काठमाडौँ । उत्तर कोरियाले बेलुनको सहयोगमा छिमेकी देश दक्षिण कोरियामा फोहोरको झोला पठाइरहेको देखिएको छ । दक्षिण कोरियाको सेनाले यसको पुष्टि गरेको छ । सीएनएनका अनुसार मंगलबार राति उत्तर कोरियाबाट पहिलो पटक बेलुन आउन थालेको हो ।
त्यसपछि बुधबार बिहान यहाँ १५० बेलुन देखियो । दक्षिण कोरियाको ज्वाइन्ट चिफ अफ स्टाफ (जेसीएस) ले पनि आफ्नो तस्बिर सार्वजनिक गरेको छ । यसमा दुईवटा ठूला बेलुनलाई डोरीले बाँधिएको हुन्छ ।
यस डोरीमा प्लाष्टिकको झोला पनि बाँधेर फोहोरले भरिएको हुन्छ । जसका कारण दक्षिण कोरियाका धेरै सडकमा फोहोर जम्मा भएको छ । दक्षिण कोरियाका सरकारी निकायहरूले यसबारे अनुसन्धान गरिरहेका छन् ।
जेसीएसले यसो गरेर उत्तर कोरियाले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरिरहेको बताएको छ । साथै, यो हाम्रो देशका नागरिकहरूको जीवनमा खतरा पनि हो । जेसीएसले भने, उनीहरूले उत्तर कोरियालाई आफ्ना कार्यहरू रोक्न चेतावनी दिएका छन् । यदि यसबाट दक्षिण कोरियालाई कुनै क्षति भयो भने त्यसको जिम्मेवारी उनीहरू नै हुनेछन् ।
यसबाहेक दक्षिण कोरियाका क्षेत्रीय सरकारले उत्तरी प्रान्तमा बस्ने नागरिकका लागि अलर्ट जारी गरेको छ । उनीहरूलाई कुनै पनि शंकास्पद वस्तुबाट टाढा रहन सल्लाह दिइएको छ । उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केसीएनएका अनुसार तानाशाह किम जोङले दक्षिण कोरियाले प्रायः उत्तर कोरियालाई आफ्नो प्रचारसँग सम्बन्धित पर्चाहरू पठाउने गरेकोले यो कदम चालेको हो ।
यस बाहेक उनी प्रायः औषधि, खाना, रेडियो र दक्षिण कोरियाली समाचार र टिभी कार्यक्रमहरूको रेकर्डिङ भएको पेन ड्राइभ पठाउँछन् । वास्तवमा उत्तर कोरियामा छिमेकी देश दक्षिण कोरियासँग सम्बन्धित समाचार र टिभी कार्यक्रम हेर्न प्रतिबन्ध लगाइएको छ ।
दक्षिण कोरियाका मानिसहरूले बेलुन, ड्रोन र बोतलहरू मार्फत यी सामानहरू पठाउँछन् । तर, दक्षिण कोरियाको संसदले सन् २०२० मा यसलाई प्रतिबन्ध लगाएको छ । उत्तर कोरियाली अधिकारीहरूले पत्रकहरू मार्फत दक्षिण कोरियाले सैन्य कारबाहीसँग सम्बन्धित महत्त्वपूर्ण जानकारी आदानप्रदान गर्न सक्ने बताएका छन्, जुन देशको सुरक्षाका लागि खतरा हो ।
उत्तर कोरियाका उप रक्षामन्त्री किम काङ द्वितीयले चाँडै नै सीमावर्ती क्षेत्र र दक्षिण कोरियाका अन्य धेरै भागहरूमा फोहोर जम्मा हुने बताएका छन् । त्यसपछि उनीहरूले थाहा पाउनेछन् कि यसलाई हटाउन कति प्रयास गर्नुपर्छ । यदि कसैले उत्तर कोरियाको सार्वभौमसत्ता र सुरक्षालाई खतरामा पार्छ भने हामी उसलाई तुरुन्त कारबाही गर्छौं ।
प्रतिबन्धका बाबजुद पनि दक्षिण कोरियाली नागरिकले उत्तर कोरियामा किम जोङ उनविरुद्ध पर्चा पठाइरहेका छन् ।
