काठमाडौँ । युरोकपको फाइनलमा स्पेन र इङल्याण्ड खेल्ने भएका छन् । फाइनल खेल आइतबार राति नेपाली समय अनुसार १२: ४५ बजेदेखि शुरु हुने छ ।
सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो भने नेदरल्याण्डसले इङल्याण्डलाई २-१ गोल अन्तरले नै पराजित गर्दै फाइनलमा पुगेको हो ।
तीन पटक युरोकपको उपाधि जितेको स्पेन योसहित पाँचौं पटक युरोकपको फाइनल खेल्दै छ भने इङल्याण्ड लगातार दोस्रो पटक युरोकपको फाइनल खेल्दै छ ।
२०२० मा सम्पन्न युरोकपमा इङल्याण्ड फाइनलमा इटालीसँग पराजित हुदै उपविजेता बनेको थियो ।
स्पेन र इङल्याण्ड अहिलेसम्म २७ पटक आमने सामने भएका छन् । जसमा स्पेनले १३ पटक जितेको छ भने इङल्याण्डले १४ खेल जितेको छ । त्यस्तै ३ खेल बराबरीमा सकिएका छन् ।न्युज कारखाना
काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी बुधबार दिउँसोसम्म ८३ जनाको मृत्यु भएको छ ।
बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा १ जना, कोशी प्रदेशमा १९ जना, मधेश प्रदेशमा ३ जना, बागमती प्रदेशमा ४ जना, गण्डकी प्रदेशमा २३ जना, लुम्बिनी प्रदेशमा २२ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ७ जना गरी जम्मा ८३ जनाको मृत्यु भएको हो ।
साथै काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा ३१ जना, मधेश प्रदेशमा ७ जना, बागमती प्रदेशमा ४ जना, गण्डकी प्रदेशमा २६ जना, लुम्बिनी प्रदेशमा ९ जना, कर्णाली प्रदेशमा १५ जना र सुदूरपश्चिम प्रदेशमा ११ जना गरी जम्मा १ सय ६ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । साथै कोशी प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा १२ जना गरी जम्मा ५३ जनाको उद्दार गरिएको छ । बाढी पहिरोमा परी कोशी प्रदेशमा २ जना, बागमती प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरी ५ जना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी छ ।
बाढीको कारण जम्मा १ सय ६१ घर डुबानमा परेका छन् । १ सय ४२ वटा घर, ५५ वटा गोठ, ४१ वटा पुल, १ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ४ सय ११ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट २ हजार ९ सय ५४ घर परिवार विस्थापित भएका छन् ।
साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयबासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत प्रहरीले गरिरहेको जनाएको छ । न्युज कारखाना
रौतहट,२७ असार । ३ हेक्टर जमिनमा विभिन्न जातका पाँच हजार बिरुवा रोप्ने लक्ष्य लिएर रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ मा वृक्षारोपण कार्यक्रम सुरु भएको छ। अक्सफाम नेपालको आर्थिक सहयोग र ग्रामिण विकास केन्द्र नेपाल (RDC Nepal) को आयोजनमा संचालित नेपालमा जलवायु परिवर्तन अनुकुलन तथा पैरवी परियोजना अन्तरगत वृक्षारोप्न कार्यक्रम सञ्चालन भएको हो । जन एकता सामुदायिक वन र ग्रामीण विकास केन्द्र नेपालको साझेदारीमा जन एकता सामुदायिक वनमा करिब ३०० बिरुवा रोपिएको छ। सो वनमा टिक, मलेशियन शाल लगायत विभिन्न जातको बिरुवा रोपिएको हो । बुधबार भएको वृक्षारोपण कार्यक्रममा ग्रामीण विकास केन्द्रका अध्यक्ष पारस हुसेन, उपाध्यक्ष कुमारी झा, कार्यकारी निर्देशक आशिष सिंह, फेकु फण्डका अध्यक्ष वेदहरी दाहाल, डिभिजन वन कार्यालय रौतहटका सूचना अधिकृत बिमल ठाकुर, विभिन्न वडाका जनप्रतिनिधि, इलाका प्रशासन, इलाका प्रहरी र का प्रतिनिधि लगायत करिब ३०० जनाको सहभागिता रहेको थियो ।
