काठमाडौँ । अर्थशास्त्री लरेन्स वोङले सिंगापुरको चौथो प्रधानमन्त्रीका रुपमा शपथ ग्रहण गरेका छन् । ५१ वर्षीय वोङले ७२ वर्षीय पूर्वप्रधानमन्त्री ली सिएन लुङको स्थान लिएका हुन् । ली सिएन लुङ विगत दुई दशकदेखि सिंगापुरका प्रधानमन्त्री थिए ।
वोङ र लुङ दुवै सत्तारुढ पिपुल्स एक्सन पार्टी (पीएपी) का हुन् । विगत पाँच दशकदेखि सिंगापुरको आर्थिक प्रगतिलाई अगाडि बढाउनको लागि पिएपी जिम्मेवार रहेको छ । यसअघि वोङले सिंगापुरको उपप्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्दै आएका थिए । अब उनले प्रधानमन्त्री र अर्थमन्त्री भएर सरकारको नेतृत्व गर्नेछन् ।
यसअघि वोङले सिंगापुरको उपप्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्दै आएका थिए । अब उनले प्रधानमन्त्री र अर्थमन्त्री भएर सरकारको नेतृत्व गर्नेछन् । राष्ट्रपति थर्मन शान्मुगररत्नमले वोङलाई पद तथा गोपनियताको शपथ गराएका थिए ।
वोङले आफ्नो मन्त्रिपरिषद्मा ठूलो परिवर्तन नगर्ने संकेत गरेका छन् । सिंगापुरको निरन्तरता र स्थायित्वलाई उद्धृत गर्दै उनले अहिलेको अवस्थामा कुनै पनि अवरोधबाट जोगिन आवश्यक रहेको बताए । अब सबैको नजर सिङ्गापुरमा हुन लागेको आम चुनावमा छ । सिङ्गापुरमा नोभेम्बर २०२५ सम्ममा आम निर्वाचन हुने र त्यसपछि मात्रै मन्त्रिपरिषद्मा महत्वपूर्ण परिवर्तन हुने अपेक्षा गरिएको छ ।
वोङलाई अप्रिल २०२२ मा पिएपीको चौथो पुस्ताको नेताको रूपमा नाम दिइएको थियो । यसै क्रममा उनी उपप्रधानमन्त्री बनेका थिए । राजनीतिमा प्रवेश गर्नु अघि, लरेन्स वोङ १४ वर्षको लागि निजामती कर्मचारी थिए । सन् १९९७ मा उनले व्यापार तथा उद्योग मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । वोङको नेतृत्वमा रहेको सरकारले एसियालाई लगानी उत्पादन गर्ने केन्द्रको रूपमा स्थापित गर्न व्यापार सम्बन्धी नीतिहरूलाई निरन्तरता दिनेछ ।न्युज कारखाना
काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेन र डोनाल्ड ट्रम्प राष्ट्रपति बहस गर्न सहमत भएका छन् । बाइडेन र ट्रम्पबीच जुन र सेप्टेम्बरमा दुईवटा राष्ट्रपति चुनाव लक्षित बहस हुनेछन् ।
पहिलो बहस सिएनएनले पहिलो बहस जर्जिया राज्यमा जुन २७ मा आयोजना गर्ने छ भने दोस्रो बहस एबिसीले सेप्टेम्बर १० मा आयोजना गर्ने छ ।
बुधबार अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्रम्पलाई दुईवटा बहसको प्रस्ताव राखेका थिए । ट्रम्पले तुरुन्तै बहसको प्रस्तावलाई स्वीकार गरे । यद्यपि ट्रम्पले दुईको सट्टा तीनवटा बहसको प्रस्ताव राखेका थिए । ट्रम्पले अक्टोबर २ मा फक्स न्यूजमा तेस्रो बहस हुनुपर्ने बताएका थिए ।न्युज कारखाना
