राैतहट,१३ गते जेठ । नेकपा एमाले कोशी प्रदेशका प्रदेश सभा सदस्य मिना श्रेष्ठले जब सम्म महिला र पुरुष बीचको समानता कायम नभए सम्म महिला माथि हुने हिंसा विभेदको अन्त्य नहुने बताएका छन्। रौतहट जिल्लाको चन्द्रनिगाहपुरमा पत्रकार संग कुरा गर्दै पुर्ब प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिव रुपमा काम गरेकी प्रदेश सांसद श्रेष्ठले महिला संग गर्भ देखी नै विभेद हुने गरेको बताए। इटहरी उप महानगर पालिका वडा नम्बर ६ घर भएकी प्रदेश सांसद श्रेष्ठ २०४६ साल देखी राजनीतिक क्षेत्रमा लागेको बताइन। महिला जुन सुकै चुनौतीको सामना गर्न सक्षम रहेको बताउदै अवसर नपाएर महिला पछाडी परेको जिकिर गरे। राजनीतिक क्षेत्रमा आउदा घर परिवार समाजको तिखो आलोचनाको शिकार हुनु पर्ने उल्लेख गर्दै विभेद हटाउन महिला शिक्षित र आत्मनिर्भर हुनु पर्ने धारणा राखे। नेकपा एमाले को बर्गीय संगठन जनसंस्कृतिक मंचको सदस्य बाट राजनीतिक यात्रा शुरु गरेकी श्रेष्ठ वडा कमिटि, नगर कमिटि, क्षेत्रीय कमिटि हुदै जिल्ला कमिटि देखी केन्द्रिय बिभाग सम्मको जिम्मेवारी निर्वाह गरेको बताए। नेपालमा बिभिन्न कालमा भएको संघर्ष, आन्दोलनले सत्ता परिवर्तन भएपनि महिला प्रति हेर्ने दृष्टिकोणमा अहिले सम्म चाहे जतिको परिवर्तन हुन नसकेको भनाइ उहाको रहेको छ। पितृ सतात्मक सोचले जरो गाडेको समाजमा महिला प्रति बिभिन्न बहानामा दमन शोषण विभेद गर्ने कार्य जारी नै रहेको उल्लेख गरे। राजनीतिकमा महिलालाइ धेरै नै समस्याको चुनौतीको सामना गर्नु पर्ने बताउदै प्रदेस सांसद श्रेष्ठले अवसर पाए महिलाले पुरुष जस्तै कार्य गरेर देखाउन सकिने दावी गरे। बुबाको क्रियामा बसेको बेला रौतहट आएकी सांसद श्रेष्ठले विभेद, हिंसा अन्त्य गर्न महिलाले पूर्ण रुपमा सक्षम हुनु पर्ने जरुरी रहेको बताए। कोशी प्रदेश सरकारले महिलालाइ कानुनी रुपमा अधिकार सुनिश्चित गर्नको लागी दलित, मुस्लिम, आदिबासी जनजाती लगायत बिभिन्न जातीय आधारमा आरक्षणको कानुन बनाउन लागिएको जानकारी गराए। प्रदेश सांसद श्रेष्ठले भने आफु राजनीतिकमा आउदा पारिवारिक, सामाजिक आलोचनाको समाना गर्नु परेको थियो महिला हुदैमा यो गर्न पाउदैन त्यो गर्न पाउदैन भन्न नमिल्ने बताए। भनाइमा महिलालाइ सबै क्षेत्रमा सहभागिता हुनु पर्ने भने पनि व्यवहारिक रुपमा कुनै राजनीतिक दलले पूर्ण रुपमा लागु गर्न नसकेको टिप्पणी गरे। राजनीतिक, आर्थिक सामाजिक रुपमा महिला सबल सक्षम र साशक्त नभए सम्म महिला प्रति गरिने विभेदको अन्त्य नहुने तर्क उहाको रहेको छ।
सप्तरी,जेठ १३ गते । सप्तरीको बोदे बर्साईन नगरपालिकाले विभिन्न वडामा सञ्चालित स्वरोजगार कार्यक्रमको अनुगमन गरेको छ। नगरपालिकाका नगर प्रमुख आतेश कुमार सिंह लगायतको प्राविधिक टोलीले अनुगमन गरेको हो। टोलीले विभिन्न समस्या बारे सहभागी कामदारसँग छलफलसमेत गरेको छ। छलफलको क्रममा नगर प्रमुख सिंहले आफ्नो पालिकामा ठुलो उद्योग, कलकारखाना नरहेका कारण युवाले रोजगारी पाउन नसकिरहेको बताउनुभयो। उहाँले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत पनि बजेट अनुसार रोजगारी दिनुपर्ने