाई मोटरासाइकल बेच्दा आफ्नो जोखिममा मोटरासाइकल लिनुपर्ने भन्दै बेच्ने गरेका छन । स्क्रेप गोदाम नजिकै रहेको मोटरसाइकल मर्मत पसलबाट ती मोटरसाइकलहरु सामान्य मर्मत पछि चालु हालतमा बनाई बेच्ने गरेको छ ।

 

स्रोतका अनुसार लिलाम सकार्ने व्यक्तिहरुसँग प्रहरी इन्चार्जको साझेधारी छ । केसीकै भतिजले मोटरसाइकल राखेको गोदामको रिर्पोट गरिररहेका थिए, घटना सावर्जनीक भएपछि केसीले भतिजलाई त्यहाबाट हटाएका छन ।
असई केसीले भने अफ्नो कुनै संलग्नता नभएको बताउछन । ‘म टायर लिनका लागि त्यहाँ पुगेको मेरो त्यस्तो कुनै संलगनता छैन’ उनले भने ।

 

मोटरसाइकल राखेको ठाउमा भने तिनै केसीले भोलीबाट काट्नु पर्छ भन्दै पत्र स्क्रेप संचालकलाई दिएका थिए । संचालकलाई शंका लागेपछि उक्त कागज केसीलाई नै फर्काएका थिए ।

 

सो ऐनको दफा ५४ मा भन्सार कार्यालयमा दाखिला भएका सवारी तथा ढुवानीका साधन, यस नियमावली बमोजिम लिलाम बिक्री गर्नु पर्ने मालवस्तु तथा ऐनको दफा ७१ को उपदफा (३) बमोजिमको मालवस्तुको मूल्याङकन गर्ने प्रयोजनका निमित्त भन्सार कार्यालयको प्रमुख वा निजको अनुपस्थितिमा निजको कार्य गर्ने गरी तोकिएको व्यक्ति संयोजक रहने गरी मूल्याङन समिति रहनेछ । जस्को सदस्यमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि, सम्बन्धित उद्योग वाणिज्य सङ्घको प्रतिनिधि, सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयको प्रतिनिधि, सवारी र ढुवानी साधनको हकमा मेकानिकल प्राविधिक सदस्य रहने उल्लेख छ ।

तर यस्को मुल्याङकन के आधारमा भयो, मेकानिकल इन्जिनियरले के आधारमा प्रतिवेदन दियो यसबारे रिर्पोट आउन बाकी छ । भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमले प्रक्रिया अनुसार नै लिलाम गरिएको बताए । हामीले चेसिस नम्बर र इन्जिन नम्बर काटेर पठाएको तर मोटरसाइकल नकाटेको उनले भने । पत्रु गलाउने भनेर नै पठाएका छौ, पुन ः प्रयोग गर्ने गरी विक्री भएको भन्ने बारे अनुसन्धान गर्ने बताए । न्युज कारखाना

काठमाडौँ ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारी बारे अमेरिकाले टिप्पणी गरेको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले मुख्यमन्त्री केजरीवालको विषयमा निष्पक्ष, पारदर्शी र समयसापेक्ष कानुनी प्रक्रियाको अपेक्षा गरेको बताएका छन् ।

यसअघि जर्मनीले पनि दिल्लीका मुख्यमन्त्रीलाई निष्पक्ष सुनुवाइका लागि अपील गरेको थियो । त्यसपछि भारतले जर्मन दूतावासका उपप्रमुखलाई बोलाएको थियो । जर्मन विदेश मन्त्रालयका प्रवक्ताको भनाइलाई भारतको आन्तरिक मामिलामा हस्तक्षेप भएको भन्दै भारतले कडा आपत्ति जनाएको थियो ।

केजरिवाल दिल्ली सरकारको मदिरा नीतिमा अनियमितता गरेको आरोपमा हाल प्रवर्तन निर्देशनालय (इडी) को हिरासतमा रहेका छन् ।

आम निर्वाचन अघि केजरीवाललाई पक्राउ गरिएको भन्दै सरकारको आलोचना भइरहेका बेला जर्मनी र अमेरिकाले यस विषयमा टिप्पणी गरेका छन् ।न्युज कारखाना

