२०८३ श्रावण ७
२०८३ श्रावण ७

काठमाडौं । गत असार २८ गते आएको बाढीका कारण नारायणघाट मुग्लिन सडक अन्तर्गत चितवनको सिमलतालमा पहिरोले बगाएर बेपत्ता रहेका दुई बस र यात्रुको खोजीका लागि चीनलाई अनुरोध गरिने भएको छ ।

बुधबार संसद्को राज्य व्यवस्था समितिको बैठकमा गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले सिमलताल दुर्घटनामा बेपत्ता दुई बस र यात्रुको खोजीमा सघाउन चीन सरकारलाई अनुरोध गर्ने तयारी भइरहेको जानकारी दिएका हुन् ।

दुई बसमा ६५ यात्रु रहेकोमा ३ जनाले आफ्नो ज्यान बचाएका थिए भने अहिलेसम्म २४ जनाको शव फेला परेको छ । त्यस्तै ३८ जनाको अवस्था अहिले पनि अज्ञात रहेको छ ।

यसअघि भारतीय टोलीले दुर्घटनास्थल आएर खोजी गरेको थियो । तर, बस खोजी गर्ने क्रममा गत शनिबार १९ किलोको चुम्बक र लाइफ ब्वाई ट्युब त्रिशूली नदीले बगाएपछि भारतीय टोली फर्किएको थियो ।न्युज कारखाना

काठमाडौँ । साउन १६ गते अविरल वर्षाका कारण उपत्यकाको विभिन्न ठाउँमा डुवानमा परेकाहरुको उद्धार गरिएको छ । भक्तपुरको सुर्यविनायक नगरपालिका–२ स्थित बालकोटमा वर्षाको कारण गोदावारी खोलामा पानीको बहाव बढी डुवानमा परेका चार जनाको सकुशल उद्धार गरिएको छ ।

उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश व्यासी भक्तपुर र नेपाल प्रहरीको संयुक्त टोलीले उद्धार गरेको हो । यसैगरी काठमाडौ महानगरपालिका–१० शंखमुल क्षेत्रको २ वटा घरभित्र छिरेको पानी  सशस्त्र प्रहरी बल नेपाल नं. २० विपद् उद्धार गण सिनामंगलको सुरक्षा फौजले प्रोटेबल पम्प प्रयोग गरी फालिएको छ ।

यसैगरी थापाथलीस्थित सुकुम्वासी बस्तीमा बाग्मती नदिको पानी पसेर डुवान भएकोमा सोही गणबाट खटिएको विपद् उद्धार तालिम प्राप्त फौजले बस्तीको पानी कटान गर्ने कार्य गरेको छ ।

अविरल वर्षाको कारण काठमाण्डौ जिल्ला कीर्तिपुर नगरपालिका–१० स्थित  सुन्दरीघाटमा रहेको राधा स्वामी एरियामा फसेका १५ जनाको  सशस्त्र प्रहरी बल  नेपाल नं. १८ निलबाराही गणबाट  खटिएको सुरक्षा फौजले उद्धार गरेको छ । अबिरल बर्षाको कारण बाढिमा फसेको खबर पाएपछी बिहान ५ बजे सो गणबाट फौज परिचालन गरिएको थियो । उनीहरुलाई ट्युब तथा डोरीको सहायताले उद्धार गरी  सुरक्षित स्थानमा ल्याइएको हो ।

यसैगरी साँखु भोटेचौर सडकखण्ड अन्तर्गत देउरालीमा अविरल वर्षाको कारण पहिरो गई अवरुद्ध भएको सडक सुरक्षा वेश लप्सीफेदीबाट खटिएको सुरक्षा फौज र स्थानीय वासिन्दाले स्काईभेटरको सहायताले सुचारु गरेको छ ।

काठमाडौको नागार्जुन नगरपालिका–३ ईचङ्गुनारायणस्थित लकजोल टोलमा वर्षाको कारण पहिरो आई पुरिएको टहरामा रहेको खाद्यन्न, लत्ताकपडा, भाडावर्तन तथा पशुचौपाया सशस्त्र प्रहरी बल नेपाल नंं . १९ बगलामुखी विशेष कार्यदल गणबाट खटिएको सुरक्षा फौजले सुरक्षित स्थानमा स्थान्तरण गरेको छ ।

यसैगरी ललितपुरको सानेपास्थित राजतिर्थमा अविरल वर्षाको कारण बाग्मती नदिमा आएको बाढिले डुवानमा परेका ६ जनाको सशस्त्र प्रहरी बल नेपाल नं. २१ दक्षिणकाली गणको सुरक्षा फौजले सकुशल उद्धार गरेको छ ।न्युज कारखाना

