२०८३ श्रावण २८
२०८३ श्रावण २८

काठमाडौँ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ ।

महाशाखाले देशभर आंशिक देखि साधारणतया बदली रहेको र कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको जनाएको छ ।

आज देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखी मध्यम वर्षा तथा देशको बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यसैगरी आज राती देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही  बाँकी भू-भागमा आंशिक बदली रहने र कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखी मध्यम वर्षा तथा देशको बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यसैगरी देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

महाशाखाले आगामी २४ घण्टा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा देशको बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  हुँदा त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध रहेको छ ।न्युज कारखाना

काठमाडौँ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा हिरासतमा रहेका नेकपा एमालेका पूर्वसचिव टोपबहादुर रायमाझीलाई मुटुमा समस्या देखिएको छ ।

बुधबार रायमाझीको मुटुमा समस्या भएपछि  मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ ।

चिकित्सकहरुले नेता रायमाझीको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिँदै अहिले निगरानीमा राखिएको बताएका छन् । न्युज कारखाना

काठमाडौँ ।

यसै वर्षको अन्त्यतिर मेक्सिकोमा हुने मिस युनिभर्स प्रतियोगितामा साउदी अरेबिया पहिलो पटक सहभागी हुने भएको छ । साउदी अरेबियाको प्रतिनिधित्व २७ वर्षीय मोडल रुमी अलखतानीले गर्नेछिन् ।

रुमीले यसअघि मिस साउदी अरेबिया, मिस मिडल इस्ट, मिस अरब वर्ल्ड पिस र मिस वुमन (साउदी अरेबिया) जस्ता सौन्दर्य प्रतियोगिता जितिसकेकी छन् । रुमीले सामाजिक सञ्जाल पोस्ट गर्दै मिस युनिभर्सिटीमा आफ्नो सहभागिताको घोषणा गरेकी हुन् ।

‘द न्यु अरब’ न्युजका अनुसार मिस वर्ल्डमा स्विमवेयरको इभेन्ट हुन्छ तर मिस युनिभर्समा यो कार्यक्रम हुँदैन ।

रुमी साउदी अरबको राजधानी रियादकी बासिन्दा हुन् । मोडल हुनुका साथै उनी सामाजिक सञ्जाल सेलिब्रेटी पनि हुन् । इन्स्टाग्राममा उनका १० लाखभन्दा बढी फलोअर्स छन् । हालै उनले मिस एसियन प्रतियोगिता जितेकी थिइन् ।  ‘एमिरेट्स वुमन’ म्यागजिनको रिपोर्टका अनुसार रुमी आफैंले सामाजिक सञ्जालमा मिस युनिभर्समा सहभागी भएको बताएकी छन् । यससँगै उनले आफ्नो पछिल्लो तस्विर पनि सेयर गरेकी छन् । उनको नजिकै साउदी अरबको राष्ट्रिय झण्डा पनि देखिन्छ ।

क्याप्सनमा रुमीले लेखेका छन्– ‘मिस युनिभर्सिटी २०२४ मा सहभागी हुन जानु मेरो लागि गर्वको कुरा हो । मिस युनिभर्स प्रतियोगितामा भाग लिने पहिलो साउदी महिला हुन पाउँदा खुसी लागेको छ ।’

मिस युनिभर्स सौन्दर्य प्रतियोगिता पहिलो पटक सन् १९५२ मा भएको थियो । सौन्दर्य प्रतियोगितामा लेबनान, बहराइन जस्ता अरब देशका युवतीहरु सहभागी हुँदै आएका छन् । तर, साउदी अरेबियाबाट भने पहिलो पटक सहभागिता हुन लागेको छ ।

मिस युनिभर्स प्रतियोगितामा पौडी खेल्ने पहिरन लगाउन आवश्यक पर्दैन भने मिस युनिभर्समा परम्परागत पहिरन कार्यक्रम पनि हुन्छ । न्युज कारखाना