कपिलवस्तु ।

प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकप–२०८० चैत्र १७ गतेदेखि शुरू हुने भएको छ ।

बुद्ध रंगशालामा बुधबार पत्रकार सम्मेलन गर्दै ‘स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नारासहित प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकप फुटबल प्रतियोगिता चैत्र १७ देखि २४ सम्म सञ्चालन हुने जिल्ला फुटबल संघका अध्यक्ष तिलक थापाले जानकारी दिएका छन् ।

अध्यक्ष थापाका अनुसार प्रतियोगितामा ‘ए’ डिभिजनका क्लबसहित ८ टोलीको सहभागिता रहने छ। जसमा थ्री स्टार क्लब, त्रिभुवन आर्मी क्लब, मछिन्द्र क्लब, नेपाल पुलिस क्लब, हनामी बीएफसी, सुदूरपश्चिम-११, सहारा क्लब र आयोजक टिमबाट कपिलवस्तु –११ रहनेछन् ।

प्रतियोगितामा प्रथम हुनेलाई ११ लाख ११ हजार १११ र दोस्रो हुनेलाई ५ लाख ५५ हजार ५५५ रुपैयाँ र शिल्ड, मेडल र प्रमाणपत्र दिइने अध्यक्ष थापाले जानकारी दिए ।

प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकप व्यवस्थापन गर्नका लागि करिब १ करोड १८ लाख खर्च हुने अनुमान गरिएको छ ।न्युज कारखाना

काठमाडौँ ।

प्रि ओपन सेसनमा नेप्से सूचक १.३९ अंकले  बढेको छ ।

यससँगै सूचक २०४२.०९ विन्दुमा आएको छ ।२८ कम्पनीको १४ सय ६० कित्ता सेयर कारोबार हुँदा ८ लाख  १० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।  सेसनमा कुल ३८ वटा कारोबार भएको हो । १४ कम्पनीको भाउ बढ्दा १३ वटाको मूल्य घटेको छ ।

बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।न्युज कारखाना

काठमाडौं ।

नेकपा माओवादी केन्द्रले वैशाख १५ गते हुने उपनिर्वाचनमा आफ्नो उम्मेदवारी दिने निर्णय गरेको छ ।

बुधबार बिहान बालुवाटारमा बसेको पदाधिकारी बैठकले इलाम २ र बझाङ-१ (क) मा उम्मेदवारी दिने निर्णय गरेको हो ।

योसँगै अहिलेको नयाँ समीकरणबाट उपनिर्वाचनमा साझा उम्मेदार भने नहुने निश्चित भएको छ ।

अहिलेसम्म  एमालेले इलाम-२ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने बझाङमा हुने प्रदेशसभा–१ को उपनिर्वाचनमा दमन भण्डारीलाई उम्मेदार बनाएको छ ।न्युज कारखाना

गाईघाट ।

होली खेलेर नुहाउने क्रममा सुनकोशीमा बेपत्ता भएका दुई बालबालिका मृत्य फेला परेका छन् । उनीहरु आईतवारदेखि हराएका थिए ।

जसमा बुधबार त्रियुगा नगरपालिका वडा नम्बर १४ साउने बस्ने बर्ष ९ की रेखा मगरको शब मृत अवस्थामा छन् भने मंगलबार सोही ठेगाना बस्ने बर्ष ६ को रिदम मगरको शब मृत अवस्था फेला परेको थियो ।

रेखाको शव उदयपुरको त्रियुगा नगरपालिका २४ स्थित सिम्ले नजिक दुर्गे ढुङ्गामा फेला परेको र रिदमको शव खोटाङको बाराहापोखरी गाउँपालिका वडा नम्बर २ टप्पुभन्ने स्थानमा फेला परेका थिए ।

अझै एक ९ वर्षका लोकचन्द्र मगर वेपत्ता रहेका छन् । होली खेल्दै सुनकोशीमा नुहाउने क्रममा बेपत्ता भएका थिए । प्रहरीले बेपत्ता बालकको खोजी कार्य जारी रहेको बताएको छ । न्युज कारखाना

काठमाडौँ ।

धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी सम्पर्कमा आएकी छन् । हमालले छोरी आरती सकुशल भेटिएको जानकारी दिएका छन् ।