सन् २०२० मा दक्षिण कोरियाको संसदले एउटा विधेयक पारित गरेको थियो । यसअन्तर्गत उत्तर कोरियामा पर्चा पठाउने र सीमा क्षेत्रमा लाउडस्पीकरमार्फत प्रचार प्रसार गर्ने जस्ता कुरामा प्रतिबन्ध लगाइएको थियो । रोयटर्सको रिपोर्टका अनुसार नयाँ कानूनको बावजुद मानिसहरूले त्यहाँ सामान पठाउने क्रम जारी राखेका छन् ।
उत्तर कोरियाबाट भागेर दक्षिण कोरिया आएकी पार्क साङ हकले विगत १५ वर्षदेखि आफ्नो सहरमा सामान पठाउँदै आएकी छन् । उनले यसमार्फत उत्तर कोरियाका जनतालाई बाहिरी संसारको झलक दिन चाहेको बताए ।
यस महिनाको सुरुमा पार्कको संस्थाले उत्तर कोरियामा २० वटा बेलुन पठाएको बताएको थियो । जसमा किम जोङको निन्दा गरिएको ३ लाख पम्प्लेटहरू थिए । यसबाहेक युएसबी स्टिकमार्फत २ हजार के–पप गीत र अन्य भिडियो पनि पठाइएको थियो ।
उत्तर कोरियामा दक्षिण कोरियाको गीत–नृत्यमाथि प्रतिबन्ध उत्तर कोरिया र दक्षिण कोरियाबीच तनाव छ । जसका कारण उत्तर कोरियाली जनताले दक्षिण कोरियामा बनेका कार्यक्रम र चलचित्र हेर्न पाउँदैनन् । वास्तवमा, दक्षिण कोरियाली नाटक र संगीतको बढ्दो लोकप्रियता देखेर, उत्तर कोरियाले २०२० मा एक कानून पारित गर्यो । यसअन्तर्गत वैचारिक र सांस्कृतिक औजारलाई नियन्त्रण गर्न विदेशी सूचना र त्यसको प्रभावमाथि प्रतिबन्ध लगाइएको थियो ।
कानुन अनुसार उत्तर कोरियामा कुनै विदेशी, विशेषगरी दक्षिण कोरियालीले परम्परागत नाच, गाउँदै वा बोलेको पाइएमा उसलाई र उनका अभिभावकलाई ६ महिनाको सजाय हुनेछ ।
उत्तर कोरियामा दुई हाई स्कूलका विद्यार्थीहरूलाई २०२२ मा मृत्युदण्ड दिइएको थियो। रेडियो फ्री एशियाको रिपोर्ट अनुसार दुवै विद्यार्थीको उमेर १५–१६ वर्ष थियो । उनलाई भीडको अगाडि सार्वजनिक रूपमा गोली हानिएको थियो। दुवै विद्यार्थीले धेरै दक्षिण कोरियाली नाटक आफ्ना साथीहरूमा बाँडेका थिए ।न्युज कारखाना
काठमाडौँ । बलिवुडका फिल्म निर्माता एवम निर्देशक करण जोहरले फिल्म धड्कको सिक्वेलको घोषणा गरेका छन् । यो फिल्म ‘धडक २’ हुनसक्छ जुन सन् २०१८ मा जान्हवी कपुरको फिल्मको स्ट्यान्डअलोन सिक्वेल हुनेछ ।
यो फिल्म मार्फत ‘एनिमल’ फेम अभिनेत्री तृप्ती डिमरी पहिलो पटक करण जोहरसँग काम गर्दैछिन् । फिल्म ‘गली ब्वाई’ फेम सिद्धान्त चतुर्वेदी तृप्तीको अपोजिटमा देखिनेछन् ।
फिल्म धर्मा प्रोडक्सन, जी स्टुडियो र क्लाउड ९ पिक्चर्सको सहकार्यमा निर्माण हुन लागेको हो । यो वर्ष यो नोभेम्बर 22 मा रिलिज हुने छ ।
निर्माण पक्षले फिल्मको सेनेटिक १ मिनेटको टिजर सार्वजनिक गरेको छ । फिल्मको टिजरबाट कथा प्रष्ट हुन्छ । योसँगै यो फिल्म ‘धडक’ को सिक्वेल हो भन्ने थाहा भएपछि फेरि एकपटक दुई प्रेमी–प्रेमिका परिवारका लागि लड्ने देखिएका छन् ।
‘धडक’ मराठी फिल्म ‘सैराट’ को रिमेक थियो।
श्रीदेवीकी छोरी जान्हवी कपुरले सन् २०१८ मा ‘धडक’ बाट बलिउडमा डेब्यु गरेकी थिइन् । जसमा उनको अपोजिट इशान खट्टर देखिएका थिए । फिल्मको पछाडि शशांक खेतान र निर्माता करण जोहर थिए ।
