२०८३ श्रावण १९
२०८३ श्रावण १९

राैतहट,०५ गते जेठ । गुजरा नगरपालिका वाड न.-३ जगलसहिया निवासी राम एकवाल राम चमार ज्युको आर्थिक रुपले र समाजिक रुपले अवस्था निकै नै कमजोर भएको हुनाले निजलाइ उपचार गर्न पैसा नपुगेर विभिन्न होस्पिटलबाट घर पर्कन बध्याता भएको अवस्था देखेर उनलाइ उपचार गर्न जनता समाजवादी पार्टी नेपाल जनवर्गीय संगठन समाजवादी युवा संघ नेपाल गुजरा नगर कमिटी अध्यक्ष बिन्दालाल चौधरीको नेतृत्वमा जिल्ला कमिटी लगाएतका टिमले पैसा संकलन गरि आर्थिक सहयोग गरेका छन्। स्वास्थ्यकर्मी वरिष्ठ चौधरी ज्युले उहालाइ गरेको उपचार खर्च ६००० हजार केही बाकी रकम युवा संघको टिम स्वास्थ्यकर्मी चौधरीको निवासमा पुगि विरामिको बिमारी आर्थिक अवस्था कमजोर रहेकोले बाकी रकम छोडि दिन आग्रह गरेका छन। स्वास्थ्यकर्मी चौधरीले युवाहरू सक्रियता हर्ष उलाष तथा विरामिको आर्थिक अवस्था देखेर सहयोग गरेको बताएका छन् ।

रौतहट,०५ गते जेठ । आम जनता पार्टी (आजपा) निकटको आम पेन्टर श्रमिक संघको राष्ट्रिय सम्मेलन आयोजक समिति गठन भएको छ । आजपा निकटको टे«ड युनियन फेडरेशन नेपालको काठमाडौं स्थित केन्द्रीय कार्यालयमा भएको एक भेलाले बिनोदकुमार चौधरीको संयोजकत्वमा ३५ सदस्यीय कमिटी गठन भएको हो । देशका सम्पूर्ण पेन्टरहरुको पेशागत हकअधिकारको रक्षा एवं विकासका लागि गठन भएको हो । समितिको सदस्यहरुमा लालबहादुर चौधरी, राजकुमार चौधरी, इन्द्रनारायण चौधरी, मसीलाल चौधरी, महेन्द्र चौधरी, बलदेव चौधरी, अभिनन्द चौधरी, संजिव चौधरी, रामनारायण सिंह, शिवप्रसाद चौधरी, विरेन्द्र चौधरी, धुरन प्रसाद चौधरी, चन्दु चौधरी, अमिन चौधरी, दिलिप मण्डल, अमृता थापा मगर लगायतका रहेका छन् । आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साह, वरिष्ठ उपाध्यक्ष एवं संविधान सभा सदस्य तिलक थापा, उपमहासचिव धनकुमारी मगर लगायतका नेताहरुको बिशेष उपस्थितिमा सो भेला सम्पन्न भएको हो ।

रौतहट,०५ गते । रौतहट जिल्लाको देवाहीगोनाहीमा आज निःशुल्क कक्षा सञ्चालन भएको छ । सो नगरपालिका वडा नम्बर २ मुसहर टोलमा दलित बालबालिकाहरु लाइ केन्द्रित गरि सो कक्षा सञ्चालन गरिएको हो । दलित समुदायिक विकास केन्द्र द्धारा आयोजित दलित बालबालिकाहरुको लागि निःशुल्क कक्षा संचालन आज देखि विधिवत रूपमा संचालन भएको छ । वडा अध्यक्ष अतिकु रहमानको अध्यक्षता तथा दलित विकास समितिको सदस्य राजकुमार दासको प्रमुख आतिथ्य ,आरडिएफ नेपालका अध्यक्ष राजेश राम, उदय नरायण राम, समाज सेवी संजय कुमार साह, प्रधानध्यापक जगदीश साह लगायत बालबालिका, महिला समेतको उपस्थित बिच कक्षा सञ्चालन गरिएको हो । बालबालिका लाई कपी ,कलम, किताब, कपडा, जूता निःशुल्क संस्था बाट दिनेछ । यस कार्यक्रम बाट दलित बस्ती नै शिक्षित हुने आधार बलियो देखिएको छ । सो अवसरमा दलित सामुदायिक बिकास केन्द्र रौतहट अध्यक्ष उदय नारायण राम, दलित अगुवा अवध नारायण राम ,राजेश राम सिवसरण माझी , चतुरी माझीको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको छ ।

