२०८३ श्रावण १८
२०८३ श्रावण १८

काठमाडौँ । अर्थमन्त्री बर्षमान पुनले आज बजेट ल्याउदै छन् । अर्थमन्त्री पुनले देशमा आर्थिक मन्दीको अवस्था रहेको बेला बजेट ल्याउने तयारी गरेका हुन् ।

स्रोतका अनुसार यस पटकको बजेटको आकार करिव १९ खर्बको हुने बताइएको छ । गत बर्ष १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट आएको थियो ।

बजेटमा केहि लोकप्रिय कार्यक्रम ल्याउने दबाबमा अर्थमन्त्री रहेका छन् । सरकारले खासै ठोस कार्यक्रम दिएर जनतालाई आस्वस्त पार्न नसकेको अवस्था लोकप्रिय कार्यक्रम ल्याउने दबाब प्रधानमन्त्री र अर्थमन्त्री दुवैलाई रहेको छ ।

स्रोतका अनुसार यस पटकको बजेटमा कर्मचारीको तलब भत्ता तथा सामाजिक सुरक्षा भत्ता नबढ्ने बताइएको छ ।  यस पटकको बजेटमा सूचना तथा प्रविधि क्षेत्रलाई प्रोत्साहन गरिने, माओवादी पूर्व लडाकुका लागि कार्यक्रम आउन सक्ने बुझिएको छ ।न्युज कारखाना

रौतहट,१३ गते जेठ । रौतहटमा गर्मीले बालबालिकाहरु विधालयमै मुर्छित हुन थालेपछि विदा दिन स्थानिय सरकारलाइ शिक्षा विकास तथा समन्वय इकाइ रौतहटले अनुरोध गरेको छ । विधालयहरुमा गर्मी विदा व्यवस्थापन सम्बन्धमा एउटा पत्र पठाउँदै यस्तो आग्रह गरेको हो । पछिल्लो केही दिनदेखि गर्मी अत्यधिक बढेपछि बिधालयमै बिधार्थीहरु बेहोस् हुुन थालेपछि बिधालय बन्द गर्न भनिएको छ । केही दिनदेखि बढेको गर्मीका कारण पठनपाठनमा समस्या भएपछि विद्यालयमा बिदा दिन परिपत्र गरिएको इकाइ प्रमुख राम विनय कुमार सिंहले जानकारी गराएका हुन् । परिपत्रको मध्य नजर गरि जिल्लाको कटहरिया नगरपालिका र फतुवा बिजयपुर नगरपालिकाले गर्मी विदा दिएको छ । कटहरिया नगरपालिका नि.प्रमुख प्रशासकिय अधिकृत रामनरेश प्रसाद यादवले दिएको जानकारी अनुसार जेठ १६ गते बुधवार देखि जेठ १८ गते शुक्रवार सम्म वर्षे विदाबाट कट्टा हुनेगरि विधालय बन्द गरिएको जानकारी गराएका हुन् । यस्तै फतुवा बिजयपुरका प्रमुख प्रशासकिय अधिकृत वकिल पाल द्धारा हस्ताक्षरित सूचनामा जेठ १६ गते बुधवार देखि जेठ १८ गते शुक्रवार सम्म बिधालय बन्द गर्न नगरभरिका सामुदायिक तथा संस्थागत बिधालयको नाममा विदा दिन पत्र जारी गरेका छन् । पछिल्लो केही दिनदेखि रौतहटसँगै मधेस प्रदेशमा अत्यधिक गर्मी बढेको छ । रौतहटमा दैनिक ४१ डिग्रीभन्दा माथि तापक्रम रहने गरेको छ। मौसम पूर्वानुमान महाशाखाले पनि आगामी केही दिनसम्म रौतहट सहित तराईका भू–भागमा अत्यधिक गर्मीको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

राैतहट,१३ गते जेठ । राैतहटकाे देवाही गाेनाही वडा नम्बर ७ मा आज आम जनता पार्टीकाे वडा कमिटी गठन गरिएको छ । आजपाका जिल्ला अध्यक्ष पूर्व मेयर धर्मेन्द्र प्र.पटेलको विशेष अतिथ्यता तथा पुर्व वडा अध्यक्ष जगरनाथ यादवको अध्यक्षता मा पार्टी सङ्गठन सुदृढीकरण अभियान अन्तर्गत गठन गरिएको छ ।Open photo साे वडाकाे मलङ्ग चौकको धार्मिक स्थल मठ्को प्राङ्गणमा बैठक बसी सर्वसहमतिबाट वडा कमिटी गठन गरिएको हाे । कमिटीकाे अध्यक्षमा विरेन्द्र साह,उपाध्यक्षमा सुरेन्द्र प्र. कुशवाहा, सरोज साह,सचिवमा राकेश कुशवाहा चयन भएका छन् ।Open photo त्यस्तै सहसचिवमा रामबाबु बैठा,अमिरी साह (भौउच) र काेषाध्यक्षमा नवल किशोर कुशवाहा लगायत ७५ सदस्यीय समिती गठन गरिएको देवाही गाेनाही नगरपालिकाका पूर्व नगर प्रमुख धर्मेन्द्र पटेलले जानकारी गराएका हुन् ।

