काठमाडौं ।
नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकले केन्द्रीय नेताहरुको कार्यविभाजन गर्ने भएको छ ।
यसअघि असार २६ गते बसेको सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरुको कार्यविभाजन हेरफेर गर्ने निर्णय गरेको थियो । नयाँ कार्य विभाजनको आधार केन्द्रीय सदस्यलाई प्रदेश सभा र संघीय निर्वाचन क्षेत्रको जिम्मेवारी दिने, प्रदेशका सदस्यलाई पालिका, जिल्ला सदस्यले वडा र पालिकाले टोललाई कार्यक्षेत्र बनाउने गरी मापदण्ड तोकेको छ।
त्यस्तै एमालेले विभिन्न ईञ्चार्ज र विभागको नेतृत्व समेत परिवर्तन गर्ने समेत बताइएको छ ।
न्युज कारखाना
काठमाडौँ ।
मिस माल्टा चेरिस स्पीटेरी सोमबार नेपाल भ्रमणमा आइपुगेकी छन् ।
उनी सोमबार बिहान टर्किस एयरलाइन्सको विमानमार्फत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेसँगै नेपाल पर्यटन बोर्ड र एनआरएनए माल्टाको अगुवाइमा स्वागत गरिएको छ।
उनीसहितको टोलीलाई ढाकाटोपी र पञ्जेबाजाले स्वागत गर्दै विमानस्थलमा न्यानो आतिथ्यता प्रदान गरिएको थियो ।
मिस माल्टासहितको टोली नेपाल भ्रमणमा आउनुले धेरै अर्थ राख्ने एनआरएनएका अभियन्ता तथा माल्टाका लागि नेपालको पर्यटन दूत प्रकाश भण्डारीले जानकारी दिए । उनीहरुको भ्रमणले नेपालको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने भण्डारीको विश्वास छ । नेपाली कामदारहरुको पछिल्लो समय माल्टामा बढ्दो उपस्थितिकै बीच मिस माल्टाको भ्रमणले माल्टासहित समग्र युरोपमा नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।
टोलीमा मिस माल्टाका अन्य अन्य सदस्यहरु केर्स्टन बोर्ग, डेनियल जम्मिट, एलेक्सिया कटजर र क्यारोलिना सिउबोटारु छन् ।
नेपालमा रहँदा मिस माल्टाको टोलीले विभिन्न गैरसरकारी संस्थाहरुसँग मिलेर सामाजिक कार्य गर्नेछन् । यस्तै उनीहरु मिस नेपालको ग्राण्ड फिनालेमा पनि सहभागी हुने जनाइएको छ । यस्तै चितवनसहितका विभिन्न पर्यटकीय क्षेत्रको भ्रमण गर्नुका साथै नेपाल चिनाउने डकुमेन्ट्री पनि निर्माण गर्ने टोलीको योजना रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता सोम सापकोटाले जानकारी दिए ।
हाल माल्टाबाट थोरै संख्यामा मात्रै पर्यटकहरु नेपाल भित्रने गरेका छन् । उपयुक्त प्रचार प्रसार हुन सके माल्टाबाट नेपालमा पर्यटक निकै बढ्न सक्ने सरोकारवालाहरुको भनाइ छ ।
‘मिस माल्टाको टोली नेपाल आउँदा वा घुम्दा माल्टाका मान्छेले नेपाल घुम्ने ठाउँ रहेछ भन्ने जानकारी पाउँछन् । यो हाम्रो लागि राम्रो पक्ष हो’, भण्डारीले भने, ‘त्यसमाथि उनीहरुलाई माल्टाका सबै मिडियाले फलो पनि गरिरहेका हुन्छन् । उनीहरुले नेपालबारे डकुमेन्ट्रीसमेत बनाउने तय भएको तथा मिडियाहरुमा भ्रमणबारे चासो हुने भएपछि स्वाभाविकरुपमा माल्टामा नेपालको पर्यटनको प्रमोट गर्न सकिन्छ ।’
