२०८३ श्रावण २७
२०८३ श्रावण २७

काठमाडौँ

प्रस्तावित महालेखापरीक्षक तोयम रायाको संसदीय सुनुवाइ प्रक्रिया अघि बढेको छ ।

संसदीय सुनुवाइ समितिको सोमबारको बैठकले १० दिने सूचना जारी गर्ने निर्णय गरेको संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।

राष्ट्रिय तथ्यांका कार्यालयका सचिव रायालाई आइतबार बसेको संवैधानिक परिषद्को बैठकले महालेखापरीक्षकमा सिफारिस गर्ने निर्णय गरेको थियो ।न्युज कारखाना

काठमाडौँ

कार्यालयले प्रदान गरेको तालिमको नतिजालाई ज्ञान, सिप र प्रवृत्तिमा आएको रुपान्तरणबाट मूल्याङ्कन गर्न काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले आग्रह गरेका छन् ।

आजदेखि नगर प्रहरी जवानका लागि सुरु गरिएको आधारभूत तालिमको शुभारम्भ गर्दै उनले, प्रशासन विभाग र महानगर प्रहरी बलका अधिकारीलाई तालिमको मूल्याङ्कन र यसका सूचक प्रयोगका बारेमा आग्रह गरेका हुन् ।

‘महानगरपालिकालाई आम नागरिकले हेर्ने दृष्टिकोण फिल्डमा भएका कर्मचारीको व्यक्तित्व, आचरण र व्यवहारबाट निर्माण हुन्छ । यसकारण, महानगरपालिकाको छवि, फिल्डमा खटिने नगर प्रहरीको काँधमा पनि छ ।’ उनले भने, ‘नागरिकसँग गर्ने संवाद, सहरी व्यवस्थापन, सहरी सुन्दरता वृद्धि, वातावरणीय सुधारजस्ता जनसम्पर्कका काम गर्दा हरेक पाइलामा सचेत र जिम्मेवार भएर काम गर्नुपर्छ । तालिमबाट यसप्रकारको ज्ञान र व्यवहार परिवर्तन सिप प्रदान गरिनेछ ।’

प्रशासन विभागका प्रमुख दीपक अधिकारीकाअनुसार करार सेवामा नगर प्रहरी जवान नियुक्तिका लागि गएको असार, (२०८०) २० गते सार्वजनिक सूचना प्रकाशन गरिएको थियो । रक्षा मन्त्रालय र गृह मन्त्रालयअन्तर्गत सैन्य पद र प्रहरी जवान पदको अन्तिम नतिजामा उत्तीर्ण भएका तर मुख्य उम्मेदवारको सूचीमा नपरेका योग्यता क्रममा रहेका उम्मेदवारलाई करार सेवामा लिइएको हो । यस समूहमा ४४ जना छन् ।

आवेदक माग गर्दा निवेदनसहित प्रवेश पत्रको प्रतिलिपि पनि मागिएको थियो । नगर प्रहरीलाई शारीरिक र सैद्धान्तिक गरी २ प्रकारका तालिम दिइन्छ । यस अघि शारीरिक तालिम प्रदान गरिसकिएको छ । महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेकाअनुसार सैद्धान्तिक तालिम १० दिनको हुनेछ । हरेक दिन बिहान ७ बजेदेखि १० बजेसम्म कक्षा हुनेछन् । यसपछि नियमित ड्युटीमा खटाइनेछ ।

तालिममा स्थानीय सरकारमा नगर प्रहरीको भूमिका, काम कर्तव्य र अधिकार, सहरी व्यवस्थापन तथा निर्णय कार्यान्वयनका कानुनी, प्रशासनिक तथा प्राविधिक पक्षलगायत विषयमा आधारभूत ज्ञान दिइनेछ । तालिममा स्थानीय सरकारमा नगर प्रहरीको भूमिका, काम कर्तव्य र अधिकार, सहरी व्यवस्थापन तथा निर्णय कार्यान्वयनका कानुनी, प्रशासनिक तथा प्राविधिक पक्षलगायत विषयमा आधारभूत ज्ञान दिइनेछ । १० दिनको तालिम सकिएपछि परीक्षा लिइनेछ । यसपछि प्रमाण पत्र प्रदान गरिनेछ । न्युज कारखाना

