काठमाडौँ । जसपा नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ ।
विहिबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको सांसद राजकिशोर यादवले जानकारी दिएका छन् ।
प्रधानमन्त्रीले शुक्रबार ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिदै छन् ।
सत्ता साझेदार दल नेकपा एमालेले सरकारलाई दिएको सर्मथन फिर्ता लिएपछि प्रधानमन्त्रीले संबैधानिक व्यवस्था अनुसार विश्वासको मत लिन लागेका हुन् ।न्युज कारखाना
बिरगंज । बिरगंजस्थित सशस्त्र प्रहरी प्रस्तावित सिमा सुरक्षा गुल्म राजश्व संकलन (अबैध सामान बरामद) गर्न मधेश प्रदेश मात्र नभई सिंगो देशमै उत्कृष्ट भएको छ ।
गुल्म प्रमुख डिएसपी सुरज रिजालको सक्रियताले बिरगंज भन्सार एरियाबाट मात्र तिनमहिना २० दिनको अवधिमा झण्डै ९ करोड बराबरको तस्करीको माध्यमले भित्र्याइएको अबैध भारतीय सामान बरामद गरेको हो ।
डिएसपी रिजाल स्वयं अहोरात्र फिल्डमा खटेर त्यत्रो ठूलो परिमाणमा तस्करीका मालसमान बरामद गर्न सफल भएका हुन् ।
प्रस्तावित भन्सार गुल्मको इतिहासमा हालसम्मकै सबै भन्दा बढी तस्करीको मालसमान बरामद गरि भन्सार बुझाउन सफल भएको सशस्त्र प्रहरी मधेश प्रदेश कार्यालय बर्दिवासका प्रवक्ता एसपी सशी पाण्डेले बताएका छन् ।
डिएसपी रिजाल बिरगंज भन्सार प्रस्तावित गुल्मको इन्चार्जका रूपमा २०८० चैत ७ गते हाजिर भएका थिए । हाजिर भएको दिनदेखि आजको मितिसम्म मात्र तीन महिना २० दिनको अवधिमा ८ करोड ८३ लाख ,३४ हजार ९९३ रुपैया मूल्य बराबरको तस्करीका मालसमान बरामद गरि भन्सार बुझाएको डिएसपी रिजालले बताएका छन ।
गत चैत महिनामा एक करोड ४७ लाख ६२ हजार ८९३ रुपैया, गत बैशाख महिनामा दुई करोड ६३ लाख एक हजार ८८२ ,जेष्ठ महिनामा दुइ करोड ४१ हजार २ ८९ रुपैया बराबरको अबैध सामान बरामद गरी भन्सारमा बुझाएको उनले बताएका छन।
त्यसैगरी असार महिनाको आज २७ गते समाचार तयार पार्दासम्म दुई करोड ६२ लाख ५९ हजार ९१९ रुपैया बराबरको अबैध तस्करीका समान बरामद गरि भन्सार कार्यालयमा बुझाएको छ।
सोही अवधिमा २० किलो गाँजा, बिभिन्न किसिमका लागुऔषध कारोवारी, हुण्डी कारोवारी तथा तस्करीमा संलग्न महिला पुरुष गरी १५ जना मानिसलाई नियन्त्रमा लिएर आवश्यक कारवाहीको लागि सम्बन्धित कार्यालयमा बुझाईएको डिएसपी सुरज रिजालले जानकारी दिएका छन।
सशस्त्र प्रहरी बल बिरगंज गुल्मले तस्करीका मालसमान बरामद गरि भन्सार दाखिला गराउन नेपालमै अब्बल हुनसफल भएको सशस्त्र प्रहरी मधेश प्रदेश कार्यालय बर्दिबासले जनाएको छ ।न्युज कारखाना
