२०८३ श्रावण १
२०८३ श्रावण १

काठमाडौँ । साउदी प्रो लिगको नयाँ सिजनमा अल हिलालले विजयी शुरुवात गरेको छ ।

गएराती सम्पन्न खेलमा अल हिलालले अल अख्डोउडलाई ३-० गोल अन्तरले पराजित गर्दै सिजनमा विजयी शुरुवात गरेको हो ।

साउदी प्रो लिगको डिफेन्डिङ च्याम्पियन समेत रहेको अल हिलालको जितमा अलेक्सन्डर मिट्रोभिकले २ गोल गरेका थिए भने सेर्गेज मिलिनकोभिक साभिकले एक गोल गरेका थिए ।

यो जितपछि अल हिलालले महत्वपूर्ण ३ अंक हासिल गरेको छ ।   न्यसुज कारखाना

 महोत्तरी । महोत्तरीको बर्दिवास र औरही नगरपालिकाको सिमानामा एक जना जनप्रतिनिधि मृत अवस्थामा फेला परेका छन ।

मृतक जनप्रतिनिधि रामगोपालपुर नगरपालिका वडा नं.२ का वडा अध्यक्ष मुकेश यादव रहेको प्रहरीले जनाएको छ ।

सनिवार वेलुका घरवाट निस्किएका अध्यक्ष यादवको मृत्युको कारण भने खुल्न सकेको छैन । प्रहरीको अनुसार मृतकको नाकवाट रगत वगेको, तिघ्रामा चोटपटक र केही निलडाम समेत देखिएको छ ।

अहिले घटनास्थलमा प्रहरीले मुचुल्काको काम गरिरहेको छ । घटनाको थप रहस्य पोष्टमार्टमपछी मात्र एकिन गर्न सकिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ  । न्यसुज कारखाना

 

काठमाडौं । रामेछापको दोरम्बा शैलुङ ३ मा गएको पहिरोमा परि ६ जनाको मृत्यु भएको छ ।

पहिरोमा परी ४ जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

पहिरोले ४ वटा घर र एक पक्कि पुल बगाएको छ । अहिले बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।न्यसुज कारखाना

काठमाडौँ । पेरिस ओलम्पिकमा दक्षिण कोरियाली टेबलटेनिस खेलाडीसँग फोटो खिचाउने दुई उत्तर कोरियाली खेलाडीले स्वदेश फर्केपछि नैतिकताको जाँचको सामना गर्नु परेको छ ।

मिडिया रिपोर्टका अनुसार टेबलटेनिसको मिश्रित प्रतियोगितामा रजत पदक जितेका खेलाडी रि जोङ सिक र किम कुम योङले पदक समारोहपछि चीन र दक्षिण कोरियाका खेलाडीसँग सेल्फी खिचेका थिए ।

उत्तर कोरियाको तर्फबाट उनीहरुलाई पेरिस ओलम्पिकमा छिमेकी देश दक्षिण कोरियाका खेलाडीसँग अन्तरक्रिया नगर्न निर्देशन दिइएको थियो ।

दक्षिण कोरियाली मिडियाका अनुसार फोटो खिच्ने क्रममा उत्तर कोरियाली खेलाडीको मुस्कुराउने व्यवहारले त्यहाँका अधिकारीहरूलाई विशेष समस्यामा पारेको थियो ।

गैर-कम्युनिष्ट देशहरूबाट फर्केपछि उत्तर कोरियालीहरूले नैतिक जाँचको सामना गर्नु सामान्य कुरा भएको रिपोर्टमा उल्लेख छ ।न्यसुज कारखाना

काठमाडौँ । भारतमा भर्खरै कोलकातामा एक महिला डाक्टरको बलात्कार र हत्याको घटना बाहिर आएको थियो जसले विश्वभर नै स्तब्ध बनाएको थियो । त्यस्तै महाराष्ट्रको बदलापुरको एक विद्यालयमा दुई नाबालिगको यौन शोषण र अकोलामा विद्यालयकी छात्राहरुमाथि दुर्व्यवहारको खबर आएपछि यो विषय अझ चर्चामा रहेको छ ।

