२०८३ श्रावण १
२०८३ श्रावण १

वासि‌गटन डिसी, २७ साउन । डोनाल्ड ट्रम्पको चुनावी अभियानले आफ्ना केही आन्तरिक सञ्चार ह्याक भएको जनाएको छ ।

 

सो अभियानका अनुसार ट्रम्पका आन्तरिक सन्देशहरु इरानी अपरेटिभहरूले ह्याक गरेका छनज ।

 

अमेरिकी समाचार वेबसाइट पोलिटिकोका अनुसार ट्रम्पले अभियानमा आफना सहकर्मी बिच भएको म्यासेज ह्याक भएको जनाएको हो । ओहायो सिनेटर जेडी भान्समा गरिएको आन्तरिक अनुसन्धान सहित अभियान कागजातहरू इमेल गरिएको थियो।

अभियानका प्रवक्ताले बीबीसीलाई भने, ‘यी कागजातहरू गैरकानूनी रूपमा संयुक्त राज्य अमेरिकासँग शत्रुतापूर्ण विदेशी स्रोतहरूबाट प्राप्त गरिएको थियो, जुन २०२४ को चुनावमा हस्तक्षेप गर्ने उद्देश्यले थियो ।’

पोलिटिकोले कागजातहरूको प्रामाणिकता पुष्टि गरेको बताएको छ। बीबीसीले स्वतन्त्र रूपमा दाबी पुष्टि गरेको छैन।न्युज कारखाना

इस्लामबाद, २७ साउन । पेरिस ओलम्पिकमा पाकिस्तानी खेलाडी अरशद नदीमले स्वर्ण पदक जिते पछि देशभर चर्चा परिचर्चा भईरहेको छ ।

 

अर्शद नदीम ओलम्पिकमा पाकिस्तानका लागि व्यक्तिगत स्वर्ण जित्ने पहिलो खेलाडी बनेका थिए ।

 

तर के तपाईलाई थाहा छ स्वर्ण पदक जित्ने अरशद नदीमले कति पुरस्कार पाए  ? वास्तवमा अरशद नदीमले ५० हजार डलर पुरस्कार राशि पाएका छन । जो पाकिस्तानी रुपैयाँमा यो मूल्य १ करोड ४० लाख रुपैयाँ हुन आउँछ ।

उल्लेखनीय छ कि पाकिस्तानले लगभग ३२ वर्षपछि ओलम्पिकमा पदक जितेको छ । यसअघि पाकिस्तानले अन्तिम पटक सन् १९९२ मा बार्सिलोना ओलम्पिकमा पदक जितेको थियो। ओलम्पिक इतिहासमा पाकिस्तानले अहिलेसम्म ४ स्वर्ण जितेको छ । यसअघि पाकिस्तानले हक्कीमा तीनवटै स्वर्ण जितेका थियो ।

 

तर यसपटक भाला थ्रोमा अशरफ नदीमले स्वर्ण जितेका हुन् । पाकिस्तानी खेलाडीले व्यक्तिगत इभेन्टमा स्वर्ण पदक जित्न सफल भएको यो पहिलो पटक हो । साथै, पेरिस ओलम्पिकमा अशरफ नदीमले नर्वेका एन्ड्रियास टीको कीर्तिमान तोडेका थिए ।

 

सन् २००८ को बेइजिङ ओलम्पिकमा नर्वेका एन्ड्रियास टीले ९० दशमलव ५७ मिटर थ्रो थ्रो गरेका थिए तर अहिले अशरफ नदीमले उक्त कीर्तिमान आफ्नो नाममा गरेका छन् ।न्युज कारखाना

काठमाडौं, २७ साउन । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले आइतबारदेखि १५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ ।

 

हकप्रद सेयरका लागि कम्पनीले साउन १ गते बुक क्लोज गरिसकेको हो । तसर्थ, असार ३१ गतेसम्म कायम रहेका लगानीकर्ताले हकप्रद सेयरमा आवेदन दिन पाउने छन् ।

यस कम्पनीले १ः१.५ अनुपातमा १ करोड २० लाख कित्ता हकप्रद सेयर जारी गरेको हो । जसअनुसार यस कम्पनीले १ अर्ब २० करोड रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री खुला गरेको छ ।

 

हकप्रद सेयरमा लगानीकर्ताले भदौ १६ गतेसम्म आवेदन दिन सक्नेछन् ।  यो हकप्रद सेयरलाई रेटिङ एजेन्सी इक्रा नेपालले इक्राएनपी इस्यूआर रेटिङ बी माइनस प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ । कम्पनीको हकप्रद सेयरमा नबिल इन्भेष्टमेन्ट बैंकिङले बिक्री प्रबन्धकको काम गरेको छ ।

