२०८३ श्रावण १८
२०८३ श्रावण १८

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । बैठक आज बिहान ११ गते पार्टी कार्यालय सानेपामा बस्दै छ ।

कांग्रेस केन्द्रीय कार्यालयमा मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकको एक मात्र एजेन्डा समसामयिक राजनीतिकका सन्दर्भ राखिएको छ । सहकारी ठगीमा संसदीय छानबिन समितिको माग गर्दै संसद्‌मा अवरोध गरी रहेका कांग्रेसले सडक आन्दोलनमा जान संयुक्त बैठक बोलाएको बुझिएको छ ।

नेताहरूका अनुसार सहकारी ठगीमा जोडिएका गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउन सत्ता पक्ष तयार नभएपछि कांग्रेस सदनसँगै सडक आन्दोलनमा जाने तयारीमा छ ।

जेठ ८ गते, रौतहट जनता समाजवादी पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशनका लागि रौतहटको चारवटै निर्वाचन क्षेत्रमा आज मंगलवार एकैसाथ प्रतिनिधि छनौट गरिएको छ । आउदो जेष्ठ २८,२९ र ३० गते मधेश प्रदेशको राजधानी जनकपुरधाममा हुने जसपा नेपालको प्रथम राष्ट्रिय महाधिवेशनको लागि रौतहटबाट महाधिवेशन प्रतिनिधि छनौट गरिएको छ । जिल्लाको छुट्टाछुट्टै ठाउमा आज बसेको जसपाको बैठकले चारवटै क्षेत्रका लागि विभिन्न नेतालाई प्रतिनिधि छनौट गरेको जसपा नेपाल रौतहटका जिल्ला अध्यक्ष श्याम विहारी यादवले जानकारी दिएका छन् । क्षेत्र नम्बर १ बाट मधेस प्रदेशका पुर्व कृषि राज्य मन्त्री एवं जसपा नेपालका केन्द्रिय सदस्य योगेन्द्र राय यादव, केन्द्रिय सदस्यहरु किरण ठाकुर, चुल्हाई यादव, बिश्वनाथ पटेल, राघो राय यादव, पार्टीका जिल्ला अध्यक्ष श्याम बिहारी राय, माधव नारायण नगरपालिकाका पुर्व मेयर बिरेन्द्र प्रसाद यादव, जयराम महतो, दिलीप यादव, सरोज कुमार यादव निवेश यादव र संगीता देवीलाई चएन गरिएको हो । त्यस्तै निर्वाचन क्षेत्र नम्बर २ बाट पुर्व प्रदेशसभा सदस्य रामकिशोर प्रसाद यादव, बौधिमाइ नगरपालिकाका पुर्व मेयर राजीव रंजन यादव, समाजवादी युवा संघ नेपालका केन्द्रीय महासचिव दिलीप कुमार पटेल, केन्द्रिय सदस्य विवेक कुमार यादव, सुमेश्वरनाथ जयसवाल,दिपेन्द्र पटेल, शोभा सिंह, धर्मेन्द्र प्रसाद पटेल, प्रदेशसभा सदस्य शोभा देवी साह र शेख कलामलाई महाधिवेशन प्रतिनिधिको रूपमा छनौट गरिएको जिल्ला अध्यक्ष यादवले बताए । त्यस्तै निर्वाचन क्षेत्र नम्बर ३ बाट पुर्व मन्त्री गोविन्द चौधरी, मधेश प्रदेशकि रास्ट्रीयसभा सदस्य पुजा कुमारी चौधरी, गुजरा नगरपालिकाका मेयर सन्तलाल चौधरी, जयमंगल् राय यादव, बिन्देश्वर राय यादव, र सिकिल कुमारी यादवलाई प्रतिनिधि छनौट गरिएको हो । त्यस्तै निर्वाचन क्षेत्र नम्बर ४ बाट मधेश प्रदेश सरकारका उर्जा सिचाइ तथा खानेपानी राज्य मन्त्री शेख अब्बुल कलाम आजाद उर्फ शेख फुल्बाबु, हरिकिशोर साह, रामइश्वर राउत कुर्मी र रामसर्वी देविलाई सर्वसम्मती बाट महाधिवेशन प्रतिनिधि छनौट गरिएको जसपा नेपालका रौतहट जिल्ला अध्यक्ष श्याम विहारी यादवले जानकारी दिए ।

