काठमाडौँ ।
भारतको केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणले लोकसभा चुनावमा भाग नलिने निर्णय गरेको बताइन् । निर्मला सीतारमणले आफूसँग चुनाव लड्न पैसाको अभाव भएको र आन्ध्र प्रदेश र तमिलनाडु जस्ता दक्षिणी राज्यहरूमा विजयको मापदण्ड पूरा गर्न नसक्ने बताइन् ।
निर्मला सीतारमणले आन्ध्र प्रदेश वा तमिलनाडुबाट चुनाव लड्ने अनुमान गरिएको थियो । हाल उनी राज्यसभा सांसद छन् र उनको २०२८ सम्म कार्यकाल रहेको छ । निर्मला सीतारमण नरेन्द्र मोदीको दुवै कार्यकालमा मन्त्री भइन् र दुवै पटक राज्यसभा हुँदै संसदमा पुगेकी थिइन् ।
यसपटक भाजपाले राज्यसभा हुँदै संसदमा पुगेका आफ्ना मन्त्रीहरूसँग लोकसभा चुनाव लडाइरहेको छ । चुनाव लड्ने विषयमा सीतारमणले भनेकी थिइन्,‘मसँग चुनाव लड्ने पैसा छैन । मलाई अर्को समस्या छ । म आन्ध्र प्रदेश वा तमिलनाडुमा चुनाव जित्ने मापदण्ड पूरा गर्दिन । विशेष समुदाय, विशेष धर्मको समीकरण पनि छ । यस्तो अवस्थामा, मैले यी मापदण्डहरूमा फिट नहुने हुनाले लडदिन भनेँ । मेरो तर्कलाई पार्टीले स्वीकार गरेकोमा म आभारी छु ।’
निर्मला सीतारमणसँग दुई महत्त्वपूर्ण मन्त्रालयहरू छन् – वित्त र कर्पोरेट मामिला । निर्मला सीतारमण देशको पहिलो पूर्णकालिक महिला अर्थमन्त्री हुन् ।
यसअघि इन्दिरा गान्धी प्रधानमन्त्री हुँदा केही समय अर्थ मन्त्रालय पनि थियो । मोदीको पहिलो कार्यकालमा निर्मला सीतारमण रक्षामन्त्री थिइन् । सक्रिय राजनीतिमा आउनुअघि निर्मला सीतारमण जेएनयूमा पढेर कर्पोरेट क्षेत्रमा काम गरिरहेकी थिइन् । त्यसपछि उनी श्रीमानसँग लण्डन पुगिन् र त्यहाँ बीबीसीमा आबद्ध भइन् । निर्मला सीतारमण सन् १९९० को दशकमा भारत फर्किएर अध्यापनको क्षेत्रमा लागिन् । पछि उनले हैदरावादमा प्रणव स्कूल स्थापना गरिन् ।
निर्मला सीतारमण सन् २००८ मा भाजपामा प्रवेश गरेकी थिइन्, जब उनलाई राष्ट्रिय कार्यकारिणीमा बोलाइयो र उनले भाषण दिएकी थिइन् । उनको भाषणको विषय सुरक्षा र आर्थिक विषयमा थियो । त्यसपछि वरिष्ठ नेताहरूको ध्यान उनीतिर गएको थियो ।
निर्मला सीतारमण अटल बिहारी वाजपेयीको सरकारमा राष्ट्रिय महिला आयोगमा मनोनीत भएकी थिइन् । सन् २००९ मा उनलाई भाजपाको राष्ट्रिय प्रवक्ता बनाइएको थियो । निर्मला सीतारमणलाई २०१४ मा बीजेपीले राज्यसभा सांसद बनाएको थियो ।न्युज कारखाना
काठमाडौँ ।
नोबेल पुरस्कार विजेता डानियल कान्हेम्यानको ९० वर्षको उमेरमा निधन भएको छ ।
कान्हेम्यानलाई सन् २००२ मा मनोविज्ञान र अर्थशास्त्रका क्षेत्रमा महत्वपूर्ण योगदान दिएको भन्दै अर्थशास्त्र तर्फको नोबेल पुरस्कार दिइएको थियो ।
