२०८३ श्रावण २७
२०८३ श्रावण २७

काठमाडौं, १७ चैत ।

मस्को कन्सर्ट हमलामा ९ जना ताजिकास्तानी पक्राउ परेका छन ।

ताजिकिस्तानको राज्य सुरक्षा सेवाले मस्को कन्सर्ट हलमा गत हप्ता बन्दुकधारीहरूले गरेको हमलाका अपराधीहरूसँग संदिग्ध सम्पर्कको लागि ९ जनालाई पक्राउ गरेको छ ।

जुन घटनामा १४४ जनाको मृत्यु भएको थियो ।

‘वख्दत जिल्लाका नौ जना बासिन्दाहरूलाई मार्च २२ मा क्रोकस सिटी हलमा आतंककारी हमला गर्ने व्यक्तिहरूसँग सम्पर्कको लागि हिरासतमा राखिएको थियो,’ आरआईए नोवोस्ती समाचार एजेन्सीले शुक्रबार भनेको छ । ताजिकिस्तानको विशेष सेवाका अनुसार ती संदिग्धहरूलाई पक्राउ गर्ने अपरेशनमा रूसी सुरक्षा बलका सिपाहीहरू पनि संलग्न रहेको थिए ।

वख्दत ताजिकको राजधानी दुशान्बेको पूर्वमा अवस्थित छ।

रिया नोवोस्तीका अनुसार गिरफ्तार गरिएका व्यक्तिहरू आईएसआईएल (आईएसआईएस) सँग सम्बन्ध रहेको आशंका गरिएको छ।

यो मस्कोको अदालतले घातक कन्सर्ट हल आक्रमणमा अर्को संदिग्ध  लुटफुल्लोई नाज्रिमादलाई अभियोग लगाएको थियो र कम्तिमा मे २२ सम्म हिरासतमा राख्नुपर्ने आदेश दिइएको छ । उनीमाथी अनुसन्धान र सुनुवाइ बाँकी नै छ।

रुसी स्वतन्त्र समाचार साइट मिडियाजोनाले नाजरीमादलाई उद्धृत गर्दै अदालतमा आफ्नो जन्म ताजिकिस्तानमा भएको बताएको छ।

नजरीमाद अदालतको सामना गर्ने नवौं संदिग्ध हुन्।

मस्कोबाट रिपोर्टिङ गर्दै अल जजीराका डोर्सा जब्बारीले २४ वर्षीय नाजरीमादमाथि आतंकवादी गतिविधि सञ्चालन गर्ने षड्यन्त्र गरेको आरोप लागेको र उनका वकिलका अनुसार उनले केही आरोपहरू स्वीकार गरेको बताए। न्युज कारखाना

काठमाण्डौं, १७ चैत ।

अर्थमन्त्री वर्षमान पुन अनन्तले विदेशस्थित ४० बढी नेपाली राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरुसँग भर्चुअल बैठक गरेका छन् ।

आगामी १६ र १७ वैशाखमा तय भएको लगानी सम्मेलन तयारीस्वरुप मन्त्री पुनले राजदूतहरुसँग छलफल गरेका हुन् ।

जुम बैठकका लागि मन्त्री पुन शुक्रबार साँझ अबेर परराष्ट्र मन्त्रालय गएका थिए ।  बैठकमा मुख्यसचिव बैठकुण्ठ अर्याल, परराष्ट्रसचिव सेवा लम्साल र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुशील भट्टलगायत सहभागी थिए ।

मन्त्री पुनले राजदूत र नियोग प्रमुखहरुलाई अबको एक महिना लगानी सम्मेलन केन्द्रित भएर काम गर्न प्रधानमन्त्रीका तर्फबाट निर्देशन दिए । ‘लगानी सम्मेलन राष्ट्रको इज्जत, प्रतिष्ठा, गौरबको विषयसँग जोडिएको छ’, पुनले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यूकै तर्फबाट म यहाँहरुलाई आग्रह गर्छु कि अबको एक महिना सबै काम छाडेर यसैमा लाग्नुस् ।’ मन्त्री पुनले विदेशी विकास साझेदार, ठूला लगानीकर्ता, सम्भावित लगानीकर्ता, कार्यक्रमका वक्ता र उच्च पदस्थ सरकारी व्यक्तित्वहरुलाई यसअघि नै निम्ता पठाइसकिएको स्मरण गर्दै सम्मेलनमा आउन निश्चित भएकाहरुको सूची तयार पारेर पठाउन पनि भने ।