बाध्यताका कारण सबैलाई यस कार्यमा समेट्न नसकिरहेको उल्लेख गर्नुभयो। यसैबिच, नगरपालिकाको रोजगार सेवा केन्द्रले यस वर्ष धेरै जसो महिला र केहि मात्रामा पुरुष गरी रोजगारी दिएको छ। रोजगार सेवा केन्द्रका शाखाका संयोजक ब्रहम देव यादवका अनुसार पाँच वर्षमा सयौं जनाले रोजगारी पाइसके छन्। पछिल्ला वर्षमा रोजगारी पाउनेको सङ्ख्या घट्दै गएको छ। रोजगार सेवा केन्द्रलाई प्राप्त हुने बजेट घट्दै गएकाले रोजगारी पाउनेको सङ्ख्या घटाउनुपरेको बोदे बर्साईन नगरपालिकाका रोजगार प्रमुख यादवले बताउनुभयो।
राैतहट,१३ गते जेठ । नेकपा एमाले कोशी प्रदेशका प्रदेश सभा सदस्य मिना श्रेष्ठले जब सम्म महिला र पुरुष बीचको समानता कायम नभए सम्म महिला माथि हुने हिंसा विभेदको अन्त्य नहुने बताएका छन्। रौतहट जिल्लाको चन्द्रनिगाहपुरमा पत्रकार संग कुरा गर्दै पुर्ब प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिव रुपमा काम गरेकी प्रदेश सांसद श्रेष्ठले महिला संग गर्भ देखी नै विभेद हुने गरेको बताए। इटहरी उप महानगर पालिका वडा नम्बर ६ घर भएकी प्रदेश सांसद श्रेष्ठ २०४६ साल देखी राजनीतिक क्षेत्रमा लागेको बताइन। महिला जुन सुकै चुनौतीको सामना गर्न सक्षम रहेको बताउदै अवसर नपाएर महिला पछाडी परेको जिकिर गरे। राजनीतिक क्षेत्रमा आउदा घर परिवार समाजको तिखो आलोचनाको शिकार हुनु पर्ने उल्लेख गर्दै विभेद हटाउन महिला शिक्षित र आत्मनिर्भर हुनु पर्ने धारणा राखे। नेकपा एमाले को बर्गीय संगठन जनसंस्कृतिक मंचको सदस्य बाट राजनीतिक यात्रा शुरु गरेकी श्रेष्ठ वडा कमिटि, नगर कमिटि, क्षेत्रीय कमिटि हुदै जिल्ला कमिटि देखी केन्द्रिय बिभाग सम्मको जिम्मेवारी निर्वाह गरेको बताए। नेपालमा बिभिन्न कालमा भएको संघर्ष, आन्दोलनले सत्ता परिवर्तन भएपनि महिला प्रति हेर्ने दृष्टिकोणमा अहिले सम्म चाहे जतिको परिवर्तन हुन नसकेको भनाइ उहाको रहेको छ। पितृ सतात्मक सोचले जरो गाडेको समाजमा महिला प्रति बिभिन्न बहानामा दमन शोषण विभेद गर्ने कार्य जारी नै रहेको उल्लेख गरे। राजनीतिकमा महिलालाइ धेरै नै समस्याको चुनौतीको सामना गर्नु पर्ने बताउदै प्रदेस सांसद श्रेष्ठले अवसर पाए महिलाले पुरुष जस्तै कार्य गरेर देखाउन सकिने दावी गरे। बुबाको क्रियामा बसेको बेला रौतहट आएकी सांसद श्रेष्ठले विभेद, हिंसा अन्त्य गर्न महिलाले पूर्ण रुपमा सक्षम हुनु पर्ने जरुरी रहेको बताए। कोशी प्रदेश सरकारले महिलालाइ कानुनी रुपमा अधिकार सुनिश्चित गर्नको लागी दलित, मुस्लिम, आदिबासी जनजाती लगायत बिभिन्न जातीय आधारमा आरक्षणको कानुन बनाउन लागिएको जानकारी गराए। प्रदेश सांसद श्रेष्ठले भने आफु राजनीतिकमा आउदा पारिवारिक, सामाजिक आलोचनाको समाना गर्नु परेको थियो महिला हुदैमा यो गर्न पाउदैन त्यो गर्न पाउदैन भन्न नमिल्ने बताए। भनाइमा महिलालाइ सबै क्षेत्रमा सहभागिता हुनु पर्ने भने पनि व्यवहारिक रुपमा कुनै राजनीतिक दलले पूर्ण रुपमा लागु गर्न नसकेको टिप्पणी गरे। राजनीतिक, आर्थिक सामाजिक रुपमा महिला सबल सक्षम र साशक्त नभए सम्म महिला प्रति गरिने विभेदको अन्त्य नहुने तर्क उहाको रहेको छ।