राैतहट,२६ गते असार । मौलापुर नगरपालिकाले “हमर नगर हरित शहर” भन्ने अभियान तिव्र रूपमा चलाइरहेको छ । आज साे अभियानमा संघिय सांसद एवम् आम जनता पार्टीका अध्यक्ष प्रभु साह पनि सहभागी हुँदै बिरुवा राेपेका छन् । आज माैलापुरकाे आईटि चाैक लगायतका ठाउँहरूमा बिरुवा राेपिएकाे हाे । यस अघि माैलापुर नगरपालिकाकाे वडा नम्बर १ मा रहेको एकीकृत नमूना दलित बस्ती लगायतका ठाउँहरूमा वृक्षारोपण भईसकेकाे छ । माैलापुर नगरपालिकाकाे सहभागीता तथा डिभिजन वन कार्यालय राैतहटकाे सहयोगमा ती विरूवाहरू राेपिने काम भईरहेकाे छ । वृक्षारोपण कार्यक्रम पछि बाेल्दै सांसद प्रभु साहले मौलापुर नगरपालिकाको “हमर नगर हरित शहर” को संकल्प छिटै पुरा हुने भन्दै शुभकामना व्यक्त गरेका थिए । मौलापुर नगरपालिकालाई हराभरा बनाउने अभियान अन्तर्गत अहिले विरूवाहरू राेपने काम भईरहेकाे मेयर साहकाे भनाइ छ । बुधबार विभिन्न प्रजातिका बोटबिरुवा लगाइएको मौलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले जानकारी दिएका हुन् । यो अभियानअन्तर्गत नगरभरी बिरुवा रोपिने उनले बताए । कार्यक्रमअन्तर्गत नगरका सम्पूर्ण विद्यालय, स्वास्थ्य संस्था लगायतका सरकारी निकायका साथै बजार र मुख्य सडकमा बृहत वृक्षारोपन गरिने बताइएको छ । यसले नगरपालिका छिटै नै ग्रीन सिटी बन्ने विश्वास लिइएको छ । वृक्षरोपण कार्यक्रमकाे अवसरमा डिभिजन वन कार्यालयका अधिकृत राजेश साह,वडा अनिरूद्व प्रसाद यादव उर्फ संजय,आजपा नेता त्रिभुवन साह,आम बिधार्थी माेर्चाका अध्यक्ष विवेक साह लगायतका व्यक्तिहरूकाे सहभागीता रहेको थियोे ।
राैतहट,२६ गते असार । मधेश प्रदेशमा चालू आर्थिक वर्षमा ५५.७५ प्रतिशत बजेट खर्च भई ४४.२५ प्रतिशत बजेट फ्रिज भएको छ । चालु आर्थिक वर्षको लागि मधेश प्रदेश सरकारले ल्याएको ४४ अर्ब ११ करोड ४६ लाख रुपैयाको बजेटमध्ये सरकारले २४ अर्ब ५९ करोड ४५ लाख मात्र खर्च भएको प्रदेश लेखा नियन्त्रणक कार्यालयले जनाएको छ । हरेक वर्ष मधेश प्रदेश सरकारले आधा बजेटको हाराहारीमा फ्रिज गर्दै आएको छ । चालु आर्थिक वर्षमा चालु र पुँजीगत दुवैतर्फ सरकारले खर्च नसकेको देखिएको छ । चालु आवको लागि चालु तर्फ १८ अर्ब ५३ करोड ८८ लाख रुपैया विनियोजन गरेकोमा ९ अर्ब २९ करोड ७० लाख रुपैया खर्च गरेको छ । यसै गरी पुँजीगत तर्फ सरकारले विनियोजन गरेको २५ अर्ब ५७ करोड ५७ लाख रुपैयामध्ये सरकारले १५ अर्ब २९ करोड ७५ लाख रुपैया मात्र खर्च गर्न सकेको छ । मधेश प्रदेश सरकारको खर्च प्रणाली निकै कमजोर भएको बजेट फ्रिज भएको अवस्थाले देखाएको टिप्पणी भइरहेको छ । गत वर्ष पनि मधेश प्रदेश सरकारको ४२.५८ प्रतिशत बजेट फ्रिज भएको थियो । यसै गरी आर्थिक वर्ष २०७८÷७९ मा आधा जति बजेट फ्रिज भएको थियो । उपभोक्ता समितिमार्फत ढलान र निर्माणमा बढी बजेट खर्च गर्ने गरेको आरोप मधेश प्रदेश सरकारमाथि लाग्ने गरेको छ । चालु आर्थिक वर्षमा सरकारको परिवर्तन तथा राजनीतिक अस्थिरताले बजेट फ्रिज बढी हुन पुगेको राजनीतिकर्मीहरुको भनाइ छ । केन्द्रमा जुनसुकै दलको सरकार बने पनि मधेश प्रदेशमा जसपा नेपालको मात्र सरकार रहने गरेकोमा पछिल्लोपटक जनमत पार्टीको नेतृत्वमा सरकार बनेको छ । जनमतकै नेतृत्वमा पनि गठबन्धनको फेरबदल र आपसी खिचातानीमा फसेको प्रदेश सरकारले आर्थिक वर्ष बित्न लाग्दा पनि अपेक्षाअनुसार खर्च गर्न सकेन ।