रौतहट,०८ गते जेठ । भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेका कुखुरा रौतहट प्रहरीले नष्ट गरेको छ । सोमबार प्रहरी चौकी मौतिपुर नरकटिया रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा परोहा न.पा. वडा नं.८ स्थितमा भारतबाट अबैध रुपमा भंसार छली चोरी पैठारी गरी ब्रोईलर कुखुरा मोटरसाईकलमा लोड गरी नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरी टोलीलाई देखी लोड रहेको ब्रोईलर कुखुरा फाली मो.सा.लिई भागी फरार भएकाा थिए । सो स्थानमा प्रहरी टोली गई वेवारिसे अवस्थामा रहेको ब्रोईलर कुखुरा ८० पिस अ.मुल्य रु.७५,०००।–बराबरको नियन्त्रणमा लिई स्थानिय जन प्रतिनिधी, बुद्धिजिवी र संचारकर्मीहरु समेतको रोहबरमा नष्ट गरीएको ।

गौर, ८ जेष्ठ रौतहट जिल्लाको ईशनाथ नगरपालिका वड़ा नम्बर ४ लतमरी स्थित सड़क खण्डबाट रौतहट प्रहरीले स्रोत नखुलेको रकम सहित एक जनालाइ पक्राउ गरेको छ । भारतबाट नेपाल तरफ आउदै गरेको बी आर ०५ ए एन ८११७ नम्बरको मोटरसाइकल रोकी चेकजाच गर्ने क्रममा स्थानीय वड़ा नम्बर ५ निवासी रामचरण साहको छोरा ३१ वर्षीय संतोष कुमार साहलाइ स्रोत नखुलेको रकम सहित पक्राउ गरिएको हो । पक्राउ परेको साहको साथबाट नेपाली रुपैया २ लाख ९ सय ६० तथा भारतीय रुपैया ७६५ फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक एलिजा गिरीले जानकारी दिएका छन । बरामद भएको रकमको स्रोत खुलाउन नसक्दा साहलाइ मोटरसाइकल सहित कÞानूनी कार्यवाहिको लागि जिल्ला भन्सार कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।

रौतहट,०८गते जेठ । रौतहट । संगठित अपराध, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी गौर नगरपालिका–५ बस्ने ५८ वर्षीय राजु मिश्रलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । मिश्र समेतले गौर नगरपालिका–३ बस्ने २७ वर्षीय रोहित कुमार जैसवाललाई २०७८ पुस २० गते साँझ फिरौती रकम माग गर्ने उद्देश्यले झुक्काई अपहरण गरी भारतको बैरगिनियामा लगि बन्धक बनाई हत्या गरी शवलाई जुटको बोरामा हाली नन्दवारा पुल मुनि फालेको घटनामा संलग्न मिश्रलाई जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले गौर नगरपालिका–१ स्थित नेपाल भारतको बोर्डर भन्सार नजिकबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत रौतहटमा पठाइएकोमा अदालतको आदेशले पुर्पक्षको लागि गौर कारागारमा पठाइएको छ ।

काठमाडौं,०८ गते जेठ । ऋषी कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं उदयपुर जिल्ला अध्यक्ष रामकुमार चौधरीले पार्टी परित्याग गरी आम जनता पार्टी (आजपा) मा प्रवेश गरेका छन् । आज आजपा केन्द्रीय कार्यालय काठमाडौंमा एक कार्यक्रमका बीचमा केन्द्रीय सदस्य चौधरीले आजपामा प्रवेश गरेका हुन् । चौधरीलाई आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले टिका र खादा लगाएर पार्टीमा प्रवेश गराएको आईटी आर्मीका केन्द्रिय सदस्य रामशरण यादवले जनाएका छन् । पछिल्लो समय बिभिन्न पार्टी परित्याग गरी आजपामा प्रवेश गर्ने लहर चलेको यादवले जनाएका छन् । आजपा प्रवेश गरेका चौधरीले प्रभु साह नेतृत्वको पार्टीको नीति, विचार तथा कार्यक्रम मुलुकको परिवर्तनका लागि आवश्यक भएकाले यो पार्टी प्रवेश गरेको बताए । आजपाले भ्रष्टाचार, अनियमितता, कुशासनको बिरुद्धमा जारी गरेको संघर्षका कार्यक्रमले आफू प्रभावित भएको बताउँदै उनले समृद्ध नेपाल निर्माणका लागि पार्टीको जारी अभियानमा लाग्ने बताए ।