भक्तपुर । नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरको आयोजनामा विहीबारदेखि खेलकुद सप्ताह २०८१ सुरु भएको छ ।
सप्ताहमा कलेजमा स्नातक तह वीई तथा विआर्कमा अध्ययनरत झण्डै दुई हजार विद्यार्थी संलग्न भएको बताइएको छ । 
सप्ताहको उदघाटन कलेजकै कार्यबाहक प्रचार्य दुर्गाप्रसाद भण्डारीले एक समारोहवीच गरे । उदघाटन कार्यक्रममा वक्ता कलेजका विभिन्न पदाधिकारीहरुले खेलकुद सप्ताहका विविध विषयहरुमाथि चर्चा गरेका थिए । 
खेलकुद सप्ताह अन्तर्गत फुटवल, भलिवल, कवर्डी, बास्केटवल, व्याडमिन्टन, चेस, क्यारेम, इगेमिंग, टेबल टेनिस, सट जम्प, लंग जम्प, हाइ जम्प, म्युजिकल चेयर्स, वाकिंग रेस, डोरी तान्ने खेल, म्याराथुन, लगायतका झण्डै दुई दर्जन प्रतियोगिताहरु चल्ने कलेजको विद्यार्थी कल्याण शाखाका संयोजक एसोसिएट प्रोफेसर विष्णुप्रसाद भण्डारीले जनाए ।
बताइए अनुसार प्रतियोगितामा कलेजको स्नातक तह विई तथा विआर्क तहमा अध्ययनरत झण्डै सवै विद्यार्थी सहभागी छन् ।
प्रतियोगितामा उत्कृष्ट विद्यार्थीहरुलाई मेडल तथा प्रमाणपत्र पनि वितरण गरिने जनाइएको छ ।
कलेजले जनाए अनुसार प्रतियोगिताको फाइनल सकेपछि उनीहरुलाई दैनिक रुपमा मेडल तथा प्रमाणपत्र वितरण हुनेछ ।
जुनजुन प्रतियोगिता सकिंदै जान्छ, त्यो त्यो प्रतियोगितामा उत्कृष्ट विद्यार्थीलाई प्रतियोगिता सकेपछि मेडल तथा प्रमाणपत्र वितरण गरिने जनाइएको छ । प्रतियोगिता असार ३० गतेसम्म चल्ने जनाइएको छ ।
न्युज कारखाना
काठमाडौं । नेप्से परिसूचक विहिबार २९ अंकले बढेको छ । नेप्से २९.२१ अंकले बढेर २२०४.६१ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
आज ३३१ कम्पनिको ८७ हजार ८६ कारोबारमा ७ अर्ब ८ करोड ६ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
आज बलेफी हाइड्रोको सबैभन्दा बढी ९.९९ र सिटिजन सुपर म्युचुअल फन्डको ९.९७ तथा एनआईबिएल स्टेबल फन्डको ९.८३ प्रतिशत शेयर मुल्य बढेको छ । त्यसैगरी आज समाज लघु वित्तको सेयर सबैभन्दा बढी ४.५९ प्रतिशतले घटेको छ ।
आज कारोबारको हिसाबले सबैभन्दा बढी सिईडीबी हाइड्रोको १५ करोड २५ लाख कारोबार भएको छ ।
न्युज कारखाना
विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू मन्त्री नबन्ने प्रष्ट पारेका छन् ।
बिहीबार विराटनगरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महामन्त्री थापाले आफु पार्टीकै काममा व्यस्त रहेकाले सरकारमा नजाने बताएका हुन् । उनले पार्टी सभापतिलाई आफु सरकारमा नजाने बारे जानकारी गराएको बताए ।