राैतहट,१३ गते जेठ । नेपाल पत्रकार महासंघ रौतहट शाखामा तालाबन्दी गरिएको छ । गैर पत्रकारहरुलाई समेटेर महासंघकाे सदस्यताको अन्तिम नामावली प्रकाशित गरेको आरोप लगाउँदै खारेजको माग गर्दै सोमवार सञ्चारकर्मीहरू द्वारा मुलगेटमा तालाबन्दी गरेको हो ।Open photo गत जेठ ८ गतेको सहमतिविपरीत महासंघले गैर पत्रकारहरुलाई समेटेर महासंघको आगामी जेठ २६ गते हुने निर्वाचनलाई प्रभावित गर्नेगरी सो सदस्यता नामावली छापामार शैलीमा ल्याइएकोले त्यसको खारेजीको माग गर्दै रौतहट शाखा कार्यालयमा तालाबन्दी गर्नु परेको नेपाल पत्रकार महासङ्घ रौतहट शाखा को पूर्व अध्यक्ष रबिन्द्र प्रसाद साहले जानकारी गराएका छन् । Open photoउनले भने, सदस्यता न्यायोचित नहुँदासम्म आफूहरुले महासंघको आगामी निर्वाचनको काममा अवरोध ल्याउने खालको गतिविधिलाई अघि बढाउने चेतावनी पनि दिए ।

काठमाडौँ । नेपालमा स्थानीय वायुको प्रभाव संगै देशको पुर्वी भुभागमा “रेमल” चक्रवातको सामान्य प्रभाव रहेको छ ।

हाल कोशी प्रदेशमा पूर्णतया बदली तथा बागमती प्रदेश, मधेश प्रदेश र गण्डकी प्रदेशका पहाडी भुभागमा आंशिक देखि साधारणतया बदली र बाँकी भू-भागमा मौसम आन्शिक बदली रहेको छ। गण्डकी प्रदेशको थोरै स्थानहरूमा तथा मधेश प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का  देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी प्रदेशमा साधारण देखि पूर्ण बदली, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत बाँकी पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावा हुरी सहित हल्का देखि मध्यम वर्षा तथा मधेश प्रदेश लगायत बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै आज राती कोशी प्रदेशमा साधारण देखि पूर्ण बदली, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत बाँकी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावा हुरी सहित हल्का देखि मध्यम वर्षा तथा मधेश प्रदेश लगायत बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।न्युज कारखाना

काठमाडौँ । पर्यटन बिभागले आरोही निर्मल पुर्जाले सगरमाथा आरोहणका लागि टाँगीएको डोरी काटिएको भन्ने गलत जानकारी दिएको भन्दै खण्डन गरेको छ ।

पर्यटन विभागले सोमबार एक विज्ञप्ति जारी गर्दै पुर्जाले सामाजिक सञ्जालमार्फत गलत जानकारी दिएको भन्दै अहिले सगरमाथा आरोहणका लागि टाँगीएका सबै डोरीमा कुनै समस्या नरहेको दाबि गरिएको छ ।

पुर्जाले सामाजिक सञ्जालमा एक भिडियो पोष्ट गर्दै आफ्नो टोलि आरोहण गर्न गइरहेको अवस्थामा डोरी काटिएको बताएका थिए । उनले आरोहण क्षेत्रमा राजनीति भएको र अब आफु चुप नबस्ने समेत बताएका थिए ।

बिभागले आज समेत सगरमाथाको सफल आरोहण भएको र पुर्जाले भने जस्तो कुनै डोरी नकाटिएको बताएको छ । बिभागले आरोहणमा कुनै समस्या नरहेकोले ढुक्कसँग आरोहण गर्न समेत आग्रह गरेको छ ।

साथै बिभागले जारी गर्ने सूचना, फिल्ड कार्यालय र सम्पर्क अधिकृतबाट सम्प्रेषण हुने सूचना बाहेक भ्रामक सूचना प्रवाह गर्ने समग्र पर्वतीय पर्यटन एवं राष्ट्रको इज्जतमा धक्का पुग्न सक्ने अफवाहमा नलाग्न अपिल गरेको छ ।

साथै विभागले सधै चर्चित हुने गरि अनाधिकृत सूचना सम्प्रेषण गर्ने काममा संलग्न पुर्जा र अन्य व्यक्तिहरुमाथि छानबिन प्रक्रियासमेत अगाडी बढाएको बिभागले जनाएको छ ।न्युज कारखाना

 

काठमाडौँ । नेपाली कांग्रेसले एमाले अध्यक्ष केपी शर्माले पहिला कांग्रेसलाई आरोप लगाएको टिप्पणी गरेको छ ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले अध्यक्ष ओलीले नै पहिला कांग्रेसले गिरीबन्धुको ५१ बिघा बेचेको भनेर आक्रमण शुरु गरेको बताउदै आफुहरुले त्यसको प्रतिवाद गरेको टिप्पणी गरेका छन् ।