काठमाडौं । चलचित्र विकास वोर्डले नयाँ अध्यक्षको चयन पक्रिया सुरु गरेको छ । भुवन केसीको कार्यकाल सकिएसँगै बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विकास बोर्डको अध्यक्षमा दरखास्त आह्वान गरेको हो ।

अध्यक्षमा आवेदन दिन मान्यता प्राप्त शिक्षण संस्थाबाट कुनै विषयमा कम्तिमा पनि स्नातक तह उत्तीर्ण गरी नेपाली चलचित्र उद्योगको स्थापना, विकास संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनमा निरन्तर कम्तिमा १० वर्ष काम गरेको न्युनतम योग्यता तोकिएको छ ।

प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेकाहरुले भने नेपाली चलचित्र उद्योगको स्थापना, विकास संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनमा निरन्तर रूपमा कम्तिमा १० वर्ष काम गरेको हुनुपर्ने योग्यता योग्यता तोकिएको छ।
न्युज कारखाना

रौतहट । बर्षासंगै आएको पानीको भेलले पूर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दिबास भन्दा करीब २ किलोमीटर पश्चिम स्थित बेलगाछि पुल क्षति ग्रस्त हुँदा यातायात प्रभावित भएको छ ।

पूर्व पश्चिम महेंद्र राजमार्ग अंतर्गत टूटेश्वर महादेव जाने बाटो छेउ बेलगाछी पुल आज बिहान ३ बजे बाढीबाट  पूर्ण रूपले छती भएपछि  आवागमन प्रभावित भयेको हो । पुल क्षतिग्रस्त हुँदा पूर्व पश्चिम जाने दर्जनौं मालबाहक तथा यात्रु वाहक गाड़ीहरु बिहानै देखि जाममा परेको थियो ।

प्रहरीले वैकल्पिक बाटो प्रयोग गरेर रोकिएको गाडिहरु पास गराएको छ। सशस्त्र प्रहरी मधेश प्रदेश कार्यालय बर्दिबासका प्रवक्ता एसएसपी सुरजसेन ओलीले पुल बिहान ३ बजेतीर पानीको भेलले क्षतिग्रस्त हुँदा केही घन्टा यातायातमा कठिनाई भएको बताएका छन् ।

अहिले प्रहरीले पूर्व पश्चिम बाट आउने गाडीहरुलाई लालबन्दीबाट रूट बदलेर हुलाकी राजमार्ग ,रेलगार्ग हुदै पठाएको छ एसएसपी ओलीले बताएका छन।क्षतिग्रस्त पुल मर्मतको काम द्रुतगतिमा चलिरहेकाले केही समय पछि सञ्चालन हुने उनले जानकारी दिएका छन् ।न्युज कारखाना

सिरहा, १६ साउन । गोलबजार नगरपालिकाले असारको मिति राखेर साउनमा गरेको ‘न्यायमा पहुँच बढाउनको लागि पदाधिकारीहरुलाई अभिमुखिकरण’ तालिम हलमा अख्तियारले छापा मारेको छ ।

अवैधानिक ढङ्गले नीति निर्माण गर्ने र कार्यक्रम बनाउने जन प्रतिनिधीहरु नै नियम कानुनको मानमर्दन गर्दै कार्यक्रम गरिरहेकै स्थानमा छानबिनकालागि अख्तियारको टोलिले छापा मारेको हो।

विस्तृत विवरण आउन बाँकि

न्युज कारखाना

काठमाडौँ । भारतको केरलाको वायनाडमा आएको बाढी र मुस्खलनमा मृत्यु हुनेको संख्या १४४ पुगेको छ ।

केरलाको मुख्यमन्त्रीको कार्यालयले अहिलेसम्म १४४ जनाको मृत्यु भएको र १९२ जनाको अस्पतालमा उपचार भइरहेको जनाएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

घटनामा बेपत्ता हुनेको संख्या ९८ पुगेको बताइएको छ ।

प्राकृतिक विपदबाट ठुलो संख्यामा मानिसले ज्यान गुमाएपछि राज्यमा दुई दिनको शोकको घोषणा गरिएको छ ।

अहिले उद्धार कार्यमा एनडीआरएफ, कन्नूर डिफेन्स सेक्युरिटी कोर र वायुसेनाका हेलिकप्टर संलग्न रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

