२०८३ श्रावण १२
२०८३ श्रावण १२

 रौतहट । ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध नशालु ईन्जेक्सनसहित दुईजना भारतीय नागरिक लाई रौतहटमा सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत बिहार सीतामढी जिल्ला बखरी ग्राम पञ्चायत ४ राघोपुरका २० बर्षीय रौशन कुमार र सोही ठाउँ वडा ३ का १८ बर्षीय अमीत कुमार रहेको सशस्त्र प्रहरी ११ नम्बर हेक्वा रौतहटका डिएसपी गेहेन्द्र भण्डारीले बताएका छन् ।

गएराति ९ बजेको समयमा गौरबाट चन्द्रनिाहपुर तर्फ जाँदैगरेको ना १ज ७१०९ नम्बरको म्याजिक गाडी चेकजाँच गर्दा दुवैजना भारतीयले सिट मुनी लुकाईरखेको प्रतिबन्धित नोरफिन ईन्जेक्सन २९९ एमपुल, प्रोमेथाजिन इंजेक्शन २९९ एमपुल र डाईजीपाम ३०० एमपुल गरी कुल ८९८ थान नशालु ईन्जेक्सन बरामद गरिएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन ।

बरामद नशालु इंजेक्शन सहित पक्राउ परेका दुवैजना भारतीय नागरिक रौशन र अमितलाई आवश्यक कारवाहीको लागि आज जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाईएको सशस्त्र प्रहरीको सूचनामा उल्लेख गरिएको छ । न्युज कारखाना

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । बुधबार सुनको मुल्य तोलामा ४ सयले बढेर तोलाको १ लाख ४२ हजार ४ सयमा कारोबार भएको छ ।

यस अघि मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ३ सयमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४२ हजारमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । चाँदी आज प्रतितोला २० रुपैयाँले बढेर १८२५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।न्युज कारखाना

 रौतहट । रौतहटस्थित प्रहरी गस्ती टोलीले तस्करी मार्फत जिल्लाबाट भारततर्फ लागिरहेको ९ थान गाई, बाच्छोसहित एकजना तस्करलाई पक्राउ गरेको छ ।

विशेष सुराकीको आधारमा मंगलवार साँझ जिल्ला प्रहरी कार्यालय गौरबाट खटिएको गस्ती टोलीले  माधव नारायण नगरपालिका १ दिपहीबाट अबैध रुपमा गाई र बाछो भारततर्फ लैजादै गरेको अबस्थामा देवाहीगोनाही नगरपालिका २ करुनिया टोलका तस्कर शेख हसिमको छोरा बर्ष १८ को शेख आबिद आलमलाई पक्राउ गरेको हो ।

गाई ८ वटा र बाछो १ वटासहित पक्राउ परेका आबिद आलमलाई आवश्यक कारवाहीको लागी जिल्ला भन्सार कार्यालय  गौरमा दाखिला गरिएको  र मुख्य तस्कर गाई धनि फरार रहेकोले निजको खोज तलास भई रहेको  जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताएकी छिन् । पछिल्लो समय रौतहट प्रहरी एउटा अभियानको रुपमा तस्करी नियन्त्रण गर्न लागिरहेको स्थानीयहरूले बताएका छन ।न्युज कारखाना

काठमाडौँ । जारी कोपा अमेरिकाको क्वाटरफाइनलको समीकरण पुरा भएको छ । समुह चरणका खेल सकिएसँगै क्वाटरफाइनलमा पुग्ने ८ देशको टुंगो लागेको हो । क्वाटरफाइनलमा पुग्ने देशमा अर्जेन्टिना, ब्राजिल, इक्वेडर, भेनेजुएला, क्यानडा, कोलम्बिया, पानामा र उरुग्वे रहेका छन् ।

त्यस्तै चिली, पेरु, मेक्सिको, जमैका, अमेरिका, बोलिभिया, कोस्टा रिका र पराग्वे भने समुह चरणबाटै बाहिरिएका छन् ।

अब क्वाटरफाइनलमा अर्जेन्टिनाले इक्वेडरको सामना गर्ने छ भने भेनेजुएलाले क्यानडाको सामना गर्ने भएको छ । त्यस्तै कोलोम्बियाले पानामाको सामना गर्ने छ भने उरुग्वेले ब्राजिलको सामना गर्ने भएको छ ।

क्वाटरफाइनलका खेलहरु जुलाई ५ देखि शुरु हुने छन् । न्युज कारखाना

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महासचिव डा. मुकुल ढकालले मुखमा कालो टेप लगाएर केन्द्रीय समिति बैठकमा सहभागी भएको जानकारी दिएका छन् ।

आज बिहानदेखि शुरु भएको केन्द्रीय समितिको बैठकको प्रत्यक्ष प्रशारण नगर्ने निर्णयको विरोधमा महामन्त्री ढकालले आफ्नो लोकतान्त्रिक र बोल्न पाउने अधिकार हनन् भएको भन्दै मुखमा कालो टेप लगाएर उपस्थित भएको बताएका छन् ।

आजको रास्वपाको बैठकमा महामन्त्री ढकालले देशभर घुमेर बनाएको प्रतिवेदनमाथि छलफल गर्ने प्रमुख एजेण्डा रहेको छ ।न्युज कारखाना

काठमाडौँ । पछिल्लो पटक च्याम्पियन मार्केटा भोन्ड्रोसोभा विम्बल्डन महिला एकलको पहिलो चरणमा पराजित भएकी छन् ।

विम्बल्डन महिला एकलमा डिफेन्डिङ च्याम्पियन मार्केटा भोन्ड्रोसोभा सेन्टर कोर्टमा पहिलो राउण्डमै बाहिरिएकी हुन् ।