काठमाडौँ । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आफ्नो सबै विदेश भ्रमण स्थगित गरेका छन् । रुसले पूर्वी युक्रेनमा आफ्नो आक्रमण बढाएपछि राष्ट्रपति जेलेन्स्कीले आफ्नो विदेश भ्रमण रद्ध गरेका हुन् ।
युक्रेनको सेना जीवन बचाउन र क्षतिबाट पूर्वी क्षेत्र बच्न लुक्यान्सी र भोभचान्स्कबाट फिर्ता भएका छन् । रूसी सीमाबाट मात्र ५ किलोमिटर र खार्किव शहरबाट ५० किलोमिटर टाढा रहेको शहरमा रुसले आक्रमण बढाएको छ ।
युक्रेनी-रूसी सेनाले भोभचान्स्कको सडकमा लडाइँ गरेका थिए । शहरको गस्ती प्रहरी प्रमुख ओलेक्सी खार्किभ्स्कीले रुसी सेनाले सहरमा अवरोध गरिरहेको बताएइएको छ ।
रुसले शुक्रबार युक्रेनको उत्तरी सीमामा आक्रमण गरेको थियो । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पनि जवाफी आक्रमणको कुरा गरेका छन् । युक्रेनको उत्तरी सिमानामा रुसले आक्रमण गर्नुको कारण अझै स्पष्ट भइसकेको छैन तर रुसले युक्रेनको रुसमाथिको आक्रमणलाई नियन्त्रण गर्नका लागि बफर जोन बनाउन चाहेको अनुमान गरिएको छ ।
युक्रेनी गाउँहरू कब्जामा लिएर रुसका रक्षामन्त्रीले एक विज्ञप्ति जारी गर्दै रुसी सेनाले नौवटा गाउँ मुक्त गरेको बताए। युक्रेनी सेना प्रमुख ओलेक्सान्डर सिर्स्कीले उत्तरी सीमामा रहेको खार्किभको अवस्था तीव्र गतिमा बिग्रँदै गएको बताएका छन् ।न्युज कारखाना
काठमाडौं,०३ गते जेठ । नेपालका उपराष्ट्रपति रामसहाय प्रसाद यादव द्वारा सीता जयन्ती, २०८१ को शुभकामना व्यक्त गरिएको छ । उनले दिएकाे शुभकामना संदेश यस प्रकार छ । सीता उत्पत्ति दिवस (सीता जयन्ती), २०८१ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । वैदेही, जनकनन्दिनी, जनकदुलारी, जानकी मातालगायत विभिन्न नामले सम्बोधन गरिने माता सीता हाम्रा राष्ट्रिय विभूति हुन् । उनको जयन्ती देशभरिका रामजानकी मन्दिरहरुमा विशेष पूजाअर्चनासहित धुमधामका साथ मनाउने परम्परा रही आएको छ । सीतालाई सत्यवती, पतिव्रता एवं आदर्श नारीका रुपमा सम्मान गरिन्छ । यी गुणहरु वर्तमान परिप्रेक्ष्यमा पनि उत्तिकै अनुशरणीय र अनुकरणीय छन् । यो जयन्ती सीताको आदर्शबाट प्रेरित वैदिक समाज र प्राचीन कालमा कायम रहेको मातृ शक्तिको भूमिकालाई स्मरण गर्ने महत्वपूर्ण अवसर पनि हो । सांस्कृतिक, धार्मिक एवं प्राचीन ग्रन्थको पात्र सीताको योगदानलाई यो अवसरमा स्मरण गरिन्छ । सीताले आफ्नो जीवनमा अवलम्बन गरेको आदर्शलाई ग्रहण गर्न सके परिवार र समाजमा आपसी द्वन्द्व र मनोमालिन्यताको अन्त्य भई परस्पर शान्ति, प्रेम र मेलमिलापमा बृद्धि हुन सक्छ । भजन, कीर्तन र आरती सीता जयन्तीको केही महत्वपूर्ण आकर्षणहरु हुन् । यी सबै हाम्रो मौलिक संस्कृतिसंग जोडिएका छन् । यी सबैको संरक्षण गर्न अति आवश्यक छ । सीताको पूजाअर्चना भक्तिभाव र श्रद्धाभावले गरे व्यक्तिको जीवनमा