उनले भनेका छन्- ‘सबैको खोजीको प्रयासले मेरी जेठो छोरी आरती गोवामा सकुशल भेटिएको र स्वास्थ्य अवस्था कमजोर रहेको सम्पूर्ण शुभचिन्तकमा जानकारी गर्दछु । खोजी कार्यमा सहयोग गर्नु हुने सम्पूर्ण महानुभावहरू, गोवामा बस्नु हुने सहयोगी नेपाली दाजुभाई दिदिबहिनीहरू सहित सम्पूर्णमा हार्दिक धन्यवादसहित कृतज्ञता व्यक्त गर्दछु । साथै मेरो जेठो छोरी आरती,  कान्छी छोरी आर्जु र ज्वाइँसंगै भएको सम्पूर्णमा जानकारी गर्दछु ।’

यस अघि नगर प्रमुख हमालले मंगलबार छोरी आरती सम्पर्क बिहिन भएको भन्दै सहयोग मागेका थिए ।

नगर प्रमुख हमालकी जेठी छोरी आरती उनी ओशो साधक हुन। ओशो ध्यान गर्न उनी केही महिनादेखि गोवामा बस्दै आएकी थिइन् ।न्युज कारखाना

 

काठमाडौँ ।

अर्जेन्टिनाले मैत्रीपूर्ण खेलमा कोस्टा रिकालाई पराजित गरेको छ ।

बुधबार विहान सम्पन्न खेलमा अर्जेन्टिनाले कोस्टा रिकालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

१-० गोल अन्तरले पछि परेको अर्जेन्टिनाले खेलमा कमब्याक गर्दै जित हासिल गरेको थियो ।

अर्जेन्टिनाको जितमा एन्जल डी मारिया, एलेक्सिस म्याक अलिस्टर र लाउतारो मार्टिनेजले एक एक गोल गरेका थिए । त्यसैगरी कोस्टा रिकाका लागि एक गोल म्यान फ्रेड उगाल्डले गरेका थिए ।

अर्जेन्टिनाका लागि यस खेलमा लियोनेल मेसी खेलेका थिएनन् ।न्युज कारखाना

काठमाडौँ ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले चक्रपथ सुधार आयोजनाको बोर्ड गराएको भन्दै व्यंग्य गरेका छन् ।

सामाजिक सञ्जालमा बुधबार एक पोष्ट गर्दै बालेनले २०१५ मै सकिनुपर्ने काम २०२४ सम्म पनि नसकिएपछि महानगरले सो आयोजनाको जानकारी दिन बोर्ड राखेको थियो । तर सो बोर्ड अहिले हटाइएपछि महानगरले प्रहरीमा बोर्ड हराएको निवेदन समेत दिएको छ । यो आयोजना निर्माणको ठेक्का चिनियाँ निर्माण कम्पनिले लिएको छ ।

बालेनले भनेका छन्-

२०१५ मा सक्नु पर्ने काम २०२४ लाग्दा समेत सकिएको छैन । छेउछाउका बासिन्दा, रिंगरोड प्रयोग गर्नेहरू मात्र होइन, त्यहाँबाट उड्ने धुलोले उपत्यका नै प्रताडित छ । स्थानीयले बोले, संघीय सांसदहरू समेतले पटक पटक आवाज उठाए तर कसैको सुनिएको थिएन । कसैको दुख हेरिएको थिएन । काठमाडौँ महानगरपालिका भित्रको भएर हामीले पनि पटक पटक ध्यानाकर्षण गराउने र आफ्नो कार्यक्षेत्रभित्र पर्ने त्योसम्बन्धित कामहरू गरेर सहयोग गर्ने गरेका नै हौँ । तर निर्माण कार्य शंखेकिराको गतिमा रह्यो । त्यहि जानकारी दिन बोर्ड राखेका थियौँ ।