उनले भने- ‘सांसदको रुपमा मैले क्रियाशील भएर यो सरकारलाई समर्थन गर्नेपनि, हाम्रो शेखर कोइरालाले अघि भन्नुभएजस्तो कांग्रेस र एमाले मिलेर धेरै शक्ति आर्जन गर्दैगर्दा सरकारले शक्तिको दुरुयोग गर्लान् कि भनेर सचेत गराउनु पर्ने काम प्रतिपक्षले मात्रै होईन, सत्ता पक्षले पनि गराउनुपर्छ । त्यसैले सत्ता पक्षको सांसदहरुको बेन्चको पहिलो हरफमा बस्छु म । त्यो पहिलो रो बाट सरकारलाई आवश्यक कुराको समर्थन गर्ने, परेको बेला सरकारलाई प्रश्न पनि गर्ने, जवाफदेही बनाउने । मेरो भूमिका सांसदको रुपमा रहन्छ ।’
उनले संबिधान संशोधन कुनै एक दलले चाहेर मात्र नहुने भन्दै सबै दलको सहमतिमा मात्र सम्बोधन संशोधन गर्न सकिने बताए ।न्युज कारखाना
काठमाडौँ । लियोनेल मेसी र फुटबल जगतका नयाँ स्टार लामिन यमलको पुरानो तस्विरको सामाजिक सञ्जालमा निकै चर्चा भइरहेको छ ।
सन् २००७ मा अर्जेन्टिनाका युवा स्टार फुटबलर लियोनल मेसी बार्सिलोना क्लबको क्याम्प नोउको ड्रेसिङ रुममा एउटा च्यारिटी क्यालेन्डर फोटोसुटका लागि एक बच्चासँग पोज दिएका थिए । त्यतिबेला मेसी २० वर्षका थिए । त्यो समय मेसी ‘अल टाइमको महान’ खेलाडी बन्ने बाटोको शुरुवाती चरणमा थिए ।
तर सायद त्यतिबेला फोटोग्राफरलाई मेसीको काखमा रहेको बच्चाले पनि एक दिन फुटबलको दुनियाँमा ख्याति कमाउनेछ भन्ने कल्पना थिएन ।
उक्त तस्बिरमा मेसीले स्पेनिस खेलाडी लामिन यामललाई काखमा राखेको देखिन्छ । आज करिब १६ वर्षपछि युरो च्याम्पियनसिपबाट यमल विश्व फुटबल जगतमा नयाँ सुपर स्टारको रुपमा उदाएका छन् । उनको उत्कृष्ट प्रदर्शनका कारण स्पेन युरोकपको फाइनलमा पुगेको छ ।
१६ वर्ष ३६२ दिनको उमेरमा यमल युरो कपको इतिहासमा सबैभन्दा कान्छो गोलकर्ता बनेका छन् । यमलका बुबाले मेसी र यमलको यो तस्विर इन्स्टाग्राममा सेयर गरेका छन् । उनले लेखेका छन्- ‘दुई महान् व्यक्तिको सुरुवात ।’ यी फोटोहरू एसोसिएटेड प्रेसका लागि स्वतन्त्र फोटोग्राफरको रूपमा काम गर्ने जोन मोनफोर्टले खिचेका हुन् ।
बालबालिकाका लागि काम गर्ने राष्ट्रसंघीय संस्था युनिसेफले स्पेनको मातारो सहरमा च्यारिटी लटरी आयोजना गरेको बेला यो फोटोसुट गरिएको उनले बताए । यमलको परिवार यहाँ बस्थे ।
मोनफोर्टका अनुसार, ‘यमलको परिवार क्याम्प नोउमा आयोजित च्यारिटी लटरीमा भाग लिइरहेको थियो जहाँ मैले मेसीसँग यमलको यो फोटो खिचेँको थिए ।’ फोटोग्राफर मोनफोर्टले यो असाइनमेन्ट सजिलो नभएको बताउँछन् किनभने ‘मेसी लजालु व्यक्ति हुन् ।’
उनी लकर कोठाबाट बाहिर निस्कदै थिए र संयोगवश अर्को लकर कोठामा पसे जहाँ प्लास्टिकको टब पानीले भरिएको थियो । त्यसमा एक बच्चा थियो । मेसीलाई बच्चालाई कसरी समात्ने भन्ने पनि थाहा थिएन ।’