काठमाडौँ ।

हलिउड निर्देशक जेम्स क्यामरुनको फिल्म ‘टाइटानिक’ रिलिज भएको २६ वर्षपछि पनि यस फिल्म बारे अहिले पनि विभिन्न कोणबाट चर्चा हुने गर्दछ ।

सन् १९९७ मा रिलिज भएको यस फिल्ममा लियोनार्डो डिक्याप्रियोले ज्याक डसनको मुख्य भूमिका निभाएका थिए भने केट विन्सलेटले रोज डासनको मुख्य भूमिका निभाएका थिए ।

हालै फिल्ममा प्रयोग गरिएका ढोकाहरूको लिलामी गरिएको छ ।

फिल्मको क्लाइमेक्स सिनमा रोजले टाइटानिक डुबेपछि काठको ढोकाको सहायताले आफ्नो जीवन बचाउँछिन् । हालै फिल्ममा प्रयोग गरिएको सोहि ढोका लिलामीमा ७ लाख १८ हजार ७५० डलरमा बिक्री भएको थियो ।

हलिउड रिपोर्टरका अनुसार, लिलामीको समयमा धेरै फ्यानहरूले यो केवल काठको प्यानल ढोका भएको र फिल्म निर्माणका लागि बनाइएको सोचेका थिए । यद्यपि, हेरिटेज अक्सन ट्रेजर्सले यो ढोका वास्तविक टाइटानिकको प्रथम श्रेणीको लाउन्ज प्रवेश द्वारको माथि अवस्थित रहेको जानकारी दिएको छ ।

यसबाहेक फिल्ममा रोजको भूमिका निभाएकी अभिनेत्री केट विन्सलेटले लगाएको शिफन पोशाक पनि लिलामी गरिएको छ । यो एक लाख २५ हजार डलरमा बिक्री गरिएको छ ।

हेरिटेज अक्सनले टाइटानिक फिल्मका यी सामाग्रीको अक्सनबाट कुल ८ लाख ४३ हजार ७५० डलर संकलन गरेको बताएको छ । अर्थात टाइटानिकमा प्रयोग भएको ढोका र अभिनेत्री केटको ड्रेसलाई नेपाली रुपैयाँ ११ करोड २५ लाख ३४ हजार ८१८ मा बिक्री गरिएको छ ।

सन् १९९८ को ओस्कार अवार्डमा ‘टाइटानिक’ ले १४ वटा मनोनयनमध्ये ११ अवार्ड जितेको थियो। यो जेम्स क्यामरुनको ‘अवतार’, ‘अवतार: द वे अफ वाटर’ र ‘एभेन्जर्स: एन्डगेम’ पछि विश्वमा चौथो सबैभन्दा धेरै कमाउने फिल्म हो ।न्युज कारखाना

काठमाडौँ ।

पाकिस्तानको नेशनल डाटाबेस एण्ड रेजिष्ट्रेसन अथोरिटी (नाद्रा) को केन्द्रबाट २७ लाख नागरिकको व्यक्तिगत डाटा चोरी भएको छ । ‘डन न्यूज’का अनुसार गृह मन्त्रालयको संयुक्त अनुसन्धान टोलीले यो चोरी गरेको खुलासा गरेको हो ।

नाद्राले पाकिस्तानी नागरिकहरूलाई परिचय पत्र जारी गर्दछ । रिपोर्टका अनुसार यो डाटा पहिले दुबईमा पठाइएको थियो । त्यसपछि अर्जेन्टिना र रोमानिया पठाइयो । यस विषयमा सरकार भने मौन छ ।

‘जियो न्युज’ले गृह मन्त्रालयका अधिकारीलाई उद्धृत गर्दै समाचार प्रकाशित गरेको छ । यो घटना बाहिर आएपछि मन्त्रालयले संयुक्त अनुसन्धान टोली गठन गरेको थियो । यसमा संघीय अनुसन्धान एजेन्सी (एफआईए) र गृह मन्त्रालयका अधिकारीहरू सामेल थिए। यो टोलीको नेतृत्व सैयद वकारुद्दिनले गरेका थिए ।