केरलाको प्रकोप व्यवस्थापन विभागले मानिसहरूलाई पहिरोको सम्भावना भएका ठाउँहरूबाट टाढा रहन आग्रह गरेको छ ।न्युज कारखाना

काठमाडौँ । भारी वर्षासँगै काठमाडौँका नदी–खोलाको बाढीबाट यहाँको जनजीवन प्रभावित भएको छ ।

प्रहरीले काठमाडौँ उपत्यकाबाट ३६ जनाभन्दा बढीको उद्धार गरेको जनाएको छ । काठमाडौँको कुलेश्वर र बल्खु क्षेत्र डुबानमा परेको थियो भने सो क्षेत्रबाट ११ जना तथा नयाँ बसपार्क क्षेत्रबाट एकजनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

काठमाडौँको बल्खु, तरकारी बजार, बाफल, धोबिखोला करिडोर, सुन्दरीघाट क्षेत्रमा डुबान भएको थियो। काठमाडौँको फुटुङको नागपोखरीमा पहिरो खस्दा एक घरमा क्षति भएको छ। नयाँ बसपार्क, मितेरी पुल क्षेत्र पनि डुबानमा परेको छ।

त्यसैगरी ललितपुरको युएन पार्क क्षेत्रबाट डुबान प्रभावित दुई, सुन्दरीघाटबाट आठ, बालकुमारी पुलमुनिबाट एक, महालक्ष्मी नगरपालिका–८ चागाथलीबाट ७ र महालक्ष्मी नगरपालिका राममन्दिरबाट छजनाको उद्धार गरिएको छ ।

बाढीले भक्तपुरका समेत विभिन्न स्थान डुबानमा परेका छन् । सूर्यविनायक नगरपालिका क्षेत्रका बालकोटबाट सिरुटारसम्मका ७० भन्दा बढी घर डुबानमा परेका छन्।

हनुमन्तेको बाढी बालकोट पुलहुदै बस्तीमा पसेपछि मेरिगोल्ड स्कुल, आसपासका बस्ती डुबानमा पर्नुका साथै बिहानदेखि ९ बजेसम्म बालकोट सडक अवरुद्ध भएको छ। न्युज कारखाना

काठमाडौँ । आज नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

बुधबार सुन तोलाको १८ सयले बढेर एक लाख ४७ हजार ८ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस अघि मंगलबार सुनको मुल्य तोलाको १ लाख ४६ हजार रहेको थियो ।  त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४७ हजार एक सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज प्रतितोला ४० रुपियाँले बढेर तोलाको १७८० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।न्युज कारखाना

ललितपुर । ललितपुरको च्यासलस्थित नेकपा एमाले मुख्यालय र पुष्पलाल स्मृति भवन डुबानमा परेको छ । रातीदेखि परेको अविरल वर्षाका कारण मनोहरा र बागमती नदीमा आएको बाढीले सो क्षेत्र डुबान परेको हो ।

बाढीले स्मृति भवनको मुख्य गेट भत्काएको छ भने एमालेको पार्टी कार्यालयको सभाहल क्षेत्र समेत डुबानमा परेको छ । मुख्यालय परिसर जलमग्न भएका छन् । न्युज कारखाना

काठमाडौँ । हमासका शिर्ष नेता इस्माइल हानियाको हत्या भएको छ । हमासले एक विज्ञप्ति जारी गर्दै तेहरानस्थित हानियाको तेहरानस्थित आवासमा एक आक्रमणमा मृत्यु भएको बताएको छ ।

यस आक्रमणको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन । तर यस आक्रमणमा इजरायलको संलग्नता हुनसक्ने बताइएको छ ।

हमासका अनुसार इरानका नवनिर्वाचित राष्ट्रपति मसुद पेजेस्कियानको उद्घाटन समारोहमा सहभागी हुन तेहरान पुगेका हानियालाई आवसमै आक्रमण गरिएको थियो ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) का अनुसार हानियासँगै उनका एक सुरक्षाकर्मी पनि मारिएका छन् । इरानको सरकारी मिडियाले पनि हानियाको मृत्यु भएको पुष्टि गरेको छ ।

इस्माइल हानिया हमासको राजनीतिक ब्यूरोका प्रमुख थिए भने उनी प्यालेस्टिनी प्राधिकरणको दशौं सरकारका प्रधानमन्त्री थिए । हाल धेरै जसो कतारमा रहेर उनले अन्तर्राष्ट्रिय समुदायसँग वार्ता र छलफलमा सहभागिता देखिदै आएको थियो ।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।