बारा
नेकपा एमाले बाराको ११ औं जिल्ला अधिवेशन आज सोमबार १९ गतेदेखि सुरु हुँदै छ । एमाले बाराको जिल्ला अध्यक्षको लागि भरत बहादुर भण्डारीले आकांक्षा देखाएका छन् ।

शालीन स्वभावका भरत बहादुर भण्डारी कोल्हवी नगरपालिकाका पुर्व नगरप्रमुख हुन । उनी नेकपा एमाले बारा जिल्ला सचिवालय कमिटी सदस्य एवं क्षेत्रीय कमिटीका संयोजक समेत हुन ।

अध्यक्षको आकांक्षा देखाएका भण्डारीको जन्म २०२५ भदौ ३ गते भएको हो । भण्डारीको राजनीतिक जीवन १३ वर्षको किशोर अवस्थाबाट सुरु भएको हो । २०३७ सालमा नेपाल क्रान्तिकारी विद्यार्थी संघबाट राजनीतिमा प्रवेश गरेका भण्डारी २०४१ देखि २०४२ सम्म अनेरास्ववियु बारा जिल्ला सदस्य भएका थिए । त्यसपछि उनी २०४५ देखि २०४६ सम्म वीरगञ्जको ठाकुरराम क्याम्पसको अनेरास्ववियु सदस्यसमेत भएका थिए ।

२०४७ सालमा तत्कालिन नेपाल कम्युनिष्ट पार्टी मालेको संघठित पार्टी सदस्यता प्राप्त गरेका भण्डारीले २०४९ देखि २०६३ सम्म गाँउ कमिटीको सचिब रही पार्टीको जिम्मेवारी पुरा गर्दै आएका थियो । २०६७ साल देखी भण्डारी ४ कार्यकाल जिल्ला कमिटी सदस्य रही सचिवालयको जम्मेवारी निर्वाह गरेका थियो भने २०७९ बाट उनी बारा क्षेत्र १ को संयोजक समेत हुन ।

राजनीतिक जीवन बाहेक सामाजिक क्षेत्रमा समेत सक्रिय भण्डारी २०५९ बाट २०७० सम्म श्री नेपाल राष्ट्रिय सामुदायिक माध्यमिक विद्यालय सपहिको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष ४ कार्यकालको जिम्मेवारी पुरा गरे । उनै भण्डारी २०६८ बाट २०७१ सम्म सपहि कलेजको संस्थापक अध्यक्ष समेत भएका थिए ।

भण्डारीले २०६४ देखे २०७१ सम्म तामागढी साझेदारी वन व्यवस्थापन समितीको उपाध्यक्षमा निर्वाचित भएर दुई कार्यकाल काम गरेका थिए । राजनीतिक जीवन बाहेक सामाजिक क्षेत्रमा समेत सक्रिय भण्डारीको लोकप्रयताका कारण उनले २०७४ को स्थानिय निर्वाचनमा कोल्हवी नगरपालीकाको प्रथम निर्वाचीत नगर प्रमुख भएका थिए ।

राजनिति गर्ने मान्छेले निस्वार्थ राजनिति गर्नुपर्छ भन्ने भण्डारीको धेय छ । राजनिति भन्दैमा सबैले गर्न नसकिने भएको हुदाँ समस्या संग चल्न र जुध्न सक्ने क्षमताको व्यक्तीले मात्र जिल्ला चलाउन सक्ने भएको हुदाँ भण्डारी नेतृत्व लिन तयार छन् ।

पछिल्लो समय राजनितिलाई कमाउने भाँडो बनाइदिदा सिंगो राजनिति गर्ने ब्यक्ती बदनामित भइरहेको भण्डारी बताउँछन् । ब्यक्तीगत स्वार्थमा निहित भएर राजनिति गरिदिदा जनतामा राजनिति गर्नेमाथीको बिश्वास घटेको हो । स्वार्थ राखेर धेरै पछिसम्म टिक्दैन निस्वार्थ काम गर्नका लागी सबैले मिल्नुपर्नेमा भण्डारीको जोड छ ।

भण्डारी राजनितिलाई कमाई खाने भाँडो बनाउने परम्परालाई तोड्ने पक्षमा छन् । उनी आफै ब्यवसाय संगसंगै राजनिति गर्ने भएको हुदाँ ब्यक्तीगत स्वार्थमा निहित भएर राजनिति गनुपर्ने बाध्यतामा उनि छैनन् ।