रौतहट,०५ गते जेठ । रौतहटबाट नियमित रुपमा प्रकाशित हुदै आएको हाईवे न्युज दैनिकले १२ औँ स्थापना दिवस शनिवार एक कार्यक्रम गरेर मनाएको छ । २०६८ साल देखि प्रकाशनमा आएको पत्रिकाले चन्द्रनिगाहपुरको होटल तराई ईनमा कार्यक्रम गरेर बार्षिक उत्सव मनाएको हो । सो कार्यक्रमका प्रमुख अतिथी प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पानसमा दिप प्रज्वलित गरेर उद्घाटन गर्नुभएको हो । उतm कार्यक्रममा बोल्दै नेपालमा छापा माध्यमले खेलेको भुमिकाको प्रशंसा गर्नुभयो । पछिल्लो समय नेपालमा छापा माध्यम संगै संचार माध्यम नै संकटबाट गुज्रिरहेको उल्लेख गर्दै यसलाई जोगाउन राज्यले भुमिका खेल्नु पर्ने धारणा राख्नुभयो । उहाँले समाचारमा सुधार, खोजमुलक समाचार पाठकलाई दिनु पर्ने बताउनु हुँदै सुचना र प्रबिधि अनुरुप संचार माध्यम चल्न सके मात्रै पत्रिकाले निरन्तरता पाउने बताउनुभयो । आजको युग डिजिटल विज्ञानको युग भएकाले अव जन सरोकारका बिषयमा कलम चलाउनु पर्ने बताउनुभयो । पत्रकारिता भन्नाले सत्य तथ्य घटनाहरूमा आधारित रहि सञ्चार माध्यमबाट आम नागरिकलाई जानकारी गराउनु नै पत्रकारिता भएकाले दवाव र प्रभावमा नपर्ने उहाँले पत्रकारलाई आग्रह गर्नुभयो । उहाँका अनुसार पत्रकारीताको धर्म सत्य तथ्य र सन्तुलित समाचार सम्प्रेषण गरी जनतालाई सुसुचित गर्नु हो । पछिल्लो समयमा पत्रकारिता क्षेत्रमा देखिएको समस्या र चुनौतीका बारेमा चर्चा गर्दै उहाँले यस बिषयमा स्थानिय सरकारको ध्यानकर्षण गर्नुभयो । अव स्थानिय सरकारले स्थानिय पत्रिकालाई प्रवद्र्धन गर्ने निति लिनु पर्नेमा उहाँले जोड दिनुभयो । छापा संचार माध्यम संचालनका लागि कठिन अवस्थाबाट आएकाले यसलाई जोगाउन स्थानिय सरकारको दायित्व रहेको उहाँले बताउनुभयो । सो कार्यक्रममा बिशिष्ट अतिथी चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेले यहाँका पत्रकारले खेलेको भुमिका प्रशंसनिय रहेको बताउनुभयो । नगरपालिकाले हरेक कार्यमा यहाँका पत्रकारसंग समन्वय गर्दै आएको उल्लेख गर्दै उहाँले संचार माध्यम प्रर्वद्धनका लागि काम गर्ने बताउनुभयो । स्थानिय स्तरका सूचना वा विज्ञापन यहाँका संचार माध्यमलाई दिदै आएको समेत उहाँले जिकिर गर्नुभयो । एक फरक प्रसंगमा नगर प्रमुख काफ्लेले पछिल्लो समय जलबायु परिवर्तनको बिषयमा गहनरुपमा सोच्ने वेला भएको बताउनुभयो । जलबायु परिवर्तनका बिषय पनि संचार माध्यमको प्रथामिकतामा पर्नु पर्ने उहाँले बताउनुभयो । यस पत्रिका सत्य ,तथ्यमा रहेर विश्वसनिय र पूर्वाग्रह नराखी पाठक समक्ष पुगेको उहाँले उल्लेख गर्नुभयो । सो कार्यक्रममा गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि