२०८३ श्रावण १
२०८३ श्रावण १

काठमाडौं । एनआरएन नेपाल डेभलभमेन्ट फण्डलाई कार्यान्वयनमा ल्याउने तयारी भएको छ ।

यसैक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसी, संस्थापक अध्यक्ष डा.उपेन्द्र महतो लगायतबीच अर्थ मन्त्रालयमा छलफल भएको छ ।

सो अवसरमा २०८१ साल भदौको तेस्रो हप्ताभित्र डेभलपमेन्ट फण्डलाई सञ्चालनमा ल्याउन आवश्यक पर्ने प्रकृया पूरा गर्ने सहमति भएको छ ।

नेपाल सरकारको समन्वय तथा सहकार्य र गैरआवासीय नेपाली संघको अग्रसरतामा नेपालमा पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको कोष स्थापना गरी सञ्चालनमा ल्याउन लागिएको हो ।

एनआरएन नेपाल डेभलपमेन्ट फण्ड लिमिटेडमा नेपाल सरकारको ५ प्रतिशत र गैरआवासीय नेपालीको ९५ प्रतिशत लगानी हुनेछ ।
न्युज कारखाना

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारत प्रस्थान गरेकी छन् । उनी भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा पाँच दिने भारत भ्रमणमा गएकी हुन् ।

भारत भ्रमणका क्रममा उनले भारतीय समकक्षी जयशंकरसँग द्विपक्षीय भेटवार्ता गर्नेछिन् । दुई देशबीचको हितका लागि सम्बन्ध सुधार र सहकार्यका विषयमा छलफल हुने बताइएको छ । परराष्ट्रमन्त्रीको भ्रमण नेपाल र भारतबीच नियमित उच्चस्तरीय आदानप्रदानको परम्पराअनुसार भएको बताइएको छ ।

उनलाई परराष्ट्र सचिव सेवा लम्साल, मन्त्रालयका सहसचिव अमृतबहादुर राई लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरेका छन् । मन्त्री भएपछि राणाको पहिलो विदेश भ्रमण हो । उनी आगामी विहिबार स्वदेश फर्कने तालिका छ ।न्युज कारखाना

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष पुर्बउपप्रधानमन्त्री कमल थापाको ‘नाकाबन्दी र भूराजनीति- कूटनीतिमा मेरो अनुभव र अनुभूति’ नामक पुस्तक प्रकाशित हुने भएको छ।  पुस्तक भदौ १० गते कृष्णजन्माष्टमीका दिन सार्वजनिक गर्ने गरि तयारी गरिएको जनाईएको छ ।

थापाले पुस्तकलाई ६ खण्डमा बाढिएको र परराष्ट सम्बन्धि विभिन्न घटनाक्रमलाई उल्लेख गरिएको बताए । पुस्तकमा एकीकृत महाकाली सन्धि तथा २०७२ सालमा देशको नयाँ संविधान जारी भएपछि परराष्ट्रमन्त्रीका रूपमा थापाले निर्वाह गरेको भूमिका र त्यसैको सेरोफेरोमा रहेर आफ्ना अनुभूति अभिव्यक्त गरेका छन् ।

पूर्वउपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री थापाले सन् १९५० को शान्ति तथ मैत्री सन्धि तथा त्यसयता विकसित दुई देशबीचको सम्बन्धका विविध आयामलाई पुस्तकमा समेट्ने प्रयास गरेको बताए । बिशेषगरि नाकाबन्दीका समयमा भएका घटनालाई थापाले इमानदारीपुर्बक पुस्तकमा प्रस्तुत गरेको र लामो किसिमबाट बिषयबस्तुलाई नतन्काएको पनि उनले उल्लेख गरे । सिमा समस्या, चिनसङ्गको सम्बन्ध, विभिन्न राष्ट्रप्रमुखहरु संगको भेट  लगायतका बिषयबस्तुलाई पुस्तकमा समाबेश गरिएको उनले जानकारी दिए ।

उक्त पुस्तक आत्मकथा नभएको पनि थापाले स्पष्ट पारे। उनले मुलुकको भूराजनीति, सुरक्षा एवं सामरिक मामिलामा नेपाल र भारतबीच अवधारणागत भिन्नता रहेकाले द्विदेशीय सबै समस्या संवादका माध्यमबाट समाधान हुनुपर्नेमा जोड दिए ।