गलत काममा लाग्नेलाई सतर्क गराउने देखी दुख पिडामा परेका ब्यक्तीहरुलाई सहयोग गर्ने सम्मका काममा भण्डारी जहिलेपनि अगाडी हुन्थे । निरन्तर राजनितिमा लागेका भण्डारी बिभिन्न पटक पार्टीको आन्तरिक चपेटामा समेत परेका थिए तर उनि निरन्तर जनतासंगै काममा ब्यस्त हुन्थे । बाराको चारवटै क्षेत्रमा उनि निकै सक्रिय छन् ।

विधिमा पार्टी चल्ने कुरालाई आदर्श मान्ने भण्डारी त्यसैले कम्युनिष्ट आचरणलाई प्रेरित गर्ने कुरामा विश्वास गर्छन् । पार्टीमा सादा जीवन र सोच भएका धेरै सदस्यहरु रहेको बताउने भण्डारी पार्टी नेतृत्व र जनता बिचको ग्याप घटाउँदै रुपान्तरणको अनुभूति जनताका जीवनमा गराउनुपर्नेमा संकल्पित छन् ।

चार दशकदेखि राजनीतिको अनवरत यात्रामा रहेका भण्डारी यस क्षेत्रका शान्त, सरल र पार्टी नेतृत्वसंग नजिकको पहिचाज राख्ने नेताका रुपमा परिचित छन ।न्युज कारखाना

काठमाडौं, १९ चैत ।

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट मस्यौदा लेखनको काम सुरु भएकाले अत्यावश्यकबाहेक घेटघाटका लागि नआइदिन आग्रह गरेको छ ।

मन्त्रीसहित सबै कर्मचारी बजेट निर्माणमा केन्द्रित हुनुपर्ने भएकाले भेटघाटको स्वरुपमा केही परिवर्तन गरिएको मन्त्रालयले जनाएको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तले शुक्रबार सहसचिव धनिराम शर्मा नेतृत्वमा बजेट मस्यौदा लेखन समिति गठन गरेका थिए । समितिमा सहसचिचवहरु रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र पार्वती शर्मा सदस्य छन् ।

 

समितिले गठन भएको भोलिपल्टै शनिबार अर्थमन्त्री पुनबाट आवश्यक निर्देशन लिएर बजेट लेखनको काम थालिसकेको छ ।

मन्त्रालयका प्रवक्ता एवं सहसचिव उत्तरकुमार खत्रीले बजेट निर्माणसँग सम्बन्धित सरोकारवालालाई पनि पहिल्यै समय लिएर मात्र आइदिन आग्रह गरे । ‘बजेट निर्माणको समयमा बिहानदेखि राति अबेरसम्म कर्मचारीले काम गर्नुपर्ने हुन्छ । अनावश्यक भिडभाड हुँदा काम प्रभावित हुन्छ’, खत्रीले भने, ‘ तर, सबै भेटघाट बन्द गरिएको होइन ।

 

भेट्नैपर्ने सरोकारवालाहरुलाई पहिल्यै समय लिएर मात्र आइदिन आग्रह गर्न चाहन्छु ।’ खत्रीले सम्बद्ध मन्त्रालय  तथा महत्वपूर्ण सरकारी निकाय, निजी क्षेत्रको प्रतिनिधि संस्थाका व्यक्तिहरु, दातृ निकायका प्रतिनिधिलाई समय लिएर मात्र भेट्न आइदिन भने ।

 

लोकतन्त्रमा सबै सरकारी निकाय जनताका लागि खुला हुने स्पष्ट गर्दै खत्रीले कामको चाप र संवेदनशीलताका कारण बजेट निर्माण अवधिभर भेटघाटको स्वरुपमा परिवर्तन गरिएबाट पर्न जाने असरप्रति मन्त्रालय क्षमाप्रार्थी रहेको उल्लेख गरे । खत्रीले विगतमा पनि बजेट निर्माणको समयमा यस्तो अभ्यास हुने गरेको स्पष्ट गरे ।

०७२ मा जारी नेपालको संविधानमा हरेक वर्ष १५ जेठमा गणतन्त्र दिवसका दिन पारेर अर्थमन्त्रीले संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने बाध्यकारी व्यवस्था छ ।

सरकारले बजेट निर्माणको कार्यतालिकामा हेरफेर गर्दै यो वर्ष बजेटका सिद्धान्त र प्राथमिकता संसदमा पेस गरिसकेको छ । तत्कालीन  अर्थमन्त्री प्रकाशशरण महतले  गत १४ फागुनमा प्रतिनिधि सभा  र राष्ट्रियसभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०८÷८२ को  विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए ।