लगानीमैत्री वातावरण बनाउन सरकारले नीतिगत, प्रक्रियागत र कानूनी सुधारको काम अघि बढाएको बताए । त्यसका लागि एक दर्जन बढी कानूनमा संशोधनमार्फत सुधारको प्रक्रिया अघि बढाइएको विषयमा आफू रहेको देशका लगानीकर्ता र सरकारी एजेन्सीहरुलाई जानकारी गराउन पनि मन्त्री पुनले आग्रह गरे । ‘१२ वटा कानून र कतिपय द्विपक्षीय समझदारीहरु गर्ने कुरामा पनि छलफ चलिरहेको छ । लगानी मैत्री कानून बनाउन भइहरेका प्रयासबारे लगानीकर्ता र सरकारी एजेन्सीहरुलाई भन्नुस्’, उनले भने ।

यस्तै मन्त्री पुनले सरकारको मुल नेतृत्व उही रहेको र एकाध मन्त्रीहरु मात्र फेरिएकाले लगानी सम्मेलन र लगानीसम्बन्धी नीतिमा कुनै फेरबदल नभएको विषयमा समेत अनतर्राष्ट्रिय समुदालयलाई आश्वस्त तुल्याउन प्रयास गर्नुपर्ने बताए । मन्त्री पुनले गैरआवासीय नेपालीले आर्जन गरेका ज्ञान, सिप र प्रविधिलाई मातृभूमिमा प्रयोग गर्ने विषयलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिँदै सो समुदायमा यो सन्देश प्रवाह गर्न राजदूतहरु र नियोग प्रमुखहरुलाई अनुरोध गरे ।
भारत, चीन, कोरिया र खाडीसहित विभिन्न मुलुकहरुमा भइरहेका पूर्वतयारीका कामलाई थप तीव्रता दिन मन्त्री पुनले निर्देशन दिए ।

बैठकमा संयुक्त राज्य बेलायत, अष्ट्रेलिया, जर्मनी, बंगलादेश, भारत, ओमान, दक्षिण कोरिया र मलेसियाका राजदूत तथा नियोग प्रमुख सहभागी थिए । न्युज कारखाना

रौतहट १७ चैत।

देशको बिभिन्न जिल्लामा पुगेर मन्त्री तथा भीआईपीहरु सँगको आफ्नो तस्वीर देखाएर लाखौं रुपैया ठगी गर्दैआएका गौरका एकजना युवक पक्राउ परेका छन्।

त्रिवि शिक्षण अस्पताल काठमाडौं स्थित बिए नर्सिङमा नामाङकन गराउने नाउँमा लाखौँ रुपैयाँ ठगी गरेका रौतहटको सदरमुकाम गौरका पवन कुमार सोनी पक्राउ परेका हुन्। बहालवाला तथा पूर्वमन्त्रीहरु तथा अन्य भीआईपी सँग आफ्नो फोटो देखाएर भीआईपी कोटामा बिए नर्सिंगमा नामाङकन गराउने नाउँमा लाखौँ ठगेका स्थानिय दुर्गा भगवती गाउँपालिका ६ घर भएर गौर ५ बस्ने राम एकवाल साह सोनारका छोरा ३० बर्षीय पवन कुमार सोनी पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताएकी छन्।

सोनीले शिक्षण अस्पतालको बिए नर्सिङमा नामाङकन गराउने भनेर डोटी जिल्ला शिखर नगरपालिका ११ का जोगबहादुर बोहराको छोरी बिमला बोहरा सँग आठ लाख १० हजार ३७५ रुपैया ठगेको उजुरीको आधारमा पक्राउ गरिएको प्रवक्ता गिरीले जानकारी दिएकी छिन्।

सोनी लाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सिलगढी डोटी पठाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।  न्युज कारखाना

हेटौडा ।

बागमती प्रदेशसभाको बैठक यही चैत १९ गते दिउँसो १ बजे बस्ने भएको छ । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको बैठक चैत १९ गते सोमबार दिउँसो १ बजे बस्ने जानकारी दिएका छन् ।

बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल हुने सभामुख पाठकले बताए  ।  प्रदेशसभाको बैठक बस्नुपूर्व सभामुख पाठकले कार्य व्यवस्था परामर्श समितिको बैठकसमेत आह्वान गरेका छन् । कार्य व्यवस्था परामर्श समितिको बैठक चैत १८ गते आइतबार दिउँसो ३ बजे बस्ने तय गरिएको छ ।

११० सदस्य रहेको बागमती प्रदेशसभामा माओवादी केन्द्रका २१, एमालेका २७, एकीकृत समाजवादीका ७ र  हाम्रो नेपाली पार्टीका २ सदस्य रहेका छन् । यसैगरी प्रदेशसभामा नेपाली कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाको ३ सदस्य रहेका छन् । न्युज कारखाना