रिपोर्टका अनुसार डाटा चोरीको यो खेल २०१९ मा सुरु भयो र २०२३ को अन्त्यसम्म जारी रह्यो। यस अवधिमा करिब २७ लाख पाकिस्तानी नागरिकको डाटा चोरी भएको थियो । नाद्रा अधिकारीहरूको सहयोग बिना यो काम सम्भव थिएन । प्रतिवेदनमा नाड्राले आफ्नो केही काम आउटसोर्स गरेको हुनाले अन्य कुनै कम्पनीले यो डाटा बेचेको हुनसक्ने आशंका पनि उठाइएको छ ।

टोलीले यस विषयमा विस्तृत प्रतिवेदन तयार पारेको छ । धेरै जसो गोप्य राखिएको छ। प्राधिकरणले आगामी दिनमा केही अधिकारीलाई सोधपुछका लागि बोलाउन सक्ने बताइएको छ ।

अनुसन्धान एजेन्सीको रिपोर्ट अनुसार जसको व्यक्तिगत डाटा चोरी भएको छ, तीमध्ये अधिकांश मुल्तान, कराँची र पेशावरका छन् । यदि यति ठूलो मात्रामा डाटा चोरी भइरहेको थियो भने वरिष्ठ अधिकारीहरू के गर्दै थिए ? यो तथ्यांक अपराध वा आतंकवादका लागि प्रयोग गर्न सकिन्छ भन्ने कुरा के उनीहरूले कुनै पनि तहमा बुझेका थिएनन् ?

यो तथ्यांकको मनी ट्रेल प्रष्ट रहेको प्रतिवेदनमा स्पष्ट गरिएको छ । तीन शहरबाट चोरी भएको डाटा पहिले दुबई पठाइएको थियो। त्यसपछि अर्जेन्टिना र रोमानिया पठाइयो ।

रिपोर्टका अनुसार यो कुरा पहिलो पटक मार्च २०२३ मा रिपोर्ट गरिएको थियो । त्यसपछि गृह मन्त्रालयले यस विषयमा छानबिन थालेको हो । पछि केही तथ्य बाहिर आएपछि यसका लागि संयुक्त अनुसन्धान टोली गठन गरिएको थियो ।

जियो न्यूजका अनुसार जसको डाटा लीक भएको छ त्यसमा सेना र आईएसआईका अफिसर पनि परेका छन् । त्यसैले यो विषय निकै संवेदनशील बन्दै गएको बताइएको छ ।न्युज कारखाना

रौतहट ।

रौतहट जिल्लामा ट्राफिक व्यवस्था अवस्थित भएका कारण दिन प्रतिदिन घटना दुर्घटना बढ्दै गएको सर्वादितै छ । तर जिल्लाका ट्राफिक प्रहरीले राजस्व उठाउनमा सिमित रहेको देखिएको छ ।

आर्थिक वर्ष २०८० /०८१ मा मंसिर महिना सम्म ३०२ ओटा सवारी दुर्घटना हुदा २६ जना ज्यान गुमाएका छन् भने ४७२ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय गौर रौतहटको तथ्याङक रहेको छ । पौस महिना मात्र ४९ वटा सवारी दुर्घटना हुदा ८ जनाको ज्यान गएका छन भने ७० जना घाईते भएका छन् ।

जिल्लाको सदरमुकाम गौर, गरुडा, मौलापुर बंकुल, बमनहर, सुकदेव चौक, शिवनगर, कटहरिया, पिपरा चन्द्रपुर लगायतका ठुला बडा बजारमा अव्यवस्थित पार्किंग, विना सवारी चालक अनुमतिपत्रको ई रिक्सा, टेम्पु लगायत ट्राफिक प्रहरीको सेटीङ्गमा चलिरहेको छ । तर विभिन्न पर्व त्योहारको मौका छोपी ट्राफिक प्रहरीले मोटरसाइकल लगायतका सवारी समाती कार्यवाही गरी राजस्व उठाउनमा केन्द्रित रहेको देखिएको छ ।