राैतहट,२६ गते असार । राैतहटकाे एक पालिकामा विपद प्रतिकार्य सामाग्री हस्तान्तरण गरिएको छ । जिल्लाकाे चन्द्रपुर नगरपालिकामा विपद प्रतिकार्य सामाग्री दिइएको हाे । जिल्लाकाे अन्य पालिकाले यसप्रति खासै चासाे नदेखाएपनि चन्द्रपुर नगरपालिकाले यसकाममा एक कदम अगाडि बढेको छ । चन्द्रपुर नगर विपद ब्यस्थापन समितिका अध्यक्ष एवं चन्द्रपुर नगरपालिका नगर प्रमुख सन्जय कुमार काफ्ले ,उप प्रमुख जयमाला कुमारी चौधरी द्वारा नेपाली सेना श्री वीरदल गण चन्द्रनिगाहपुर ,सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस सन्तपुर(म) र ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर लाइ विपत प्रतिकार्य सामग्री आज एक कार्यक्रमवीच हस्तान्तरण गरेका हुन् । साे अवसरमा चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरण निधि तिवारी ,वडा अध्यक्षहरू,कार्यपालिका सदस्य र कर्मचारीहरूको पनि सघन उपस्थिति रहेको थियो ।
राैतहट,२६ गते असार । राैतहटकाे माैलापुर नगरपालिका वडा नम्बर ९ मा रहेको श्री माध्यमिक बिधालय साेनरनियामा छात्रवृत्ति स्वरूप पाेशाक वितरण गरिएको छ ।
आर्थिक वर्ष २०७९/८० काे छात्रवृत्ति स्वरूप आएको रकम बाट कपडा खरिद गरि सिलाइ गराएर बिधार्थीहरूलाइ आज वितरण गरिएको हाे ।
श्री मावि साेनरनियाका प्रधानाध्यापक दिनेश यादवका अनुसार कुल ५ लाख भन्दा बढी छात्रवृत्तिकाे रकम बाट कक्षा १ देखि १० सम्मका अन्य छात्रा र दलित छात्रछात्रा करिब ८ सय जनालाई पाेशाक दिईएकाे हाे । बिधालय व्यवस्थापन समितिकाे निर्णय अनुसार कपडा खरिद गरि सिलाई गराएर बुधबार पाेशाक उपलब्ध गराएकाे प्रअ यादवले बताए ।
साे अवसरमा वडा अध्यक्ष सिवपर्सन यादव,श्यामकिशाेर साह सहित स्थानीय भद्रभलादमी,अभिभावक,शिक्षक शिक्षिका सहित बिधार्थीहरकाे उपस्थिति रहेको थियो ।
राैतहट,२६ गते असार । रौतहट जिल्लाको इशनाथ नगरपालिका वडा नम्बर ३ मा भएको हत्याको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले २ जनालाइ पक्राउ गरी सार्बजनिक गरेका छन्। इशनाथ नगरपालिका कार्यालय नजिक रहेको आपको बगैचामा हत्या गरी फालिएको अवस्थामा मंगलवार बारामद भएको स्थानीय वडा नम्बर क्युम मियाको छोरा १७ वर्षीय सहबाज मियाको हत्यामा संलग्न रहेको आरोपमा २ जना पक्राउ परेको हो। पक्राउ पर्नेमा स्थानीय बौद्धिमाई नगरपालिका वडा १ बौधा पतौरा घर भई हाल इशनाथ नगरपालिका ३ स्थित मामा घरमा बस्दै आएका भोज साहका १८ वर्षीय छोरा दशाई साह र इशनाथ नगरपालिका वडा नम्बर ३ बस्ने मदन साहको १९ वर्षीय छोरा रोशन साह रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रबक्ता प्रहरी नायब उपरिक्षक एलिजा गिरिले जानकारी दिएका छन्। हत्या मा प्रयोग भएको फलामको रड र धारिलो हथियार समेत बारामद भएको छ। मृतकका १० वर्षीय भाई साबिर मिया संग भएको झै झगडाको बिषय लिएर सहबाज मियाको हत्या गरिएको प्रहरीले जनाएको छ।दशाई साहले हत्या गर्ने योजना बनाइ रोशन साह संग मिलेर फलामको रड तथा धारिलो छुरा प्रयोग गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनालाइ कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान गर्नको लागि अदालत बाट अनुमति लिएर हिरासतमा राखिएको छ।