सर्लाही,१३ गते जेठ । पछिल्लो समय खुला सिमानाकाको फाईदा उठाउँदै भन्सार छल गरि भित्र्याउने समानलाई प्रहरीले पक्राउ गर्न थालेको छ । सर्लाहीमा बिभिन्न बाटो प्रयोग गर्दै भन्सार छल गरेर भित्र्याउँदै गरेको करिव ६ लाख मुल्य बराबरको समान प्रहरीले आईतबार बरामद गरेको छ । प्रहरीले जिल्लाका बिभिन्न स्थानबाट भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा लत्ताकपडा, ब्याग, सुटकेश, पेय पदार्थ र किरानाका समानहरु बरामद गरेको हो । २ ओटा भारतिय नम्बरको मोटरसाईकलसहित बरामद समानको मुल्य करिव ५ लाख ९९ हजार ९६५ रुपैँया रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता, प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए । बरामद समान आवश्यक कारवाहिका लागी भन्सार कार्यालय मलंगवामा बुझाईएको प्रवक्ता डिएसपी श्रेष्ठले बताए । ३ दिन अघि पनि सर्लाही प्रहरीले करिव साँढे २१ लाख मुल्य बराबरको भन्सार छलिका समान बरामद गरि भन्सार कार्यालय मलंगवामा बुझाएको थियो । जिल्लाका बिभिन्न स्थानमा खटिएको प्रहरीले लत्ता कपडा, कस्मेटिक र किरानाका समानहरु सवारी साधनसहित बरामद गरेको थियो । जिल्ला प्रहरी कार्यालयका अनुसार ५ ओटा मोटरसाईकल र २ ओटा जिपसमेत बरामद गरि करिव २१ लाख ४६ हजार २९५ रुपैँया बराबरको समान भन्सार कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी श्रेष्ठले जानकारी दिए ।
काठमाडौँ । नेपालमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।
हाल गण्डकी र लुम्बिनी प्रदेश लगायत आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक देखि मौसम मुख्यतया सफा रहेको छ । गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा, लुम्बिनी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भैरहेको छ ।
आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली रहने छ। कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरूमा, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
त्यस्तै आज राती कोशी प्रदेशमा पूर्ण बदली, मधेश, बागमती र गण्डकी प्रदेश लगायत बाँकी पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली रहने छ। कोशी प्रदेशका केही स्थानहरूमा, गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावा हुरी सहित हल्का देखि मध्यम बर्षा तथा मधेश प्रदेश लगायत बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।न्युज कारखाना
आजमिति २०८१ साल जेठ १४ गते सोमवार तदअनुसार मे २७ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं ग्रिष्म ऋतु कृष्ण पक्षको चतुर्थी तिथी, पुर्वषाढा नक्षत्र, । सुभ योग । चन्द्र राशि धनु । यो शुभ योग हो ।
अभिजित् मुहूर्त: बिहान ११:३४ देखि १२:२८ सम्म,
• काठमाण्डौंमा सुर्योदय: बिहान ०५:११
• सुर्यास्त: बेलुका ०६:५२ बजे
वैदिक ज्योतिषमा आधारित तपाँईको आजको राशिफल यसप्रकार रहनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज समय शुभ छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम तथा दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नसक्छ । खुशि मिल्नसक्ने समय छ ।