जेठ ८ गते, रौतहट जनता समाजवादी पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशनका लागि रौतहटको चारवटै निर्वाचन क्षेत्रमा आज मंगलवार एकैसाथ प्रतिनिधि छनौट गरिएको छ । आउदो जेष्ठ २८,२९ र ३० गते मधेश प्रदेशको राजधानी जनकपुरधाममा हुने जसपा नेपालको प्रथम राष्ट्रिय महाधिवेशनको लागि रौतहटबाट महाधिवेशन प्रतिनिधि छनौट गरिएको छ । जिल्लाको छुट्टाछुट्टै ठाउमा आज बसेको जसपाको बैठकले चारवटै क्षेत्रका लागि विभिन्न नेतालाई प्रतिनिधि छनौट गरेको जसपा नेपाल रौतहटका जिल्ला अध्यक्ष श्याम विहारी यादवले जानकारी दिएका छन् । क्षेत्र नम्बर १ बाट मधेस प्रदेशका पुर्व कृषि राज्य मन्त्री एवं जसपा नेपालका केन्द्रिय सदस्य योगेन्द्र राय यादव, केन्द्रिय सदस्यहरु किरण ठाकुर, चुल्हाई यादव, बिश्वनाथ पटेल, राघो राय यादव, पार्टीका जिल्ला अध्यक्ष श्याम बिहारी राय, माधव नारायण नगरपालिकाका पुर्व मेयर बिरेन्द्र प्रसाद यादव, जयराम महतो, दिलीप यादव, सरोज कुमार यादव निवेश यादव र संगीता देवीलाई चएन गरिएको हो । त्यस्तै निर्वाचन क्षेत्र नम्बर २ बाट पुर्व प्रदेशसभा सदस्य रामकिशोर प्रसाद यादव, बौधिमाइ नगरपालिकाका पुर्व मेयर राजीव रंजन यादव, समाजवादी युवा संघ नेपालका केन्द्रीय महासचिव दिलीप कुमार पटेल, केन्द्रिय सदस्य विवेक कुमार यादव, सुमेश्वरनाथ जयसवाल,दिपेन्द्र पटेल, शोभा सिंह, धर्मेन्द्र प्रसाद पटेल, प्रदेशसभा सदस्य शोभा देवी साह र शेख कलामलाई महाधिवेशन प्रतिनिधिको रूपमा छनौट गरिएको जिल्ला अध्यक्ष यादवले बताए । त्यस्तै निर्वाचन क्षेत्र नम्बर ३ बाट पुर्व मन्त्री गोविन्द चौधरी, मधेश प्रदेशकि रास्ट्रीयसभा सदस्य पुजा कुमारी चौधरी, गुजरा नगरपालिकाका मेयर सन्तलाल चौधरी, जयमंगल् राय यादव, बिन्देश्वर राय यादव, र सिकिल कुमारी यादवलाई प्रतिनिधि छनौट गरिएको हो । त्यस्तै निर्वाचन क्षेत्र नम्बर ४ बाट मधेश प्रदेश सरकारका उर्जा सिचाइ तथा खानेपानी राज्य मन्त्री शेख अब्बुल कलाम आजाद उर्फ शेख फुल्बाबु, हरिकिशोर साह, रामइश्वर राउत कुर्मी र रामसर्वी देविलाई सर्वसम्मती बाट महाधिवेशन प्रतिनिधि छनौट गरिएको जसपा नेपालका रौतहट जिल्ला अध्यक्ष श्याम विहारी यादवले जानकारी दिए ।No description available.