आवेदकले नबिल इन्भेष्टमेन्ट बैंकिङ, प्राइम कमर्सियल बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक र कुमारी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

 

हाल यस कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्कासनपछि यस कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।न्युज कारखाना

हैदाराबाद, २७ साउन । साउथ सुपरस्टार सूर्या र बलिउड खलनायक बबी देओलको बहुप्रतिक्षित फिल्म कंगुवाको ट्रेलरको ठूलो अपडेट सार्वजनिक भएको छ ।

 

स्टुडियो ग्रीन द्वारा निर्मित सुर्या स्टारर ‘कंगुवा’ यो वर्षको ठूलो फिल्म हो। रोचक पोस्टर र रोमाञ्चक  ‘फायर गीत’ले ध्यानाकर्षण गरे पछि फ्यानहरुको प्रतिक्षाको घडी लगभग सकिएको छ ।

 

शिव द्वारा निर्देशित बहुप्रतिक्षित चलचित्र ‘कंगुवा’को ट्रेलर १२ अगस्टमा रिलिज हुँदैछ । यो फिल्मको ठूलो रिलिज अघि नै यो धेरै उत्साह उत्पन्न गर्न गइरहेको छ भन्नु पर्छ। कंगुवाका निर्माताले सामाजिक सञ्जालमा नयाँ पोस्टर सेयर गरेका छन् र यससँगै बहुप्रतिक्षित फिल्मको ट्रेलरको रिलिज मिति पनि घोषणा गरेका छन् ।

 

पोस्टर सेयर गर्दै निर्माताहरूले क्याप्शनमा लेखेका छन्, ‘प्रतिक्षाको समय सकियो, विजयको समय नजिकिँदै छ। एक अनौठो उत्सवको लागि तयार हुनुहोस्। यो १२ अगस्टदेखि भव्य दि ग्रेट कंगुनाको टे«लर तपाईंका लागि तयार छ ।’

 

‘कंगुवा’ यस वर्षको सबैभन्दा ठूलो र महँगो फिल्म हो । ३५० करोडभन्दा बढीको अनुमानित बजेट रहेको यो ‘पुष्पा’, ‘सिंघम’ र अन्य धेरै ठूला फिल्महरूभन्दा ठूलो छ। फिल्मको छायांकन विभिन्न महादेशका ७ देशमा गरिएको छ । प्रागैतिहासिक काललाई चित्रण गर्ने अनौठो चलचित्र भएकाले निर्माताको मनमा यो चलचित्रको लागि एक विशिष्ट लुक छ।

 

निर्माताहरूले एक्सन र सिनेम्याटोग्राफी जस्ता प्राविधिक विभागका लागि हलिउड विशेषज्ञहरूलाई नियुक्त गरेका छन्। कूल १० हजारभन्दा बढी मानिस (कलाकार)को सहभागिता रहेको यो फिल्ममा सबैभन्दा ठूलो युद्धको दृश्य पनि छ ।

 

यति मात्र होइन, स्टुडियो ग्रीनले शीर्ष वितरण घरहरूसँग हात मिलाएको छ, जसले गर्दा फिल्मलाई विश्वव्यापी रूपमा ठूलो मात्रामा रिलिज गर्न सकिन्छ। फिल्म १० अक्टोबर २०२४ मा रिलिज हुने तय गरिएको छ ।न्युज कारखाना

काठमाडौं, २७ साउन । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

 

जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आइतबार अमेरिकी डलरको भाउ खरिददर १३४ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६४ पैसा कायम गरिएको छ ।

 

आइतबार युरोपियन युरोको एकको खरिददर १४६ रुपैयाँ ३४ पैसा रहेको छ भने बिक्रीदर १४६ रुपैयाँ ९९ पैसा तोकिएको छ । बेलायती पाउन्ड एकको खरिदमूल्य १७० रुपैयाँ ८४ पैसा र बिक्रीदर १७१ रुपैयाँ ६१ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, आइतबार अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ११ पैसा र बिक्रीदर ८८ रुपैयाँ ५१ पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिददर भने ९७ रुपैयाँ ५७ पैसा र बिक्रीमा ९७ रुपैयाँ ९७ पैसा पाइन्छ ।

 

उता, जापानी येन १० को खरिददर ९ रूपैयाँ १२ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ १६ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ६९ पैसा तथा बिक्री दर १८ रूपैयाँ ७८ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ८१ पैसा तथा बिक्री दर ९ रुपैयाँ ८५ पैसा कायम गरेको जनाइएको छ ।