उनले लेखेको पुस्तक ‘थिन्किङ, फास्ट एन्ड स्लो’ ले सर्वाधिक बिक्रीको रेकर्ड बनाएको थियो । उक्त पुस्तकमा उनले मानिसको व्यवहार खासगरी उनीहरुको निर्णय–निर्माण प्रक्रियासँग अन्तरनिहीत रहने बताएका थिए । इजरायली–अमेरिकी नागरिक
कान्हेम्यान पछिल्ला दिनसम्म अमेरिकाको प्रिन्स्टिन युनिभर्सिटीमा प्राध्यापक रहेका थिए । न्युज कारखाना
काठमाडौं
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले इलाम-२ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार चयन गरेको छ ।
राप्रपाले इलाम-२ मा बैशाख १५ मा हुने उपनिर्वाचनमा लक्ष्मी गुरुङलाई उमेदवार बनाउने निर्णय गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिएका छन् ।
पार्टीको विहिबार बसेको संसदीय समितिको बैठकले गुरुङलाई उमेदवार बनाउने निर्णय गरेको हो ।
इलाम २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि उक्त क्षेत्रमा बैशाख १५ गते उपनिर्वाचन हुदै छ ।न्युज कारखाना
काठमाडौँ ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले सरकारले घोषणा गरेको पुरस्कार राशी ५० प्रतिशत अझै नपाएको गुनासो गरेका छन् ।
भारतमा मैत्रीपूर्ण टी-२० खेल्न जानु अघि गरिएको बिदाई समारोहमा कप्तान पौडेलले खेलकुदमन्त्री विराजभक्त श्रेष्ठलाई सरकारले यस अघि घोषणा गरेको पुरस्कार राशि अहिलेसम्म ५० प्रतिशत नपाएको गुनासो गर्दै छिट्टै पाउने आशा व्यक्त गरे ।
रोहितले मन्त्री श्रेष्ठलाई भने- ‘हामी सबै सरकारले हामि सबैलाई रिवार्डको रुपमा रकम दिने तोक्नु भएको थियो । तर अहिलेसम्म ५०-६० प्रतिशत मात्र पाएका छौं । त्यस्तै टी-२० विश्वकपमा छनौट भएको पनि सरकारले पुरस्कार रकम घोषणा गरेको छैन, अझै विश्वकप आउन एक महिना बाँकी छ । तपाइँले यो विषयमा हेर्नु हुने छ भन्ने हामीलाई विश्वास छ ।’
नेपाली क्रिकेट टिमले भारतको गुजरात र बरोडासँग भारतको गुजरातको भापीमा टी-२० फ्रेन्डसिप कप खेल्दै छ । मार्च ३१ देखि अप्रिल ७ सम्म हुने यस टी-२० कप त्रिकोणीय सिरिज हुने छ ।
नेपालले आगामी टी-२० क्रिकेट विश्वकपको तयारी स्वरूप यो फ्रेन्डसिप कप खेल लागेको हो ।
नेपाली क्रिकेट टिम भारतबाटै ओमानमा अप्रिल १२ देखि २१ सम्म हुने एसीसी प्रिमियर कप खेल्न जादै छ । न्युज कारखाना
धनगढी ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सुदूरपश्चिमका दुई बिना विभागीय मन्त्रीहरूले कार्यभार पाएका छन् ।
नाउपाभित्र विवाद बढिरहेको बेला मुख्यमन्त्री कमलबहादुर शाहले नाउपाका दुई मन्त्री लक्ष्मण किशोर चौधरी र खुसीराम डगौरा थारूलाई मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।