सुख–समृद्धि र शान्ति प्राप्त हुने जनविश्वास रही आएको छ । यसैगरी रोग, दोष र पारिवारिक कहलबाट मुक्ति पाइने मान्यता पनि छ । यी मान्यताहरुलाई जीवन्त राख्दै आपसी सद्भाव र मैत्रीभाव कायम गर्न प्रतिबद्धता जनाउँने अवसरका रुपमा पनि सीता जयन्तीलाई लिन सक्नु पर्दछ । माता सीता आफ्नो समर्पण, आत्म–बलिदान, साहस र पवित्रताका लागि चिनिन्छिन् । उनी एकातिर नेपाली समाजका लागि एउटी आदर्श पत्नी हुन्, जसमा पतिपरायणता, त्याग, धैर्य, सेवा र शील छ, अर्को तिर युग–जीवन मर्यादा अनुरुप श्रमसाध्य जीवनयापनमा गौरव अनुभव गर्ने नारी पात्र पनि हुन् । नारी जीवनका लागि यी महत्वपूर्ण सूत्रहरु पनि हुन् । यी सूत्रहरुले जीवनलाई सरल, सुगम्य र सरस बनाउनमा सहयोग पुग्न सक्दछ । अन्त्यमा, सीता जयन्ती परिवार र समाजमा विद्यमान सबैखाले आपसी कलह, द्वेष, क्लेश, दुःख र अशान्ति समाप्तिका लागि प्रतिबद्धता व्यक्त गर्ने अवसरका रुपमा लिँदै यो जयन्तीले नारीमाथि हुने शोषण, हिंसा र विभेद्को अन्त्यका लागि सबैलाई उत्प्रेरित गरोस् तथा सभ्य, शान्त, समुन्नत र समृद्ध समाज निर्माणमा थप प्रेरणा प्रदान गर्न सकोस् ।
काठमाडौँ । बिल गेट्सकी पूर्वपत्नी मेलिन्डा गेट्स अब बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनबाट अलग हुने भएकी छन् ।
उनले परोपकारको क्षेत्रमा अर्को चरणमा जानका लागि यो उपयुक्त समय भएको बताउदै गेट्स फाउन्डेसनबाट अलग हुने घोषणा गरेकी हुन् । मेलिन्डा सन् २००० देखि यस फाउन्डेसनसँग आबद्ध छिन् । उनले बिल गेट्ससँग अलग हुने सम्झौता अन्तर्गत उनले गेट्स फाउन्डेसनमा गरेको परोपकारी कार्यका लागि थप १२.५ बिलियन डलर भुक्तानी पाउने बताइन्।
मेलिन्डाले एक्स पोष्टमा लेखेकी छिन्, ‘धेरै सोचविचारपछि मैले बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनको सह-अध्यक्षको जिम्मेवारीबाट राजीनामा दिने निर्णय गरेको छु । फाउन्डेसनसँग काम गर्ने मेरो अन्तिम दिन जुन ७ हुनेछ । गेट्स फाउन्डेसन बलियो स्थितिमा छ भन्ने विश्वासका साथ मैले यो कदम चालेको छु । सीईओ मार्क सुजम्यान, कार्यकारी नेतृत्व र अनुभवी बोर्ड अफ ट्रस्टीले सबै आवश्यक कामहरू जारी रहेको सुनिश्चित गर्नेछन् ।’
त्यस्तै बिल गेट्सले भने- ‘म विश्वस्त छु कि तपाईंले भविष्यमा पनि आफ्नो परोपकारी कामबाट गहिरो छाप छोड्नुहुनेछ ।’
मेलिन्डा गेट्सको यो घोषणा पछि, बिल गेट्सले छुट्टै पोस्टमा भने कि मेलिन्डाको बिदाईबाट आफू दुखी छु, तर म विश्वस्त छु कि उनले आफ्नो परोपकारी कामबाट भविष्यमा गहिरो छाप छोड्नेछन् । म फाउन्डेसनको काम र विश्वभरि लाखौं मानिसहरूको जीवन सुधार गर्न पूर्ण रूपमा प्रतिबद्ध छु ।