उता कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ७१ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ८७ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ४९ पैसा र बिक्रीदर ३६ रूपैयाँ ९३ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर आइतबार ३० रूपैयाँ ३१ पैसा र बिक्रीदर ३० रूपैयाँ ४४ पैसा कायम गरेको छ ।

 

यसैगरी, आइतबारको लागि कुवेती दिनार एकको खरिददर ४३७ रुपैयाँ ८० र बिक्रीदर ४३९ रुपैयाँ ७६ पैसा निर्धारण भएको छ। बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३५७ रुपैयाँ २० पैसा निर्धारण भएको छ।
न्युज कारखाना

काठमाडौं, २७ साउन । भियनामा टेलर स्विफ्ट कन्सर्टमा आक्रमण गर्न खोज्ने एक जना पक्राउ परेका छन् ।

 

अस्ट्रियाका अधिकारीहरूका अनुसार भियनामा टेलर स्विफ्ट कन्सर्टमा आक्रमण गर्ने आइएसआइएस प्रेरित एक ब्यक्तिलाई पक्राउ गरिएको छ ।

सो कन्सर्टमा आतकंबादी हमला गर्नका लागि षड्यन्त्र गरिरहेका एक १८ बर्षिय इरानी नागरिकलाई पक्राउ गरिएको अष्ट्रेलियाका आन्तरिक मन्त्रीले जानकारी दिए ।

 

सुरक्षा अधिकारीहरूले स्विफटको ब्लकबस्टर प्रदर्शन हुने क्रममा भियना लेगको लागि योजना गरिएको आतंकवादी हमलालाई विफल पारेका थिए । त्यस पछि अस्ट्रियामा तीन स्विफ्ट कन्सर्टहरू रद्द गर्ने बिहीबार आयोजकहरूले असाधारण निर्णय लिनु परेकाे थियाे ।

 

इराकी किशोर पक्राउ पर्ने तेस्रो व्यक्ति हुन । मुख्य संदिग्ध उत्तरी म्यासेडोनियाको १९ वर्षीय अर्का किशोर छन, जो अस्ट्रियालीसँग सम्बन्ध रहेको विश्वास गरिएको छ । अनुसन्धान पछि यो खुलेको थियो कि दुवै किशोरहरूले भर्खरै आईएसआईएसप्रति वफादारीको वाचा गरेका थिए । जाे स्विफ्टकाे कन्सर्टमा हमला गर्ने तयारीमा रहेकाे भनिएकाे छ तर प्रहरीले थप  विवरण भने दिएकाे छैन ।न्युज कारखाना

मुम्बई, २७ साउन । श्रद्धा कपूर र राजकुमार रावको हिट फिल्म ‘स्त्री’ को सिक्वेल ‘स्त्री २’ अब अगस्ट १४ मा सिनेमा घरमा रिलिज हुँदैछ ।

 

यसअघि यो फिल्म १५ अगस्टमा रिलिज हुने तय भएपनि अब एक दिन अगाडि नै रिलिज हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

 

म्याडक फिल्म्सले सामाजिक सञ्जालमा पोस्ट गर्दै नयाँ रिलिज मितिबारे जानकारी दिएको छ । पोस्टको क्याप्सनमा लेखिएको थियो,  ‘स्त्री अब आफ्नो समय भन्दा अगाडि आउँदैछिन् ।  ‘स्त्री २’ अब अगस्ट १४ मा हलमा रिलिज हुँदैछ । अहिले अग्रिम बुकिङ सुरु भएको छ । उनी स्त्री हुन्, जे पनि गर्न सक्छन् । त्यसकारण उनी एक रात चाँडै आउँदैछिन्, केवल तपाईंको लागि। त्यसैले आफ्नो टिकट बुक गर्नुहोस्।’

 

‘स्त्री २’ मा श्रद्धा कपूर, राजकुमार राव, पंकज त्रिपाठी, अभिषेक बनर्जी र अपारशक्ति खुराना महत्वपूर्ण भूमिकामा देखिनेछन् । फिल्ममा वरुण धवन  ‘भेडिया’ को भूमिकामा छन् । फिल्ममा तमन्ना भाटिया पनि सानो भूमिकामा देखिनेछिन् ।न्युज कारखाना

ढाका, २७ साउन । बंगलादेशका प्रहरी प्रधान कार्यालयले सबै प्रहरीलाई काममा फर्किन निर्देशन दिएको छ ।

 

बिद्यार्थी आन्दोलनका कारण शान्ति सुरक्षा जोखिममा परे पछि प्रहरी चौकी छाडेर हिडेका प्रहरीलाई काममा फर्किन र शान्ति सुुरक्षा कायम गराउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको हो ।