काठमाडौँ । सिरियाकी प्रथम महिला तथा राष्ट्रपति बसर अल-असदकी पत्नी अस्मा असदलाई ब्लड क्यान्सर भएको छ ।

सिरियाली राष्ट्रपतिको कार्यालयले यो जानकारी दिएको जानकारी अनुसार अस्मा असदको पटकपटक स्वास्थ्य परीक्षण गरिएको र यसै क्रममा चिकित्सकको टोलीले उनको शरीरमा ब्लड क्यान्सरको लक्षण फेला पारेको उल्लेख छ ।

मेडिकल जाँचमा अस्मा असद गम्भीर ब्लड क्यान्सरबाट पीडित थिइन् । सिरियाको राष्ट्रपति कार्यालयका अनुसार प्रथम महिला अस्मा असदलाई केही आहारमा प्रतिबन्ध लगाउन सल्लाह दिइएको थियो । पहिलो महिलालाई उचित सामाजिक दूरी कायम गरी आइसोलेसनमा राखेर उपचार गरिने पनि बताइएको छ । अस्मा असदलाई हाल कुनै पनि सार्वजनिक कार्यक्रम वा गतिविधिमा भाग लिन निषेध गरिएको छ र उनको उपचार जारी रहनेछ। यसअघि सन् २०१९ मा अस्मा असदलाई स्तन क्यान्सर भएको पत्ता लागेको थियो ।

मध्य सिरियाकी अस्मा असदको जन्म लन्डनमा भएको थियो । उनी लन्डनमा हुर्किइन् । उनका बुबा लन्डनको क्रमवेल अस्पतालमा डाक्टर थिए । उनकी आमा लन्डनस्थित सिरियाली दूतावासमा सचिव थिइन् । सन् २००० मा उनले बसर अल असदसँग विवाह गरिन् ।न्युज कारखाना

काठमाडौँ । पोर्चुगलले युरोकप २०२४ मा खेल्ने टिमको घोषणा गरिएको छ । आगामी जुन १४ देखि जुलाई १४ सम्म हुने युरोकप खेल्न पोर्चुगलले २६ सदस्यीय टिमको घोषणा गरेको हो ।

पोर्चुगलले क्रिस्टियानो रोनाल्डोको कप्तानीमा टिमको घोषणा गरेको छ ।

पोर्चुगलको टिम:

गोलकिपर: डिओगो कोस्टा, जोसे सा र पार्टिसियो
डिफेन्डर: एन्टोनियो सिल्भा, डिओगो डालोट, गोन्कालो इनासियो, जोआओ क्यान्सेलो, नेल्सन सेमेडो, नुनो मेन्डेस, पेपे र रुबेन डायस।
मिडफिल्डर: ब्रुनो फर्नान्डिस, जोआओ नेभेस, ड्यानिलो परेरा, जोआओ पाल्हिन्हा, ओटाभियो, रुबेन नेभ्स र विटिन्हा ।
फरवार्ड: क्रिस्टियानो रोनाल्डो, डिओगो जोटा, फ्रान्सिस्को कन्सेइकाओ, गोन्कालो रामोस, जोआओ फेलिक्स, पेड्रो नेटो र राफेयल लियो ।

युरोकपमा पोर्चुगल समुह एफ मा रहेको छ । समुह एफमा पोर्चुगलसहित, टर्की, जर्जिया र चेक रिपब्लिक रहेका छन् । पोर्चुगलले युरोकपमा आफ्नो पहिलो खेल जुन १८ मा चेक रिपव्ब्लिकसँग खेल्ने तालिका रहेको छ ।न्युज कारखाना

काठमाडौँ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

हाल देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक देखि मुख्यतया सफा रहेको छ। कोशी, मधेश र लुम्बिनी प्रदेशका  थोरै  स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश लगायत देशको पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै आज राती कोशी र मधेस प्रदेश सहित देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहि बाँकी भु-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी,  मधेश, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा साथै बाँकी पहाडी भुभागका एक दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ । न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।