त्यत्रो आवाज नसुन्ने र त्यत्रो दुख नदेख्ने निर्माणकर्ताहरूले ति १० फिट लामो र ५ फिट चौडा भएका बोर्ड चै देखेछन् । समय सकिएको ९ बर्षपछि पनि काम नसक्ने संस्थाले ‘कथित अल्टिमेटमको समय’ सकिने बित्तिकै बोर्ड निकालेर फ्यालेछन् । अनि आफ्नो देशमा १ दिनमा अस्पताल बनाउनेले कुटनैतिक नोट लेखेछ्न ।

यहि नजर बर्षौँदेखि अलपत्र पारेर दुख थपेका र बजेट सकेका आयोजनामा पनि जाउन् । समय सकिने बित्तिकै काम गर्ने जाँगर त्यता पनि चलोस् ।न्युज कारखाना

काठमाडौँ ।

माल्दिभ्सपछि भारतको अर्को छिमेकी बंगलादेश पनि ‘इन्डिया आउट’ को आन्दोलनमा सामेल भएको छ ।  बंगलादेशमा भारतीय उत्पादन बहिष्कारको आह्वानले गति लिइरहेको छ ।

हालै बंगलादेशमा सम्पन्न आम निर्वाचनमा भारतले अनुचित रूपमा बंगलादेशका जनतालाई निर्वाचन अधिकारबाट वञ्चित गरेको र वर्तमान सरकारलाई अनुचित रूपमा समर्थन गरिरहेको आरोप लगाउदै ‘इन्डिया आउट’ को क्यापेन शुरु गरिएको छ ।

यस अघि माल्दिभ्समा पनि यसैगरी ‘इन्डिया आउट’ को नारा दिएर माल्दिभ्सका राजनीतिज्ञ डाक्टर मोहम्मद मुइज्जु सत्तामा आएका थिए।

भारतको समर्थनमा वर्तमान सरकारले सत्ता कब्जा गरेको छ र निर्दलीय तटस्थ निगरानीमा कुनै पनि निर्वाचन गराएको छैन ।  गत निर्वाचनमा बंगलादेशको प्रमुख प्रतिपक्षी दल लगायतका विपक्षी दलहरुले निर्वाचन बहिष्कार गरेपनि प्रधानमन्त्री शेख हसिनाको पार्टीले चुनाव जितेर सरकार बनाएको थियो ।

यसमा भारतको सहयोग र समर्थन रहेको आम बुझाइ रहेको छ । तसर्थ बंगलादेशबाट भारतलाई पूर्ण रूपमा हटाउन नसकेसम्म बंगलादेशका जनताको प्रजातान्त्रिक अधिकार फिर्ता नहुने उनीहरूको दाबी छ ।

लामो समयदेखि व्यक्तिगत स्तर र सामाजिक सञ्जालमा यो अभियान चलिरहेको भए पनि आज बंगलादेशको प्रमुख प्रतिपक्षी दल बिएनपीले औपचारिक रुपमा यो आन्दोलनमा सहभागी हुन थालेको छ ।

बिएनपीका वरिष्ठ सहमहासचिव अधिवक्ता रुहुल कबीर रिजवीले भारतीय उत्पादन बहिष्कारको औपचारिक शुभारम्भ आफ्नो भारतीय पाना जनतासामु फालेर औपचारिक रुपमा सुरु गरेका छन् ।

आज हालै नयाँपल्टनस्थित नेकपा केन्द्रीय कार्यालय अगाडि आफूसँग रहेको भारतीय उत्पादनको पाना फालेर यो अभियानमा सहभागी भएका थिए ।

रिजवीले भने, ‘इन्डिया आउट अभियान सामाजिक सञ्जाल सहित जताततै चर्चामा छ । भारतीय उत्पादन बहिष्कार गरेर जनताले विरोध गरिरहेका छन् । सामाजिक सञ्जालमा देखिने भारतीय उत्पादन बहिष्कारको लहरले देशको ठूलो जनसङ्ख्या भारतीय उत्पादन बहिष्कारको पक्षमा दृढ अडान लिएको देखिन्छ ।’

बंगलादेश नेसनलिस्ट पार्टी-बीएनपी लगायत ६३ प्रजातन्त्र पक्षधर दलहरू जनताको पार्टीका रूपमा र कैयौ सामाजिक संजालका सेलिब्रेटीले यस अभियानलाई साथ दिइरहेका छन् ।न्युज कारखाना