काठमाडौँ । भारतका पूर्व मुख्य प्रशिक्षक राहुल द्रविडले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) बाट अतिरिक्त बोनस लिन अस्वीकार गरेका छन् ।
द्रविडले बाँकी कोचिङ स्टाफको जस्तै पुरस्कार रकम मात्र लिने बताएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । द्रविडले अब अन्य आफ्नो कोचिंग स्टाफकै सरह साढे २ करोड भारु पुरस्कार पाउने भएका छन् ।
बीसीसीआईले टी–२० विश्वकप च्याम्पियन टोलीलाई १२५ करोड भारु नगद पुरस्कार दिने घोषणा गरेको थियो । उक्त पुरस्कार रकम खेलाडी र प्रशिक्षकका ४२ सदस्यलाई वितरण गरिएको हो ।
१२५ करोड रुपैयाँमध्ये टोलीका सबै १५ सदस्य र प्रशिक्षक राहुल द्रविडले ५–५ करोड रुपैयाँ पाउने बताइएको थियो । त्यस्तै कोचिङ स्टाफका बाँकी सदस्यले २.५ करोड रुपैयाँ पाउने भएका छन् । अब द्रविडले पनि अन्य कोचिंग स्टाप सरहनै साढे २ करोड लिने भएका छन् । टि-२० विश्वकपमा द्रविडसँगै सपोर्ट स्टाफमा विक्रम राठौर, पारस महाम्ब्रे र टी दिलीप पनि थिए ।
मिडिया रिपोर्टका अनुसार १५ खेलाडीले ५-५ करोड पाउने छन् भने द्रविडसहित कोचिंग स्टाफले २.५ करोड जनही पाउने छन् । त्यस्तै फिजियोथेरापिष्ट सहित ९ जनाको टिमले जनही २-२ करोड, ट्राभलिङ रिजर्भको रुपमा गएका चार खेलाडीले एक एक करोड तथा छनौट समितका ५ जनाले एक एक करोड पाउने भएका छन् ।
राहुल द्रविडलाई नोभेम्बर २०२१ मा भारतको मुख्य प्रशिक्षक बनाइएको थियो, जब टीम इण्डिया टी-२० विश्वकपको समूह चरणबाट बाहिर थियो। टोलीले फेरि २०२२ को टी-२० विश्वकपमा सेमिफाइनल खेलेको थियो। सन् २०२३ मा भएको एकदिवसीय विश्वकपपछि द्रविडको कार्यकाल सकिएको थियो, तर टीम इन्डिया फाइनलमा पुगेपछि उनको कार्यकाल टी–२० विश्वकपसम्म बढाइएको थियो । त्यसपछि द्रविडले भारतलाई टी-२० मा विश्व च्याम्पियन बनाए । जुन २९ मा भारतले दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै टी–२० विश्वकपको उपाधि जितेको थियो । न्युज कारखाना
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले विभिन्न खेलका खेलाडीलाई परिचय पत्र प्रदान गरेका छन् ।
बृहत राष्ट्रिय खेलकुद तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका पदक विजेतासहित उक्त प्रतियोगितामा सहभागी खेलाडीलाई विभिन्न सुविधासहितको प्लाटिनम, गोल्ड र सिल्भर परिचय पत्र प्रदान गरिएको हो ।
प्लाटिनम परिचय पत्रधारीले राखेपको भौतिक संरचनामा हुने खेल गतिविधिलगायत पौडी पोखरीमा निशुःल्क प्रवेश पाउनुका साथै राखेपअन्तर्गत खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रमा ल्याब तथा अन्य परिक्षणका लागि निःशुल्क सेवा पाउने छन् ।
गोल्ड परिचय पत्र पाउनेले प्लाटिनम परिचय पत्रकधारीले पाउने दुवै सेवामा ८० प्रतिशत छुट पाउने छन् । सिल्भर परिचय पत्रवाहकले राखेपको भौतिक संरचनामा हुने खेल गतिविधिलगायत पौडी पोखरीमा ५० प्रतिशत छुट पाउने परिषदले जनाएको छ ।
कार्यक्रममा सदस्य–सचिव टंकलाल घिसिङले परिचय पत्र वाहक खेलाडीलाई युवा तथा खेलकुद मन्त्रालयमार्फत नेपाल सरकारलाई सामाजिक सुरक्षाको प्रत्याभूति हुने गरी स्वास्थ्य, शिक्षा र यातायातमा सहुलियतका लागि राखेपले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।न्युज कारखाना