शुभ रगं ः सुन्तला
शुभ अंक ः ९
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आज समय मध्यम छ । नयाँ ठाउँमा आर्थिक लगानी गर्दा ध्यान दिनुहोला । काममा ढिलाई हुनसक्छ । प्रेममा अनावश्यक मनमुटावबाट बच्नुहोला । पारिवारलाई समय दिनुहोला । दिँउसोबाट तपाइमा उर्जा थपिनेछ । हतारमा निर्णय नगर्नुहोला ।
शुभ रगं ः सेतो
शुभ अंक ः १
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज समय राम्रो छ । मनमा सामान्य चिन्ता भएतापनि दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नसक्छ । सन्तानबाट सुख प्राप्त हुनसक्छ । विपरीत लिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ ।
शुभ रगं ः रातो
शुभ अंक ः ३
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज समय शुभ छ । व्यापार र व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । विदेशको काममा सफलता मिल्नसक्छ । खर्च भने बढ्न सक्छ ।समय शुभ छ उपयोग गर्नुहोला ।
शुभ रगं ः पहेलो
शुभ अंक ः ६
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज समय ठिक छ । आँट र साहस बढ्नेछ । कार्य पुर्ण हुनसक्छ । बौद्धिकताको प्रशंसा हुनेछ । प्रेम तथा परिवारमा शान्ती मिल्नेछ ।
शुभ रगं ः रातो
शुभ अंक ः ५
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आज समय राम्रो छ । पराक्रम बढ्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । प्रेममा सफलता हुनेछ । समग्रमा दिन राम्रो छ ।
शुभ रगं ः सुन्तला
शुभ अंक ः ३
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज समय ठीकै छ । मनमा उत्साह र उमङ्गको कमी देखिन सक्छ । सवारी चलाउँदा ध्यान दिनुहोला । अ राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न थोरै बोलेको राम्रो हुन्छ । प्रेम तथा परिवारमा विवादबाट बच्नुहोला ।
शुभ रगं ः सेतो
शुभ अंक ः ७
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज समय राम्रो छ । मिहेनतको फल मिल्नेछ । पारिवारिक सुख मिल्नेछ । प्रेम तथा साथिभाईबाट सहयोग मिल्न सक्छ । स्वास्थ सुधार हुने छ ।
शुभ रगं ः रातो
शुभ अंक ः २
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आज समय मध्यम छ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । बोल्दा विचार पुर्याउनुहोला । मनमा चिन्ता रहनेछ । प्रेम तथा परिवारमा विवाद हुन सक्छ, सतर्क हुनुहोला ।
शुभ रगं ः पहेलो
शुभ अंक ः ४
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आज समय मध्यम छ । परिवारिक माहोल राम्रो रहनेछ । प्रेममा अनावश्यक झगडा हुनसक्छ । शिक्षामा मन नजान सक्छ । स्वास्थ्यमा ध्यान दिनुहोला ।
शुभ रगं ः निलो
शुभ अंक ः ७
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज समय राम्रो छ । प्रतिस्पर्धामा विजयी हुने योग छ । कार्यक्षेत्रमा अरुले गरे भनेका कुरामा चित्त नबुझ्न सक्छ, प्रेम तथा पढाईमा आज राम्रो छ । रमाइलो यात्राको छ । स्वास्थ्य सबल रहने छ । काममा संघर्ष हुनेछ । खर्च बढ्न सक्छ ।
शुभ रगं ः कालो
शुभ अंक ः १