आय दिन गौर चपुर सडक खण्ड, गौर गंगा पिपरा सडक खण्ड, बमनहर विरगंज सडक खण्डमा फितलो ट्राफिक व्यवस्थाका कारण घटना दुर्घटना भईरहनछ । प्रहरीको नियम अनुसार कहिले पनी नियमित चेकजाच, सवारी चलाउन संबंधित जनचेतनामुलक कार्यक्रम रौतहटमा कहिले पनी न दिखीएको तर एक्कासि राजस्व संकलनका लागी प्रहरीले पर्व त्योहारको मुखमा मात्र चेकजाच गरी सवारी पक्राउ गरी कार्यवाही गरेको जनगुनासो रहेको छ ।

हालैमा वितेको होली पर्वको अवसरमा जिल्ला प्रहरी कार्यालय गौरको गेट अगाडिनै भारतीय नंबरको सवारीले घटना दुर्घटना घटाउछन भने भन्दै सवारीहरु समाती कार्यवाही गरेको थियो । कागज पत्र हुदा हुदै पनी नपढेलेखेका पर्व त्योहारमा घर आएका नेपाली भाषा नबुझने बोल्न नसक्ने परदेशीहरु डराई धमकाई सवारी समाती कार्यवाही गरेको जन-मानसले आरोप समेत लगाएका छन् । तर पर्व समाप्त हुने वितिकै ट्राफिक प्रहरीको कुनै अतोपतो देखिएको छैन ।

नेपाल सरकारले सार्वजनिक गरेको राजस्व प्रगति विवरणका अनुसार ४३% राजस्व कम संकलन भएको डाटा सार्वजनिक भएको लगतै राजस्व संकलनमा ट्राफिक प्रहरी केन्द्रीत बनेको स्रोतले जनाएको छ । सवारी चलाउने जनचेतनामुलक कुनै किसिमको प्रचार प्रसार नदेखाएको कारण घटना दुर्घटना बढेकाे आम जनताको बुझाई रहेको बुझिएको छ ।

सवारीको कागज पत्र खोसी बेलुका आउन भनेर पठाईदिने र बेलुका आउदा कागज पत्र फेला नपरेको भन्दै चलान काटीदिने गरेको पिडितहरुले बताएका छन् । प्रहरी बरिस्ठ नायब निरिक्षक कमल नेपालीको मातहतका ट्राफिक प्रहरीहरुले आम जनतालाई साह्रै दुख दिएको बुझीएको छ । “साना लाई एन र ठूला लाई चैन” उखान जस्तै नेता पावर पहुच र चिनहजान भएको व्यक्तिलाई कुनै किसिमको रोकटोक नरहेको देखीएको छ ।

न्युज कारखाना

 

१४ चैत, महोत्तरी 

नगरपालिकाले गृहणीहरुलाई बाटेको धुप वनाउने तालिम प्रदान गरेपछि उनीहरु आयआर्जनसँगै आत्मनिर्भर वन्ने योजनामा जुटेका छन ।

महोत्तरीको बर्दिवास नगरपालिकावाट तालिमप्राप्त महिलाहरु समुह वनाएर स्वालम्बन वन्ने योजनामा जुटेका हुन ।

नगरमा नै पहिलो पटक वडा नं. १ वाट वुवारी वचत तथा ऋण समुहका गृहणीहरुले तालिम लिएका छन ।

विहान-वेलुकाको समय प्रयोग गरेर मात्र पनि नगर क्षेत्रको बजारलाई गृहणीहरुले उत्पादन गरेको धुपले आत्मनिर्भर वनाउन सकिने ऋण समूह की संचालक सान्ता काफ्लेले बताईन ।

‘नगरले आयातित धुपलाई रोक्ने हो भने नगरभरीका गृहणीहरुले उत्पादन गरेको धुप नै बजारमा काफि हुन्छ ।’ उन्ले भनिन । ‘यसो भयो भने घरमा नै चुलोचौका गर्ने महिलाहरुको गतिलो आम्दानीको स्रोत वन्न सक्छ ।’