यस अवसरका केही तस्विरहरू छन् जसमा मेसीसँगै यमलकी आमा पनि देखिएका छन् । मेसी जस्तै, यमलले पनि बार्सिलोना क्लबबाट फुटबल खेले, जहाँ उनी क्लबको सबैभन्दा कान्छो गोलकर्ता बने । उनी स्पेनिस लिगमा गोल गर्ने सबैभन्दा कान्छो खेलाडी पनि बनेका छन् ।
मोनफोर्टले भने, गत हप्ता तस्बिर भाइरल हुन थालेपछि मात्र उनले बच्चा यमल भएको थाहा पाए । उनले भने, ‘यस्तो सनसनी सृजना गरेको कुरासँग जोडिन पाउनु निकै रोमाञ्चक छ । साँच्चै भन्नुपर्दा यो एकदमै सुखद अनुभूति हो ।’न्युज कारखाना
बाराको पुर्व पश्चिम राजमार्गमा जनकपुरबाट वीरगन्जतर्फ आउदै गरेको बस दुर्घटनामा परेको छ ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ मा रहेको पसाहा पुल छेउमा बस सडक दुर्घटनामा परेको हो ।
केही बेर अगाडि सवारी दुर्घटना हुँदा ७ जना घाइते बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।
उनका अनुसार सवारी दुर्घटनामा परेर घाइते भएकाहरूको उद्दार गरी उपचारका निम्ती सिमरा अस्पतालमा पठाईएको छ भने घाइतेहरुको पहिचान अझैसम्म खुल्न सकेको छैन।न्युज कारखाना
काठमाडौं- मोरङको सुन्दरहरैँचामा कुखुरा फार्मभित्र सञ्चालकको हत्या भएको छ।
बिहीबार बिहान सुन्दरहरैँचा नगरपालिका–९ का ४९ वर्षीय सहदेव बजगाईंको हत्या गरेको अवस्थामा शव फेला परेको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए।
घरनजिकै कुखुरा फार्म सञ्चालन गर्दै आएका बजगाईंको त्यही फार्मभित्र बिहान करिब साढे १० बजे शव भेटिएको कार्कीले बताए।
बजगाईंको टाउको तथा शरीरका अन्य भागमा गहिरो चोट देखिएको छ। घटनास्थलमा रगत लतपतिएको अवस्थामा बन्चरो र दाउरा फेला परेको छ।
मृतकको शरीरमा बन्चरो र दाउले प्रहार गरेजस्तो चोट देखिएको कार्कीले बताए।
बजगाईंको खुकुरा फार्ममा काम गर्न श्रीमान्-श्रीमती बस्दै आएका थिए। घटनापछि दुबै जना फरार छन्। उनीहरूको खोजी भइरहेको कार्कीले बताए।
मृतकको शव पोष्टमार्टमका लागि अस्पताल पठाएर घटनाको अनुसन्धान थालिएको कार्कीले बताए।न्युज कारखाना
काठमाडौं । अभिनेता नाजिर हुसेनको बहुप्रतिक्षित फिल्म ‘गुन्यो चोलो- उर्फ ‘गुलाबी’ को प्रदर्शन मिति घोषणा गरिएको छ । चलचित्र यहीँ कार्तिक ९ अर्थात अक्टोबर २५ बाट रिलिज हुने पक्का भएको छ।
बिहीवार निर्माण टिमले नाजिरको लुक्स सहितको पोस्टर सार्वजनिक गर्दै चलचित्रको रिलिज मिति घोषणा गरेको हो ।