मिस माल्टामा कोरियोग्राफरका रुपमा नेपाली सुजित बस्यालसमेत कार्यरत छन् । उनीबाटै मिस माल्टाको टीमले नेपालबारे चासो दिएको र पछि माल्टाका लागि नेपालको पर्यटन दूत भण्डारी,एनआरएनए माल्टाका रेम्स खनाललगाएतको पहलमा अहिले नेपाल भ्रमण गराइएको हो । टोली नेपाल भ्रमण पूरा गरेर साउन २२ मा स्वदेश फर्किनेछ । मिस माल्टालाई स्वागत गर्न एनआरएनए माल्टाका रेम्स खनाल,एनआरएनए अभियन्ता सोम सापकोटालगायत विमानस्थलमा सहभागी भएका थिए ।न्युज कारखाना
चितवन ।
सिमलताल दुर्घटनामा बेपत्ता बसको खोजी गर्ने क्रममा हराएको भारतीय टोलीको चुम्बक फेलापरेको छ । बस खोजी गर्ने क्रममा गत शनिबार १९ किलोको चुम्बक र लाइफ ब्वाइ ट्युब त्रिशूली नदीले बगाएर हराएको थियो।
उक्त चुम्बक आज बिहान काभ्रेघाटस्थित नारायणी नदीमा फेलापरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । चुम्बकसँगै लाइफ ब्वाइ ट्युब पनि फेला परेको उनले बताए।
गत असार २८ गते वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–२४९५ख ००१ नम्बरको गणपति डिलक्स बस चितवनको सिमलतालमा पहिरोसँगै त्रिशूली नदीमा बेपत्ता भएको थियो ।
बसमा सवार ६५ जनामध्ये तीनजना हामफालेर बाँच्न सफल भएका थिए भने ६२ जना बेपत्ता भएका थिए।हालसम्म २४ जनाको शव भेटिएको छ । तीमध्ये १८ जनाको पहिचान खुलेर परिवारलाई बुझाइसकिएको छ।अन्य छ शवको पहिचान खुल्न सकेको छैन।अझै ३८ यात्रु र बस भेटिएका छैनन् ।
हराइरहेको बस खोज्न भारतीय टोली चितवन आएका थिए।उक्त टोलीले बस खोज्नका लागि १९ र १४ किलोका दुईवटा चुम्बक (म्याग्नेट) ल्याएका थिए।जसमध्ये शनिबार बस खोज्ने क्रममा १९ किलोको चुम्बक हराएको थियो।बस खोजी गर्नका लागि नेपाल आएको भारतीय टोली भने आइतबार नै फर्किसकेका छन् ।न्युज कारखाना
काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको आज बस्ने भनिएको केन्द्रीय कमिटी बैठक बुधबारसम्मका लागि सरेको छ ।
एकीकृत समाजवादीको हालै सम्पन्न महाधिवेशनले पदाधिकारी र केन्द्रीय छनौट गर्ने जिम्मा केन्द्रीय समितीलाई दिएपनि अहिलेसम्म छनौट गर्न सकेको छैन । पदाधिकारी र केन्द्रीय सदस्यको छनौट गर्न सहमति बनाउने प्रयास गरिएकाले बैठक सारिएको बताइएको छ ।
पार्टी विधानअनुसार २९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था गरिएकामा अब ३२९ सदस्यीय कार्यसमिति विस्तार हुनेछ ।
सबै प्रदेशले केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको योगदान र क्षमताको मूल्याङ्कन गरी भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर मनोनयन गर्ने, कमिटीलाई पूर्णता दिएपछि पदाधिकारी चयन गर्नेलगायत विषयमा छलफल हुने बैठकका एजेण्डा रहेका छन् ।
न्युज कारखाना
१३ साउन, महोत्तरी
महोत्तरीको बर्दिवासमा स्थानीय राजनीति दलहरुले स्थानीय सरकार बेथिति र विसंगतितर्फ उन्मुख भएको निष्कर्ष निकालेका छन ।
