२०८२ चैत्र ३०
२०८२ चैत्र ३०

रौतहट : रौतहटको चन्द्रनिगाहपुरमा मंगलबार प्रहरीले गोली प्रहार गरेको छ। ईलाका प्रहरी कार्यालय घेराउ गर्न पुगेका प्रदर्शनकारीलाई रोक्न प्रहरीले गोली चलाएको हो।

प्रदर्शनकारीले प्रहरीको भ्यानमा आगजनी गरेर ध्वस्त बनाइदिएका छन् ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले दर्जनौँ हवाई राउण्ड फायर गरेको छ। यसकारण चन्द्रनिगाहपुरको अवस्था अहिले तनावग्रस्त बनेको छ।

हिजो सोमबार प्रदर्शनका क्रममा भएको दमनविरुद्ध मंगलबार जेनजी पुस्ताको विरोध प्रदर्शनमा झडप भएपछि प्रहरीले गोली प्रहार गरेको थियो। प्रदर्शनकारीले यसअघि चन्द्रपुर नगरपालिकाको कार्यालय र गाडीमा तोड्फोड र आगजनी गरेका थिए।

 

नेकपा एमालेका नेता रघुवीर महासेठको घरमा प्रदर्शनकारीले तोडफोड तथा आगजनी गरेका छन् ।

उनीहरूले मंगलबार दिउँसो नेता महासेठको जनकपुरस्थित घरमा आगजनी गरेका हुन् ।

एमाले सचिव महासेठको घरमा आज युवा प्रदर्शनकारीहरूको समूहले ढुंगा मुढा गर्नुका साथै आगजनी समेत गरेको एक स्थानीयले बताएका छन् ।

काठमाडौं । जेनजीको आन्दोलन चर्केर्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओली उपचारको बहानामा दुबई भाग्न लागेको हल्ला सामाजिक सञ्जालमा फैलिएको छ ।

उपचारको बहाना गरेर प्रधानमन्त्री ओली दुबई भाग्ने तयारीमा रहेको र उनले हिमालयन एयरलाइन्सको जहाज प्रयोग गर्दैछन् भन्ने हल्ला सामाजिक सञ्जालमा फैलिएको छ ।

सामाजिक सञ्जालमा दुबइबाट फर्कर्दै गरेको हिमालय एयरलाइन्सको ए३२०–२१४ कलसाइनको ९एनएलडब्लु जहाज त्रिभुवन विमानस्थलमा अवतरण गर्दै गरेको तस्बिर भाइरल छ । उक्त जहाजमार्फत ओली दुबइ भाग्दैछन् भन्ने हल्ला सामाजिक सञ्जालमा फैलाइएको छ ।

‘ओलीले प्रयोग गर्ने नियमित जहाज हिमालयन एयरलाइन्स’ अहिले दुबईतर्फ बाट नेपालका लागि ल्याण्ड गरेको छ, यही जहाज उनले चीन भ्रमणमा पनि प्रयोग गरेका थिए’ भन्दै सामाजिक सञ्जालमा अफवाह फैलाइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार कुनै पनि भीआईपी उडान नभएको र अनावश्यक हल्लाको पछाडि नलाग्न आग्रह गरेका छन् ।

हिमालयन एयरलान्इसका उपाध्यक्ष विजय श्रेष्ठले पनि सामाजिक सञ्जालमा आएको भनिएको हल्ला निराधार रहेको बताए । जेनजीको आन्दोलन चर्कदै गएकोले आएको यस्तो हल्लाको पछि नलाग्न पनि उनले आग्रह गरे ।

काठमाडौं– जेन–जी पुस्ताले थालेको आन्दोलन नेताहरू तर्फ केन्द्रीत हुन थालेको छ । आन्दोलनकारीले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको घरमा आगजनी गरेका छन् ।

उनीहरूले कैलालीको धनगढीस्थित राणाको घरमा आगजनी गरेका हुन् । तीन सयभन्दा बढीको संख्यामा आएका आन्दोलनकारीले घरमा आगजनी गरेको प्रतयक्षदर्शीले जानकारी दिएका छन् ।

धनगढीपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा पनि आन्दोलनकारी छिरेका छन् ।

थप सुरक्षाबल तैनाथ गरिए पनि मंगलबार दिउँसो आन्दोलनकारीको समूह देउवाको निवासमा छिरेको हो ।

अहिले आन्दोलनकारीको ठूलो समूह देउवाको निवासमा पसिसकेको छ । यो समूहले देउवा निवासमा आगजनी कोसिस गरिरहेको छ ।

खबरहब

काठमाडौँ – प्रमुख सत्ताघटक नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यालय, सानेपामा प्रदर्शनकारीले आगो लगाएका छन्‌ ।

हिजो भएको जेन-जी पुस्ताको आन्दोलन क्रममा १९ जना युवाहरू मारिएपछि आज बिहानैदेखि बल्खुमा प्रदर्शन गरिरहेका आन्दोलनकारीको समूहले सानेपा पुगेर काङ्ग्रेसको पार्टी कार्यालयमा आगो लगाएको हो ।

बल्खुमा यतिखेर ठूलो प्रदर्शन भइरहेको छ । स्थितिलाई नियन्त्रणमा लिन भन्दै सरकारले त्यस क्षेत्रमा नेपाली सेना नै परिचालन गरेको छ ।

खबरहब

बज्जिकाञ्चल संवाददाता, काठमाडौं २४ गते भदौ ।

नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । शिलापत्रसँग कुराकानी गर्दै घिसिङले प्रधानमन्त्री ओलीले राजीनमा गरी नयाँ सहसतीय सरकार बनाउनुपने बताएका हुन् ।