धुपको तालिम लिएपछी समुहका महिलाहरु उत्साहित देखिएका छन ।  ऋण समूह की अध्यक्ष रिता अधिकारीले नगरले दिएको यो तालिम निक्कै फलदायी रहेको प्रतिक्रिया दिईन । उन्ले घरायसी काममा व्यस्त हुने महिलाहरुको विहान-वेलुकाको समयलाई नगरले उपयोग गर्नुपर्ने वताउदै आयातित सिन्के धुपलाई विस्थापन गरेर महिलाहरुले उत्पादन गरेको धुपलाई प्रयोग गर्नुपर्ने नीति वनाउन नगरसँग आग्रह गरेकी छन ।

सिन्के धुपको तुलनामा बाटेको धुप वास्नादार हुने र स्वास्थ्यका दृष्टिकोणले समेत फाईदा पुग्ने वताउदै नगरले गृहणीहरुलाई आयआर्जनसँग जोडनुपर्ने गृहणी  समूहले जोड दिएका छन  ।

यता नगरले पनि महिलाहरुको भावनालाई आत्मासाथ गर्दै महिला उधमी वनाउने योजना प्रत्येक वडासम्म लैजाने योजना वनाएको छ । पहिलो चरणमा वडा नं. १ वाट सुरु गरेको वताउदै नगरले प्रत्येक वडाका महिलाहरुलाई सिपसँग जोडने योजना वनाएको जनाएको छ ।

न्युज कारखाना

 

काठमाडौँ ।

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदरावादले मुम्बई इण्डियन्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा सनराइजर्सले मुम्बईलाई ३१ रनले पराजित गरेको हो ।

सनराइजर्सले दिएको २७८ रनको विशाल लक्ष्य पछाएको मुम्बईले २० ओभरमा ५ विकेट गुमाउदै २४६ रन बनाएको थियो ।

मुम्बईका लागि तिलक बर्माले सर्बाधिक ६४ रन बनाएका थिए भने टिम डेभिडले ४२, इशान किशनले ३४,, रोहित शर्माले २६ तथा हार्दिक पाण्डेयले २४ रन बनाएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको सनराइजर्स हैदरावादले २० ओभरमा ३ विकेट गुमाउदै २७७ रन बनाएको थियो ।

सनराइजर्सका लागि हेइनरिक क्लासेनले सर्बाधिक ३४ बलमा ८० रन अविजित बनाएका थिए । त्यसैगरी अभिषेक शर्माले २३ बलमा ६३ र ट्राभिस हेडले २४ बलमा ६२ रन बनाएका थिए । त्यसैगरी एडन मार्क्रमले २८ बलमा अविजित ४२ रन बनाएका थिए ।

मुम्बईका लागि हार्दिक पाण्डेय, गेराल्ड कोत्जे र पियुष चावलाले एक एक विकेट लिएका थिए ।

सनराइजर्सले आइपिएलको इतिहासमा अहिलेसम्मको सर्बाधिक टोटल बनाएको छ । यस अघि आइपिएलमा २०१३ मा रोयल च्यालेन्जर्स बैंगलुरुले पुने वारियर्सविरुद्ध २६३ रन बनाएको थियो ।

यो जितपछि सनराइजर्स हैदरावादले दोस्रो खेलमा पहिलो जित हासिल गरेको छ भने मुम्बई इण्डियन्सले भने लगातार दोस्रो हार बेहोरेको छ ।न्युज कारखाना

काठमाडौँ ।

आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षा विहान ८ बजेबाट ११ बजेसम्म सञ्चालन हुनेछ ।

पहिलो दिन आज अङ्ग्रेजी विषयको परीक्षा हुनेछ । एसइईलाई व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न परीक्षामा खटिने केन्द्राध्यक्षलगायत जनशक्तिलाई अभिमुखीकरण गरिएको बोर्डले जनाएको छ ।