 

वर्तमान अर्थमन्त्री वर्षमान पुनले सोही प्रस्तावमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएसँगै दुवै सदनले बजेटका सिद्धान्त र प्राथमिकता पारित गरिसकेका छन् ।न्युज कारखाना

 

र्खेसुत , १९ चैत ः

सत्ता साझेदार दलहरुको बीचमा सहमति नहुँदै कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिनका लागि प्रदेशसभामा पत्र पठाएका छन् । चैत २० गते विश्वासको मत लिने भन्दै उनले प्रदेशसभामा पत्र पठाएको उनका प्रेस विज्ञ प्रतिक इच्छुक शर्माले जानकारी दिए । सत्ता साझेदार माओवादी र एमालेको बीचमा ठोस सहमति नहुँदै कांग्रेसले सत्ता छाडेको महिना दिन पुग्न लागेको भन्दै विश्वासको मत लिन लागेको शर्माले बताए । कर्णालीको मुख्यमन्त्रीमा माओवादी र एमाले दुबैको दाबी कार्यमै रहेको छ ।

यो समाचार तयार पर्दा सम्म कुनै सहमति नभएको माओवादी केन्द्रका कर्णाली इन्चार्ज कालीबहादुर मल्लले बताए । माओवादीको आधार इलाका रुपमा रहेको कर्णालीमा एमाललेलाई पहिलो चरणमा मुख्यमन्त्री दिन नसक्ने उनको भनाई छ । एमालेका साथीहरुले पहिला पनि विश्वासको मत दिनुभएको हो , अहिले पनि सोही आधारमा तिनै मन्त्रालय लिएर जादा राम्रो हुने हो उनले भने । कर्णालीका मुख्यमन्त्री शर्मा नेकपा ( माओवादी केन्द्र)का उपमहासचिव जनार्दश शर्मा निकट मानिन्छन् । त्यसैले पनि जर्नादनले माओवादीको पदाधिकारीको बैठकमा समेत कर्णाली माओवादीले नै लिनुपर्ने दबाब प्रधानमन्त्री प्रचण्डलाई दिएका थिए । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डलाई समय ,समयमा धम्क्याउने र फरक विचार राख्न खप्पिस जर्नादनको यो पटकको सुत्रले काम गर्छ वा गर्दैन त्यो भने हेर्न बाँकी रहेको छ ।

अर्का उपमहासचिव तथा उर्जामन्त्री शक्तिबहादुर बस्नेतले यो विषयमा खोलेका छैनन् । हत्तपत्त नबोल्ने , यदि बोल्नै परे हिसाब गरेर बोल्ने बस्नेत प्रदेशको भागबण्डाका विषयमा अहिले सम्म कुनै प्रतिक्रिया दिएको देखिदैन । गुट निर्माणमा ध्यान नदिने बस्नेत सबैलाई हुन्छ भनेर मात्र जवाफ दिने गर्दछन् । एमालेका यूवा नेता विष्णु रिजालले कुनै पनि हालतमा एमालले कर्णालीको नेतृत्व लिन पाउनुपर्ने बताएका छन् । हामी ठुलो दल भएर पनि केन्द्रमा माओवादीलाई दिएका छौँ भने कर्णालीमा हामी तेस्रो दल भएपनि कर्णालीमा पहिलो नेतृत्व गर्न पाउनुपर्ने उनको भनाई छ ।

कर्णालीको माओवादी समेत दुइ भागमा बिभाजन भएको देखिन्छ । मुख्यमन्त्री शर्माले काम गर्न नसकेको , कर्मचारी परिचालनमा फेल भएको भन्दै पार्टी तथा संसदीय दलको बैठकमा समय ,समयमा चर्को अलोचना हुने गर्दछ । शर्मा सरकारको नेतृत्वमा रहेका केही मन्त्रीहरु पुरै गुमनाम नै रहेको भन्दै जागिर खाना मात्र सरकारका मन्त्री भएको आरोप समेत लाग्ने गरेको छ । बजेट कार्यान्वनमा समेत कम्जोर मात्र होइन , भूकम्पको समयमा समेत प्रभावहिन रहेको भन्दै कर्णाली प्रदेशसभामा प्रदेशसभा सदस्य राजिव विक्रम शाहले केही दिन अघि सरकारको जवाफ माग समेत गरेका थिए । एमालेबाट मुख्यमन्त्रीका दाबेदार यामलाल कडेलले मुख्यमन्त्री जसरी नि बन्नुपर्ने भन्दै कम्मर कसेर लागेको पाइएको छ । पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सम्वन्ध राम्रो नभएको चर्चा हुने कँडेलको यो पटक मुख्यमन्त्री बन्नका लगि कसरी राजनीतिकको कोर्ष अगाडी बढ्छ हेर्न भने बाँकी रहेको छ ।न्युज कारखाना