कलवारले विपद्का समयमा यस पत्रिकाले खेलेको भुमिका सराहनिय भएको बताउनुभयो । आफ्नो लगानीमा पत्रिका संचालन गर्नु चुनौती भएको उल्लेख गर्दै उहाँले यस हाईवे न्यूज दैनिकका प्रकाशकले निरन्तर ११ बर्ष देखि देखाएको लगनशिलताको प्रशंसा गर्नुभयो । बाढी, पहिरो वा अन्य विपद्मा परेका नागरिकका आवाजलाई सम्वन्धित वा सरोकारवाला निकायसम्म पुरयाउन यस पत्रिकाले अह्म भुमिका खेलेको उहाँको भनाई छ । उहाँले असल कामको प्रशंसा र खराब कामको उजागर हुनु पर्नेमा जोड दिनुभयो । उतm कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव गोविन्द चौलागाईले विद्यमान कुरिती, कुसंस्कार, विसङ्गति, भ्रष्टाचार ,बेथिति, अनियमितता विरुद्ध तथ्यगत रुपमा निडर भएर कलम चलाउन आग्रह गर्नुभयो । जलवायु परिर्वतनका असर, समस्या र चुनौतीका बारेमा पत्रकारले चासो पूर्वक खबर सम्प्रेषण गर्नु पर्ने बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शिव पूरी, चन्द्रपुर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष सहदेव के.सी, वरिष्ठ पत्रकार मुकुन्द दाहाल, हेमराज जोशी, हाईवे न्यूज दैनिकका सल्लाहकार रेखा कुमारी गुप्ता, जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रहरी निरिक्षक सुशिल आचार्य, नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष प्रेम चन्द्र झा लगायतका विभिन्न दलका प्रतिनिधि, प्रेसका विभिन्न संगठनका प्रतिनिधि लगायतको आतिथ्यता रहेको थियो । उतm कार्यक्रममा हाईवे न्यूज दैनिकको स्थापनाकाल देखि हालसम्म कार्यरत कर्मचारीलाई सम्मानित गरिएको हो । सम्मानित हुनेमा पत्रकार संजय कार्की, रत्न अधिकारी, रमेश तिमल्सिना, दिपेश पौडेल, वाल विक्रम कार्की, डिल्ली वहादुर कार्की, रेखा कुमारी गुप्ता, रामवावु चौधरी, सुनिल चौधरी, दुष्यन्त चौधरी, अशिष कुमर, सत्येन्द्र प्रताप सिंह लगायत रहेका छन् । यसैगरि नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव गोविन्द चौलागाई, केन्द्रिय सदस्य शिव पुरी र वरिष्ठ पत्रकार मुकुन्द दाहाललाई पनि सम्मान गरीएको हो । पत्रकारीता क्षेत्रमा अह्म भुमिका निर्वाह गर्दै आउनुभएको पत्रकार फणिदेव महतलाई नगद ११ हजार १ सय ११ रुपैयाले सम्मान गरीएको थियो । सो कार्यक्रमा रौतहट जिल्लाका पत्रकारको बाक्लो उपस्थतीमा कार्यक्रम भएको थियो । हाईवे न्युज दैनिकका अलावा ईहाईवेन्युज डट कम र पेज समेत संचालनमा रहेको छ ।हाईवे न्युज दैनिकका प्रकाशक मनोज साहको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन बालबिक्रम कार्कीले गर्नु भएको थियो । सोही कार्यक्रममा बिभिन्न संचारकर्मी मायाको चिनो प्रदान गरिएको थियो । हाइवे दैनिक