सन् २०२१ को मेमा सम्बन्धविच्छेद भएपछि पनि बिल र मेलिन्डा फाउन्डेसनमा सँगै काम गरिरहेका थिए । गेट्स फाउन्डेशनबाट मेलिन्डाको बाहिरिने खबर धेरै वर्षदेखि आइरहेको थियो । बिल गेट्स र मेलिन्डा गेट्सले विवाहको २७ वर्षपछि मे २०२१ मा सम्बन्धविच्छेदको घोषणा गरेका थिए ।
बिल गेट्स र मेलिन्डाको पहिलो भेट सन् १९८७ मा भएको थियो र दुवैले १९९४ मा विवाह गरेका थिए । बिल गेट्स विश्वका धनी व्यक्तिहरूमा गनिन्छन् । उनी र मेलिन्डा सामाजिक सेवाका लागि पनि परिचित छन्। दुवैका तीन सन्तान पनि छन् ।
मेलिन्डा गेट्सले सन् १९९६ मा माइक्रोसफ्टको जागिर छोडेकी थिइन् । यसपछि उनले सन् १९९६ देखि २००३ सम्म ड्युक विश्वविद्यालयको बोर्ड अफ ट्रस्टीमा काम गरेकी थिइन् । त्यसपछि उनले आफ्ना पति बिल गेट्ससँग मिलेर गेट्स लाइब्रेरी फाउन्डेसन स्थापना गरे जसको नाम सन् २००० मा ‘बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसन’ राखिएको थियो । न्युज कारखाना
काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै छ ।
आज सनराइजर्स हैदरावाद र गुजरात टाइटन्सबीच खेल हुदै छ । हैदरावादमा हुने यो खेल नेपाली समय अनुसार राती ७: ४५ बजेदेखि शुरु हुने छ ।
जारी आइपीएलमा सनराइजर्सको १२ खेलमा १४ अंक रहेको छ र अंक तालिकामा चौथो स्थानमा रहेको छ । सनराइजर्सले यो खेल जितेमा प्लेअफमा छनौट हुने छ ।
त्यसैगरी गुजरात भने आइपिएलको प्लेअफको दौडबाट यसअघि नै बाहिरिएको छ । पछिल्लो कोलकोताविरुद्धको खेल बर्षाका कारण रद्ध भएपछि गुजरात प्लेअफको दौडबाट बाहिरिएको हो । गुजरातको १३ खेलमा ११ अंक रहेको छ र अंक तालिकामा आठौँ स्थानमा रहेको छ ।
गुजरात टाइटन्स यस सिजनमा शुभमन गिलको कप्तानीमा खेल्दै छ । गुजरातले टिम खेलेको पहिलो सिजनमै विजेता र गत सिजनमा उपविजेता बनेर बलियो टिमको उदाहरण दिएको छ ।
यस टिममा गिलसहित रिद्धिमान शाह, साइ किसोर, साइ सुदर्शन, राहुल तेवातिया, उमेश यादव, अभिनव मनोहर जस्ता भारतीय खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ भने डेविड मिलर रशिद खान, अज्मतुल्लाह ओमरजाइ, केन विलियम्सन जस्ता विदेशी खेलाडीको भूमिका ठुलो हुने देखिएको छ । गुजरात टिम खेलेको पहिलो सिजनमै विजेता र गत सिजनमा उपविजेता बनेको थियो ।
त्यस्तै सनराइजर्स हैदरावाद अस्ट्रेलियाका पाट कमिन्सको नेतृत्वमा आइपिएल खेल्दै छ । सनराइजर्स भारतीय भन्दा विदेशी चर्चित खेलाडीलाई लिएर यो सिजन खेल्दै छ । सनराइजर्स अभिषेक शर्मा टी नटरञ्जन, राहुल त्रिपाठी, वाशिंटन सुन्दर, भुवनेश्वर कुमार जस्ता भारतीय खेलाडीमाथि बढी भर पर्नुपर्ने देखिन्छ भने कप्तान कमिन्स, ट्राभिस हेड, ग्लेन फिलिप, हेइनरिक क्लासेन जस्ता विदेशी खेलाडी महत्वपूर्ण हुने देखिन्छन् ।न्युज कारखाना