काठमाडौँ ।

बलिवुड फिल्मका लागि २०२४ त्यति राम्रो देखिएको छैन । यस बर्षका शुरुका तीन महिना बितिसकेको छ। अप्रिल सुरु भएको छ । यस बर्ष अहिलेसम्म बक्स अफिसमा कुनै पनि फिल्मले ५०० करोड कमाई गर्न सकेका छैनन् । अहिलेसम्म फिल्म ‘हनुमान’ ले विश्वभर ३३० करोडको आँकडा छुन सकेको छ ।

२०२४ को पहिलो तीन महिनामा रिलिज भएका शीर्ष ११ फिल्मको कलेक्शन पनि जनवरी २०२३ मा रिलिज भएको ‘पठान’ को भारतीय कलेक्शनको बराबर छैन । गत वर्षको पहिलो तीन महिनामा बलिउडले करिब १५०८ करोड रुपैयाँ कमाएको थियो । जसमा पठानको कमाई सबैभन्दा बढी थियो ।

जनवरी २५, २०२३ मा रिलिज भएको शाहरुख खानको पठानले भारतीय बक्स अफिसमा करिब ६५४ करोड रुपैयाँ कमाएको थियो । योसँगै ग्लोबल बक्स अफिसमा यसको कमाई १०५० करोड रुपैयाँ थियो ।

जनवरी-मार्च २०२४ को बीचमा जम्मा १३ वटा बलिउड फिल्म थिएटरमा रिलिज भएका छन् । जसमध्ये शीर्ष ११ फिल्मको विश्वव्यापी बक्स अफिस कलेक्सन करिब ८९९.९४ करोड भारु छ । जबकि भारतीय बक्स अफिसमा मात्र यी फिल्मको कलेक्सन ६१०.५५ करोड भारु रहेको छ ।

यस बर्ष रिलिज भएका फिल मध्ये फाइटरले भारतीय बक्स अफिसमा २१२ करोड भारु तथा विश्वभर ३३७ करोड कमाएको छ । त्यस्तै अजय देवगनको शैतानले भारतमा १३२ करोड कमाएको छ भने विश्वभर १८७ करोड भारु कमाएको छ ।

त्यस्तै शाहिद कपुरको फिल्म तेरी बातो मे ऐसा उल्झा दियाले भारतमा ८७ करोड कमायो भने विश्वभर १३३ करोड कमाएको थियो । त्यस्तै आर्टिकल ३७० ले भारतमा ७८ करोड र विश्वभर १०५ करोड कमाएको थियो ।

अप्रिलमा दुई ठूला फिल्मको भिडन्त

अप्रिल २०२४ को सुरुमा दुई ठूला फिल्मको भिडन्त हुनेछ । अक्षय कुमार र टाइगर श्राफ स्टारर फिल्म बडे मियाँ छोटे मियाँ बक्स अफिसमा अजय देवगनको फिल्म ‘मैदान’सँग भिड्नेछ ।

५६ वर्षीय अक्षय कुमारको ‘बडे मियाँ छोटे मियाँ’ बाहेक अन्य तीन फिल्म रिलिज हुनेछन् जसमा ‘सिंघम अगेन’ अगस्ट १५ मा, ‘स्काई फोर्स’ अक्टोबर २ र ‘वेलकम टु द जङ्गल’ डिसेम्बर २० मा रिलिज हुनेछ ।

योसँगै अजय देवगन एकमात्र बलिउड स्टार हुन् जसका ६ फिल्म यस वर्ष रिलिज हुनेछन् । जसमध्ये ‘शैतान’ रिलिज भइसकेको छ भने अब ‘मैदान’ चैत १० गते रिलिज हुँदैछ । यसबाहेक अजय ‘सिंघम अगेन’, ‘रेड २’, ‘अरों मे कहाँ दम था’ र ‘गोलमाल ५’ जस्ता फिल्ममा देखिनेछन् ।न्युज कारखाना