रौतहट,०५ गते जेठ । रौतहटको कटहरिया नगरपालिकाले सबै स्वास्थ्य संस्थामा म्याद गुज्रिएको औषधि वितरण भएको फेला परेको छ । कटहरिया नगरपालिकाले गत वैशाख १६ म्याद गुज्रिएको औषधि वितरण गरेको हो । अङ्ग्रेजी महिनाको अप्रिल २०२४ को १ तारिखमा म्याद सकिएका औषधि अप्रिल १८ तारिखमा वितरण गरिएको पाइएको छ । म्याद गुज्रिएको औषधि वितरण गरिएको गुनासो यतिबेला सामाजिक सञ्जालमा हुन थालेको छ। कटहरिया नगरपालिका वडा नम्बर २ जमुनियाका स्थानीय मनोज साहले आफ्नो समाजिक सञ्जाल फेसबुक मार्फत पालिकाले म्याद गुज्रिएको औषधि खरिद गरेको बताएका छन् । साहले नगरपालिकाका मेयर र हाकिमले कमिसन लिएर म्याद गुज्रिएको औषधि खरिद गर्ने कार्य गर्ने गरेको भिडियो सेसनमा बताउँछन् । सो पालिकाले विशेषगरी दाद दिनाइ जस्तो रोगमा काम लाग्ने फुङ्गी एस्ट्ट नामक औषधि म्याद गुज्रिएको खरिद गरेको पाइएको छ। मानव स्वास्थ्यसँग खेलवाड गर्दै सोपालिकाले खरिद गरेको औषधिको चौतर्फी आलोचना भइरहेको छ। म्याद गुज्रिएको औषधि कसरी र किन खरिद भएको विषयमा नगरप्रमुख अजय प्रकाश जयसवालसँग सम्पर्क गर्दा शनिबार दिनभरि उनको मोबाइल स्विच अफ रहेको थियो भने प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानको फोनमा सम्पर्क हुन सकेन । यता स्वास्थ्य शाखा संयोजक शंकर यादवका अनुसार पालिकाले सबै स्वास्थ्य संस्थामा वितरण गर्नका लागि दिएको औषधिमा फुङ्गी एस्ट्ट म्याद गुज्रेको रहेको स्वीकार गरेका छन् । उनले भने औषधि खरिद गर्नेले म्याद नदेखिएको हो कि ? पठाउनेले त्रुटिपूर्वक पठाइएको हो ? त्यो विषयमा म भन्न सकिँदैन । तर म्याद गुज्रिएको फुङ्गी एस्ट्ट नामक औषधि स्वास्थ्य संस्थाहरूमा पठाइएको छ। स्वास्थ्य शाखा संयोजक यादवका अनुसार म्याद गुज्रिएको औषधि सबै स्वास्थ्य संस्थाबाट फिर्ता ल्याई जिन्सी शाखामा बुझाइएको छ। यसरी मानव स्वास्थ्यसँग खेलबाड गर्दै कमिसनको लोभमा म्याद गुज्रिएको औषधि खरिद गर्नु घृणात्मक रहेको मानव अधिकारकर्मीहरू बताउँछन् । मानिसको स्वास्थ्य जस्तो अति संबेदनसिल विषयमा पनि पालिकाका स्वास्थ्य शाखाले लापरवाही गर्दा पनि त्यसलाई नियमण गर्ने तर्फ सम्बन्धीत निकायको ध्यान जान सकेको छैन