यो २०१६ को मराठी फिल्म ‘सैराट’ को रिमेक थियो । ४१ करोडमा बनेको यो फिल्मले बक्स अफिसमा ११० करोड कमाएको थियो । न्युज कारखाना
काठमाडौँ । जर्मनीको क्लब बायर्न म्युनिखले भिन्सेन्ट कम्पनीलाई आफ्नो मुख्य प्रशिक्षक बनाएको घोषणा गरेको छ । कम्पनीले बायर्न म्युनिखसँग तीन बर्षको सम्झौता गरेका हुन् ।
साथै बायर्नले कम्पनीलाई प्रशिक्षक बनाउन बर्नलीलाई १२ मिलियन युरो तिर्न सहमत भएको छ । यस सिजनमा प्रिमियर लिगबाट रेलिगेसनमा परेको बर्नलीका प्रशिक्षक रहेका कम्पनीको क्लबमा २०२८ सम्म सम्झौता रहेको थियो ।
म्यानचेस्टर सिटीका पुर्व कप्तान समेत रहेका कम्पनी २०२२ मा बर्नलीको प्रशिक्षक बनेका कम्पनीले क्लबलाई प्रिमियर लिगमा प्रमोट गर्न सफल भएपनि दुई सिजन खेलेपछि फेरी रेलिगेसनमा परेको छ ।
अर्को तर्फ यस सिजनमा कुनै ट्रफी जित्न नसकेको बायर्नले दिर्घकालिन रुपमा प्रशिक्षकको समस्या समाधान गर्न ३८ बर्षिय कम्पनीलाई भित्र्याएको बताइएको छ ।
हालका प्रशिक्षक थोमस टुचेल यो सिजनको अन्त्यसँगै क्लबबाट बिदा भएका छन् । बायर्नले यस सिजनमा लिगमा तेस्रो भएको थियो भने च्याम्पियन्स लिगमा सेमिफाइनलमा रियल म्याड्रिडसँग पराजित भएको थियो ।न्युज कारखाना
काठमाडौं । विपक्षी दलहरूको बैठकमा सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहभागी भएका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा भएको विपक्षी दलहरूको बैठकमा सत्तारुढ दल एकीकृत समाजवादीका अध्यक्ष नेपाल सहभागी भएका हुन् ।
बैठकमा विशेष गरि मधेश प्रदेशको सरकार गठनका विषयमा छलफल भएको थियो । जसपा नेपालको नेतृत्वमा रहेको मधेश प्रदेसको सरकार एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा रहेको छ ।
यस बैठकमा सभापति देउवाले मधेस प्रदेशमा नयाँ समीकरण बनाएर अगाडी बढ्नुपर्ने र त्यसलाई केन्द्रसम्म अगाडी बढाउनुपर्ने प्रस्ताव गरेका थिए ।
साथै देउवाले एकीकृत समाजवादीलाई सरकार छोडेर वैकल्पिक सरकारको पक्षमा उभिन आग्रह गरेको बैठकमा सहभागी सांसद मेटमणि चौधरीले जानकारी दिएका छन् ।
बैठकमा जसपा नेतृत्वको मधेश सरकार जोगाउनुपर्ने विषयमा छलफल भएको थियो । कांग्रेस, जसपा नेपाल, एकीकृत समाजवादी, लोसपास एक ठाउँमा आउँदा मधेसमा केन्द्रीय सत्ता गठबन्धनविरुद्धको सरकार बन्ने देखिन्छ ।
मधेसमा कांग्रेसका २२, जसपा नेपालका १९, एकीकृत समाजवादीका ७ र लोसपाका ८ गरी ५६ सांसद छन् । १०७ सदस्यीय मधेस प्रदेशसभामा बहुमतका लागि ५४ सांसद आवश्यक पर्छ ।
बैठकमा कांग्रेसका पदाधिकारीहरूसहित एकीकृत समाजवादीका अध्यक्ष नेपाल, सांसद चौधरी, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, लोसपाका अध्यक्ष महन्थ ठाकुर र नेता शरदसिंह भण्डारी लगायतको सहभागिता थियो । न्युज कारखाना