न्युयोर्क, १९ चैत ।

डाउनटाउन इन्डियानापोलिसको एक मल बाहिर शनिबार राति गोली चल्दा सात बालबालिका घाइते भएका छन ।

 

इन्डियानापोलिस मेट्रोपोलिटन पुलिस अफिसरहरू गस्तीमा थिए जब तिनीहरूले ११ः३० बजे मात्र बन्दुकको आवाज सुनेका थिए। र सर्कल सेन्टर मल बाहिरको ब्लकमा आइपुगे। प्रहरीका अनुसार अधिकारीहरूले बन्दुकको गोली लागेर ६ जना घाइते भएको देखेको जनाएका छन् ।

 

मृतक सबै १२ देखि १७ वर्षका उमेरका रहेको प्रहरीले जनाएको छ ।

 

आपतकालीन चिकित्सा सेवाहरू बच्चाहरूलाई अस्पताल पुर्‍याउन आइपुगेका थिए । र, सातौं व्यक्ति १८ वर्ष भन्दा कम उमेरका व्यक्ति भने आफैँ अस्पतालमा आइपुगे। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ भने अन्य ६ जनाको अवस्था स्थिर रहेको छ ।

 

इन्डियानापोलिस मेट्रोपोलिटन पुलिसका लागि अपरेसनका उपप्रमुख तान्या टेरीले गोलीबारीलाई गहिरो चिन्ताजनक भनेर प्रतिक्रिया दिएका छन्  ।

‘फेरि एक पटक हामीसँग यस्तो अवस्था छ, जहाँ युवाहरूले बन्दुकको साथ द्वन्द्व समाधान गरिरहेका छन् र यो रोकिनुपर्छ,’ टेरीले भने।न्युज कारखाना

मुम्बइ, १९ चैत ।

शाहरुख खानको पठान २ को बारेमा हरेक दिन नयाँ अपडेटहरू आइरहेका छन्।

 

हालै आदित्य चोपडाले सिद्धार्थ आनन्दलाई ‘पठान २’ निर्देशन गर्न नचाहेको खबर आएको थियो । त्यसैले उनीहरु नयाँ निर्देशकको खोजीमा छन् । अब ‘पठान २’ लाई साउथका ठूला निर्देशकले निर्देशन गर्न सक्ने खबर आइरहेको छ ।

 

पिपिङमुनको रिपोर्टका अनुसार आदित्य चोपडा स्पाइ युनिभर्सको कुनै पनि फिल्ममा दोहोरिएको हेर्न चाहँदैनन् । ‘जासूस ब्रह्माण्ड’ अन्तर्गत बनेका हरेक फिल्ममा ताजापन हुनुपर्छ भन्ने उनको चाहना छ । शट, एक्शन वा निर्देशनमा कुनै पनि दोहोर्याउनु हुँदैन। त्यसैले उनी ‘पठान २’ सिद्धार्थ आनन्दलाई हस्तान्तरण गर्न चाहँदैनन् । यही कारण उनी नयाँ निर्देशकको दृष्टिकोणबाट ‘पठान’लाई दर्शक सामु प्रस्तुत गर्न चाहन्छन् ।

 

यो खबर फैलिएदेखि नै सामाजिक सञ्जालमा मानिसहरुले अड्कलबाजी गर्न थालेका छन् । ‘पठान २’ साउथका कुन ठूला निर्देशकको हातमा जानेछ भन्ने मानिसहरु आ–आफ्नै तरिकाले अनुमान गरिरहेका छन् । यीमध्ये पहिलो नाम  ‘जवान’का डाइरेक्टर एट्लीको हो ।

 

एट्लीको फिल्म ‘जवान’ले गत वर्ष राम्रो व्यापार गरेको थियो । यसले विश्वभरबाट ११०० करोड भन्दा बढी कमाएको छ। यस्तो अवस्थामा धेरै ठूला प्रोडक्सन हाउस एट्लीसँग काम गर्न चाहन्छन् । यशराज फिल्म्सले पनि ‘पठान २’ को लागि एट्लीलाई फाइनल गरेमा अचम्म मानिने छैन । त्यसपछि ‘जवान’ जस्तै शाहरुख र एट्लीको जोडीले ‘पठान २’ मा पनि चमत्कार गर्न सक्छ।