रौतहट,०५ गते जेठ । रौतहटमा संग्रहालय बनाउने प्रयासहरु प्रयासमै सीमित छन् । आधा दशकभन्दा लामो समयदेखि चर्चामा रहेको मधेश संग्रहालय निर्माणकै क्रममा राजनीतिको सिकार भएको छ । रौतहटको गढीमाई नगरपालिकामा बनाइने भनिएको युद्ध संग्रहालय घोषणामै सीमित रहेको छ । अन्य पालिकामा पनि संग्रहालयको चर्चा नभएको होइन तर अन्यत्र खासै कुनै सकारात्मक कदम नचालिएको अवस्थामा रौतहटको मौलापुर नगरपालिकाले भने पहिलो कदम चालेको छ । मौलापुर नगरपालिकाको पतौरा गाउँमा रहेको पुरातात्विक महादेव मन्दिरको प्रांगणमा ‘पुरातात्विक संग्रहालय’ को स्थापना तथा संचालन गरेको छ । कला, संस्कृति र कुस्तीको संरक्षणको लागि हरेक वर्ष विशाल मेला आयोजना आएको मौलापुर नगरपालिका पुरातात्विक दृष्टिकोणले निकै महत्वपूर्ण रहेको छ । मौलापुरको पतौरामा उत्खननबाट महादेवको मन्दिर र मूर्ति प्राप्त भएको तथा अझै पनि उत्खनन भइरहेकोले अझै पनि धेरै महत्वपूर्ण सामग्रीहरु भेटिने क्रम जारी रहेको छ । पुरातात्विक महादेव मन्दिर परिसर तथा अन्य ठाउँको उत्खनन गर्दा देखिएका विभिन्न सामग्रीहरु, उत्खनन हुँदाको अवस्थाका चित्रहरु तथा मधानी महोत्सव गर्दाका विशिष्ट तस्बीरहरु यहाँ राखिएका छन् । महादेवसित सम्बन्धित केही महत्वपूर्ण सामग्रीहरु पनि राखिएका छन् । संग्रहालयको लागि छुट्याएको भवन कुनै विशाल छैन तर संग्रहालयको लागि थालिएको काम चाहिँ विशाल रहेको छ । यो आफैँमा महत्वपूर्ण र विशिष्ट कार्य हो । मौलापुर नगरपालिकाकी नगर प्रमुख रिनाकुमारी साहले मौलापुरको मुख्य पहिचान बनिसकेको पुरातात्विक महादेव मन्दिरको पहिचानलाई अझ विस्तार गर्न यस क्षेत्रमा भेटिएका महत्वपूर्ण सामग्रीलाई भौतिक तथा चित्रको रुपमा भए पनि सुरक्षा गरी भविष्यलाई हस्तान्तरण गर्नु महत्वपूर्ण भएको बताउँछिन् । गत केही वर्षदेखि संचालनमा रहेको पुरातात्विक संग्रहालय दर्शनाथीको एउटा आकर्षणको केन्द्र बनेको छ । पुरातात्विक महादेव मन्दिरको दर्शन गर्न आउने विशिष्ट महानुभावहरु एकपटक पुरातात्विक संग्रहालयको अवलोकन गरेर यहाँको वर्तमान र विगतबारे बुझ्ने मौका पाउँछन् । सयौँ शब्दमा बयान गर्न नसकिने कुरा एउटा चित्रले बयान गरिरहेको हुन्छ । यसै गरी एउटा दृश्यले कैयौँ युगको प्रतिनिधित्व पनि गर्न सकेको हुन्छ । पुरातात्विक संग्रहालयले एक साथ कैयौँ महत्व राखेको हुनाले यसमा दर्शनार्थीको संख्या हरेक वर्ष बढ्दै गएको देखिएको छ । पुरातात्विक महादेव मन्दिर र पुरातात्विक संग्रहालय एक अर्काका लागि प्रचार प्रसारको सहयोगी सिद्ध भएको यहाँका स्थानीयको भनाइ छ । इतिहास तथा पुरातत्वमा अभिरुचि लिनेको लागि पुरातात्विक संग्रहालय आफैँमा आकर्षणको केन्द्र बनेको छ । हरेक पालिकाले आफ्नो क्षेत्रका विशिष्ट पक्षलाई भोलिको लागि सुरक्षा गर्नुपर्ने गरी मौलापुर नगरपालिकाबाट सिक्नुपर्ने धेरै कुरामध्ये एउटा पुरातात्विक संग्रहालय पनि रहेको छ । खासै धेरै सामग्री नरहेको तर केही सयको संख्यामा रहेका भौतिक सामग्री तथा चित्रहरुले मौलापुर पुरातात्विक महादेव मन्दिरको इतिहास तथा संरक्षणको लागि चालिएका प्रयासहरुबारे धेरै कुरा बोल्न सकेको छ । आफ्नो विशिष्टतामा यही कुरा हरेक पालिकाको लागि निकै महत्वपूर्ण हुन्छ । पुरातात्विक संग्रहालय हेर्नका लागि आएका एक पर्यटक भन्छन् – सानो तर अत्यन्त विशिष्ट कार्यको नमुना पेस गरेको मौलापुर नगरपालिकाबाट अन्य स्थानीय सरकारले धेरै थोक सिक्न सकिने देखिन्छ । पुरातात्विक संग्रहालयको काम हरेक वर्ष अगाडि बढिरहेको र यसको महत्व स्थानीय तहमा सर्वसाधारणले पनि बुझ्दै गएकाले अबको दिनमा यसमा थप काम गर्ने हौसला प्राप्त भएको नगर प्रमुख साहको भनाइ छ । संग्रहालयलाई मुख्य गरी कलाकार, साहित्यकार, संस्कृतिकर्मी र इतिहासका अध्येताहरुले हेर्ने गरेको नगर प्रमुख साहको भनाइ छ । आफ्नै पालिकाका साथै विभिन्न पालिकाबाट शिक्षकसहित विद्यार्थीहरु पनि संग्रहालयको अवलोकन भ्रमण गर्ने गरेका छन् । संग्रहालयको अवलोकनमा कुनै शुल्क राखिएको छैन । सबै व्यवस्थापन तथा संचालन पालिकाबाटै हुने गरेको छ । संग्रहालयको प्रचार प्रसारमा अलिकति ध्यान दिनुपर्ने स्थानीयवासीको भनाइलाई नगरपालिकाले मनन गर्नुपर्ने आवश्यकता रहेको छ ।