शिलापत्रसँग उनले भने, ‘अहिलेको सरकारले राजीनमा दिएपछि स्वच्छ छवि भएका सर्वमतीय सरकार बनाउनुपर्छ ।’

शिलापत्र

आरके श्रीवास्तव,राैतहट,भदौ २४ गते । 

काठमाडौं लगायत देशका प्रमुख शहरहरूमा सोमबार भएको जेनजी आन्दोलनमा प्रहरीले गोली प्रहार गर्दा १९ जनाको ज्यान गएको घटनापछि देशभरि चुलिएको आक्रोशको लहर आज रौतहटमा पनि देखिएको छ । यही आक्रोशको प्रतिबिम्बस्वरूप राैतहटकाे विभिन्न ठाउँहरूमा प्रदर्शनहरू भईरहेका छन् ।

कटहरिया नगरपालिका–२ स्थित छेदीचोकमा रहेको मण्टेसरी इन्टरनेशनल इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थीहरूले पनि सडकमा उत्रिएर शान्तिपूर्ण रूपमा नाराबाजीसहित प्रदर्शन गरेका छन् । उनीहरूले “केपी चोर देश छोड”, “विद्यार्थी मार्न पाइँदैन”, “नेपाल सरकार मुर्दाबाद” लगायतका आक्रोशपूर्ण नारा लगाउँदै सरकारको कदमको कडा विरोध जनाएका थिए । कलिला उमेरका बालबालिकासमेत यति गम्भीर राजनीतिक घटनाप्रति जागरुक बनेर सडकमा उत्रिनु देशमा चुलिँदै गएको असन्तोष र निराशाको गम्भीर संकेत हो । यद्यपि प्रदर्शन शान्तिपूर्ण रहेको र कुनै अप्रिय घटना नभएको स्थानीयले जनाएको छ ।

गत सोमबार राजधानी लगायतका स्थानमा भएको जेनजी आन्दोलनमा सरकारको दमनकारी रवैयाप्रति आम नागरिक र विद्यार्थी समुदाय आक्रोशित बनेका छन् । अहिलेको सरकारद्वारा अपनाइएको कडा हस्तक्षेप र दमनात्मक शैलीले मुलुकलाई गम्भीर संकटतर्फ डोर्याइरहेको भन्दै आम नागरिक चिन्तित छन् । राैतहटमा भइरहेको यस्ता प्रदर्शनहरूले सरकारलाई जनभावनाको कदर गर्न र लोकतान्त्रिक मुल्य–मान्यताकाे सम्मान गर्न सन्देश दिएको विश्लेषकहरूको भनाइ छ ।

काठमाडौँ — जेनजी प्रदर्शनकारी मंगलबार ‍राजनीतिक दलका नेता र मन्त्रीका घरमा ढुंगा प्रहार गर्न लागेका छन् । काठमाडौं उपत्यका र बाहिरका जिल्लाहरूमा पनि प्रदर्शनकारी नेता र मन्त्रीका घरमा ढुंगा प्रहार र आगजनिमा उत्रिएका हुन् ।

 

जेनजी प्रदर्शनको दोस्रो दिन मंगलबार प्रदर्शनकारीले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको ललितपुरमा रहेको घरमा आगजनी गरेका छन् । त्यस्तै, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको भैसेपाटीस्थित घरमा ढुंगा प्रहार गरेका छन् ।

सोमबार गृहमन्त्रीबाट राजीनामा दिएका रमेश लेखकको घरमा पनि ढुंगा प्रहार गरिएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलको भैसेपाटीस्थित घरमा ढुंगा प्रहार गरेका छन् ।

त्यस्तै, पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित घरमा आक्रमण गर्न प्रदर्शनकारी पुगेका थिए । उनीहरूलाई प्रदर्शनकारीले रोकेका थिए ।

पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेता माओवादी अध्यक्ष पुष्पकमल दाहालको खुमलटारस्थित निवासमा पनि प्रदर्शनकारीले ढुंगा प्रहार गरेका छन् ।

कान्तिपुर

काठमाडौं: शिक्षक सेवा आयोगले अन्तर्वार्ता स्थगित गरेको छ। देशमा विद्यमान परिस्थितिका कारण भदौ २६ गतेदेखि असोज १ गतेसम्मका लागि तय भएको अन्तर्वार्ता स्थगित गरिएको उपसचिव गणेश प्रसाद पौडेलले जानकारी दिए।

उनका अनुसार साउन १९ गते तय भएको मावि तहको स्थायी शिक्षक पदपूर्तिका लागि प्रकाशित विज्ञापनमा छनोट भएकाको अन्तर्वार्ता अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित भएको हो।  अन्नपूर्ण

null

काठमाडौँ ।

झापाको बिर्तामोडमा मंगलबार जेन–जी आन्दोलनकारी र सुरक्षाकर्मीबीचको झडपपछि तनावपूर्ण स्थिति सिर्जना भएको छ । आन्दोलनकारीहरूले एमाले पार्टी कार्यालयमा आगजनी गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक खगेन्द्र बहादुर खड्काले पार्टी कार्यालयमा आगजनी भएको पुष्टि गर्दै साना प्रहरी बिटहरूमा समेत तोडफोड भएको जानकारी दिए ।

उनका अनुसार घटनापछि थप अप्रिय स्थिति नहोस् भन्नका लागि प्रहरीले सुरक्षा व्यवस्था कडाइ गरेको छ ।

टेक पाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।