प्रहरी चौकीका गतिविधि सुचारु गर्न र शान्ति सुरक्षा कायम गर्नका साथै प्रत्येक प्रहरी चौकी क्षेत्रमा नागरिक सुरक्षा समिति गठन गर्न प्रहरी प्रधान कार्यालयबाट निर्देशन दिइएको ढाका ट्रिब्युनले जानकारी दिएको छ ।

 

उसका अनुसार यस्तो निर्देशन सबै जिल्लाका प्रहरी उपरीक्षक र प्रहरी चौकीका अधिकृत (ओसी) लाई दिइएको हो ।

 

प्रहरी प्रधान कार्यालयले शनिबार राती जारी गरेको विज्ञप्तिमा भनिएको छ कि समितिको मुख्य उदेश्य शान्ति सुव्यवस्थामा जनसहभागिता बढाउनु हुने छ ।

 

यसका लागि समितिहरूले कार्ययोजना बनाएर अनुगमन तथा मूल्याङ्कन गतिविधि सञ्चालन गर्नेछन् ।

 

कानून प्रवर्तन एजेन्सी र समिति सदस्यहरू सम्मिलित संयुक्त गस्ती मार्फत हिंसा, चोरी, डकैती र अपहरण रोक्न उपायहरू लागू गरिने छ।न्युज कारखाना

काठमाडौं । गायक प्रकाश तिमिल्सिनाको ३७ बर्षको उमेरमा निधन भएको छ। शनिबार साँझ ललितपुर भैँसेपाटीस्थित डेरामा बेहोस अवस्थामा फेला परेका तिमिल्सिनालाई परिवारका सदस्यले पाटन अस्पताल पुर्‍याएकोमा चिकित्सकले मृत घोषित गरेका थिए।

गायन रियालिटी शो नेपाली ताराबाट संगीत क्षेत्रमा उदाएका उनका ‘प्रीय तिम्रो सिउँदोमा सिन्दुर भर्न देउ’, ‘नमान लाज यसरी’, ‘हेर दिन सधै एकनास हुँदैन’ जस्ता गीत चर्चित छन्।

गायक तिमिल्सिनाको पार्थिव शरीरलाई अहिले बिहान ८ बजे अन्तिम श्रद्धाञ्जलीका लागि संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिने संगीतकार चेतन सापकोटाले बताए। उनको आजै अन्त्येष्टी गरिने छ।

न्युज कारखाना

कोलकत्ता, २७ साउन । कोलकाताको एक सरकारी अस्पतालका ट्रेनी डाक्टरलाइ बलात्कार गरेर हत्या गरिएको छ ।

 

भारतीय सञ्चारमाध्यमका अनुसार राधा गोविन्द कार मेडिकल कलेजमा कार्यरत एक डाक्टरको बलात्कार पछि हत्या गरिएको हो ।

 

भारतीय प्रहरीका अनुसार सो अस्पतालको सेमिनार हलमा गत अगस्ट ९ मा स्नातकोत्तर तहका प्रशिक्षार्थी महिला डाक्टरको अर्धनग्न शव फेला परेको थियो ।

 

अनुसन्धान पछि प्रहरीले आरोपी सञ्जयलाई अगस्त ९ मा नै पक्राउ गरिसकेको छ । र, प्रहरीले उनीविरुद्ध हत्या र जबरजस्ती करणी मुद्दा दर्ता गरी १४ दिनको न्यायिक हिरासतमा पठाएको छ ।

 

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले यस मुद्दालाई फास्ट ट्र्याक कोर्टमा पठाइने बताइन्। दोषीलाई मृत्युदण्डको माग गरिएको छ ।

 

सेमिनार हलमा उनी भेटिदाँ आँखा, मुख र गुप्तांगबाट रगत बगिरहेको थियो । कोलकाता प्रहरीका अनुसार डाक्टरको आँखा, मुख र गुप्तांगबाट रगत बगिरहेको थियो । उनको पेट, देब्रे खुट्टा, घाँटी, दाहिने हात, औंठी औँला र ओठमा पनि चोट लागेको छ ।घाँटीको हड्डी पनि भाँचिएको थियो ।

 

उनको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको प्रहरीले जनाएको छ ।

 

३१ वर्षीय प्रशिक्षार्थी डाक्टर चेस्ट मेडिसिन विभागमा पीजी दोस्रो वर्षमा अध्ययनरत थिइन् । अभियुक्त अस्पतालका कर्मचारी होइन, बाहिरका व्यक्ति हुन् । तर अस्पतालका विभिन्न विभागहरूमा उनको धेरै पहुँच रहेको थियो ।
न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।