काठमाडौँ । ताइवानमा नयाँ राष्ट्रपति लाइ चिङ टेको शपथ ग्रहण गर्नुभन्दा दुई दिनअघि शुक्रबार देशको संसदमा सांसदहरूबीच भीषण झडप भएको छ । सो क्रममा लात र मुक्का प्रहार समेत भएको थियो ।

कतिपय सांसद भने सभामुखको सिटमा पनि चढे । उनीहरुले एकअर्कालाई ताने र प्रहार गरेको देखियो । यसैबीच सांसद एक विधेयकसँग सम्बन्धित कागजात लिएर सदनबाट भागेका थिए ।

ताइवान संसदमा एक प्रस्ताव ल्याइएको छ । यस अन्तर्गत विपक्षी सांसदहरुलाई सरकारको काम कारवाहीमा नजर राख्न थप अधिकार दिइने बताइएको छ । यसका साथै संसदमा झुटा बयान दिने सरकारी कर्मचारीमाथि फौजदारी मुद्दा चलाइनेछ ।

मिडिया रिपोर्टका अनुसार यस विधेयकमा मतदान हुनुअघि नयाँ राष्ट्रपति चिङ तेहको डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी (डीपीपी) र चीन समर्थक विपक्षी कुओमिन्ताङ (केएमटी) पार्टीका सांसदहरूबीच झडप भएको थियो । सांसदहरू सदनमा पुगेपछि एक आपसमा आरोप लगाउन थाले ।

मे २० मा, ताइवानको नयाँ राष्ट्रपति लाइ चिंग टेले पदको सपथ लिनेछन् । तर, उनको पार्टी डिपीपीको संसदमा बहुमत छैन । ताइवानको मुख्य विपक्षी दल केएमटीसँग डीपीपीभन्दा बढी सिट छ । यद्यपि, बहुमतमा आउन ताइवान पिपुल्स पार्टी (टिपीपी) सँग गठबन्धन बनाउनुपर्नेछ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार बहुमतमा रहेकाले विपक्षी दलले सरकारमाथि नजर राख्न संसदमा आफ्ना सदस्यहरूलाई थप शक्ति दिन चाहन्छ । चिङ तेहको पार्टी डीपीपीले विपक्षीले विधेयक संसदमा पास गराउन दबाब दिन खोजेको आरोप संविधानको उल्लङ्घन भएको आरोप लगाएको छ ।

सत्तारुढ प्रजातान्त्रिक गणतन्त्र पार्टीका सांसदहरुले विधेयकमा पहिले प्रक्रियाअनुसार छलफल हुनुपर्ने माग राखेका छन् । विपक्षी दलले आफ्नो शक्तिको दुरुपयोग गर्नका लागि यो विधेयक पारित हुन दिन नचाहेको आरोप लगाएका छन् ।

यसअघि पनि ताइवानको संसदमा यस्ता घटना बाहिर आएका छन् । सन् २०२० मा पनि अमेरिकाबाट सुँगुरको मासु आयातको विरोध गर्दै केएमटीका सांसदहरूले संसदमा सुँगुरको आन्द्रा हानेका थिए ।

ताइवानमा यसै वर्ष जनवरीमा राष्ट्रपतिको निर्वाचन भएको थियो । त्यसमा सत्तारुढ दलका नेता विलियम लाइ चिङ–टे विजयी भएका थिए । यो त्यही नेता हुन् जसलाई चीनले मतदानअघि खतरनाक पृथकतावादी भनेको थियो । चुनाव अघि, चीनले मतदाताहरूलाई सैन्य द्वन्द्वबाट बच्न चाहनुहुन्छ भने सही छनौट गर्न चेतावनी दियो ।