बोर्डका अनुसार सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका दुई लाख ५० हजार ७७२ छात्रा, दुई लाख ५३ हजार ६२७ छात्र र अन्य १५ जना गरी कूल पाँच लाख चार हजार ४१४ परीक्षार्थी सहभागी हुदै छन् ।

कूल परीक्षार्थीमध्ये ५०६ विद्यालयका १५ हजार ७४९ जना परीक्षार्थी प्राविधिक धारतर्फ रहेको बोर्डले जानकारी दिएको छ । त्यसैगरी परीक्षामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका १५ जना परीक्षार्थी सहभागी हुदै छन् ।

त्यस्तै परीक्षाका लागि दुई हजार ६४ परीक्षा केन्द्र निर्धारण गरिएको छ जसमा सबैभन्दा कम मनाङ, मुस्ताङमा एक-एक केन्द्र तथा सबैभन्दा बढी काठमाडौँमा १२७ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।न्युज कारखाना

आजमिति २०८० साल ,चैत्र १५ गते

तदअनुसार मार्च २८, २०२४ विहिबार, कृष्णपक्षको तृतिया तिथि, स्वाति नक्षत्र, हर्षण योग । तुला राशिमा चन्द्रमा । यो शुभ योग हो ।

• अभिजित् मुहूर्त: बिहान ११:४५ देखि १२:३४ सम्म,

• काठमाण्डौंमा सुर्योदय: बिहान ०५:५९

• सुर्यास्त: बेलुका ०६:१९ बजे

 

मेषः समय मध्यम छ । मनलाई शान्त बनाउनुहोस् । आर्थिक स्थिति सुधार हुन सक्छ। बचतमा विचार गर्नुहोस्। साथीसँग आत्मीयता र समर्थन बढाउने समय हो। परिवारसँग समय बिताउनुहोस् ।अनावश्यक खर्चबाट बच्नुहोस।

• शुभ रंग: सेतो

• शुभ अंक – ६

 

वृषः  समय मध्यम छ । स्वास्थ्यमा सामान्य समस्या हुनसक्छ, आर्थिक वचत गर्नुहोस्। प्रेमका लागि साथीसँग भ्रमण गर्नुहोस् र उनीसँग सम्बन्ध बढाउनुहोस्। परिवारसँग समय बिताउनुहोस् । ठुलो र एकल निर्णय गर्दा विचार पुर्याउनुहोला ।

• शुभ रंग: हरियो

• शुभ अंक – ८

 

मिथुनः समय मध्यम छ । स्वास्थ्यको लागि समय दिनुहोस्। आर्थिक सुधारका लागि उचित प्रयास गर्नुहोस् र अनावश्यक खर्चबाट जोगिदै बचत गर्नुहोस्। प्रेममा साथीसँग आत्मीयता र समर्थन बढाउनुहोस्। परिवारको साथमा समय बिताउनुहोस् । स्थिर मनबाट फाईदा हुनेछ ।

शुभ रंग: रातो

• शुभ अंक – ९

 

कर्कटः समय मध्यम छ । स्वस्थ जीवनशैली अनुसरण गर्नुहोस्। आर्थिक योजना बनाउनुहोस् र निवेश गर्नुहोस्। साथीसँग संबंध विकसित गर्नुहोस् र उनीसँग समय बिताउनुहोस्। परिवारसँग समय दिनुहोला ।

• शुभ रंग: रातो

• शुभ अंक – २

 

सिंहः  समय ठिकै छ । शारिरिक र मानसिक स्वास्थ्यको लागि ध्यान दिनुहोस् खर्च बढ्नेछ यसर्थ आर्थिक वचत गर्नुहोस्। प्रेम संबंध बलियो बनाउन समय दिनुहोस् । परिवारसँग आत्मियता देखाउनुहोस् ।

• शुभ रंग : सेतो

शुभ अंक – ७

 