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन परम्परागत परिभाषा परिमार्जनको आवश्यकता औँल्याउँदै लेखक थापाले आपसी सम्बन्धलाई नयाँ शिराबाट समीक्षा गर्नुपर्ने बताए । लेखक थापा तत्कालीन प्रधानमन्त्रीत्रय लोकेन्द्रबहादुर चन्द, शेरबहादुर देउवा र केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्‌मा परराष्ट्रमन्त्री थिए ।

थापाका यसअघि ‘कर्नेल छत्रबहादुर थापा : एक पटकको सैनिक जीवनभरको सैनिक’ र ‘द्वन्द्व व्यवस्थापन र चुनौती’ पुस्तक प्रकाशित छन् । पुस्तक सम्बर्धन पब्लिकेशन्सले प्रकाशित गरेको हो ।

न्युज कारखाना

काठमाडौँ । बलिवुड फिल्म स्त्री-२ ले भारतीय बक्स अफिसमा शानदार कमाई गरिरहेको छ । फिल्मले रिलिजको तेस्रो दिन शनिबार मात्र ४५ करोड ७० लाख कमाई गरेको छ ।

फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्मले अहिलेसम्म १४५.८० करोड कमाई गरिसकेको छ ।

फिल्मले रिलिजको पहिलो दिन विहिबार ५५ करोड ४० लाख कमाई गरेको थियो । त्यस्तै फिल्मले बुधबार पेड रिभ्यु र प्रिमियरबाट ९.४० करोड कमाई गरेको थियो ।
त्यस्तै फिल्मले शुक्रबार ३५.३० करोड कमाएको थियो ।

आइतबार र सोमबार पनि बिदा भएकाले फिल्म सोमबारपछि ३०० करोडको नजिक पुग्ने अनुमान गरिएको छ ।

करिब ५० करोडको लागतमा बनेको यो फिल्मले पहिलो दिनमा नै आफ्नो लागत उठाएको छ । यसअघि बनेको स्त्रीले आफ्नो पहिलो सातामा ६० करोड ३९ लाख कमाई गरेको थियो, जबकी स्त्री-२ ले पहिलो दिनमा नै सो अंकलाई पछाडी पारेको छ ।

अमर कौशिकले निर्देशन गरेको स्त्री-२ मा श्रद्धा कपूर, राजकुमार राव, पंकज त्रिपाठी, अभिषेक बेनर्जीलगायतको अभिनय रहेको छ ।न्युज कारखाना

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई सुदृढ र एकतावद्ध गर्दै जनतामा जाने अभियानको गृहकार्य गरिएको बताएका छन् ।

विसं २०५१ सालमा शहीद हुनुभएका तात्कालीन एकता-केन्द्रका केन्द्रीय सदस्य रामवृक्ष यादवको स्मृतिमा पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले उक्त कुरा बताउएका हुन् ।

कार्यक्रममा अध्यक्ष प्रचण्डले जनयुद्धको आधार तयार पार्न मधेशमा रामवृक्ष यादवको गुणाात्मक योगदान रहेको बताए ।

उनले भने, “रामवृक्ष यादव मधेशी जनताको आन्दोलनको बीचबाट जन्मिएको एक जना लोकप्रिय नेता हुनुहुन्थ्यो। उहाँ पार्टीभित्र मात्र नभएर बाहिर पनि अति लोकप्रिय हुनुहुन्थ्यो। रामवृक्ष मृदुभाषी, बहुआयमिक प्रतिभाका धनी हुनुहुन्थ्यो। मधेशमा जनयुद्धको आधार तयार पार्न उहाँले असाध्यै महत्वपूर्ण भूमिका खेल्नुभयो।”

अध्यक्ष प्रचण्डले जनताका मुद्दाका रक्षाका निम्ति माओवादी केन्द्रले संघर्षको मोर्चालाई सुदृढ गर्नेसमेत बताए ।

अध्यक्ष प्रचण्डले भने, “जनताका मुद्दा खोसिने हुन् कि भन्ने आशंका जन्मिएको छ, प्रश्नहरू जन्मिएका छन्। जनताका मुद्दा रक्षा गर्न जनतामा जानुको बिकल्प छैन। मैले सदन र सडकबाट संघर्षको बिकल्प देखेको छैन। हामीले राम्रो काम गरेका कारण विरोधीहरू आत्तिएर नयाँ गठबन्धन गरिएको छ। यो अपवित्र छ, यसको उद्देश्य गलत छ। पार्टीलाई सुदृढ गर्ने, अझ बलियो बनाउनेतिर हामी अगाडि बढेका छौँ।”