मुख्यमन्त्री शाहले लक्ष्मण किशोर चौधरीलाई सामाजिक विकास तथा खुसीरामले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएका छन् । उनीहरुले आजै पदभार ग्रहण गर्दैछन् ।न्युज कारखाना
काठमाडौँ ।
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद डा. आरजु राणा देउवाले थाइराइडको शल्यक्रिया गरेकी छन् ।
आरजुले भारतको नयाँ दिल्लीस्थित म्याक्स हस्पिटलमा अप्रेसन गरेकी हुन् ।
हाल उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनको सचिवालयले जानकारी गराएको छ ।न्युज कारखाना
काठमाडौँ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।
बिहीबार बिहान बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाबीच भेटवार्ता भएको हो ।
करिब एक घण्टा भएको कुराकानी विचाराधीन कानुनहरू पारित गर्ने र संसदलाई नियमित चलाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएका छन् ।
गत फागुन २१ गते कांग्रेस र माओवादी केन्द्रको गठबन्धन टुटेपछि प्रचण्ड र देउवाबीच पहिलो पटक वान टू वान भेट हो । न्युज कारखाना
काठमाडौँ ।
नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० सिरिजको पहिलो खेल रद्ध भएको छ ।
लगातारको बर्षाका कारण मैदान खेल्न योग्य नभएपछि आजको खेल रद्ध भएको नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको हो ।
टियु मैदानमा हुने यो खेल अपराहन्न एक बजेदेखि शुरु हुने तालिका रहेको थियो ।
नेपाल ए ले मार्च २८ , २९ र ३१ मा आयरल्याण्ड वोल्भ्ससँग टी-२० सिरिज र अप्रिल ३, ५ र ७ मा एकदिवसीय सिरिजका खेल्ने तालिका रहेको छ ।
त्यसअघि नेपालको राष्ट्रिय टिमले आयरल्याण्ड ए सँग दुई टी-२० खेल खेलेको थियो, जसमा दुवै खेल नेपालले जितेको थियो ।
टी-२० सिरिज खेल्ने नेपाली ए टिम :
विनोद भण्डारी (कप्तान), लोकेस बम, देव खनाल, पवन सराफ, किरण ठगुन्ना, आरिफ सेख, अर्जुन घर्ति, नारायण जोशी, बशीर अहमद, रसिद खान, सागर ढकाल, विपिन खत्री, कमल सिंह ऐरी, हेमन्त धामी र विकास आग्री रहेका छन् । न्युज कारखाना
काठमाडौँ ।
बुधबार सनराइजर्स हैदरावाद र मुम्बई इन्डियन्सबीच रोमाञ्चक खेल भएको थियो । हाई भोल्टेज यस खेलमा हार्दिक पाण्ड्याको टोली ३१ रनले हार बेहोरेको थियो ।
यस खेलमा धेरै कीर्तिमान बनेका छन् । प्याट कमिन्सको नेतृत्वमा रहेको टोलीले आईपीएलको इतिहासमा सर्वाधिक रन बनाएको थियो । टोलीले २० ओभरमा तीन विकेट गुमाएर २७७ रन बनाएको थियो । सनराइजर्सले रोयल च्यालेन्जर्स बैंगलोरको ११ वर्ष पुरानो कीर्तिमान तोडेको छ । यो लक्ष्य पछ्याउन मुम्बई इन्डियन्स असफल भयो । पाण्डेयको कप्तानीमा टोलीले २० ओभरमा पाँच विकेट गुमाएर २४६ रन बनाएको थियो ।