भक्तपुर, १७ चैत । 

घरेलुु तथा साना उद्योगहरुलाई बचाउन सहयोग गर्ने उद्देश्यका साथ शुक्रबारदेखि भक्तपुरमा सुरु भएको दुईदिने घरेलु उत्पादन मेला २०८० आज शनिबारसम्म चल्ने भएको छ ।

संस्कृति संरक्षण तथा पर्यटन प्रबद्र्धनका लागि घरेलु उत्पादन मेला नाराका साथ भक्तपुर नगरपालिका वडा नं १ दूधपाटीस्थित नःपुखु (पोखारी) परिसरमा मेला भएको हो । मेला हेर्नका लागि निःशुल्क प्रवेशको व्यवस्था छ ।

मेलामा भक्तपुरमा उत्पादन हुने घरेलु उद्योगीहरुका उत्पादनका स्टलहरु रहेका छन् । भक्तपुरमा घरेलु स्तरबाट उत्पादन हुने दर्जनौ घरेलु उत्पादनका स्टलहरु मेलामा हेर्न पाइन्छ । साथै घरेलुस्तरमा हुने चिउरा कुटने, रक्सी पार्ने (बनाउने) लगायतको प्रत्यक्ष दृश्यका साथै नेवारी परिकारको स्वाद पनि चाख्न सकिन्छ ।

मेलामा नर्सरी फलफूलका बोटविरुवाहरु (२० देखि ५ हजार वढीको रुपैयाँं)को प्रतिवोटका स्टल छन् । च्याउको परिकारहरु, भादगाउँले टोली, बासबाट बनेका डालो लगायतका विभिन्न उपकरणहरु, अमिलो, मुलाको मश्यौरा, मुकुण्डो, परम्परागत सन्जुक, काष्ठकलाका विभिन्न सामानहरु,  धातुका करुवाहरु, ह्याण्डी क्राफ्ट, धूप, सावुन, नेवारी पोशाकहरु हकुपटासी (कालो फरिया), परम्परागत जुता, मौसम अनुसारका उत्पादनहरु हर्वल, झोला, स्यानटरी प्याडहरुका स्टलहरु रहेका छन् । साथै त्यहाँं दही, समेबजी (भोज), बारा, चटामरी, योमरीलगायतका नेवारी परिकारहरुको पनि स्वाद चाख्न सकिन्छ । साथै तानबाट परम्परागत रुपमा कपडा बुनेको दृश्य पनि देख्न सकिन्छ ।

आयोजक भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष प्रेमकृष्ण खर्बुजाले साना उद्यम धरासायी भएको र त्यसलाई बचाइराख्न सहयोग पुगोस् भन्ने हिसावले वर्षमा एक पटक मेला गर्ने योजना अनुसार दोश्रो पटक मेला गरेको जनाए । विभिन्न कारणले घरेलुस्तरमा बनेका सामानहरुले बजार पाउन नसकेको भन्दै यसैको सहयोग गर्ने मेलाको मुख्य उद्देश्य रहेको उनले बताए ।

मेला आयोजनाको उद्देश्यमाथि प्रष्ट पार्दै स्थानीय सरकारले ससाना उद्योग बचाउन बजेटको व्यवस्था गरी संरक्षण गर्ने नीति लिनुपर्ने बताए । भक्तपुर नपामा कोसेली घर निर्माणको खाँचो रहेको औंल्याउँदै भक्तपुरका मौलिक र स्थानीय सामाग्री प्रवद्र्धनमा स्थानीय तहको अग्रसरता महत्वपूर्ण हुने उनले बताए ।

संस्कृति संरक्षण तथा पर्यटन प्रवद्र्धनका लागि घरेलु उत्पादन मेला २०८० उद्योग तथा वाणिज्य कार्यालयको सहकार्य तथा भक्तपुर पर्यटन विकास समितिको संयोजनमा भएको हो । मेला चैत्र १६ र १७ गते बिहान १० बजेदेखि साँझ ६ बजेसम्म नःपुखु परिसरमा गरिने आयोजकले जनाएको छ ।

मेलाको संघीय सांसद प्रेम सुवालले उदघाटन गरेका थिए । कार्यक्रमपश्चात प्रमुख अतिथि तथा अतिथिहरुले मेलाको अवलोकन समेत गरेका थिए । न्युज कारखाना