एमालेले अध्यक्ष ओलीमाथि कांग्रेसले आधारहीन आरोप लगाएको भन्दै माफी माग्नुपर्ने बताए पछि कांग्रेसले यस्तो टिप्पणी गरेको हो ।

महामन्त्री शर्माले भने- सर्वोच्च अदालतले गिरीबन्धु प्रकरणमा पूर्ण फैसला दिएपछि कांग्रेस चुप नै थियो । तर यसको पहिलो प्रतिक्रिया, दमदार प्रतिक्रिया, आक्रामक प्रतिक्रिया अध्यक्ष ओलीकै थियो । उहाँले कांग्रेसले ५१ बिघा बेचेर कमिसन खायो भन्नुभयो । उहाँले आरोप लगाउन संबिधानले छुट दिने, प्रतिवाद गर्न उहाँलाई सोध्नुपर्ने ?’

महामन्त्री शर्माले ओलीजीले कांग्रेसमाथि आरोप लगाएपछि आफुहरुले त्यसको प्रतिवाद गरेको स्पष्ट गरे । उनले कांग्रेसलाई आरोपित गरेपछि आफुहरु मौन धारण नगर्ने बताए । न्युज कारखाना

काठमाडौँ । राप्रपाले मध्यावधि निर्वाचनको आशंका गरेको छ ।

राप्रपाको केन्द्रीय समितिको बैठकका निर्णय सार्बजनिक गर्दै अध्यक्ष राजेन्द्र लिङदेनले मध्यावधि निर्वाचन हुनसक्ने भन्दै त्यसका लागि कार्यकर्तालाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।

राप्रपाले यस अघि शुरु गरेको भूगोल केन्द्रित आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको अध्यक्ष लिङदेनले बताए । साथै उनले आन्दोलनमा सहभागी नहुने नेता कार्यकर्तालाई पदबाट निकाल्नेसम्मको निर्णय बैठकले निर्णय गरेको बताए ।

साथै राप्रपाले सहकारी ठगि प्रकरणमा सरकारले प्रभावकारी काम गर्न नसकेको ठहर गर्दै संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेको छ । साथै राप्रपाले प्रतिपक्षको अवरोधका बीचमा संसद संचालन गरेकोप्रति भर्त्सना गरेको छ ।

साथै राप्रपाले आफ्नो संसद गीता बस्नेतलाई सहकारी ठगि प्रकरणमा कानुन अनुसार उपस्थित भएर सामना गर्न निर्देशन दिने निर्णय गरको छ भने त्यस्तै प्रकृतिका विषयमा मुछिएका सबैलाई कारवाहीको माग समेत गरेको अध्यक्ष लिङदेनले जानकारी दिएका छन् ।

त्यस्तै राप्रपाले गिरीबन्धु टी-स्टेट प्रकरणमा भएको नीतिगत भ्रष्टाचारलाई छानबिनको दायरामा ल्याउन माग गरेको छ ।न्युज कारखाना

काठमाडौँ । काठमाडौँको बसुन्धारा र कपनबाट मोटरसाइकल चोरीमा संलग्न २ जनालाई आइतबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

नुवाकोटको शिवपुरी गाउँपालिका २ छाप घर भइ हाल काठमाडौंको बसुन्धारा बस्ने २८ वर्षीय रविन्द्र तामाङ र काठमाडौंकै कपन बस्ने २० वर्षीय कृष्ण तामाङलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

वास्तविक नम्बर परिवर्तन गरी लु ७८ प ६७ ५८  नम्बर राखी चलाइरहेको अवस्थामा मोटरसाइकल सहित रविन्द्रलाई हिजो दिउँसो ट्राफिक प्रहरीले फेला पारेको थियो । रविन्द्रमाथि अनुसन्धान गर्दा उक्त मोटरसाइकल कृष्णबाट लिएको भनि खुल्न आएपछी काठमाडौंको कपनबाट कृष्णलाई पनि ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा आएका दुबै जनालाई अनुसन्धान तथा कारबाहीका लागि आज प्रहरी वृत्त महाराजगञ्ज पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिए  ।

बागमती प्रदेश-०२-०३२ प ९५ ७१ नम्बरको कालो रंगको २२० सि.सि.को पल्सर मोटरसाइकल काठमाडौंकै टोखा नगरपालिका १० स्थित महादेवटारमा रहेको घर अगाडीबाट हराएको भनि धर्मेन्द्र राईले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि दिवेदन दिएका थिए ।

आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत  सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न प्रवक्ता श्रेष्ठले सम्पूर्णमा अनुरोध गर्नु भएको छ । हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य  निरन्तर हुँदै आए तापनि सवारी धनी स्वयम् सजग हुनुपर्ने छ ।

सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गर्न र नजिकैको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ । न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।