ताजा अपडेट

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ३० अर्ब निक्षेप संकलन गर्दैएभरेष्ट न्यूज एजेन्सी,  काठमाडौं । नेपाल राष्ट्र बैंकले एक महिनाका लागि ३० अर्ब बराबरको निक्षेप संकलन उपकरणको बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ ।  बैंकको मौद्रिक व्यवस्थापन विभागले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत मात्र आवेदन दिन सकिने जानकारी दिएको छ । सोही दिन उपकरण निष्काशन हुनेछ ।  बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । लगानीकर्ताले न्यूनतम १० करोडदेखि, बढीमा १० करोडले भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।  बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने छ भने ब्याजदर बोलकबोलमा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलवपछिको हकमा चार अंकसम्म) उल्लेख गर्नुपर्ने छ ।  निक्षेप संकलनको अवधि आगामी भदौ ३१ गतेसम्म रहनेछ । सो मितिमा साँवा तथा ब्याज भुक्तानी गरिनेछ। बोल स्वीकृत गर्दा सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिइने र समान ब्याजदर भएमा प्रो-राटा आधारमा बाँडफाँड गरिनेछ ।  बैंकले आंशिक वा पूर्ण रूपमा बोल स्वीकृत वा अस्वीकृत गर्ने अधिकार खुला बजार सञ्चालन समितिलाई रहने स्पष्ट पारेको छ । स्वीकृत बोलको रकम सम्बन्धित बैंकको खाताबाट कट्टा गरी राष्ट्र बैंकमा छुट्टै खातामा जम्मा गरिनेछ । पर्याप्त मौज्दात नभए सम्बन्धित संस्था कालोसूचीमा राखिने चेतावनी समेत दिइएको छ ।  यो रकम सम्बन्धित संस्थाको लगानी पोर्टफोलियोमा रहनेछ र अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइने छैन । तर, तरलता अनुपात (एसएलआर) र तरलता अनुपातमा भने गणना गर्न सकिनेछ । भुक्तानी मिति अघि रकम फिर्ता वा पूर्वभुक्तानी नहुने पनि राष्ट्र बैंकले स्पष्ट गरेको छ ।

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ३० अर्ब निक्षेप संकलन गर्दैएभरेष्ट न्यूज एजेन्सी, काठमाडौं । नेपाल राष्ट्र बैंकले एक महिनाका लागि ३० अर्ब बराबरको निक्षेप संकलन उपकरणको बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत मात्र आवेदन दिन सकिने जानकारी दिएको छ । सोही दिन उपकरण निष्काशन हुनेछ । बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । लगानीकर्ताले न्यूनतम १० करोडदेखि, बढीमा १० करोडले भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने छ भने ब्याजदर बोलकबोलमा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलवपछिको हकमा चार अंकसम्म) उल्लेख गर्नुपर्ने छ । निक्षेप संकलनको अवधि आगामी भदौ ३१ गतेसम्म रहनेछ । सो मितिमा साँवा तथा ब्याज भुक्तानी गरिनेछ। बोल स्वीकृत गर्दा सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिइने र समान ब्याजदर भएमा प्रो-राटा आधारमा बाँडफाँड गरिनेछ । बैंकले आंशिक वा पूर्ण रूपमा बोल स्वीकृत वा अस्वीकृत गर्ने अधिकार खुला बजार सञ्चालन समितिलाई रहने स्पष्ट पारेको छ । स्वीकृत बोलको रकम सम्बन्धित बैंकको खाताबाट कट्टा गरी राष्ट्र बैंकमा छुट्टै खातामा जम्मा गरिनेछ । पर्याप्त मौज्दात नभए सम्बन्धित संस्था कालोसूचीमा राखिने चेतावनी समेत दिइएको छ । यो रकम सम्बन्धित संस्थाको लगानी पोर्टफोलियोमा रहनेछ र अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइने छैन । तर, तरलता अनुपात (एसएलआर) र तरलता अनुपातमा भने गणना गर्न सकिनेछ । भुक्तानी मिति अघि रकम फिर्ता वा पूर्वभुक्तानी नहुने पनि राष्ट्र बैंकले स्पष्ट गरेको छ ।

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।