कन्याः समय राम्रो छ । स्वास्थ्यको लागि समय दिनुहोस् र कार्यमा आनन्द लिनुहोस्। आर्थिक संकटहरूको समाधान हुने समय हो। वित्तीय योजना बनाउनुहोस्। प्रेम आत्मीयता र सहजताको साथमा संबंध विकसित गर्नुहोस्। परिवारसँग समय बिताउनुहोस् र उनीहरूलाई समर्थन गर्नुहोस्।

• शुभ रंग: निलो

• शुभ अंक – ५

 

तुलाः आज समय राम्रो छ । ध्यान र नियमित व्यायाममा समय बिताउनुहोस्। आर्थिक स्थिति सुधार हुने संकेत छ। साथीसँग बिछोड नगर्ने र मनोबल बढाउने समय हो। परिवारसँग समय बिताउनुहोस् र सम्बन्ध सुधार्नुहोस्।

• शुभ रंग: कालो

• शुभ अंक – १

 

बृश्चिकः समय मध्यम छ ।  धन वचत गर्नुहोस् र आर्थिक स्थिति सुधार गर्नुहोस्। पठनपाठनमा ध्यान बिग्रनसक्छ । साथीसँग सम्बन्ध बलियो बनाउनुहोस् र आत्मीयता देखि संबंध विकसित गर्नुहोस्। परिवारसँग समय बिताउनुहोस् र उनीहरूको समर्थन गर्नुहोस्। घर झगडाबाट बच्नुहोला ।

• शुभ रंग: निलो

• शुभ अंक – ९

 

धनुः समय राम्रो छ । स्वास्थ्य सबल रहनेछ । वित्तीय योजना बनाउनुहोस्। माया, प्रेममा आत्मीयता र सहजताको साथमा संबंध अघि बढ्नेछ। परिवारसँग समय बिताउनुहोस् , काममा ध्यान दिनुहोस् र आराम गर्नुहोस्।

• शुभ रंग: रातो

• शुभ अंक – ६

 

मकरः समय ठिकै छ । ध्यान र आराम लिनुहोस्। योग र मेडिटेशन गर्नुहोस्।आर्थिक संगठन र वित्तीय योजना बनाउनुहोस्। प्रेम आत्मीयता र सहजताको साथमा संबंध विकसित गर्नुहोस्। परिवारसँग समय बिताउनुहोस् , विवादबाट वच्नुहोस।

• शुभ रंग: हरियो

• शुभ अंक – ४

 

कुम्भः समय मध्यम छ । शारीरिक र मानसिक स्वास्थ्यको लागि समय दिनुहोस् र आराम लिनुहोस्। आर्थिक संगठन र निवेश गर्नुहोस्। वित्तीय सावधानी राख्नुहोस्। प्रेम संबंध बलियो बनाउनुहोस् र आत्मीयता र समर्थन बढाउनुहोस्। परिवारसँग धेरै समय बिताउने प्रयास गर्नुहोस्।

• शुभ रंग: निलो

• शुभ अंक – ८

 

मिनः समय मध्यम छ। शारीरिक र मानसिक स्वास्थ्यको ध्यान गर्नुहोस्। काममा ध्यान दिनुहोस् । आर्थिक योजना बनाउनुहोस् र वित्तीय सम्पत्ति विकसित गर्नुहोस्। साथीसँग आत्मीयता र सहजताको साथमा संबंध बढाउनुहोस्। परिवारसँग समय बिताउदै उनीहरूको समर्थन गर्नुहोस्।

• शुभ रंग: वैजनी

• शुभ अंक – ३

 

राशिफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला । राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरीएको हुन्छ । जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । निर्णय गर्दा तपाईंको आफ्नै अन्तर्ज्ञान र निर्णय प्रयोग गर्न सधैं महत्त्वपूर्ण छ।

 

राशिफल लेखक युवा ज्योतिष जनक खड्का, ज्योतिष परामर्श केन्द्रको सञ्चालक समेत हुन्।न्युज कारखाना

 

 