 

एट्ली बाहेक सबैभन्दा चर्चामा रहेको नाम लोकेश कनागराजको हो । ‘विक्रम’, ‘लियो’ र ‘कैथी’ जस्ता अमेजिङ लार्जर देन लाइफ फिल्म बनाएका लोकेशले ‘पठान २’ पनि निर्देशन गर्न सक्नेछन् । साउथ फिल्ममा जसरी बलियो एक्सन र सिक्वेन्स बनाइन्छ, मेकर्स ‘ पठान २’ मा पनि त्यस्तै होस् भन्ने चाहन्छन् । तर, अहिले लोकेश कनागराज रजनीकान्तसँग आफ्नो फिल्ममा काम गरिरहेका छन् । यस्तो अवस्थामा उनले  ‘पठान २’ जस्तो ठूलो प्रोजेक्ट लिने कि नलिने भन्ने चर्चा छ ।

 

यिनीहरु बाहेक ‘असुरन’ निर्माता वेत्रीमारन, निर्देशक एस. शंकर र विष्णुवर्धनको नाम पनि सुझाइएको छ । तर विष्णुवर्धनको नाम यससँग जोड्न सकिँदैन किनभने अहिले उनी सलमान खान र करण जोहरको अर्को फिल्म  ‘द बुल’ मा काम गरिरहेका छन् । यस्तो अवस्थामा आदित्य चोपडा  ‘पठान २’ को लागि कसलाई फाइनल गर्छन् भन्ने जान्न रोचक हुनेछ ।

 

सिद्धार्थ आनन्दले ‘पठान २’ निर्देशन नगर्ने भए पनि उनी शाहरुखसँग सहकार्य भने गर्नेछन ।  शाहरुख खानकी छोरी सुहाना खान सिद्धार्थको प्रोडक्सन हाउसको अर्को फिल्म ‘किंग’ बाट बलिउडमा डेब्यु गर्दैछिन् । जसमा शाहरुख खानको पनि भूमिका रहनेछ । यो फिल्मलाई सुजोय घोषले निर्देशन गर्नेछन् । यो फिल्म अर्को महिनादेखि फ्लोरमा जानेछ ।न्युज कारखाना

काठमाडौं, १९ चैत ।

महिला नेतृत्व कृषि सम्मेलन–२०२४ सम्पन्न भएको छ। दुई दिनसम्म सञ्चालन भएको सम्मेलनमा १६ बुँदे घोषणापत्र जारी गरिएको थियो।

नेपाल उद्योग परिसंघअन्तर्गत महिला नेतृत्व फोरम (सीएनआइडब्लूएलएफ) को आयोजनामा चितवन प्रदर्शनी केन्द्रमा आयोजित सम्मेलन १६ बुँदे घोषणापत्र जारी गर्दै आइतबार सकिएको हो।

उक्त सम्मेलनमा वृहत छलफलका विषयलाई समेटेर चितवन घोषणापत्र जारी गरिएको फोरमले जनाएको छ। कृषि विकासमा महिलामैत्री प्रविधि, कार्यक्रम र आवश्यक कृषि सामग्रीको सुलभ उपलब्धताको ग्यारेन्टी हुनुपर्ने कुरा घोषणापत्रमा समेटिएको छ।

साथै, महिलामैत्री कृषि यान्त्रिकीकरण, कृषिमा काम गर्ने सरकारी निकायहरुको विकेन्द्रीकरण गर्ने सँगै कृषि सेवा बढाउन तीनै तहका सरकारको आवश्यक समन्वय बढाउन संरचना हुनुपर्ने  लगायतका विषय घोषणापत्रमा समेटिएको फोरमले जनाएको छ।न्युज कारखाना

काठमाडौं, १९ चैत ।

नेपाल राष्ट्र बैंकले ९१ दिन र १८२ दिनको लागि १३ अर्ब ५ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ। मंगलबार चैत २० गते सो ट्रेजरी बिल जारी हुने छ। यस ट्रेजरी बिलका लागि सोमबार(आज) दिउँसो ३ बजे बोलकबोल हुनेछ।

केन्द्रीय बैंकले ९१ दिनका लागि ७ अर्ब ७५ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो। यो ट्रेजरी २०८१ असार १९ गते परिपक्व हुने बैंकले जनाएको छ। साथै, १८२ दिनको लागि ५ अर्ब ३० करोड रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो। यो ट्रेजरी २०८१ असोज १५ गते परिपक्व हुनेछ।