यसै प्रसंगमा एसोसिएसन फर डेमोक्रेटिक रिफर्म्स (एडीआर) ले एउटा प्रतिवेदन सार्वजनिक गरेको छ, जसअनुसार भारतका १५१ वर्तमान विधायक र सांसदविरुद्ध महिला उत्पीडनको मुद्दा दर्ता भएको छ ।

यो ३०० पृष्ठको प्रतिवेदनमा कति सांसद र विधायकमाथि महिलाविरुद्धको अपराध र बलात्कारको आरोप छ भन्ने विस्तृत जानकारी समावेश गरिएको छ । साथै कति विधायक र सांसद कुन दलका छन् भन्ने पनि जानकारी दिइएको छ ।

यस प्रतिवेदनका लागि एडीआर र नेसनल इलेक्शन वाचले देशका ४ हजार ८०९ वर्तमान सांसद र विधायकमध्ये ४ हजार ६९३ जनाको निर्वाचन आयोगमा पेश गरेका शपथपत्रको संयुक्त अध्ययन गरेको छ ।

यी शपथपत्रहरू मार्फत विधायक र सांसदहरूले आफूमाथि दर्ता भएका अपराधहरूको जानकारी दिएका छन् । यसमा ७७६ वर्तमान सांसदहरू मध्ये ७५५ र ४०३३ विधायक मध्ये ३९३८ को शपथ पत्र समावेश छ । एडीआर र इलेक्शन वाचले सन् २०१९ देखि २०२४ सम्म भएका उपचुनावलगायत सबै निर्वाचनका क्रममा दायर गरेको शपथपत्रबाट यो जानकारी संकलन गरेको हो ।

७५५ सांसद र ३९३८ विधायक मध्ये १५१ विधायक र सांसदहरूले आफ्नो शपथ पत्रमा महिला उत्पीडन सम्बन्धी अपराधहरूको जानकारी दिएका छन् । जसमा १६ वर्तमान सांसद र १३५ वर्तमान विधायक समावेश छन्।

शपथपत्रमा उल्लेख गरिएका अपराधहरूमा बलात्कार, महिलामाथि दुर्व्यवहार, दुव्र्यवहार, नाबालिग बालिकालाई वेश्यावृत्तिको लागि बेचबिखन, घरेलु हिंसालगायतका अपराधहरू पर्छन्। महिला हिंसा सम्बन्धी मुद्दा विचाराधीन रहेका १५१ जनप्रतिनिधिमध्ये कुन दलका कति जनप्रतिनिधि छन् भन्ने जानकारी पनि एडीआर र इलेक्शन वाचको प्रतिवेदनमा दिइएको छ ।

जसमा सत्तारुढ दल भारतीय जनता पार्टीका सबैभन्दा बढी ५४ जना जनप्रतिनिधि छन् । त्यस्तै नेशनल कांग्रेसका २३ जना, तेलुगु देशम पार्टीका १७ जना, आम आदमी पार्टीका १३ जना, अखिल भारतीय तृणमूल कांग्रेसका १० जना र राष्ट्रिय जनता दलका पाँच विधायक रहेका छन् ।

प्रतिवेदनमा बीजेपीका धेरैजसो जनप्रतिनिधिहरू (४४ विधायक र १० सांसद) माथि महिलाविरुद्धको अपराधको आरोप लागेको छ ।

त्यसैगरी महिलाविरुद्धको अपराधको आरोप लागेका सबै भन्दा बढी सांसद पश्चिम बङ्गालका रहेका छन् भने त्यसपछि आन्ध्र प्रदेशका जनप्रतिनिधिलाई महिलाविरुद्धको अपराधको आरोप लागेको छ ।