मुम्बइ, १७ चैत । 

शुक्रबार, मार्च २९ मा भारतीय बक्स अफिसमा बलिउड र हलिउडका दुईवटा फिल्म देखिएका छन् । एकातिर करीना कपूर खान, तब्बु र कृति सेननको फिल्म ‘क्रू’ थिएटरमा प्रवेश गरेको थियो भने अर्कोतर्फ हलिउडको शानदार फिल्म ‘गडजिला एक्स कङः द न्यू एम्पायर’ सबै भाषामा रिलिज गरिएको थियो ।

करीना कपूर खान, तब्बु र कृति सेननको फिल्म ‘क्रू’ को बारेमा कुरा गरौं, जसलाई लिएर दर्शकहरु निकै उत्साहित रहेका थिए । राजेश कृष्णन निर्देशित कमेडी फिल्मले ओपनिङ दिनमै राम्रो प्रतिक्रिया पाएको छ । तीनै सुन्दरीले फिल्ममा आफ्नो अभिनयले दर्शकलाई मोहित पारेका छन् । यसको उदाहरण सामाजिक सञ्जालमा देखिएको छ । दर्शकले सामाजिक सञ्जालमा ‘क्रू’ को निकै प्रशंसा गरिरहेका छन् ।

फिल्म ‘क्रू’को ओपनिङ डेको कमाईको पछिल्लो कलेक्सन सार्वजनिक भएको छ । सैकनिल्कको रिपोर्ट अनुसार करिना, कृति सेनन र तब्बुको फिल्मले ओपनिङ डेमा ८.७५ करोड कमाएको छ । यद्यपि, सप्ताहन्तमा आम्दानीमा वृद्धि हुने अपेक्षा गरिएको छ। ट्रेड एनालिस्ट रोहित जैसवालका अनुसार क्रुले सप्ताहन्तमा सजिलै ३५ करोड रुपैयाँ जम्मा गर्न सक्छ । न्युज कारखाना

मुम्बइ, १७ चैत । शुक्रबार, मार्च २९ मा भारतीय बक्स अफिसमा बलिउड र हलिउडका दुईवटा फिल्म देखिएका छन् । एकातिर करीना कपूर खान, तब्बु र कृति सेननको फिल्म ‘क्रू’ थिएटरमा प्रवेश गरेको थियो भने अर्कोतर्फ हलिउडको शानदार फिल्म ‘गडजिला एक्स कङः द न्यू एम्पायर’ सबै भाषामा रिलिज गरिएको थियो ।

करीना कपूर खान, तब्बु र कृति सेननको फिल्म ‘क्रू’ को बारेमा कुरा गरौं, जसलाई लिएर दर्शकहरु निकै उत्साहित रहेका थिए । राजेश कृष्णन निर्देशित कमेडी फिल्मले ओपनिङ दिनमै राम्रो प्रतिक्रिया पाएको छ । तीनै सुन्दरीले फिल्ममा आफ्नो अभिनयले दर्शकलाई मोहित पारेका छन् । यसको उदाहरण सामाजिक सञ्जालमा देखिएको छ । दर्शकले सामाजिक सञ्जालमा ‘क्रू’ को निकै प्रशंसा गरिरहेका छन् ।

फिल्म ‘क्रू’को ओपनिङ डेको कमाईको पछिल्लो कलेक्सन सार्वजनिक भएको छ । सैकनिल्कको रिपोर्ट अनुसार करिना, कृति सेनन र तब्बुको फिल्मले ओपनिङ डेमा ८.७५ करोड कमाएको छ । यद्यपि, सप्ताहन्तमा आम्दानीमा वृद्धि हुने अपेक्षा गरिएको छ। ट्रेड एनालिस्ट रोहित जैसवालका अनुसार क्रुले सप्ताहन्तमा सजिलै ३५ करोड रुपैयाँ जम्मा गर्न सक्छ । न्युज कारखाना

काठमाडौं, १७ चैत ।

सांसद सर जेफ्री डोनाल्डसनलाई बलात्कार र अन्य ऐतिहासिक यौन अपराधको आरोप लागेको छ ।

जसका कारण डेमोक्रेटिक युनियनिस्ट पार्टी (डीयूपी) को नेताबाट राजीनामा दिएका छन्।

एक ५७ वर्षीया महिलालाई पनि कथित अपराधको सम्बन्धमा सहयोग र दुरुत्साहन गरेको अभियोग लगाइएको छ।

उनीहरू दुवैलाई बिहीबार बिहान पीएसएनआई जासूसहरूले पक्राउ गरेका थिए, त्यो आरोप लगाउनु अघि उनी माथी सोधपुछ गरिएको थियो।

सर जेफ्रीले आफूले कडाइका साथ आरोपहरू विरुद्ध लड्ने प्रारम्भिक प्रतिक्रिया दिएका छन् ।