काठमाडौँ । नेपालले टी-२० विश्वकप अघि आज अमेरिकाविरुद्ध वार्म- अप खेल खेल्दै छ । डलासस्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा हुने यो खेल नेपाली समय अनुसार राति ९: १५ बजेदेखि शुरु हुने छ ।
यो खेल मौसमले प्रभावित गर्न सक्ने समेत बताइएको छ ।
नेपालले यस अघि क्यानडाविरुद्ध खेलेको वार्म-अप खेलमा ६३ रनको हार बेहोरेको थियो । आइसीसी वरियतामा नेपाल १७औं स्थानमा छ भने अमेरिका १९औं स्थानमा रहेको छ ।
विश्वकप खेल्न रोहितकुमार पौडेलको कप्तानीमा नेपालले १५ सदस्यीय टिम छनौट गरेको छ । नेपाली टिममा कप्तान पौडेलसहित आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी, प्रतिश जीसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन् ।
टी-२० विश्वकपमा नेपाल समुह डी मा रहेको छ । यस समुहमा नेपालसहित दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्डस रहेका छन् ।
विश्वकपमा नेपालले पहिलो खेल टेक्सासमा जुन ४ मा नेदरल्याण्डससँग, जुन ११ मा फ्लोरिडामा श्रीलंकासँग, जुन १४ मा सेन्ट भिनसेन्टमा दक्षिण अफ्रिकासँग र जुन १६ मा सेन्ट भिनसेन्टमै बंगलादेशसँग खेल्ने तालिका रहेको छ । न्युज कारखाना
काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया रिहा भएका छन् ।
जिल्ला सरकारी वकिलको कार्यालय, धनुषाको स्वीकृति र जिल्ला प्रहरी कार्यालय धनुषाले पठाएको पत्रका आधारमा ललितपुर प्रहरीले सिरोहियालाई गएराती हिरासतबाट मुक्त गरेको हो ।
सिरोहियालाई थप अनुसन्धानका लागि हिरासतमा राखिरहन नपर्ने भनी जिल्ला सरकारी वकिलको कार्यालयले गरेको निर्णयका आधारमा हाजिरी जमानीमा छोडिदिएको छ ।
अध्यक्ष सिरोहियालाई काठमाडौं थापाथलीस्थित कान्तिपुरको कार्यालयबाट प्रहरीले पक्राउ गरी नागरिकतासम्बन्धमा अनुसन्धान गर्न भन्दै स्थलमार्गबाट धनुषा लागिएको थियो ।
अदालतबाट तीन पटकमा ९ दिन म्याद थपेर हिरासतमा राखिएका अध्यक्ष सिरोहियाको स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार हेलिकप्टरमा काठमाडौँ ल्याइएको थियो ।
नागरिकतामा किर्ते गरेको आरोपमा पक्राउ परेका सिरोहिया बारे अनुसन्धान भने जारी रहने भएको छ ।
अध्यक्ष सिरोहियालाई जेठ ८ गते साँझ थापाथलीस्थित कान्तिपुरको केन्द्रीय कार्यालयमा प्रवेश गरी प्रहरीले कार्यकक्षबाटै पक्राउ गरेको थियो । न्युज कारखाना
राैतहट,१६ गते जेठ । राैतहटमा श्रोत नखुलेको रकम सहित सप्तरीका एकजना पक्राउ परेका छन् । जिल्लाकाे गाैर नगरपालिका वडा नम्बर २ बाट सप्तरीको राजविराज वडा नम्बर ९ मा बस्ने २२ वर्षिय शिवशक्ती यादव पक्राउ परेका हुन् ।
साईकलमा आउँदै गरेका यादवलाई चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको नगद २ लाख सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चेकिङ टोलीले हरकुलस साईकल चलाएर आउँदै गरेका यादव सँग आवश्यक कागजात माग गर्दा श्रोत खुलाउन नसकेकोले सो रकम र साईकल सहित उनलाई पक्राउ गरेको हाे ।