उनले थपे, “स्थायी समिति बैठकमा खुला र गम्भीर छलफल गरिरहेका छौँ। पार्टी थप सुदृढ गर्ने प्रक्रिया अगाडि बढेको छ। केन्द्रीय समितिको बैठकबाट व्यवस्थित कार्यक्रम र कार्ययोजना बनाएर अगाडि बढ्छौँ।”

कार्यक्रममा पार्टी उपाध्यक्ष अग्निप्रसाद सापकोटा, महासचिव देवप्रसाद गुरूङ, उपमहासचिव गिरिराजमणि पोखरेल लगायतका नेताहरू थिए ।न्युज कारखाना

ढाका, २ भदौं । महानगरीय प्रहरीले विपद् व्यवस्थापन तथा राहत मन्त्रालयका पूर्व वरिष्ठ सचिव शाह कमललाई पक्राउ गरेको छ ।

डिएमपीको जासुसी शाखाको अपरेशनमा शनिबार राति उनलाई महाकाली क्षेत्रबाट पक्राउ गरिएको हो । ढाका महानगरीय प्रहरी ९डीएमपी० को जनसम्पर्क तथा मिडिया विंगका अतिरिक्त उपायुक्त एम ओबैदुर रहमानले पुष्टि गरेका छन् ।

यसअघि शुक्रबार डिएमपीले छापा मारेर मोहम्मदपुरको बाबर रोडमा रहेको शाह कमलको घरबाट स्वदेशी तथा विदेशी मुद्रासहित करिब ३ करोड ११ लाख रुपैयाँ नगद बरामद गरेको थियो ।

पूर्वसचिव शाह कमलको घरबाट ३सी बरामद पूर्वसचिव शाह कमलको घरबाट ३सी बरामद भएको छ । बरामद भएको ३ करोड ११ लाख रुपैयाँमध्ये ३ करोड १ लाख नगद, ७४ हजार ४ सय रुपैयाँ इनामपत्र र १० करोड ३ लाख विभिन्न विदेशी मुद्रामा रहेको छ ।

पूर्वसचिव शाह कमलले अवैध रुपमा कमाएको पैसा घरमै राखेको प्रहरी अधिकारीहरुले बताएका छन् । शाह कमलले २०१५ देखि २०१९ सम्म सचिव र २०१९ देखि २०२० सम्म वरिष्ठ सचिवको जिम्मेवारी सम्हालेका थिए । सरकार परिवर्तनपछि उनी लुकेर बसेका थिए ।न्युज कारखाना

ढाका, २ भदौं । नारायणगञ्जमा गत अगस्ट ५ मा भएको झडपमा एक युवकको हत्या गरेको आरोपमा पूर्व प्रधानमन्त्री शेख हसिनासहित बिरुद्द मुद्दा दर्ता भएको छ ।

हसिनासहित अवामी लिगका महासचिव ओबैदुल कादेर, पूर्व स्थानीय सांसद शमीम उस्मान र ४५ जनाविरुद्ध मुद्दा दायर गरिएको बंगलादेशी मिडियाले जनाएका छन् ।

पीडितका दाजु अबुल बशरले शनिबार राति सो उजुरी दिएको नारायणगञ्ज सदरमुकाम प्रहरी चौकीका इन्चार्ज (ओसी)  अब्दुस सत्तारले पुष्टि गरेका छन् । जिल्लाको बन्दर उपजिल्लाको कुशियारा क्षेत्रका २० वर्षीय अबुल हसन एक सफ्ट ड्रिंक कम्पनीका बिक्री प्रतिनिधि हुन्।

अन्य अभियुक्तहरूमा पूर्व विदेशमन्त्री हसन महमुद, पूर्व गृहमन्त्री असदुज्जमान खान, पूर्व सूचना तथा प्रविधि राज्यमन्त्री जुनैद अहमद पलक, र राष्ट्रिय पार्टीका पूर्व सांसद सेलिम उस्मान, शमीम उस्मानका भतिजा अजमेरी उस्मान, अयोन उस्मान, शमीम उस्मानका भतिजा सामेल छन्। कानून तनवीर अहमद र नारायणगञ्ज सिटी कर्पोरेशनका प्यानल मेयर तथा अवामी लिगका नेता अब्दुल करीमलगायत थिए।

यसबाहेक, यस मुद्दामा लगभग २०० जना अज्ञात व्यक्तिहरूलाई मुद्दा दायर गरिएको थियो।

 