तर, उनी र ५७ वर्षीया महिलालाई अर्को महिना अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ । न्युज कारखाना

काठमाडौँ ।

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले जनमत पार्टीकी सांसद गोमा लाभ सापकोटालाई सांसद पदबाट हटाउन अस्वीकार गरेका छन् ।

राउत नेतृत्वको जनमत पार्टीले सांसद सापकोटालाई स्पष्टीकरण सोधेर कारबाही स्वरूप पार्टीबाट निष्कासन गरेको पत्र गत फागुन २७ गते संघीय संसद सचिवालयमा पत्राचार गरेको थियो ।

तर सभामुख घिमिरेले जनमत पार्टीले पठाएको पत्रबाट सापकोटाले दल त्याग गरेको नदेखिएको र निजलाई दलबाट निष्कासन गरेको नपाइएको भन्दै सांसद पद कायम रहने निर्णय गरेका हुन् ।

सांसद सापकोटाको स्वकीय सचिव राख्ने विषयमा पार्टीमा विवाद भएको बताइएको छ । पार्टीले आफुले तोकेको व्यक्तिलाई स्वकीय सचिव नियुक्त गर्नुपर्ने भन्दै दबाब दिएको र सांसद सापकोटाले त्यसलाई अस्वीकार गरेकी थिइन् ।

के छ कानुनी व्यवस्था ?

राजनीतिक दल सम्बन्धी ऐनको दफा ३२ मा कुनै पनि सांसदले दलको सदस्यबाट राजीनामा दिएमा, अर्को दलको सदस्यता लिएमा वा आफैं संलग्न भई अर्को दल गठन गरेमा दल त्याग गरेको मानिने ब्यवस्था गरेको छ । यी कारण भएमा सांसदलाई दलले निष्कासन गर्न सक्ने छ । यसरी निष्कासन गर्नुअघि सांसदलाई सफाइको मौका दिनुपर्ने उल्लेख छ । जाँचबुझका लागि समिति गठन गर्नुपर्ने र सफाइ सन्तोषजनक नभएमा केन्द्रीय समितिको निर्णय गरेर विधानको व्यवस्था बमोजिम आधार र कारण खुलाई कारबाही गर्नुपर्ने व्यवस्था छ ।

जनमत पार्टीले यी प्रावधान पुरा नगरेको देखिएको सभामुखको निर्णयमा उल्लेख छ । न्युज कारखाना

ताजा अपडेट

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ३० अर्ब निक्षेप संकलन गर्दैएभरेष्ट न्यूज एजेन्सी,  काठमाडौं । नेपाल राष्ट्र बैंकले एक महिनाका लागि ३० अर्ब बराबरको निक्षेप संकलन उपकरणको बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ ।  बैंकको मौद्रिक व्यवस्थापन विभागले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत मात्र आवेदन दिन सकिने जानकारी दिएको छ । सोही दिन उपकरण निष्काशन हुनेछ ।  बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । लगानीकर्ताले न्यूनतम १० करोडदेखि, बढीमा १० करोडले भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।  बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने छ भने ब्याजदर बोलकबोलमा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलवपछिको हकमा चार अंकसम्म) उल्लेख गर्नुपर्ने छ ।  निक्षेप संकलनको अवधि आगामी भदौ ३१ गतेसम्म रहनेछ । सो मितिमा साँवा तथा ब्याज भुक्तानी गरिनेछ। बोल स्वीकृत गर्दा सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिइने र समान ब्याजदर भएमा प्रो-राटा आधारमा बाँडफाँड गरिनेछ ।  बैंकले आंशिक वा पूर्ण रूपमा बोल स्वीकृत वा अस्वीकृत गर्ने अधिकार खुला बजार सञ्चालन समितिलाई रहने स्पष्ट पारेको छ । स्वीकृत बोलको रकम सम्बन्धित बैंकको खाताबाट कट्टा गरी राष्ट्र बैंकमा छुट्टै खातामा जम्मा गरिनेछ । पर्याप्त मौज्दात नभए सम्बन्धित संस्था कालोसूचीमा राखिने चेतावनी समेत दिइएको छ ।  यो रकम सम्बन्धित संस्थाको लगानी पोर्टफोलियोमा रहनेछ र अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइने छैन । तर, तरलता अनुपात (एसएलआर) र तरलता अनुपातमा भने गणना गर्न सकिनेछ । भुक्तानी मिति अघि रकम फिर्ता वा पूर्वभुक्तानी नहुने पनि राष्ट्र बैंकले स्पष्ट गरेको छ ।

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।