साईकल सहित पक्राउ परेका यादवलाई आवश्यक कारवाहीको लागी गौर भन्सार कार्यालय रौतहटमा बुझाईएको जिल्ला प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक एलिजा गिरीले जानकारी गराएकी हुन् ।
वीरगंज,१६ गते जेठ । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले वीरगंजलाई देशकै आर्थिक राजधानी घोषणा गर्नुपर्ने माग सरकारसंग गरेका छन् । आर्थिक नगरी वीरगंजलाई आर्थिक राजधानी घोषणा गरी सरकारले सोही अनुसार यहाँ लगानी गर्नुपर्ने माग समेत उनले गरेका छन् । आजपा पर्सा जिल्ला कमिटीले आज वीरगंजको टाउनहलमा आयोजना गरेको ‘वीरगंजलाई देशको आर्थिक राजधानी घोषणा गराउन’ बृहत भेलालाई सम्बोधन गर्दै साहले यस्तो माग गरेका हुन् ।
वीरगंजबाट देशको कुल राजस्व मध्ये ८० प्रतिशतभन्दा बढी उठने गरेको छ । मुुलुककै आर्थिक नगरी वीरगंजबाट सबैभन्दा बढी राजस्व उठने गरेको बताउँदै उनले ढिला नगरी सरकारले यथासिघ्र वीरगंजलाई देशकै आर्थिक राजधानी घोषणा गर्नुपर्ने बताए । ‘बीरगंज देशकै आर्थिक नगरी हो । यहाँ सबैभन्दा बढी आर्थिक कारोबार हुन्छ, सरकारको राजस्व पनि अन्तभन्दा यहाँबाट धेरै उठने गरेको छ ।
आर्थिक नगरी वीरगंजलाई देशको आर्थिक राजधानी घोषणा गर्न सरकारले ढिला गर्नुभएन् । यथासिघ्र वीरगंजलाई देशकै आर्थिक राजधानी घोषणा गर्नुपर्छ’ आजपा अध्यक्ष साहले भने, ‘सरकारले यहाँबाट राजस्व उठाउने र अन्त गएर लगानी गर्नु हामीलाई स्वीकार्य छैन् । वीरगंज आर्थिक राजधानी हो र यहाँ त्यही अनुसार सरकारले लगानी पनि गर्नुपर्छ ।’ बारा, पर्सामा देशकै सबैभन्दा बढी उधोग व्यापार हुने ठाउँ हो ।
जसको केन्द्र भनेको वीरगंज हो । वीरगंजमा सरकारले न्यनू लगानी गरिरहेको बताउँदै उनले आर्थिक नगरीको बिकासका लागि सरकारले बढी भन्दा बढी बजेट दिनुपर्ने माग समेत गरे । तर हालै आएको सरकारको बजेटले समेत न्याय नगरेको बताउँदै उनले वीरगंजलाई आजपाले जसरी पनि आर्थिक राजधानीको रुपमा घोषणा गराएर सोही अनुसार बिकासका आयोजना पनि ल्याउँने बताए ।
वीरगंजलाई आर्थिक राजधानी घोषणा गराउन आजपाले पहल थालेको बताउँदै अध्यक्ष साहले त्यसका लागि यहाँका उधोगी, व्यापारी, नागरिक समाज, बुद्धिजिवि, जनप्रतिनिधि, राजनीतिक दल लगायतका सबैको साथ सहयोगको आवश्यकता रहेको बताए । सबै मिलेर एकढिका भई अगाडी बढने हो भने सरकारले आर्थिक राजधानीको रुपमा घोषणा गरेर बिकासका आयोजना पनि सोही अनुसार दिने उनले बताए । देशको प्रमुख आर्थिक केन्द्र, सबैभन्दा बढी राजस्व उठने ठाउँका साथै उधोग व्यापार सबैभन्दा बढी भएको वीरगंजलाई देशकै आर्थिक राजधानी घोषणा गराउँन सरकारलाई दबाब दिने उदेश्यले आयोजित भेलामा सहभागिलाई उनले धन्यवाद व्यक्त गरे ।