यो संख्या पश्चिम बंगालमा २५ (२१ विधायक, ४ सांसद), आन्ध्र प्रदेशमा २१ (२१ विधायक), ओडिशामा १७ (१६ विधायक, १ सांसद), दिल्ली १३ विधायक र महाराष्ट्रका १२ र एक सांसद छन् ।

यसबाहेक बिहारमा ९, कर्नाटकमा ७, राजस्थानमा ६, मध्य प्रदेश, केरला र तेलंगानामा ५-५, गुजरात, तमिलनाडु र उत्तर प्रदेशमा ४-४, झारखण्ड र पञ्जाबमा ३-२, असम र गोवामा र हिमाचल प्रदेश, मणिपुर, दादरा नगर हवेली र दमन दीवमा एक-एक जनप्रतिनिधि विरुद्ध महिला उत्पीडनका मुद्दाहरू छन् ।न्यसुज कारखाना

काठमाडौँ । अमेरिकन लिग सकर अन्तर्गत इन्टर मियामीले सिनसिनाटीलाई पराजित गरेको छ ।

आइतबार विहान सम्पन्न खेलमा इन्टर मियामीले सिनसिनाटीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

इन्टर मियामीको जितमा लुइस स्वरेजले दुवै गोल गरेका थिए । स्वरेजले खेलको पहिलो र छैटौं मिनेटमा गोल गरेका थिए । यस खेलमा इन्टर मियामीले टोमस एविल्सले खेलको ४२औं मिनेटमा रातो कार्ड पाएपछि इन्टर मियामी १० खेलाडीमा सिमित भएको थियो ।

यो जितपछि इन्टर मियामीको २६ खेलमा ५६ अंक भएको छ र एमएलएसको इस्टर्न कन्फेरेन्सको शिर्ष स्थानमा रहेको छ । त्यस्तै सिनसिनाटीको २६ खेलमा ४८ अंक रहेको छ र लिगमा दोस्रो स्थानमा रहेको छ ।न्यसुज कारखाना

चितवन । नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका- २९ स्थित घुमाउनेमा यात्रुबाहक बस दुर्घटनामा परेको छ ।

काठमाडौ जाँदै गरेको सु प्र प्र ०२ ००१ ख १३३२ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ । बस अनियन्त्रित भएर दुर्घटनामा परेको र सडक किनारमा कोल्टे परेकाले ठुलो क्षति हुन बाट बचेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा १० जना घाइते भएको र उद्धार जारी रहेको छ । घटनारबो थप बिबरण आउन बाँकी छ ।

न्यसुज कारखाना

काठमाडौं । काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनलका खेल आजदेखि शुरु हुदै छन् । सेमिफाइनलको पहिलो खेलमा आज नेपालले भुटानको सामना गर्दै छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यो खेल अपराहन्न ३ बजेदेखि शुरु हुने छ ।

यस प्रतियोगितामा नेपाल समुह ए का दुवै खेल जितेर समुह विजेता हुदै सेमिफाइनल खेल्दै छ । नेपालले समुह चरणमा श्रीलंकालाई १-० ले बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गरेको थियो ।

त्यस्तै भुटान भने समुह बी मा उपविजेता भन्दै सेमिफाइनलमा खेल्दै छ । भुटानले माल्दिभ्सलाई २-१ ले पराजित गरेको थियो भने भारतसँग १-० ले पराजित भएको थियो ।

त्यस्तै दोस्रो सेमिफाइनल खेल भारत र बंगलादेशबीच सोमबार हुने छ । प्रतियोगिताको फाइनल खेल बुधबार हुने तालिका रहेको छ ।न्युज कारखाना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणमा र पूर्वतिर सरदर स्थानको केही  उत्तर  दिशा तर्फ अवस्थित रहेको छ ।

हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। बागमती प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भैरहेको छ।

आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै आज राती कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहने  छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।