आईपीएलमा टिमको सर्वाधिक स्कोरको रेकर्ड
२७७/३ – सनराइजर्स हैदराबाद विरुद्ध मुम्बई इन्डियन्स, हैदरावाद, २०२४
२६३/५ – रोयल च्यालेन्जर्स बैंगलोर विरुद्ध पुणे वारियर्स, बेंगलुरु, २०१३
२५७/५ – लखनऊ सुपर जायन्ट्स विरुद्ध पञ्जाब किंग्स, मोहाली, २०२३
२४८/३ – रोयल च्यालेन्जर्स बैंगलोर विरुद्ध गुजरात लायन्स, बेंगलुरु, २०१६
२४६/५ - चेन्नई सुपर किंग्स विरुद्ध राजस्थान रोयल्स, चेन्नई, २०१०
२४६/५ – मुम्बई इन्डियन्स विरुद्ध सनराइजर्स हैदरावाद, हैदरावाद, २०२४
आईपीएल २०२४ अन्तर्गत खेलिएको यो खेलमा चौका र छक्काको वर्षा भएको थियो । दुवै इनिङ्समा कुल ६९ चौका प्रहार गरिएको थियो । यसअघि चेन्नई सुपर किंग्स र राजस्थान रोयल्सबीचको खेलमा पनि सोही संख्यामा बाउन्ड्री प्रहार भएको थियो । यो खेल सन् २०१० मा चेन्नईमा खेलिएको थियो ।
आइपिएल खेलमा सबैभन्दा धेरै चौका
६९ – चेन्नई सुपर किंग्स विरुद्ध राजस्थान रोयल्स, चेन्नई, २०१०
६९ – सनराइजर्स हैदराबाद विरुद्ध मुम्बई इन्डियन्स, हैदरावाद, २०२४
६७ – पञ्जाब किंग्स विरुद्ध लखनऊ सुपर जायन्ट्स, लखनऊ, २०२३
६७ – पञ्जाब किंग्स विरुद्ध कोलकाता नाइट राइडर्स, इन्दोर, २०१८
६५ – डेक्कन चार्जर्स विरुद्ध राजस्थान रोयल्स, हैदराबाद, २००८
सनराइजर्स हैदरावाद विरुद्ध मुम्बई इन्डियन्सको खेलमा हार्दिक पाण्ड्याको टोलीले लज्जास्पद हार बेहोरे पनि हैदरावादको तुलनामा एक पारीमा बढी छक्का प्रहार गर्ने कीर्तिमान बनाएको थियो । वास्तवमा हैदराबादको इनिङ्समा कुल १८ छक्का प्रहार भएको थियो भने मुम्बईका ब्याट्सम्यानले २० छक्का प्रहार गरेका थिए ।
यसमा रोयल च्यालेन्जर्स बैंगलोरको नाम शीर्षमा छ, जसले सन् २०१३ मा पुणे वारियर्सविरुद्ध २१ छक्का प्रहार गरेको थियो ।
आईपीएलमा टिमको इनिङ्समा सबैभन्दा धेरै छक्का
२१ – रोयल च्यालेन्जर्स बैंगलोर विरुद्ध पुणे वारियर्स, बेंगलुरु, २०१३
२० – रोयल च्यालेन्जर्स बैंगलोर विरुद्ध गुजरात लायन्स, बेंगलुरु, २०१६
२० – दिल्ली क्यापिटल्स विरुद्ध गुजरात लायन्स, दिल्ली, २०१७
२० – मुम्बई इन्डियन्स विरुद्ध सनराइजर्स हैदरावाद, हैदरावाद, २०२४
१८ – रोयल च्यालेन्जर्स बैंगलोर विरुद्ध पञ्जाब किंग्स, बेंगलुरु, २०१५
१८ – राजस्थान रोयल्स विरुद्ध पञ्जाब किंग्स, शारजाह, २०२०
१८ – चेन्नई सुपर किंग्स विरुद्ध कोलकाता नाइट राइडर्स, कोलकाता, २०२३
१८ – सनराइजर्स हैदराबाद विरुद्ध मुम्बई इन्डियन्स, हैदरावाद, २०२४