वडा अध्यक्ष बिराट बिष्टको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले नगरमा विकासको सट्टा विनास र अराजकता प्रवृतिको मलजल भएको निष्कर्ष निकालेका हुन ।
नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, लोसपा, रास्वपा, राप्रपा र जसपासहितका स्थानीय राजनीति दलका प्रतिनिधिहरुको सहभागीमा वसेको बैठकले राजश्व चुहावट, जनभावनाविपरितका निर्णयले जनतामा सरकारप्रतिको बितृष्णा बढ्दै गएकोप्रति चिन्ता ब्यक्त गर्दै अन्याय र बेथितिका विरुद्ध प्रतिवाद गर्ने वताएका छन ।
नेकपा एमालेका नेता सन्त परियारले जनभावनाको उपेक्षा गर्न नहुने र यदि कसैले दुसाहस गरे शशक्त प्रतिवाद गर्ने वताए । पछिल्लो समय बर्दिवास-३ मा रहेको खुल्ला चौरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ कठ्ठा जग्गा माग गर्दै प्रक्रिया अगाडी बढाएको विषयप्रति पनि दलहरुले ध्यानाकर्षण जनाएका छन ।
खेलमैदानकोरुपमा प्रयोग हुँदै आएको ६ कठ्ठा जग्गा अख्तियारको नाममा नापी प्रक्रिया अगाडी बढेपछी स्थानियहरुले नदिने अडान राख्दै उक्त जग्गा स्थानियहरुको हितमा उपभोग गर्न पाउनुपर्ने माग राख्दै आएका छन ।
सोही बिषयमा संचारमाध्यमवाट समाचार बाहिरिएपछी आज स्थानीय राजनीति दलहरुले एक बिज्ञप्ति जारी गर्दै उक्त जग्गा अतिक्रमण र अधिग्रहण नगर्न चेतावनी दिएका हुन ।
बैठकका संयोजक तथा वडा अध्यक्ष बिराट बिष्टले दलिय प्रतिनिधिहरुको हस्ताक्षरसहित मंगलबार प्रकाशित विज्ञप्ति बोकेर ज्ञापनपत्र बुझाउन सरोकारवाला कार्यालयमा जाने वताए ।
नगरप्रमुख प्रल्हाद कुमार क्षेत्री स्वयम विकृतितर्फ उन्मुख भएको दावि गर्दै नेकपा एमालेका नेता शंकर महतोले यस्लाई समयमा नै रोक्न नसके परिणाम अपेक्षा गरेभन्दा बाहिर जाने वताए ।
नेता महतोको तर्कलाई अन्य राजनिती दलका नेताहरुले समेत समर्थन गरेका छन । गलतलाई गलत भन्ने सवालमा सवैको धारणा साझा हुनुपर्ने नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति महेश झाको भनाई छ ।
रेल्वे निर्माणलाई लिएर ठुलो मात्रामा राज्श्व चलखेल भैइरहेको वताउदै माओवादी केन्द्रका नेता राजु खडकाले अर्को बैठक बसेर छानविन प्रक्रियालाई दवाव दिनुपर्ने धारणा राखे । पैसाको आडमा सार्वजनिक सम्पत्तिहरु दोहन भैइरहेको बिषयप्रती चिन्ता व्यक्त गर्दै अवैज्ञानिक र अवैधानिक दोहनले पर्यावरणमाथी नै ठुलो संकट सिर्जना हुँदै गएको उन्को भनाई छ ।
मधेश प्रदेशमा नै छुट्टै पहिचान वनाउदै गएको बर्दिवासमा खानेपानीमा चरम संकट सिर्जना भैइरहेकोप्रती नेकपा एमालेका नगर अध्यक्ष तथा वडा अध्यक्ष काहारमान स्याङ्वाले ध्यानाकर्षण गराए । उन्ले सचिव र कोषाध्यक्षलाई बाहिर राखेर अनियमितता भएको स्वयम् पदाधिकारीवाट गुनासो आउँदा पनि राजनीति दलहरुले ध्यान नदिएकोप्रती चिन्ता ब्यक्त गरे ।
आईतवार अवैधानिक उत्त्खननका कारण वनेको खाल्डोमा परेर १३ बर्षिय वालक रिदम बिश्वकर्माको मृत्यु भएकोप्रती पनि राजनिती दलहरुले ध्यानाकर्षण जनाएका छन ।