सार्वजनिक पोस्टरमा नाजिरको लुक्स र पोस्टरले नै चलचित्रको कथावस्तु बोल्छ । सिने क्षेत्रमा भर्सटायल अभिनेताको छवि बनाएका नाजिरले यस चलचित्रमा पनि कडा मेहेनत गरेका छन भन्ने छनक पोस्टरबाटै मिल्छ। नाजिरले ‘गुन्यो चोलो- उर्फ गुलाबी’ कै लागि भनेर आफ्नो १६ केजी तौलसमेत घटाएका थिए ।
पोस्टरमा नाजिर पहेलो रङ्गको वान पिसमा छन । उनले एउटा हातमा विग (नक्कली कपाल) बोकेका छन भने अर्को हातमा हिल्स बोकेका छन । उनको शरीरमा कहिँ कतै चोटको निशान छ ।
उक्त चोटको निशानले नाजिरको पिडा देखाउँछ । नाखमा नथिया, कानमा झुम्का र पुरै श्रृङ्गारमा सजिएका नाजिरको ‘ट्रान्सवुमन लुक्स’ आकर्षक देख्न सकिन्छ, जसको मेकअपदेखि चरित्र रुपान्तरण गज्जबको छ। पोस्टरका अनुसार चलचित्रमा नाजिरको पात्रको नाम ‘गुलाबी’ राखिएको छ ।
यस चलचित्रलाई निर्देशक समुन्द्र भट्टले निर्देशन गरेकी हुन । चलचित्रमा उनले गरेको मेहेनत पनि कम छैन । नाजिरले यस चलचित्रको चरित्र निर्माणका लागि जति संघर्ष गरेका छन, समुन्द्रले पनि चलचित्रलाई न्याय दिन उतिनै मेहेनत गरेकी छिन । निर्देशक भट्टले चलचित्रको पटकथा निर्माण र अनुसन्धानमा लैंगिक अल्पसंख्यकको क्षेत्रमा कार्य गर्ने संस्थाहरु ‘निलहिरा समाज’ र ‘मितीनी नेपाल’ संग पनि परामर्श गरेकी थिइन । धेरै खोज र अनुसन्धानपछि उनले यस चलचित्रमा आफ्नो ज्यान भरेकी हुन। चलचित्रलाई लिएर समुन्द्र निकै आशावादी छिन। ‘गुन्यो चोलो उर्फ गुलाबी’ ले आफ्नो निर्देशनको यात्रामा थप उचाई थप्नेमा भट्ट विश्वस्त छिन ।
अमेरिकी कम्पनी ‘भिजन ईन्टरटेन्मेन्ट’ र ‘दि स्काई ओसन ईन्टरटेन्मेन्ट’ को ब्यानरमा निर्माण भएको चलचित्रले पारलैंङ्गिकताको कथालाई उठान गरेको छ। चलचित्रमा समुन्द्र भट्ट र नाजिर हुसेनको पटकथा तथा संवाद छ। नाजिरको अलावा चलचित्रमा अभिनेत्री संचिता लुइँटेल, सुशील सिटाैला, अनुपम श्रेष्ठ र विशाल पहारीलाई पनि मुख्य भुमिकामा देख्न सकिन्छ।
चलचित्रको थिममात्र नभएर प्रोडक्सन पनि ए-वान छ। चलचित्रको सम्पुर्ण पोस्ट प्रोडक्सनको काम बाहिर गरिएको हो। चलचित्रको एडिट, कलर, मिक्सिङ, साउन्ड डिजाइनदेखी ब्याकग्राउन्ड म्युजिकसम्म्को काम हलिउड शैलीमा बाहिरै गरिएको छ। यसैबाट पनि चलचित्रको गुणस्तर मापन गर्न सकिन्छ। चलचित्रमा हलिउडकी कलाकार लिजा जेरार्डले स्वर दिएकी छिन भने ब्याकग्राउन्ड म्युजिकको सम्पुर्ण काम मार्सेलो दि फ्रान्सिसीले गरेका छन। लिजाले स्वर भरेको वर्ष २०२४ कै बहुप्रतिक्षित हलिउड चलचित्र ‘ग्ल्याडिएटर-२’ यहीँ डिसेम्बरमा आउँदैछ ।