ताजा अपडेट

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ३० अर्ब निक्षेप संकलन गर्दैएभरेष्ट न्यूज एजेन्सी,  काठमाडौं । नेपाल राष्ट्र बैंकले एक महिनाका लागि ३० अर्ब बराबरको निक्षेप संकलन उपकरणको बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ ।  बैंकको मौद्रिक व्यवस्थापन विभागले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत मात्र आवेदन दिन सकिने जानकारी दिएको छ । सोही दिन उपकरण निष्काशन हुनेछ ।  बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । लगानीकर्ताले न्यूनतम १० करोडदेखि, बढीमा १० करोडले भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।  बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने छ भने ब्याजदर बोलकबोलमा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलवपछिको हकमा चार अंकसम्म) उल्लेख गर्नुपर्ने छ ।  निक्षेप संकलनको अवधि आगामी भदौ ३१ गतेसम्म रहनेछ । सो मितिमा साँवा तथा ब्याज भुक्तानी गरिनेछ। बोल स्वीकृत गर्दा सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिइने र समान ब्याजदर भएमा प्रो-राटा आधारमा बाँडफाँड गरिनेछ ।  बैंकले आंशिक वा पूर्ण रूपमा बोल स्वीकृत वा अस्वीकृत गर्ने अधिकार खुला बजार सञ्चालन समितिलाई रहने स्पष्ट पारेको छ । स्वीकृत बोलको रकम सम्बन्धित बैंकको खाताबाट कट्टा गरी राष्ट्र बैंकमा छुट्टै खातामा जम्मा गरिनेछ । पर्याप्त मौज्दात नभए सम्बन्धित संस्था कालोसूचीमा राखिने चेतावनी समेत दिइएको छ ।  यो रकम सम्बन्धित संस्थाको लगानी पोर्टफोलियोमा रहनेछ र अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइने छैन । तर, तरलता अनुपात (एसएलआर) र तरलता अनुपातमा भने गणना गर्न सकिनेछ । भुक्तानी मिति अघि रकम फिर्ता वा पूर्वभुक्तानी नहुने पनि राष्ट्र बैंकले स्पष्ट गरेको छ ।

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ३० अर्ब निक्षेप संकलन गर्दैएभरेष्ट न्यूज एजेन्सी, काठमाडौं । नेपाल राष्ट्र बैंकले एक महिनाका लागि ३० अर्ब बराबरको निक्षेप संकलन उपकरणको बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत मात्र आवेदन दिन सकिने जानकारी दिएको छ । सोही दिन उपकरण निष्काशन हुनेछ । बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । लगानीकर्ताले न्यूनतम १० करोडदेखि, बढीमा १० करोडले भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने छ भने ब्याजदर बोलकबोलमा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलवपछिको हकमा चार अंकसम्म) उल्लेख गर्नुपर्ने छ । निक्षेप संकलनको अवधि आगामी भदौ ३१ गतेसम्म रहनेछ । सो मितिमा साँवा तथा ब्याज भुक्तानी गरिनेछ। बोल स्वीकृत गर्दा सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिइने र समान ब्याजदर भएमा प्रो-राटा आधारमा बाँडफाँड गरिनेछ । बैंकले आंशिक वा पूर्ण रूपमा बोल स्वीकृत वा अस्वीकृत गर्ने अधिकार खुला बजार सञ्चालन समितिलाई रहने स्पष्ट पारेको छ । स्वीकृत बोलको रकम सम्बन्धित बैंकको खाताबाट कट्टा गरी राष्ट्र बैंकमा छुट्टै खातामा जम्मा गरिनेछ । पर्याप्त मौज्दात नभए सम्बन्धित संस्था कालोसूचीमा राखिने चेतावनी समेत दिइएको छ । यो रकम सम्बन्धित संस्थाको लगानी पोर्टफोलियोमा रहनेछ र अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइने छैन । तर, तरलता अनुपात (एसएलआर) र तरलता अनुपातमा भने गणना गर्न सकिनेछ । भुक्तानी मिति अघि रकम फिर्ता वा पूर्वभुक्तानी नहुने पनि राष्ट्र बैंकले स्पष्ट गरेको छ ।

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।