काठमाडौँ । सुपरहिट हिन्दी वेब सिरिज ‘पञ्चायत’ को तेस्रो सिजनको ट्रेलर सार्वजनिक भएको छ । साढे दुई मिनेटको यो ट्रेलरमा फुलेरा गाउँको राजनीति र प्रमुख सचिव अभिषेकको प्रेमकथाको झलक देख्न सकिन्छ ।
शोको यो नयाँ सिजनमा जम्मा ८ एपिसोड हुनेछन् । दीपक कुमार मिश्राले निर्देशन गरेको यो शृङ्खला मे २८ बाट प्राइम भिडियोमा स्ट्रिम हुनेछ ।
ट्रेलरमा एकातिर सचिवले गाउँमा भइरहेको बेकारको राजनीतिबाट जोगिएर पढाइमा ध्यान केन्द्रित गर्न खोज्दा अर्कोतर्फ फुलेरा गाउँमा पञ्चायतको निर्वाचन हुन लागेको देखाइएको छ । गत सिजन, विधायक साहेबले प्रधान जी र सचिवजीलाई समस्यामा पारेका थिए र उनीहरूको जागिर पनि खतरामा थियो । अब यो नयाँ सिजनमा बनरकस पनि यी दुबैको पछि लागेका छन् ।
हिन्दी बाहेक, पञ्चायत ३ तमिल, तेलुगु, मलयालम र कन्नडमा पनि प्रिमियर हुनेछ। सिरिजमा जितेन्द्र कुमार, नीना गुप्ता, रघुवीर यादव, फैसल मलिक, चन्दन रोय र सान्विका जस्ता कलाकारहरू देखिनेछन् ।
यसअघिका दुवै सिजनलाई दर्शकले अत्याधिक मन पराएका थिए । न्युज कारखाना
ट्रेलरको लिंक- https://www.youtube.com/watch?v=9N3cFoLFjvw
२ जेठ, महोत्तरी
गर्मी छल्ने लेकाली चिसो मधेशमा नै पाईन्छ भन्दा धेरैलाई अप्रत्यारिलो लाग्न सक्छ । तर महोत्तरीको उत्तरी क्षेत्र चनौटे डाँडोमा पुगेपछी पाइने बिशिष्ट चिसो मौसमले यस्लाई पुष्टि गर्दछ ।
यो खवर थाहा पाएपछी मधेश र नजिकै सिमाना जोडिएका भारतको विहार प्रदेशका मानिसहरुको गर्मी छल्ने सवैभन्दा उत्कृष्ट गन्तव्य पहाड र हिमालका जिल्ला भन्दा यहीँ ठाउँ सर्वाधिक रोजाई समेत वन्न सक्छ ।
किन भने विहारका जिल्लाहरुवाट यहाँ ३५ किलोमीटर मात्र दुरीमा छ भने मधेश प्रदेशको मध्यविन्दुमा पर्दछ । छोटो दुरीमा उच्च पहाडी जिल्लाको जस्तो हावापानी र मनोरम दृश्य अवलोकन गर्न पाईने यो ठाउँ मधेश र विहारका मानिसहरुका लागि कम खर्चिलो समेत वन्ने देखिन्छ ।
बर्दिवास नगरपालिकाको खयरमारावाट ४ किलोमीटर मात्र माथी उक्लेपछी पाइने हावापानी वाहय र आन्तरिक पर्यटक भित्र्याउन सकिने महत्वपूर्ण आधार वनेको छ ।
`जुनार र सुन्तला पनि याँहा पाईन्छ । त्यसो हुदा कत्ती चिसो हावापानी पाईन्छ भन्ने भनिरहनु नै परेन ।´ उधोग बाणिज्य संघ बर्दिवासका चौधरी महतोले भने ।` यो मधेशको दोश्रो भेडेटार जस्तै वन्न सक्छ ।´
प्रचण्ड गर्मी छल्ने उपयुक्त पर्यटकिय गन्तव्य वनाउन सकिने गतिलो आधार भएतापनी प्रचारप्रसारको अभावमा गुमनाम देखिएको चनौटे डाँडो अथाह पर्यटकिय सम्भावना बोकेर बसेको विविधतायुक्त विशेषताहरुले नै प्रमाणित गर्दछ ।
`प्रचुर सम्भावनाहरु वोकेर पनि ओझेलमा परिरहेको छ । सोही वडाका वडा अध्यक्ष गोपाल वलले भने । `गर्मी छल्न उच्च पहाडी जिल्लामा जाने तराईवासी र नजिकै सिमाना जोडिएको विहारका मानिसहरुलाई यतै रोक्न सकिन्छ ।´