नेपालको पहिलो पुर्णरुपको ट्रान्स स्टोरीमा निर्मित यो चलचित्र नेपाली फिल्म प्रोड्क्सन हाउस र हलिउड फिल्म प्रोड्क्सन हाउसको संयुक्त कोलाबोरेसनमा बनेको हो। चलचित्रमा आकाश बुढाथोकी र भि.भन्से जानुबोनको लगानी छ। चलचित्रको कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जाेन्स्टन हुन। भने अनुपम श्रेष्ठ चलचित्रका सहयोगी निर्माता हुन ।
आलोक शुक्लाले खिचेको चलचित्रमा लेखु सहयात्रीको गीत रचना, विजय बस्यालको प्रोड्क्सन डिजाईन र सुरक्षा भट्टराईको मिडिया कोर्डिनेसन रहेको छ। चलचित्रमा पुष्कर लामा प्रोडक्सन हेडमा र राम भण्डारी क्रिएटिभ हेडमा छन् ।न्युज कारखाना
काठमाडौं । नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालीकराम जम्कट्टेलको राजीनामा मागेको छ ।
विहिबार कांग्रेस संसदीय दलको नेता बहादुर सिंह लामाले विज्ञप्ति जारी गर्दै वर्तमान सरकारबाट साझेदार दल नेकपा एमाले बाहिरिएर समर्थन समेत फित्ता लिएकाले सरकार अल्पमतमा परेकोले राजीनामा दिन आग्रह गरेका हुन् ।
सरकार अहिले कामचलाउको हैसियतमा पुगेको र सो अवस्थामा सरकारले कुनै महत्त्वपूर्ण निर्णय नियुक्ति र त्यस प्रकृतिको अन्य कार्यहरू गर्नु नैतिकताको हिसाबले पनि उपयुक्त नहुने विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ- ‘मुलुकको बदलिँदो राजनीतिक परिवेशमा राजनीतिक स्थायित्व र संविधानमा समयानुकूल संशोधन गर्न सङ्घ र सात वटै प्रदेशहरूमा सहमतिको सरकार गठन गर्ने सङ्कल्पका साथ पहिलो र दोस्रो पार्टी नेपाली कांग्रेस र नेकपा एमाले बिच जन अपेक्षित नयाँ समीकरण निर्माण भएको छ । बागमती प्रदेशमा नेकपा माओवादी केन्द्रका मुख्यमन्त्री मासालिकराम जमकट्टेलको नेतृत्वमा गठन भएको वर्तमान प्रदेश सरकारबाट नेकपा एमालेका मन्त्रीहरूले राजीनामा बुझाई विश्वासको मत फिर्ता लिईसकेको पृष्ठभुमिमा वर्तमान सरकार प्रष्टरुपमा अल्पमतमा परि कामचलाउ सरकारको हैसियतमा पुगिसकेको स्थिति छ । यो अवस्थामा सरकारले कुनै महत्त्वपूर्ण निर्णय नियुक्ति र त्यस प्रकृतिको अन्य कार्यहरू गर्नु नैतिकताको हिसाबले पनि उपयुक्त नहुने भएकोले नेपाली कांग्रेस संसदीय दलको तर्फबाट गम्भीर ध्यानाकर्षण गराउँदै माननीय मुख्यमन्त्रीले राजनीतिकलाई सहज रूपमा अगाडी बढाउन र सहमतीय सरकार गठन गर्न तत्काल मार्ग प्रशस्त गरी दिनुहुन हार्दिक आग्रह गर्दछु।’
केन्द्रमा कांग्रेस र एमालेबीच भएको सहमति अनुसार बागमतीमा सरकारको नेतृत्व कांग्रेसले गर्ने भएको छ । अल्पमतमा परेपछि मुख्यमन्त्री शालिकराम जम्मकट्टेल प्रदेश सभालाई सम्बोधन गरेर राजीनामाको घोषणा गर्ने तयारी गरेको बुझिएको छ ।न्युज कारखाना