वडा नं. ७ वाट मामाघर वडा नं.६ जानेक्रममा उक्त वालकको खाल्डोमा परेर मृत्यु भएपछि स्थानिय सरकारको गैरजिम्मेवार र अनुगमनमाथी प्रश्न चिन्ह खडा भएको छ ।
हरेक बर्षायाममा खाल्डोमा परेर मृत्यु हुदा पनि स्थानिय सरकारको वेवास्ता दु:खद भएको वताउदै मानव पासोकोरुपमा वनाइएको खाल्डोप्रती राजनीति दलहरुले गम्भीर ध्यानाकर्षण जनाएका छन ।
न्युज कारखाना
काठमाडौँ ।
नेपाल राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल नियुक्त भएका छन् ।
सुपरिवेक्षण बिभागका कार्यकारी निर्देशक रहेका पौडेललाई सोमबारदेखि लागु हुने गरि प्रवक्ताको जिम्मेवारी दिइएको छ ।
पौडेलले अर्थशास्त्रमा एमफिल र व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् ।
यसअघि राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारीमा डा. गुणकर भट्ट थिए ।
न्युज कारखाना
काठमाडौँ । जारी पेरिस ओलम्पिकमा अहिलेसम्म २८ देशले पदक जितेका छन् । आइतबार सम्पन्न खेलपछि ११ देशले स्वर्ण पदक जितेका छन् भने कुल २८ देशले पदक जितेका छन् ।
जसमा जापान ४ स्वर्ण, २ रजत र एक काश्य पदकसहित शिर्ष स्थानमा रहेको छ भने अस्ट्रेलियाले ४ स्वर्णसहित २ रजत पदकसहित दोस्रो स्थानमा रहेको छ ।
त्यस्तै अमेरिकाले ३ स्वर्ण ६ रजत र ३ काश्य पदक जितेको छ भने आयोजक फ्रान्सले ३ स्वर्ण ३ रजत र २ काश्य पदक जितेको छ ।
त्यस्तै दक्षिण कोरियाले ३ स्वर्ण, र रजत र एक काश्य पदक जितेको छ भने चीनले ३ स्वर्ण, एक रजत र एक काश्य पदक जितेको छ ।
अहिलेसम्म इटाली, काजकिस्तान, बेल्जियम, जर्मनी, हङकङ र उज्बेकिस्तानले स्वर्ण पदक जितेका छन् । त्यस्तै ग्रेट ब्रिटेन, ब्राजिल, क्यानडा, फिजी, कोसोभो, मंगोलिया, पोल्याण्ड, ट्युनिसिया, स्विडेन, इजिप्ट, स्पेनब, हंगेरी, भारत, मोलडोभा, मेक्सिको र दक्षिण अफ्रीकाले ओलम्पिक पदक जितेका छन् ।न्युज कारखाना
काठमाडौं । संक्रमणकालीन न्याय सम्बन्धित गठित कार्यदलको बैठक आज बस्ने भएको छ ।
बैठक सिंहदरबारस्थित गृह मन्त्रालयमा बिहान ८ बजे बस्ने गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
यस अघि शुक्रबार बसेको कार्यदलको बैठकले संक्रमणकालीन न्याय सम्बन्धि विधेयकमाथि रहेका असहमतिमा सैद्दान्तिक सहमति भएको बताइएको छ ।
कार्यदलमा नेपाली कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्यसचेतक बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव शर्मा सहभागी रहेका छन् ।
संक्रमणकालीन न्याय सम्बन्धि विधेयकमाथि सैद्धान्तिक सहमति जुटाएको र सरोकारवालासँग छलफल गरेपाची आज अन्तिम रुप दिन बैठक बस्न लागेको बताइएको छ ।न्युज कारखाना
काठमाडौँ । बहिर्गमित जनमुक्ति सेना नेपालले नेपालका पूर्व बाल सैनिकहरूको न्यायको लागि अपील गरको छ ।