भेलामा उधोगी, व्यापारी, राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, बुद्धिजिवि, नागरिक समाज सहित बिभिन्न क्षेत्रका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो । भेलामा सहभागिहरुले वीरगंजलाई आर्थिक राजधानी घोषणा गराउनका लागि आजपाले पहल गरेकोमा धन्यवाद दिदै त्यसका लागि संघर्षमा समेत उत्रिन तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन् ।
आजमिति २०८१ साल जेठ १७ गते विहिवार तदअनुसार मे ३० तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं ग्रिष्म ऋतु कृष्ण पक्षको सत्तमी तिथी,धनिष्ठा नक्षत्र, । वैघृति योग । चन्द्र राशि कुम्भ। यो स्थिर कार्यको लागि शुभ योग हो ।
अभिजित् मुहूर्त: बिहान ११:३५ देखि १२:२९ सम्म,
• काठमाण्डौंमा सुर्योदय: बिहान ०५:१०
• सुर्यास्त: बेलुका ०६:५५ बजे
वैदिक ज्योतिषमा आधारित तपाँईको आजको राशिफल यसप्रकार रहनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज समय मध्यम छ । नयाँ ठाउँमा आर्थिक लगानी गर्दा ध्यान दिनुहोला । काममा ढिलाई हुनसक्छ । प्रेममा अनावश्यक मनमुटावबाट बच्नुहोला । पारिवारलाई समय दिनुहोला । दिँउसोबाट तपाइमा उर्जा थपिनेछ । हतारमा निर्णय नगर्नुहोला ।
शुभ रगं ः रातो
शुभ अंक ः ८
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आज समय राम्रो छ । प्रतिस्पर्धामा विजयी हुने योग छ । कार्यक्षेत्रमा अरुले गरे भनेका कुरामा चित्त नबुझ्न सक्छ, प्रेम तथा पढाईमा आज राम्रो छ । रमाइलो यात्राको छ । स्वास्थ्य सबल रहने छ । काममा संघर्ष हुनेछ । खर्च बढ्न सक्छ ।
शुभ रगं ः हरियो
शुभ अंक ः २
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज समय मध्यम छ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । बोल्दा विचार पुर्याउनुहोला । मनमा चिन्ता रहनेछ । प्रेम तथा परिवारमा विवाद हुन सक्छ, सतर्क हुनुहोला ।
शुभ रगं ः खैरो
शुभ अंक ः १
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज समय शुभ छ । परिवारजन र मित्रको साथले नयाँ आशा पलाउनेछ । प्रेम तथा दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नसक्छ । खुशि मिल्नसक्ने समय छ ।
शुभ रगं ः चाँदी
शुभ अंक ः ५
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज समय राम्रो छ । मनमा सामान्य चिन्ता भएतापनि दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नसक्छ । सन्तानबाट सुख प्राप्त हुनसक्छ । विपरीत लिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ ।
शुभ रगं ः कालो
शुभ अंक ः ३
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आज समय शुभ छ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । व्यापार र व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । विदेशको काममा सफलता मिल्नसक्छ । खर्च भने बढ्न सक्छ ।समय शुभ छ उपयोग गर्नुहोला ।
शुभ रगं ः हरियो
शुभ अंक ः ४