सनराइजर्स हैदरावाद र मुम्बई इन्डियन्सबीचको खेलमा दुवै टोलीले आ–आफ्नो इनिङ्समा छक्का प्रहार गरेका थिए । यो खेलमा ३८ छक्का प्रहार गरिएको थियो, जुन आईपीएलको इतिहासमा सर्वाधिक हो । यसअघि २०१८ मा आरसीबी र सीएसकेबीच भएको खेलमा ३३ छक्का प्रहार भएको थियो। यो खेल बैंगलोरमा भएको थियो ।
आईपीएल खेलमा सर्वाधिक छक्का
३८ – सनराइजर्स हैदराबाद विरुद्ध मुम्बई इन्डियन्स, हैदरावाद, २०२४
३३ – रोयल च्यालेन्जर्स बैंगलोर विरुद्ध चेन्नई सुपर किंग्स, बेंगलुरु, २०१८
३३ – राजस्थान रोयल्स विरुद्ध चेन्नई सुपर किंग्स, शारजाह, २०२०
३३ – राजस्थान रोयल्स विरुद्ध चेन्नई सुपर किंग्स, बेंगलुरु, २०२३
पहिले ब्याटिङ गरेको सनराइजर्स हैदरावादले २० ओभरमा २७७ रन बनाएको थियो । जवाफमा मुम्बईले २० ओभरमा २४६ रन बनाएको थियो । आईपीएलको आठौं खेलमा दुवै इनिङ्समा अधिकतम रन बनाएका थिए । दुवै इनिङ्सको रन जोडिएमा ५२३ रन बन्यो । यसअघि चेन्नई र राजस्थान रोयल्सबीचको खेलमा ४६९ रन बनेको थियो । यो खेल सन् २०१० मा चेन्नईमा खेलिएको थियो ।
आईपीएलको एक खेलमा सबैभन्दा बढी योगफल
५२३ – सनराइजर्स हैदराबाद विरुद्ध मुम्बई इन्डियन्स, हैदरावाद, २०२४
४६९- चेन्नई सुपर किंग्स विरुद्ध राजस्थान रोयल्स, चेन्नई, २०१०
४५९ – पञ्जाब किंग्स विरुद्ध कोलकाता नाइट राइडर्स, इन्दोर, २०१८
४५८ – पञ्जाब किंग्स बनाम लखनऊ सुपर जायन्ट्स, मोहाली, २०२३
४५३- मुम्बई इन्डियन्स विरुद्ध पञ्जाब किंग्स, मुम्बई, २०१७
यस खेलमा हार्दिक पाण्ड्याको नेतृत्वमा रहेको टोलीले हार बेहोरे पनि आइपिएलको दोस्रो इनिङ्समा सर्वाधिक रनको कीर्तिमान टोलीको नाममा दर्ता भएको छ । २७८ रनको लक्ष्य पछ्याएको मुम्बई इन्डियन्सले दोस्रो इनिङ्समा हैदरावादविरुद्ध पाँच विकेट गुमाएर २४६ रन बनायो।
आईपीएलमा दोस्रो इनिङ्समा सर्वाधिक स्कोर
२४६/५ – मुम्बई इन्डियन्स विरुद्ध सनराइजर्स हैदरावाद, हैदरावाद, २०२४ (हार)
२२६/६ – राजस्थान रोयल्स विरुद्ध पञ्जाब किंग्स, शारजाह, २०२० (जित)
२२३/५- राजस्थान रोयल्स विरुद्ध चेन्नई सुपर किंग्स, चेन्नई, २०१० (हार)२२३/५ – मुम्बई इन्डियन्स विरुद्ध पञ्जाब किंग्स, मुम्बई, २०१७ (हार)
२१९/६ – मुम्बई इन्डियन्स विरुद्ध चेन्नई सुपर किंग्स, दिल्ली, २०२१ (जित)
न्युज कारखाना
काठमाडौं ।
नेपाल प्रहरीमा जनपद समूहतर्फ ८ जना डीएसपीलाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवा गर्न सिफारिस गरिएको छ ।
बुधबार आईजीपी वसन्त कुँवरको अध्यक्षतामा बसेको बढुवा समितिले बढुवा सिफारिस गरेको हो ।
डीएसपी ढकेन्द्र खतिवडा, अंगुर जिसी, यादव ढकाल, सन्तोष तामाङ, श्याम बाबु ओलिया, निरन्जन दत्त भट्ट, राजन लिम्बु र विनोद घिमिरेलाई एसपीमा बढुवा गर्न सिफारिस गरिएको हो । न्युज कारखाना