मुद्दाको बयानका अनुसार अबुल हसनलाई अगस्ट ५ मा दिउँसो १ः३० बजे सहरको मिसनपारा क्षेत्रमा गोली हानी हत्या गरिएको थियो । प्रदर्शनकारीहरू र अवामी लिगका नेता र कार्यकर्ताहरूबीच व्यापक हिंसात्मक झडपको एक भागको रूपमा शेख हसिना र अन्य अभियुक्तहरूको निर्देशनमा हसनलाई अयोन उस्मानले मारेको उजुरीमा आरोप लगाइएको छ।

अगस्ट ५ मा हसिनाले राजीनामाको घोषणा गर्नुभन्दा केही घन्टाअघि अबुल हसनलाई चशरा क्षेत्रमा चलिरहेको झडपका क्रममा गोली लागेको थियो। उनलाई ढाका मेडिकल कलेज अस्पताल लगियो तर भोलिपल्ट बिहान उनको मृत्यु भयो।न्युज कारखाना

हैदाराबाद, २ साउन । ऋषभ शेट्टी, दुई वर्षअघिसम्म यो नाम साउथ फिल्म इन्डस्ट्रीमा मात्रै चिनिन्थ्यो तर अहिले सिंगो देशलाई थाहा छ ।

 

कारण हो ‘कान्तारा’ जसका लागि ऋषभले उत्कृष्ट अभिनेताको अवार्ड पाएका छन् । मात्र १६ करोड रुपैयाँमा बनेको कान्ताराले विश्वभर करिब ४१५ करोड रुपैयाँ कमाएको थियो ।

 

ऋषभ ‘कान्तारा’का लेखक, निर्देशक र अभिनेता हुन् । कान्ताराले ६ वटा मात्रै चलचित्र निर्देशन गरेका ऋषभलाई पहिलो दर्जाका निर्देशकमा ल्याएका थियाे ।

 

ऋषभका लागि यो सबै सजिलो थिएन। उनले सफलता हासिल गर्न करिब २० वर्ष संघर्ष गर्नु परेको थियो । कहिले पानीको बोतल र क्यान बेचेर जीविकोपार्जन गर्थे त कहिले होटलमा अनौठो काम गर्थे । उनी फिल्ममा स्पटब्वाईको रुपमा प्रवेश गरेका थिए । लामो संघर्षपछि २०२२ मा उनले वास्तविक सफलता पाए र आज उनी ठूलो उचाइमा छन्।

६ वर्षको उमेरमा अभिनेता बन्ने सपना थियो

 

७ जुलाई १९८३ मा भास्कर शेट्टी र लक्ष्मी शेट्टीको कांदापुरा, उडुपी, कर्नाटकमा एक छोराको जन्म भयो, जसको नाम प्रशान्त थियो। यस प्रशान्तलाई पछि ऋषभ शेट्टीको रूपमा पहिचान गरियो। ऋषभको स्कुलिङ कण्डपुरा जस्तो सानो गाउँमा भएको थियो।

 

६ वर्षको उमेरदेखि नै उनलाई नृत्य र अभिनयमा रुचि बढ्यो । त्यसपछि उनले बिकम पढ्न बेंगलुरुको विजया कलेजमा भर्ना भए ।

 

यहाँ पनि ऋषभलाई रंगमञ्चमा बढी रुचि थियो । उनले यक्षगान  (परम्परागत थिएटर रूप) मा प्रदर्शन गरिरहन्थे, जहाँ उनकाे यो प्रतिभाको लागि धेरै प्रशंसा गरियो। यही प्रशंसाबाट प्रेरित भएर ऋषभले अभिनयमा करियर बनाउने सोच बनाए ।

 

पानीको बोतल बेचेर गुजारा चलाउँथे

आफ्नो गैर-फिल्मी पृष्ठभूमिका कारण ऋषभलाई फिल्मी दुनियाको बारेमा कुनै जानकारी थिएन, त्यसैले धेरै अनुसन्धान पछि उनले पढाइसँगै फिल्म निर्देशनमा डिप्लोमा गर्ने सोचेका थिए। ऋषभले सरकारी फिल्म एण्ड टिभी इन्स्टिच्युट, बैंगलोरमा भर्ना भए । मध्यमवर्गीय परिवारका ऋषभले आफ्नो पढाइ र जीविकोपार्जनका लागि आफ्ना आमाबुवालाई कष्ट दिन चाहँदैनन्, त्यसैले उनले धेरै अनौठा कामहरू गरे। उनले पानीको बोतल र क्यान बेच्ने काम गरे।