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज समय राम्रो छ । पराक्रम बढ्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । प्रेममा सफलता हुनेछ । समग्रमा दिन राम्रो छ ।
शुभ रगं ः सुन्तला
शुभ अंक ः ७
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज समय ठीकै छ । मनमा उत्साह र उमङ्गको कमी देखिन सक्छ । सवारी चलाउँदा ध्यान दिनुहोला । अ राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न थोरै बोलेको राम्रो हुन्छ । प्रेम तथा परिवारमा विवादबाट बच्नुहोला ।
शुभ रगं ः रातो
शुभ अंक ः ८
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आज समय मध्यम छ । परिवारिक माहोल राम्रो रहनेछ । प्रेममा अनावश्यक झगडा हुनसक्छ । शिक्षामा मन नजान सक्छ । स्वास्थ्यमा ध्यान दिनुहोला ।
शुभ रगं ः चाँदी
शुभ अंक ः ७
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आज समय राम्रो छ । मिहेनतको फल मिल्नेछ । पारिवारिक सुख मिल्नेछ । प्रेम तथा साथिभाईबाट सहयोग मिल्न सक्छ । स्वास्थ सुधार हुने छ ।
शुभ रगं ः निलो
शुभ अंक ः ३
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज समय ठिक छ । आँट र साहस बढ्नेछ । कार्य पुर्ण हुनसक्छ । बौद्धिकताको प्रशंसा हुनेछ । प्रेम तथा परिवारमा शान्ती मिल्नेछ ।
शुभ रगं ः कालो
शुभ अंक ः ४
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आज समय ठिकै छ । शरिरमा आलस्यता आउनसक्छ । सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । कडा मिहिनेतपछि गरिएको कामबाट लाभ हुने सम्भावना छ । शत्रुपक्ष सकृय हुनेछन् । प्रेम तथा परिवारमा अनावश्यक जिद्धी नगर्नुहोला ।
शुभ रगं ः पहेलो
शुभ अंक ः ७
राशिफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला । राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरीएको हुन्छ । जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । निर्णय गर्दा तपाईंको आफ्नै अन्तर्ज्ञान र निर्णय प्रयोग गर्न सधैं महत्त्वपूर्ण छ।
राशिफल लेखक युवा ज्योतिष जनक खड्का, ज्योतिष परामर्श केन्द्रको सञ्चालक समेत हुन्। उनि वैदिक ज्योतिषका विज्ञ मानिन्छन् ।न्युज कारखाना
मोरङ । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बेलबारी नगरपालिका-२ लालभित्ती रमिते टोल बस्ने १९ वर्षीय आकास तामाङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । आकासले ती किशोरीलाई शनिबार राति जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यस्तै चितवनबाट ३३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गोरखा सिरानचोक गाउँपालिका-३ बस्ने २१ वर्षीय बिबश सापकोटालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । भरतपुर महानगरपालिका-१ स्थित स्वस्तिका होटल एण्ड लजमा बसेकी ती महिलालाई बिबशले कोठामा प्रवेश गरी जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । न्युज कारखाना