यतिवेला मधेशमा अत्याधिक गर्मी छ । याँहाका मानिसहरु चिसो हावापानीको खोजीमा पहाडी र हिमाली जिल्लाहरुमा जाने क्रम वढेको छ भने नजिकै सिमाना जोडिएको भारतको विहार प्रदेशका मानिसहरु गर्मी छल्न केहीदिनका लागि भएतापनी सिन्धुली, रामेछाप, दोलाखा जस्ता जिल्लाहरुमा वाक्लै जाने गरेको तथ्यांकले देखाउछ ।
औपचारिक मापन हुन नसकेतापनी स्थानियहरु यो ठाउँ मधेशको नै सर्वोच्च चुरे पहाड भएको दावी गर्छन । १० बर्षे जनयुद्ध हुर्काउन उर्वर भुमिकोरुपमा प्रयोग भएको यो ठाउँलाई माओवादीका पुर्व लडाकुहरुले अहिले पनि निक्कै श्रद्धाका साथ लिने गर्दछन । यसैकारणले यो ठाउँमा सहिद पार्कको पारम्भिक शिलान्यास गरिएको थियो । जस्लाई प्रधानमन्त्री प्रचण्ड स्वयम् पुगेर शिलान्यास गरेका थिए ।
स्थानियका अनुसार विकटताका कारण निर्माण सामाग्री पुर्याउन नसक्दा केही योजनाहरुमा अपुरा नै वने ।
`नेपालको रुकुम, रोल्पा भनेर चिनिने यो ठाउँ जत्ती मनोरम छ त्यति नै ऐतिहासिक विरासत समेत वोकेको छ ।´ स्थानिय बिष्णु भण्डारीले भने । `मधेशको छोटो दुरीमा पाईने यो हावापानी वास्तवमा प्राकृतिक वरदान हो ।´
भौगोलिक भु-धरातल र फुसका घरहरुले निक्कै विकट लाग्ने यो ठाउँवाट पुरै तराई नियाल्न सकिन्छ । समुन्द्री सतहवाट झण्डै ७ सय मिटर उचाईमा रहेको यो ठाउँलाई कतिपयले प्राकृतिक भ्यू टावर पनि भन्ने गर्दछन । स्थानियका भनाईअनुसार दुई दशक अघिसम्म याँहा घनावस्ती थियो । विकटता कै कारण मानिसहरु बसाई सरेर कतिपय बर्दिवास पुगे भने कतिपय खयरमारा बजारतिर आएर वसे ।
औलो रोगवाट वच्न खयरमाराका मानिसहरु समेत यहीँ डाँडामा आएर बस्ने गरेको स्थानिय काजी वहादुर कार्की वताउछन ।
याँहावाट गौरिसंकर हिमालदेखी प्रदेशको राजधानी जनकपुरधामसम्म देख्न सकिन्छ भने मधेशका चुरे शृङ्खलाहरुलाई स्पष्ट दृश्यावोलोकन गर्न सकिन्छ । सिन्धुलीको गढी समेत देख्न सकिने यो ठाउँलाई कतिपयले दोश्रो गढीकोरुपमा समेत व्याख्या गर्ने गरेका छन ।
अचम्मलाग्दो त काहानिर छ भने यो ठाउँमा जुनार र सुन्तलाका बोटहरु देखिनु मधेशकोलागी सवैभन्दा अनौठो बिषय हो । उच्च पहाडी भेगमा पाईने सुन्तला, जुनार पाईनुले पनि याँहाको हावापानीलाई आफै प्रमाणित गरेको छ ।
पर्यटकिय गन्तव्यको खोजी अभियान अन्तर्गत बर्दिवास उधोग बाणिज्य संघको नेतृत्वमा सनिवार याँहा पुग्दा धेरै मानिसहरुले चनौटे डाँडालाई मधेशको हिमालकोरुपमा चित्रण गरे ।
उधोग बाणिज्य संघ बर्दिवासका अध्यक्ष बिष्णु खडकाले चनौटे डाँडा मधेशको महत्वपूर्ण पर्यटकिय गन्तव्य वन्न सक्ने र यस्लाई सरोकारवालाहरुको ध्यानाकर्षण हुनुपर्ने वताए ।
उन्ले यो उचाईवाट दृश्यावोलकन गर्न सकिने मधेशका फाटहरु र चुरे शृङ्खला थप आकर्षण रहेको वताउदै बर्दिवास नगरपालिकाले प्रचारप्रसार र पर्वद्वनमा कार्ययोजना बनाएर अगाडि बढनुपर्ने सुझाव दिए ।