न्युज कारखाना

काठमाडौँ । मन्त्रिपरिषद्को निर्णय अनुसार सरुवा भइ अर्थ मन्त्रालय आएका  सहसचिवहरुको जिम्मेवरी तोकिनुका साथै केही सहसचिवको जिम्मेवारी हेरफेर गरिएको छ ।

दीपक लामिछानेलाई विरगञ्ज भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासक, कविता रेग्मीलाई आन्तरिक राजस्व विभागको उपमहानिर्देशक, गोपीकृष्ण कोइरालालाई आन्तरिक राजस्व विभाग उपमहानिर्देशक, रमेश अर्याललाई  ठूला करदाता कार्यालयको प्रमुख कर प्रशासक, पार्वती शर्मालाई मध्यमस्तरीय करदाता कार्यालयको प्रमुख कर प्रशासकको जिम्मेवारी तोकिएको छ ।

यसैगरी  यमुना प्रधानलाई भन्सार विभागको उपमहानिर्देशक, जनकराज शर्मालाई भन्सार विभागको उपमहानिर्देशक, हरिशरण पुडासैनीलाई भन्सार विभागको महानिर्देशक, रामप्रसाद आचार्यलाई आन्तरिक राजस्व विभागको महानिर्देशक, डिल्लीराम पन्थीलाई महालेखा नियन्त्रक कार्यालयको सहमहालेखा नियन्त्रकको जिम्मेवारी तोकिएको छ ।

त्यसैगरी उत्तरकुमार खत्रीलाई अर्थ मन्त्रालय राजस्व व्यवस्थापन  महाशाखा, मदन दाहाललाई अर्थमन्त्रालय प्रशासन महाशाखा, थानप्रसाद पंगेनीलाई  अर्थ मन्त्रालय वित्तीय संघीयता समन्वय महाशाखा, महेश भट्टराईलाई अर्थ मन्त्रालय योजना अनुगमन तथा मूल्यांकन महाशाखा र अमृत लम्साललाई अर्थ मन्त्रालय अन्तर्गतको जिम्मेवारी तोकिएको छ ।

यसअघि अन्तर्राष्ट्रिय सहायता समन्वय महाशाखा प्रमुखको जिम्मेवारी धनीराम शर्मा र बजेट तथा कार्यक्रम महाशाखा प्रमुखको जिम्मेवारी श्रीकृष्ण नेपाललाई तोकिएको थियो ।न्युज कारखाना

काठमाडौँ । बलिउडका चर्चित पटकथा लेखक जोडी सलिम खान र जावेद अख्तरमा आधारित डकुमेन्ट्री सिरिज ‘एंग्री यंग म्यान’ अगस्ट २० मा रिलिज हुँदैछ ।

३ एपिसोडको यो सिरिज अमेजन प्राइम भिडियोमा स्ट्रिम गरिनेछ । ‘एन्ग्री यंग म्यान’ सिरिजलाई नम्रता रावले निर्देशन गरेकी हुन्, जसले यसबाट निर्देशकको रुपमा डेब्यु गर्दैछिन् । एकै समयमा, यसको कार्यकारी निर्माताहरूमा जोया अख्तर, सलमान खान, फरहान अख्तर रहेका छन् ।

बलिवुडमा सलिम जावेदको जोडी निकै चर्चित जोडी हो । ७० र ८० को दशकमा कैयौं सुपरहिट फिल्म दिएको यो जोडी लामोसमय पछि आफ्नै डकुमेन्ट्रीका लागि साथ आएको हो । यसको पहल जावेद अख्तरकी छोरी जोया अख्तरले गरेकी हुन् ।

लामो समयपछि सलिम खान र जावेद अख्तरलाई सँगै ल्याउने पहल आफूले नै गरेको जोयाले बताएकी छन् । यस पहलले सलिम-जावेदको जोडीले कसरी काम गर्थ्यो, उनीहरुको मित्रता कस्तो थियो भन्ने नयाँ पुस्तालाई जानकारी हुने उनले बताएकी छन् ।

सलिम र जावेदले १९७१ देखि १९८७ सम्म एक साथ २४ फिल्ममा काम गरेका थिए, जसमा २० फिल्म कमर्सियली सफल रहेका थिए । उनीहरुले यादोकी बारात, जंजिर, दीवर, शोले, काला पथ्थर, दोस्ताना, मजबूर, शीता और गीता, मिस्टर इन्डिया जस्ता फिल्म लेखेका थिए ।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।