योसँगै उनी विम्बल्डनको पहिलो चरणमा हार्ने ३० वर्षमा पहिलो महिला डिफेन्डिङ च्याम्पियन बनेकी छिन् ।

तीस वर्ष पहिले, १९९४ मा, पहिलो पटक, स्टेफी ग्राफलाई विम्बल्डनको उद्घाटन राउन्डमा लोरी म्याकनिलले पराजित गरेकी थिइन् ।

चेक गणतन्त्रकी २५ वर्षीया मार्केटा भोन्ड्रोसोभा विश्वको ८३औं वरियतामा स्पेनकी २१ वर्षीया जेसिका बोउजास माइनिरोसँग सोझो सेटमा पराजित भएकी छन् । मार्केटा भोन्ड्रोसोभा ६७ मिनेटसम्म भएको खेलमा माइनिरोसँग ६-४, ६-२ ले पराजित भइन्।न्युज कारखाना

काठमाडौँ । कोलम्बिया र ब्राजिल कोपा अमेरिकाको क्वाटरफाइनलमा पुगेका छन् ।

बुधबार बिहान सम्पन्न समुह चरणको अन्तिम खेलमा कोलम्बिया र ब्राजिल १-१ गोलको बराबरीमा रोकिएसँगै समुह डी बाट दुवै क्वाटरफाइनलमा पुगेका हुन् ।

यस खेलमा ब्राजिलले खेलको १२औं मिनेटमा राफिन्हाको गोलमा शुरुवाती अग्रता लिएपनि खेलको ४५औ मिनेटपछिको इन्जुरी समयमा कोलम्बियाका डानियल मुन्जोको गोलमा कोलम्बियाले बराबरी गरेको थियो । त्यसपछि खेलमा कुनै गोल भएन र खेल बराबरीमा सकिएको थियो ।

यो बराबरीपछि समुह डी मा कोलम्बिया २ जित र एक बराबरीसहित ७ अंक हासिल गर्दै शिर्ष स्थानमा रहेर क्वाटरफाइनलमा पुगेको छ । त्यस्तै ब्राजिलको ३ खेलमा एक जित र २ बराबरीसहित ५ अंक रहेको छ र दोस्रो हुदै क्वाटरफाइनलमा पुगेको छ ।

समुह डी मा रहेका कोस्टा रिका र पराग्वे भने समुह चरणबाटै बाहिरिएका छन् ।

अब क्वाटरफाइनलमा ब्राजिलले उरुग्वेको सामना गर्ने छ भने कोलम्बियाले पानामाको सामना गर्ने भएको छ ।

न्युज कारखाना

काठमाडौँ । जारी युरोकपको क्वाटरफाइनलको समीकरण पुरा भएको छ । राउण्ड १६ का खेल सकिएसँगै क्वाटरफाइनलमा पुग्ने ८ देशको टुंगो लागेको हो ।

क्वाटरफाइनलमा पुग्ने ८ देशमा स्पेन, जर्मनी, पोर्चुगल, फ्रान्स, नेदरल्याण्डस, टर्की, इङल्याण्ड र स्वीजरल्याण्ड रहेका छन् ।

राउण्ड १६ मा स्पेनले जर्जियालाई ४-१ गोल अन्तरले पराजित गरेको थियो भने जर्मनीले डेनमार्कलाई २-० गोल अन्तरले पराजित गरेर क्वाटरफाइनलमा पुगेको हो । त्यस्तै पोर्चुगलले स्लोभेनियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्वाटरफाइनलमा पुगेको थियो भने फ्रान्सले बेल्जियमलाई १-० गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै नेदरल्याण्डसले रोमानियालाई ३-० गोल अन्तरले पराजित गरेको थियो भने टर्कीले अस्ट्रियालाई २-१ गोल अन्तरले पराजित गरेको थियो ।

त्यस्तै इङल्याण्डले स्लोभाकियालाई २-१ गोल अन्तरले पराजित गरेको थियो भने स्वीजरल्याण्डले इटालीलाई २-० गोल अन्तरले पराजित गरेर क्वाटरफाइनलमा पुगेको थियो ।

अब क्वाटरफाइनलमा स्पेनले जर्मनीको सामना गर्ने छ भने पोर्चुगलले फ्रान्सको सामना गर्ने छ । त्यस्तै नेदरल्याण्डसले टर्कीको सामना गर्ने छ भने इङल्याण्डले स्वीजरल्याण्डको समान गर्ने छ ।

अब क्वाटरफाइनलका खेलहरु शुक्रबारदेखि शुरु हुदै छन् ।न्युज कारखाना

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बिहान ९ बजे सभापति शेरबहादुर देउवाको निजी निवास, बुढानीलकण्ठमा बस्दै छ । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति हुने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

कांग्रेस र एमालेबीच नयाँ गठबन्धन बनाउने सहमतिपछि कांग्रेसले सो सहमतिको अनुमोदनका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको बताइएको छ ।न्युज कारखाना

काठमाडौँ । टर्की जारी युरोकपको क्वाटरफाइनलमा पुगेको छ । गएराती सम्पन्न खेलमा टर्कीले अस्ट्रियालाई २-१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो ।

टर्कीको जितमा मेरिह डेमिरलले दुवै गोल गरेका थिए । पहिलो मिनेटमै गोल गरेर शुरुवाती अग्रता दिलाएका डेमिरलले खेलको ५९औं मिनेटमा दोस्रो गोल गरेका थिए । त्यस्तै अस्ट्रियाका लागि माइकल ग्रेगोरिचले एक गोल फर्काएका थिए ।

यो जितपछि टर्कीले क्वाटरफाइनलमा नेदरल्याण्डसको सामना गर्ने भएको छ भने अस्ट्रियाको युरोकप यात्रा समाप्त भएको छ ।       न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।