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आज समय ठिकै छ । शरिरमा आलस्यता आउनसक्छ । सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । कडा मिहिनेतपछि गरिएको कामबाट लाभ हुने सम्भावना छ । शत्रुपक्ष सकृय हुनेछन् । प्रेम तथा परिवारमा अनावश्यक जिद्धी नगर्नुहोला ।
शुभ रगं ः चाॅदी
शुभ अंक ः ४
राशिफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला । राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरीएको हुन्छ । जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । निर्णय गर्दा तपाईंको आफ्नै अन्तर्ज्ञान र निर्णय प्रयोग गर्न सधैं महत्त्वपूर्ण छ।
राशिफल लेखक युवा ज्योतिष जनक खड्का, ज्योतिष परामर्श केन्द्रको सञ्चालक समेत हुन्। उनि वैदिक ज्योतिषका विज्ञ मानिन्छन् ।न्युज कारखाना
काठमाडौं । सुनसरीको कोशी गाउँपालिका-६ स्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम र नगद १० हजार ४ सय रूपैयाँसहित ईटहरी उपमहानगरपालिका-५ बस्ने २० वर्षीया संगिता चौधरीलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय लौकही र सशस्त्र प्रहरी बल नेपालबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
त्यस्तै कैलालीको धनगढी उपमहानगरपालिका-८ वुद्धचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय २० मिलिग्राम र २५ हजार नेपाली रूपैयाँ र १० हजार भारतीय रूपैयाँसहित सोही उपमहानगरपालिका-८ बस्ने २६ वर्षीय नविन चौधरीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थ र नगदसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । न्युज कारखाना
काठमाडौँ । नेपालीको प्रतिव्यक्ति आय बढ्ने अनुमान गरिएको छ ।
सरकारले सार्बजनिक गरेको आर्थिक सर्वेक्षण २०८१ मा चालु आर्थिक वर्षमा प्रति व्यक्ति आय १,८४३ अमेरिकी डलर पुग्ने अनुमान गरिएको हो ।
आर्थिक सर्वेक्षणमा भनिएको छ- ‘प्रति व्यक्ति आय बढ्दै गएको छ । गत आर्थिक वर्षमा प्रति व्यक्ति राष्ट्रिय आय १,४०५ अमेरिकी डलर रहेकोमा चालु आर्थिक वर्षमा १.४५६ अमेरिकी डलर पुग्ने अनुमान छ । गत आर्थिक वर्षमा प्रति व्यक्ति कुल गार्हस्थ्य उत्पादन १.३८९ अमेरिकी डलर रहेकोमा चालु आर्थिक वर्ष १,४३४ अमेरिकी डलर पुग्ने अनुमान छ । साथै, गत आर्थिक वर्षमा व्यक्ति कुल खर्चयोग्य आय १,७५५ अमेरिकी डलर रहेकोमा चालु आर्थिक वर्षमा १,८४३ अमेरिकी डलर पुग्ने अनुमान छ ।’न्युज कारखाना
काठमाडौँ । महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०७९/०८० को ६१ औँ वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरेको छ ।
आइतबार महालेखापरीक्षक तोयम रायाले शितलनिवासमा आयोजिक एक कार्यक्रमका बीच राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष कार्यालयको ६१ औँ वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।
महालेखापरीक्षक रायाले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०७९/०८० को महालेखापरीक्षकको ६१ औँ वार्षिक प्रतिवेदन पेश गरेको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता बसन्तप्रसाद पन्थीले जानकारी दिए ।न्युज कारखाना