बर्दिवास नगर सांस्कृतिक तथा पर्यटन पर्वद्वन समितिले पनि चनौटे डाँडाको विषयमा थप खोज र अनुसन्धान गर्ने प्रतिवद्वता जनाएको छ ।
समितिका अध्यक्ष हिरा गौतमले मधेश र विहारमा प्रचण्ड गर्मी कारण चिसोको खोजीमा रहेका आन्तरिक र वाहय पर्यटकको लागि चनौटे डाँडा महत्वपूर्ण रहेको वताउदै यस्लाई थप प्रचारप्रसार गर्ने वताए ।न्युज कारखाना
काठमाडौँ । आज प्रतिनिधिसभाको बैठक बस्दै छ । सङ्घीय संसद् सचिवालयले आ बस्ने बैठकको सम्भावित ९ वटा कार्यसूची तय गरेको छ ।
बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा आइतबार पारित हुन नसकेको धन्यवादको प्रस्ताव पनि कार्यसूचीमा समावेश गरिएको छ ।
बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण एवम् मन्त्री तथा राज्यमन्त्री नियुक्ति सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।
यस्तै प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने, प्रधानमन्त्री प्रचण्डले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गर्ने कार्यसूची तय गरिएको छ ।
त्यस्तै बैठकमा उपप्रधान एवं गृह मन्त्री रवि लामिछानेले ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै संसद अवरोध गरिरहेको छ । संसद्को अवरोध खोल्ने विषयमा पटक पटक छलफल भएपनि अहिलेसम्म ठोस सहमतिमा भने पुगेको छैन ।
न्युज कारखाना
काठमाडौं । नेकपा एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने भएको छ । मुख्यमन्त्री सोडारीले आज बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ ।
यसअघि यही वैशाख २१ र २२ गते मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाइएको बैठक स्थगन गरिएको थियो । सत्ता साझेदार दल एमालेले आफूहरुको तयारी नपुगेको र थप छलफल गर्नुपर्ने अडान राखेपछि बैठक स्थगित गरिएको थियो । एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले केन्द्रको निर्देशनअनुसार मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने निर्णय भएको बताएका छन् ।
यही वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त सोडारीले संविधानअनुसार एक महिनाभित्र अर्थात जेठ ५ गतेभित्र विश्वासको मत लिइ सक्नुपर्छ ।
नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीका दुई सदस्य, स्वतन्त्र सदस्य डा तारा जोशीको समर्थनमा एकीकृत समाजवादी संसदीय दलका नेता सोडारी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
५३ सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखबाहेक १०, एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४, राप्रपाको १ र १ स्वतन्त्र सदस्य छन् ।
न्युज कारखाना