बहिर्गमित जनमुक्ति सेना नेपालका अध्यक्ष लेनिन विष्टले एक अपिल जारी गर्दै मातृ पार्टी नेकपा माओवादी र अहिले को माओवादी केन्द्र पटकपटक सरकारमा रहेर पनि पूर्व बाल सैनिकहरूको हेरचाह र सहयोग गर्न नसकेको उल्लेख गर्दै रणभूमिमा प्रयोग गर्ने राजनीतिज्ञहरू, विशेषगरी माओवादी नेताहरूले पुर्व बाल सैनिकको जीवन र भावनासँग खेलवाड गरेको उल्लेख गरिएको छ ।
अपिलमा भनिएको छ- ‘नेपाल सरकारले संयुक्त राष्ट्रसङ्घीय नियोग (अन्मिन) सँगको सहकार्यमा माओवादी सङ्गठनमा हजारौँ बालसैनिकको अस्तित्व प्रमाणित गरेको डेढ दशकभन्दा बढी समय बितिसकेको छ । वयस्क सिपाहीहरूको राम्रो हेरचाह गरिएको भएपनि हामी नाबालिगहरूलाई आफ्नो लागि जोगाउन छोडियो, र आजसम्म हामी युवा वयस्कहरूको रूपमा बहिष्कार, भेदभाव र जीविका चलाउन कठिनाइको सामना गरिरहेका छौं । हामीलाई रणभूमिमा प्रयोग गर्ने राजनीतिज्ञहरू, विशेषगरी माओवादी नेताहरूले हाम्रो जीवन र भावनासँग खेलवाड गरेका छन् र अहिले आफ्नो राजनीतिक करियर जोगाउन बाल सैनिकको कुरा गर्न चाहँदैनन् । हामीले द्वन्द्वको समयमा आफैंले हिंसा भोगेका छौं, शारीरिक र मनोवैज्ञानिक आघात भोगेका छौं, द्वन्द्वकालमा अकल्पनीय कठिनाइ सहेका छौं र त्यसपछि सामाजिक सीमान्तीकरणको अनुभव गरिरहेका छौं । मातृ पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी) र अहिले माओवादी केन्द्रले पटकपटक सरकारमा रहेर पनि हामीलाई हेरचाह र सहयोग गर्न सकेनन् ।’
अपिलमा द्वन्द्वको शुरुवातदेखि हालसम्म माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) विरुद्ध बाल सैनिकको प्रयोग र शोषणको मुद्दामा हामीले अदालतमा मुद्दा दायर गरेका छौं भन्ने कुरा बिर्सनु हुँदैन भन्दै उक्त मुद्दाको सुनुवाइ हाल नेपालको सर्वोच्च अदालतमा चलिरहेको छ भने उक्त मुद्दाको सुनुवाइ भदौ ०८, २०२४ (भाद्र २३, २०८१) मा हुदै गरेको उल्लेख छ ।
अपिलमा भनिएको छ- ‘हामी भूतपूर्व बालसैनिकलाई सन् २००६ देखि आजसम्म नेपालको शान्ति प्रक्रियाबाट पूर्ण रूपमा बाहिर राखिएको छ । यस निर्दयी उपेक्षाको साथमा, हाम्रो जीवित वास्तविकताले संसदमा हालको सङ्क्रमणकालीन न्याय विधेयकमा कुनै उल्लेख गरेको छैन। सङ्क्रमणकालीन न्याय विधेयक संसदमा पेस गर्नुअघि अन्तिम चरणमा पुग्दै हामी पूर्व बाल सैनिकहरूले दशकौंदेखि लड्दै आएका न्यायका लागि आफ्नो दृढ अडान व्यक्त गर्न चाहन्छौँ । साथै यस अपिल मार्फत हाम्रा मागहरु पुन: स्मरण गराउन चाहन्छौं ।’न्युज कारखाना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।
हाल देशभर साधारणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा, कोशी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भैरहेको छ ।
आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यस्तै आज राती देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।न्युज कारखाना