ताइवानको कुओमिन्ताङ पार्टी (केएमटी) ले हउ यु इहलाई चिङ तेसँग बाजी लगाएको थियो । केएमटी त्यही पार्टी हो जसको सरकारले चिनियाँ कम्युनिष्टहरूसँग गृहयुद्ध हारेपछि ताइवान टापुमा बसोबास गरेको थियो । पार्टीले चुनाव जितेमा चीनसँग फेरि वार्ता गर्ने बताएको थियो । न्युज कारखाना

काठमाडौँ । मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्डेयालाई एक खेलको प्रतिबन्ध लागेको छ । मुम्बईको यस सिजनको अन्तिम खेलमा लखनउ सुपरजाइन्ट्सविरुद्धको खेलमा स्लो ओभर रेटका कारण हार्दिकलाई एक खेलको प्रतिबन्ध लागेको हो ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले हार्दिकलाई स्लो ओभर रेटका कारण ३० लाख भारु जरिवानासहित एक खेलको प्रतिबन्ध लगाएको छ । यो सिजनमा मुम्बईको तेस्रो पटक स्लो ओभर रेट भएका कारण हार्दिक निलम्बनमा परेका हुन् ।

अब हार्दिकले आईपीएल २०२५ सिजनको पहिलो खेल खेल्न पाउने छैनन् ।

मुम्बईले यस सिजनमा समूह चरणका सबै १४ खेल खेलेको छ र यस सिजनमा मुम्बई पुछारमा रहेको छ ।

यस सिजनमा दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तलाई पनि एक खेलको निलम्बन गरिएको थियो । न्युज कारखाना

काठमाडौँ । मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्डेयालाई एक खेलको प्रतिबन्ध लागेको छ । मुम्बईको यस सिजनको अन्तिम खेलमा लखनउ सुपरजाइन्ट्सविरुद्धको खेलमा स्लो ओभर रेटका कारण हार्दिकलाई एक खेलको प्रतिबन्ध लागेको हो ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले हार्दिकलाई स्लो ओभर रेटका कारण ३० लाख भारु जरिवानासहित एक खेलको प्रतिबन्ध लगाएको छ । यो सिजनमा मुम्बईको तेस्रो पटक स्लो ओभर रेट भएका कारण हार्दिक निलम्बनमा परेका हुन् ।

अब हार्दिकले आईपीएल २०२५ सिजनको पहिलो खेल खेल्न पाउने छैनन् ।

मुम्बईले यस सिजनमा समूह चरणका सबै १४ खेल खेलेको छ र यस सिजनमा मुम्बई पुछारमा रहेको छ ।

यस सिजनमा दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तलाई पनि एक खेलको निलम्बन गरिएको थियो । न्युज कारखाना

काठमाडौँ । गाजामा चलिरहेको भीषण लडाईका बीच इजरायली सेनाले पछिल्लो २४ घण्टामा ७० भन्दा बढी लक्ष्यमा बमबारी गरेको जनाएको छ ।

सबैभन्दा भीषण भिडन्त उत्तरी गाजाको जबलिया क्षेत्रमा भइरहेको छ । इजरायली सेनाले गाजाको यो क्षेत्र हमासबाट मुक्त गराएको दाबी गरेको थियो । तर अहिले हमासका लडाकुहरूले इजरायली सेनामाथि फेरि आक्रमण गरिरहेका छन् ।

जबलियामा ठूलो शरणार्थी शिविर पनि छ। यहाँका साँघुरो गल्लीहरूमा इजरायली सैनिक र हमास लडाकुहरूबीच झडप भइरहेको छ । इजरायली सेनाले बुलडोजरले पसल र घर भत्काएको यहाँका बासिन्दाले बताएका छन् ।

उही समयमा, गाजाको अर्को छेउमा, रफाह शहरमा लडाई जारी छ । इजरायलले यहाँ हमासका कैयौं अड्डाहरू ध्वस्त पारेको र इस्लामिक जिहादका एक शीर्ष कमाण्डरलाई मारेको दाबी गरेको छ । न्युज कारखाना

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।