बैंकले ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ। सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन्।

बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ।न्युज कारखाना

ताजा अपडेट

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ३० अर्ब निक्षेप संकलन गर्दैएभरेष्ट न्यूज एजेन्सी,  काठमाडौं । नेपाल राष्ट्र बैंकले एक महिनाका लागि ३० अर्ब बराबरको निक्षेप संकलन उपकरणको बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ ।  बैंकको मौद्रिक व्यवस्थापन विभागले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत मात्र आवेदन दिन सकिने जानकारी दिएको छ । सोही दिन उपकरण निष्काशन हुनेछ ।  बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । लगानीकर्ताले न्यूनतम १० करोडदेखि, बढीमा १० करोडले भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।  बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने छ भने ब्याजदर बोलकबोलमा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलवपछिको हकमा चार अंकसम्म) उल्लेख गर्नुपर्ने छ ।  निक्षेप संकलनको अवधि आगामी भदौ ३१ गतेसम्म रहनेछ । सो मितिमा साँवा तथा ब्याज भुक्तानी गरिनेछ। बोल स्वीकृत गर्दा सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिइने र समान ब्याजदर भएमा प्रो-राटा आधारमा बाँडफाँड गरिनेछ ।  बैंकले आंशिक वा पूर्ण रूपमा बोल स्वीकृत वा अस्वीकृत गर्ने अधिकार खुला बजार सञ्चालन समितिलाई रहने स्पष्ट पारेको छ । स्वीकृत बोलको रकम सम्बन्धित बैंकको खाताबाट कट्टा गरी राष्ट्र बैंकमा छुट्टै खातामा जम्मा गरिनेछ । पर्याप्त मौज्दात नभए सम्बन्धित संस्था कालोसूचीमा राखिने चेतावनी समेत दिइएको छ ।  यो रकम सम्बन्धित संस्थाको लगानी पोर्टफोलियोमा रहनेछ र अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइने छैन । तर, तरलता अनुपात (एसएलआर) र तरलता अनुपातमा भने गणना गर्न सकिनेछ । भुक्तानी मिति अघि रकम फिर्ता वा पूर्वभुक्तानी नहुने पनि राष्ट्र बैंकले स्पष्ट गरेको छ ।

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ३० अर्ब निक्षेप संकलन गर्दैएभरेष्ट न्यूज एजेन्सी, काठमाडौं । नेपाल राष्ट्र बैंकले एक महिनाका लागि ३० अर्ब बराबरको निक्षेप संकलन उपकरणको बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत मात्र आवेदन दिन सकिने जानकारी दिएको छ । सोही दिन उपकरण निष्काशन हुनेछ । बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । लगानीकर्ताले न्यूनतम १० करोडदेखि, बढीमा १० करोडले भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने छ भने ब्याजदर बोलकबोलमा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलवपछिको हकमा चार अंकसम्म) उल्लेख गर्नुपर्ने छ । निक्षेप संकलनको अवधि आगामी भदौ ३१ गतेसम्म रहनेछ । सो मितिमा साँवा तथा ब्याज भुक्तानी गरिनेछ। बोल स्वीकृत गर्दा सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिइने र समान ब्याजदर भएमा प्रो-राटा आधारमा बाँडफाँड गरिनेछ । बैंकले आंशिक वा पूर्ण रूपमा बोल स्वीकृत वा अस्वीकृत गर्ने अधिकार खुला बजार सञ्चालन समितिलाई रहने स्पष्ट पारेको छ । स्वीकृत बोलको रकम सम्बन्धित बैंकको खाताबाट कट्टा गरी राष्ट्र बैंकमा छुट्टै खातामा जम्मा गरिनेछ । पर्याप्त मौज्दात नभए सम्बन्धित संस्था कालोसूचीमा राखिने चेतावनी समेत दिइएको छ । यो रकम सम्बन्धित संस्थाको लगानी पोर्टफोलियोमा रहनेछ र अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइने छैन । तर, तरलता अनुपात (एसएलआर) र तरलता अनुपातमा भने गणना गर्न सकिनेछ । भुक्तानी मिति अघि रकम फिर्ता वा पूर्वभुक्तानी नहुने पनि राष्ट्र बैंकले स्पष्ट गरेको छ ।

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।